Sun, 24 Feb 2019
ताजा समाचार
गोली प्रहार गरी महिलाको हत्या || एक लाख घुससहित पक्राउ || एनसेल विस्फोटका शंकास्पद १६ जना समातिए || कांग्रेसमा किचलो: आफूअनुकूल विधान बनाउने नेताहरुको रणनीतिले समस्या || प्रतिबन्धित संगठनले सञ्चालन गर्दै आएको मदरसा प्रान्तीय सरकारको नियन्त्रणमा || पुलिस तिलोत्तमा गोल्डकपको फाइनलमा, दाउफिन्ससित उपाधि भिडन्त || जनता बचत तथा ऋण सहकारी संस्थाले ७ औ साधारणसभा मनाए || आवश्यकतालाई परिपुर्ति गर्न बजारको विशेष भु्मिका : मन्त्री पोखरेल || दुइदिने निःशुल्क स्वास्थ्य शिविरमा १६ सयभन्दा बढीको स्वास्थ्य परिक्षण || बिवाह उत्सवमा पटाखा पड्काउने ब्यक्तिलाई कार्यवाही गरिने || नेकपा प्रदेश विवादको प्रतिवेदन पेश, महतो पक्ष दोषी || लाटी किसोरीलाई सामुहिक बलात्कार || राजपाका मेयर ‘श्रीमान्’ उपमेयरबाट परेशान || संघले प्रदेशलाई पोष्टम्यान बनायो : मन्त्री साह || गायत्री महायज्ञ ऐतिहासिक बनाउन हिन्दू परिसद द्वारा बीरगंजमा शोभायात्रा निकलियो || ईनर्वाका सई गौत्तमको सक्रियता,चरेश सहित एक पक्राउ || प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै निर्मलाको बुबाआमाद्वारा धर्ना स्थगन || ‘बुद्धको देशमा बुद्धको प्रचार’ || मोटर साईकलले जंगली जनावरलाई ठक्कर दिदा जनावर सहित २ जना || महोत्तरीमा टिपरको ठक्करले एकको मृत्यु || निर्मला पन्तको हत्या भएको ७ महिना पूरा – उपलब्धि शून्य, || श्रीमतीको बञ्चरोले हत्या गरे पश्चात, काटिएको टाउको लिएर पुलिस थाना || चन्द्रपुर वडा न. ५ द्धारा खेल सामाग्री वितरण || बन्द भएको पुलको काम सुरु || भाषा सास्कृतिको सवालमा सरकार गम्भीर देखिएन आलम || राईस मिलको जग्गा अधिग्रहण गर्ने मुख्यमन्त्रीको वाचा भएन पुरा || काँग्रेसमा विवाद गहिरिदै, केन्द्रिय समिति बैठक स्थगित || डीजे रथ चालकको मृत्यु || ‘बेटी बचाउ,बेटी पढाउ’ कार्यक्रम राष्ट्रिय बनोस् || .बर्थिङ सेन्टर स्थापना || कृषिलाई अझ प्रभावकारी बनाउन बिउ व्यवसायीलाइ नगर प्रमुख || महायज्ञ सुरु , पहिलो दिन विशाल कलश यात्रा || नेपाली काग्रेसका सभापती देउवालाई जीतपुरबासीले स्वागत || गौशाला उद्योग वाणिज्य संघको नेतृत्वमा रामराजाप्रसाद साहका प्यानल विजयी || चोरी गरिएको मोटरसाईकल सहित ३ जनालाई महोत्तरी प्रहरीले गरे सार्वजानिक || २३ दिन देखि युवक वेपत्ता || कोईरालामाथि कड्किए देउवा || ‘सनी लियोनी’ बिहारको जुनियर इञ्जिनियर पदको परीक्षामा टप ! || दुई बालिका एकै दिन बलात्कृत || लागुऔषधसहित तीन महिला पक्राउ ||
चुनावमा देशको चित्र

मंसिर १७, २०७४

  • किशोर नेपाल

देशकाल

प्रत्येक देशका जनताले आफनो मनमा आफनो देशको सुन्दर चित्र वनाएका हुन्छन । ती चित्रहरुमा रंग र तरंग हुन्छन । जनता सुन्दर, शालीन र सभ्य देखिन चाहन्छ । यसमा उसकै कल्पना हुन्छ । त्यही अनुरुप मानिसका चित्र हुुन्छन । नेपालका वारेमा पनि जनताले आ–आफनै क्षमता अनुसारको देशको तस्वीर खिचेका छन । एउटा यस्तो देश जहाँ गरिवी नहोस, कामको खोजीमा जनताले विदेशिन नपरोस । स्वास्थ्य सेवाको अभावले कोही अकालमा मर्नु नपरोस । शिक्षाका अभावमा कुनैपनि बालबालिका अन्धकारमा वस्न नपरोस । शहरहरु सुविधायुक्त हुन । गाउँहरु हराभरा र समृध्द देखियुन । यो वाहेक जनताले केही खोजेको छैन ।
देशमा अहिले आएको परिवर्तन र त्यसको एक अविभाज्य अंगको रुपमा अहिले भइ रहेकोे चुनाव नियमित प्रक्रियाको हिसावले आएको होइन । यसको सन्दर्भ माओवादी जनयुध्दसंग जोेडिएको छ । जनताको समान अधिकार, स्वाभिमान र जागरणका लागि पटक पटक भएका आन्दोलनहरु र माओवादी जनयुध्दले ल्याएको तरंगमा परिवर्तनको नेपाली नक्सा तयार भएको हो । आन्दोलनबाट चुनावसम्म आइपुग्न हामीलाई पूरै एक दशक लाग्यो । पहिलो संविधान–सभाको चुनाव, अन्तरीम संविधान, अन्तरीम संविधानका अपूर्णताहरुका विरुध्द ऐतिहासिक मधेश आन्दोलनले नेपालको इतिहासलाई सुगर्वित तुल्याएको छ । हामी संघीय गणतन्त्र भएका छौं र लोकतन्त्रलाई शासन पध्दतिका रुपमा मात्र होइन, जीवन पध्दतिकै रुपमा आत्मसात गरेका छौं । यसमा कुनै शंका छैन । हाम्रा मित्रराष्ट्रहरुले हाम्रो आन्दोलन र यसका उपलव्धिलाई सम्पूर्णमा स्वीकारगरी सकेका छन ।
अहिले भइरहेको चुनावले देशमा विद्यमान राजनीतिक असन्तोषलाई समाप्त पारेर विकासको नयाँ युग शुरुहुने आशा सवैले गरेका छन । चुनावमा देखा परेका वाम र लोकतान्त्रिक गठवन्धनका नाराहरुको सम्यक अध्ययनगर्ने हो भने चुनावमा विजय जसले हासिल गरेपनि देश अन्ततः विकासको बाटोमा अग्रसरहुने सामान्य निक्र्यौल निकालेका छन जनताले । तर, देशको स्थायित्व यत्तिकैमा सम्भव होला भन्न सकिदैन । स्थायित्वका लागि प्रथमतः राजनीतिक एकता चाहिन्छ । यस्तो एकता नैसर्गिक हुन्छ । अहिले देशमा त्यसप्रकारको वातावरण देखिदैन । जस्तो, जनकपुर क्षेत्रकै अवस्थालाई हेर्ने हो भने यहाँका मधेशी नेताहरुमा औपचारिक एकतासम्म पनि देखिदैन । मधेशको वृहत्तर स्वार्थमा नेताहरु सहमत हुन सकेको भए त्यसले भविष्यका लागि राम्रो संकेत दिन्थ्यो । तर, यस्तो देखिएन । चुनाव अभियान चरमोत्कर्षमा पुगेको वेला यस्तो कल्पना नगरेकै वेश होला ।
 राष्ट्रिय जनता पार्टी (राजपा) अहिले एकपटक फेरी विवादमा छ । पार्टीले स्थानीय तह र त्यसपछिको चुनावमा भाग नलिने निर्णय गरेको भए दुइ नम्वर प्रदेशमा कुनै तरीकाले चुनाव हुन्थ्यो । सरकारले सुरक्षाकर्मीको प्रयोग गरेरै भएपनि चुनाव गराउने थियो । त्यसो भएको भए यतिखेर मानिसहरु विवाह–पन्चमी मेलामा राम–जानकीलाई शुभकामना अभिव्यक्तगर्न जसरी मण्डप अगाडि र मन्दिर परिसरमा चलायमान भएका थिए, त्यही हिसावले राजनीतिक कार्यकर्ताहरु चुनावमा परिचालित हुनु सम्भव थिएन ।
लामो समयसम्म मधेशको मुद्दा उठाएर झण्डै झण्डै थाकेको अवस्थामा पुगेको राजपाको चुनावी अवस्था सोचेजति नराम्रो देखिदैन । तर, चुनावमा मैत्रीपूर्ण दलहरुसंग मित्रताको साटो प्रतिस्पध्र्दामा उत्रिनु उचित थिएन । यो सत्य हो । यो पनि उत्तिकै सत्य हो कि राजपाले आपूmप्रतिको जन विश्वासलाई धान्न सकेको देखिएन । नेपाली कांग्रेसका सर्वाधिक सवल नेता विमलेन्द्र निधिसंग राजपा नेता राजेन्द्र महतोको प्रतिव्दन्दिता आत्मघाती निर्णय थियो । मधेश आन्दोलनका उपलव्धिहरुको कार्यान्वयनका लागि आवश्यक दुवै नेता यसरी भिडनु के आवश्यक थियो ? राजपाका नेता महादेव शाहले वताएजस्तै, ‘जनताको मनमा राजपा खाली आन्दोलन मात्रै गर्ने पार्टी हो, यसले चुनावमा भाग लिंदैन भन्ने मनोविज्ञानले कामगर्न थाल्यो । हामीले सोचे अनुरुप आन्दोलन र संगठनात्मक संरचनाको निर्माण एकैसाथ गर्न सकेनौ ।’ राजपा नेता राजेन्द्र महतो कांग्रेस नेता निधिका विरुध्द आन्दोलनमा उत्रिनु यही मनोविज्ञान हो ।
जुन जुन दलको सहभागितामा राजपा शक्तिको निर्माण भएको थियो ती दलका कार्यकर्ता शुरु देखि नै चुनावमा सहभागिताको पक्षमा थिए । राजपाको अध्यक्ष मण्डलले यो कुरा वुझन अति नै ढिलो गरेको हो ता पनि यो ढिलाइले चुनावको गति अवरुध्द पारेन । नेताहरुले समयमा नै निर्णय लिएको भए चुनावी वहुमत राजपाकै पोल्टामा जाने थियो । तर, नेतृत्ववीच भएको विवाद र अलमलले राजपा शक्तिको विभाजन मात्र गर्यो ।
राजपा चुनावमा सहभागी भएकोले कुनै वाधा र अवरोध विना चुनाव सम्पन्न हुने निश्चित भएको छ । राजपा चुनावमा सहभागी नभएको भए सीके राउतको ‘मतपत्रमा कोठा वाहिर’ मुहर लगाउने अभियान अझै प्रभावकारी हुने थियो ।  ‘लो प्रोफाइल’ मा वसेर देश विभाजनको राजनीति चलाइरहेका राउतको राजनीति देखिए जति लो प्रोफाइल छैन । तराइ मधेशका युवावर्गमा राउतको आकर्षण दिनहूँ वढदै गएको छ । पुराना राजनीतिक दलहरुप्रति अविश्वासको आगो मधेशको युवा मनमा नराम्रोसंग सल्किएकोछ । युवाहरुको समूह नयाँ मान्यतातिर ढल्किइ रहेकोछ । अहिले सीके राउतका कार्यकर्ताहरु चुनावलाई निष्प्रभावी वनाउन सामान्य मतदातालाई मतदानको तरीका पनि सिकाउँदैछन र मतपत्र वदर गराउन ‘कोठा वाहिर’ मुहर लगाउन पनि सिकाइ रहेका छन ।
आपूmलाई वुध्द, गान्धी र मण्डेलाको अनुयायी भन्ने सीके राउत भारत वा अमेरिका कसका एजेण्ट हुन भन्ने प्रश्न यतिखेर त्यति महत्वपूर्ण छैन । उनी नेपालको शासन व्यवस्था विथोल्न यसको अन्तस्करणमा नै प्रहार गरी रहेकाछन । महत्वपूर्ण के हो भने राउतलाई अमेरिका, युरोप लगायतका ३६ वटा विभिन्न देशमा वस्ने मधेश–तराईका नेपालीहरुको दर्जनभन्दा वढी संस्थाको नैतिक, आर्थिक र राजनीतिक सहयोग रहेकोछ । यो अवस्था सुरक्षाको हिसावले गौण होइन ।
निश्चय पनि, चुनावपछि नेपाली राजनीतिले जे जस्तो भएपनि एउटा आकार लिनेछ । राजनीतिले आकार लिए मात्रै हाम्रा समस्या समाधान हुनेवाला  छैनन । संघीयताले राज्यको आकारलाई विस्तारित गरेको छ । तर, त्यस अनुरुपका प्राथमिकता आवश्यकताको आपूर्ति र पूर्वाधारको पत्तो छैन । संघीयताको व्यवस्थापन नभएसम्म समावेशी सिध्दान्त लागु हुनेछैन ।
बाँकी दलका नेताहरुले वुझेकै होलान । चुनाव सबैका लागि सुखद होस ।

 

कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिकामा एक महिलाको हत्या भएको छ...

कपिलबस्तु । कपिलबस्तुमा एक लाख घुस रकमसहित विद्यालय ब्यवस्थापन समितिका...

काठमाडौं । मुलुकका विभिन्न क्षेत्रमा रहेका टेलिफोन सेवा प्रदायक कम्पनी...

काठमाडौं । नेपाली कांग्रेसले महासमिति बैठक सकिएको दुई महिना बितिसक्दा...

इस्लामावाद । पाकिस्तानको पञ्जाव प्रान्तीय सरकारले प्रतिबन्धित संगठन जैस–ए–मोहम्मदको...

बुटवल: नेपाल पुलिस क्लब बुटवलमा जारी २१औं तिलोत्तमा गोल्डकप फुटबल...

महोत्तरी । महोत्तरीको औरहीस्थित जनता बचत तथा ऋण सहकारी...

आवश्यकताहरुलाई एकअर्कालाई आर्थिक रुपमा विकास गर्नका लागि वजारले महत्वपुर्ण...

सर्लाही । २ नम्बर प्रदेशका सांसद माननीय निरा...

सर्लाही । बिवाह लगायतको उत्सवमा पटाखा पडकाएर रमाइलो गरेको क्रम...

नेकपा कम्युनिष्ट पार्टी (नेकपा)प्रदेश नम्वर २ को संसदीय दलमा...

सिरहामा दुई जनाको बलात्कारको घटना सेलाउन नपाउँदै सप्तरी जिल्लामा बोल्न...

राष्ट्रिय जनता पार्टी(राजपा)नेपालको दोस्रो दिनको बैठकमा मेयरहरुले श्रीमान् उपमेयरहरुबाट...

जनकपुरधाम । प्रदेश २ का समाजिक विकास मन्त्री नवल किशोर...

बीरगंज : रास्ट्रलाई सक्षम,समर्थ एवं समृद बनाउने उद्देश्यका साथ नेपालमा...

वीरगंज । वीरगंज महानगरपालीका वडा नम्बर १६ स्थीत नेपाल...

काठमाडौंः कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया निर्मला पन्तका बुबाआमाले लामो...

जनकपुरधाम । भारतीय वाणिज्य दूतावास वीरगञ्जको आयोजनमा शुक्रवार राती जनकपुरधाममा...

जिल्ला महोत्तरी औरही नगरपालिका-४ रेडक्रस टोल नजिकै जंगली जनावर...

महोत्तरी । जिल्ला महोत्तरी औरही नगरपालिका-९ स्थित ईनर्वा टोल नजिक...

कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरपाकिला –२ कि १३ वर्षीया किसोरी निर्मला...

बीबीसी । बुधबार भारतको मध्यप्रदेशको मुरैना जिल्लामा एक व्यक्तिले श्रीमतीको...

गौर: रौतहटको चन्द्रनिगाहपुरमा हुने अनर्तराष्ट्रिय कराँते प्रतियोगितामा सहभागिहुने आयोजक टिमका...

गौर : निर्माणाधीन पुलको कामनै बन्द गरेर हिंडेको पप्पु कन्स्ट्रक्सनले...

रौतहटमा विभिन्न कार्यक्रम गरी विश्व मात्रृ भाषा दिवस मनाइएका छन...

गौरको ऐतिहासिक मैदानको रुपमा रहेको गौर राईस मिलको जग्गा...

काठमाण्डु । नेपाली काँग्रेस भित्रको गुटबन्दी सतहमा आएको छ ।...

मलंगवा । विवाहमा चर्को आवाज गर्ने डी जे रथ सर्लाहीको...

राष्ट्रपति विद्यादेवी भण्डारीले छोरी शिक्षाको लागी प्रदेश २ सरकारले...

गुलरिया नगरपालिका–१२ मा बर्थिङ सेन्टर स्थापना भएको छ । सो...

वीरगन्ज महानगरपालिका नगर प्रमुख विजय कुमार सरावगीले कृषि...

मलंगवा । सर्लाहीको कौडेना गाउँपालिका-३ फुलपरासीमा हुन लागेको श्री...

रन्जन यादव : प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसका सभापती...

महोत्तरीको गौशाला उद्योग वाणिज्य संघको नेतृत्वमा रामराजाप्रसाद साहका प्यानल विजयी...

गौशाला । मोटरसाईकल चोरी गरेको आरोपमा पक्राउ परेका ३...

जनकपुरधाम । धनुषा जिल्लाको विदेह नगरपालिका वडा नम्बर ३ कर्माही...

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वीपी र जीपी बाहेकका कोईरालाहरुको...

नाममा के छ र ? धेरैले भन्ने गरेको र सुनिएको...

सिरहा जिल्लाको धनगढीमाई नगरपालिका र गोलबजार नगरपालिकामा छुट्टाछुट्टै दुई बालिका...

जनकपुरधाम । जनकपुर–जलेश्वर सडख मण्डबाट प्रहरीले चेकजाँचको क्रममा लागुऔषधसहित तीन...