Sat, 16 Feb 2019
ताजा समाचार
दुखरन पासमानको दुख अब दुर हुने || आफ्नै अपरहण गराएर रकम ठग्न खोज्ने तीन पक्राउ || वड़ा नम्बर ८ सेमि फाइनलमा प्रवेश || फरार अभियुक्त पक्राउ || गौशाला उद्योग वाणिज्य संघको निर्वाचनमा उम्मेदवारी दिएकामध्ये १ ले लिए || मौषम बदली : जनकपुरसहितका क्षेत्रमा वर्षा हुँदै || जपानी प्रविधियुक्त शितभण्डारको शिलान्यास || भारतमा आत्मघाती हमला, कम्तिमा ३४को मृत्यु || उखुवारीमा जलाएको अवस्थामा ११ वर्षीय बालिकाको लाश भेंट्यो || अख्तियार आयुक्त पाठक ७८ लाख घुस अभियोगमा || नेकपा साँसदको किर्ते हस्ताक्षर || ट्राफिक सङ्केत नहुदाँ सडक दुर्घटना वृद्धि हुदै || ‘बेटी पढाउ बेटी बचाउ’ अभियानअन्तर्गत मुख्यमन्त्रीद्वारा साइकल वितरण || प्रधानमन्त्रीद्वारा आज देशवासीका नाममा सम्बोधन || चितवनका एउटै किसानले बेचे १० लाखको गुलाब || अनेरा स्ववियूले गरे पिडारिचौकमा दिप प्रज्वलन || चुनावको वाचा पुरागर्दै साँसद यादव || नेकपा नेता नेपालद्धारा अनाथ आश्रमको अवलोकन || जनयुद्ध दिवसप्रति माधव नेपाल आक्रोशित || महानगरको जग्गा कब्जागर्दै काँग्रेस || लागुऔषधसहित साहिल पक्राउ || समुदाय प्रहरी साझेदारी अन्तर्गत प्रशिक्षण कार्यक्रम सम्पन्न || स्वास्थ्य प्रदेश बनाउने स्वास्थ्यमन्त्रीको घोषणा || दोस्रो जीतपुर बृहद खेलकुद ,साँस्कृतिक एवँ ब्यपार मेला फागुन || कानू समाजको राष्ट्रीय भेला फाल्गुन ३ गते बीरगंजमा हुने || सिरहामा दुर्घटना : दाईको मृत्यु भाई गम्भीर || साना किसानको १२ औ वार्षिक साधारण सभा सम्पन्न || विशाल शोभा यात्रा || सप्तरीको तिलाठीमा अन्तर्रा्ष्ट्रिय कुस्ती प्रतियोगिता जारी || कमला नगरपालिकामा विकास निर्माणले गति लियो || अख्तियारको नियन्त्रणमा आएका असईलाई स्थानीयले भगाए || सुतिरहेको कुकुरलाई प्रहरीको गाडीले किचेपछि स्थानीय आक्रोशित || एसइई परीक्षालाई मर्यादित बनाउन निर्देशन || स्वास्थ्यमन्त्री उपेन्द्र यादवकी बुहारीको क्यान्सर अस्पतालमा निधन || पत्रकार माथि हातपातको बिषयमा रिपोटर्स क्लब नेपाल प्रदेश न-२ द्वारा || धनुषामा स्वास्थ्य बीमा कार्यक्रम शुभारम्भ || आँठ किलो गाँजाहित जीतपुरबाट तीन जना पक्राउँ || ९० घरधुरी अन्धकार || इण्टरनेटबाटै सवारी जाँच ! || सरकारले गरीबको उपचार नगरे मुद्दा हाल्न पाइन्छ : प्रचण्ड ||
चुनावपछि केही प्रश्न

फाल्गुन १४, २०७४

  • किशोर नेपाल

नेपालमा सवैभन्दा उपयोगी र सवैभन्दा काम नभएका क्षेत्र जलस्रोत र पर्यटन नै हुन । समयको यति लामो अन्तरालमा हामीले यी दुवै क्षेत्रको विकासगर्न सकेका छैनौं । पर्यटन स्थलका रुपमा पोखरा वाहेक अरु कुनैपनि क्षेत्र व्यवस्थित छैनन । हामीले अन्तर्राष्ट्रिय विमान स्थलका कुरा गर्यौं, फास्ट ट्र्याक सडकको कुरा गर्दैछौ, रेलमार्गको सम्भावना वढेको छ । यस्तो अवस्थामा पनि हामी समयको सदुपयोग नगरेर गँजडी गफमा नै भुल्छौं भने हाम्रो रक्षा कसैले गर्न सक्दैन । 

 भर्खरै सम्पन्न भएको चुनाव परिणामले अहिलेसम्म संस्थागत स्वरुप लिएको छैन । राजनीतिक दलहरुले विगत चुनावका सम्वन्धमा स्पष्ट निष्कर्ष निकाल्न भ्याएका छैनन । को कुन पदमा वस्ने ? चराटो त्यसैमा छ । देश संघीयतामा गै सकेपछि राजनीतिक पदहरुको संख्या वढेको छ । अपेक्षा गरे अनुसार नै, दुइ नम्वर प्रदेशमा राष्ट्रिय जनता पार्टीको विजय भएको छ । अन्य क्षेत्रहरुमा वामपन्थी शक्तिहरुको वर्चस्व रहेको छ । सवैतिर चटारो छ । सवैतिर हतार छ । हार्ने दलका नेताहरु मात्रै होइन, जित्ने दलका नेताहरु पनि अलमल छन । यो अवस्थामा सम्पन्न चुनावको राजनीतिक विश्लेषण हुन सकेको छैन भने यसलाई अस्वाभाविक मान्नु हुँदैन । यत्ति हो कि अनेकन त्राश, डर र प्रलोभनका हिंसात्मक र अहिंसात्मक अभियानका प्रत्युत नेपालले तीन तहको चुनावी भवसागर सफलतापूर्वक पार गरेको छ । यसका लागि जनताले जुन परिपक्व र सहिष्णु व्यवहार देखाएको छ त्यसमा हामीले गर्व गर्नु पर्दछ । नेपालको इतिहासमा पहिलो पटक यति वृहत्त राजनीतिक अभ्यास भएको हो । २००७ सालदेखि अहिलेसम्म नेपालको राजनीतिमा यति वृहत्त प्रयोग कहिल्यै भएको थिएन । यो चुुनावले प्राविधिक हिसावले नेपालीहरुको सामथ्र्य र योग्यता प्रमाणित भएको छ । समयको निकै सानो अन्तरालमा भएका स्थानीय चुनाव, प्रादेशिक चुनाव र संघीय चुनावको प्रयोग कठिनहुने हो कि भन्ने आशंका सवैको मनमा थियो । किनभने, दलहरुका लागि पनि यो प्रयोग पहिलो थियो । स्वयं नेताहरु नै परिणामका वारे आश्वस्त थिएनन । राजनीतिक क्षितिजमा फैलिएको यो आशंका अन्यथा थिएन । चुनावमा जुन प्रतिशतले जनमत वदर भयो निश्चय पनि अपेक्षित थिएन । चुनाव आयोगले न त मतदाताका लागि सजिलोहुने मतदान प्रणालीको विकासगर्न सकेन । जनतालाई चुनावको विधि राम्रोसंग सम्झाउन सकेको भए वदर मतको प्रतिशत घटने थियो । जसरी भएपनि चुनाव गराएर जशलिने चुनाव आयोग र चुनावमा सहयोग पुर्याउन अग्रसर भएका गैर सरकारी संस्थाहरु चुनावको यो पाटोमा असफल भए । उनीहरुको यो कमजोरीलाई सानो भन्न मिल्दैन । अहिले पनि अवस्था उस्तै छ । सातै प्रदेशहरुमा सरकार निर्माणको ठूलो तरखर छ । तर, पूर्वाधारको अभावमा केही हुन सकेको छैन । जनकपुर, विराटनगर, पोखरा, बुटवलजस्ता शहरले प्रान्तीय सरकार र यसका आवश्यकताहरु पूरागर्न सक्लान । अरु ठाउँका वारेमा यसो भन्न सकिन्न । पूर्वाधार भनेको यस्तो कुरा हो जसको संरचना आवश्यकता परेको वेलामा तयार हुन सकेन भने त्यो लामोे समयसम्म तयार हुँदैन । अर्कोतिर, प्रदेशहरुको राजधानी तोक्दा केन्द्रीय नेतृत्वले अलिकति सन्तुलन मिलाएको देखिदैन । रसुवाको नेपालीले हेटौंडा आएर सेवालिनु भनेको मिल्दो कुरा होइन । यी सवै कुरा प्रान्तहरुको निर्माण भौगोलिक आधारमा नगरेर हचुवाको भरमा गरिंदा भएका हुन । परिस्थितिहरुको तकाजा राखेर सरकारले सग्लो आधारमा प्रदेशको सीमांकन गरेको भए अहिले अवस्था आउने थिएन । जतिवेला प्रदेश सीमांकनको समय आयो त्यतिवेला तत्कालीन प्रशाशनले आफनै देशका मानिससंग वाहिरी देशको मानिसको जस्तो व्यवहार गर्यो । सरकारी सुरक्षालाई जनताको साथी वनाउनतिर सरकार लागेन । संविधानमा सरकारी लाइनको खिलाफात गर्नेहरु सरकारका दुश्मन भए । आफनै सुरक्षा अंगले मच्चाएको आतंक र त्यसको तुष समाप्त गर्नेतिर सरकार लागेन । उल्टै, टिकापुर घटनामा जनताले सरकारी सुरक्षा विरुध्द आक्रमण गरेको वताएर थारु जनजातिका धेरै मानिसलाई जेल हाल्यो । धेरै थारुहरु भागेर औकात अनुसार भारत वा काठमाडौं आए होलान । तिनै भगोडा मध्येका एकजना रेशम चौधरीले चुनाव लडे । जनताले उनको नाममा मतको वर्षा गरिदियो । उनी विशाल वहुमत पाएर विजयी भए । तर, अहिलेसम्म उनले शपथ ग्रहणगर्न पाएका छैनन । सरकारले उनलाई उनको कथित अपराध मुक्त गरेर आफनो छवि उज्यालोपार्नु पर्ने हो । सरकार त सहिष्णु हुनुपर्दछ । तर अहिलेसम्म सरकारले त्यस्तो सहिष्णुता देखाउने साहस गरेको छैन । मेरो गोरुको वाह«ै टक्काका आधारमा शासन चलाउन खोजेको छ । यो कुनैपनि हिसावले समीचिन देखिएको छैन । के ओली र प्रचण्डको छत्र–छायाँमा अगाडि वढी रहेको वर्तमान सरकारले संविधान निर्माणका वेला भएको प्रतीकात्मक आन्दोलनमा लागेका थारु जनजातिका जनतामा रहेको देशप्रतिको आस्था र विश्वासलाई प्रतिस्थापित गर्ला ? के टिकापुर आन्दोलनको नेतृत्वगरेको आरोपमा निर्वाचित सांसद रेशम चौधरी र थारु आन्दोलनमा लागेका व्यक्तिहरुलाई सजायको भागी वनाउने मुद्दा फिर्तालिने साहस राख्ला ? के दुइ क्रान्तिकारी नेताहरुले नेतृत्व गरेको पार्टीको सरकारका निकायहरुमा सर्व–साधारण जनतासंग यसरी वदला लिन मिल्दैन भन्ने चेतना आउला ? यो कुराको टुंगो लाग्नै पर्दछ । सत्तामा वामपन्थीहरुको वर्चस्व भएको समयमा पनि नेपालका आदिवासी थारु जातिलाई सामाजिक र आर्थिक मूलबाटोबाट अलग पन्छाउने प्रपन्च गरियो भने राष्ट्रिय एकता कति तहमा टुक्रिनेछ त्यो अहिलेका सक्रिय दलका नेताहरुले नै वताउनु पर्दछ । यी कुराहरु एकातिर छन भने अर्कोतिर प्रादेशिक राजनीति कसरी अगाडि वढने त्यसको कुनै चालचुल कतै छैन । निर्वाचित नेताहरु सुन्दा अत्यन्त रमाइलो लाग्ने सुन्दर योजनाहरुको फिहरिस्त वताउँदैछन । सरकार विकासको एउटा पाटोमा केन्द्रीत हुन चाहँदैन । सरकारले आगामी पाँचवर्षको सत्तरी प्रतिशत समय जलश्रोत र पर्यटनको विकासमा एकाग्र भएर लगाउन सक्यो भने त्यसबाट भविष्यको बाटोकोर्न सजिलो हुनेछ । नेपालमा सवैभन्दा उपयोगी र सवैभन्दा काम नभएका क्षेत्र जलस्रोत र पर्यटन नै हुन ।समयको यति लामो अन्तरालमा हामीले यी दुवै क्षेत्रको विकासगर्न सकेका छैनौं । पर्यटन स्थलका रुपमा पोखरा वाहेक अरु कुनैपनि क्षेत्र व्यवस्थित छैनन । हामीले अन्तर्राष्ट्रिय विमान स्थलका कुरा गर्यौं, फास्ट ट्र्याक सडकको कुरा गर्दैछौ, रेलमार्गको सम्भावना वढेको छ । यस्तो अवस्थामा पनि हामी समयको सदुपयोग नगरेर गँजडी गफमा नै भुल्छौं भने हाम्रो रक्षा कसैले गर्न सक्दैन । सौभाग्यवशः दुइ नम्वर प्रान्तका रुपमा मधेश अहिले नेतृत्वदायी भूमिकामा छ । संघीय संरचना मधेशी सोचको उपज हो । अहिलेसम्म एकाधिकारवादी प्रशाशन थियो, अहिले संघीय प्रशाशन आएको छ । अधिकार गाउँ र शहरका तल्लो तहसम्म पुगेको छ । यो समयको महत्व ऐतिहासिक छ । यसको सदुपयोग हुन सक्यो भने नेपाली जनताको जय हुनेछ ।

जनकपुरधाम : हेल्प मधेशीको आर्थिक सहयोगले घरविहिन दुखारन पासमानको...

जनकपुरधाम : आफ्नै अपरहण गराएर झूठो नाटक गरी रकम...

रौतहट : रौतहट जिल्लाको गौरमा जारी रहेको गौर नगरस्तरीय...

रौतहट: हत्या गर्ने उदेश्यले गोली हानि फरार भएका एक...

गौशाला । महोत्तरीको गौशाला उद्योग वाणिज्य संघका लागि मनोनयन...

जनकपुरधाम : पश्चिमी वायुको प्रभावले तीन दिनसम्म बदली र वर्षाको...

राजविराज । सप्तरी जिल्लाको राजविराज नगरपालिका वडा नम्वर–१५ स्थित देउरी–भरुवामा...

नयाँदिल्ली । भारतको कश्मीरमा विहिवार भएको आतंककारी आत्मघाती हमलामा कम्तिमा...

धनुषामा ११ वर्षीय बालिकाको विहिवार लास फेला परेको छ...

काठमाण्डु । नेपाल इन्जिनियरिंग कलेजको विवादमा लाखौ घुस लिएको आरोप...

प्रदेशसभा २ मा समिति गठनमा नेकपामा भाँडभैलो ,प्रदेशसभा २ मा...

पूर्वपश्चिम राजमार्ग र सिरहाका अन्य सहायक सडकमा ट्राफिक सङ्केत...

सप्तरी : प्रदेश नं २ सरकारद्वारा सञ्चालित ‘बेटी पढाउ...

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा...

भरतपुर : पश्चिमा संस्कृति भए पनि पछिल्लो समय नेपालमा प्रणय...

जनकपुरधाम : बुधबार तत्कालिन विद्रोही नेकपा माओवादीले सशस्त्र विद्रोह थालेको...

महानगरमा नमुना मुसहर वस्तीको शिलान्यास , विपन्न दलित मुसहरहरुको वस्तीमा...

जनकपुरधाम । नेकपाका बरिष्ट नेता माधव कुमार नेपालले बुधवार जनकपुरधाम...

नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको निर्णय बिना जनयुद्ध दिवस...

नेपाली काँग्रेस पर्साले वीरगञ्ज महानगरपालिकाको स्वामित्वमा रहेको जग्गाहरुमा नेपाली...

पर्सा । नियान्त्रित लागूऔषध ईन्जेक्सन १५ सय थानसहित जिल्ला पर्सा...

जनकपुरधाम । समुदाय-प्रहरी साझेदारीको अवधारणा अनुसार जिल्ला धनुषा जनकपुर उप(महानगरपालिका...

जनकपुरधाम । उपप्रधान तथा स्वास्थ्य जनसंख्या एव्म जनसंख्या मन्त्री उपेन्द्र...

जीतपुर : दोस्रो जीतपुर बृहद खेलकुद ,साँस्कृतिक एवँ ब्यपार मेला...

बीरगंज : नेपालमा आफ्नो पहिचान स्थापित गराउन सक्रिय रहेको कानू...

: सिरहाको मिर्चैयामा आज विहान करिब ६ बजे तिर ...

जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिकाको भरतपुरमा साना किसान कृषि...

जनकपुरधाम : धनुषाको लक्ष्मीनियाँ गाउँपालिका १ सोहनीमा बुधवार (आज)बाट महायज्ञ...

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्वर– १ तिलाठीमा अन्तर्रा्ष्ट्रिय...

धनुषाको कमला नगरपालिकामा विकास निर्माणले गति लिएको छ ।...

महोत्तरी : १० हजार रुपैयाँसहित रंगेहात अख्तियारको नियन्त्रणमा आएका...

रामेछाप : जिल्ला प्रहरी कार्यालयको बा १ झ ७४४७...

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा...

काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवकी...

सर्लाही । रिपोटर्स क्लब नेपाल प्रदेश न-२ ले समाचार...

जनकपुरधाम । धनुषा जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम शुभारम्भ भएको छ...

बारा प्रहरीले जीतपुरसिमरा उपमहानगरपालिकाको जीतपुरबाटप्रतिबन्धित लागु औषध ८ किलो...

हुम्ला : लामो हिमपातसँगै जिल्लाको सिमकोट गाउँपालिकाअन्तर्गत स्याडा गाउँमा...

बाँके : अब तपाईँको गाडी इण्टरनेटबाटै जाँच हुनेछ । लामो...

सिराहा । नेकपा अध्यक्ष प्रचण्डले संविधानमै शिक्षा र स्वास्थ्यलाई जनताको...