Mon, 19 Feb 2018
ताजा समाचार
प्रजातन्त्र दिवसमा राष्ट्रपति र प्रधानमन्त्रीले दिए यस्तो शुभकामना सन्देश || आज देशभर ६८ औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाईंदै || अन्तर्राष्ट्रिय कराते प्रतियोगिता वैशाखमा || स्थानीय तहका कानून राजपत्रमा प्रकाशित || छुर्पीको मूल्यमा गिरावट, जापान र अमेरिका निर्यात हुन छाड्यो || मोदीले विदेश भ्रमणमा पाकिस्तानी आकाश प्रयोग गरेबापत झण्डै तीन लाख || रियाल मड्रिडले रियाल बेटिसलाई हरायो, बार्सिलोना शीर्ष स्थानमा कायमै || एउटै फुटबल खेलमा १० वटा रातो कार्डको कीर्तिमान || विज्ञान प्रदर्शनी पाँच हजारभन्दा बढीले हेरे || लालबन्दी जेसिजको आन्तरिक विधान २०७४ पारित || हिन्दू परिसद नेपाल बारा गठन,अध्यक्षमा दीपक दास र केन्द्रीय सदस्यमा || टिभि टुडेका संवाददाता कुलदिप दास सम्मानित || अन्तर विद्यालय बहुभाषिक कविता प्रतियोगिता सम्पन्न || फागुन १७ गते होली हँगामा || पिपुल्स हेल्पफुलको दशौं वार्षिक साधारणसभा सम्पन्न || नयाँ पदाधिकारीलाई प्रमाणपत्र || युवकको विभत्स हत्या || प्रदेशका समस्याको समाधान हुनुपर्छःसभामुख यादव || एकिकरण विथोल्न लोभ र धम्की दुवै : प्रचण्ड || धनुषाधामको अनुमानित बजेट ३६ करोड दुई लाख बढी || लागूऔषध कारोबारमा संलग्न चार पक्राउ || उपमेयर क्लब गठन || मिर्गौला प्रत्यारोपणमा ९८ प्रतिशत सफलतामसालले पार्टीलाई सुदृढीकरण गर्ने || सिमरा गोल्डकपको उपाधि आर्मीलाई || साँसदको सहमतिमा निर्णय गर्न राजपामा दबाब || फोरमबाट राज्यमन्त्रीको टुंगो || सरकारले १० गते विश्वास मत लिने || अन्तर्राष्ट्रिय लोक साँस्कृतिक महोत्सव हुने || अमेरिकमा बन्दुक राख्न पाउने कानुन नियन्त्रण गर्न माग || नेविसंघलाई चलायमान बनाउनुपर्ने || स्थानीय तहमा बैंक नहुँदा कारोबार गर्न समस्या || ‘स्केट’ खेलमा आकर्षित हुँदै युवा || मेक्सिकोमा बरिष्ठ कर्मचारी चढेको हेलिकप्टर दुर्घटना हुँदा १४ जनाको मृत्यु || बार्सिलोनाको अपराजित यात्रा कायमै, एथ्लेटिको मड्रिड दोस्रो स्थानमा || पिएनबि बैंकबाट 'लुटियो' एभरेष्ट बैंकको कुल निक्षेपभन्दा दोब्बर रकम, को || शदिह नगरमा क्रिकेट प्रतियोगिता सुरु || जनकपुर नगरको सौन्दर्यीकरण गरिने || सोलार जिपिएस जडित मंगोलियन बाँज फेला || फेसबुकलाई जरीवाना || शिक्षक संघमा पहिलो पटक सर्वसम्मत ||
समसामयिक राजनीतिबारे

माघ २३, २०७४

  • रोशन जनकपुरी

प्रदेश होस वा केन्द्रीय राजनीति, देशका प्रमुख पाँंचवटा प्रमुख राजनीतिकदलहरु मध्ये राजपा र फोरम चरित्रगतरुपमा नेका, एमाले र माकेका सामू प्रतिरोधी विपक्षको रुपमा देखिँंदैआएका छन् । समग्र राजनीतिमा उनको विशिष्टतापनि यही हो 

बितेको  हप्ता  राष्ट्रिय  राजनीतिमा  ऐतिहासिक,  उत्तेजक  र  उल्लेखनीय  रह्यो  ।  ऐतिहासिक  यस  अर्थमा हो कि यस हप्ता नेपालमा संघीय गणतन्त्रको ढाँंचाले  औपचारिकरुपमा  पहिलो  पाइलो  सा¥यो  ।  त्यो भनेको प्रदेशहरुको पहिलो बैठक शुरु हुनु हो । समस्या  र  अन्तर्विरोधहरु  अन्य  प्रदेशहरुमापनि  छन्,  तर  प्रदेशनम्बर  दुई,  शपथग्रहणको  अवसर  जस्तै  पहिलो बैठकमापनि प्रतिरोधीरुपमै देखियो । लाग्दछ, देशको  संसदीय  राज्यव्यवस्थामा  दुईनम्बर  प्रदेशको  प्रतिरोधी  प्रवृत्ति  लामो  समयसम्म  कायम  रहनेछ  ।  प्रदेश  सांसदहरुको  शपथग्रहण  समारोहमा  मैथिली,  भोजपुरी,  नेपाली  र  हिन्दीभाषा  प्रयोग  भएको  थियो  भने प्रदेशसभाको पहिलो बैठकमा शुभकामना मन्तव्य दिन  उभिएका  पार्टीप्रतिनिधि  सांसदहरुले  मैथिली  र  हिन्दी मात्र प्रयोग गरे । संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीसंग सम्बद्ध सांसदहरुले हिन्दीमा र नेपालीकाँंग्रेस, एमाले र माओवादीकेन्द्रका सांसदहरुले मैथिलीमा आफ्नो मन्तव्य राखेका थिए । देश संघीय संरचनामा  गएपछि  पहिलोपटक  बसीरहेका  बैठकहरु  एतिहासिक  हुने  गर्दछन्  ।  यस  अर्थमा  प्रदेशसभामा  भएका  क्रियाकलापहरु  एतिहासिक  हुन्  ।  वर्गीय  भेदभाव  त  देशैभरि  शासकवर्ग  विरुद्धको  अन्तिम  र  वर्ग  रहेसम्म  निरन्तर  संघर्ष  चलिरहने  विषय  हो  ।  तर राष्ट्रिय प्रश्नहरुको प्रसंगमा भने, नेपालमा संघीय गणतन्त्र   आउनुको   पछाडी   एकात्मक   राज्यद्वारा   देशमा   रहेका   विविध   भाषा   र   संस्कृतिमाथीको   निषेधात्मक  दमनपनि  एउटा  महत्वपूर्ण  कारण  हो  ।  प्रदेशसभामा धोती, कुर्ता, पाग, गमछी आदिको निम्ती हमेशा सचेत प्रतिरोध गर्नेहरुको निम्ती भाषाको प्रश्न उपेक्षित  हुनु  विडम्बनापूर्ण  हो  ।  दुईनम्बर  प्रदेशमा  मैथिलीपछि  सबैभन्दा  बढी  बोलिने  भाषा  भोजपुरी  हो । प्रदेशसभाको बैठकमा हुने सम्पूर्ण गतिविधिहरुको दस्तावेजीकरण  हुने  गर्दछ  ।  पहिलो  बैठकमा  भएका  गतिविधिहरुकोपनि दस्तावेजीकरण हुनेछ । यस दृष्टिले हेर्ने हो भने प्रदेशसभाको पहिलो बैठकमा बोलिएका भाषाहरुको  दस्तावेजमा  भोजपुरी  भाषाको  उल्लेख  भएको पाँंइदैन । भाषिकरुपमा भोजपुरीभाषाले अवसर चुकेकै  हो  ।  त्यस्तै  यस  बैठकमा  अर्को  उल्लेखनीय  रह्यो भने शपथग्रहणमा मैथिलीमा शपथलिएका केही प्रदेशसांसदहरुले समेत यसपटक हिन्दीमै बोलिरहेको देखिए । यसमा राजपाका सांसद देखिए जो बैठकमा मधेशआन्दोलनका शहीदहरुको तस्वीर न राखेकोमा आपत्ति  जनाईरहेका  थिए  ।  सांसदहरुले  मैथिलीमा  शपथग्रहण  गरेको  प्रसंगलाई  गम्भीरतापूर्वक  लिँंदै  पार्टीहरुले  आगामी  दिनमा  हिन्दीमै  बोल्न  आन्तरिकरुपमा कडा निर्देशन जारी गरेको बुझिन्छ । तर यो अनुमान  मात्र  हो,  वास्तविकता  त  पार्टीहरु  र  उनका  सांसदहरुले  नै  जानेका  होलान  ।  तर  बीरगन्जमा  भइरहेका    विरोधहरु    तथा    भाषिक–सांस्कृतिक    अन्तरविरोधको   सन्दर्भमा   प्रदेशसभामा   देखिएको   भाषिक चित्रले दूरगामी अर्थ राख्दछ । प्रदेशसभामा  राजनीतिक  समीकरणले  फोरम  र  राजपाको संयुक्त सरकार बन्ने निश्चित छ । फोरमले त लालबाबू राउतलाई संसदीयदलको नेतामा छनौट गरेपछि  प्रदेशको  पहिलो  मूख्यमन्त्री  करीब–करीब  निश्चित भैसके जस्तै छ । प्रदेशको पहिलो मूख्यमन्त्रीमा जातीय अल्पसंख्यक मुस्लिम समुदायबाट चयन गर्ने निर्णयलाई सकारात्मक र प्रशंसायोग्य भन्नु पर्दछ । तर भाषिक सन्दर्भमा मातृभाषाहरुप्रति फोरम र राजपाको अनुदारताले  प्रतिपक्षमा  बसेका  राष्ट्रिय  राजनीतिका  तीन खग्गू दल नेका, एमाले र माकेलाई प्रतिरोधको एउटा प्रभावशाली र लोकप्रीय मुद्दा सहजै सुम्पने छ । बीरगन्जमा भईरहेको राजधानीको संघर्षमा    नेका    र    एमालेको    सक्रियता   यसैलाई   अभिव्यक्त   गर्दछ    ।    गणीतीय    दृष्टिले    प्रदेशसभामा  फोरम  र  राजपाको  सरकार     कमजोर     बहुमतमा     र    ठिक्क    एकाउन्न    प्रतिशत    (१०६मा  ५४सीट)मा  उभिएको  छ  ।  यसकारण  सहज  स्थितिको  निम्ती    अप्रत्यक्षरुपमै    भएपनि    उसले  प्रतिपक्षमा  बसेका  दलहरु  मध्ये  कुनै  न  कुनैको  सहानुभूति  प्राप्त      गरिरहने      विवशता      छ  ।  होइनभने  सरकारी  पक्षको  एकजना   सांसदपनि   यता   उता   हुँंदा  यो  सरकार  धरापमा  पर्न  सक्दछ  ।  यस  दृष्टिले  भाषिक  अन्तरविरोधप्रति  राजपा  र  फोरम  अनुदार   हुनु   उनिहरुको   निम्ती   घातक  हुन  सक्दछ  ।  तर  यस  सन्दर्भमा  उनिहरुको  दृष्टिकोणमा  परिवर्तन  हुनु  कठिन  देखिन्छ  ।  किनभने भाषाको प्रश्नमा हिन्दीसंग उनिहरुको  निकटता  राजनीतिक  इष्ट जस्तै बुझिन्छ । यस प्रसंगमा राजपा र फोरम एउटै राजनीतिक प्रवृत्तिका देखिन्छन् । प्रदेश    होस    वा    केन्द्रीय    राजनीति, देशका प्रमुख पाँंचवटा प्रमुख   राजनीतिकदलहरु   मध्ये   राजपा  र  फोरम  चरित्रगतरुपमा  नेका,  एमाले  र  माकेका  सामू  प्रतिरोधी  विपक्षको  रुपमा देखिँंदैआएका छन् । समग्र राजनीतिमा उनको विशिष्टतापनि यही हो । तर विगत हप्ता अकस्मात काठमाँडौमा   झुल्किएकी   भारतीय   विदेशमन्त्री   श्रीमति सुषमा स्वराज र एमालेका वेटिङ्ग प्रधानमन्त्री केपी  ओलीबीच  घनिष्ठता  देखियो  र  दुबै,  भारतीय  मोदीसरकार  तथाएमालेबीच  जसरी  निकटता  बढदै  गैरहेको   छ,   त्यसले   तराई–मधेशको   राजनीतिमा   फोरम   र   राजपाको   निम्ती   टाउको   दुखाई   हुन   सक्दछ । स्मरणीय छ , यी तिनै भारतीय विदेशमन्त्री स्वराज  हुन्  ;  जो  नेपालमा  नाकाबन्दी  हुनेबेला  मधेश  आन्दोलनमा  सक्रिय  मधेशकेन्द्रित  दलका  नेताहरुको  पक्षमा  र  तत्कालीन  एमाले  नेतृत्वको  सरकार,  विशेषगरि  तत्कालीन  प्रधानमन्त्री  ओलीको  विपक्षमा  उभिएको  थिइन्  ।  मधेशकेन्द्रितदलहरुको  माँंगमा आफूहरुको समर्थन रहेको र यसबारे जानकारी गराएपनि नेपालसरकार सम्विधान संशोधन गर्न तयार नभएको  भनि  भारतीय  संसदमा  उनले  औपचारिक  जानकारी  समेत  गराएका  थिइन्  र  औपचारिकरुपमा  तत्कालीन  ओली  सरकारप्रति  भारतीय  सरकारको  असन्तुष्टिपनि व्यक्त गरेकी थिइन । यसले  फोरम  र  विशेषगरि  राजपामाथी  भारत  निर्देशित  पार्टीको  रुपमा  लाग्दै  आएको  आरोपलाई  प्रचारित  गर्न  थप  बल  पु¥यायो  ।  हुनपनि  त्यतिबेला  यी दलहरु नजिकै देखिएका थिए । तर स्वराजको यस भ्रमणले  राष्ट्रिय  राजनीतिमा  एकसय  असी  डिग्रीको  परिवर्तन  आएको  संकेत  गर्दछ  ।  यसले  नेपालको  संसदीय राजनीतिमा राजनीतिक पार्टीहरुको हैसियत प्रयोग  गरिनु  बाहेक  केही  होइन  भन्ने  एकपटक  फेरी  प्रष्ट  भएको  छ  ।  ओलीलाई  भारतीय  प्रधानमन्त्री  नरेन्द्र मोदीले दुई–दुई पटक फोनमा कुरा गर्नु, संसदीय निर्वाचनमा प्राप्त गरको सफलताको निम्ती  बधाई  दिनु  र  उनको  सरकार  बनेमा  संगै  काम  गर्ने  इच्छा  व्यक्त  गर्नु,    भारत    भ्रमणको    निम्तो    दिनु,   भारत   सरकारको   बजेटमा   नेपालको  निम्ती  दिइने  सहयोगमा  सत्तरी   प्रतिशतको   बढोत्तरी   गर्नु,   तथा     जवाफमा     ओलीलेपनि     मोदीलाई   हार्दिकतापूर्वक   नेपाल   भ्रमणको निम्तो दिनु ; तथा यतिले पनि    नपुगेर    उच्च    हैसियतको    विदेशमन्त्रीलाई  नै  नेपाल  पठाएर  सम्बन्ध   सुधारको   प्रयास   गर्नुले   भारतको   निम्ती   मधेशआन्दोलन   नेपाली   शासकवर्गसंग   बार्गेनिङ्ग   कार्ड  र  आफ्नो  एजेन्डामा  हिड्न  विवश      पार्ने      हतियारबाहेक      केही थिएन भन्ने प्रष्ट हुन्छ । यद्यपि तराई–मधेशको निम्ती यो आन्दोलन सघीय   अधिकारसंग   जोडिएको   सबभन्दा  जरुरी  प्रश्न  थियो  र  यो  दूर भविष्यसम्म नेपाली राजनीतिमा गतिशील   रहने   देखिन्छ   ।   यस   विषयमा मधेशकेन्द्रितदल फोरम र राजपाको कुनै औपचारिक धारणा बाहिर   आएको   छैन   र   उनिहरु   तत्काल   मौन   बस्ने   मुद्रामा   नै   देखिन्छन् , तर भारतीय विदेशमन्त्री स्वराजले      जसरी      नेपालका      सबै    प्रमुख    संसदीयदलहरुसंग    भेँंट  गरेकीछिन्,  तथा  काठमाँंडौमा  केन्द्रीय सत्ताप्रति आफ्नो हार्दिकता व्यक्त गरेका छिन्, त्यसले  मधेशकेन्द्रित  पार्टीहरुको  हैसियत  ।।।प्रयोग,  थन्काउनु र फेरी प्रयोग’ भन्दा बढी देखिँंदैन । नेपालको  राजनीतिमा  फोरम  र  राजपालगायत  मधेशकेन्द्रित दलहरु संकीर्ण क्षेत्रीय राजनीतिकशक्तिको रुपमा  परिचित  छन्  र  यसै  आधारमा  आफूलाई  भोटको  राजनीतिमा  स्थापित  गर्न  चाहन्छन्  ;  यस  पटकको  प्रतिनिधिसभा  र  प्रदेशसभाको  निर्वाचनमा  एमाले  यस्तै  संकीर्ण  राष्ट्रवादी  राजनीतिक  पार्टीको  रुपमा  देखियो  ।  यहाँंसम्म  कि  उसले  आफूमाथी  लागेको संघीयताविरोधीको आरोपपनि अस्वीकार गर्न चाहेन । यद्यपि यसले गर्दा उसका तराई–मधेशका नेता र कार्यकर्ताहरुको निम्ती असहजता उत्पन्न गरायो । तर एमालेको यसै राजनीतिक चालबाजीले उसलाई निर्वाचनमा पहिलोपार्टीको रुपमापनि स्थापित गरायो, र यसैको परिणामस्वरुप ओली प्रधानमन्त्रीको कुर्सीमा बस्न  प्रतीक्षारत्  छन्  ।  विशेषगरि  नाकाबन्दीको  बेला   भारतीय   सरकारप्रतिको   कटु   अभिव्यक्ति,   मधेश  आन्दोलनप्रतिको  असम्वेदनशीलता  आदिले  ओलीलाई संकीर्ण शासकीय राष्ट्रवादी नेताको रुपमा स्थापित  ग¥यो  ।  यसप्रकार  वैचारिक  र  राजनीतिक  प्रवृत्तिको  स्तरमा  ओली  र  मधेशकेन्द्रित  दलका  नेताहरु एउटै सिक्काका दुई पाटा जस्ता देखिन्छन् । विगतका दिनमा दुबैले एउटै काम गरेका छन् । एउटा तराई–मधेशमा  पहाड  विरोधी  मानसिकता  फैलाएर  तथा  अर्कोले  पहाडमा  मधेश  विरोधी  मानसिकता  फैलाएर भोट असूल्ने सफल दाउ खेलेका थिए । यस  दुईतर्फी  अन्तरविरोधको  अर्को  कूटनैतिक  पाटोपनि  छ  ।  तराई–मधेशको  आन्दोलनमा  भारतीय  कूटनैतिक  हितको  दृष्टिले  भारतीय  निकटताको  भाव  तथा   ओलीको   राजनीतिमा   चीन   निकटता   बढी   देखिएको   थियो   ।   निर्वाचनको   समग्र   परिणाम   भारतीय  कूटनीतिको  निम्ती  अरुचिकर  थियो  ।  कस्तो  देखिन्छ  भने  पहाडमा  भारतीय  शासकवर्गले  अनुकूल  मान्ने    राजनीतिकदल    नेपालीकाँंग्रेसको    प्रदर्शन    अपेक्षा अनुकूल भएन । अर्कोतिर अस्तित्वको संकट र  जनमानसिकता  बुझेको  एमाले  र  माकेबीचको  वामगठबन्धनपनि   (शायद)   भारतीय   कूटनीतिको   अपेक्षा   विपरीत   रह्यो   ।   विगत   केहीवर्षदेखि   तराई–मधेशमा वामपन्थीहरुप्रति मधेशकेन्द्रित दलहरुले आक्रामकरुपमा  अपठ्यारो  सृजना  गरिरहेका  देखिनु,  तथा  राष्ट्रिय  राजनीतिमा  समेत  भारतीय  दक्षिणपन्थी  सरकारी  कूटनीति  वामपन्थीहरुप्रति  अनुदार  देखिनुले  उनिहरुलाई एउटा मञ्चमा उभिन प्रेरित गरेको देखिन्छ । समग्रमा  परिणाम  भारतीय  कूटनैतिक  अपेक्षा  विपरित  गयो । भारतीय राजनीतिमा कम्युनिष्ट नामधारी सबैलाई चीनसंग  जोडेर  प्रचारित  गर्ने  गरेको  देखिन्छ  ।  विश्व  राजनीतिमा  तीव्रतापूर्वक  शक्तिशाली  राष्ट्रको  रुपमा  उदित  भईरहेका  यी  दुई  देशहरु  दक्षिणपूर्वी  एशियामा  प्रतिस्पर्धीको  रुपमा  देखिएका  छन्  ।  विगतमा  सीमा  विवादमा  युद्धसमेत  गरिसकेको  भारत  र  चीनवीचको  सीमा  विवाद  विगत  केही  महिनादेखि  झन्  तीब्र  देखिएको  छ  ।  यसैकारण  नेपालमा  चीनियाँं  प्रभावको  प्रसारबाट भारत हमेशा सशंकित रहने गर्दछ । नेपाली संसदीय  राजनीतिमा  एउटा  शीर्षको  रुपमा  देखिएको  वामराजनीति  भारतीय  कूटनैतिक  अनुदारताको  कारण  चीन  नजिक  जानू  स्वाभाविक  थियो  ।  नाकाबन्दीको  बेला  तत्कालीन  प्रम  ओली  चीनतर्फ  नजिकिए  र  शासकीय  संरचनाले  समेत  स्वाभाविकरुपमै  यसप्रति  सहानुभूति   देखायो   ।   निर्वाचनपरिणाममापनि   उनै   ओलीको पार्टी एमाले पहिलो पार्टीको रुपमा देखिएको छ । भारतीय शासकवर्गले नेपालको केन्द्रिय राजनीतिमा रुचाउँंदै आएको नेपालीकाँंग्रेस हालको निम्ती केन्द्र र प्रदेश दुबैमा प्रतिपक्षमा खुम्चिएको छ भने मधेशकेन्द्रित दलहरु एउटा प्रदेशमा मात्र सरकारमा देखिन्छन्, त्योपनि कमजोर बहुमत सहित । भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणलाई यस समग्र सन्दर्भमा हेर्नु उचित हुनेछ । अहिले  आएर  मुखर  हुन  खोजेको  देखिएपनि  पारम्परिकरुपमा   चिनियाहरु   मौन   कूटनीति   गर्दै   आएकोले नेपालको राजनीतिमा चीनियाहरु ।।।टाढाका’ महसूस  गरिँंदै  आएका  छन्,  कम्युनिस्ट  पार्टीहरुको  निम्ती  समेत  ।  परिस्थितिले  यसपटक  एमाले  र  ओलीलाई चीनतर्फ बढी धकेलेपनि भारतसंग उनको सम्बन्ध पुरानो रहेको कुरा विगतदेखि नै चर्चामा रहि आएको हो । महाकालीसन्धीको     बेला     उनीमाथी     त     भारतीय स्वार्थमा सहयोग गरेको आरोपसमेत लागेकै हो । नेपालमा मुखर हुँंदैगएको चीनिया कूटनीतिलाई पछाडी धकेल्न नै भारतले आफ्ना सबै आग्रहहरुलाई तत्कालको निम्ती थन्काउँंदै एमालेसंग दोस्तीको हात बढाएको देखिन्छ, जस्लाई ओली र उनका बगालले औँघी  खुशीकासाथ  समाएका  छन्  ।  उनले  बुझेका  छन्, चीन हिमाल पारी छ र भाारत हिमाल वारी नै छ । यस   समग्र   सन्दर्भमा   हेर्ने   हो   भने   राष्ट्रिय   राजनीतिमा  मधेशकेन्द्रित  दलहरुको  निम्ती  आगामी  दिनहरु  चुनौतीपूर्ण  हुने  र  एक्लिने  खतरा  उत्पन्न  हुने  देखिन्छ  ।  ।।।स्वराज’  अब  उनिभन्दापनि  ओलीतर्फ  सरेको  देखिन्छ  ।  त्यसतै  आन्दोलनको  एजेन्डा  कायम  राख्नु  र  केन्द्रिय  सत्ताको  लोभ  मधेशकेन्द्रित  दलहरुको  निम्ती  अन्तरविरोधकोरुपमा  कायम  रहने  देखिन्छ । जहाँंसम्म उनिहरुको कुरा छ, आन्दोलनलाई बार्गेनिङ्ग कार्ड बनाएर केन्द्रियसत्तामा पस्ने सोँंच राख्ने मानसिकता मधेशकेन्द्रित दलहरुमा बलियो नै छ ।

 

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत विभिन्न...

काठमाडौं,। २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भएको दिनको...

खोटाङ : वैशाख तेस्रो साता खोटाङमा खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते...

बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरसभाबाट पारित विभिन्न १२ वटा...

इलाम । छुर्पीको मूल्यमा गिरावट आएपछि इलामका व्यापारी तथा किसान...

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विदेश भ्रमणका क्रममा...

काठमाडौं । स्पेनिस लिग फुटबलमा रियाल मड्रिडले रियाल बेटिसलाई ५-३...

काठमाडौं । ब्राजिलमा एउटै फुटबल खेलमा १० वटा रातो कार्डको...

उर्लाबारी, मोरङ : विद्यार्थीको सिर्जनशील क्षमताको विकास गर्ने उद्देश्यले मोरङको...

जनकपुरधाम । लालबन्दी जेसिजको आन्तरिक विधान २०७४ पारित भएको छ...

बारा : हिन्दू परिसद नेपाल बारा जिल्ला कमिटि एक...

बिहार जिल्लाको सुपौलमा अन्तराष्टिय पत्रकार सम्मान समारोह एवम परिचर्चा कार्यत्रममा...

महोत्तरी : महोत्तरीको लोहारपट्टी नगरपालिका शहीद शिवचन्द्र मिश्र स्मृति भवनमा...

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिकामा शनिबार एक युवकको विभत्स गरिएको...

जनकपुरधाम । प्रदेश नं. २ का सभामुख सरोजकुमार यादवले प्रदेशका...

बर्दिवास । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ।।।प्रचण्ड’ले पार्टी...

जनकपुरधाम । धनुषाधाम नगरपालिकाको...

गरुडा । रौतहट जिल्लाका स्थानीय ...

पवित्रा चौलागाई निजगढ । त्रिभूवन आर्मी ...

जनकपुरधाम । प्रदेश नम्बर २ ...

नवलपरासी : विदेशी कलाकारलाई पुनः नेपाल ल्याउने वातावरण बनाउन...

काठमाडौं । फ्लोरिडा गोलीकाण्डमा बाँच्न सफल भएकाहरुले अमेरिकामा बन्दुक राख्न...

विराटनगर : नेपाल विद्यार्थी संघलाई चलायमान र थप सुुदृढ बनाउनुपर्ने...

तेह्रथुम : स्थानीय तहमा वाणिज्य बैंकका शाखा नहुँदा सरकारी कारोबार...

काठमाडौँ : कोटेश्वरस्थित ग्रामीण कलेजको कक्षा ११ मा अध्ययनरत् सन्दीप...

काठमाडौं । मेक्सिकोमा बरिष्ठ कर्मचारीहरु चढेको हेलिकप्टर दुर्घटना हुँदा १४...

काठमाडौं । स्पेनिस लिग फुटबलमा बार्सिलोनाको अपराजित यात्रा कायमै छ...

जनकपुरधाम । जनकपुरधामको विकासका लागि नेपाल सरकार र जनकपुरधाम ...

काठमाडाैँ : बेल्जियमको अदालतले आफ्नो देशका नागरिकको व्यक्तिगत विवरण संग्रह...