Sat, 17 Nov 2018
ताजा समाचार
मुख्यमन्त्री योगी भ्रमणको तयारी प्रारम्भ || स्वास्थ्य पर्यटक भित्र्याउने तयारी || आधुनिकीकरण व्यवसायीकरणमा जोड || धनुषा प्रहरीले पीडकलाई संरक्षण दिएको आरोप || एसईई उत्कृष्ट शिक्षा २०७५ पुरस्कारबाट सम्मानित || बलेरीे वनबाट काठ चोरी || दुई जनामाथि मुद्दा दर्ता || घरेलु मदिरा बिक्रिमा महिलाको संलग्नता बढ्दो || उद्योगको लागि जग्गा निरीक्षण || आखा अस्पताल जिल्लाको धरोहर ,राज्य मंत्री यादव || सडकको दोहरो मापदण्ड विरुद्ध मुद्दा || मधेशी जनता अझै अधिकारबाट बञ्चित : साँसद ठाकुर || निलम्बन द्विवेदीको नौटंकी : चौधरी || ठाकुरको हत्या || प्रिमियर लिगमा पनि 'भार' प्रयाेग हुने || सार्वजनिक भयो रणवीर र दीपिकाको विवाहको फोटो || लंकामा सांसदहरुबीच कुटाकुट, सभामुखमाथि आक्रमणको प्रयास || सीके राउतलाई सर्वोच्चमा उपस्थित गराइयो || प्रदेशको नामाकरणका लागि कार्यदलले कार्य थाले || बन्ने भो रामजानकी स्टेडियम || मुख्यमन्त्रीद्वारा खानेपानी ओभरहेड टैंकको उद्वघाटन || बिभेदकारी नीतिले कुस्ती ओझेलमा || नवनिर्वाचित पदाधिकारीहरुको सथप ग्रहण || दुर्घटना बीमा गर्न पत्रकारलाई आग्रह || शहीद परिवार भेट्न प्रचण्ड र बादल गाउँमा || रत्नजित र दिपेश क्वार्टरफाइनलमा || दीपिका-रणवीरको बिहे इटालीको सात शताब्दी पुरानो दरबारमा || १३ वर्षीय बालकको बक्सिङ रिङमै मृत्यु, थाइल्यान्डमा खैलाबैला || विश्व बैङ्कसँग १८ अर्बको सम्झौता || कांग्रेसभित्र गुटैगुट || भैरहवा मालपोत अनलाइनमा || कृषि विश्वविद्यालयमा आगजनी || नेपाल प्रहरीलाई ‘डिजिटल गर्भनेन्स अवार्ड’ || सूर्यदेवको आराधना गरी छठपर्व मनाइँदै, यस्तो छ व्रतविधि || बरियारपट्टीको सरकारी अस्पतालमा औषधिको अभाव || छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा || छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै || छठको तयारी अन्तिम चरणमा || विपन्न परिवारलाई वडाअध्यक्षको सहयोग || सरकार संघीय शिक्षा ल्याउने तयारीमा ||
अस्पताल व्यवस्थापनमा दक्ष जनशक्ति

फाल्गुन २१, २०७४

धीरज मैनाली

मानिसको जीवनसंग प्रत्यक्ष सम्बन्ध राख्ने अस्पताललगायतका स्वास्थ्य सेवा प्रदायकहरु अत्यन्तै संवेदनशील क्षेत्र हुन् । उच्च गुणस्तरको सेवा प्रवाह आवश्यकताका रुपमा खट्किएको कुरा आजको यथार्थ हो। चिकित्सकीय चुस्तता, प्राविधिकको कामप्रतिको इमान्दारिताका साथै अस्पतालको चुस्त व्यवस्थापनले सेवाप्रवाहमा अहम् भूमिका निर्वाह गरेको हुन्छ ।अस्पतालको गेटबाट प्रवेश गरेपश्चात सेवा पाएर नफर्किएसम्म बिरामीले सुलभ तथा गुणस्तरीय सेवा पाउन अस्पतालको व्यवस्थापन चुस्त रहनु जरुरी रहन्छ । संख्यात्मक रुपमा नेपालमा सरकारी तथा निजी अस्पतालको संख्या विगत दुई दशकमा आशातित रुपमा वृद्धि भएको पाइन्छ। स्वास्थ्य सेवाप्रदायकको संख्यामा वृद्धि भए पनि नेपालमा ती क्षेत्रलाई नियमन गर्न कुनै ऐन बनेको छैन । स्वास्थ्य संस्था स्थापना तथा स्तरोन्नतीसम्बन्धी निर्दे्शिका जारी भए पनि यसको पूर्ण कार्यान्वयन भएको पाइदैंन । साथै यसमा धेरै कुरा अव्यवहारिक भएको टिकाटिप्पणी समय समयमा आउने गरेको छ ।यो निर्देशकबाट निजी लगानीमा संचालित अस्पताललाई मात्र नियमन भइरहेको छ, सरकारी अस्पतालको हकमा यो निर्दे्शिकाको कुनै अंश पनि कार्यान्वयन भएको पाइदैंन । आम जनमानसमा अस्पतालप्रति विश्वास कम हुँदै गइरहेको छ । हालैको डोटी घटना तथा यसभन्दा अघिका कैयन घटनाले मानिसमा अस्पताल तथा अस्पतालका कर्मचारीको व्यवहारप्रति वितृष्णा पैदा भइरहेको महसुस गर्न सकिन्छ । चुस्त व्यवस्थापन सबै अस्पतालहरुको अपरिहार्य आवश्यकता भएको कुरालाई सबै पक्षले हृदयांगम गर्नु जरुरी छ । सही व्यक्ति सही पदमा तथा सही समयमा राखिएमा सो संस्थाको कार्यप्रवाहमा कायापलट हुनसक्ने कुरालाई कसैले नकार्न सक्दैन।नेपालमा एक दशकभन्दा बढी समयदेखि पोखरा विश्वविद्यालयले अस्पताल व्यवस्थापनसम्बन्धी स्नातक तथा स्नातकोत्तर विषयमा अध्यापन गराइहेको छ । यो विषय अध्ययन गरेर धेरै दक्ष जनशक्ति उत्पादन भएको हालको परिस्थितिमा तिनलाई कसरी व्यवस्थापन गर्ने विषयमा नेपाल सरकारका नीति निर्माता तथा सरोकारवालाहरुको ध्यान यसतर्फ गएको पाइदैंन । अस्पतालको चुस्त व्यवस्थापनविना सेवा गुणस्तर हुन सक्दैन भन्ने यथार्थलाई नीति निर्मार्ताले महसुस गरेको पाइदैंन।विदेशका अस्पतालहरुको व्यवस्थापनमा यही विषय अध्ययन गरेका दक्ष जनशक्तिकै दरबन्दी सिर्जना गरेर पदपूर्ति गरेको पाइन्छ । विश्वविद्यालय जनशक्ति उत्पादन गर्ने भट्टीको रुपमा जनशक्ति उत्पादन गर्दैछ । त्यहाँबाट उत्पादित जनशक्ति कहाँ खपत होलान्, कसरी खपत होलान् भन्ने विषयमा विश्वविद्यालय प्रशासनलाई कुनै सरोकार छैन । सो विषय अध्यापन गराउने क्लेजहरुलाई विद्यार्थी लिएर व्यवसाय गर्न पुगेको छ । तर नीतिनिर्माताहरुको ध्यान आकृष्ट गराउने कार्य कहीँ कतैबाट भएको पाइन्दैन । विडम्बना यस विषयमा दीक्षित धेरै दक्ष जनशक्ति विदेशिन बाध्य छन । निजी क्षेत्रबाट संचालित केही अस्पतालले अस्पताल व्यवस्थापनमा दीक्षित जनशक्ति राखेर आफनो व्यवस्थापनमा चुस्तता ल्याएको उदाहरण नेपालमै प्रशस्तै छ।सरकारी अस्पतालबाट सेवा गुणस्तरीय भएन भन्ने गुनासो सबै पक्षबाट आउछ । के–कति कारणले यसको सेवामा चुस्तता आउन नसकेको हो भन्नेतर्फ कसैको ध्यान पुगेको पाइदैंन । उपकरण खरिद घोटालाको कुरा कर्मचारी प्रशासन चुस्तताको अभाव र अन्य व्यवस्थापकीय कमजोरीका कारण आउने हुन् । सरकारी अस्पतालमा दक्ष चिकित्सक वा दक्ष प्राविधिकको कमी छैन । सायद त्यहाँजत्तिको दक्ष चिकित्सक तथा प्राविधिक कर्मचारी हामी सायदै अन्यत्र पाउन सक्छौं । तर बिरामीले भनेको समयमा सेवा पाउँदैनन्। पाइहाले पनि गुणस्तरीय सेवा नपाएको गुनासो आउने गरेको छ । यसको सुधारका लागि के गर्नुपर्छ ? ध्यान जानु जरुरी छ । अनुभवी चिकित्सक तथा प्राविधिक हुँदासमेत के–कति कारणले त्यहाँबाट राम्रो सेवा प्रवाह भइरहेको छैन खोजी हुनुपर्छ । यसको एउटा कारण अस्पताल व्यवस्थापनको चुस्ततामा कमी पनि हुन सक्छ । नेपालमा लोक सेवा आयोगले हालसम्म स्वास्थ्य सेवा वा अस्पताल व्यवस्थापन विषयलाई मान्यता दिएको छैन । हजारौंको संख्यामा अस्पताल व्यवस्थापन चलाउने दक्ष जनशक्ति उत्पादन भएर खेर गइरहँदासमेत लोक सेवा आयोगले यो विषयलाई मान्यता नदिनु तथा पद व्यवस्थापन नगर्नु खेदपूर्ण तथा तितो यथार्थ बनेको छ । सरकारी अस्पतालको व्यवस्थापनमा यस्ता दक्ष जनशक्तिको व्यवस्था गर्ने हो भने केही न केही पक्कै सुधार हुन्छ । दक्ष जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्न तथा नेपालको सरकारी तथा निजी क्षेत्रको सेवाप्रवाहमा गुणस्तर ल्याउन अस्पताल व्यवस्थापनका दक्ष जनशक्तिको पदपूर्ति हुनु जरुरी छ । देश संघीयतामा गएको छ । स्वास्थ्य सेवा सबै नागरिकको मौलिक हकका रुपमा संविधानमासमेत उल्लेख छ । तर सबै नागरिकको अस्पताल तथा स्वास्थ्य संस्थामा पहुँच छैन । सरकारी अस्पतालमासमेत जनताले पाउनुपर्ने आधारभूत सेवा छैन । भएकोमा समेत राम्रो व्यवस्थापन छैन । यदि सरकारी अस्पतालबाट हुने सेवा गुणस्तरीय हुन सक्यो भने पैसा खर्च गर्ने मात्र निजी अस्पताल जाने परिपाटी हट्थ्यो । न्यून आर्थिक अवस्था भएका नागरिक पनि अस्पताल जाने वातावरण बन्थ्यो । सरकारी अस्पतालको बेथिति रोक्न र उत्पादित जनशक्ति व्यवस्थापनका लागि सरकार तथा नीति निर्माताको ध्यान जानु जरुरी छ।

जनकपुरधाम । भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका चर्चित हिन्दूवादी...

जनकपुरधाम । संघिय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका उपप्रधान...

जनकपुरधाम । माछा सुपरजोन जनकपुर धाम ,धनुषा का कार्यालय प्रमुख...

जनकपुरधाम । धनुषाका प्रहरीले पीडितलाई न्याय दिलाउनुको साट्टो पिडकलाई संरक्षण...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा नंंंंं. ६ खुटौनाको...

चन्द्रपुर । रौतहटको बलेरी ईलाका वन कार्यालयको वन क्षेत्रमा एकै...

कुलदिप दास , जनकपुरधाम । धनुषामा बोक्सीको आरोप लगाएको भन्दै...

चन्द्रपुर । रौतहटमा प्रहरीले घरेलु मदिरा उत्पादन र बिक्रि बितरणमा...

चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिकामा बिशेष आर्थिक क्षेत्र (सेज) स्थापना...

रौतहट : कार्यक्रममा प्रदेश नम्बर २ का कृषि भूमि...

जनकपुरधाम । नगर क्षेत्र भित्र एउटै सडकको दोहरो मापदण्ड...

जलेश्वर । राष्ट्रिय जनता पार्टी (राजपा)नेपालका अध्यक्ष मण्डलका संयोजक समेत...

वीरगञ्ज । नेपाली काग्रेस पर्साका सभापति अजय द्धिवेदी सभापति...

जनकपुरधाम । धनुषा जिल्लाको विदेह नगरपालिकाको वडा नम्बर ५ मुडिवा...

इंग्लिस प्रिमियर लिग फुटबलको अर्को सिजनमा भिडियो असिसटेन्ट रेफ्री ‘भार’...

पछिल्लो २४ घण्टामा भारत तथा विश्वभरका बलिउडका प्रशंसक एउटा तस्बिरको...

काठमाडौं । श्रीलंकामा महिन्दा राजापाक्षेका समर्थक र विरोधी सांसदहरुबीच बिहीबार...

काठमाडौं । राज्यविद्रोहकोे मुद्दामा पक्राउ परेका सीके राउतलाई सर्वोच्च...

जनकपुरधाम । प्रदेश २ को नामाकरण र स्थायी राजधानी तोक्न...

जनकपुरधाम । प्रदेश २ को रामजानकी स्टेडियम अन्ततःजनकपुरधाममा ...

वीरगंज। मुख्यमन्त्री लालबाबु राउतले वीरगंज–२ छपकैयास्थित नवर्निमित ...

जनकपुरधाम । धनुुषाका क्षीरेश्वरनाथ...

काठमाडौँ : नेपाल पत्रकार महासङ्घले श्रमजीवी तथा स्वतन्त्र पत्रकारका...

बेनी : पारिवारिक भ्रमणको सिलसिलामा म्याग्दीमा रहनु भएका नेकपाका अध्यक्ष...

काठमाडौं । पूर्वविजेता राष्ट्रिय च्याम्पियन नेपाली सेनाका रत्नजित तामाङ...

बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण यहि बुधबार...

बैंकक । थाइल्यान्डमा भएको बक्सिङ खेलमा १३ वर्षीय बालकको...

काठमाडौं । पुल सुधार तथा मर्मतसम्भार एवं खाद्य तथा...

काठमाडौं । नेपाली कांग्रेसका कार्यकर्ताले गुट–उपगुट अन्त्यको आवाज उठाइरहँदा...

भैरहवा : मालपोत कार्यालय भैरहवाले आजदेखि अनलाइनबाट सेवाग्राहीलाई सेवा प्रदान...

चितवन : कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा विद्यार्थीहरुले आगजनी...

काठमाडौँ : सूचना प्रविधिको उत्कृष्ट प्रयोग गरी कार्य गरेबापत...

जनकपुरधाम : छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो...

सिरहा । बरियारपट्टी गाउँपालिकामा रहेका सरकारी अस्पतालमा औषधिको अभाव भएपछि...

छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा ...

छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै...

अनिल कुशवाहा , महेन्द्रनगर (धनुषा) । ...

जीतपुर । दलित, गरिब तथा बिपन्न बर्गहरुलाई छठ मनाउनकोे लागि...