Sun, 23 Sep 2018
ताजा समाचार
सुचनाको माँग गर्दै राष्ट्रिय विद्यार्थी संघ रिले अनशनमा || मदिरा पिउन आउने भारतीयका कारण होहल्ला र असुरक्षा || अपांग दाजु भाईलाइ राज्य मन्त्रीले गरे सहयोग || प्रहरीका टाउँको दुखाई , लागुऔषध प्रयोगकर्ता बालकहरु || प्रहरी जवानद्वारा आत्महत्या || घाँटी रेटिएको अवस्थामा एक युवक फेला || नायब सुब्बाको दुर्घटनामा निधन || भिठ्ठामोड–जलेश्वर–जनकपुर सडक निर्माणमा ढिलाइ || प्लास्टिक घरभित्र तरकारी खेती || पत्रकार राहत कोष स्थापना || लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा || नेपाल प्रहरीको छवि धुमिल बन्दै || वडा अध्यक्षव्दारा ज्ञापन || खोलामा डुबेर एक जनाको मृत्यु || बारापर्सामा पेट्रोलियम पदार्थको अभाव || नगरस्तरमा बालबालिकाकोलागी अनिवार्य बजेट विनियोजन गरिने : || मुख्यमन्त्री राउतद्वारा राहत प्रदान || अमेरिकामा एक नेपालीसहित तीनको हत्या || मोहर्रममा हिन्दू समुदायको पनि उत्साह || नेकपामा मातृकालाई लोप्पा, महासेठ पक्ष सशक्त || यथास्थितिमा संविधान स्वीकार्य छैन् : मुख्यमन्त्री राउत || मोटरसाइकल ठोक्किदा एकको मृत्यु, एक घाइते || मैथिली फिल्म "दहेजक पिरा"को पोस्टर सार्वजानिक || मातृका र रघुबीरको सम्पती छानविन गर : नेता झा || वीरगञ्ज महानगरपालिकाका २ कर्मचारी सहित ३ तीन पक्राउ || मोहर्रम पर्व मनाइँदै || सहमतिपछि यातायात सञ्चालन || संविधान कार्यान्वयन गर्न निकै चुनौती : नेता महतो || घुस लिएको अभियोगमा दुई जना पक्राउ || महोत्तरी जमुनियाँमा प्रहरी पोष्ट स्थापना || लामो दुरीमा गाडी नचल्दा यात्रुहरु अलपत्र , सामान ढुवानी पनि || मल बन्दरगाहमै थन्कियो || खेलकूदले देशलाई चिनाएको छ: मन्त्री विश्वकर्मा || पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग || डिजिटल प्रणालीको शुभारम्भ || विष्टको निधनप्रति काँग्रेसद्वारा दुःख व्यक्त || महान्यायाधिवक्तविरुद्ध खनिए ट्रम्प || माछापालन योजना || मदिरा नष्ट || एक बन्दीको मृत्यु ||
सामुदायिक विद्यालयतिर ध्यान दिने कि ?

बैशाख १९, २०७५

  •                   सञ्जय मित्र

 भर्नादेखि  एसइइ  परीक्षासम्मको  यात्रामा  विद्यार्थीहरुले  अनेक  झमेला  झेल्नुपर्दछ । परीक्षा भन्नु नै केवल औपचारिक मूल्यांकनमा सीमित भएको मानिएको  छ  ।  तर  यसैतिर  प्रायः  सबै  पक्षको  ध्यान  गएको  देखिन्छ  ।  आन्तरिक व्यवस्थापनमा खासै कसैको ध्यान गएको पाइएको छैन ।

समुदायको   रेखदेखमा   आधारित   मानिएको   विद्यालय   सामुदायिक   विद्यालय   हो   ।   यसमा   समुदायको  प्रत्यक्ष  सहभागिता  हुन्छ  ।  समुदायको  सहभागिता हुने र समुदायले रेखदेख वा व्यवस्थापन गर्ने भएकोले यसलाई सामुदायिक विद्यालय भनिएको हुन सक्छ । सामुदायिक विद्यालय भए पनि समुदायले नै  सामान्यतया  यसलाई  सरकारी  विद्यालय  भन्छन्  र  मान्छन्  पनि  ।  सामुदायिक  विद्यालय  भनेको  सरकारी  विद्यालय  हो  वा  सरकारी  विद्यालय  भनेको  सामुदायिक  विद्यालय  हो  वा  दुइटै  एक  अर्काका  पर्यायवाची  हुन्  भन्नेमा  धेरै  बहस  गर्नु  आवश्यक  छैन  ।  यहाँ  सामान्यरुपमा  त्यसै  विद्यालयलाई  भन्न  खोजिएको हो जुन विद्यालयमा सरकारको प्रत्यक्ष र समुदायको पनि प्रत्यक्ष सहभागिता रहन्छ ।भर्खर  भर्ना  अभियान  सकिएको  छ  ।  भर्ना  अभियानले  उत्साहजनक  रुपमा  विद्यार्थीहरु  भर्ना  भएका  छन्  ।  तर  अझै  पनि  ग्रामीण  समुदायमा  भर्ना   सकिएको   छैन   ।   वैशाखभरि   वा   आधा   जेठसम्म  अभिभावकले  आफ्ना  बालबालिकालाई  विद्यालयमा   भर्ना   गर्न   ल्याइरहन्छन्,   विद्यालयले   पनि  बालबालिकालाई  भर्ना  गरिदिनुपर्ने  बाध्यता  हुन्छ  ।  बालबालिकाहरुलाई  विद्यालयमा  ल्याएपछि  भर्ना गरिदिनै पर्छ । भनेकै दिनमा वा भनेकै समयमा सबै  अभिभावकले  विद्यालयमा  भर्ना  गराउन  सम्भव  भइरहेको  हुँदैन  ।  यसकारण  ग्रामीण  विद्यालयहरुले  पन्ध्र दिने भर्ना अभियानलाई करिब डेढ महिनासम्म लम्ब्याउनु स्वाभाविक हुन्छ । विद्यार्थी भर्नाको समय सकिँदा  पनि  भर्नाका  लागि  ल्याइएका  विद्यार्थीलाई  भर्ना गरिएन भने ग्रामीण समाजमा त्यो एउटा मुदाको विषय बन्न सक्छ । त्यसैलाई लिएर थप अभिभावकहरु आउने हुन्छ, यसकारण पढाइ हुने समयको डेढ महिना बितिसक्दासम्म भर्ना चलिरहेको हुन्छ ।नेपालमा विद्यालयको पढाइको विषयलाई लिएर मुख्यरुपले  चार  समयमा  बढी  चर्चा  हुन्छ  ।  भर्ना  अभियानलाई  निकै  तामझामका  साथ  मनाइन्छ  ।  भर्ना अभियानमा मन्त्रालय, मन्त्री, विभाग, जिशिका, विव्यस, शिक्षक, विद्यार्थी, अभिभावक तथा समाजका अन्य  वर्ग  पनि  संलग्न  हुन्छन्  ।  मिडियाहरुले  समेत  भर्ना अभियानलाई साथ दिइरहेका हुन्छन् । यसपालि त   झन्   निर्वाचित   जनप्रतिनिधिहरुले   पनि   भर्ना   अभियानलाई निकै महत्व दिएका छन् । मन्त्रीसम्मले बालबालिकाको    अभिभावकत्व    ग्रहण    गरेका    छन्  ।  र,  यसपालिको  भर्ना  अभियान  त  यसकारण  पनि  विशेष  भयो  कि  मुख्यमन्त्रीले  समेत  आफ्ना  सन्तानलाई सामुदायिक विद्यालयमा भर्ना गरे । एक किसिमले सामुदायिक विद्यालयमा सरकारी कर्मचारी र  शिक्षकहरुका  सन्तान  पहिलेका  वर्षहरुभन्दा  धेरै  भर्ना  भएका  छन्  ।  निर्वाचित  जनप्रतिनिधिहरु  मध्ये  अधिकांशले  सामुदायिक  विद्यालयमा  नै  आफ्ना  सन्तानलाई  भर्ना  गरेका  छन्  ।  भर्ना  अभियानको  दृष्टिले यो निकै सकारात्मक संकेत हो ।भर्ना अभियानको बेलामा सबैभन्दा बढी चर्चा हुने अर्को विषय हो पाठ्यपुस्तकको । सधैँ पाठ्यपुस्तक नपुगेको  गुनासो  आउने  गरेको  थियो  तर  यसपालि  यो मुदा मिडियामा त्यत्ति आउन सकेको छैन । तेस्रो चर्चाको  विषय  हुन्छ  एसइइ  परीक्षाको  समयमा  ।  वर्षभरि पढाइको कुनै निकायले खासै अनुगमन नगरे पनि एसइइ परीक्षाको समयमा भने परीक्षाको अनुगमन अत्यन्त धेरै हुन्छ । र, चौथो चर्चाको समय नतिजा प्रकाशन  हो  ।  जब  एसइइको  नतिजा  प्रकाशन  हुन्छ,  त्यसको  विश्लेषण  हुँदा  दोषजति  सबै  शिक्षकको  टाउकोमा   थुपार्ने   परम्परागत   चलनलाई   निर्वाह   गरिन्छ  ।  सामान्यतया  विद्यालयस्तरको  पढाइको  सन्दर्भमा समाज वा देशमा बढी चर्चा आउने यिनै चार सन्दर्भहरु हुन् । विद्यालयमा पढाइ कस्तो भइरहेको छ, किन कमजोर वा सबल भएको छ भन्ने विषयमा कुनै खोजतलास नभएर एकैचोटि नतिजालाई लिएर समग्र विश्लेषण गर्ने गरिन्छ । यस किसिमको विश्लेषलाई एकांगी भन्न सकिन्छ । वास्तवमा शिक्षाको गुणस्तर कुनै तहको अन्तिम परीक्षाको नतिजालाई लिएर मात्र गर्नु हुँदैन र परीक्षाको नतिजालाई मात्र विश्लेषण गरिनुले अन्य पक्षलाई छाँयामा पारेको हुन्छ । शिक्षाको सन्दर्भ  धेरै  किसिमले  विश्लेषणीय  हुन्छ  र  विभिन्न  पक्षले विश्लेषण गर्नु आवश्यक हुन्छ पनि । भर्नादेखि    एसइइ    परीक्षासम्मको    यात्रामा    विद्यार्थीहरुले अनेक झमेला झेल्नुपर्दछ । परीक्षा भन्नु नै  केवल  औपचारिक  मूल्यांकनमा  सीमित  भएको  मानिएको  छ  ।  तर  यसैतिर  प्रायः  सबै  पक्षको  ध्यान  गएको  देखिन्छ  ।  आन्तरिक  व्यवस्थापनमा  खासै  कसैको ध्यान गएको पाइएको छैन ।सामुदायिक   विद्यालयको   आन्तरिक   ज्यादै   जटिल पक्ष हो । अधिकांश सामुदायिक विद्यालयहरु आन्तरिक व्यवस्थापन कमजोर रहेको छ । सामुदायिक विद्यालयको  कार्य  क्षेत्रका  बालबालिकाहरु  भर्ना  हुन  पाउनु  अधिकार  हो  ।  नजिकको  सामुदायिक  विद्यालयमा भर्ना हुन पाउनुपर्छ भनेर अभिभावकहरु स्वाभाविक   तर्क   गर्दै   विद्यालयमा   आउँछन्   ।   विद्यालयको  आन्तरिक  क्षमता  नभए  पनि  भर्ना  हुनु  पर्छ । सहर र गाउँको विद्यालयको आन्तरिक अवस्थामा केही भिन्नता रहेको देखिन्छ । सामान्यतया सहर वा काँठ क्षेत्रको सामुदायिक विद्यालयमा कक्षा एकदेखि पाँचसम्म विद्यार्थीको उपस्थिति न्युन हुन्छ र कक्षा छ देखि माथिको कक्षामा विद्यार्थीको उपस्थिति कक्षाको क्षमताभन्दा निकै बढी हुन्छ । सामुदायिक विद्यालयको एउटा  कक्षामा  सामान्यतया  पचपन्न  विद्यार्थी  हुनुपर्छ  तर कतिपय विद्यालयमा ढेढ सयभन्दा बढी विद्यार्थी एउटै कक्षामा हुन्छन् । तेब्बर विद्यार्थी हुँदा पनि सेक्सन छुट्याउन  सक्ने  जनशक्ति  विद्यालयमा  हुँदैन  ।  यस  किसिमको  अवस्थामा  विद्यार्थीको  गुणस्तरमा  त्यत्ति  सुधार हुन सक्दैन ।एउटा कक्षामा डेढ सयभन्दा बढी विद्यार्थी बस्नु पर्दा शिक्षकले अगाडि उभिएर केही बोल्दा वा पछाडि उभिएर केही बोल्दा सबै विद्यार्थीले राम्ररी सुन्न समेत पाइरहेका  हुँदैनन्  ।  सम्बन्धित  शिक्षकले  पनि  निकै  बल दिएर बोल्नु परिरहेको हुन्छ । आफ्नो बोलीलाई अस्वाभाविक  बनाउनु  परेको  हुन्छ  ।  विद्यार्थीले  बुझे  वा    बुझेनन्  भनेर  कक्षामा  परीक्षण  समेत  गर्न  पाइरहेका हुँदैनन् । विद्यार्थीले पनि आफूले नबुझेको कुरो सोध्न पाइरहेका हुँदैनन्, कुनै विद्यार्थीले बोल्यो कि  हल्ला  हुने  डर  हुन्छ  ।  विद्यार्थीहरुको  खासखुस  चलिरहन्छ  ।  त्यसमा  पनि  कोही  विद्यार्थी  तिर्खा  लागेको  हुन्छ,  कसैलाई  पिसाब  लागेको  हुन्छ  भने  यिनीहरु घरि मे आई गो आउट सर ? र बाहिर गएका विद्यार्थीहरु  घरि  मे  आई  कम  इन  सर  ?  भनिरहेका  हुन्छन्  ।  कसैले  गृह  कार्य  गरेर  ल्याएका  हुन्छन्  भने  पनि हेर्न खोज्दा अन्य विद्यार्थीहरु कुरा गर्न थाल्छन् । यदि  गर्मीको  महिना  छ  भने  एउटै  कोठामा  सयभन्दा  बढी  विद्यार्थी  राखेर  अध्यापन  कार्य  गर्नु  भनेको  सजायजस्तै  हुन्छ  ।  यसरी  यस  प्रकारको  आन्तरिक  व्यवस्थापन भएको कक्षामा अध्यापन गराउने शिक्षक र अध्ययन गर्ने विद्यार्थी दुवै सन्तुष्ट हुन पाउँदैनन् भन्ने यथार्थलाई समाज र राज्यले बुझ्नु जरुरी छ ।विद्यार्थीको  अनुपातमा  शिक्षक  नहुनु  विकराल  समस्याको  रुपमा  रहेको  छ  ।  यसमा  पनि  स्थानीय  तहको   निर्वाचनपछि   स्थानीय   सरकारले   केही   शिक्षकलाई  काजमा  तानेको  छ  ।  केही  शिक्षकहरु  सम्बन्धित वडाध्यक्षका मान्छे छन्, कोही उपमेयर र मेयरका  मान्छे  छन्  ।  यसै  गरी  कोही  प्रदेश  साँसद  र  कोही  संघीय  साँसदका  मान्छे  छन्  ।  अन्य  कोही  साधारण शिक्षकभन्दा यस प्रकारका शिक्षकहरु कमै काम गर्न चाहन्छन् । ठीक समयमा विद्यालय आउनु र विद्यालयको समयभरि विद्यालयमा बस्नु तथा घन्टी लाग्नासाथ  कक्षा  कोठामा  पस्नु  र  पूरा  घन्टी  कक्षा  कोठामा  बिताउनु  पनि  आफ्नो  शानको  विपरीत  ठान्छन्  ।  सधैँ  यो  काम  र  त्यो  काम  पनि  बीचैमा  विद्यालय छोडेर जाने तथा नआएको दिन पनि हाजिरी गर्ने  गरेको  पाइएको  छ  ।  सामान्यतया  अरुले  पनि  यस  किसिमका  शिक्षकका  बारेमा  टिप्पणी  गर्दैनन्  ।  कतिपय  अवस्थामा  त  डिउटीफुल  शिक्षकहरुले  नै  अपमानजनक  शब्दहरु  सुन्नु  र  सहनु  पर्दछ  अर्थात्  इमानदारले नकारात्मक पारितोषिक पाउनु परेको छ ।एउटा  अर्को  पक्ष  पनि  विचारणीय  छ–  गरिबका  छोराछोरी  नै  सामुदायिक  विद्यालयमा  पढ्छन्  भन्ने  आम धारणा छ । यसमा यो वर्षदेखि केही परिवर्तन भएको  छ  ।  शिक्षक,  कर्मचारी  तथा  निर्वाचित  जनप्रतिनिधिहरुले    पनि    आफ्ना    सामुदायिक    विद्यालयमा छोराछोरीलाई भर्ना गरेका छन् ।सामुदायिक  विद्यालयको  तुलनामा  संस्थागत  विद्यालयमा  विद्यार्थी  र  शिक्षकको  अनुपात  तथा  शिक्षकले   कक्षामा   बिताउने   समय   निकै   फरक   छ  ।  साथमा  विद्यार्थीका  अभिभावकको  चासो  पनि  संस्थागत  विद्यालयको  तुलनामा  सामुदायिक  विद्यालयमा कैयौँ गुणा कम कम हुन्छ । सामुदायिक विद्यालयका  अभिभावकहरु  विद्यालय  व्यवस्थापन  समिति  गठनको  समयमा  मात्र  सक्रिय  हुन्छन्  र  शिक्षकले पढाउँदैनन् भन्ने आरोपहरु लगाइरहन्छन् । शिक्षकले राजनीति गर्छन् र पढाउँदैनन् भन्ने आरोप शतप्रतिशत  सही  वा  शतप्रतिशत  गलत  होइन  तर  विद्यालयको  आन्तरिक  व्यवस्थापन  देखेको  नदेख्यै  गरेर  लगाइएको  जस्तो  हुन्छ  ।  कक्षा  कोठाभित्र  एक  शिक्षकले एउटा विषयमा कम्तीमा एक मिनेट समय दिन  सक्ने  वातावरण  हुनु  पर्दछ  ।  र  यो  अवस्था  संस्थागत विद्यालयमा मात्र हुन्छ । यसकारण संस्थागत विद्यालयका  हरेक  शिक्षकले  आफूले  पढाउने  हरेक  विद्यार्थीलाई  उसको  आनीबानी,  विषयगत  क्षमता  र  अन्य  पक्षलाई  समेत  राम्ररी  चिन्न  पाएका  हुन्छन्  ।  यसको  विपरीत  सय  वा  सोभन्दा  बढी  विद्यार्थी  एकै  कक्षामा  पढ्ने  भएपछि  विद्यार्थीले  त  शिक्षकलाई  चिन्छन् तर शिक्षकले विद्यार्थीलाई राम्ररी चिन्न उसले केही विशेष कार्य गरेकै हुनुपर्दछ ।कतिपय   सामुदायिक   विद्यालयको   कतिपय   कक्षामा विद्यार्थी भर्ना गर्ने ठाउँ छैन । तर विद्यालयको कार्य  क्षेत्र  भएको  ठाउँका  बालबालिकाहरु  जाऊन्  कहाँ ? विद्यालयमा भर्ना हुन पाउनु बालबालिकाको अधिकार   हो   ।   संस्थागत   विद्यालयमा   पढ्न   पाउने  हैसियत  नभएका  र  नजिकको  सामुदायिक  विद्यालयमा   भर्ना   हुन   नपाउने   अवस्था   हुनु   त्यत्ति  मनासिब  होइन  ।  भर्ना  हुँदा  कक्षा  कोठामा  अत्यधिक  विद्यार्थीको  चापका  कारण  गुणस्तरीय  शिक्षा प्राप्त गर्न पाउने अधिकारबाट वञ्चित हुनु पर्दछ । भर्ना हुन पाउनु र गुणस्तरी शिक्षा पाउनु दुवै बालअधिकार  पाउनु  पर्दछ  भन्ने  कुरामा  ध्यान  दिने  बेला पनि आइसकेको छ कि ?

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवामा राष्ट्रिय विद्यार्थी संघले तीन...

सर्लाही । भारतको विहारमा मदिरापान बिक्रीवितरण र ओसारपसारमा प्रतिबन्ध लगाइएपछि...

गौर । प्रदेश २ का कृषि ,भूमि व्यवस्था तथा सहकारी...

जीतपुर । जीतपुरमा एउटै पसलमालगातार दुई चोटीचोरी भएपछि , प्रहरीको...

स्याङ्जा : जिल्ला कारागार स्याङ्जामा कार्यरत एक प्रहरी जवानले...

जनकपुरधाम । धनुषामा एक युवक घाँटी रेटिएको अवस्थामा फेला परेका...

पशुपतिनगर, इलाम : इलामको चुलाचुली गाउँपालिकामा कार्यरत नायब सुब्बा जगत...

बर्दिवास : महोत्तरीको सदरमुकाम जलेश्वरलाई भारतीय सीमा र धनुषाको जनकपुरसँग...

बलेवा : कुलतमा लागेका युवाका लागि सुधार गृहका रुपमा स्थापना...

इलाम : नेपाल पत्रकार महासङ्घ इलाम शाखाले पत्रकारका लागि आपत्कालीन...

काठमाडु । साउथ ह्याम्पटनलाई हराउँदै लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको...

काठमाडु । अपराध अनुसन्धानमा अब्बल मानिँदै आएको नेपाल प्रहरी पछिल्लो...

जनकपुरधाम । कमला नगरपालिकाका वडाअध्यक्षहरुले नगरप्रमुख रामउदगार गोइतलाई शनिवार ९...

भद्रपुर : खोलामा डुबेर मेचीनगर–८ सालघारीका ३६ वर्षीय शिवु...

जीतपुर : मुलुकी ऐनमा सवारी चालक सम्बन्धि गरिएको ब्यवस्थाको परिवर्तनको...

बर्दिबास : बालबालिकाले भयत्रासमुक्त वातावरणमा सुरक्षित र...

राजविराज : प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले...

वाशिङ्टन, डिसी : अमेरिकाको मेरिल्याण्ड राज्यमा भएको गोली काण्डमा...

नेपालगञ्ज, बाँके : मुस्लिम समुदायको पर्व मोहर्रममा नेपालगञ्जमा हिन्दू...

काठमाण्डु । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले टुंगो लगाएको प्रदेश ईञ्चार्ज ...

राजविराज । संविधान संशोधनको विषयमा वहस चलिरहेको बेला प्रदेश २...

सिरहा । जिरोमाइल देखि बरियारपट्टि जाने सडकखण्ड...

जनकपुरधाम । धिरेन्द्र मल्टिमेडिया प्रालिको प्रस्तुति रहेको चलचित्र...

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता रामचन्द्र झाले सरकारमा...

वीरगञ्ज । सेवाग्राहीसित घुस लिएको आरोपमा अख्तियारको टोलीले वीरगन्ज महानगरपालिकाका...

नेपालगञ्ज : इस्लाम धर्मावलम्बीको मोहर्रम पर्व बाँकेमा पनि धुमधामका...

बुटवल : मुलुकी संहितामा सवारी चालकका लागि ल्याइएको प्रावधानको...

कञ्चनपुर । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका नेता राजेन्द्र...

पर्सा : विद्यालयको अनुमतिपत्र दिन रु एक लाख घुस...

बर्दिवास । महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका–६ जमुनियाँ चोकमा आज...

जनकपुरधाम । चालकहरुको बन्दले जनकपुरधाम लगायत तराईका ...

वीरगञ्ज : नेपाल आयात गर्न लागिएको मल सिर्सियास्थित सुख्खा...

कास्की : सङ्घीय सरकारका युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले...

काठमाडौँ : प्रतिनिधिसभा बैठकमा सांसदले संविधान कार्यान्वयन गर्न मौलिक अधिकारसम्बन्धी...

विराटनगर : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले...

काठमाडौँ : नेपाली काङ्ग्रेसले अछामका पार्टी क्रियाशील सदस्य टेकबहादुर...

वासिंटन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले महान्यायाधिवक्ता जेफ सेसन्सप्रति तिखो...

सिरहा । माछा उत्पादन बढाई नगरक्षेत्रलाई समृद्ध बनाउने योजना सिरहाको...

लहान : सिरहा प्रहरीले जिल्लाको विभिन्न स्थानबाट डेढ हजारभन्दा...

गौशाला : महोत्तरी जिल्लाको जलेश्वर कारागारका एक बन्दीको गए राति...