Mon, 25 Jun 2018
ताजा समाचार
आदिवासी जनजाति चलचित्र महोत्सव हुने || जहदा गाउँपालिकाको रु ४२ करोडको बजेट || विराटनगर महानगरको बजेट न्यून, जनतामा निराशा || बुइपामा पहाडी जिल्लाकै सबैभन्दा ठूलो खेलमैदान निर्माण हुँदै || वीरगन्ज महानगरको बजेट चार अर्ब ९४ करोड || शैक्षिक सुधारका माग राख्दै विद्यार्थीद्वारा आन्दोलन || राष्ट्रिय सभा अध्यक्षबाट सरकारको ध्यानाकर्षण || अधिकार र स्रोत विकेन्द्रित नगरेसम्म संघीयता कार्यान्वयन हुँदैनः सभामुख || चीनमा वातावरणमैत्री रेलसेवा तीव्र विस्तार || दुई साताभित्र जनवर्गीय संगठनबीच एकताः नेता नेपाल || करेन्ट लागेर मृत्यु || सुखीपुर नगपालिकाद्वारा रु ४४ करोड बजेट पारित || मोेटरसाइकल दुर्घटनामा चालकको मृत्यु || ४ करोड बढि लिएर गोयन्का वेपत्ता || एसईईको नतिजा सार्वजनिक || दुबै पक्षका कम्युनिष्टको विचार समान हुनुपर्छ : मुख्यमन्त्री गुरुङ || प्रतिवर्ष १९ अर्बको खाद्यान्न आयात || आइसिपीको मुख्य भवनमा चुहिन थाल्यो || स्वास्थ्य चौकी हस्तान्तरण || शेयर बजार : एक अर्ब भन्दा बढीको कारोबार || सिरहाको ठाडी वाट तेस्रो मुलुकको उत्पादन भारत निकास || अख्तियार चन्द्र मावि सिरहामा || खुकुरी प्रहार गरी हत्या प्रयास || प्रदेश प्रहरी ऐनसँगै निजामति र प्राविधिक ऐन ल्याउने तयारी : || एसईईको नतिजा सार्वजनिक हुदै || प्रदेश नं ४मा प्रादेशिक विवि र प्राविधिक महाविद्यालय स्थापना गर्न || सामाजिक सञ्जालमा जथाभावी पोष्ट नगर्न आग्रह || चालू आवको २३ प्रतिशत बजेट खर्च || नागरिकता र राहदानीको समस्या समाधान गरिदिन ल्हासाका नेपालीहरुको आग्रह || हात्ती प्रभावितलाई नगद सहयोग || बाल विवाह विरुद्ध जनचेतना मुलक कार्यक्रम || अन्तराष्ट्रिय योग दिवस मनाइयो || सबै समुदायमा महिला हिंसा || योगले सकारात्मक सोचको विकास हुन्छ : प्रमुख कायस्थ || अवैध मदिरा बनाउने समान बरामद || सर्लाही कारागारको निर्माण कार्य सुरु भएन || अधिकांश स्थानीय तहको बजेट फ्रिज हुने || करेन्ट लागेर एकको मृत्यु || उद्यमशीलता सम्वन्धी तालिम सम्पन्न || केरियर केयरद्वारा सञ्चालक सम्मान ||
कृषिको अर्थतन्त्र र मधेसको समृद्धि

फाल्गुन ३०, २०७४

  •                      सञ्जय मित्र

 नदीनाला, पोखरी ताल तथा पर्यटकीय गन्तव्य खास धेरै नभएको मधेस प्रदेशले नेपालमा नाम कमाएको भन्ने कृषि क्षेत्र नै हो । कुनै जमाना थियो, नेपालको अन्न भण्डार भनेर सम्भवतः यही प्रदेशलाई भनिन्थ्यो ।  तर अहिले यो प्रदेश खाद्यान्नमा आत्म निर्भर छ कि छैन भनेर प्रश्न उठाउन थालिएको छ । यथार्थ त यही होला कि अन्य प्रदेशको तुलनामा खाद्यान्न उत्पादन यसै प्रदेशको राम्रो छ तर यस प्रदेशमै भारतबाट आयातित चामलको ठूलो बजार पनि रहेको छ । यसले केही मात्रामा यो पनि सम्भावनालाई देखाउँछ कि यस प्रदेशको उत्पादन अन्य प्रदेशमा निर्यात भइरहेको होला । भएको देखिन्छ पनि । यसले के संकेत गरेको छ भने उत्पादन गरेको अन्नमध्ये केही बाहिर पठाउने र बाहिरबाट मगाएर खाने प्रवृत्ति यस प्रदेशका नागरिकमा रहेको छ ।

आर्थिक  रुपले  समृद्ध  हुनुपर्ने  मधेस  वास्तवमा  अर्थतन्त्रको  सबै  संकेतहरुमा  पछाडि  छ  ।  नेपालको  सबैभन्दा  ठूलो  भन्सार यसै प्रदेश २ (मधेस प्रदेश)मा पर्दछ तर  भन्सार  राजस्व  केन्द्र  सरकारको  हुने  भएकोले अन्य आयको त्यत्ति भरपर्दो स्रोत देखिएको छैन राज्यको । यद्यपि सम्भावना भने  निकै  ठूलो  रहेको  छ  ।  अबको  चार  वर्षमा द्रुतमार्गको निर्माण सम्भव यसकारण पनि देखिन्छ कि डिपिआर बनाउँदै नेपाली सेनाले आठभन्दा बढी ठाउँबाट कामको थालनी गरिसकेको छ ।  यो ठूलो योजना सम्पन्न  भएपछि  काठमाडौँको  चाप  कम  गराउन वीरगंज, कलैया, बंकुल, निजगढ, चन्द्रपुर,    कटहरिया    र    आसपासका    अन्य  सानातिना  बजारहरु  केही  वर्षमा  गुल्जार   हुने   कुरामा   विश्वास   गर्न   सकिन्छ । यथार्थमा काठमाडौँ उपत्यकाले सबै  किसिमले  थेग्नेभन्दा  धेरै  मानिस  र  सबारी साधनलाई थेगिरहेको छ ।  शिक्षित  समुदायले  राम्रोसित  यस  कुरालाई   बुझेर   पनि   विकल्पविहीन   अवस्थामा     काठमाडौँलाई     रोज्नुपर्ने     बाध्यताको  द्रुतमार्गको  निर्माणले  अन्त्य  गर्ने कुरामा विश्वास गर्न सकिन्छ । अर्को सम्भावना  निजगढमा  निर्माण  हुने  अन्तर्राष्ट्रिय  विमानस्थलको  पनि  हो  ।  अन्तर्राष्ट्रिय  विमानस्थल  निर्माणले  स्थानीय  सामाजिक  र  भौतिक  विकासमा  कति  धेरै  प्रभाव  पार्दछ  भन्ने  कुरो  भारतको  नयाँ दिल्लीको अवस्थालाई हेर्दा थाहा हुन्छ । अर्को    सम्भावना    जनकपुरलाई    अयोध्यासित  जोड्ने  भारतीय  योजना  रहेको छ । यसै गरी हालै पूर्व प्रधानमन्त्री पुष्पकमल      दाहालले      रौतहटको      चन्द्रपुरमा गरेको एउटा घोषणाले पनि यस प्रदेशको सम्भावनालाई केही बल थपेको छ  ।  नेपाल  सरकारले  जानकी  मन्दिर,  पशुपतिनाथ   र   लुम्बिनीलाई   धार्मिक   पर्यटनको   कोरिडोरमा   जोडेर   लाखौँ   पर्यटक भित्र्याउन सकिन्छ ।  वीरगंज र जनकपुर  क्षेत्रका  केही  उद्योगहरुले  पनि  राज्यको  विकासमा  टेवा  दिने  कुरामा  धेरैले विश्वास गरेका छन् । केही मात्रामा बाँकी रहेको जंगललाई जोगाउन सक्यो भने   केही   वर्षपछि   अर्थतन्त्रमा   यसले   सकारात्मक योगदान दिन सक्छ । व्यवसाय क्षेत्र पनि निरन्तर फस्टाइरहेकै हो, यसले सकारात्मक   सहयोग   पाइरह्यो   भने   प्रदेशको  विकासमा  यसले  योगदान  दिने  कुरामा दुई मत नहोला । नदीनाला,    पोखरी    ताल    तथा    पर्यटकीय  गन्तव्य  खास  धेरै  नभएको  मधेस  प्रदेशले  नेपालमा  नाम  कमाएको  भन्ने कृषि क्षेत्र नै हो । कुनै जमाना थियो, नेपालको  अन्न  भण्डार  भनेर  सम्भवतः  यही प्रदेशलाई भनिन्थ्यो ।  तर  अहिले  यो  प्रदेश  खाद्यान्नमा  आत्म निर्भर छ कि छैन भनेर प्रश्न उठाउन थालिएको छ । यथार्थ त यही होला कि अन्य प्रदेशको तुलनामा खाद्यान्न उत्पादन यसै  प्रदेशको  राम्रो  छ  तर  यस  प्रदेशमै  भारतबाट   आयातित   चामलको   ठूलो   बजार पनि रहेको छ । यसले केही मात्रामा यो  पनि  सम्भावनालाई  देखाउँछ  कि  यस  प्रदेशको  उत्पादन  अन्य  प्रदेशमा  निर्यात  भइरहेको  होला  ।  भएको  देखिन्छ  पनि  ।  यसले  के  संकेत  गरेको  छ  भने  उत्पादन  गरेको  अन्नमध्ये  केही  बाहिर  पठाउने  र  बाहिरबाट  मगाएर  खाने  प्रवृत्ति  यस  प्रदेशका नागरिकमा रहेको छ ।  स्वतन्त्र  व्यापारको  दृष्टिले  यस  अवस्थालाई राम्रो मान्न सकिन्छ तर यस तथ्यभित्र देखिएको सत्य के हो भने यस प्रदेशले  उब्जाउने  गरेको  खाद्यान्नभन्दा  फरक किसिमको खाद्यान्नमा रुचि रहेको छ  ।  फरक  किसिमको  खाद्यान्न  ल्याउँदा  लाग्ने रकम र यस प्रदेशले अन्य प्रदेशमा खाद्यान्न पठाउँदा आउने रकममा के कति भिन्नता छ ? अर्थात खाद्यान्नको आयात निर्यात व्यापारमा यस प्रदेशलाई के कति नाफा  छ  वा  घाटा  छ  भन्नेतिर  पनि  अब  ध्यान जानु आवश्यक भइसकेको छ । यसले  यो  प्रदेश  नेपालको  अन्न  भण्डार  हो  कि  होइन  भन्ने  कुरालाई  एकातिर  पुष्टि  गर्दछ  भने  अर्कोतिर  यस  प्रदेशलाई  सन्तुलनमा  राख्न  र  त्यहीबाट  समृद्धिको   बाटोमा   डो¥याउन   सजिलो   हुने  छ  ।  प्रदेशले  खाद्यान्नमा  आत्म  निर्भरता   प्राप्त   गरेपछिको   अवस्थामा   त्यसैमा  आधारित  उद्योग  र  व्यावसायको  विकास गर्ने तथा कृषिको व्यावसायीकरण गर्ने दिशामा फड्को मार्न सजिलो हुन्छ । वर्तमानमा   कृषिको   समृद्धिबाट   नै   प्रदेशले समृद्धिको यात्रा तय गर्नुपरेको छ । निकै कम भूगोलमा अत्यधिक जनसंख्या यसको  चुनौती  रहेको  छ  ।  देशको  बीस  प्रतिशत  जनसंख्या  बसोबास  गर्ने  यस  प्रदेशलाई   अन्य   प्रदेशले   बजार   मात्र   नदेख्ला   भन्न   सकिन्न   ।   यसकारण   सबैभन्दा  पहिले  यसको  कृषिलाई  दुई  किसिमले   आधुनिकीकरण   गर्नु   जरुरी   छ । पहिलो त भूमिगत सिँचाइलाई विशेष प्राथमिकतामा  राखेर  कृषियोग्य  सम्पूर्ण  जमिनलाई  विद्युतीय  सिंचाइको  पहुँचमा  पु¥याउनु पर्दछ । नहरको   सिंचाइ   करिब   असफल   भइसकेको  छ  ।  किसानलाई  जुन  दिन  र  जतिखेर पानी चाहिन्छ, त्यो चाहिँ नहरको सिँचाइबाट सम्भव देखिएको छैन । नहरमा धेरै  प्राविधिक  कारणले  चाहिएको  वेला  खेतमा पानी पुग्न नसक्ने र पानीको त्यत्ति आवश्यकता  नभएको  समयमा  खेत  भने  डुबानमा पर्ने देखिएको छ ।   नहरको   छेउमा   रहेको   खेतको   किसानले पनि गहुँको खेती गर्दा बोरिङको पानी  पटाउनु  परेको  छ  ।  नहरको  पानीले  कुनै  किसानले  आलु  खेती,  प्याज  खेती  र  खुर्सानी  खेती  गर्न  सम्भव  देखिँदैन  ।  मसुरोको सिँचाइ र तोरीको सिँचाइ नहरको पानीले  गर्ने  हो  भने  दुवै  बाली  खेतमै  सखाप भइहाल्छन् । धान खेतीको समयमा पनि नेपालले धान  दिवस  मनाउने  दिन  असार  १५  मा  कुनै  पनि  वर्ष  प्रदेशको  ठूलो  सिँचाइ  आयोजनामध्ये  एक  बागमती  सिँचाइले  नहरमा पानी छोडेको हुँदैन । कहिलेकाहीँ त  के  पनि  पाइएको  छ  भने  नहर  हुने  खोलामा  नहर  निकालिएको  मुहानभन्दा  केही वा धेरै माथि कुनै उद्योगले विषाक्त पानी   छोडिदिन्छ   जसले   गर्दा   नहरले   सिँचाइ  गर्ने  किसानको  खेतको  बाली  नै  सखाप हुन्छ ।  यी  र  यस्ता  तथ्यहरुकै  आधारमा  सजिलोको लागि नहर सिँचाइलाई वर्तमान अवस्थामै  कायम  राख्दै  यसले  जमिनको  सतहको  पानी  कम  हुन  नदिने  उपयोगमा  ल्याउने गरी राख्नु पर्छ । तर यथार्थमा भने सबैभन्दा बढी काम लाग्ने भनेकै भूमिगत सिंचाइ नै हो । किसानलाई सबैभन्दा बढी भरपर्दो  गरी  विद्युतीय  भूमिगत  सिँचाइ  सुविधा  प्राप्त  भएमा  यथार्थमा  यो  प्रदेश  केही  दिनमै  उत्पादनको  दृष्टिले  भारतको  हरियाणा  र  पंजाबजस्तै  नाम  कमाउन  सक्छ । खेत    खेतमा    सुलभ    सिँचाइको    लागि  जसरी  भूमिगत  विद्युतीय  सिँचाइ  महत्वपूर्ण  छ  ।  त्यसै  गरी  अर्को  अति  महत्वपूर्ण विषादीरहित खाद्यान्न उत्पादन पनि   हो   ।   हामीले   उब्जाउने   भन्दा   सस्तोमा  बाहिरबाट  खाद्यान्न  आइरहेको  छ  र  हामीले  निर्वाध  उपभोग  गरिरहेका  छौँ  ।  हामीले  पनि  अनियन्त्रित  विषादी  तथा   रासायनिक   मलको   प्रयोग   गरेर   एकातिर   कृषि   भूमिलाई   बिगारिरहेका   छौँ  भने  अर्कोतिर  स्वास्थ्यलाई  कमजोर  बनाइरहेका छौँ । अन्य प्रदेशको तुलनामा मधेसका  नागरिकको  औसत  आयु  र  समग्र स्वास्थ्य स्थिति कमजोर बनाउनुमा मधेसमा  उत्पादन  हुने  तथा  बाहिरबाट  आउने खाद्यान्न र तरकारी पनि हुन् भन्ने कुरो  नबुझी  नहुने  भएको  छ  ।  सकेसम्म  रायानिक  मल  र  विषादीको  प्रयोगलाई  कम गर्दै अर्गानिक कृषिलाई प्राथमिकता दिने अभियान चलाउनु आवश्यक छ । अर्गानिक     उत्पादनले     ग्राह्यता     पाउन  सकेमा  यसले  अनेक  किसिमको  रोग  लाग्ने  बाटो  नै  बन्द  गरिदिने  कुरामा  विज्ञहरु सहमत छन् । मधेस प्रदेशले कृषि क्रान्ति गर्ने बाटोमा कृषिको विविधीकरण र   व्यावसायीकरणका   साथै   कृषिमा   आधारित   उद्योगहरुलाई   प्राथमिकतामा   राख्नु परेको छ । यसै गरी कृषि उपजको मूल्य निर्धारण गरी कुनै पनि किसानले आफ्नो उत्पादन बेच्नासाथ मूल्य पाउने वातावरण बनाउनु आवश्यक  छ  ।  देशलाई  चिनी  पु¥याउन  सक्ने  क्षमता  भएको  मधेस  प्रदेशका  उखु  किसानहरुको  बेहाल  छ  ।  तीन  तीन  वर्ष  पहिले   उखु   बेचेको   तर   अहिलेसम्म   त्यसको मूल्य पाउन नसकेको पीडादायी अवस्था  कृषिको  अन्य  क्षेत्रमा  चाहिँ  नसरोस्  ।  कृषिले  पनि  समृद्धि  दिन  सक्छ भन्ने धारणा लिएर काम गर्ने हो भने समृद्धि धेरै टाढा होइन पनि । अझ कृषिमा   आधारित   सहकारीहरुमार्फत   प्रदेश   सरकारले   कृषिको   समृद्धिको   अभियानलाई  अगाडि  बढाउने  हो  भने  सहकारीले  विमा  पनि  गरिदिने  नियम  बनाउँदा  किसानले  धेरै  घाटा  बेहोर्नुपर्ने  युगको समाप्ति हुने तथा कृषिमा युवाको आकर्षण  बढ्ने  हुन  सक्छ  ।  जबसम्म  युवा  समुदायले  कृषिमा  अन्तर्हृदयदेखि  लाग्ने  अवस्था  आउँदैन  तबसम्म  कृषि  निर्वाहमुखीभन्दा  उँभो  लाग्न  सक्दैन  ।  कतै नखप्ने जनशक्ति कृषिमा रहन्छ भन्ने अवधारणालाई बदल्नु परेको छ ।  कृषिले  जीवनको  समग्र  क्षेत्रमा  प्रभाव पार्ने भएकोले यसलाई अत्यधिक नाफामुखी,  रोजगारमुखी,  उत्पादनमुखी,  उद्योगमुखी,     समृद्धिमुखी     बनाउन     प्रदेशले पहिलो प्राथमिकतामा कृषिलाई राख्नु परेको छ । प्रदेशको कूल गार्हस्थ उत्पादनमा कृषिको योगदानलाई निरन्तर बढाउँदै लैजाने दृष्टिकोण राख्नु अहिलेको आवश्यकता हो ।

काठमाडौँ : बहुभाषिक तथा बहुसाँस्कृतिक मुलुक नेपालको पहिचानलाई प्रवद्र्धन...

विराटनगर : मोरङका दक्षिण पूर्वी गाउँपालिका जहदाले आगामी आर्थिक...

विराटनगर : सरकारले गत जेठ १५ गते सार्वजनिक गरेको...

खोटाङ : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा पूर्वी पहाडी जिल्लाकै...

पर्सा : वीरगन्ज महानगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ का लागि...

काठमाडौँ : साना आठ विद्यार्थी संगठनले शैक्षिक सुधारका माग...

काठमाडौँ : राष्ट्रियसभाका अध्यक्षले विशेष समयमा सांसदले उठान गर्नुभएका...

चितवन : सभामुख कृष्णबहादुर महराले अधिकार र स्रोतलाई विकेन्द्रित...

छेन्दु, सिचुवान : काठमाडौँमा रेलसेवाको सम्पर्क सञ्जाल जोड्ने चर्चा...

चितवन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता...

चितवन : भरतपुर महानगरपालिका– ११ मा आज करेन्ट लागेर...

लहान : सिरहा सुखीपुर नगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ का...

राजविराज : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको सीतापुरमा आज मोटरसाइकल...

जनकपुरधाम । बीरगञ्जबाट व्यवसायी ...

भक्तपुर : २०७४ सालमा भएको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा...

बेँशीसहर, लमजुङ : प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा...

काठमाडौँ : कृषिको परनिर्भरता उच्च बिन्दुमा पुगेपछि यसप्रति सर्वत्र...

पर्सा : वीरगन्जको अलौँमा निर्माण भएको एकीकृत चेकजाँच चौकी...

दाङ : दाङ देउखुरीस्थित गढवा स्वास्थ्य चौकीको भवन निर्माण सम्पन्न...

काठमाडौँ : धितोपत्र बजारमा यस साता रु एक अर्ब...

सिरहा । तेस्रो मुलुकको मालसमान तथा उत्पादन निर्यात गर्न कानुनी...

लहान । अख्तियार दुरुपयोग अनुसन्धान कार्याल ईटहरीले भ्रष्टाचार नियन्त्रणमा विद्यार्थीहरुको...

वीरगञ्ज : प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले...

काठमाडौं - २०७४ सालमा भएको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा...

काठमाडौँ । प्रदेश नं ४ मा प्रादेशिक विश्वविद्यालय र प्राविधिक...

काठमाडाँै : प्रेस काउन्सिल नेपालले सामाजिक सञ्जालमार्फत जथाभावी अशिष्ट...

धनगढी : प्रदेश नं ७ को प्रदेश सरकारले चालू...

ल्हासा, चीन : चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेका नेपालीले...

जनकपुरधाम । धनुषाको धनौजी गाँउपालिकामा दुई दिने बाल विवाह विरुद्ध...

जनकपुरधाम । चौथो अन्तराष्ट्रिय योग दिवस जनकपुरसहित विश्वभरि...

लहान । सिरहा जिल्लाको विष्णुपुर ...

जनकपुरधाम । नेपाल समृद्ध बनाउन सबै नेपाली स्वस्थ हुनुपर्ने र...

जनकपुरधाम । धनुषा जिल्लाको विभिन्न स्थानहरुबाट अवैध मदिरा र बनाउन...

मलगंवा । जिल्ला कारागार सर्लाहीको भवन निर्माणकार्य...