Sun, 20 May 2018
ताजा समाचार
विद्यार्थी मृतावस्थामा फेला || बजेटमा मधेससंग विभेद गरीए संसद अवरुद्ध गर्ने सांसद यादवको चेतावनी || प्रदेश नं २ का सञ्चारमाध्यमलाई राहतपूर्ण वर्गीकरण गर्न आग्रह || मालपोत कर तिर्नु पर्दैनः नगर प्रमुख || पुर्व राजा ज्ञानेन्द्रलाई नागरिक अभिनन्दन || तरुण दलको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम || शिक्षक संगठन धनुषामा महतो || सर्पदंशबाट महिलाको मृत्य || ससुराली पक्षको कुटाइबाट महिला गम्भीर || मधेशको लागि विशेष बजेटः मन्त्री महासेठ || गेरुका नदीमा सरसफाई || तुलसीदास पार्कमा सरसफाई || मिथिलाको युगभूमि सिम्रौनगढ हो : पुरातत्वविद मिश्र || ठेकदारको लापर्वाहीले बस दूर्घटना, २४ बढी घाईते || फोरम पदाधिकारी बैठक जारी, एकीकृत नेकपामाथि नजर || दुई कम्युनिष्टको मिलनले आत्तिनु पर्दैनः निधि || गायक वैद्यलाई ‘नेपाल दीर्घ साधना सम्मान’ प्रदान गरिने || विमान दुर्घटनामा मृत्यु भएका यात्रुको सम्झानामा क्युवामा दुई दिने शोक || राजकुमार ह्यारी र मार्कलको विवाह सम्पन्न || हैदरावादलाई हराउँदै कोलकाता आइपिएलको प्ले अफ् चरणमा, विराट कोहलीको बैंग्लोर || मोटरसाइकल दुर्घटनामा तीन जना र बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु || नागढुंगा–धुलिखेल मेट्रो निर्माणका लागि विश्वव्यापी बोलपत्र, लागत करिब दुई खर्ब || सार्वभौमसत्ताको रक्षा नेपाली काँग्रेसले मात्रै गर्नसक्छ ः नेता सिटौला || नवीनतम सोचका साथ अघिबढ्नु आवश्यक ः डा भटृराई || राप्रपा ः अध्यक्षात्मक अधिकार कटौती, लोकतान्त्रिक विधिलाई अवलम्बन गर्दै || ट्याक्टरमा च्यापिएर एक मजदुरको मृत्यु || जन्मसिद्धका सन्तानलाई वंशज नागरिकता माग || जनता आवासको कारण घरविहीन दलित परिवार || सैनिक श्रीमती संघद्वारा शौचालय निर्माण || जनकनन्दनी अध्यक्ष गोल्डकपको उपाधी वीरगंजलाई || खेलको विकासमा प्रदेश सरकार गंभिर || मेयर आफै पढाउन जा“दा... || भुक्तानी रोकेको विरोधमा आन्दोलन गर्ने || क्याम्पसमा तालावन्दी || शिक्षक संगठनको अविेशन सम्पन्न || फोर्डका नयाँ गाडी बजारमा || साँसदद्वारा जबरजस्ती सहिछाप, नगरपालिकामा तालाबन्दी || नेपाल कम्युनिष्ट पार्टीमा मधेशी हराए , पार्टी एकताका लागि फोरम || विद्युत् चोरी गर्ने १४ जनामाथि कारवाही || प्रधानमन्त्रीद्वारा स्व शाहप्रति श्रद्धाञ्जलि ||
गजेन्द्र स्मृति र प्रदेश २ को गोरेटो

माघ १८, २०७४

  • चन्द्रकिशोर

“कुछ नेताओं के भटक जाने से मधेस नही भटका करते”

खलील जिब्रानले लेखेका छन्, “कुनै व्यक्तिको मनोभावलाई यदि बुझ्नु छ भने उसले अहिले सम्म के हासिल ग¥यो त्यतातिर नहेर्नुस, बरु उसले के गर्ने अभिलाषा राखेको छ, त्यतापट्टि बढी ध्यान दिनुस्” । गजेन्द्र नारायण सिंहलाई आदरले “गजेन्द्रवावु” भनेर सम्बोधन गरिन्थ्यो । गजेन्द्र वावु ज्यू“दै छदा के कस्ता राजनीति उपलब्धि प्राप्त गरे भन्दा पनि आज उनले समाएको  गोरेटो  समातेर  मधेसी  राजनीतिले  के  कस्तो  फराकिलो  लोकमार्ग  निर्माण  गर्न  पुगेको  छ  त्यो  महत्वपूर्ण  हो  ।  गजेन्द्र  वावूको  मूल्यांकन  गर्ने  बेला त्यस कालखण्डको समस्याहरु माथि पनि एक नजर  राख्नु  पर्छ  र  आजका  समस्याहरुसंग  त्यसको  तुलना  पनि  गर्नुपर्छ  ।  अहिलेको  जुन  मध्यमार्गी  मधेसी  राजनीति  छ  त्यो  उहा“को  सपनाको  विस्तार  हो । मधेसी राजनीति उहा“को महान गुणहरुको जीवन्त स्मारक बन्न पुगेको छ । त्यसैले पनि अहिले उहा“लाई कसरी  सम्झिने  गरिएको  छ,  किन  सम्झिने  गरिएको  छ, कसले सम्झिराखेको छ, कहा“ सम्झिदै छ र को सम्झिदै छन् भन्ने सवाल पनि महत्वपूर्ण हुन आएको छ  ।  विगतको  विवेचना  नगरिकन  आगतको  सुखद  चाहना राख्न सकिदैन । मध्यमार्गी गोरेटोआजको मधेसी राजनीति इतिहासको अध्यारोवाट निस्किएर  आएको  छ  ।  यो  अध्यारो  मामुली  थिएन  –  शताब्दियौ  लामो  थियो  ।  शताब्दीहरुको  अध्यारो  सुरुङ्गमा जो केही मसालहरु बले, त्यसको नाम रघुनाथ ठाकुर, पण्डित रामाकान्त झा, मुन्सी दयाशंकर गुप्ता, कुलानन्द  झा,  दुर्गानन्द  झा,  डा.लक्ष्मी  नारायण,  रामजनम  तिवारी,  श्यामलाल  मिश्र,  रामचन्द्र  मिश्र,  गंगाधर  झा,  रघुनाथ  राय,  सत्यदेवमणी  त्रिपाठी  लगायतका थिए । यो सूची निकै लामो छ । त्यसैले भन्नु परेको छ मधेसी राजनीतिमा अहिले देखिएका अनुहारहरु “मुहान” होइन, यिनीहरु त “प्रवाह” हुन । उसो त कतिपयले अहिले मान्ने गरेका छन्, “म जहा“ खडा छु पंक्ति त्यहीवाट शुरु भएको छ” । मलाई लाग्छ इतिहासको कुनै पनि सरलीकरण तिनकै अस्तित्वलाई चुनौती दिन्छ । हो जसले अन्तिम प्रहार गरे तिनलाई लाग्न सक्छ कि ढुङ्गा मैले नै फोरेको हु“ । तर उसले विर्सिरहेको  हुन्छ  कि  इतिहासमा  त्यो  ढुङ्गामाथि  अनेकौ प्रहार गर्नेहरु थिए । यस कुरालाई यसरी पनि भन्न सकिन्छ घरको जगमा छोपिन गएका ईटहरुलाई जो कोहीले सम्झिदैन, चिन्दैन, चिनाउदैन तर उसले छानामा  रहेको  चम्किलो  ईटलाई  सम्झिरहेको  हुन्छ,  सम्झाई रहेको हुन्छ । तत्कालमा देखिएको चिन्ने र चिनाउनेको यो लुकामारी खेल जतिसुकै नै खेलियोस तर  यसले  जगका  ईटहरुको  अवमूल्यन  गर्ने  नैतिक  साहस राख्दैन । तराई   का“ग्र्रेसको   पतन   पश्चातको   विकट   र  दुविधाग्रस्त  समयमा  जुन  अडिग,  निश्चय  र  दूरदर्शिताका साथ गजेन्द्रवावु मधेसी संगठन निर्माण कार्यमा  आफुलाई  समर्पित  बनाए,  आजको  मधेसी  दलहरु  तिनै  प्रयत्नहरुको  परिस्कृत  परिणाम  हो  ।  गजेन्द्रवावुलाई केवल मधेसी राजनीतिसंग जोडेर मात्र हेर्न  मिल्दैन  ।  उनी  नेपालमा  लोकतन्त्र  स्थापनाका  लागि  प्रतिवद्ध  एक  पुराना  योद्धा  थिए  ।  २००७  साल  देखि  जीवन  पर्यन्त  उनी  आफुलाई  नेपाली  लोकतन्त्रकाप्रति संघर्षशील व्यक्तिका रुपमा उभ्याए । नेपालको राजनीतिक भूगोलभित्र बस्ने जो कोहीको वीच  आपसी  सम्बन्धका  व्याकरण  कस्तो  हुने,  त्यसैगरी  राज्य  र  नागरिक  वीचको  सम्बन्ध  कसरी  सम्मानजनक हुने र नेपालमा गैर वरावरीलाई समाप्त पारी समतामूलक समाज कसरी निर्माण गर्न सकिन्छ, उनी  आजीवन  त्यसैका  लागि  चिन्तित  देखिए  ।  हो  उहा“को कार्यक्षेत्र मधेस रह्यो । उहा“    सप्तरीको    एउटा    सीमान्त    गाउ“मा    जन्मिएर  पनि  नेपाली  जनतालाई  बलियो  वनाउन  चाहन्थे  ।  नेपालमा  लोकतान्त्रिक  व्यवस्था  अन्र्तगत  नया“  संरचनाको  परिकल्पना  उनको  थियो  ।  नया“  संरचनाको परिकल्पनाको बहसमा नेपाली राज्य, राज्य संचालनको प्रक्रिया तथा राज्य र समाजका विभिन्न समूहहरु बीचको आपसी सम्बन्धलाई आधार मानेर अगाडी बढ्नु पर्ने उनको मा“ग थियो । उनी राज्य र सामाजिक समूहहरुको सम्बन्ध तथा भूमिकाको वारेमा व्यापक  रुपमा  प्रश्न  उठाए  ।  उनका  अनुसार  नेपाली  सन्दर्भमा राष्ट्रिय एकता र सार्वभौमिकतालाई सर्वोपरी राखी राजनीतिक, आर्थिक, सामाजिक एवं सांस्कृतिक विकास गर्ने अधिकारको रुपमा संघीयतालाई बुझ्नु पर्ने थियो । आज उहा“ वितेको लामो समय पश्चात नेपाल संवैधानिक रुपमा संघीयतामा प्रवेश गरेको छ । प्रदेश प्रमुखको नियुक्ति र प्रदेश सभाका सदस्यहरुको सपथ  ग्रहण  भई  सकेको  छ  र  अब  चाडै  नै  प्रदेश  सभाले  आफ्नो  कामकाज  प्रारम्भ  गर्ने  भएको  छ  ।  यो  भनेको  गजेन्द्र  नारायण  सिंहले  हिड्न  खोजेको  गोरेटोको सार्थकता हो । निश्चित रुपमा उनी मधेसमा जे जुन प्रकारका प्रदेशहरुको वनावट चाहन्थे र जस्तो संघीयताको  अभ्यास  गर्न  खोजेका  थिए  त्यस्तो  हुन  पाएको छैन । तर जे जस्तो रुपको संघीयता आएको छ अब यसवाट देश पछाडि  फर्केर जान सक्दैन । प्रदेश २ को पहिचानसंघीयताले   नागरिकहरुलाई   पहिचान   सहित   संगठित  हुने  अवसर  दिन्छ  ।  प्रदेश  २  ले  अब  आफ्नो इतिहास, परम्परा, बनावट र बसोवासको आधारमा आफ्नो  विशिष्ट  पहिचान  निर्माण  गर्नु  पर्छ  ।  आफ्नो  सार्मथ्यहरुलाई विस्तार गर्दै यस भेगका नागरिकहरुको राज्यप्रति  अपनत्व  कसरी  वृद्धि  गर्ने  त्यसका  लागि  साझा प्रयत्न गरिनु पर्छ । प्रदेश २ आफैमा विविधता बोकेको  क्षेत्र  हो  ।  यो  विविधता  माझ  समन्वयको  सुत्रहरुको   पहिचान   गर्ने   बेला   आई   सकेको   छ । काठमाण्डौवाट हेर्दा प्रदेश २ मा एउटै पहिचान देखिएला  तर  भूई  सतहवाट  हेर्दा  यो  पहिचानहरुको  मिश्रित  प्रदेश  हो  ।  यी  कुराहरु  अहिले  पटक  पटक  भन्नु  परेको  छ  किनभने  संघीयता  भनेको  सम्झौता  पनि  हो  ।  यसमा  हुने  कुनै  पनि  निर्णय  दवावकारी  हुन  सक्दैन,  स्वेच्छिक  हुन्छ  ।  स्वेच्छिक  निर्णय  हुनका लागि सरोकारवाला सबै पक्षहरु माझ संवाद हुनु  पर्छ  ।  संवादले  अपनत्व  ल्याउ“छ,  संवादले  समझदारीको निर्माण गर्छ । संघीयता भनेको अत्यन्तै गम्भीर  रुपमा  विचार  गरेर  आपसमा  “नेगोसिएट”  गर्नुपर्ने विषय हो । अर्थात प्रदेश २ मा हुने कुनै पनि व्यापक प्रभावको निर्णयमा प्रादेशिक विमर्श हुनुपर्छ । यहा“ सबैले आफु खुशी सडक तताएर मन चिताएको पाउने होइन । प्रदेश २ ले यस्तो परम्पराको शुरुवात गर्नु प¥यो जहा“ वृहतर हितमा सबैको स्वार्थ निश्चित छ भन्ने साझा  बोध  गराउ“छ  ।  यस्तो  कचिङ्गलहरुको  शुरुवात  नहोस जसले यो प्रदेश टुक्रिने स्थिति आओस । प्रदेश २ लाई सफलतापूर्वक चलाउन नभई नहुने कुरा भनेको यस भूगोल भित्रका प्रत्येक पक्ष र पंक्तिले आफु सम्मान र सुरक्षित प्राप्त गरेको देखिनु हो । प्रदेश  २  को  सम्बन्धमा  आम  नेपालीमा  थुप्रै  प्रश्न,  आशंका,  अस्पष्टता  र  द्विविधाहरु  व्याप्त  छन् । प्रदेश संचालनको जिम्मेवारी वहन गर्ने सभासद र   राजनीतिक   दलका   नेता   एवं   कार्यकर्ताहरुमा   समेत प्रदेश २ का सम्बन्धमा थुप्रै जिज्ञासाहरु रहेको पाइन्छ । त्यसैले प्रदेश २ वारे यहा“का प्रत्येक वासिन्दा स्पष्ट  हुन  अत्यन्त  जरुरी  छ  ।  किनभने  यसको  टुङ्गो  नलागी प्रदेश २ ले सार्थक र सन्तोषजनक यात्रा गर्न सक्दैन । प्रदेश सभा सदस्यहरुको सपथ ग्रहण समारोह जे जुन प्रकारले सम्पन्न भयो त्यहा“ सन्तुष्ट हुने ठाउ“ छैन । प्रदेश सभाको आफ्नै गरिमा र स्वतन्त्रता हुन्छ । तर अबको दिनमा झिना मसिना भनिने त्रुटिहरु पनि नदेखिउन । प्रदेश सभाको सर्वोच्चता र मर्यादा प्रखर रुपमा प्रकट होउन ।प्रदेशमै छन् विज्ञप्रदेश  २  का  समक्ष  चुनौतीहरु  कम  छैन  ।  अहिले  पनि  “जिल्ला  समन्वय  समिति”  को  नाममा  जिल्लाको अस्तित्व कायमै छ । प्रदेशको नियन्त्रणमा कुन  र  कस्तो  सुरक्षा  संयन्त्र  हुने  टुङ्गो  छैन  ?  प्रमुख  जिल्ला   अधिकारीहरुको   जवाफदेहिता   केन्द्रवाट   प्रदेशमा  रुपान्तरित  भएको  छैन,  प्रदेश  २  मा  रहेका  पूर्वाधारहरुको  विकास  कसरी  गर्ने  त्यसको  रुपरेखा  कसैसंग  छैन  ।  पुराना  जुन  संरचनाहरु  छन्  त्यसको  वारेमा  फरक  फरक  दृष्टिकोणहरु  आई  राखेको  छ  ।  यहीनिर साझा सहमतिको विन्दु खोजी गर्न विज्ञहरुको भूमिका  महत्वपूर्ण  हुन्छ  ।  विभिन्न  धारणाको  सही  अध्ययन  र  दिगो  संरचना  सुझाउन  उनीहरुले  आफ्नो  विशेषज्ञताको  प्रयोग  गर्न  सक्छन्  ।  प्रदेश  २  को  यथार्थ धरातल बुझेर यहा“का मुद्दाहरुलाई सुल्झाउनु, जटिलताहरुलाई  व्यवस्थित  गर्न,  अगामी  वाटोलाई  सहज बनाउन, प्रादेशिक अभ्यासको अवधारणालाई यस  प्रदेशका  वासिन्दाहरु  माझ  देखिने,  बुझिने  र  अनुभूत गर्न सकिने संरचना र पद्धतिमा ढाल्न उत्प्रेरित गर्ने, यस प्रदेश मै विज्ञहरुको कमी छैन । पहिला त विज्ञहरुले आफ्ना अनुभवलाई सार्वजनिक विमर्शमा ल्याउनु  प¥यो,  आफु  पनि  लगनशील  देखिनु  प¥यो,  त्यसैगरी प्रदेश प्रमुख, प्रदेश सरकार र प्रदेश सभाले परामर्श वा छलफलका निम्ति आफुलाई उदार बनाउनु प¥यो । प्रदेश २ को जनताको भावनालाई प्रतिनिधित्व गरी गतिलो प्रादेशिक अभ्यास निर्माण गर्ने चुनौतीमा विज्ञहरु सहयोगी हुने अपेक्षा सर्वत्र गरिएको छ । प्रायः   भन्ने   गरिन्छ   मधेस   आन्दोलनको   कोखवाट   निस्किएका   मानिसहरु   भ्रष्ट   भए,   उनीहरुले  जातिवादलाई  हावा  दिए  ।  राजनीतिमा  विकृतिकरणको शुरुवात पनि यही आन्दोलनको देन हो  ।  तर  अहिले  फर्केर  हेर्दा  भन्नै  पर्ने  हुन्छ  यस्तो  आक्षेपमा आंशिक सत्यता मात्रै हो । जसरी नदीमा विस्तारै विस्तारै लहरहरुले त्यसको धारा फेर्न सफल हुन्छ  र  आफुलाई  विदा  गर्छ  ।  ठीक  त्यसै  प्रकारले  लामो मधेसी राजनीतिले विस्तारै विस्तारै उध्र्वमुखी हुदै गएको छ । एकजनाले घूर संवादमा भनेको कुरा म साझेदारी गर्न चाहन्छु, “कुछ नेताओं के भटक जाने से मधेस नही भटका करते” । मधेसी राजनीति जसरी  जसरी  विकास  गर्दै  गयो  नेपालमा  मधेसी  पहिचान  स्थापित  भयो,  संघीयताले  एउटा  रुप  लियो,  समावेशीको  एजेण्डा  गुन्जियो  ।  त्यसैगरी  मतदाता  स्तरमा पनि व्यापक परिवर्तनको शुरुवात देखियो । यो भन्दा  पहिला  पिछडावर्ग  आम  चुनावमा  ज्यादा  गरी  मतदाताको भूमिकामै देखिन्थे । जिल्लाको राजनीतिमा “दाजु” हरुको कव्जा थियो जो काठमाण्डौको सत्ताको नजिक  हुन्थे  ।  आन्दोलन  र  आन्दोलनकारी  एउटा  निश्चित  समयका  उपज  हुन  ।  पछिल्ला  तीन  वटा  मधेस आन्दोलनले जनस्तरमा सोचाई र बुझाईमा निकै फेरबदल ल्याई दिएको छ । लोकतन्त्रमा प्रत्येक व्यक्ति र  समुदायलाई  आफ्नो  कुरा  भन्ने  पुरै  स्वतन्त्रता  हुनै  पर्छ । यो कुरा भन्ने ढङ्ग पनि अहिंसक र औचित्यपूर्ण हुनु   पर्छ   ।   गजेन्द्र   नारायण   सिंहको   जन्म   क्षेत्र   रहेको प्रदेश २ ले संघीयताको सबल अभ्यासमा सबैको सहयोग र समन्वयमा अगाडी वढ्ने परिपाटी निर्माण गर्नु नै उहा“प्रतिको सच्चा आदराञ्जली हुनेछ । 

 

 

महेन्द्रनगर, धनुषा : जनकपुर उपमहानगरपालिकास्थित एक विद्यालयमा आज बिहानै एक...

वीरगन्ज । आगामि बजेटमा मधेससंग संघीय सरकारले बिभेद गरे संघीय...

महेन्द्रनगर, धनुषा : नेपाल पत्रकार महासंघ प्रादेशिक समिति...

नेपाल शिक्षक संगठन धनुषाको १२ औं जिल्ला अधिवेशनले ...

मलगंवा । सर्लाहीको दक्षिणी भेगमा पर्ने विष्णु ...

जनकपुरधाम । महोत्तरी ...

जनकपुरधाम । जनकपुर स्थित...

त्रिलोकीनाथ यादवबारा । वरिष्ठ पुरातत्वविद...

काठमाण्डु ।प्रदेश नम्बर २ को सत्तारुढ दल संघिय ...

बीरगञ्ज ।नेपाली कांग्रेसका उपसभापती विमलेन्द्र निधीले दुई कम्युनिष्ट...

काठमाडौं । गायक, संगीतकार, गीतकार एवं कवि योगेश वैद्यलाई रेडियो...

काठमाडौं । क्युवामा शुक्रबार राति भएको विमान दुर्घटनामा निधन भएका...

विन्डसोर (बेलायत) । बेलायतका राजकुमार ह्यारी शनिबार अमेरिकी पूर्वअभिनेत्री मेगन...

काठमाडौं । शिर्ष स्थानको सनराईजर्स हैदरावादलाई हराउँदै कोलकाता नाईट...

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा शनिबार दुई मोटरसाइकल एकापसमा ठोक्किँदा...

काठमाडौँ : सरकारले काठमाडौँको नागढुंगादेखि काभ्रेपलान्चोकको धुलिखेलसम्म मेट्रो रेल...

बनेपा : नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रिय अस्तित्वको...

पोखरा : नयाँशक्ति पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम...

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीले अध्यक्षका अधिकारलाई कटौती गर्ने...

महोत्तरी : महोत्तरीको सोनमामा सडक निर्माण कार्यमा कार्यरत एक...

जनकपुरधाम । जनकनन्दनी अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिता वीरगंजले जितेको छ...

सुखीपुर (सिरहा) । श्री जनता ...

महोत्तरी । उखुको भुक्तानी अनिश्चितकालका ...

जनकपुरधाम । नेपाल राष्ट्रिय शिक्षक ...

जनकपुुरधाम । जनकपुरधाम उप–महानगरपालिका १४ स्थित जानकी...

मलंगवा । प्रदेश सांसदले सम्झौताको कागजातमा जबर्जस्ती सहि गर्न लगाएको...

नेकपाका मधेशी नेताहरुमा व्यापक असन्तुष्टि बढेको छ । ...

राजविराज : नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले हुकिङ नियन्त्रण...

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रियस्तरका नेपाली फुटबल...