वामपन्थी विश्लेषकहरुका अनुसार, कांग्रेस चार–चारपटक सत्तामा पुगेर पनि जनताको विकासको नाममा केहीगर्न
मध्य–पश्चिम नेपालका प्रभावशाली युवा नेता खुमबहादुर खडकाको निधन अचिन्तनीय थिएन । तर, यति छिटै उनको निधन होला भन्ने कसैले सोचेको थिएन । भर्खर सकिएको चुनावमा नेपाली कांग्रेसको नेतृत्वमा खडा गरिएको लोकतान्त्रिक गठवन्धनले पराजयको लहर नै बेहोर्यो । खडकाको स्वास्थ्य अवस्था गडवड नभएको भए चुनावको परिणाम यति लाजमर्दाे हुने थिएन । पहिलो चरणको मतगणनाको नतीजा अनुसार, यसका “सुविख्यात” र “सुनामधन्य” नेताका रुपमा रहेका धेरै व्यक्तित्वहरुले पराजयको धूलो चाटिसकेका थिए । चुनावमा पराजित कांग्रेस नेताको क्रममा को को रहेका छन त्यो टेलिभिजनहरुले देखाइ सकेका छन ।अनलाइनहरुबाट पनि यसकोे विश्लेषणात्मक प्रचार भइ रहेकोछ । तर, चुनावी नतीजा वाम गठवन्धनको पक्षमा जाने स्पष्ट देखिइ सक्दा पनि कांग्रेसलाई कुनै शक्तिले हराउन नसक्ने दावी गर्नेहरुको कमी थिएन ।हो, चुनावमा अन्तिम परिणाम नआएसम्म दलहरुको श्रेष्ठता र कनिष्ठताका वारेमा चर्चागर्नु ठीक हुँदैन । नेपालको राजनीति भावनात्मक हिसावले सारै काँचोछ । नेताका व्यक्तिगत रुची र आकण्ठामा चुर्लुम्म डुवेको । त्यसैले, हामीकहाँ कांग्रेसको चुनाव गडवडाएको हो । चुनावमा हिडनुपर्ने बाटोकांग्रेसीहरु चुनावमा बाटो बिराएर पराजित भएका थिएनन । उनीहरुमा विचलन पनि थिएन । कांग्रेसलाई कमजोर पाएर वामपन्थीहरु खुशीहुनु स्वाभाविक थियो । अहिले वामपन्थी कार्यकर्ताहरु कांग्रेसको पराजयमा खुशी भएका छन । तै पनि,देखाउनका लागि कांग्रेसप्रति वडो मायालु र भावुक भएका छन । उनीहरुको कलमबाट कांग्रेसले कहाँ कहाँ के के गल्ती गर्यो ? विश्लेषणात्मक टिप्पणीहरु आइ रहेका छन । अब अर्को चुनाव नआएसम्म यी कुराहरु दोहोरिएर, तेहोरिएर प्रकाशित भै रहनेछन । किनभने, प्रत्येक राजनीतिक चाडपर्वका वेला कांग्रेसका विरुध्द देशभक्तिका दर्जन गीतबजाएन भने कांग्रेसलाई हराउनुपर्ने कारण नै हराउँछ । वामपन्थी विश्लेषकहरुका अनुसार, कांग्रेस चार–चारपटक सत्तामा पुगेर पनि जनताको विकासको नाममा केहीगर्न सकेन । कांग्रेसले २०१५ सालमा पूर्ण वहुमत पाएको थियो । त्यतिवेला पनि कांग्रेसले केहीगर्न सकेन भन्न वामपन्थीहरुलाई लाज लाग्दैन । उनीहरुले मुखले स्पष्ट नभनेपनि,राजा महेन्द्रले वीपी कोइरालाको नेतृत्वको सरकारलाई “कामगर्न नसकेर हटाएको” भन्न छाडेका छैनन । यो नै हो कम्युनिष्टहरुको प्रचार शैलीे । कम्तीमा पनि, २०४६ सालको राष्ट्रिय जन आन्दोलनको सहयात्री दलका रुपमा एमाले पार्टीले इतिहासलाई विकृत र विक्षिप्त वनाउने कामगर्नु नपर्ने हो । उनीहरु किन यसरी लोकतान्त्रिक शक्तिका विरुध्द खनिएका हुन ? कसैले भन्न सक्दैन ।सभापति शेरबहादुर देउवाका नेतृत्वमा निर्वाचनमा नेपाली कांग्रेस हार्दैछ भन्ने इशारा धेरैले पाएका थिए ।राजनीतिमा कसैले कसैबाट किन धोका पाउँछ भन्ने सोच्नु नै गलत हो । राजनीतिको खेल धोकाधडीको खेल हो । अहिलेको चुनाव परिणामले यही कुरालाई ईंगित गरेका छन । देउवा२०४६ को आन्दोलनपछिको निर्वाचनमा सुदूर र मध्य पश्चिम नेपालमा हावी भएका थिए। अहिले वामपन्थीहरु उनले मतदान गरेको केन्द्र रहेको एउटा स्कूलको दुर्दशाको तस्वीर छापेर त्यसका लागि उनैलाई जिम्मेवार ठहराउँछन । मानौं कि, उनी जिम्वावेका राष्ट्रपति रोवर्ट मुगावेजस्तै लामो समयदेखि सत्तामा रहेका व्यक्तिहुन ।कांग्रेसको पराजयमा खुशी हुुनु, रमाउनु, सहानुभूति प्रकटगर्नु, व्यंग हान्नु वामपन्थीका लागि स्वाभाविक हो । त्यही लयमा कांग्रेसीहरु पनि पराजयको मनोरन्जनलिन आतुर देखिएका छन । राजनीतिमा “दुश्मनसंग म आफै लडछु, मलाई मेरा साथीहरुसंग जोगिने शक्ति चाहिएको छ” भन्ने भनाइ त्यसै चलेको होइन ।अचेल बीपी कोइरालाका बारेमा पुङ पुच्छर केही नजानेका कांग्रसी हौं भन्ने नव–मण्डलेहरुले पनि बीपी दर्शनको लामो व्याख्यान दिन थालेका छन । उनीहरु भन्न थालेका छन ः“सुशील कोइरालाले त भनेकै थिए, शेरबहादुरले पार्टी सखाप पार्छ ।” यो कुरामा हिजोसम्म रत्तिभर दम थिएन । आज देउवाका आफनै भनिन रुचाउने मानिस विलविलाएका छन ।हो, प्रधानमन्त्री देउवाका गल्ती नभएका होइनन । उनले देशको सामाजिक वातावरण वुभ्mन सकेनन । २०५२ मा प्रधानमन्त्री भएपछि पुल्चोकमा जम्मा भएका तरुणहरुलाई सम्वोधनगर्दै उनले भनेका थिए, “म प्रधानमन्त्री भएपछि तपाईंहरुको पनि इज्जत वढेकोछ, सवैले नमस्कार गर्दछन । अव तपाईहरु सवै मिलेर काम गर्नुस ।” उनको यत्ति भनाइले कार्यकर्ता खुशी भएका थिए । यसपटक उनले कामगर्ने तिनै कार्यकर्तालाई पाखा लगाए । परिवर्तन वामपन्थीहरुको लागि मात्रै होइन, कांग्रेसका लागि पनि उत्तिकै चाहिएको हो । तर कांग्रेसमा यो कुरा आत्मसातगर्ने कार्यकर्ताको संख्या धेरै भएनन । सवै नोट र शक्ति खेलाउने दाउपेचमा मात्रै लागे । उनले पार्टीभित्र आफनो परिवार र आउरेवाउरेको प्रवध्र्दन गरे । उनका सहयोगीहरुको काम वेलायतमा अध्ययन गरी रहेका देउवा पुत्र जयवीर देउवाले वेलायतमा गरेको साहसिक प्रदर्शनको चर्चा समाजमा चलाउनु नै रह्यो । स्थानीय तहको चुनावमा प्रचारवेत्ताका ठाउँमा कानूनवेत्तालाई संयोजक वनाए जसका लागि मिडिया र न्यू मिडियाको अर्थ नै अज्ञात थियो । प्रचार समिति नेपाली कांग्रेसको थियो । तर, त्यसमा वामपन्थीहरुको पहूँच मात्रै होइन पकड पनि थियो । एक्काइशौं शताव्दीको “मिडिया पावर” वुझेका प्रतिपक्षीहरु स्थानीय चुनावदेखि नै कांग्रेसका विरुध्द निरन्तर लागि रहेका थिए । तर, कांग्रेसका तलवी प्रचारकहरु खाँटी वामपन्थीलाई काखी च्यापेर कांग्रेसीहरुलाई नै उल्लु सावित तुल्याउन खोज्दै थिए । कमजोरीहरु देउवाको मात्र नभएर कांग्रेस पार्टीकै रह्यो । संसारमा नेपाली कांग्रेस वाहेक कुन यस्तो पार्टी होला जसको महामन्त्रीले चुनाव अभियानको वीचमा टेलिभिजन अन्तर्वार्ता दिदै आफनो सभापतिलाई हटाउने अभिव्यक्ति दिन्छ ? कांग्रेस पार्टीमा शशांक कोइराला, रामचन्द्र पौडेल, रामशरण महतहरुले शेरवहादुरको पराजयमा पार्टीको विजय नदेखेको भए परिणाम फरक आउन सक्थ्यो ।प्रधानमन्त्रीको टाउकामा पराजयका एकहजारएक अपयश भिडाएर पनि शेरबहादुरले सफलतापूर्वक संक्रमणकालीन समयको अन्त्य गरेको यश उनलाई दिनैपर्दछ । उनको यो योगदान सवैले सँधै सम्झिने छन ।निश्चय पनि, कांग्रेस चुनावमा अलिकति संगठनात्मक हिसावले कमजोर भएको हो भने अलिकति आफनै आडम्वर र अभिमानको शिकार भएको हो । पार्टीमाथि मतदाताको विश्वास सकिएको होइन । आदर्श र वलिदानको कथा प्रभावहीन भएको पनि होइन । कांग्रेस विचार हो, त्यो कहिल्यै मर्दैन । अहिलेको निर्वाचनमा कांग्रेसको साख रहेपनि, नरहेपनि यो टिप्पणीको सान्दर्भिकता सँधैका लागि रहने त छँदैछ ।