Tue, 24 Apr 2018
ताजा समाचार
हात्तीको आक्रमणबाट मृत्यु || टाटा सुमोको ठक्करबाट मृत्यु || किमले अस्पताल पुगेर घाइते चिनियाँ भेटे || निर्माण नहुँदै भत्कियो नाला || रामायण मेला प्रारम्भ, पर्यटन प्रबद्र्धनमा जोड || दिल्लीको खराब लय जारी, पञ्जावसँग ४ रनले पराजित || प्रसुती गृह हस्तान्तरण || जन्मदर्ताविहीन बालबालिका पनि विद्यालयमा भर्ना || युरोपमा तहल्का पिट्दै काफ्ले र शिवाकोटि || टिकोला झारेपछि किसान चिन्तित || भारतीय प्रधानमन्त्री मोदी वैशाख २८ गते आउने || गर्भमा छोरी देखिएपछि हत्या || आईपिएल क्रिकेट : राजस्थान र चेन्नई विजयी || फेसबुकमा ‘लाइभ’ गरिरहेको समयमा गोली हानेर पत्रकारको हत्या || प्रमुख निर्वाचन आयुक्तको घरमा विष्फोट || नग्न बन्दूकधारीको आक्रमणबाट अमेरिकामा चारजनाको मृत्यु || रोयल च्यालेन्जर्स बैंङ्लोर र किङ्स ईलेभेन पञ्जाव विजयी, आज दुई || काबुलमा आत्मघाती आक्रमण, ३१ जनाको मृत्यु, ५४ जना घाइते || चीनमा डुङ्गा दुर्घटनामा १७ जनाको मृत्यु || डोटी जीप दुर्घटनाः मृतक पाँच || छिमेकीबीचको सम्बन्ध सुमधुर हुनुपर्छ– प्रम ओली || बन्दूकधारी समूहको आक्रमणमबाट नाइजेरियामा कम्तिमा ३० गाउँलेको मृत्यु || विभिन्न सिन्डिकेट खारेज गर्न महासंघको माग || युवाको श्रमलाई स्वदेशमा नै टिकाउनुपर्ने ः मन्त्री तामाङ || जिप दुर्घटनामा तीनको मृत्यु, १६ घाइते || सरकारको देश विकास अभियानलाई कसैले रोक्न सक्दैन ः डा भट्टराई || रु एक करोड भन्दा बढी राजश्व संकलन || उत्तर कोरियाले थप परमाणु मिसाइल परीक्षण नगर्ने || चेन्नई सुपर किङ्स शीर्ष स्थानमा उक्लियो, राजस्थान रोयल्स ६४ रनले || राजपाले वार्षिकोत्सव मनाउँदै || हवाहुरी प्रभावित परिवारलाई राहत || बाम गठबन्धन संघीयता विरोधी || देशभर अझै तीन लाख बालबालिका विद्यालय बाहिर : शिक्षा मन्त्री || भन्सारमा प्रहरीद्वारा लाठी चार्ज जउवा संघका अध्यक्ष पिटिए || प्रदेश २ को नीति आयोगमा बृद्ध झा || फेसबुकबाट सुरु भएको प्रेमको विश्वासमा पर्दा... || दक्षिणी जापानमा ज्वालामुखी विस्फोट || क्यानको निलम्बन फुकुवा हुने सम्भावना बढ्यो, विधान हुबहु पारित || आँप र लिच्चीको उत्पादन बढने || राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सुरु ||
मधेसको गरिबीको यथार्थ

पौष २६, २०७४

मधेसको गरिबीको यथार्थ

  • सञ्जय मित्र

मधेसको संकुचित अर्थ प्रदेश नम्बर दुई हो । मेचीदेखि महाकालीसम्मको दक्षिण नेपालको भूभाग विस्तृत अर्थमा मधेस हो । यो पनि एक किसिमले संकुचित अर्थमा नै हो किनभने यस प्रकारको भूगोल अन्यत्र पनि छ तर हाम्रो सन्दर्भ चाहिँ नेपालसित भएकोले यहाँ मधेस भन्नाले नेपालको मधेस नै बुझ्नु पर्दछ ।
मधेस साँस्कृतिक रुपले निक्कै सम्पन्न छ । मधेसका बसोबास गर्ने पहाडी समुदायका बाहुन, नेवार, तामाङ लगायतका जाति तथा समुदायको संस्कृति पनि मधेसको संस्कृतिको महत्वपूर्ण पाटो बन्न पुगेको छ । यी आगन्तुक संस्कृतिको प्रभाव मधेसी संस्कृतिमाथि परेको छ । यसले समाजमा निकै सकारात्मक सन्देश पनि दिएको छ । समाजलाई अगाडि बढाउन, समाजको सांस्कृतिक पक्षलाई सबल  र स्वच्छ बनाउन मात्र नभई सांस्कृतिक सम्मिलनको दृष्टिले पनि अत्यन्त सकारात्मक भूमिका देखिएको छ । यसले गर्दा सबै संस्कृतिको विकास र विस्तार मधेसमा भइरहेको छ । हुनु पनि पर्छ । यति मात्र नभई केही विदेशी संस्कृतिको प्रभाव पनि पर्न थालेको छ । सामाजि संजाल तथा टेलिभिजन र चलचित्रको माध्यमले पनि संस्कृतिमाथि प्रभाव परिरहेको छ । परेको पनि छ । ग्रहणयोग्य सबै संस्कृतिालाई मधेसले स्वागत गरेको छ ।
मधेसमा बाह्रै महिनाका आफ्नै विशिष्ट संस्कृति छन् । आफ्नो विशेष सांस्कृतिक पहिचान भएको महिनाको रुपमा पनि समाजमा सम्मान छ । वैशाख स्नान, कात्तिक स्नान र माघ स्नानले यी महिनाहरुको पवित्रता बयान गर्दछ । अन्य महिनाहरुमा ठूला चाडपर्वहरु रहेका हुन्छन् । मुस्लिम समुदायको पर्वहरुले त झन् मधेसको संस्कृतिको फरक अनुभूति दिने गर्दछन् । संस्कृतिको क्षेत्रमा मधेस यति सम्पन्न हुँदाहुँदै पनि अन्य क्षेत्रमा भने निक्कै पछाडि परेको देखिएको छ । राजनीतिक चेतना, भाषा साहित्यको विकास, शिक्षा तथा साक्षरता लगायतको क्षेत्रमा यो भूगोल अत्यन्तै पछाडि परेको छ । यसले गर्दा यहाँको समग्र आर्थिक गतिविधि प्रभावित हुन पुगेको छ । यसको प्रत्यक्ष असर के देखिन्छ भने मधेस विस्तारै गरिब बन्दै छ । 
मधेसको जमिन समथर छ, उब्जाउ छ । यसलाई अझै पनि अन्न भण्डार र देशको भकारी भन्ने गरिएको छ तर कतिपय जिल्लामा उब्जेको अन्नले धान्ने अवस्था छैन । अन्य जिल्ला वा विदेशबाट चामल, पिठो तथा तरकारी र दाल ल्याइन्छन् । सरेहको कुनै पनि खेत बाँझो नरहँदा पनि यस प्रकारको अवस्था किन आयो त ? पहिलेभन्दा उब्जनी बढेकै हो तर किन परनिर्भरता बढ्यो ? यसका दुई आयाम छन् – पहिलो जनसंख्या वृद्धि र दोस्रो अत्यन्त महंगो खेती । जनसंख्या वृद्धिका अनेक कारण छन् । जो जहाँबाट जसरी आए पनि मधेसले स्वागत गरेको छ । उत्तरबाट आए पनि ठिक र दक्षिणतिरबाट आए पनि ठिक । साथै यहाँका दलित, मुस्लिम र निरक्षर परिवारभित्र उच्च जन्मदर रहेको आफ्नो यथार्थ छँदैछ । यी तिन कारणले जनसंख्यामा तीव्र गतिले विस्तार भइरहेको छ । जनसंख्या विस्तारले मलिलो र अत्यन्त धेरै उब्जाउ खेतीयोग्य जमिनमा बाली उम्रनुको साटो घरहरु ठडिँदै छन् । जनसंख्या बढेजस्तै जमिन बढ्ने होइन । घडेरीमा जमिन जाँदै गर्दा उब्जाउ जमिन निरन्तर घट्दै गइरहेको र खाने मुख निरन्तर बढ्दै गइरहेकोले सन्तुलन मिल्न सकेको छैन । यसले गरिबी बढाएको छ वा सम्पन्न हुनबाट रोकेको छ, किनभने अन्नको आयात यसले गर्दा बढेको छ ।
महँगो खेती प्रणाली हाम्रो अभिशाप बनेको छ । महँगो दुई अर्थमा भन्न खोजिएको छ । पहिलो त किसानले किन्ने मल, बीउ, कीटनाशक औषधि समयमा नपाइनु, कमसल पाइनु र राम्रो जातको पाइयो भने पनि अत्यन्त महँगोमा पाइनु । हाम्रा किसानहरु सामान्य साक्षरसमेत छैनन् । म्याद गुज्रेका र अत्यधिक कडा किसिमका औषधि प्रयोगले आफ्नै स्वास्थ्यमाथि गम्भीर आघात गरिरहेको पत्तो पाउन सकेका छैनन् । हालै एकजना मेयरले के जानकारी दिए भने अहिले अब तोरी उखेल्नेवेलामा सरकारले आधुनिक बीउ पठाएको छ, यसलाई के भन्ने ? र यसलाई के गर्ने ? वास्तवमा अहिले पठाएको बीउ भान्छाको लागि काम लाग्ने भन्दा खेतको लागि काम लाग्नै पक्कै छैन । यसले के देखाउँछ भने हाम्रो सरकारी संयन्त्रले समयमा काम नगरेर पनि कृषिलाई हानी भइरहेको छ । कमसल बीउ, कमसल मल र कमसल रासायनिक औषधिले कृषिलाई मात्र होइन किसानको स्वास्थ्य र किसानको खेतलाई पनि धराशायी बनाउँदैछन् । किसानलाई यस मानेमा यदि शिक्षित बनाउन सकियो भने पनि धेरै राहत हुने थियो । हाम्रा किसानहरुलाई प्रांगारिक मल उपलब्ध गराउन सके एकातिर खेतको माटो जोगिन्थ्यो भने अर्कोतिर किसानको स्वास्थ्यमा सकारात्मक असर पथ्र्यो । रासायनिक मल र कीटनाशक विषादिको असर कतिसम्म परेको छ भने गाउँको हावामा बस्ने मानिसलाई पनि गम्भीर रोगहरु लाग्न थालेको छ । हामीले स्वास्थ्यको लागि भनेर खाने कुखुराको मासुदेखि हरियो सागसम्म सबै जहर भइसकेका छन् । यसर्थ रासायनिक मल र कीटनाशक रसायनको विकल्प नखोजेसम्म किसानलाई खेती महँगो साबित भइरहने छ ।
मधेसको गरिबीलाई परोक्षरुपमा दीर्घकालीन प्रभाव पारेको भने वैदेशिक रोजगारीले पनि हो कि ? मधेसको सबैभन्दा बढी युवा विदेशमा रहेको जिल्ला धनुषा हो । धनुषाको धेरै गाउँ अहिले खालीको स्थितिमा यसकारण छन् कि त्यहाँ युवा छैनन् र खेतीपाती गर्ने मानिसको अभाव छ । कि त विदेश गएका छन् वा कि त अन्यत्र रोजगारीको क्रममा लाहुर बनेका छन् । यो अवस्थाले गाउँमा पैसा नआएको होइन तर पैसा आउँदैमा खाना तथा उपचारमा खर्च भइरहेको छ । विदेशबाट आएको पैसा अत्यन्त जरुरीका सामानहरु किन्दा अधिकांश पैसा फेरि विदेशमै गइरहेको छ । गाउँघरमा रोटी पकाउनु भन्दा पहिले पिठो जेमा चालिन्छ, त्यो चाल्नेको हविगत हुन थालेको छ गाउँको । चाल्नोमा निख्खर बालुवा हाल्दा सबै तलै खसेजस्तो हाम्रो अर्थतन्त्रमा आएको रेमिटान्सको मुख्य अंश फेरि बाहिरिँदो पक्षलाई हामीले विचार गर्न सकेका छैनौँ । हामी केवल चाल्ने समाउने हात बनिरहेका छौँ । विदेशको आयले घर त ठडिएको छ तर वास्तवमा यसले अर्थतन्त्रलाई बलियो बनाउन सहयोग गरेको छैन वा केही मात्रामा भए पनि जति आवश्यक हुनु पथ्र्यो, त्यसको अनुपातमा निकै कम छ । अरुहरु जति गतिमा अगाडि बढेका छन्, तिनको अगाडि हाम्रो गति अत्यन्त सुस्त छ ।
अझ यहाँको पिछडिएको वर्ग र दलित समुदाय त सबैतिरबाट ठगिएका छन् । ठगिएको थाहा नपाउने वर्ग हामीले हाम्रो उद्योग र व्यवसाय किन फस्टाउन सकेन ? हाम्रो समाजको विकासको लागि आएको रकमको उपयोग किन हुन सकेन ? देशको विकासमा हाम्रो मुख्य हिस्सा हुने गरेको इतिहास रहेकोमा किन अहिले हामी पछाडि पर्दैछौँ भन्नेतिर पनि सोच्न सक्ने अब रहेनौँ । खाली अरुलाई दोष दिने, गाली गर्ने वा राज्यले हाम्रो लागि केही गरिदिएन भनेर सराप्ने मात्र बन्दैछौँ विस्तारै । विदेशमा गएर जस्तोसुकै काम पनि गर्ने तर हामी आफ्नो गाउँघरमा पनि त्यसभन्दा राम्रो कामलाई पनि वास्ता नगर्ने र कोही गर्न खोजिरहेका छन् भने पनि हामीले उल्टै हेप्ने काम गरिरहेका छौँ । प्रोत्साहनको हामीमा कमी छ, उद्यमशीलताको कमी छ र हामी अरुलाई सम्मान पनि गर्न सकेनौँ । केही टाठाबाठाहरुले भने आफ्नो हातमा सम्पूर्ण शक्ति आएको मन पराउँछन् र हामीलाई एकआपसमा लडाउन चाहन्छन् । र हामी लड्नबाट पछाडि हट्दैनौँ । यसैको परिणाम के देखिन्छ भने चोरी, डकैती, अपराध लगायत अन्य नकारात्मक कुरामा हाम्रो तथ्यांक निकै माथि छ र मानवीय विकासको मामिला अर्थात सकारात्मक कुरामा हामी निकै पछाडि छौँ । सबैको सम्बन्ध गरिबीसित छ । 

 

राजविराज : सप्तरीको कञ्चनरुप नगरपालिका–११ स्थित ठेलियामा हात्तीको आक्रमणबाट...

सिमरा, बारा : जीतपुर सिमरा उपमहानगरपालिका–१५ डुमरवानामा टाटा सुमोको...

बेइजिङ । उत्तर कोरियाली नेता किम जोङ उनले चिनियाँ...

लहान : सिरहा नगरपालिका–११ स्थित भलुवाहीमा निर्माणाधीन नाला निर्माण...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा दिल्ली डेयरडेभिल्सको खराब...

गौशाला । जन्मदर्ताको अभावमा विद्यालयसम्म पुग्न नसकेका गौशाला नगरपालिकाका दर्जनौ...

नेपालि गीत संगीतको क्षेत्रका तथा नेपाली चलचित्र गायनमा एकदमै...

बर्दिवास । आफ्नो बगैँचाका आँपका रुखमा पात नै नदेखिने गरी...

जनकपुरधाम । भारतीय प्रधानमन्त्री ...

जनकपुरधाम । प्रदेश नम्बर २ ...

हैदरावाद । इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा गएराति राजस्थान रोयल्स...

निकारागुवा । निकारागुवामा सरकारविरुद्ध हुँदै आएको प्रदर्शनका क्रममा एक...

काठमाडौँ : ललितपुरको हात्तीवनस्थित प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद...

वासिङ्टन । अमेरिकाको दक्षिणी राज्य टेनिसीको वाफल हाउसमा आइतबार एकजना...

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपिएल क्रिकेटमा गएराती रोयल च्यालेन्जर्स...

काबुल । अफगानिस्तानको राजधानी काबुलमा आइतबार बिहान गरिएको आत्मघाती हमलामा...

चीन । चीनको दक्षिणी गुआङसी जुआङ स्वायत्त क्षेत्रमा दुई डुङ्गा...

डोटी : डोटीमा शनिबार अपराह्न भएको जीप दुर्घटनामा मृत्यु...

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली क्षेत्रीय...

लागोस, नाइजेरिया : नाइजेरियाको उत्तरपश्चिमी जाम्फारा राज्यमा एक सशस्त्र लुटेराहरूको...

काठमाडौँ : नेपाल राष्ट्रिय व्यवसायी महासंघले सरकारले यातायात क्षेत्रमा...

काठमाडौँ : कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर...

डोटी : डोटीको शिखर नगरपालिका–३ आली गाउँमा आज दिउँसो...

भक्तपुर : नेकपा ९एमाले०का केन्द्रीय सदस्य डा राजन भट्टराईले...

नवलपरासी : पश्चिम नवलपरासीको महेशपुर छोटी भन्सार कार्यालयले चालु आर्थिक...

काठमाडौं । उत्तर कोरियाले अब थप परमाणु मिसाइल परीक्षण नगर्ने...

काठमाडौं । इन्डियन्स प्रिमियर लिग आइपिएल क्रिकेटमा गएराति भएको खेलमा...

जनकपुरधाम । राष्ट्रिय जनता पार्टी(राजपा) नेपालले शुक्रबार ...

जनकपुरधाम । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्वगृहमन्त्री विमलेन्द्र निधिले...

कलैया । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षामा...

प्रदेश नम्बर २ मा हाल सम्म ३ जनाको राजनीतिक नियुक्ती...

काठमाडौं । दुई वर्षसम्मको फेसबुक र फोनमा परेको ‘लभ’...

टोकियोे । जापानको दक्षिणीे हिमालयन क्षेत्रमा बिहीबार ज्वालामुखी विस्फोट भएको...

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को विधान निर्वाचित क्यानले हुबहु...

मलगंवा । हावाहुरीले क्षति नगरे सर्लाहीमा...