Mon, 23 Jul 2018
ताजा समाचार
कर्जन्हाबासीले गरे चकका जाम , कर्मचारी कुट्ने मेयरमाथि कारवाहीको माग || सुरुङ निर्माण ९५ प्रतिशत पूरा || सरकारले जनताको भावनाअनुसार काम गर्नुपर्छ : नेता महत || जेठ २ गतेसम्म भिसा लागेका नेपालीलाई मलेसिया जान अनुमति || विद्युत् र इन्टरनेट सेवा ठप्प हुँदा सेवाग्राहीलाई समस्या || सिरहामा ७९ नयाँ कुष्ठरोगी फेला || भारतबाट चार बालकको उद्धार || दुर्घटनामा एकको मृत्यु || कर्मचारी कुटपिट गर्ने नगर प्रमुखमाथि कारवाहीको माग गर्दै चक्काजाम || लोकतान्त्रिक व्यवस्थाको रक्षाका लागि फेरि आन्दोलन गर्ने दिन आयो: कांग्रेस || अमेरिकाले एकतर्फी कर लादेर जंगल राजको नीति लियो: फ्रान्स || १३ औं दक्षिण एशियाली खेलकुद सागमा कुल २७ खेल समावेश || मन्दिरको सरसफाई || प्रहरी विधेयक रोक्न प्रदेश सरकारलाई सुझाव || आर्थिक मामिला सबै भन्दा कम, सर्वाधिक खर्चमा मुख्यमन्त्री कार्यालय || च्याउ किसानको अनुदान रकम अन्यत्र लगाइएको आरोप || दुई नागरिकता रद्द || धनगडि नगरपालिकामा गोली चल्दा एक जना घाईते || काँग्रेस–नेकपा झडप, ५ घाईते || धरान उपमहानर प्रमुख सुब्बाको दाहसंस्कार शनिबार || मोबाइल ‘एप्स’को प्रयोग गरी अपाङ्गता भएकाको तथ्याङ्क संकलन || गाईलाई सुत्केरी भत्ता.... || महोत्तरीमा लागूऔषध दुव्र्यसनी बढ्दै || भारतका पूर्वअर्थमन्त्रीलाई भ्रष्टाचारको अभियोग || टर्कीमा दुई वर्षे संकटकालको अन्त्य हुने संकेत || भारतमा भवन भत्किदा र सडक दुर्घटना परी १९ को मृत्यु || वरियारपट्टी सशस्त्र प्रहरीका इन्स्पेक्टर खड्काको निगरानीमा तस्करी || महोत्तरीमा महिलाको हत्या, दुईजना पक्राउ || भारतको राज्यसभामा २२ भाषाका दोषासेको व्यवस्था || किम र मुनलाई इन्डोनेसियाली राष्ट्रपतिको निमन्त्रणा || डुङ्गा दुर्घटना हुँदा १६ को मृत्यु, ३० बेपत्ता || औषधिको गुणस्तरवारे अनुसन्धान हुनुपर्छ : स्वास्थ्यमन्त्री यादव || डा केसीका माग सम्बोधन गरिनुपर्छ : नेता थापा || चिनिया टोलीद्वारा झापाका नदीहरूको सर्वेक्षण शुरु || मानव अधिकार हननका ३३ पीडित परिवारले क्षतिपूर्ति पाउने || बीस करोड डलरको परियोजना स्वीकृत || कृषक जडीबुटी खेतितर्फ आकर्षित || पाँच अर्ब २१ करोड राजश्व संकलन || अपहरित बालिका २ महिना बन्धक सामुहिक बलात्कार गर्ने तीन युवक || इंग्ल्यान्ड जाने नेपाली क्रिकेट टोलीको बिदाइ ||
छ दशकमा फेरिएको निर्वाचन शैली

मंसिर १४, २०७४

  •  नारायण अधिकारी      

चितवन: नेपालमा निर्वाचन शुरु भएको छ दशकमा साधनस्रोतमा मात्रै होइन, शैलीमा पनि परिवर्तन आएको छ ।

विसं २०१५ मा मतदान गरेका वृद्धवद्धाले त्यो बेला र अहिलेको निर्वाचनलाई तुलना गरेका छन् । उनीहरूले अहिलेको शैलीलाई ठूलो तामझामको संज्ञा दिएका छन् ।

पहिलो पटक २०१५ सालमा मतदान गर्ने अहिले ८० वर्ष नाघेका छन् । त्यतिबेला २१ वर्ष उमेर पुगेकाले मात्रै मतदान गर्न पाउने व्यवस्था थियो । नेपालमा पहिलो पटक २००४ सालमा पहिलो म्यूनिसिपल चुनाव भएको इतिहास छ । यद्यपि बालिग मताधिकारको आधारमा भने २००७ सालमा राणा शासन अन्त्य भएपछि २०१५ सालमा भएको आम निर्वाचनलाई पहिलो निर्वाचन मानिएको छ ।

पच्चीस वर्षको उमेरमा पहिलो पटक २०१५ सालमा मतदान गर्नुभएका ८९ वर्षीय प्रागदत्त गौतमलाई अहिलेको निर्वाचन निकै अनौठो लाग्ने गरेको छ । हाल भरतपुर महानगरपालिका–१० मा बसोवास गर्दै आउनु भएका गौतमले पहिलो पटक मतदान गरेको क्षण निकै स्मरणीय भएको बताउनुभयो ।

उहाँले भन्नुभयो “एक दुई जना प्रहरी हुन्थे निकै हार्दिकताका साथ मानिसले मतदान गर्थे, अहिले निर्वाचन निकै भड्किलो भएको छ, यो राम्रो भएन । अहिले पैसा बाँड्ने र भोजभतेर गर्ने नराम्रो चलन बढ्यो ।” पहिलो र्निावचनको सम्झना गर्दै गौतमले भन्नुभयो “त्यतिखेर मतपत्र लिखित हुन्थ्यो, व्यालेट हँुदैनथ्यो ।” उहाँले पहिलो पटक कास्कीको खलाङ्गकोटमा मतदान गर्नुभएको थियो ।

भरतपुर महानगरपालिका–११ का ८१ वर्षीय लिलाधर धितालले २०१५ सालमा गोरखाको खरिबोटमा मतदान गर्नुभएको थियो । त्यतिबेलाको निर्वाचनमा डरत्रास हुँदैनथ्यो । उहाँले अहिले मारपीटको डर हुने गरेको बताउनुभयो ।

धितालले गुनासो गर्नुभयो “अहिले भोट हाल्न जाँदा पनि मार्छन् कि भन्ने डर हुने गर्छ, त्यतिबेला झण्डा केही हुँदैनथ्यो । शान्तसँग भोट हालिन्थ्यो ।” उहाँले विगत स्मरण गर्दै भन्नुभयो । निर्वाचन यसरी नै भड्किलो बन्दै गयो भने गाह्रो हुने उहाँको सुझाव छ ।

भरतपुर महानगरपालिका विशाल चोकका ८५ वर्षीय जगन्नाथ सुवेदीले २०१५ सालमा काठमाडौँमा मतदान गर्नुभएको थियो । तनहुँमा पुख्र्याैली थलो भएपनि कामको शिलसिलामा उहाँ काठमाडौँ बस्नुहुन्थ्यो । त्यतिबेलाका नेता गणेशमान सिंह र पुष्पलाल श्रेष्ठ भएको उहाँलाई स्मरण छ ।

विसं २०१५ को निर्वाचन स्मरण गर्दै उहाँले भन्नुभयो, “त्यतिबेला उम्मेदवारले नै टिनको बक्सा बनाएर ल्याउँथे ।” उहाँले त्यतिबेला अहिलेको जस्तो खुवाउने पिलाउने र धम्क्याउने भन्ने हुन्न्थ्यो । वडा हाकिमले उम्मेदवार टुंग््याउने चलन रहेको उहाँले बताउनुभयो । सुवेदीले भन्नुभयो, “त्यो बेला सिस्टम थियो, ईज्ज्त थियो, अहिले त्यस्तो छैन ।”  

भरतपुर भोजाडमा बसोबास गर्दै आउनुभएका ८७ वर्षीय गिरिनाथ सापकोटालाई अहिले निर्वाचन देखेर दिक्क लागेको छ । विसं २०१५ मा २६ वर्षको उमेरमा पहिलो पटक गोरखाको खरिबोटमा मतदान गर्नुभएका सापकोटालाई अहिलेको तामझाम मन परेको छैन ।

उहाँले भन्नुभयो “अहिले धेरै तामझाम भयो, प्रचार बढी भयो, राम्रो भएन, भोट कसरी हाल्ने सिकाउँदैन, तामझाम गर्दै बाटोबाटो हिड्छन् मात्रै,” उहाँले भन्नुभयो ।

विसं २०१५ मा स्याङ्जामा निर्वाचन नै गराउनु भएका ८९ वर्षीय बलराम पौडेल पहिलो निर्वाचनको पोलिङ अफिसर हुनुहुन्थ्यो । उहाँले स्मरण गर्नुभयो “मतदान गर्नेको औलाको कापामा मसि लाइन्थ्यो, फेरी मतदान गर्न आए छ घन्टासम्म थुन्ने अधिकार थियो ।” उहाँले थप्नुभयो “मतदाता कतिखेर आउने, कसरी आउने भनी सोधेर आउँथे ।” अहिले भोजभतेर गर्ने गरेको देख्नु भएका पौडेलले त्यतिबेला उम्मेदवारले चिया पनि नखुवाउने गरेको सुनाउनुभयो ।

उहाँले भन्नुभयो, “त्यतिबेला उम्मेदवारको खर्च नै हुँदैनथ्यो ।” उम्मेदवारलाई गाउँको टाठाबाठाले मात्रै चिन्ने गरेको बताउँदै उहाँले अरुले गाउँमा सल्लाह गरेर एउटै उम्मेदवारलाई मतदान गर्ने चलन थियो ।

अहिले विकृति भित्रिएको भन्दै पौडेलले भन्नुभयो, “अहिले खर्च धेरै हुन थाल्यो ।” उहाँले थप्नुभयो “त्यतिबेला उम्मेदवारलाई भोट हुन्थ्यो, अहिले नोटमा भोट हुन्छ ।”

विसं २०१५ मा नौवटा राजनीतिक दलले निर्वाचनमा भाग लिएका थिए । त्यस पछि राष्ट्रिय जनमत संग्रह २०३६, राष्ट्रिय पञ्चायत सदस्य निर्वाचन २०३८, राष्ट्रिय पञ्चायत सदस्य निर्वाचन २०४३,  प्रतिनिधिसभा निर्वाचन २०४८, प्रतिनिधिसभा निर्वाचन २०५१, प्रतिनिधिसभा निर्वाचन २०५६, संविधानसभाको पहिलो निर्वाचन २०६४ र संविधानसभाको दोस्रो निर्वाचन २०७० भएको थियो ।

सिरहा । सिरहाको कर्जन्हा नगरपालिकाका नागरिक समाजले मेयरको विरुद्धमा सडक...

रसुवा : उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी हाइड्रोपावरको सुरुङ निर्माण अन्तिम...

नवलपरासी : नेपाली काँग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले वर्तमान...

काठमाण्डु । सरकारले जेठ २ गतेसम्म काठमाडौंस्थित मलेसियन दूतावासबाट...

ताप्लेजुङ : जिल्लामा विद्युत् र इन्टरनेट दुवै सेवा ठप्प...

लहान : नयाँ कुष्ठरोगी खोजी गर्न खटाइएको विशेषज्ञ टोलीले...

बुटवल : भारतको एक बाल सुधारगृहमा रहेका चार जना नेपाली...

पाल्पा : पाल्पाको तानसेन नगरपालिका–८, डुम्रेचोकमा पिकअप जीप र...

लहान । कर्जन्हा नगरपालिकाका प्रमुख गंगा पासवानले आफ्नै कार्यालयका कर्मचारीलाई...

काठमाण्डु । नेपाली कांग्रेसका शीर्ष नेताहरुले लोकतान्त्रिक व्यवस्थाको रक्षाका लागि...

काठमाडौं । अमेरिकाले एकतर्फी कर लादेर जंगल राजको नीति लिएको...

काठमाडौं । आउँदो फागुन २५ गते देखि चैत ४ गतेसम्म...

जनकपुरधाम । जनकपुरधाम स्थित राजदेवी, राम...

इटहरी : मोरङ जिल्लाको बूढीगंगगा गाउँपालिका क्षेत्रका व्यावसायिक च्याउखेतीमा...

विराटनगर ; जिल्ला प्रशासन कार्यालय मोरङले आर्थिक वर्ष २०७४÷७५...

सिरहा । सिरहाको धनगढीमाई नगरपालिका–१३ भोर्नेनीस्थित एक जनामाथि शुक्रबार राति...

गरुडा( रौतहट) । सडक विस्तार गर्ने...

इटहरी : सुनसरी जिल्लाको धरान उपमहानगरपालिकाका प्रमुख स्व तारा सुब्बाको...

कञ्चनपुर : मोबाइल ‘एप्स’को प्रयोग गरी कञ्चनपुर र कैलालीका...

रत्ननगर, चितवन : रत्ननगर नगरपालिकाले चालु आर्थिक वर्षबाट गाईलाई...

बर्दिवास : महोत्तरी जिल्लामा लागूऔषध दुव्र्यसनीको संख्या वर्षेनी बढ्दै...

नयाँदिल्ली : भारतका पूर्वअर्थमन्त्री पि चिदम्बरमलाई भ्रष्टाचारको अभियोग लागेको...

अङ्करा : टर्कीमा सन् २०१६ मा भएको असफल ‘कू’...

नयाँ दिल्ली : भारतको राजधानी नयाँ दिल्लीको बाहिरी इलाकामा...

सिरहा । सिरहाको वरियारपट्टी सशस्त्र प्रहरीका इन्स्पेक्टर हरि खड्काको निर्देशनमा...

गौशाला ; महोत्तरी जिल्लाको पिपरा गाउँपालिका–१, ढेकहा गाउँमा हिजो...

नयाँदिल्ली : भारतको माथिल्लो सदनका रूपमा रहेको राज्यसभामा २२...

जाकार्ता : इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले उत्तर कोरियाका नेता किम...

इस्तानबुल : शरणार्थीहरू चढेको डुङ्गा दुर्घटना हुँदा बुधबार साइप्रसमा...

काठमाडौँ : उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले...

काठमाडौँ : नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले चिकित्सा क्षेत्रको...

दमक : चिनिया अधिकारीहरूले झापाका नौवटा नदीमा तटबन्ध निर्माणको...

काठमाडौँ : सरकारले मानव अधिकार आयोगकोे सिफारिशमा मानव अधिकार...

काठमाडौँ : सरकारले मुलुकमा सौर्य ऊर्जा उत्पादन तथा व्यवस्थापन...

सल्यान : जिल्लामा कृषक जडीबुटी खेतीतर्फ आकर्षित हुन थालेका...

विराटनगर : आन्तरिक राजश्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०७४÷७५...

गरुडा (रौतहट)। बालिकालाई अपहरण गरी शरीर बन्धक ...

काठमाडौं, साउन २ । इंग्ल्यान्डको लर्ड्समा हुने त्रिकोणात्मक क्रिकेट शृंखला...