Sat, 17 Nov 2018
ताजा समाचार
मुख्यमन्त्री योगी भ्रमणको तयारी प्रारम्भ || स्वास्थ्य पर्यटक भित्र्याउने तयारी || आधुनिकीकरण व्यवसायीकरणमा जोड || धनुषा प्रहरीले पीडकलाई संरक्षण दिएको आरोप || एसईई उत्कृष्ट शिक्षा २०७५ पुरस्कारबाट सम्मानित || बलेरीे वनबाट काठ चोरी || दुई जनामाथि मुद्दा दर्ता || घरेलु मदिरा बिक्रिमा महिलाको संलग्नता बढ्दो || उद्योगको लागि जग्गा निरीक्षण || आखा अस्पताल जिल्लाको धरोहर ,राज्य मंत्री यादव || सडकको दोहरो मापदण्ड विरुद्ध मुद्दा || मधेशी जनता अझै अधिकारबाट बञ्चित : साँसद ठाकुर || निलम्बन द्विवेदीको नौटंकी : चौधरी || ठाकुरको हत्या || प्रिमियर लिगमा पनि 'भार' प्रयाेग हुने || सार्वजनिक भयो रणवीर र दीपिकाको विवाहको फोटो || लंकामा सांसदहरुबीच कुटाकुट, सभामुखमाथि आक्रमणको प्रयास || सीके राउतलाई सर्वोच्चमा उपस्थित गराइयो || प्रदेशको नामाकरणका लागि कार्यदलले कार्य थाले || बन्ने भो रामजानकी स्टेडियम || मुख्यमन्त्रीद्वारा खानेपानी ओभरहेड टैंकको उद्वघाटन || बिभेदकारी नीतिले कुस्ती ओझेलमा || नवनिर्वाचित पदाधिकारीहरुको सथप ग्रहण || दुर्घटना बीमा गर्न पत्रकारलाई आग्रह || शहीद परिवार भेट्न प्रचण्ड र बादल गाउँमा || रत्नजित र दिपेश क्वार्टरफाइनलमा || दीपिका-रणवीरको बिहे इटालीको सात शताब्दी पुरानो दरबारमा || १३ वर्षीय बालकको बक्सिङ रिङमै मृत्यु, थाइल्यान्डमा खैलाबैला || विश्व बैङ्कसँग १८ अर्बको सम्झौता || कांग्रेसभित्र गुटैगुट || भैरहवा मालपोत अनलाइनमा || कृषि विश्वविद्यालयमा आगजनी || नेपाल प्रहरीलाई ‘डिजिटल गर्भनेन्स अवार्ड’ || सूर्यदेवको आराधना गरी छठपर्व मनाइँदै, यस्तो छ व्रतविधि || बरियारपट्टीको सरकारी अस्पतालमा औषधिको अभाव || छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा || छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै || छठको तयारी अन्तिम चरणमा || विपन्न परिवारलाई वडाअध्यक्षको सहयोग || सरकार संघीय शिक्षा ल्याउने तयारीमा ||
मधेशमा बदलिंदो राजनैतिक शक्ति र बढदो उत्तरदायित्व

पौष २७, २०७४

मधेशमा बदलिंदो राजनैतिक शक्ति र बढदो उत्तरदायित्व

  • दिपेश कर्ण,वीरगंज 

शक्तिले जहिलेपनि आफूसाथ समानान्तर उत्तरदायित्व पनि लिएर आउँछ । विगतका केही वर्षदेखि मधेशले तत्कालिन सत्तारुढ एवं शक्तिमा रहेका दलसमक्ष मात्र हैन अपितु समस्त राष्ट्र लगायत अन्तराष्ट्रिय समुदाय समक्षसमेत आफ्नो रुष्टतालाई कारण र समाधानका मार्गसहित बारम्बार अनेकन शान्तिपूर्ण आन्दोलन र वार्ता आदि मार्फत प्रदर्शित गर्दैआएको छ । यसको उदाहरण वि.सं.२०६२।६३ को त्यो महाजनआन्दोलनलाई लिनसकिन्छ जसमा मधेशका लगभग हरेक घर,हरेक मधेशीले देशमा आफनो समानान्तर अधिकार,सम्मान र विकासका लागि शान्तिपूर्ण आन्दोलनलाई रोजे जसमा सडक तिनका संघर्षपथ थिए भने,दशकौंका उपेक्षाले करुण एवं रुष्ट परि वायुमण्डल गुंजायमान गर्नेगरी नाराको स्वरुपमा निस्किरहेका तिनका आवाज नै तिनका शस्त्र थिए । देश प्रजातान्त्रिक थियो र तसर्थ उक्त आन्दोलन पनि असंवैधानिक थिएन । तत्कालिन सत्तापक्षद्वारा मागमाथि समर्थन त जताइयो तर अफसोस पूर्ण कार्यान्वयन तात्तातै पस्किएन,मधेशी नेपाली जनता शान्त थिए तर संतुष्ट थिएनन् । फलस्वरुप वि.सं.२०७२ सालतिर यो असंतुष्टिले अर्को जनआन्दोलनको स्वरुप लिनगयो,तत्पश्चात त्यो ६ महिनाको भयावह मधेश बन्द, राष्ट्रको प्रमुख आर्थिकद्वारको साथसाथै समस्त अधिराज्यको एउटा विशालजनसांख्यिक शक्ति भनी चिनिने मधेश रुष्ट भइसंविधानको विरोध गरिरहेको वेला राष्ट्रमा संविधान जारी हुनु,दर्जनौ मधेशी शहादत प्राप्त गर्नु भने दर्जनौ घायल हुनु,विषम अंकगणितिय आर्थिक,सांस्कृतिक,भौतिक र भावनात्मक क्षति मधेशमा हुनु जस्ता अकल्पनीय र दुःखद समय मधेशले भाग्नुपर्यो । मधेशीनेपालीले सत्तामा आसिन शक्तिसित आफनो न्यायिक पक्षको अपेक्षा राख्दै सायद बारम्बार विरोध,आन्दोलन,नारा,मधेश बन्दजस्ता अनेकन उपाय अपनाइ तिनका ध्यानाकर्षन चाहिरहेका थिए तर एक दशक भन्दा माथिको समय सिमा नाँघिसकेको थियो र मधेशले सम्पूर्ण माग पूराहुनु त टाढाको कुरा थियो एउटा नया अकल्पनीय विवाद पायो र त्यो हो “ मधेशको सिमांकन ” ।

तर स्थानीय चुनावमा र त्यसभन्दा पनि बढी संविधानसभा र प्रदेशसभा चुनावमा मधेशीदल र मधेशी जनशक्तिले विजय हासिलगरि जुन चमत्कारिक जनादेश पाए त्यसले कतै न कतै समस्त मधेशीनेपाली जनताको अपेक्षा र त्यसबाट विजयि दलको ती जनताप्रतिको उत्तरदायित्वलाई छर्लङ पार्छ । आशा र विश्वासले भरिएका ती मधेशी जनताका आँखाले आगामिका ती दिनहरुलाई सुखद सफलिभुत भएको हेर्न चाहन्छन । १,४७,१८१ वर्गकिलोमिटर क्षेत्रफल भएको आफनो राष्ट्रमा देशको संवैधानिक नागरिक भएरपनि,ऐनअनुसारको कर तिरेरपनि किन हो देशमा छिमेकको पल्लो गाउँजान भारतीय मार्ग नै विकल्परहेको भन्ने प्रश्नको जवाफ बाटो बनेको हेरेर लिनचाहन्छन् न कि अर्थमन्त्रालयको मात्र किताबी योजना र राष्ट्रिय टिभी च्यानेलमा प्रकाशित हुने धेरैजसो निरस राजनैतिक वादविवाद सुनेर । विद्यार्थीले उच्च र प्राविधिक शिक्षाका लागि घरभन्दा कोशौँ दूर त्रिशुलीमाथि दुर्घटनाको डर खप्दै राजधानी नै धाउनुपर्ने बाध्यताबाट मुक्त भई आफनै क्षेत्रमा पढने सन्तुष्टिपाउने आशामा छन् भने मधेशमा अब सस्तो र गुणस्तरीय अस्पताल–अस्पतालमा योग्य चिकित्सक र आवश्यक उपकरण उपलब्ध हुनेछन त्यो पनि बिहान ९ः३० देखि साँझ ५ः३० सम्म भन्ने विश्वासमा नै मधेशी दलहरुका जितमा स्वस्तिक लगाएका होलान् ।
मधेश नेपालको अदभुत उर्बराशक्ति भएको भू–भागको धनी भुमीखण्ड भनी चिनिन्छ तर तथ्यांकलाई हेर्ने हो भने नेपालकै कुल ग्राहस्त उत्पादनमा सन् २०१०को तथ्यांकानुसार सेवाहरुबाट ४५५,उद्योगतिर २०५ र कृषिबाट मात्र ३५५ रहेको देखियो । निर्यात तर्फ सन्२०१५ को तथ्यांकअनुसार भारतसँग करिब ६१५ र संयुक्तराज्य अमेरिकासँग करिब ९५ को व्यावसायिक वातावरण रहेको देखिन्छ,मधेशका सम्पूर्ण जिल्लाहरुनै भारतीय सिमाना छोएका भौगोलिक संरचनालाई वरदानप्रमाणित गर्न आवश्यक छ मधेशमा धान,गहुँ,उँखु,जुट,कुखुरा,माछा,बोका,मकै,तरकारी जस्ता कृषिजन्य उत्पाद,जलविद्युत,औ्द्यौगिक उत्पादनलाई प्रोत्साहन दिइयोस र यथासम्भव निर्यातमा जोडदिन सहुलियत वातावरणको सृजना गरियोस । संसारलेनै जानेका तर देशमै ध्यानाकर्षणको अभावमुनि रहेका मधेशका धेरैजसो धार्मिक,साँस्कृतिक र परम्परागत धरोहर र मान्यताहरु अझपनि आवश्यक संरक्षण र पर्यटणका कारण बन्ने आशमा कुरिरहेका छन् ।
मधेशमा विजयी भई सत्तासम्भाल्न पुगेका सम्मानीय जनप्रतिनिधिहरुको काँधमा मधेशीजनताले महाजनादेशको शक्ति प्रदान गर्नुको साथै मधेशको बिकास,यहाँको शांतिसुरक्षा,शिक्षा,स्वास्थ्य,बन्द–हडतालमुक्त बजार र व्यापार,मधेशको कुनाकुनामा पुग्नसक्ने गरि ओछयाइएका खाल्डोरहित सडक,सिँचाइ र शून्यव्याजदरमा कृषिऋण र यस्ता अनेकौँ प्रगतिका सपनारुपि उत्तरदायित्वको गह«ो पोकोसमेत थाम्नलगाएका छन् । जरुरी छ अबको मधेश बन्द र हडतालको आगोमा बल्नु भन्दा तिव्र बिकास र भ्रष्टाचाररहित मधेशीनेपाली समाज निर्माणको उत्साहमा रमियोस् । विगतका केही तिता समयखण्डले भएभरको विकसित मधेशलाई कैयौं वर्षपछाडि धकेलिसकेको अवस्थामा ती कमीलाई भर्न अबको बिकासनिर्माणका गतिविधिहरुमा तिव्रता र पूर्ण ईमान्दारिताको ठूलो खाँचो रहेको छ । यहाँका वेरोजगार जनशक्तिलाई पूर्ण रोजगार प्रदान गर्नु,फोहोर व्यवस्थापन गर्न लगाउनु,वृक्षारोपणलाई ग्राह्यता दिन गाउँ र खासगरि शहरी क्षेत्रतिर प्रतिघर कम्तिमा  २ रुख हुनैपर्नेजस्ता प्रावधान विकसित गर्नु,निजामति सेवा,शिक्षक सेवा र सुरक्षानिकाय तर्फ सक्षम र योग्य मधेशीनेपाली जनशक्तिलाई उत्प्रेरणा र अवसर प्रदान गरि राष्ट्रको सेवा गर्ने मौका प्रदान गर्नु आदि जस्ता धेरै विचारणीय तथ्यहरु रहेकाछन् जुनकि मधेशका प्रादेशिक र केन्द्रीय सरकारका निमित्त समेत ठूलो उत्तरदायित्वको विषयवस्तु रहेको छ ।
नेपालमा अबको राजनैतिक,प्रशासनिक र आर्थिक संरचनामा मधेशको प्रभावशाली अर्थव्यवस्थाका लागि प्रादेशिक सरकारबाट चालिएका कदमहरुले तिनका बिकासप्रतिका दूरदर्शितालाई प्रष्टयाउनेछ । बिकास,रोजगार,शान्तिसुरक्षा आदिका लागि गरिएका जनप्रतिनिधिका वक्तव्यहरु लाई जीवन्तता दिन बजेट कहाँबाट र कसरी आउने हो ?मुल्य अभिवृद्धिकरमा कटौति हुने हो कि?अन्तरप्रदेशिय आयात–निर्यातमा कुनै कर लाग्ने हो कि?आयकरमा केही सुविधा थप हुने होकि?आदि धेरै आर्थिक नीतिहरुको निर्णयको स्वरुप मधेशमा हुने सत्ताबाट जनताले हेर्ने प्रतिक्षामा छन् । जनसाधारणलाई बचत प्रति उन्मुख गरि सार्वजनिक बिकासकालागि लगानीमा उत्प्रेरित गर्नु र यस्ता कार्यका लागि वचतमा अधिक व्याजदर र त्यस्ता लगानीमा करछुटको व्यवस्थापनले बिकासनिर्माणलाई ठुलो टेवा पु¥याउनेछ । वर्षाैँदेखिको उपयुक्त व्यवस्थापनको प्रतिक्षामा रहेको मधेशमा मनग्य शिक्षित र योग्य जनशक्तिको सागर विद्यमान रहेको छ, जुनसुकै बेलापनि प्रारम्भ गर्नसकिने भौतिक पूर्वाधारका लागि समतल जमिन छ, बीज छरे केहीमहिनामै सुनझँै चम्किने धान र गँहु फलाएरदिने उब्जाउ जमिन छ,नेपालका पहाडबाट बगेर आएका महान नदीहरुको बेगलाई मधेशीनेपाली भु–भागले  शताब्दीयौँदेखि थाम्दैआएको छ र जलकुबेर बन्न सफलभएको छ,त्रेतायुगको रामायणसँग सम्बन्ध राख्ने जानकीमन्दिर र यस्ता अनेकौँ पर्यटकीय केन्द्रहरु विद्यमान छन् तसर्थ यी र यस्ता अनेकौँ पक्षहरुमा ध्यानाकर्षण दिई समग्र मधेशको विकास र प्रगतिलाई वास्तविक कार्यान्वयनमा ल्याउनु वास्तवमा अहिलेको मधेश र केन्दीय सत्ताको लागि ठूलो उत्तरदायित्वको विषयवस्तु बन्नगएको छ ।

जनकपुरधाम । भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका चर्चित हिन्दूवादी...

जनकपुरधाम । संघिय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका उपप्रधान...

जनकपुरधाम । माछा सुपरजोन जनकपुर धाम ,धनुषा का कार्यालय प्रमुख...

जनकपुरधाम । धनुषाका प्रहरीले पीडितलाई न्याय दिलाउनुको साट्टो पिडकलाई संरक्षण...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा नंंंंं. ६ खुटौनाको...

चन्द्रपुर । रौतहटको बलेरी ईलाका वन कार्यालयको वन क्षेत्रमा एकै...

कुलदिप दास , जनकपुरधाम । धनुषामा बोक्सीको आरोप लगाएको भन्दै...

चन्द्रपुर । रौतहटमा प्रहरीले घरेलु मदिरा उत्पादन र बिक्रि बितरणमा...

चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिकामा बिशेष आर्थिक क्षेत्र (सेज) स्थापना...

रौतहट : कार्यक्रममा प्रदेश नम्बर २ का कृषि भूमि...

जनकपुरधाम । नगर क्षेत्र भित्र एउटै सडकको दोहरो मापदण्ड...

जलेश्वर । राष्ट्रिय जनता पार्टी (राजपा)नेपालका अध्यक्ष मण्डलका संयोजक समेत...

वीरगञ्ज । नेपाली काग्रेस पर्साका सभापति अजय द्धिवेदी सभापति...

जनकपुरधाम । धनुषा जिल्लाको विदेह नगरपालिकाको वडा नम्बर ५ मुडिवा...

इंग्लिस प्रिमियर लिग फुटबलको अर्को सिजनमा भिडियो असिसटेन्ट रेफ्री ‘भार’...

पछिल्लो २४ घण्टामा भारत तथा विश्वभरका बलिउडका प्रशंसक एउटा तस्बिरको...

काठमाडौं । श्रीलंकामा महिन्दा राजापाक्षेका समर्थक र विरोधी सांसदहरुबीच बिहीबार...

काठमाडौं । राज्यविद्रोहकोे मुद्दामा पक्राउ परेका सीके राउतलाई सर्वोच्च...

जनकपुरधाम । प्रदेश २ को नामाकरण र स्थायी राजधानी तोक्न...

जनकपुरधाम । प्रदेश २ को रामजानकी स्टेडियम अन्ततःजनकपुरधाममा ...

वीरगंज। मुख्यमन्त्री लालबाबु राउतले वीरगंज–२ छपकैयास्थित नवर्निमित ...

जनकपुरधाम । धनुुषाका क्षीरेश्वरनाथ...

काठमाडौँ : नेपाल पत्रकार महासङ्घले श्रमजीवी तथा स्वतन्त्र पत्रकारका...

बेनी : पारिवारिक भ्रमणको सिलसिलामा म्याग्दीमा रहनु भएका नेकपाका अध्यक्ष...

काठमाडौं । पूर्वविजेता राष्ट्रिय च्याम्पियन नेपाली सेनाका रत्नजित तामाङ...

बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण यहि बुधबार...

बैंकक । थाइल्यान्डमा भएको बक्सिङ खेलमा १३ वर्षीय बालकको...

काठमाडौं । पुल सुधार तथा मर्मतसम्भार एवं खाद्य तथा...

काठमाडौं । नेपाली कांग्रेसका कार्यकर्ताले गुट–उपगुट अन्त्यको आवाज उठाइरहँदा...

भैरहवा : मालपोत कार्यालय भैरहवाले आजदेखि अनलाइनबाट सेवाग्राहीलाई सेवा प्रदान...

चितवन : कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा विद्यार्थीहरुले आगजनी...

काठमाडौँ : सूचना प्रविधिको उत्कृष्ट प्रयोग गरी कार्य गरेबापत...

जनकपुरधाम : छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो...

सिरहा । बरियारपट्टी गाउँपालिकामा रहेका सरकारी अस्पतालमा औषधिको अभाव भएपछि...

छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा ...

छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै...

अनिल कुशवाहा , महेन्द्रनगर (धनुषा) । ...

जीतपुर । दलित, गरिब तथा बिपन्न बर्गहरुलाई छठ मनाउनकोे लागि...