Sat, 17 Nov 2018
ताजा समाचार
मुख्यमन्त्री योगी भ्रमणको तयारी प्रारम्भ || स्वास्थ्य पर्यटक भित्र्याउने तयारी || आधुनिकीकरण व्यवसायीकरणमा जोड || धनुषा प्रहरीले पीडकलाई संरक्षण दिएको आरोप || एसईई उत्कृष्ट शिक्षा २०७५ पुरस्कारबाट सम्मानित || बलेरीे वनबाट काठ चोरी || दुई जनामाथि मुद्दा दर्ता || घरेलु मदिरा बिक्रिमा महिलाको संलग्नता बढ्दो || उद्योगको लागि जग्गा निरीक्षण || आखा अस्पताल जिल्लाको धरोहर ,राज्य मंत्री यादव || सडकको दोहरो मापदण्ड विरुद्ध मुद्दा || मधेशी जनता अझै अधिकारबाट बञ्चित : साँसद ठाकुर || निलम्बन द्विवेदीको नौटंकी : चौधरी || ठाकुरको हत्या || प्रिमियर लिगमा पनि 'भार' प्रयाेग हुने || सार्वजनिक भयो रणवीर र दीपिकाको विवाहको फोटो || लंकामा सांसदहरुबीच कुटाकुट, सभामुखमाथि आक्रमणको प्रयास || सीके राउतलाई सर्वोच्चमा उपस्थित गराइयो || प्रदेशको नामाकरणका लागि कार्यदलले कार्य थाले || बन्ने भो रामजानकी स्टेडियम || मुख्यमन्त्रीद्वारा खानेपानी ओभरहेड टैंकको उद्वघाटन || बिभेदकारी नीतिले कुस्ती ओझेलमा || नवनिर्वाचित पदाधिकारीहरुको सथप ग्रहण || दुर्घटना बीमा गर्न पत्रकारलाई आग्रह || शहीद परिवार भेट्न प्रचण्ड र बादल गाउँमा || रत्नजित र दिपेश क्वार्टरफाइनलमा || दीपिका-रणवीरको बिहे इटालीको सात शताब्दी पुरानो दरबारमा || १३ वर्षीय बालकको बक्सिङ रिङमै मृत्यु, थाइल्यान्डमा खैलाबैला || विश्व बैङ्कसँग १८ अर्बको सम्झौता || कांग्रेसभित्र गुटैगुट || भैरहवा मालपोत अनलाइनमा || कृषि विश्वविद्यालयमा आगजनी || नेपाल प्रहरीलाई ‘डिजिटल गर्भनेन्स अवार्ड’ || सूर्यदेवको आराधना गरी छठपर्व मनाइँदै, यस्तो छ व्रतविधि || बरियारपट्टीको सरकारी अस्पतालमा औषधिको अभाव || छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा || छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै || छठको तयारी अन्तिम चरणमा || विपन्न परिवारलाई वडाअध्यक्षको सहयोग || सरकार संघीय शिक्षा ल्याउने तयारीमा ||
मुख्यमन्त्रीको प्रतिबद्धता र नागरिकको आशा

फाल्गुन १६, २०७४

  • सञ्जय मित्र

 मधेस  कहलिएको  वर्तमान  प्रदेश  २  का  प्रथम  मुख्यमन्त्री  लालबाबु  राउतको  प्रदेशमा  सुशासन  कायम  गर्ने  प्रतिबद्धता  सार्वजनिक  भएको  छ  ।  विश्वमा पछाडि परेको देशको सूचीमा नेपाल हुनु र नेपालकै सबै प्रदेशको तुलनामा विभिन्न क्षेत्रमा यस प्रदेशको  अवस्था  कमजोर  रहनुजस्ता  कारणले  यस  प्रतिबद्धताले विशेष महत्व राख्दछ ।  प्रतिबद्धताको  ऐतिहासिक  महत्व  यस  अर्थमा  पनि  रहेको  छ  कि  यस  प्रतिबद्धताले  मूर्त  रुप  लिन  सकेमा  भविष्यका  मुख्यमन्त्रीहरुलाई  पनि  असल  प्रतिबद्धता सार्वजनिक गर्न र त्यसलाई मूर्त रुप दिन दबाब  परिरहने  छ  ।  साथै  माननीय  मुख्यमन्त्रीज्यूले  प्रदेशमा  सुशासन  कायम  गर्न  प्रतिबद्धता  सार्वजनिक  गरेपछि  प्रदेशका  मन्त्रीहरुले  पनि  यस  प्रतिबद्धतासँग  सम्बन्धित  रहेर  आफ्नो  मन्त्रालय  अन्तर्गतका  अन्य  थप  आफ्ना  प्रतिबद्धताहरु  सार्वजनिक  गर्नुपर्ने  हुन्छ  जसलाई  परिपालन    गराउने  क्रममा  मुख्यमन्त्रीको  प्रतिबद्धतालाई सहयोग पुग्नेछ । प्रदेशमा सबैभन्दा बढी आवश्यकता सुशासनको रहेको  छ  ।  सुशासन  एक  अर्थमा  प्रदेशको  लागि  चुनौती हो । यस चुनौतीलाई प्रदेशलाई सुन्दर बनाउन चाहनेजति  सबैले  हृदयदेखि  नै  पन्छाउनु  परेको  छ । माननीय मुख्यमन्त्रीको चाहनामा प्रदेशका सम्पूर्ण असल मानिसहरुको चाहना प्रतिबिम्बित छ । प्रदेशमा  सुशासन  कायम  हुन  सक्यो  भने  यो  प्रदेशले   समृद्धिको   सपनालाई   साकार   तुल्याउने   दिशामा   अग्रसरता   प्राप्त   गर्ने   कुरामा   विश्वास   गर्न   सकिन्छ   ।   प्रदेशमा   शान्ति   र   समृद्धिभन्दा   बाहेक  अन्य  कुरा  बहसमा  रहन  दिनुपर्छ  र  शान्ति  तथा   समृद्धिको   सबाललाई   प्रदेश   सरकारलाई   आँखा  चिम्लेर  आफ्नो  ठाउँबाट  सहयोग  र  समर्थन  गर्नुपर्दछ सबै प्रबुद्ध नागरिकले । दुई तिहाईभन्दा बढी निर्वाचित  जनप्रतिनिधिहरुको  समर्थन  रहेको  वर्तमान  प्रदेश  सरकारको  शिर  ठाडो  हुने  हरेक  गतिविधिमा  सर्वसाधारणदेखि  उच्च  बौद्धिक  नागरिकले  सहयोग  गर्नु अहिलेको धर्म हो ।माननीय  मुख्यमन्त्रीको  पहिलो  प्रतिबद्धता  नै  भ्रष्टाचारविरुद्ध  शून्य  सहनशीलता  अपनाइने  रहेको  छ  ।  यहीबाट  सुशासनको  जग  प्रारम्भ  हुन्छ  ।  दोस्रो  बुँदाको प्रतिबद्धता पनि भष्टाचारसम्बन्धी नै रहेको छ । नीतिगत रुपमा गरिने भ्रष्टाचारलाई पनि प्रतिबद्धताले अस्वीकार्य भनेको छ । प्रदेशको  दैनिक  प्रशासनमा  ढिलासुस्ती  सहन  नगरिने  प्रतिबद्धताप्रति  सर्वसाधारण  निकै  आश्वस्त  छन्  ।  अबको  दिनमा  नागरिकले  कुनै  कार्यालयमा  बिनाकारण  एउटै  काम  लिएर  दगुर्नु  पर्ने  युगको  अन्त्य हुने विश्वास पलाएको छ । एउटै काम लिएर कैयौँ  दिनसम्म  कुनै  कार्यालयमा  दौडिनु  पर्दा  तिनले  सम्पादन गर्नुपर्ने वा संलग्न रहेको काम प्रभावित हुन पुग्थ्यो  जसले  गर्दा  अन्ततः  यस  प्रदेशलाई  कमजोर  बनाउन मदत पुग्ने गरेको थियो । प्रतिबद्धताको  तेस्रो  बुँदाले  प्रदेशका  सेवाग्राही  जनतालाई  सरकारी  कर्मचारीहरुले  २४  घन्टाभित्र  काम पूरा गर्नुपर्ने र २४ घन्टामा काम पूरा गर्न नसक्ने न्यायोचित  कारण  भएमा  त्यसबारे  सेवाग्राहीलाई  जानकारी    गराउनुपर्ने    जस्तो    उत्तरदायीत्वपूर्ण    विषयलाई   समेटेको   छ   ।   यसले   सम्बन्धित   कार्यालयलाई सेवाग्राहीप्रति जिम्मेवार र सरकारप्रति जवाफदेही  बनाउने  विश्वास  लिइएको  छ  ।  चौथो  बुँदा प्रदेशमा मुख्यमन्त्रीको कार्यालय मातहत हेल्लो प्रदेश सरकारको स्थापना गरी प्रदेशका सेवाग्राहीको हितलाई  ध्यानमा  राखेर  सिधै  सम्वाद  गर्न  सकिने  व्यवस्था गरिने बताइएको छ । निःशुल्क टेलिफोन अर्थात् पैसा नलाग्ने टेलिफोन सेवाको  सञ्चालन  गरिनेछ  जसले  गर्दा  सेवाग्राहीले  सिधै  प्रदेश  सरकारको  मुख्यालयमा  सम्पर्क  राख्ने  सक्नेछ  ।  यसले  गर्दा  सेवाग्राहीले  मुख्यमन्त्रीको  कार्यालयलाई सिधै सम्पर्क गरेर आफ्नो कुरो राख्दा एकातिर सेवाग्राहीमा रहेको कमजोरी पनि थाहा हुन्छ भने  अर्कोतिर  सम्बन्धित  कार्यालयले  पनि  सकेसम्म  छिटो काम गर्नको लागि आफूलाई जिम्मेवार बनाउन पनि  सजिलो  हुन्छ  ।  सामान्यतया  आवश्यकताभन्दा  कम  कर्मचारी  हुनु  हाम्रा  कार्यालयहरुको  यथार्थ  परिस्थिति  र  सेवाग्राहीको  उच्च  चाप  हुने  बाध्यताबीच  पनि यस बुँदाले केही हदसम्म पुलको काम गर्ने थप आशा रहेको छ । पाँचौँ बुँदा त झन् कर्मचारीवर्गलाई अझ  बढी  जिम्मेवार  बनाउनेतिर  परिलक्षित  छ  ।  राष्ट्रसेवक कर्मचारी भनेको जनताको सेवक हो भन्ने सन्देश  जनतामा  प्रवाहित  गरिने  छ  भनिएको  यस  बुँदाले प्रदेशका कर्मचारीले आफूलाई सेवाग्राहीलाई कसरी सन्तुष्ट बनाउन सकिन्छ र कसरी नियमानुसार काम गर्दा आफूबाट धेरैभन्दा धेरै नागरिक सन्तुष्ट हुन सक्छन् भन्नेतिर बढी केन्द्रित रहनुपर्ने हुन्छ । चौथो  र  पाँचौँ  बुँदाले  वर्तमान  प्रदेश  सरकार  जनताको  कामकाजप्रति  आफ्नो  पनि  जिम्मेवारी  गहन  रहेको  र  यसलाई  समयमै  पूरा  गराउन  कुनै  असावधानी  नहोओस्  भन्ने  हेतु  राखेको  बुझिन्छ  जुन  सर्वथा  स्तुत्य  छन्  ।  छैटौँ  बुँदाले  त  झन्  इमेल  आइडिलाई समेटेको छ जसमा विद्युतीय माध्यमबाट समेत  जनताले  आफ्ना  गुनासाहरु  सिधै  मुख्यमन्त्री  कार्यालयमा टिपाउन सक्ने छन् भनिएको छ र प्राप्त भएका  जनताका  गुनासाहरुमा  तत्काल  कारवाही  गरिनेछ भनी बताइएको पनि छ । यो बुँदाले अझ एक कदम  अगाडि  बढेर  के  भनेको  छ  भने  गुनासोमाथि  भएको कारबाहीको विषयमा उजुरीकर्तालाई जानकारीसमेत दिइनेछ । यस बुँदाको जति प्रशंसा गर्दा पनि अधुरो हुन्छ । यो  नयाँ  किसिमको  सुरुआत  हो  र  यसले  उजुरीकर्ता  वा  सेवाग्राही  तथा  सेवासित  सम्बन्धित  गरी दुवै पक्षलाई जिम्मेवार बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ । सातौँ बुँदामा जनतासित मुख्यमन्त्री कार्यक्रम संचालन गरिने बताइएको छ जसको माध्यमले संचार माध्यमको प्रयोग गरी जनतासँग मुख्यमन्त्रीले प्रत्यक्ष सम्वाद गर्ने बताइएको छ ।     जनतासँग     मुख्यमन्त्री     कार्यक्रमसमेत     मुख्यमन्त्रीको  सुशासन  कार्यक्रमकै  एक  पाटो  हुने  जहाँ  जनताले  सिधै  आफ्ना  गुनासाहरु  माननीय  मुख्यमन्त्रीसमक्ष  राख्न  सक्नेछन्  ।  यसले  सार्थकता  पाएमा  एकातिर  मुख्यमन्त्रीको  सम्मान  जनस्तरमा  वृद्धि  हुनेछ  भने  अर्कोतिर  यसले  यस  प्रदेशको  नाम  अन्य  प्रदेश  र  विदेशसम्म  फैलिनेछ  ।  आठौँ  बुँदामा  मुख्यमन्त्री  आफैँ  चाहिँ  जनताको  गुनासाहरु  सुन्न  घरदैलोसम्म पुग्ने बताइएको छ ।  प्रदेशका  विभिन्न  गाउँपालिका,  नगरपालिका,  वडा तथा टोल लगायत विभिन्न भागमा मुख्यमन्त्री जाताको    घरदैलोमा    गई    प्रदेश    सरकारप्रति    रहेका  गुनासाहरु  सुन्ने  र  ती  गुनासाहरुको  सम्बोधन  गर्ने  प्रयास  गरिनेछ  बताइएको  बुँदाको  कार्यान्वयन  पक्ष  अलि  गम्भीर  प्रकृतिको  हुन्छ  ।    हाम्रो  समाज  नकारात्मक सोचले भरिएको र सकारात्मक कुरालाई पनि  नकारात्मकरुपले  ग्रहण  गर्ने  हुनाले  यस  बुँदाको  कार्यान्वयनमा   केही   चुनौतीहरु   तुलनात्मकरुपमा   बढी  हुने  सम्भावना  हुन्छ  ।  मुख्यमन्त्रीका  अन्य  धेरै  कामहरु  हुने  र  मुख्यमन्त्री  कतै  पनि  औपचारिक  वा  अनौपचारिकरुपमा  पुग्दा  पनि  सर्वसाधारण  जनताले  मुख्यमन्त्रीसित  ठूलो  जमातमा  भेट्दा  वा  मुख्यमन्त्री  स्वयंले   ठूलो   जमातमा   गुनासाहरु   सुन्न   जाँदा   केही  व्यावहारिक  र  प्राविधिक  कठिनाइहरु  आउने  सम्भावना हुन्छ । यद्यपि प्रदेशको सरकार प्रमुखले यस किसिमको कार्यक्रम  ल्याउँदा  धेरै  सोचविचार  गरेर  नै  जनताको  पक्षमा  ल्याएको  हुनुपर्छ  र  यसले  कार्यरुप  पाउँदा  जनता सिधै लाभान्वित हुने हुन्छ । नवौँ,  दशौँ  र  एघारौँ  प्रतिबद्धता  अरुभन्दा  केही  भिन्न देखिएका छन् । यस प्रदेशका जनतालाई दैनिक उपभोग्य वस्तु र सेवामा हुने कालाबजारी वा महंगी नियन्त्रण  गर्नको  लागि  प्रभावकारी  रुपमा  बजार  भाउको अनुगमन गर्दै कालाबजारी नियन्त्रणको लागि सरकार प्रतिबद्ध छ भनेर नवौँ बुँदामा रहेको छ । यसले बजार भाउ र बजारमा जे पनि जसरी पनि बेचे हुन्छ भन्ने प्रवृत्तिमाथि लगाम लाग्छ । बजारको अनुगमन भएपछि धेरै कुरो शुद्ध पनि पाइन थाल्छ । उपभोक्ताको    स्वास्थ्य    र    पैसा    दुवैमाथि    भइरहेको शोषण रोकिने कुरामा विश्वास गर्न सकिन्छ । अनियन्त्रित र अवैध रुपमा भइरहेको मदिरा बेचबिखन तथा सेवनलाई आवश्यक नीति बनाई नियन्त्रित गरिने छ  भनिएको  दशौँ  बुँदाले  समाजमा  शान्ति  ल्याउन  निकै  महत्वपूर्ण  भूमिका  खेल्ने  कुरामा  विश्वस्त  हुन  सकिन्छ । मुख्य गरी घरायसी झगडा धेरै कम हुनेछ भने यस बुँदाले विपन्न परिवारको धेरैले बजारमा पाइने अवैध र गुणस्तरहीन मदिराको सेवनले स्वास्थ्य र सम्पत्ति दुवै नष्ट गरिरहेको पक्षमाथि प्रभाव पार्ने कुरामा विश्वास गर्न सकिन्छ । वन्यजन्तु तस्करी, प्राकृतिक स्रोतसाधन दोहन  तथा  वन  फँडानी  कार्यलाई  तत्काल  रोकिने  छ  भनिएको  प्रतिबद्धतापत्रको  अन्तिम  तथा  एघारौँ  बुँदाले  फेरि  कुनै  दिन  हरियो  वन  प्रदेशको  धन  हुने  उखान प्रचलनमा आउने आशा जगाएको छ । वनले वातावरण  जोगाउने,  पर्यावरणसँगै  पर्यटन  उद्योगलाई  सहयोग पुग्ने र नदीनाला जोगिने हुन्छ साथै प्रदेशको उब्जनीमा पनि वृद्धि गर्नमा पनि सहयोग पु¥याउने छ । जनताको  समस्या  र  प्रदेशको  समस्या  समाधानको  लागि निकै उपयुक्त बुँदाहरु समेटिएको मुख्यमन्त्रीको प्रतिबद्धतापत्रले प्रदेशका नागरिकको मन छोएको छ । प्रदेशका नागरिकको मनको आवाजलाई बोकेको यस प्रतिबद्धतापत्रका  एक  एक  बुँदा  त्यत्तिकै  महत्वपूर्ण  छन्  र  हरेकले  नागरिकसित  त्यत्तिकै  घनिष्ट  सम्बन्ध  राखेको छ । यो  प्रतिबद्धता  पूर्णरुपमा  लागू  होओस्  भन्ने  सदीक्षा प्रकट गर्दै मधेसी हिन्दूको खानपानको खुल्ला पर्व  तथा  रंग  र  अबीरको  महापर्व  होलीको  सम्पूर्ण  नागरिकहरुमा शुभकामना ।

जनकपुरधाम । भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका चर्चित हिन्दूवादी...

जनकपुरधाम । संघिय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका उपप्रधान...

जनकपुरधाम । माछा सुपरजोन जनकपुर धाम ,धनुषा का कार्यालय प्रमुख...

जनकपुरधाम । धनुषाका प्रहरीले पीडितलाई न्याय दिलाउनुको साट्टो पिडकलाई संरक्षण...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा नंंंंं. ६ खुटौनाको...

चन्द्रपुर । रौतहटको बलेरी ईलाका वन कार्यालयको वन क्षेत्रमा एकै...

कुलदिप दास , जनकपुरधाम । धनुषामा बोक्सीको आरोप लगाएको भन्दै...

चन्द्रपुर । रौतहटमा प्रहरीले घरेलु मदिरा उत्पादन र बिक्रि बितरणमा...

चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिकामा बिशेष आर्थिक क्षेत्र (सेज) स्थापना...

रौतहट : कार्यक्रममा प्रदेश नम्बर २ का कृषि भूमि...

जनकपुरधाम । नगर क्षेत्र भित्र एउटै सडकको दोहरो मापदण्ड...

जलेश्वर । राष्ट्रिय जनता पार्टी (राजपा)नेपालका अध्यक्ष मण्डलका संयोजक समेत...

वीरगञ्ज । नेपाली काग्रेस पर्साका सभापति अजय द्धिवेदी सभापति...

जनकपुरधाम । धनुषा जिल्लाको विदेह नगरपालिकाको वडा नम्बर ५ मुडिवा...

इंग्लिस प्रिमियर लिग फुटबलको अर्को सिजनमा भिडियो असिसटेन्ट रेफ्री ‘भार’...

पछिल्लो २४ घण्टामा भारत तथा विश्वभरका बलिउडका प्रशंसक एउटा तस्बिरको...

काठमाडौं । श्रीलंकामा महिन्दा राजापाक्षेका समर्थक र विरोधी सांसदहरुबीच बिहीबार...

काठमाडौं । राज्यविद्रोहकोे मुद्दामा पक्राउ परेका सीके राउतलाई सर्वोच्च...

जनकपुरधाम । प्रदेश २ को नामाकरण र स्थायी राजधानी तोक्न...

जनकपुरधाम । प्रदेश २ को रामजानकी स्टेडियम अन्ततःजनकपुरधाममा ...

वीरगंज। मुख्यमन्त्री लालबाबु राउतले वीरगंज–२ छपकैयास्थित नवर्निमित ...

जनकपुरधाम । धनुुषाका क्षीरेश्वरनाथ...

काठमाडौँ : नेपाल पत्रकार महासङ्घले श्रमजीवी तथा स्वतन्त्र पत्रकारका...

बेनी : पारिवारिक भ्रमणको सिलसिलामा म्याग्दीमा रहनु भएका नेकपाका अध्यक्ष...

काठमाडौं । पूर्वविजेता राष्ट्रिय च्याम्पियन नेपाली सेनाका रत्नजित तामाङ...

बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण यहि बुधबार...

बैंकक । थाइल्यान्डमा भएको बक्सिङ खेलमा १३ वर्षीय बालकको...

काठमाडौं । पुल सुधार तथा मर्मतसम्भार एवं खाद्य तथा...

काठमाडौं । नेपाली कांग्रेसका कार्यकर्ताले गुट–उपगुट अन्त्यको आवाज उठाइरहँदा...

भैरहवा : मालपोत कार्यालय भैरहवाले आजदेखि अनलाइनबाट सेवाग्राहीलाई सेवा प्रदान...

चितवन : कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा विद्यार्थीहरुले आगजनी...

काठमाडौँ : सूचना प्रविधिको उत्कृष्ट प्रयोग गरी कार्य गरेबापत...

जनकपुरधाम : छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो...

सिरहा । बरियारपट्टी गाउँपालिकामा रहेका सरकारी अस्पतालमा औषधिको अभाव भएपछि...

छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा ...

छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै...

अनिल कुशवाहा , महेन्द्रनगर (धनुषा) । ...

जीतपुर । दलित, गरिब तथा बिपन्न बर्गहरुलाई छठ मनाउनकोे लागि...