Sun, 15 Jul 2018
ताजा समाचार
छुट्टाछुट्टै घटनामा दुईको मृत्यु || राजपाले अझै राज्यमन्त्रीको टुंगो लगाउन सकेन् || गरिबसँग विशेश्वर कार्यक्रम || बुद्धमायाले किन गरीन् आत्महत्याको प्रयास || ठाकुर सर्वसम्मत नेता चयन || नारायणी नदीमा डुबेर बेपत्ता || आँपको मूल्य घट्दा उपभोक्ता खुशी, किसान मारमा || निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश || डा. केसीका जायज माग सम्बोधन गर्नुपर्छ || बिम्स्टेक सम्मेलनको तयारी तीव्र गतिमा || बाढीपहिरो पीडितलाई सहयोग गर्न प्रदेश प्रमुखको आग्रह || मुख्यमन्त्री राउतलाई मातृशोक || सरकार छिट्टै एकोहोरो भयो : नेता सिटौला || पाकिस्तानी पूर्वप्रधानमन्त्री शरिफ स्वदेश प्रस्थान, जेलमा बस्न मानसिक रुपमा तयार || आवासीय चिकित्सकहरु हडतालमा || कृषकलाई रु २४ लाखको कृषि उपकरण || आगलागीबाट सात लाखको क्षति || बोलेरो दुुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो || कमला बेसिनमा सरोकारबालालाई सक्रिय पार्न कार्यशाला || चन्द्रपुरमा ट्राफिक अस्तव्यस्त || हिंसा न्यूनीकरणका लागि 'एप्स’ || नक्कली अन्तशुल्क स्टिकर मुद्दामा १ वर्ष जेल, पौने ७ करोड || ‘कानून निर्माणमा ढिलाइले समस्या’ : राष्ट्रियसभा अध्यक्ष || अफगानिस्तानमा चार प्रहरी र ८८ लडाकू मारिए || सैन्य गतिविधि रोक्न राष्ट्रसंघको आग्रह || अदालतको निर्णयलाई सम्मान गर्नुपर्छ : अध्यक्ष दाहाल || ठूलीभेरीको बजेट २९ करोड || राष्ट्रिय परिचयपत्र यथाशीघ्र जारी गर्न प्रधानमन्त्रीको निर्देशन || उपप्रधानमन्त्री पोखरेलसंग जापानी राजदूतको भेटवार्ता || पानीमा डुबेर दुई वर्षीय बालकको मृत्यु || तीसहजार घुससहित साह नियन्त्रणमा || संसदीय सुनुवाई विशेष समितिद्वारा कार्यविधि पारित || धान लाग्ने रोगका कारण किसान हैरान || छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्यु || भक्तपुरका कैयाँै बस्ती डुबानमा, ३ को मृत्यु || सिरियामा १७ लडाकू मारिए || बेलायतले अफगानिस्तानमा थप सेना पठाउने || आमनिर्वाचन अभियानसँगै पाकिस्तानमा हिंसा || मापदण्ड लागु गर्न स्थानीय तहलाई निर्देशन || प्रदेश नं - ५ : दुई विधेयक प्रमाणीकरण ||
नव वर्ष २०७५, शुभे हो शुभे

चैत्र ३०, २०७४

  •                   धर्मेन्द्र झा

 भोली नेपाली क्यालेण्डरअनुसार नयाँ वर्ष २०७५ को पहिलो दिन हो । अर्थात् भोलीदेखि नयाँ वर्ष प्रारम्भ हुँदैछ । नयाँ वर्षको शुभागमनका अवसरमा सबैमा शुभकामना । राजा विक्रमादित्यले विकसित गरेको पात्रोअनुसार सूर्यगणनाका आधारमा यस सम्वतको लेखाजोखा गर्ने गरिन्छ । यो क्यालेण्डर अथवा पात्रो नेपाली संस्कृतिमा मात्र प्रचलित छैन बरु विश्वका थुप्रै संस्कृतिले यसलाई अँगालेका छन् । नेपालमा वहुसंख्यक संस्कृतिमा यसलाई अवलम्बन गरिएको छ । मिथिला संस्कृतिमा यसका आफ्नै, मिथिला सम्वत (क्यालेण्डर), शाके सम्वत र लक्ष्मण सम्वतजस्ता पात्रो प्रचलित रहे पनि सजिलो गणना र नेपालको राष्ट्रिय सम्वतसँग मिलान गर्न सहज हुने भएकाले होला विक्रम सम्वत नै बढी प्रचलनमा छ । अर्को पनि कारण हुन सक्छ, नेपालमा नेपालीभाषी खसहरु सत्तासीन भएपछिका दिनमा मिथिला संस्कृतिलाई विस्तारै पन्छाउने मनशायले सत्ताधारीहरुले यसलाई अस्वीकार गरेका हुन् । नेपालमा नेवार समुदायमा नेपाल सम्बत पनि प्रचलनमा छ । शंखधर साख्वाले प्रचलनमा ल्याएको यो सम्वतको प्रचलनका पक्षमा समबन्धित समुदायले दवावकारी भूमिका निर्वाह गर्ने गरेका छन् । यसकै परिणाम हुनुपर्छ राजधानीमा यो सम्वतबारे चर्चामात्र हुन थालेको छैन बरु राज्यका तर्फबाट पनि विस्तारै यसका पक्षमा एक प्रकारको भूमिका निर्वहनको प्रयास हुन थालेको छ । यसका प्रवर्तकलाई विभूतिका रुपमा स्वीकार गरिएको छ । शंखधरसँग सम्बन्धित कार्यक्रममा राज्यको गतिलो र उल्लेख्य उपस्थिति हुन थालेको छ । यसलाई राज्य विस्तारै नेपाल सम्बतका पक्षमा उदार देखिन थालेको प्रमाणका रुपमा बुझिनुपर्दछ । पत्र—पत्रिकाको ।।।मास्टहेड’ मुनि विक्रम सम्वत र इस्वी सम्वतसँगै नेपाल सम्वतको पनि उल्लेख हुन थालेको छ । यसलाई देशको एक सम्पन्न संस्कृतिलाई स्वीकार गरेको रुपमै सकारात्मक नै मान्नुपर्छ ।तर, अन्य संस्कृतिका हकमा नि ? राज्य अझै अनुदार छ । राज्यसँग कुनै स्पष्ट र उदार नीति छैन । मधेशमा पनि विशिष्ट संस्कृति छन् । त्यसमा आधारित आफ्रनै विशिष्ट पात्रो छ । तर राज्यले तिनको संरक्षणको नीति लिन सकेको छैन । राज्य अझै पनि अघोषितरुपमा प्रकारान्तरले एउटै भाषा, एउटै संस्कृति र एउटै भेषको पक्षमा छ । अन्य संस्कृतिको पक्षपोषण गर्ने नीति अख्तियार गर्न सकेको छैन । अब देश संघीयतामा गइसकेको छ । कार्यान्वयन्को चरणमा छ । अबका दिनमा संघीय सरकारहरुले यस सम्बन्धमा पहल गर्नु आवश्यक देखिन्छ । यहाँ सन्दर्भ प्रदेश २ को हो । यो प्रदेश भाषा, साहित्य र सांस्कृतिकरुपले अत्यन्त सम्पन्न प्रदेश हो । यस प्रदेशमा सम्पन्न मिथिला, भोजपुरी र थारु संस्कृतिको विशिष्ट उपस्थिति छ । यी सबै संस्कृतिहरु विगतमा नेपालीभाषी एकल संस्कृतिको पृष्ठपोषणका कारण ओझेलमा परेको जगजाहेर छ । सन्दर्भ नयाँ वर्षको हो । यस प्रदेशमा नयाँ वर्षको प्रारम्भ जुडशितल, सिरुवा, वैशाख संक्रान्ति, वैशाखीजस्ता सांस्कृतिक महत्वका पर्वसँग सम्बन्धित छ । तर राज्यले यी सबै सांस्कृतिक अनुष्ठानलाई विगतमा कहिल्यै पनि महत्व दिएन । अब संघीय सरकारको ध्यान यसतर्फ आकृष्ट हुनु जरुरी छ र सांस्कृतिक नवोत्थानको सिर्जनात्मक नीति तय गर्नु अपेक्षित छ ।  सांस्कृतिक दृष्टिले नेपाल सम्पन्न राष्ट्र मानिन्छ । देशका विविध भूगोलमा स्थानीय संस्कृतिको प्रतिनिधित्व हुने गरी वषैैभरि कुनै न कुनै पर्वको उपस्थिति रहन्छ । माथि उल्लेख गरिएका सांस्कृतिक अनुष्ठानहरु यस्तै पर्व हुन् । यसआधारमा नेपाल पर्वैपर्वको देश हो भन्दा अस्वाभाविक हुँदैन । नेपाल राजनीतिक दृष्टिले अहिले अत्यन्त जटील मोडमा रहेको अवस्थामा वास्तवमा यहाँँ संस्कृतिआधारित पर्वहरु त्यस्ता आधार हुन सक्छन्, जसले नेपाललाई एकताको सूत्रमा आवद्ध गर्न सक्छ । राजनैतिक, सामाजिक र सांस्कृतिक इतिहासको आधारमा वस्तुस्थितिको विश्लेषणको प्रयास गर्ने हो भने नेपालमा विद्यमान समस्याको सबैभन्दा ठूलो कारण नै यसैलाई मान्न सकिन्छ कि, विगतमा राजनैतिकरुपमा नेपालको एकीकरणको प्रयास भएपनि सांस्कृतिकरुपमा एकीकरणको प्रयास सम्भव हुन सकेन । फलतः जनताबीच कुनै न कुनैरुपमा मनोवैज्ञानिक विभाजनको रेखा कोरियो र यो रेखालाई पुर्ने प्रयास राज्यसत्ताबाट कहिल्यै पनि हुन सकेन । नेपाली भाषा, साहित्य र संस्कृति भन्नाले नेपालीभाषीको भाषा, साहित्य, र संस्कृतिमात्र बुझ्ने बुझाउने प्रयास भयो । यो दोषपूर्ण थियो र छ । माथि उल्लेख गरिएजस्तै देशभित्र त्यस्ता थुप्रै सांस्कृतिक अवयव छन् जसले देशलाई एकतासूत्रमा आवद्ध गर्न मद्दतमात्र पुर्याउँदैन समग्र राष्ट्रियता प्रवद्र्धनमा पनि निर्णायक भूमिका निर्वाह गर्न सक्छ÷गर्दछ ।नेपाल वहुभाषी र वहुसांस्कृतिक देश हो । यहाँ एक सय २५ जात छन र एक सय २३ भाषा अस्तित्वमा छन । आदी मानव रामापिथेकसको चिन्हप्राप्त यो देश डोटेली, सिँजा, जुम्ली, अवधी, बौद्ध(शाक्य), सेन, किराँत, लिम्बु, सिम्रौनगढ, मल्ल, शिरिजंगा र जनक—मिथिलालगायतका थुप्रै उन्नत र सम्पन्न संस्कृतिको थलो हो । तर के यी सबै भाषा र संस्कृतिले राज्यबाट समान पहिचान र अवसर पाउन सकेका छन ? के यिनले राष्ट्रिय हुनुको गौरवको अनुभूती गर्न सकेका छन ? प्रश्नहरु अन्य पनि थुप्ै छन जसको समुचित उत्तर अपेक्षित छ । यो भूमी बहुभाषी र बहुसांस्कृतिक चरित्रको भए पनि विगतमा यहाँ सँधै नै एक भाषा र संस्कृतिलाई महत्व दिइयो । एकल भाषा—संस्कृतिको संरक्षणको उद्देश्य राखी सरकारी तवरबाट त्यस्तै नीति अख्तियार गरियो । होइन भने कम्तिमा पाँच हजार वर्षको इतिहास बोकेको मैथिली भाषा र मिथिला संस्कृतिको उत्थानको कुनै नीति किन अख्तियार गरिएन ? यसको उत्तर खोजिनुपर्छ । यसको साटो, अपेक्षाकृत छोटो इतिहास रहेको अन्य भाषाको विकासमा राज्यले एकोहोरिने नीति लियो । यो एकल संस्कृति लाद्ने सोच हो । पञ्चायतकालमा भाषाबीच भेदभावको नीति तर्जुमा गरियो र त्यसैलाई संस्थागत गरियो । यसैलाई राष्ट्रियताको जामा पहिराइयो । नेपालीभन्दा बाहेकका भाषा भेदभावका शिकार भइरहे । भाषा—संस्कृतिको संरक्षाण र जगेर्नाको दायित्व राज्यको हो । जब राज्य नै विभेदकारी हुने अवस्थाको सिर्जना हुन्छ भने परिणाम के हुन्छ ? हामी सबैका सामु छर्लगं छ । भाषा र संस्कृतिका सम्बन्धमा विकसित महेन्द्रवादी सोचले अहिले पनि निरन्तरता पाइरहेको छ । विगतको पञ्चायतकालमा राज्यले लिएको नीतिलाई नै अहिले पनि कुनै न कुनैरुपमा वर्तमानका सरकारले निरन्तरता प्रदान गरिरहेका छन् भन्दा अस्वाभाविक हुँदैन । यो सोचका अगाडी अहिले पनि बहुदलीय लोकतान्त्रिक व्यवस्थाका मूल्य—मान्यताहरु पराजित भइरहनुपर्ने अवस्था विद्यमान छ । भाषा, साहित्य र संस्कृतिको विकासका नाममा स्थापित महेन्द्रकालीन प्रज्ञा—प्रतिष्ठान एक भाषा नेपालीको उन्नयनमा मात्र सक्रिय रहयो ।

लहान ; सिरहाको छुट्टाछुटै स्थानमा भएको घटनामा एक बालकसहित...

जनकपुरधाम । धनुुषाको जनकनन्दनी...

काठमाण्डु ।राष्ट्रिय जनता पार्टी ...

नवलपरासी : पश्चिम नवलपरासीमा शनिबार नारायणी नदीबाट दाउरा निकाल्ने क्रममा...

बर्दिबास । बजारमा आँपको मूल्य घट्दा उपभोक्ताहरु खुशी भए पनि...

काठमाडौँ : सर्वोच्च अदालतले अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति...

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सोमप्रसाद...

काठमाडौँ : बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको...

भक्तपुर : प्रदेश नं. ३ का प्रदेश प्रमुख अनुराधा...

महेन्द्रनगर, धनुषा : प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु...

सुरुङ्गा, झापा : नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले सरकार...

लन्डन, असार २९ । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ भावुक मुद्रामा...

काठमाडौं, असार २९ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) महाराजगञ्जका...

सुर्खेत : प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना सुर्खेतले जिल्लाका कृषकलाई...

राजविराज : सप्तरीको महदेवा गाउँपालिका–१ मा आज बिहान आगलागी हुँदा...

मेलम्ची : सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङ्पाल गाउँपालिका–४ सल्लेडाँडामा बिहीबार...

चन्द्रपुर । रौतहट जिल्लाको चन्द्रपुर ...

जनकपुरधाम ।महिला हिंसा रोक्न प्रदेश नम्बर २...

वीरगञ्ज । मदिरामा लगाईने अन्तशुल्कको नक्कली स्टीकरको कारोबारमा संलग्नहरुलाई ...

फलेवास, पर्वत : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधानमा उल्लेख...

काबुल : आफगानिस्तानका दुई प्रान्तमा भएका हिंसात्मक घटनामा परी...

संयुक्त राष्ट्रसंघ : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले गएका केही...

चितवन : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले गोरखाको...

डोल्पा : ठूलीभेरी नगरपालिकाको बजेट रु २८ करोड ९१ लख...

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीको एकीकृत...

काठमाडौँ : नेपालस्थित जापानी राजदूत मासामिची साइगोले उपप्रधानमन्त्री एवं...

नुवाकोट : यहाँको विदुर नगरपालिका–५ स्थित खाल्टोमा जमेको पानीमा...

काठमाडौँ : बारा जिल्लास्थित फेटा गाउँपालिकाको कार्यालयका लेखापाल सौरभकुमार...

काठमाडाैं - संसदीय सुनुवाई विशेष समितिको बिहीबार बसेको बैठकले कार्यविधि...

ललितपुर : नेपालको प्रमुख बाली धानमा विभिन्न किसिमका रोगका संक्रमणले...

राजविराज : सप्तरीको छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्यु...

भक्तपुर : अविरल वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले...

बग्दाद : टर्कीको अर्धसैनिक समूहको आक्रमणमा परी सिरियाको एक...

लण्डन : बेलायतले अफगानिस्तानमा थप ४४० जना सैनिक पठाउने...

इस्लामावाद : यही जुलाई २५ मा हुनलागेको आमनिर्वाचनको लागि...

काठमाडौँ : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सवै...

बुटवल : प्रदेश नं ५ का प्रमुख उमाकान्त झाबाट...