प्रम ओलीको भ्रमण भारतसंग सम्वन्ध सुधारका लागि हुन लागेको हो । यस्तोवेला “बुरा मत कहो, बुरा मत देखो, बुरा मत सुनो ।” गान्धी वावाको देशमा जाँदा खराव कुरा नवोलेकै राम्रो, नसुनेकै राम्रो, नदेखेकै राम्रो । विव्दानहरुले त सुझाव दिए दिए । उदेक लाग्दो कुरा, नेपालको परराष्ट्र मन्त्रालयले सार्वजनिक रुपमा नै प्रम ओलीलाई यसो गर र उसो नगर भनेर सुझाव दियो । कस्तो अचम्म ।
देशका प्रधानमन्त्री पोहोर साल यसैवेला भारतको औपचारिक भ्रमणका लागि प्रस्थान गरेका थिए ।त्यसको तीन दिन अघि प्रधानमन्त्री केपी ओलीले धरहराको भग्नावशेषमा उभिएर त्यसको पुननिर्माणका लागि एक महिनाको तलव चन्दा दिए । देशका विभिन्न जिल्लामा भुईंचालोले लडाएका घरहरु अहिलेसम्म ठडिन सकेका छैनन । जनताको चिल्लीविल्ली छ । हाहाकार छ । घरवास नभएका जनताको मनमा प्रचण्ड पीडा छ । त्यसमा कसैले मल्हमपट्टी गरेको छैन । पुननिर्माणका लागि वनेको आयोग अकर्मण्य र नालायक छ । देशका कार्यकारी प्रमुखलाई भने धरहरा ठड्याउने हतारछ । यही त होला नि, काशी काश्मिर अजव नेपाल ।हामी नेपाली पहाड, पर्वत र हिमालका उँचाइमा वाँचेका प्राणी । उँचाइ न भै हामी वाँच्नै सक्दैनौं । धरहरा काठमाडौं खाल्डोको उँचाइ थियो । शहरमा त्यो भन्दा अग्ला गगनचुम्वी घरहरु वनी सकेपनि पुख्र्यौली शान थियो धरहरा । एउटा यस्तो प्रतीक, जसको उपयोगिता अतीतका चलनलाई वर्तमानमा सक्रिय राख्नु वाहेक अरु केही थिएन । पुख्र्यौली शासकहरुको शान, हाम्रो गौरव । धरहराको वार्दलीबाट विगुल वजेपछि काँठदेखि शहरसम्मका मानिस टुँडिखेलमा हुकुम सुन्न कुदनैपर्ने वाध्यता । भन्छौ हामी देश आधुनिक भै सकेको छ । तर, इतिहासमा वाँच्न छाडेका छैनौं । हामी भूतका कथामा वाँच्न अभिशप्त छौं । साँच्चै, लेखक कुमार नगरकोटीको कल्पनामा आएको घाटमाण्डौमा परिणत हुँदैछौं हामी । खाली पात्रहरुको फेरवदलमात्र भएकोछ । वाँकी सवै यथास्थिति छ, अर्थात उहिलेको स्थिति । भुईंचालोले धरहरालाई नठुन्क्याएको भए काठमाडौंले वैशाख १२ गते प्रकृतिकोत्यो विनास लीलासहज ढंगले विर्सिइ सक्ने थियो होला । अहिले त्यही विनास लीला सुरक्षा कवच वन्दैछ प्रम ओली र उनको सरकारको परराष्ट्र नीतिको । उनले नियुक्त गरेका विव्दान विशेषज्ञहरु सुझाव दिदैछन, भारत भ्रमणमा प्रम ओलीले हालैै खुलेको भारतको अघोषित नाकावन्दीको चर्चाभन्दा भुईंचालोको वेला उसले गरेको उदार सहयोगको चर्चागर्नु राम्रो कूटनीति हुनेछ । प्रम ओलीको भ्रमण भारतसंग सम्वन्ध सुधारका लागि हुन लागेको हो । यस्तोवेला “बुरा मत कहो, बुरा मत देखो, बुरा मत सुनो ।” गान्धी वावाको देशमा जाँदा खराव कुरा नवोलेकै राम्रो, नसुनेकै राम्रो, नदेखेकै राम्रो । विव्दानहरुले त सुझाव दिए दिए । उदेक लाग्दो कुरा, नेपालको परराष्ट्र मन्त्रालयले सार्वजनिक रुपमा नै प्रम ओलीलाई यसो गर र उसो नगर भनेर सुझाव दियो । कस्तो अचम्म । हामीले दक्षिण एशियाको पूmटवल प्रतियोगिता जित्यौं । खुशी भयौं । खुशीको उन्मादमा सामाजिक सन्जालमा केही पंक्तिहरु लेख्यौं – भारतीय प्रधानमन्त्री मोदी पूmटवलमा आफनो पराजयपछि डाँको छोडेर रोयो । कसो कसो वीरगन्जको नाका व्हात्तै खुल्यो । हामीले फेरी उन्मादमा लेख्यौं – हाम्रा प्रम ओलीले लिनु भएको राष्ट्रिय अडानले आत्तिएर भारतले आफैं नाका खोल्यो । हामीले लेख्यौं र जित्यौं । यत्तिले नै हामीलाई सन्तुष्ट वनायो । मधेशका नेता राजेन्द्र महतोले प्रम ओलीसंग टेलिफोन वार्तागरेर वीरगन्ज नाका खोल्नुपर्छ भनेपछि उनको हाइहाइ गर्नेहरु उत्तिकै संख्यामा देखिए जति नाकावन्दीगर्दा उनका पुतला दहनगर्नेको संख्या थियो । नेपालका नेता, अभिनेता र सवै प्रकारका विक्रेताहरु लामो समयसम्म नेपालको जलस्रोतको विकास हुन नसकेको गुनासो गर्दछन । राज्य–सत्ताका सुतुरमुर्गहरुले अर्थतन्त्रमाथि आफनो वर्चस्व कायमराख्न भारतीयहरु चलाख छन उनीहरुले हामीलाई सजिलै ठग्दछन भन्ने मानसिकता थोपरेका छनराजधानी काठमाडौंमा । लौ पुराना पुस्तामा मानिसलाई त भारतले ठग्यो ठग्यो । नयाँ पुस्ताका मानिसहरु पनि त छन देशमा । एकसेएक विशेषज्ञहरु छन । हार्वड, क्याम्व्रिज, अक्सफोर्ड पढेर आएका । व्यापारिक सम्झौतागर्ने कलामा पोख्त र चुस्त युवकहरुको अभाव छैन देशमा । देश कसरी फाइदामा रहन्छ त्यसरी सम्झौता गर्नसक्ने जनशक्तिको पहिचान र प्रयोग दुवै गरिदैन । त्यसोगर्ने वित्तिकै राष्ट्रिय स्वाभिमानको मन्त्रोच्चारणगर्दै भारतबाट ठगिने डर देखाएर जनता ठग्नेहरुको हालीमुहाली सकिन्छ । हाम्रो राष्ट्रिय स्वाभिमान त्यतिवेला स्खलित हुन्छ जव थोरैमात्रामा भएको विजुलीको उत्पादन घटेर देश अँध्यारो हुन्छ हामी भारतसंग विजुली किनेर देश झिलिमिली पार्छौ । अव एक दुइ दिनपछि असी मेगावाट विजुली भित्रिने छ नेपालमा भारतबाट । नाकावन्दी शुरुहुने वित्तिकै देशमा भित्रिएर घर घरमा थन्किएका इण्डक्सन कुकरहरु परिचालित हुनेछन । जनतालाई कत्रो राहत । काठमाडौंमा पेट्रोल छ, डिजेल छ, ग्याँस छैन । यसमा पनि सामाजिक संजालमा प्रतिक्रिया आउन सक्दछ, भारतलाई आफनो विजुली वेच्नु रहेछ र पो पापीले ग्याँस पठाएन । हामीले हाम्रो भूगोललाई धेरै दोष दियौं । हामीसंग पहाडमा कुदने क्षमता छ । भूगोल वदल्ने छैन । सरकारले नाकावन्दीबाट उत्पन्न गरेको संकट समाधानको जिम्मा तस्करहरुको हातमा नदिएसम्म हाम्रो आन्तरिक अभाव पूरा गरी दिन हामीले चीन गुहार्यौं । उसले सुन्यो पनि । उसका प्रेमिल वचनहरुले भारतले दुखाएको हाम्रो चित्तमा मलम लगायो । केही मात्रामा सहयोग स्वरुप तेल पनि आयो ।