Sun, 23 Sep 2018
ताजा समाचार
लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा || नेपाल प्रहरीको छवि धुमिल बन्दै || वडा अध्यक्षव्दारा ज्ञापन || खोलामा डुबेर एक जनाको मृत्यु || बारापर्सामा पेट्रोलियम पदार्थको अभाव || नगरस्तरमा बालबालिकाकोलागी अनिवार्य बजेट विनियोजन गरिने : || मुख्यमन्त्री राउतद्वारा राहत प्रदान || अमेरिकामा एक नेपालीसहित तीनको हत्या || मोहर्रममा हिन्दू समुदायको पनि उत्साह || नेकपामा मातृकालाई लोप्पा, महासेठ पक्ष सशक्त || यथास्थितिमा संविधान स्वीकार्य छैन् : मुख्यमन्त्री राउत || मोटरसाइकल ठोक्किदा एकको मृत्यु, एक घाइते || मैथिली फिल्म "दहेजक पिरा"को पोस्टर सार्वजानिक || मातृका र रघुबीरको सम्पती छानविन गर : नेता झा || वीरगञ्ज महानगरपालिकाका २ कर्मचारी सहित ३ तीन पक्राउ || मोहर्रम पर्व मनाइँदै || सहमतिपछि यातायात सञ्चालन || संविधान कार्यान्वयन गर्न निकै चुनौती : नेता महतो || घुस लिएको अभियोगमा दुई जना पक्राउ || महोत्तरी जमुनियाँमा प्रहरी पोष्ट स्थापना || लामो दुरीमा गाडी नचल्दा यात्रुहरु अलपत्र , सामान ढुवानी पनि || मल बन्दरगाहमै थन्कियो || खेलकूदले देशलाई चिनाएको छ: मन्त्री विश्वकर्मा || पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग || डिजिटल प्रणालीको शुभारम्भ || विष्टको निधनप्रति काँग्रेसद्वारा दुःख व्यक्त || महान्यायाधिवक्तविरुद्ध खनिए ट्रम्प || माछापालन योजना || मदिरा नष्ट || एक बन्दीको मृत्यु || मुसहर बस्तीमा संविधान दिवस, संविधान सबैको साझा छहारी होस् || मौका परीक्षाको नतिजा सार्वजनिक || सीके राउतका १०० बढी कार्यकर्ता पक्राउ || डा.सीके राउतका समर्थकहरुले निकाले हजारौको संख्यामा रयाली || निर्वाचन कार्यक्रम सार्वजनिक || पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग || समृद्धिको राष्ट्रिय दायित्वमा सहयोगी हुन प्रधानमन्त्रीको आह्वान || विधार्थी फोरमको जिल्ला अधिवेशन संपन्न || लागुऔषधसहित एक पक्राउ || एसिड आक्रमणको आरोपमा एक युबक पक्राउ ||
नयाँ अठोट, नयाँ संकल्प

चैत्र ४, २०७४

  •         किशोर नेपाल

                 देशकाल 

एकातिर भ्रष्टाचारले समाजलाई दग्ध पार्दैे लगेको छ भने अर्कोतिर विकासका परिणामहरु राजनीतिको घेरोमा परेका छन । धेरै ठूला प्रभावशाली नेताहरुका लागि सरकार एटीएम मसिन वनेको छ ।

जुन  पध्दति,  प्रक्रिया  र  व्यवहारकुशल  ढंगले   देशमा   संघीयताको   यात्रा   शुरु   हुनुपर्ने थियो, त्यो भएन । नेपाली राज्यको सम्पूर्ण  स्वरुप  परिवर्तनको  तयारीमा  रहेका  वेला जुन हिसावले सात राज्यको विभाजन गरियो,  यो  न  त  सीमांकनका  हिसावले  व्यवहारिक  थियो  न  त  जनताको  भावना  अनुरुप नै थियो । त्यो    अवस्था    पार    भै    सकेको    छ । यतिवेला विभिन्न सात संघ अन्तर्गतका स्थानीय निकायहरुको चुनाव भै सकेको छ, विधिवत   रुपलेराज्यपालहरुको   नियुक्ति,   प्रदेश  सभाको  गठन,  मुख्यमन्त्रीको  चयन  तथा  प्रादेशिक  मन्त्री  परिषदको  निर्माणको  काम पनि लगभग टुंगिन लागि सकेकोछ । तर  पनि,  केन्द्रीय  प्रशासनको  प्रभाव  र  निर्देशनबाट  संघहरु  मुक्त  छैनन  ।  एक  त  संघीय  संरचनाको  निर्माण  नै  भएको  छैन,  अर्को  यसको  व्याख्याजसरी  गरिएको  छ  निश्चय पनि त्यो राम्रो कुरा होइन । राज्यको प्रशासनिक  संरचनालाई  केन्द्रीय  प्रभावले  थिच्ने हो भने प्रादेशिक प्रशासनको कल्पना नै नगरे हुन्छ । हिजो जसरी प्रमुख जिल्ला अधिकारीहरु  केन्द्रीय  आधारमा  आर्थिक  र  प्रशासनिक  निर्णय  गर्दथे  त्यही  खालको  अवस्था अहिले पनि विद्यमान रहने संकेत देखिएका छन । यो वाहेक मानसिक तहमा पनि  हिजोआज,  नेपाल  संघीय  राज्यमा  जानै  सक्दैन,  संघीय  राज्यमा  जान  यसको  आर्थिक  स्रोत  नै  पर्याप्त  छैन  भन्ने  तर्क  अगाडि सारिएको छ । यो एकप्रकारको भ्रम र  भ्रान्ति  हो  ।  राज्यको  पुनर्गठनहुन्छ  भने,  नयाँ चिन्तन अनुसार राज्यको निर्माण हुन्छ भने  जनता  त्यसका  लागि  समर्पित  भएर  लाग्नेछन । नेपाललाई  संघीय  मोडमा  लैजान  धेरै  काम भएका छन । यही संघीयताको अस्त्र थियो  जसले  देशलाई  गतिशील  मोडमा  लैजान सक्दछ भन्ने अस्त्रको काम गर्यो । निश्चय  पनि,  संघीय  नेपालको  निर्माणमा  मधेश–तराईको दवाव धेरै रह्यो । तर, प्रदेश निर्माणका  हिसावमा  पहाडी  राज्य  सहमत  थिएनन भन्ने सत्य होइन । जनसंख्या,    उत्पादन,    समाज    र    जीवनशैलीका आधारमा अहिले पनि मधेश पहाड दुवैतिरका जात–जातिहरु संगै छन । कतिपय अनुदारवादीहरुले मधेशको निर्माण मधेशीले  मात्रै  गरेको  हो  भन्ने  विचार  अहिले  पनि  राखेका  छन  ।  मधेशप्रतिको  अनुदारभाव  वा  दुर्भावले  नेपाली  राष्ट्रियता  वलियो  तुल्याउँदैन  ।  नेपाली  राष्ट्रियताको  आफनै रंगछ र आफनै रुपछ । यति कुरामात्र वुझने  हो  भने  संघीय  गणतन्त्र  नेपालका  लागि दरो व्यवस्था हुनेछ ।नेपाली  राज्यको  व्यवस्थापनगर्नु  त्यति  सजिलो छैन । अहिलेसम्म नेपाली राज्यको केन्द्रीय  हैसियत  एउटा  सानो  शासकीय  वर्गमा निहित रहेको छ । यो वर्गमा सम्भ्रान्त मधेशीहरुको  पहुँच  रहेपनि  मधेश  तराईका  नाममा   फैलिएको   नेपाली   भू   भागका   जनतामा यसको कुनै पहूँच छैन । परिवर्तनका एजेण्डाहरु कुनै एउटा सानो वर्गतिर लक्षित हुँदैन   ।   यसले   वहु–आयामिक   ढंगले   समाजमा परिवर्तन खोज्दछ । यो मामिलामा पनि हामी नेपालीहरु पछाडि छोडिएका छौं । नेपालको  राज्य  व्यवस्थामा  आमूल  परिवर्तनको  खोजी  थियो  २०६२–६३  को  आन्दोलन  ।  तर,  त्यसले  व्यापकतालिन  पूरै   एक   दशक   लाग्यो   ।   संविधानको   निर्माण   भइ   रहेको   अवस्थामा   देशमा   जसप्रकारका हिंसात्मक क्रिया र प्रतिक्रिया देखियो  त्यो  सामान्य  जनताको  आग्रह  थिएन  ।  पूरै  देशलाई  आर्थिक,  सामाजिक  र  धार्मिक  सिण्डिकेटका  रुपमा  चलाउँदै  आएकाहरु   नै   हिंसाका   लागि   सक्रिय   भए  ।  त्यतिबेला  सरकार  र  प्रतिपक्षीहरुले  दूरदर्शी भाव देखाउन सकेनन । अन्ततः त्यो घटनाले  मधेश  तराइका  नाममा  अहिलेको  संविधानमा नराम्रो दाग लगाएरै छाड्यो ।आजभन्दा पहिले परिवर्तनका लागि जे जति पनि घटना भएका छन ती घटनालाइ परिप्रेक्ष्यमा  राखेर  नहिंडेसम्म  हाम्रो  उन्नति  सम्भव  छैन  ।  जुन  समाज  अगाडि  वढन  चाहन्छ त्यसले आफनो पिठ्यूँमा अर्काको अतिरिक्त  भारी  वोकेर  हिंडदैन  ।  अतिरिक्त  भारीले थोरै आम्दानी वढला । तर  त्यसले  आफनो  मुख्य  काममा  हानी   गर्दछ   ।   खासगरेर,   हाम्रो   जस्तो   साना   किसानहरुको   ठूला   ठूला   समूह   रहेको   समाजमा   आम्दानीमा   विचलन   वढनु  राम्रो  कुरा  होइन  ।  अहिले  हामी  नेपालीले  श्रमशक्तिको  चिन्ता  लिनु  परेको  छ । विभिन्न खाडी राष्ट्रमा कामको खोजमा पुगेका   नेपालीहरुले   जे   जति   कमाउन   सकेका  छन  त्यसले  उनीहरुको  आफनै  जीवन असन्तुलित वन्न पुगेकोछ ।यतिवेला  हाम्रा  राज्यहरुमा  निर्माण  र  विकासको  अभियान  घनीभूत  हिसावले  चल्नुपर्ने  हो  ।  प्रदेश  स्तरका  कार्यालय  स्थापनागर्न  भवन  छैन  ।  हिजो  सीडीओ  अटाउने  कोठामा  वसेर  आज  प्रादेशिक  प्रशासन चलाउन पनि सकिदैन । नयाँ वनेका राज्यमा   विकासको   सन्जाल   निर्माणगर्ने   चाहना स्वाभाविक हो । अहिले    त    हामीसंग    प्रादेशिक    राजधानी  भन्न  सुहाउने  शहर  पनि  छैनन  ।  प्रादेशिक राजधानी भन्ने वित्तिकै मानिसको आवागमन  वढदछ  ।  कामको  खोजीमा  आउने   श्रमिकहरुको   संख्या   वढछ   नै,   विद्यार्थीहरुको   संख्या   पनि   त्यसरी   नै   वढदछ  ।  प्रदेशको  राजधानीले  आफनो  मात्रै व्यवस्था गरेर पुग्दैन । संगै रहेका अन्य शहर–बजारलाई  पनि  ध्यान  दिनु  पर्दछ  ।  प्रादेशिक राजधानी हुने वित्तिकै त्यहाँ सहज ढंगले  केही  उत्पादन  हुने  होइन  ।  एकातिर  यो  वाध्यता  छ  भने  अर्कोतिर  प्रदेशको  राजधानीका हिसावले सवै क्षेत्रको सन्तुलित विकासमा ध्यान दिनु त्यत्तिकै जरुरी छ । यी तमाम चुनौतिहरुका वीचमा चुनौति वनेका छन कर्मचारीहरु । उनीहरुका लागि आफनो  सुविधा  पहिलो  हुन्छ  र  त्यसपछि  मात्र  राज्यको  ।  देशमा  उदार  प्रजातन्त्रको  स्थापनादेखि    अहिलेसम्म    कर्मचारीकै    गुनासो वढी देखिन्छ । घूसखोरी र पचासौं प्रकारका अपचलनहरुले समाज थिलथिलो भएको छ । यो  अवस्था  भएर  पनि  गर्नुपर्ने  काम  त  जसरी  पनि  गर्नु  नै  पर्दछ  ।  भोलिका  दिनमा  संघीय  प्रयोग  असफल  भएछ  भने  त्यसको दोष राजनीतिज्ञको थाप्लामा भन्दा कर्मचारीको थाप्लामा वढी थुप्रिनेछ । यद्यपि, संघीय  सत्तामा  राजनीतिको  रुपान्तरणको  यो  अवस्थामा  केही  वोल्नुपनि  नकारात्मक  ठहरिएला  ।  तर,  यो  विचारलाई  त्यस्तो  आग्रहका साथ लिनुपर्ने आवश्यकता छैन ।संघीय    राज्यको    संचालन    निकै    कष्टपूर्ण  अवस्थामा  भएको  छ  ।  एकातिर  भ्रष्टाचारले  समाजलाई  दग्ध  पार्दैे  लगेको  छ  भने  अर्कोतिर  विकासका  परिणामहरु  राजनीतिको घेरोमा परेका छन । धेरै ठूला प्रभावशाली नेताहरुका लागि सरकार एटीएम मसिन वनेको छ । कुनदिन मसिनले  त्यो  एटीएम  कार्डलाई  अस्वीकार  गरीदिन्छ  त्यो  दिन  हामीले  थाह  पाउने  छौं  देश  कहाँ  पुगेको  छ  ।  अहिलेका  लागि  संघीयताको दह«ो प्रयोगले प्रदेशको परिदृश्य वदल्ने हो । यो नै अठोट हो र यो नै सपना हो ।

काठमाडु । साउथ ह्याम्पटनलाई हराउँदै लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको...

काठमाडु । अपराध अनुसन्धानमा अब्बल मानिँदै आएको नेपाल प्रहरी पछिल्लो...

जनकपुरधाम । कमला नगरपालिकाका वडाअध्यक्षहरुले नगरप्रमुख रामउदगार गोइतलाई शनिवार ९...

भद्रपुर : खोलामा डुबेर मेचीनगर–८ सालघारीका ३६ वर्षीय शिवु...

जीतपुर : मुलुकी ऐनमा सवारी चालक सम्बन्धि गरिएको ब्यवस्थाको परिवर्तनको...

बर्दिबास : बालबालिकाले भयत्रासमुक्त वातावरणमा सुरक्षित र...

राजविराज : प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले...

वाशिङ्टन, डिसी : अमेरिकाको मेरिल्याण्ड राज्यमा भएको गोली काण्डमा...

नेपालगञ्ज, बाँके : मुस्लिम समुदायको पर्व मोहर्रममा नेपालगञ्जमा हिन्दू...

काठमाण्डु । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले टुंगो लगाएको प्रदेश ईञ्चार्ज ...

राजविराज । संविधान संशोधनको विषयमा वहस चलिरहेको बेला प्रदेश २...

सिरहा । जिरोमाइल देखि बरियारपट्टि जाने सडकखण्ड...

जनकपुरधाम । धिरेन्द्र मल्टिमेडिया प्रालिको प्रस्तुति रहेको चलचित्र...

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता रामचन्द्र झाले सरकारमा...

वीरगञ्ज । सेवाग्राहीसित घुस लिएको आरोपमा अख्तियारको टोलीले वीरगन्ज महानगरपालिकाका...

नेपालगञ्ज : इस्लाम धर्मावलम्बीको मोहर्रम पर्व बाँकेमा पनि धुमधामका...

बुटवल : मुलुकी संहितामा सवारी चालकका लागि ल्याइएको प्रावधानको...

कञ्चनपुर । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका नेता राजेन्द्र...

पर्सा : विद्यालयको अनुमतिपत्र दिन रु एक लाख घुस...

बर्दिवास । महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका–६ जमुनियाँ चोकमा आज...

जनकपुरधाम । चालकहरुको बन्दले जनकपुरधाम लगायत तराईका ...

वीरगञ्ज : नेपाल आयात गर्न लागिएको मल सिर्सियास्थित सुख्खा...

कास्की : सङ्घीय सरकारका युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले...

काठमाडौँ : प्रतिनिधिसभा बैठकमा सांसदले संविधान कार्यान्वयन गर्न मौलिक अधिकारसम्बन्धी...

विराटनगर : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले...

काठमाडौँ : नेपाली काङ्ग्रेसले अछामका पार्टी क्रियाशील सदस्य टेकबहादुर...

वासिंटन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले महान्यायाधिवक्ता जेफ सेसन्सप्रति तिखो...

सिरहा । माछा उत्पादन बढाई नगरक्षेत्रलाई समृद्ध बनाउने योजना सिरहाको...

लहान : सिरहा प्रहरीले जिल्लाको विभिन्न स्थानबाट डेढ हजारभन्दा...

गौशाला : महोत्तरी जिल्लाको जलेश्वर कारागारका एक बन्दीको गए राति...

बर्दिवास : महोत्तरी बर्दिवास–१४ स्थित एकीकृत नमूना मुसहर बस्तीका...

भक्तपुर : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि...

जनकपुरधाम । धनुषाबाट प्रहरीले सीके राउतका समर्थक १०० भन्दा बढीलाई...

जनकपुरधाम । संविधान जारी भएको दिनको विरोधमा ‘स्वतन्त्र मधेस गठबन्धन’ले...

काठमाडौँ : प्रतिनिधिसभाअन्तर्गतका १० वटा विषयगत समितिका सभापति चयनका...

काठमाडौँ : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पेट्रोलियम पदार्थको...

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि राष्ट्रिय सङ्कल्प...

रौतहट । समाजवादी विधार्थी फोरम नेपाल जिल्ला कार्य समिति रौतहटको...

वीरञ्ज : भारतबाट लुकाइछिपाइ नेपालतर्फ ल्याइरहेको अवस्थामा सशस्त्र प्रहरी...

चन्द्रपुर । दुई किसोरी लाई एसिड आक्रमणको आरोपमा प्रहरीले एक...