Fri, 16 Nov 2018
ताजा समाचार
आधुनिकीकरण व्यवसायीकरणमा जोड || धनुषा प्रहरीले पीडकलाई संरक्षण दिएको आरोप || एसईई उत्कृष्ट शिक्षा २०७५ पुरस्कारबाट सम्मानित || बलेरीे वनबाट काठ चोरी || दुई जनामाथि मुद्दा दर्ता || घरेलु मदिरा बिक्रिमा महिलाको संलग्नता बढ्दो || उद्योगको लागि जग्गा निरीक्षण || आखा अस्पताल जिल्लाको धरोहर ,राज्य मंत्री यादव || सडकको दोहरो मापदण्ड विरुद्ध मुद्दा || मधेशी जनता अझै अधिकारबाट बञ्चित : साँसद ठाकुर || निलम्बन द्विवेदीको नौटंकी : चौधरी || ठाकुरको हत्या || प्रिमियर लिगमा पनि 'भार' प्रयाेग हुने || सार्वजनिक भयो रणवीर र दीपिकाको विवाहको फोटो || लंकामा सांसदहरुबीच कुटाकुट, सभामुखमाथि आक्रमणको प्रयास || सीके राउतलाई सर्वोच्चमा उपस्थित गराइयो || प्रदेशको नामाकरणका लागि कार्यदलले कार्य थाले || बन्ने भो रामजानकी स्टेडियम || मुख्यमन्त्रीद्वारा खानेपानी ओभरहेड टैंकको उद्वघाटन || बिभेदकारी नीतिले कुस्ती ओझेलमा || नवनिर्वाचित पदाधिकारीहरुको सथप ग्रहण || दुर्घटना बीमा गर्न पत्रकारलाई आग्रह || शहीद परिवार भेट्न प्रचण्ड र बादल गाउँमा || रत्नजित र दिपेश क्वार्टरफाइनलमा || दीपिका-रणवीरको बिहे इटालीको सात शताब्दी पुरानो दरबारमा || १३ वर्षीय बालकको बक्सिङ रिङमै मृत्यु, थाइल्यान्डमा खैलाबैला || विश्व बैङ्कसँग १८ अर्बको सम्झौता || कांग्रेसभित्र गुटैगुट || भैरहवा मालपोत अनलाइनमा || कृषि विश्वविद्यालयमा आगजनी || नेपाल प्रहरीलाई ‘डिजिटल गर्भनेन्स अवार्ड’ || सूर्यदेवको आराधना गरी छठपर्व मनाइँदै, यस्तो छ व्रतविधि || बरियारपट्टीको सरकारी अस्पतालमा औषधिको अभाव || छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा || छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै || छठको तयारी अन्तिम चरणमा || विपन्न परिवारलाई वडाअध्यक्षको सहयोग || सरकार संघीय शिक्षा ल्याउने तयारीमा || शिक्षामा फड्को मार्दै प्रदेश || गरीब तथा विपन्नलाई छठ पूजाका लागि सामाग्री वितरण ||
भगवान परशुराम र जनकपुर धाम

बैशाख ४, २०७५

  •                    सञ्जय मित्र

आज अक्षय तृतीया । वैशाख महिनाको शुक्ल पक्षको तृतीयालाई अक्षय तृतीया मानिन्छ । अक्षयको अर्थ हो क्षय नहुने अर्थात् नाश नहुने । मान्यता के छ भने यस दिन जुन धर्म वा पाप गरिन्छ, त्यो नाश हुँदैन । यसको प्रतिफल आफूसँगै जान्छ । यसैकारण यस दिन धेरैले अनेक दान र पुण्य गर्दछन् । कपितयले शिक्षादान गर्दछन् । यो हिन्दू मान्यता हो ।अर्को मान्यता के हो भने यसै दिनदेखि त्रेता युगको आरम्भ भएको थियो । अर्थात् त्रेता युगको सुरुआत भएको थियो । अक्षय तृतीयालाई भगवान परशुरामको जन्म दिन पनि मानिन्छ । हिन्दू धर्मावलम्बीहरुले यस दिनलाई विशेष मान्ने यीनै तीन कारणहरु छन् । अक्षय तृतीयाको दिन गरिएको पुण्यको कहिल्यै नाश हुँदैन, त्रेता युगको शुभारम्भ भएको दिन अर्थात् रामावतारको युगको सम्झना र भगवान परशुरामको जन्म दिन ।हिन्दूहरु भगवान विष्णुको दश अवतारको चर्चा गर्दछन् । दश अवतारकै आफ्नो महत्व रहेको छ । विभिन्न सन्दर्भमा दशै अवतारको पूजा हुन्छ । भगवान विष्णुका दश अवतारमा मत्स्य, कूर्म, बराह, नृसिंह, वामन, परशुराम, राम, कृष्ण, बुद्ध र कल्कि हुन् । यी मध्ये तीन अवतार अर्थात् मत्स्य, कूर्म र बराह अवतार प्रथम महायुग (सत्ययुग) मा भएको छ भने नरसिंह, वामन, परशुराम र राम अवतार त्रेतायुगमा भएको छ । कृष्णावतार द्वापर युगमा भएको मानिन्छ भने दशौँ अर्थात् कल्कि अवतार कलियुगको समाप्तिको समय हुने विश्वास गरिन्छ । भागवत पुराणमा गरिएको भविष्यवाणीको आधारमा कलियुगको अन्त्यमा कल्कि अवतार हुन्छ जसले अन्याय र अनाचारको अन्त्य हुनेछ तथा न्यायको शासन आरम्भ हुनेछ जसले सत्य युगको फेरि स्थापना हुने छ । हिन्दू धर्मशास्त्रहरुमा समयको अनन्ततालाई चार भागमा बाँडेर अध्ययन गरिएको छ ।भगवान परशुरामको विषयमा के भनिन्छ भने यी यस्ता पात्र हुन् जसको दुई युगमा महत्वपूर्ण भूमिका रहेको छ । त्रेतायुगमा भएको मानिएको रामायण र द्वापर युगमा भएको मानिएको महाभारत दुवैमा परशुरामको भूमिका देखिन्छ । रामभद्र, भार्गव, भृगुपति, भृगुवंशी (ऋषि भृगुको वंशज), जमदग्न्य (जमदग्नि पुत्र) आदि नामले चिनिने परशुराम ऋषि जमदग्नि तथा रेणुकाको पाँचौ पुत्र थिए । हिन्दू शास्त्रहरुमा सप्तऋषिमा जमदग्निलाई पनि लिइन्छ । भारतको मध्य प्रदेशको महेश्वर नर्मदा नदीको छेउमा रहेको हाइहाया ठाउँमा भार्गव परशुरामको जन्म भएको मानिन्छ । कतिपयले कस्तो मान्यता राख्दछन् कि रेणुका तीर्थमा ऋषि जमदग्नि र रेणुकाले भगवान शिवको तपस्या गरेर शिवजीबाट वरदान प्राप्त गरी स्वयं विष्णुलाई रेणुकाको गर्भबाट अवतार लिने वरदान अनुरुप नै भगवान परशुरामको जन्म भएको हो । भगवान विष्णुको अवतारको रुपमा मानिने परशुराम आपैmँ भगवान शिवका भक्त थिए ।  आफ्ना पूर्वजहरुको आज्ञाले परशुरामले शिवको कठिन तपस्या गरेका थिए । कठिन तपस्याले शिव प्रसन्न भएपछि वरदान माग्नलाई भन्दा परशुरामले दुवै हाथ जोडेर शिवको वन्दना गर्दै दिव्य अस्त्र तथा युद्धमा निपुणताको कलाको माग गर्दछन् । शिवले परशुरामलाई युद्धमा निपुणताको लागि तीर्थयात्रा गर्ने आज्ञा दिन्छन् । त्यसपछि परशुराम भारतको उडीसामा रहेको महेन्द्रगिरी पर्वतमा पुगी फेरि शिवकै तपस्या गर्न थाल्छन् । त्यहाँ भगवान शिवबाट अनेक दिव्यास्त्र प्राप्त गर्न सफल हुन्छन् । परशरामले ब्रह्माण्ड अस्त्र, वैष्णव अस्त्र तथा पाशुपत अस्त्र प्राप्त गरेका थिए । भगवान शिवले परशुरामलाई विजया नामक धनुष कमान पनि प्रदान गरेका थिए । साथै सबैभन्दा कठिन युद्धकलाको रुपमा शास्त्रहरुमा वर्णन गरिएको कलारिपायडू पनि शिवजीबाटै परशुरामले प्राप्त गरेका थिए । परशु र राम दुई शब्द मिली परशुराम बनेको हो । परशुको अर्थ बन्चरो हुन्छ र राम भन्ने बित्तिकै मर्यादापुरुषोत्तम बुझदछौँ । तर परशुरामको सोझो अर्थ परशु लिएको राम वा परशुका साथ राम भन्ने अर्थ दिन्छ । यसले रामजस्तै परशुराम पनि विष्णुकै अवतार भएको अर्थ दिन्छ । विष्णुको छैटौँ अवतारको रुपमा परशुरामलाई लिइन्छ । भारद्वाज एवं कश्यप गोत्रका कुलगुरु परशुरामलाई धेरै रिसाहाकै रुपमा चिन्दछन् । रिसाहाको रुपमा चिन्नेले जनकपुर धामको घटनालाई नै मुख्य आधार मान्दछन् ।त्रेता युगमा जब सीताको स्वयंवर चलिरहेको थियो, विश्वका अनेकौँ देशका वीरहरु स्वयंवरमा सामेल थिए । स्वयंवरको शर्तअनुसार शिवको धनुलाई कसैले प्रत्यंचा चढाउनु पर्ने थियो । तर कुनै पनि योद्धाले शिवधनुलाई उठाउन त के हल्लाउन पनि सकिरहेका थिएनन् । त्यस अवस्थामा सर्वत्र निराशा छाएको थियो । अनि राजा जनकले निराश भएर पृथ्वी नै कतै वीरशून्य भएको हो कि भन्ने आरोप लगाउँदा अयोध्याका राजकुमार लक्ष्मण रिसाएका थिए । लक्ष्मणलाई शान्त पार्दै रामले सजिलै धनुलाई उठाएर त्यसमा प्रत्यांचा चढाउन लाग्दा धनु तीन टुक्रामा भाँच्चिएको थियो । शिवको धनु भाँच्चिएपछि शिवका परम भक्त परशुरामको आगमन भएको थियो । परशुराम निकै रिसाएका थिए । भगवान रामले नै परशुरामको रिस शान्त पारेका थिए । परशुराम र रामबीच भएको सभामा भएको वार्तालापको समयमा नै भगवान परशुरामले विष्णुको आफूजस्तै अर्को अवतार भएको स्वीकार गरेर आफ्नो क्रोधलाई शान्त पारेका थिए । वाल्मीकि रामायणमा वर्णन गरिएको कथाअनुसार दशरथनन्दन श्रीरामले जमदग्नि कुमार परशुरामको पूजन गरेका छन् र परशुरामले पनि रामचन्द्रको परिक्रमा गरेर आश्रमतिर प्रस्थान गरेका छन् ।जनकपुर धामको रामायण प्रसंग धेरैले बुझेका छन् तर महाभारतमा परशुरामको भूमिकाको विषयमा धेरै कमले मात्र चर्चा सुनेका छन् । महाभारतमा भीष्मद्वारा अम्बालाई स्वीकार नगरिएपछि प्रतिशोधको लागि अम्बा सहायता माग्न परशुरामकहाँ पुगेको र परशुरामले आश्वासन दिएको सन्दर्भ आउँछ । परशुरामले भीष्मलाई युद्ध गर्न आह्वान गरेपछि दुवैजनामा बाइस दिनसम्म युद्ध भएको प्रसंग छ । भीष्मलाई इच्छा मृत्युको वरदान प्राप्त भएकोले परशुरामले भीष्मलाई हराउन सक्दैनन् । यसै गरी द्रोणाचार्यलाई परशुरामले नै अस्त्रशस्त्रले निपुण बनाएका थिए । महाभारतकै अर्को प्रसंगमा कर्णलाई परशुरामले विभिन्न अस्त्रशस्त्रको विद्या सिकाएका छन् । क्षत्रीय विरोधी भए पनि परशुरामले कर्णलाई ब्राह्मण भन्ठानेर विद्यादान गरेका थिए । तर एक दिन परशुराम कर्णको तिघ्रामा आफ्नो टाउको राखेर निदाइरहेका थिए । त्यही समय एउछा बिच्छी कर्णको काँधमा टोक्न थाल्यो । बिच्छीलाई मार्दा गुरुको निद्रा भंग हुने डर कर्णलाई थियो । कर्णले त्यो सहेरै बसे । अचानक परशुरामको निद्रा खुल्यो र उनले त्यो थाहा पाए । कुनै ब्राह्णपुत्रमा यति धेरै सहनशीलता हुनै सक्दैन जसले बिच्छीको टोकाइलाई सहन सकोस् । यति विश्वास भएपछि कर्णले आफूलाई ढाँटेर विद्यार्जन गरेको लाग्यो । यसले गर्दा रिसाएर कर्णलाई शाप दिए – “जब तिमीलाई आप्mनो विद्याको सर्वाधिक आवश्यकता हुन्छ, त्यत्तिवेला तिम्रो विद्या कुनै काम आउँदैन ।” र, महाभारतमा कर्णको मृत्युको समय यस्तै भएको पनि छ ।त्रेता र द्वापरमा मात्र होइन, कलियुगमा पनि परशुरामको भूमिका शास्त्रहरुले निर्धारण गरिसकेको छ । कल्कि पुराणमा उल्लेख भएअनुसार परशुराम, भगवान विष्णुको दशौँ अवतार कल्किको गुरु हुनेछन् र कल्किलाई युद्धको शिक्षा दिनेछन् । परशुरामले नै कल्किलाई भगवान शिवको तपस्या गरेर उनका दिव्यास्त्र प्राप्त गर्नलाई भन्नेछन् ।एकातिर धर्मकर्म गर्नेहरुको संख्या बढेको छ भने अर्कोतिर अन्धविश्वास नमान्नेहरुको संख्या पनि बढेको छ । अन्धविश्वास र धर्ममा फरक भने अवश्य छ । इतिहासमा कुनै राम्रो काम गरेकालाई श्रद्धा गर्नु र इतिहासबाट प्रेरणा लिनु मानवीय गुण हो । हिन्दू शास्त्रहरुमा वर्णन गरिएको जस्तो परशुरामको जमाना अहिले छैन तर उनको जीवनीबाट धेरै असल शिक्षा प्राप्त गर्न सक्दछौँ । अहिले पनि भारतको विभिन्न ठाउँमा परशुराम जयन्ती निकै भव्यताका साथ मनाउने गरिएको छ ।

 

जनकपुरधाम । माछा सुपरजोन जनकपुर धाम ,धनुषा का कार्यालय प्रमुख...

जनकपुरधाम । धनुषाका प्रहरीले पीडितलाई न्याय दिलाउनुको साट्टो पिडकलाई संरक्षण...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा नंंंंं. ६ खुटौनाको...

चन्द्रपुर । रौतहटको बलेरी ईलाका वन कार्यालयको वन क्षेत्रमा एकै...

कुलदिप दास , जनकपुरधाम । धनुषामा बोक्सीको आरोप लगाएको भन्दै...

चन्द्रपुर । रौतहटमा प्रहरीले घरेलु मदिरा उत्पादन र बिक्रि बितरणमा...

चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिकामा बिशेष आर्थिक क्षेत्र (सेज) स्थापना...

रौतहट : कार्यक्रममा प्रदेश नम्बर २ का कृषि भूमि...

जनकपुरधाम । नगर क्षेत्र भित्र एउटै सडकको दोहरो मापदण्ड...

जलेश्वर । राष्ट्रिय जनता पार्टी (राजपा)नेपालका अध्यक्ष मण्डलका संयोजक समेत...

वीरगञ्ज । नेपाली काग्रेस पर्साका सभापति अजय द्धिवेदी सभापति...

जनकपुरधाम । धनुषा जिल्लाको विदेह नगरपालिकाको वडा नम्बर ५ मुडिवा...

इंग्लिस प्रिमियर लिग फुटबलको अर्को सिजनमा भिडियो असिसटेन्ट रेफ्री ‘भार’...

पछिल्लो २४ घण्टामा भारत तथा विश्वभरका बलिउडका प्रशंसक एउटा तस्बिरको...

काठमाडौं । श्रीलंकामा महिन्दा राजापाक्षेका समर्थक र विरोधी सांसदहरुबीच बिहीबार...

काठमाडौं । राज्यविद्रोहकोे मुद्दामा पक्राउ परेका सीके राउतलाई सर्वोच्च...

जनकपुरधाम । प्रदेश २ को नामाकरण र स्थायी राजधानी तोक्न...

जनकपुरधाम । प्रदेश २ को रामजानकी स्टेडियम अन्ततःजनकपुरधाममा ...

वीरगंज। मुख्यमन्त्री लालबाबु राउतले वीरगंज–२ छपकैयास्थित नवर्निमित ...

जनकपुरधाम । धनुुषाका क्षीरेश्वरनाथ...

काठमाडौँ : नेपाल पत्रकार महासङ्घले श्रमजीवी तथा स्वतन्त्र पत्रकारका...

बेनी : पारिवारिक भ्रमणको सिलसिलामा म्याग्दीमा रहनु भएका नेकपाका अध्यक्ष...

काठमाडौं । पूर्वविजेता राष्ट्रिय च्याम्पियन नेपाली सेनाका रत्नजित तामाङ...

बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण यहि बुधबार...

बैंकक । थाइल्यान्डमा भएको बक्सिङ खेलमा १३ वर्षीय बालकको...

काठमाडौं । पुल सुधार तथा मर्मतसम्भार एवं खाद्य तथा...

काठमाडौं । नेपाली कांग्रेसका कार्यकर्ताले गुट–उपगुट अन्त्यको आवाज उठाइरहँदा...

भैरहवा : मालपोत कार्यालय भैरहवाले आजदेखि अनलाइनबाट सेवाग्राहीलाई सेवा प्रदान...

चितवन : कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा विद्यार्थीहरुले आगजनी...

काठमाडौँ : सूचना प्रविधिको उत्कृष्ट प्रयोग गरी कार्य गरेबापत...

जनकपुरधाम : छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो...

सिरहा । बरियारपट्टी गाउँपालिकामा रहेका सरकारी अस्पतालमा औषधिको अभाव भएपछि...

छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा ...

छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै...

अनिल कुशवाहा , महेन्द्रनगर (धनुषा) । ...

जीतपुर । दलित, गरिब तथा बिपन्न बर्गहरुलाई छठ मनाउनकोे लागि...

कुलदिप दास ( प्रेम ) , जनकपुरधाम : जनकपुरधाम...