नेपालअहिलेको अवस्थामा झण्डै झण्डै स्रोत मुक्तमुलुकको हैसियतमा देखिएको छ । गरिवीको जनजालबाट देशलाई बाहिर ल्याउन सबैले उत्तिकै मेहनितगर्नुपर्छ । त्यसो भएनभने अहिले शुरु भएका लोकतान्त्रिक अभियानहरुको खासै अर्थ रहनेछैन
स्थानीय निकाय, प्रदेश सभा तथा केन्द्रीय संसदको चुनाव सकिएपछि गणतन्त्रका यी सवै अवयवले आ–आफनो काम शुरु गर्नुपर्ने हो । तर, त्यस्तो केही देखिएको छैन । काम कतै पनि शुरु भएको छैन । वामपन्थी गठवन्धनका नेताव्दय के.पी. ओली र पुष्पकमल दाहालले आपूmहरुले सक्नुपर्ने काम पनि वाँकी राखेका छन । अहिलेकै गतिमाएमाले–माओवादी गठवन्धन अघि वढने हो भने अर्को चुनावसम्मपनियसको निष्कर्ष निस्किने छैन । चुनावको जोशमाभएको एमाले–माओवादीमिलनमाअहिले नै ढुँसीपर्नु आवश्यकथिएन । तर, अहिले ढुँसी परेको स्पष्ट देखियो । ओली–दहालवीच मुस्कानको आदान–प्रदानमाकुनै कन्जुशी देखिदैन । तर, उनीहरुकावीचखुलेर वार्ताहुने अवस्थापनि रहेको छैन ।आपूmलाई प्रचण्ड निकटस्थ वताउने एकजनापत्रकार साथीले दिएको जानकारी अनुसार प्रचण्डमा पहिलेको जस्तो राजनीतिकजोश र आवेग छैन । यौवनले भरिपूर्ण प्रकाशको चितामाआगो लगाएदेखि प्रचण्डको अनुहारमाआवेग र संवेग कसैले देख्न पाएका छैनन । उनकीधर्मपत्नी सीतापनिविरामी छिन । प्रचण्डका सन्तानमाअवदुइ छोरीमात्रवाँचेका छन । यो अवस्थामा प्रचण्डका लागिआपूmलाई सम्हाल्नु निकै कठिन भएकोछ ।राजनीतिकहिसावले पनिएमालेसंग माओवादीको मेलमिलापअसहज देखिन्छ । यीदुइदलकावीच न सैध्दान्तिक निकटता छ र स्पष्टता । एमाले अहिलेकै गतिमा अघि वढने हो भने एमाले र माओवादीका नेताहरुलाई उनकाकार्यकर्ताहरुले धेरै पछाडि छोडेर हिंडनेछन । राजनीतिक सत्ताको प्राप्ति र त्यसैबाट आफ्नाकार्यक्रमहरु समाजमा प्रस्तुतगर्ने ध्यलिएर अगाडि बडेकामाओवादीकार्यकताृहरुकालागि यो अवस्थाशुन्यको अवस्थाहो । यस्तो शुन्यमाअहिसावादीहरु टिक्न सक्दछन् तर हिंसावादीहरु कालागि यो अफ्ठ्यारो अवस्थाहो । अहिलेसम्म पार्टी भित्र प्रचण्डले कार्यकर्ताहरुलाई जोगाउँछन् भन्ने जुनआशाथियो त्यो आशाचिसो हुँदै गएको छ । प्रचण्ड आफ्नाकार्यकर्ताहरुलाई त्यतिकै छोड्न चाहदैनन् तर उनीहरुलाई कहाँ लगेर एडजस्ट गर्ने हो त्यसको टुंगो लगाउन सकेका छैनन् । विगतमा सम्पन्न स्थानीयप्रादेशिक र केन्द्रीयतहको चुनावको परिणामले माओवादीलाई एमाले भन्दानिकै पछाडी देखाएको छ । साच्चै भन्ने हो भने माओवादीहरुले त्यतिथोरै शक्तिकाआधारमका राज्य परिवर्तन गर्ने सोचेकाथिएनन् होला । यतीबेला नेपालीकांगे्रसका सभापतितथापुर्व प्रधानमन्त्रीगिरिजा प्रसादकोइराला राजनीतिको शिर्ष स्थानमाहुनुहुन्थ्यो । राजाले प्रजातान्त्रिकअधिकारहरुखोसेर एकाधिकारवादी राज्य संंचालनगर्न थालेकोमाकोइराला रिसाउनु स्वभाविकथियो । अन्त त कोइरालाले माओवादी सँग सहयोगको हातमिलाउनु भयो र बाह्र बुंदे सम्झौतालागु भयो । त्यसपछिका घटनाक्रमहरुले नेपालमा केहीअप्रिय निर्णय लिनु पर्ने अवस्थाआई लाग्यो । र गणतन्त्रको स्थापनाभयो । निश्चयपनिगिरिजाप्रसादकोइराला र प्रचण्डले मात्रै आआफ्नो खुशी राजीवा इच्छाले राजतन्त्र फ्यालेकाथिएनन् । राजा स्वंयमाशासनगर्ने ल्याकतथिएन । उनीएकपक्षिय रुपले म बाहेक केहीहुँदैन भन्ने बुझाईमामात्रथिए । जुनअफ्ठ्यारो परिस्थितीमादेश पुगेको थियो त्यसबाट त्यसलाई नजोगाएको भए नेपालको अस्तित्वकालागिअहिले सबै संघर्षमालाग्नु पर्ने हुन्थ्यो । नेपालको लोकतान्त्रिक गणतन्त्रले जनतालाई नायकका रुपमा हेरेका छन् । यो पुरा संर्घषमा नेपालीजनतानायकबने उनीहरुले आफ्नो सम्पतीमावास्था गरेनन् र आफनो जीवनको वास्था गरेनन् तर लोकतान्त्रिक गणतन्त्रलाई मजबुतबनाउनकम्मर कसिेर लागे । नयाँलोकतन्त्रको रुपमा नेपालीजनताले समय जाती परिवर्तन र परिपक्ष्यहरुको बारेमा राम्ररी जान्ने र बुझ्ने मौकापाए । सबैभन्दा ठुलो कुरो लोकतान्त्रिक गणतन्त्रतको सर्घषको यो दौरानमा राष्ट्रियता प्रजातान्त्रिक संर्घष शिर्ष स्थानमा रह्यो । अहिले् नेपालका सातवटै प्रदेशमाप्रदेशको नाम के राख्ने राजधानी कहाँ बनाउने सरकार सचालनका लागि आवश्यक खर्च कसरी जुटाउने् जस्ता बिषयमामानिसहरु आआफनो चिन्ताव्यक्तगरिरहेका छन् । लोकतन्त्रको सफलताकालागि समाजकावर्ग समुदाय र राजनीतिकदलहरुले मद्धत गर्नु पर्छ । उनीहरुले मद्धत नगरुन्जेलसम्म देश र प्रदेशमाकुनै पनिप्रकारको न्याय पद्धती खडा हुन सक्दैन । सभ्यताभनेको जहिले पनिभविष्यमुखी हुन्छ । सभ्यताको सिद्धान्तले शक्ति पृथकिकरणका लागि सुझावदिने गर्दछ । जनताले किनलोकतान्त्रिक गणतन्त्र खोजेकाहुन । यसका राम्रा र नराम्रापक्षहरु के हुन यो कुराको विशलेषणगर्नुपर्छ र यसैकाआधारमा अगाडि बड्नु पर्छ । इतिहासकार आरनोल्ड टोयनवी ले भनेका छन् सभ्यताभनेको अन्तिम सत्य हो । यो सत्यलाई अगाडि बडाउनु निरन्तरतादिनु भनेको जनतालाई आउने समयको लागि सचेत गराउनु हो । जनताले आन्दोलन गर्छन् । उनीहरुले गरेको यो आन्दोलन अरु कसैले पनि अगाडि बडाउन अथवा रोक्न सक्दैन । जनताको आफनै तर्क हुन्छ ।आफनै आशा हुन्छ ।,आफनै निती र कार्यक्रम हुन्छ । यो ऐतिहासिकविवेचनाबाटतलओर्लिएर समाजव्यवहारुलाई प्रभावितगर्न लागेको हुन्छ । नेपालमाजनताले त्यति ठुलो आन्दोलन गरे र अन्त त जनताले तिनको नेतृत्व गरे । आजको अवस्थामाजनताले चाहेको जस्तो संवैद्धानिक व्यवस्था स्थापित गरेका छन् । यो जनतालाई कसैले दिएको व्यवस्थाहोइन । जनताले आफनो रगतपसिनाबगाएर आफना छोराछोरी साथीभाई इष्टमित्र केहीनभनेर सम्पुर्ण देशवासीको हितमालगाएकाहुन । अहिले देशमा सावतटा प्रदेश छ र तीप्रदेश चलाउने आ–आफनै किसिमको चटारोहरु देखा परेका छन् । नेपालअहिलेको अवस्थामा झण्डै झण्डै स्रोत मुक्तमुलुकको हैसियतमा देखिएको छ । गरिवीको जनजालबाट देशलाई बाहिर ल्याउन सबैले उत्तिकै मेहनितगर्नुपर्छ । त्यसो भएनभने अहिले शुरु भएकालोकतान्त्रिकअभियानहरुको खासै अर्थ रहनेछैन । लोकतान्त्रिक गणतन्त्र स्थापनागर्ने उदेश्य पुरा भइसकेपछि त्यसलाई शासनको विलक्षण तरिकाको रुपमाबिकास गर्नु आवश्यक हुन्छ । यो सबैको कर्तव्य हो । सबै नेपालीको देश सबै नेपालीको चाहना र सबै नेपालीको बिश्वास नै अहिेको संघीय गणतन्त्र हो । यो गणतन्त्रलाई सबैले आफनो शक्तिखर्च गरेर हुर्काउनु पर्छ ।