Mon, 25 Jun 2018
ताजा समाचार
आदिवासी जनजाति चलचित्र महोत्सव हुने || जहदा गाउँपालिकाको रु ४२ करोडको बजेट || विराटनगर महानगरको बजेट न्यून, जनतामा निराशा || बुइपामा पहाडी जिल्लाकै सबैभन्दा ठूलो खेलमैदान निर्माण हुँदै || वीरगन्ज महानगरको बजेट चार अर्ब ९४ करोड || शैक्षिक सुधारका माग राख्दै विद्यार्थीद्वारा आन्दोलन || राष्ट्रिय सभा अध्यक्षबाट सरकारको ध्यानाकर्षण || अधिकार र स्रोत विकेन्द्रित नगरेसम्म संघीयता कार्यान्वयन हुँदैनः सभामुख || चीनमा वातावरणमैत्री रेलसेवा तीव्र विस्तार || दुई साताभित्र जनवर्गीय संगठनबीच एकताः नेता नेपाल || करेन्ट लागेर मृत्यु || सुखीपुर नगपालिकाद्वारा रु ४४ करोड बजेट पारित || मोेटरसाइकल दुर्घटनामा चालकको मृत्यु || ४ करोड बढि लिएर गोयन्का वेपत्ता || एसईईको नतिजा सार्वजनिक || दुबै पक्षका कम्युनिष्टको विचार समान हुनुपर्छ : मुख्यमन्त्री गुरुङ || प्रतिवर्ष १९ अर्बको खाद्यान्न आयात || आइसिपीको मुख्य भवनमा चुहिन थाल्यो || स्वास्थ्य चौकी हस्तान्तरण || शेयर बजार : एक अर्ब भन्दा बढीको कारोबार || सिरहाको ठाडी वाट तेस्रो मुलुकको उत्पादन भारत निकास || अख्तियार चन्द्र मावि सिरहामा || खुकुरी प्रहार गरी हत्या प्रयास || प्रदेश प्रहरी ऐनसँगै निजामति र प्राविधिक ऐन ल्याउने तयारी : || एसईईको नतिजा सार्वजनिक हुदै || प्रदेश नं ४मा प्रादेशिक विवि र प्राविधिक महाविद्यालय स्थापना गर्न || सामाजिक सञ्जालमा जथाभावी पोष्ट नगर्न आग्रह || चालू आवको २३ प्रतिशत बजेट खर्च || नागरिकता र राहदानीको समस्या समाधान गरिदिन ल्हासाका नेपालीहरुको आग्रह || हात्ती प्रभावितलाई नगद सहयोग || बाल विवाह विरुद्ध जनचेतना मुलक कार्यक्रम || अन्तराष्ट्रिय योग दिवस मनाइयो || सबै समुदायमा महिला हिंसा || योगले सकारात्मक सोचको विकास हुन्छ : प्रमुख कायस्थ || अवैध मदिरा बनाउने समान बरामद || सर्लाही कारागारको निर्माण कार्य सुरु भएन || अधिकांश स्थानीय तहको बजेट फ्रिज हुने || करेन्ट लागेर एकको मृत्यु || उद्यमशीलता सम्वन्धी तालिम सम्पन्न || केरियर केयरद्वारा सञ्चालक सम्मान ||
फागुन सात : पुरानो औचित्यको निरन्तरता

फाल्गुन ८, २०७४

  • रोशन जनकपुरी

 देशमा   गणतन्त्र   आएपछि   फागुन   सातगते   प्रजातन्त्र दिवस मनाउन छाडिएको थियो । हुनपनि यस दिवसमा निहित राजनैतिक सार गणतन्त्रस्थापनापछि पछौटे  देखिन्छ  ।  तर  भर्खरै  बाहिरिएको  शेरबहादुर  देउवा   नेतृत्वको   सरकारले   यसपटक   प्रजातन्त्र   दिवस  मनाउने  निर्णय  ग¥यो  र  नयाँं  भनिएको  केपी  ओली  नेतृत्वको  सरकारले  त्यसलाई  सरकारीरुपमा  भव्यतापूर्वक मनाएकोछ । राज्यले भव्य खर्च गरेपनि जनताभने उदासीन नै छ ।  गणतन्त्र     आएदेखि     मनाउन     छाडिएको     पृथ्वीनारायण शाहको स्मृति एकता दिवसपनि देउवा सरकार र सत्तााले यसवर्ष मनायो । के सत्ता प्रतिगामी हुँंदैछ  ?  र  गणतन्त्रको  भावना  विपरित  रहेका  तथा  राजतन्त्रात्मक गर्वहरुको स्मरण गराउने परम्पराहरुलाई पुनः विउँंझाउन चाहन्छ ? भन्ने प्रश्नहरु सहजै उठेका छन् । यसले, देशमा राजतन्त्रलाई निषेध गरेर गणतन्त्र आईसकेको भएपनि सत्तामा रहेका राजनैतिक दलहरु भारदार मानसिकताबाट मुक्त हुनसकेका छैनन् । इतिहासको  त्यस  घडीको  समीक्षा  गर्दा  एकसय  चारवर्षे जहानियाँं र निरंकुश सामन्ती शासनबाट मुक्ति र गणतान्त्रिक व्यवस्थाको निम्ती संघर्ष र शहादतहरु महान र सम्मानयोग्य छन् । तर त्यतिबेला जनताको संघर्षलाई   जसरी   अधूरै   टुङग्याइयो,   त्यसलेगर्दा   जनअपेक्षित गणतान्त्रिक व्यवस्था हासिल गर्न नेपाली जनताले थप पचपन्न वर्ष संघर्ष र हजारौँंको शहादत दिनु प¥यो । अफसोस अहिलेको गणतन्त्रपनि अधूरै छ । यद्यपि   यसपटकको   गणतान्त्रिक   सम्विधान   जनताको    नामबाटै    घोषित    भएको    छ    र    सम्वैधानिकरुपमा    राजतन्त्रको    भूमिका    पूर्णतः    उच्छेदित  छ  ।  यसभन्दा  पहिलेका  सम्विधानहरुमा  जनइच्छाको गीत गाइएपनि ती सबै राजाबाट घोषित गरिएका सम्विधानहरु थिए, जस्मा राजाका इच्छाहरु सर्वोपरि  थिए  ।  यस  कोणबाट  हेर्दा  वि.स.  २००७  साल ७ गतेलाई प्रजातन्त्र दिवस ठिकै भनिएको हो ।   राजाको   प्रजा   !त्यतिबेला   फागुनसातगते   तत्कालीन  राजा  त्रिभूवनको  शाही  घोषणामा  जसरी  “हाम्रा प्रजाहरु” र “हामी तथा हाम्रा उत्तराधिकारीहरु प्रति वफादार रहनेछन्” , जस्ता राजेच्छा उल्लेख छ, त्यसले  नेपाली  जनतासंग  भएको  ठूलो  धोकालाई  स्पष्ट  गर्दछ  ।  निश्चितरुपमा  तत्कालीन  अन्तराष्ट्रिय  परिस्थिति तथा त्यतिबेला जनताको संघर्षको नेतृत्व गरिरहेको  नेपाली  काँग्रेस  भित्रको  सत्ताको  चाहनाले  नेपाली जनताको गणतन्त्रको चाहनालाई प्रजातन्त्रमा परिणत गरिदियो । सातसालमा,  राजा  त्रिभूवनको  शाही  घोषणामा  “हाम्रा   प्रजाको   शासन   अबउप्रान्त   निजहरुले   निर्वाचन   गरेको   एक   वैधानिक   सभाले   तर्जुमा   गरेको गणतन्त्रात्मक विधानको अनुसार होओस भन्ने अहिले  हाम्रो  इच्छा  र  निर्णय  भएको”  भनिएकोले  स्पष्ट छ, त्यस घोषणामा नेपाली जनताले गरेको संघर्ष र  शहादत  र  जनइच्छाप्रति  सम्मान  र  स्वीकार  व्यक्त  गरिएको थिएन, बरु गणतन्त्रात्मक विधानको घोषणा एउटा  सामन्ती  परम्पराको  राजाको  उदार  इच्छामा  आफ्ना प्रजालाई बक्सेको बक्सीस मात्र थियो । राजा प्रसन्न  थिए,  किनभने  उनका  धूर्त  भारदार  राणाहरुले  उनका पुस्ताबाट खोसेको शासन जनताले संघर्ष गरेर फेरी  राजाको  हातमा  ल्याईदिएका  थिए  ।  यस  शाही  घोषणामा नेपाली जनताले गरेका संघर्षहरुको सम्मान त परै जाओस उल्लेख समेत गरिएको छैन । अँं,  यस्मा  राजा  त्रिभूवनले  आफ्ना  पूर्खाहरुको  राजकीय  परम्पराहरुलाई  स्मरण  गरेका  छन्,  वि.स.  १९०३मा  तत्कालीन  राजा  सुरेन्द्रले  जंगबहादुरलाई  “गम्भीर परिस्थितिमा” शासनभार सुम्पेको (यथार्थमा खोसेको  हो)  उल्लेख  छ  र  वैधानिक  सभाको  निर्वाचन  गराउने  अन्तरिम  सरकारको  नेतृत्वपनि  तिनै  निरंकुश  अधिकार  खोसिएका  राणाप्रधानमन्त्री  मोहन  शमसेरलाई  दिइएको  उल्लेख  छ  ।  हुन  त  त्यतिबेला  सत्तामा  पुग्न  हतारो  होला  शायद,  तर  अहिले  यो  हेर्दा  अचम्भ  लाग्दछ,  वीपी  लगायतको  त्यतिबेलाका ती क्रान्तिकारी नेताहरुले पुरानै परम्परा बोकेको  मोहन  शमसेरको  सरकारमा  कसरी  सामिल  हुन सके । नेपालीकांग्रेस लगायत तत्कालीन नेतृत्वमा देखिएको राजनीतिक दल र नेताहरुको मनमा रहेको सत्ताभोगको इच्छालाई राजा त्रिभूवनले बुझेका थिए, त्यसैले सातसालमा “वैधानिक सभाले तर्जुमा गरेको गणतन्त्रात्मक  विधान”  अनुसार  राज्यव्यवस्था  हुने  घोषणा  गरेपनि  वि.सं.  २०१०  सालमा  घोषणा  गरेरै  उनले  जनतामा  सुम्पेको  राजकीय  अधिकार  फेरी  आफूले ग्रहण गरेको घोषणापनि सहजै गरे । यो सत्ताभोगको लालसा नै थियो कि तत्कालीन राजनैतिक दलहरुले यति हुँंदापनि राजा त्रिभूवनलाई राष्ट्रपिता  तथा  राजतन्त्रको  दैवीय  सर्वोच्चतालाई  जनतामा  प्रचारित  गरिरहे  ।  नेपालमा  लोकतन्त्र  वा   जनतन्त्रलाई   ।।।प्रजा’तन्त्रको   रुपमा   व्याख्या   त्यसैको परिणाम थियो । राजनैतिक दलहरु भित्रको सत्तालोलुपता नै थियो कि सातसाल फागुन सातको घोषणामा  भनिएको  गणतान्त्रिक  विधानको  निम्ती  वैधानिक  सभाको  निवार्चन  घोषणामा  मात्र  सीमित  रह्यो  र  वि.स.  दुइहजार  पन्द्रसालमा  राजा  महेन्द्रले  आफ्नै पिताले गरेको वैधानिक सभाको घोषणालाई उपेक्षा गर्दै संसदको निर्वाचन गराउँंदापनि कसैले चूँं सम्म बोल्न सकेन । यसैको   परिणाम   थियो   कि   राजा   महेन्द्रले   सत्रसालमा  जनतामा  निरंकुश  पञ्चायती  व्यवस्था  लाद्नसके  तथा  जनताले  गणतन्त्र  हेर्न  यतिका  वर्ष  पर्खनु प¥यो, हजारौँंको शहादत दिनु प¥यो । तत्कालीन त्रिभूवनको     शाहीघोषणालाई     राजनैतिकरुपमा     विश्लेषणगर्दा राजा पहिलो, राणाहरु दोस्रो, राजाका भारदारहरु  तथा  सेना  र  निजामतिकर्मचारीहरु  तेस्रो,  राजनैतिक दलहरु चौथो तथा जनता पाँंचौँ स्थानमा थिए । यसको सटिक अभिव्यक्ति काठमाँंडौ शहीदगेटमा हेर्न  सकिन्छ  ,  जहाँं  अझैपनि  त्रिभूवनको  शालिक  चारजना   महान   शहीदहरु   गंगालाल,   धर्मभक्त,   दशरथचन्द   र   शूक्रराज   शास्त्रीको   शालिकभन्दा   माथी छ । गणतान्त्रिक चेतना तथा परम्परामा जनता तथा  शहीदहरु  सबैभन्दा  माथी  हुने  गर्दछन्,  महान  हुने  गर्दछन्  ।  तर  सातसालमा  समग्र  निरंकुशताका  विरुद्ध  हतियार  समेत  उठाएर  संघर्ष  गरेको  नेपाली  काँंग्रेसका  नेताहरु  मध्ये  कसैलेपनि  राष्ट्रपिता  हुने  हैसियत  राखेनन्,  बरु  जो  संघर्षका  बेला  देश  छाडेर  सुरक्षित  स्थानमा  भारत  लुक्न  गए,  ती  राजात्रिभूवन  राष्ट्रपिता  भए  ।  सामन्तवादी  परम्परामा  राजा  महान  हुन्छ । उसको वाणी देववाणी र महानवाणी हुने गर्दछ । उसको भाषा, भेष र परम्परा राष्ट्रियभाषा, राष्ट्रियभेष र राष्ट्रियसंस्कृति हुने गर्दछ । सातसालपछि नेपालको इतिहास  जुन  दिशामा  विकसित  भयो,  सत्रसालपछि  राजा  महेन्द्रले  पञ्चायती  व्यवस्थामा  ।।।हाम्रो  राजा  हाम्रो  देश,  हाम्रो  भाषा  हाम्रो  भेष’  ले  यही  सामन्ती  भावलाई त देश र जनतामा थोपरेका हुन् । सत्ता   जस्तोसुकै   भएपनि   यसले   सत्ताबाट   लाभान्वित हुने वर्गहरु माझ एउटा गर्व र भावनात्मक साम्राज्य  स्थापित  गर्दछ  ।  यसलाई  हामी  राजनैतिक  संस्कृतिको रुपमा बुझ्ने गर्दछौँं । सत्ता निर्माणभएको दिवस,  यसको  निम्ती  गरिएका  उद्यमहरु,  संघर्षहरु,  शहादतहरु,  यसमा  निहित  भावनाहरु  तथा  विकसित  राजनैतिक   चेतना   तथा   राजकीय   परिभाषाहरु   राजनैतिक संस्कृतिका निहितार्थहरु हुन् । आफूले   निर्माण   गरेको   सत्ताको   संरक्षणको   निम्ती   सम्पूर्ण   समर्पण   र   उत्सर्गको   उदात्तभाव   राजनैतिक  सांस्कृतिक  भावहरु  हुन्  ।  यस  अर्थमा  तत्कालीन    समयमा    नेपाली    जनताले    गरेका    संघर्षहरुको  उद्देश्य  र  जनइच्छा  तथा  सातसालमा  प्राप्त राजनैतिक परिणामहरु फरक प्रकृत्तिका थिए । जनताले गणतन्त्रात्मक व्यवस्था चाहेका थिए, तर ती परिणामहरुले नेपालमा राजतन्त्रात्मक व्यवस्थालाई नै प्रोत्साहित गरे । राजा महेन्द्रले पञ्चायती निरंकुशता लादेपनि  सातसालको  फागुन  सातलाई  प्रजातन्त्र  दिवसको  मनाउने  परम्परा  कायम  राखे  ।  किनभने  फागुन सातको घोषणा एउटा राजाले गरेको घोषणा थियो र यसले अन्ततः राजतन्त्रकै महिमा स्वीकारेको थियो । तात्पर्य के छ भने फागुन सातमा निहित राजनैतिक अर्थले जनतालाई अधिकतम ।।।प्रजा’को श्रेय दिन्छ । आज  नेपाली  जनता  जुन  राजनैतिक  चेतनामा  छन्,  त्यसमा निश्चयनै ।।।प्रजा’को रुपमा उसको अवस्थिति स्वीकारयोग्य  हुँंदैन  ।  निश्चितरुपमा  अहिले  हामीले  भोगीरहेको गणतन्त्र अपूरो छ । अहिलेको गणतान्त्रिक सत्तामापनि  सातसालदेखि  नै  कुनै  न  कुनैरुपमा  हावी  रहँंदै   आएका   शासकीय   राजनैतिक   शक्तिहरुको   वर्चस्व कायमै छ । सरकार, सुरक्षातन्त्र, न्यायप्रणाली र  कर्मचारीतन्त्रको  ढाँंचा  र  शैलीमा  पुरानो  सत्ताको  प्रभाव अझै बाँंकी नै छ । समग्रमा वर्तमान गणतन्त्र जनताको  तल्लो  वर्गसम्म  पुग्नसकेको  छैन  र  यसमा  अभिजात्यवर्ग र दलालपूँंजीपति वर्गको कब्जा छ र उत्पीडित  वर्ग  र  उत्पीडित  समुदायको  निम्ती  संघर्ष  अझै बाँंकी छ ।  बढदो  पूँंजीवादी  शोषण  र  दलाल  पूँंजीपतीय  राजनैतिक   वर्चस्वको   कारण   जनताको   जीवन   तुलनात्मकरुपमा  झन्–झन्  कष्टकर  हुँंदैछ  ।  तर  सातसालदेखि  छयालिससालसम्म  विगतको  विविध  प्रकारको   राजतन्त्रात्मक   राजनीतिक   व्यवस्थाको   तुलनामा  अहिलेको  गणतन्त्र  प्रगतिशील  छ  र  यस  सन्दर्भमा    सातसालको    प्रजातन्त्रबाट    विकसित    राजनैतिक   अर्थ   र   परम्परालाई   प्रोत्साहित   गर्न   सकिँंदैन । धेरैले फागुन सातलाई जनताको जीतको रुपमा   व्याख्या   गर्ने   गर्दछन्   तर   त्यतिबेलाको   ऐतिहासिक घटना र राजनैतिक प्रवृत्तिहरुको अध्ययन गर्दा यो नेपाली जनताको आफ्नो शासन आफै गर्ने चाहना  र  संघर्षलाई  मत्थर  पार्ने  र  हातबात  खुस्कँंदै  गएको  शासकीय  वर्चस्व  कायम  राख्ने  राजसीचाल  बाहेक अरु केही थिएन भन्ने सहजै बुझ्न सकिन्छ । त्यसैले त हो फागुन सातको नायकपनि राजा त्रिभूवन नै   थिए   ।   यतिसम्म   कि   पन्द्रसालमा   संसदीय   निर्वाचनमा  नेपाली  काँंग्रेसले  दुई  तिहाई  मत  ल्याएर  वीपी  कोइराला  प्रधानमन्त्री  भएपनि  नायक  त  राजा  महेन्द्र नै थिए । राणा विरोधी संधर्षको बेला नायक झै देखिएका वीपीको   राजनैतिक   नायकत्व   राजा   महेन्द्रद्वारा   गिरफ्तारी,  पञ्चायत  विरोधी  संघर्ष,  ०३६सालमा  बहुदलीय व्यवस्थाको आन्दोलन तथाजनमतसंग्रहमा स्थापित भएको हो । सातसाल देखि पन्द्रसालसम्मको वीपीको  व्यक्तित्व  सत्ताको  आकांक्षी  राजनेताभन्दा  बढी  देखिँंदैन  ।  अतः  फागुन  सातको  पुनरावृत्ति  विगतको प्रतिगामी तर्कहरुको स्मरण बाहेक अरु केही हुन सक्दैन । त्यसोभए वर्तमान गणतन्त्रको विगतसंग कुनै  सम्बन्ध  छैन  त  ?  छ  !  सबै  संघर्षहरु,  त्याग  र  तपस्याहरु, शहादतहरु र नायकहरु जो जनताको राज्य र  देशको  जनताको  पक्षमा  थिए  ती  सबै  जनताका  हुन  ।  यिनलाई  स्मरण  गर्नु  पर्दछ,  प्रेरणा  लिनु  पर्दछ,  र यस्ता जनतान्त्रिक परम्पराको विकास गर्नु पर्दछ । यो भनेको जनताको पक्षमा आन्दोलन र संघर्षको उठान भएका दिवसहरु, शहादतका दिवसहरु, क्रान्ति र   आन्दोलनका   नायकका   दिवसहरु,   जनताको   पक्षमा  परिणाम  आएका  ऐतिहासिक  दिवसहरुलाई  राजनैतिक  परम्पराको  रुपमा  विकसित  गर्नु  पर्दछ  ।  यस अर्थमा राणा र राजा विरुद्धको संघर्षका नायकहरु र शहीदहरु नेपाली जनताका आफ्ना र प्रेरक तत्वहरु हुन्, त्यो काँंग्रेस, कम्युनिस्ट जोसुकै होउन ।  गंगालाल  लगायतका  चारजना  राणाकालीन  शहीदहरु होउन, राजाशाहीका विरुद्ध नेपालीकाँंग्रेसका दुर्गानन्द र कम्युनिस्ट समर्थक ऋषि देवकोटा आजाद लगायतका पञ्चायत विरोधी संघर्षका शहीदहरु होउन, वर्तमान  गणतन्त्रको  मूल  कारक  दसवर्षे  जनयुद्धमा  शहीदभएका रामवृक्ष यादवलगायत माओवादीसमर्थक शहीदहरु होउन, तथा संघीयताको आन्दोलनमा मधेशी, थारु, आदिवासी–जनजाति लगायतका शहीदहरु होउन, सबै नेपालीजनताका आफ्ना र समानरुपमा आदरणीय हुन्  ।  हामीले  भन्ने  गरेको  नयाँं  नेपालको  देशभक्तिको  भावना  यसको  समष्टिभाव  नै  हुनसक्दछ  ।  यस  समग्र  परिप्रेक्ष्यमा   सरकारले   फागुन   सातलाई   प्रजातन्त्र   दिवसको  रुपमा  मनाउने,  त्यस्तै  पृथ्वीनारायण  शाहको  स्मृतिलाई  एकता  दिवसको  रुपमा  मनाउने  जस्ता  पुरानो   सत्ताकालीन   प्रतिगामी   चरित्रको   दिवसहरु   मनाउनुले  देशमा  गणतान्त्रिक  भावनालाई  आहत  र  कमजोर गर्दछ ।  जनताका ती महान छोराछोरीहरुको शहादत  र  उनिहरुले  ल्याएको  गणतन्त्रमाथी  गर्व  गर्न  सिकौँं  र  यसलाई  वास्तविक  अर्थमा  जनताको  गणतन्त्रमा कसरी परिणत् गर्ने सकिन्छ भन्ने तर्फ मनन गरौँं  ।  जहाँंसम्म  फागुन  सातको  प्रश्न  छ,  राजनैतिक  परिवर्तनको  क्रममा  यो  ऐतिहासिक  खुडकिलो  त    निश्चितरुपमा छ, तर वर्तमान गणतान्त्रिक परिदृश्यमा यसको राजनैनिक सारभने औचित्यहीन छ । 

काठमाडौँ : बहुभाषिक तथा बहुसाँस्कृतिक मुलुक नेपालको पहिचानलाई प्रवद्र्धन...

विराटनगर : मोरङका दक्षिण पूर्वी गाउँपालिका जहदाले आगामी आर्थिक...

विराटनगर : सरकारले गत जेठ १५ गते सार्वजनिक गरेको...

खोटाङ : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा पूर्वी पहाडी जिल्लाकै...

पर्सा : वीरगन्ज महानगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ का लागि...

काठमाडौँ : साना आठ विद्यार्थी संगठनले शैक्षिक सुधारका माग...

काठमाडौँ : राष्ट्रियसभाका अध्यक्षले विशेष समयमा सांसदले उठान गर्नुभएका...

चितवन : सभामुख कृष्णबहादुर महराले अधिकार र स्रोतलाई विकेन्द्रित...

छेन्दु, सिचुवान : काठमाडौँमा रेलसेवाको सम्पर्क सञ्जाल जोड्ने चर्चा...

चितवन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता...

चितवन : भरतपुर महानगरपालिका– ११ मा आज करेन्ट लागेर...

लहान : सिरहा सुखीपुर नगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ का...

राजविराज : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको सीतापुरमा आज मोटरसाइकल...

जनकपुरधाम । बीरगञ्जबाट व्यवसायी ...

भक्तपुर : २०७४ सालमा भएको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा...

बेँशीसहर, लमजुङ : प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा...

काठमाडौँ : कृषिको परनिर्भरता उच्च बिन्दुमा पुगेपछि यसप्रति सर्वत्र...

पर्सा : वीरगन्जको अलौँमा निर्माण भएको एकीकृत चेकजाँच चौकी...

दाङ : दाङ देउखुरीस्थित गढवा स्वास्थ्य चौकीको भवन निर्माण सम्पन्न...

काठमाडौँ : धितोपत्र बजारमा यस साता रु एक अर्ब...

सिरहा । तेस्रो मुलुकको मालसमान तथा उत्पादन निर्यात गर्न कानुनी...

लहान । अख्तियार दुरुपयोग अनुसन्धान कार्याल ईटहरीले भ्रष्टाचार नियन्त्रणमा विद्यार्थीहरुको...

वीरगञ्ज : प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले...

काठमाडौं - २०७४ सालमा भएको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा...

काठमाडौँ । प्रदेश नं ४ मा प्रादेशिक विश्वविद्यालय र प्राविधिक...

काठमाडाँै : प्रेस काउन्सिल नेपालले सामाजिक सञ्जालमार्फत जथाभावी अशिष्ट...

धनगढी : प्रदेश नं ७ को प्रदेश सरकारले चालू...

ल्हासा, चीन : चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेका नेपालीले...

जनकपुरधाम । धनुषाको धनौजी गाँउपालिकामा दुई दिने बाल विवाह विरुद्ध...

जनकपुरधाम । चौथो अन्तराष्ट्रिय योग दिवस जनकपुरसहित विश्वभरि...

लहान । सिरहा जिल्लाको विष्णुपुर ...

जनकपुरधाम । नेपाल समृद्ध बनाउन सबै नेपाली स्वस्थ हुनुपर्ने र...

जनकपुरधाम । धनुषा जिल्लाको विभिन्न स्थानहरुबाट अवैध मदिरा र बनाउन...

मलगंवा । जिल्ला कारागार सर्लाहीको भवन निर्माणकार्य...