Fri, 21 Sep 2018
ताजा समाचार
मैथिली फिल्म "दहेजक पिरा"को पोस्टर सार्वजानिक || मातृका र रघुबीरको सम्पती छानविन गर : नेता झा || वीरगञ्ज महानगरपालिकाका २ कर्मचारी सहित ३ तीन पक्राउ || मोहर्रम पर्व मनाइँदै || सहमतिपछि यातायात सञ्चालन || संविधान कार्यान्वयन गर्न निकै चुनौती : नेता महतो || घुस लिएको अभियोगमा दुई जना पक्राउ || महोत्तरी जमुनियाँमा प्रहरी पोष्ट स्थापना || लामो दुरीमा गाडी नचल्दा यात्रुहरु अलपत्र , सामान ढुवानी पनि || मल बन्दरगाहमै थन्कियो || खेलकूदले देशलाई चिनाएको छ: मन्त्री विश्वकर्मा || पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग || डिजिटल प्रणालीको शुभारम्भ || विष्टको निधनप्रति काँग्रेसद्वारा दुःख व्यक्त || महान्यायाधिवक्तविरुद्ध खनिए ट्रम्प || माछापालन योजना || मदिरा नष्ट || एक बन्दीको मृत्यु || मुसहर बस्तीमा संविधान दिवस, संविधान सबैको साझा छहारी होस् || मौका परीक्षाको नतिजा सार्वजनिक || सीके राउतका १०० बढी कार्यकर्ता पक्राउ || डा.सीके राउतका समर्थकहरुले निकाले हजारौको संख्यामा रयाली || निर्वाचन कार्यक्रम सार्वजनिक || पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग || समृद्धिको राष्ट्रिय दायित्वमा सहयोगी हुन प्रधानमन्त्रीको आह्वान || विधार्थी फोरमको जिल्ला अधिवेशन संपन्न || लागुऔषधसहित एक पक्राउ || एसिड आक्रमणको आरोपमा एक युबक पक्राउ || मलेशियामा विषाक्त मदिरा सेवनबाट ६ को मृत्यु || मोटरसाइकल दुर्घटनामा एकको मृत्यु || फोरमले संविधान दिवस नमनाउने || आज संविधान दिवस मनाइँदै, काठमाडौंको टुंडिखेलमा विशेष समारोह || सम्बन्ध विच्छेदका लागि अदालतमा धाउने पुरुषहरुको संख्या बढ्यो || उपराष्ट्रपति पुन बुधबार चीन जाँदै || मुन–किमबीच दुई घन्टा लामो वार्ता || एएफसी यू १६ फुटबल आजदेखि काठमाडौंमा, नेपालले फिलिपिन्सको सामना गर्ने || १५ बर्ष देखि फरार प्रतिबादी पक्राउ || काठ बेचेको भन्दै स्थानीयले रेन्जपोष्ट कार्यालय घेराउ || प्रहरी चौकी बिश्रामपुर घेराउ || ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरलाई ज्ञापन पत्र ||
पत्थरी हुने समस्या र खानामा अपनाउनुपर्ने सतर्कता

बैशाख २१, २०७५

  •                    डा जया प्रधान

 महिलामा भन्दा पुरुषमा मिर्गौला तथा पित्तशयको समस्या  बढी  देखिन्छ  ।  मौसम,    पिसाबनलीमा  हुने  संक्रमण,   वंशाणुगतजस्ता   कारणले   यो   समस्या   निम्तिने  भए  पनि  खानपानले  समेत  ठूलो  प्रभाव  पारेको हुन्छ । घाममा बढी समय काम गर्दा पसिना निस्कने हुन्छ । साथै गर्मी मौसममा पानी कम पिउँदा पनि पिसाब थोरै लाग्ने हुन्छ । जसले गर्दा पिसाबमा लवणहरु जम्मा हुन थाल्छ र पत्थरको रुप लिन्छ । यसैगरी, वंशाणुगत युरिक एसिड र अक्सालेटको मेटाबोलिजममा   गडबड   हुनाले   पनि   मिर्गौलामा   पत्थर  बन्ने  सम्भावना  हुन्छ  ।  पत्थर  बन्न  मद्दत  पु¥याउने  तत्वहरु  खानाबाट    प्रशस्त  प्राप्त  भएको  स्थितिमा पनि यो समस्या आउन सक्छ । क्याल्सियम, फोस्फोरसजस्ता  तत्व  शरीरमा  आवश्यक  भए  पनि  पत्थर बन्ने प्रवृत्ति भएको शरीरका लागि यी तत्व तथा प्युरिन र अक्जालेटले नकारात्मक प्रभाव पार्न सक्छ । पत्थरबाट  हुने  असह्य  पीडा  कम  गर्न  नदुख्ने  औषधि सेवन गर्नुपर्ने हुन्छ अथवा पत्थरको आकार हेरी  विशेष  प्रविधिद्वारा  पत्थर  निकाल्नुपर्ने  हुन्छ  ।  एकचोटि पत्थर बनेपछि बारम्बार बनिरहने हुनाले माथि उल्लिखित उपायभन्दा पनि सरल, बिनाझन्झट दैनिक खानामा उचित प्रकारका खाद्यपदार्थ छनोट गर्न सके यो समस्यालाई नियन्त्रण गर्न सकिन्छ । साधारणतया   मिर्गौलामा   क्याल्सियम   पत्थर,   अक्जालेट  पत्थर  र  युरिक  एसिड  पत्थर  गरी  तीन  प्रकारका  पत्थर  बन्छन्  ।  मिर्गौलामा  बन्ने  पत्थरको  ९०  प्रतिशत  कारण  क्याल्सियम  तत्व  र  एकोनियम,  म्याग्नेसियम, फोस्फेट, अक्जालेट, कार्बोनेटका लवण हुन् । कहिलेकाहीँ शरीरमा भिटामिन ए को कमी तर भिटामिन  डी  बढी  भई  प्याराथाइराइडको  कार्यमा  गडबडी हुँदा पनि पत्थर हुन्छ भन्ने कुरा अध्ययनले देखाएको छ । प्रायः  अक्जालेट  पत्थर  खस्रो,  कडा  र  सुकेको  रगतजस्तो हुन्छ भने युरिक एसिड पत्थर खैरो र कडा हुन्छ । यसैगरी, फोस्फेट पत्थर सेतो, चकजस्तो नरम हुन्छ । पत्थर पिसाबको नलीमा अड्केमा वा पत्थरको आकार  ठूलो  भई  निस्कन  नसकेमा  असह्य  पीडा  हुने,  पिसाब  बाक्लो  तथा  पिसाबमा  रगत  देखा  पर्ने,  संक्रमण  हुने,  ज्वरो  आउने,  बान्ता  हुने  लक्षण  देखा  पर्छ । यस्तो अवस्थामा सम्बन्धित डाक्टरलाई देखाई आवश्यक परामर्श लिनुपर्ने हुन्छ। मिर्गौलामा  बारम्बार  पत्थर  बन्ने  र  दुःख  दिने  समस्या  छ  भने  त्यस्ता  व्यक्तिले  दैनिक  खानपानमा  विशेष  सावधानी  अपनाउनुपर्ने  हुन्छ  ।  यसप्रकारको  पत्थरको  समस्याबाट  नदुख्ने  औषधि  सेवन  गरेर  केही समय छुटकारा मिले पनि फेरि बल्झिने हुनाले नियन्त्रण गर्न दैनिक खानामै विशेष ध्यान दिनुपर्छ। पत्थर   रोगको   समाधानका   लगि   गरिएको   व्यक्तिगत  अनुभवलाई  दृष्टिगत  गर्दा  कतिपय  यस्ता  खाद्यपदार्थ  छन्  जसले  मिर्गौलामा  पत्थर  बन्नबाट  रोक्न तथा नियन्त्रण गर्न मद्दत पु¥याएका छन् । यस समस्याको  समाधानको  उपाय  प्रशस्त  मात्रामा  सफा  पानी तथा झोल पदार्थ सेवन नै हो । र, पत्थर बन्न सहयोग  पु¥याउने  तत्वहरु  क्याल्सियम,  फस्फोरस,  प्युरिन,  अक्जालेट,  चिल्लो  पदार्थ  बढी  भएका  खाद्यपदार्थहरु दैनिक भोजनमा परहेज गर्नु हो।  पानी  तथा  झोलपदार्थ  बढी  सेवन  गर्दा  पनि  कसै–कसैको  पत्थर  बन्न  सक्छ  ।  यसरी  निस्केको  पत्थर प्रयोगशालामा जचाउँदा कुन प्रकारको हो भनेर पहिचान गर्न सकिन्छ र त्यसैअनुरुप खान हुने र नहुने खाद्य पदार्थको छनोट गर्न सकिन्छ । यस्तो स्थितिमा भोजनमा परहेज गर्नुपर्ने हुन्छ । तर, पत्थरको पहिचान गर्न  नसकेमा  धेरै  प्रकारका  खाद्यपदार्थ  सेवानबाट  वञ्चित  हुँदा  पौष्टिक  तत्वको  अभावमा  स्वास्थ्यमा  झन् प्रतिकूल असर पर्न सक्छ। त्यसकारण  पत्थरको  समस्या  भएका  व्यक्तिले  तथा   तिनका   परिवारका   सदस्यले   यो   समस्या   बल्झाउने  तत्व  भएका  खाद्यपदार्थको  पहिचान  गरी  त्यसको  बदलामा  कुन  खाद्यपदार्थ    समावेश  गर्दा  भोजन  सन्तुलित  र  उपयुक्त  हुन्छ  भने  कुरा  जान्नु  आवश्यक छ । समयमै सतर्कता  अपनाउन नसकेमा बारम्बार  पत्थर  बन्नाले  मिर्गौलामा  थप  भार  परी  काममा बाधा पुग्ने र नराम्रो असर पर्ने हुन्छ। समस्याको   पहिचान   गरी   दैनिक   भोजनमा   फेरबदल गर्दा बनिसकेको पत्थर घोलिएर पिसाबबाट चाहिँ  आउँदैन  ।  यदि,  सानो  आकारको  छ  भने  पिसाबबाट निस्कन सक्छ । यसरी भोजनमा फेरबदल गर्दा  मिर्गौलामा  पत्थर  बन्ने  कामलाई  नियन्त्रण  र  कम गर्न सकिन्छ । दैनिक उचित खाद्यप दार्थबाहेक शरीरले आवश्यक पानी र झोल पदार्थ पाएको छ भने मिर्गौलामा पत्थर बन्न पाउँदैन । शरीरमा   आवश्यक   मात्रामा   पानी   छ   भने   मिर्गौलाले  दूषित  पदार्थ  छानेर  पिसाबबाट  बाहिर  फाल्ने  काम  गर्छ  ।  शरीरमा  पानीको  कमी  छ  भने  दूषित  पदार्थ  फ्याँक्न  नसक्दा  ठोस  रुपमा    परिणत  भई  एक  आपसको  प्रतिक्रियाबाट  पत्थर  बन्छ  ।  त्यसकारण  साधारण  अवस्थाबाहेक  यस  स्थितिमा  पनि पानी तथा झोल पदार्थको सेवनमा विशेष ध्यान पु¥याउनुपर्ने हुन्छ । दैनिक अन्दाजी २ लिटर पिसाब शरीरबाट  फ्याँकिने  हिसाबले  प्रशस्त  पानी  पिउन  सकेमा यो समस्या समाधान गर्न सकिन्छ।यसैगरी,   पत्थरको   समस्या   भएका   व्यक्तिले   पिसाबको  रङ  हेरी  दैनिक  पानीको  परिमाण  बढाउन  सकिन्छ । यदि, पिसाब गाढा पहेँलो छ भने पानीको मात्रा वा थप झोल पदार्थको सेवन बढाउनुपर्ने हुन्छ । खानामा अपनाउनुपर्ने सतर्कता दैनिक ३ लिटरभन्दा बढी पानी तथा झोलपदार्थ सेवन  गर्दा  विभिन्न  तत्वको  लवणबाट  पत्थर  बन्न  पाउँदैन।  प्रोटिनको  परिमाण  पनि  कम  गर्नुपर्छ  ।  एक  किलोग्राम  शरीरको  तौलबराबर  एक  ग्रामभन्दा  कम  प्रोटिन प्राप्त हुने किसिमले भोजनको व्यवस्था गर्नुपर्छ । यसैगरी,  शरीरमा  अम्ल  (एसिड)  पैदा  गर्ने  खाद्यपदार्र्थ समावेश गर्नुपर्छ।पानी   तथा   अन्य   उपयुक्त   झोलपदार्थको   परिमाण  बढाए  पनि  क्याल्सियम  प्रवृत्तिको  पत्थर  छ   भने   क्याल्सियम   बढी   पाउने   खाद्यपदार्थ   जस्तैः  दूध  तथा  दूधबाट  बनेका  परिकारको  मात्रा  कम गर्नुपर्छ । पोटासियमयुक्त फलफूल र सागपातको उपभोगले मिर्गौलामा पत्थर बन्ने सम्भावित खतरालाई ५०  प्रतिशत  कम  गर्छ  ।  त्यसैले  भोजनमा  यो  तत्व  भएको खाद्यपदार्थ समावेश गर्नुपर्छ । अक्जालेट  पत्थर  छ  भने  अक्जालिक  एसिड  भएका  खाद्यपदार्थ  जस्तै  पालुंगो,  कर्कलो,  बदाम,  काजु, तिल, चिया, पुदिना आदिको सेवन कम गर्नुपर्छ । पत्थर भएका व्यक्तिहरुले दैनिक १०० देखि १५० मिलिग्राम  भिटामिन  बी,  भिटामिन  बी  कम्प्लेक्सको  साथमा लिँदा राम्रो हुन्छ। युरिक एसिड पत्थर छ भने प्युरिन भएका खाद्यपदार्थ जस्तैः मासु, चिल्लो पदार्थ, अन्डा कम गर्नुपर्छ । यसप्रकारका खाद्यपदार्थ दैनिक ६० देखि ७० ग्राम मात्र लिँदा बेस हुन्छ । फाइबरयुक्त  फलफूल  र  सागपात  (अक्जालेट  कम भएको) भोजनमा समावेश  गर्दा खाद्यपदार्थमा भएको फाइबर क्याल्सियमसँग बाँधेर यसको शोषण कम गराउँछ । सोडियम बढी भएका खाना खाँदा पनि पिसाबमा  क्याल्सियमका  कण  बढी  देखिने  हुनाले  सोडियम भएका खानेकुरा कम गर्नुपर्ने हुन्छ । दैनिक २  देखि  ३  ग्रामभन्दा  कम  मात्र  प्राप्त  हुने  किसिमले  भोजनको व्यवस्था गर्नुपर्छ। यसैगरी,  पत्थरीको  समस्या  भएका  व्यक्तिले  जटिल  कार्बोहाइड्रेट  अर्थात्  पूरै  अन्नबाट  बनेको    खाद्यपदार्थ,   ताजा   फलफूल,   सागपातलाई   बढी   प्राथमिकता  दिनुपर्छ  ।  यस  प्रकार  मिर्गौलाको  पत्थर  सबै एकै प्रकारको नहुने भएकाले दैनिक भोजनलाई सकेसम्म पोषिलो र सन्तुलित बनाउनुपर्छ । साधारण खाद्यपदार्थको उपभोगबाट घरेलु तवरले नै यो समस्या समाधान  भएको  कुरा  यसबाट  पीडित  व्यक्तिहरुको  अनुभवले बताउँछ । विशेषगरी खरबुजा, अनार, केरा, तुलसीको  पातको  रसमा  मह  मिलाई  खाँदा,  स्याउ,  राजमा, गहतको सूप आदि खाँदा पिसाबबाट पत्थर निस्कन्छ । यी खाद्यपदार्थमा रहेका तत्वले स–साना पत्थर निकाल्न मद्दत गर्नुका साथै बन्ने प्रक्रिया पनि नियन्त्रण गर्छ ।

जनकपुरधाम । धिरेन्द्र मल्टिमेडिया प्रालिको प्रस्तुति रहेको चलचित्र...

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता रामचन्द्र झाले सरकारमा...

वीरगञ्ज । सेवाग्राहीसित घुस लिएको आरोपमा अख्तियारको टोलीले वीरगन्ज महानगरपालिकाका...

नेपालगञ्ज : इस्लाम धर्मावलम्बीको मोहर्रम पर्व बाँकेमा पनि धुमधामका...

बुटवल : मुलुकी संहितामा सवारी चालकका लागि ल्याइएको प्रावधानको...

कञ्चनपुर । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका नेता राजेन्द्र...

पर्सा : विद्यालयको अनुमतिपत्र दिन रु एक लाख घुस...

बर्दिवास । महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका–६ जमुनियाँ चोकमा आज...

जनकपुरधाम । चालकहरुको बन्दले जनकपुरधाम लगायत तराईका ...

वीरगञ्ज : नेपाल आयात गर्न लागिएको मल सिर्सियास्थित सुख्खा...

कास्की : सङ्घीय सरकारका युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले...

काठमाडौँ : प्रतिनिधिसभा बैठकमा सांसदले संविधान कार्यान्वयन गर्न मौलिक अधिकारसम्बन्धी...

विराटनगर : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले...

काठमाडौँ : नेपाली काङ्ग्रेसले अछामका पार्टी क्रियाशील सदस्य टेकबहादुर...

वासिंटन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले महान्यायाधिवक्ता जेफ सेसन्सप्रति तिखो...

सिरहा । माछा उत्पादन बढाई नगरक्षेत्रलाई समृद्ध बनाउने योजना सिरहाको...

लहान : सिरहा प्रहरीले जिल्लाको विभिन्न स्थानबाट डेढ हजारभन्दा...

गौशाला : महोत्तरी जिल्लाको जलेश्वर कारागारका एक बन्दीको गए राति...

बर्दिवास : महोत्तरी बर्दिवास–१४ स्थित एकीकृत नमूना मुसहर बस्तीका...

भक्तपुर : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि...

जनकपुरधाम । धनुषाबाट प्रहरीले सीके राउतका समर्थक १०० भन्दा बढीलाई...

जनकपुरधाम । संविधान जारी भएको दिनको विरोधमा ‘स्वतन्त्र मधेस गठबन्धन’ले...

काठमाडौँ : प्रतिनिधिसभाअन्तर्गतका १० वटा विषयगत समितिका सभापति चयनका...

काठमाडौँ : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पेट्रोलियम पदार्थको...

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि राष्ट्रिय सङ्कल्प...

रौतहट । समाजवादी विधार्थी फोरम नेपाल जिल्ला कार्य समिति रौतहटको...

वीरञ्ज : भारतबाट लुकाइछिपाइ नेपालतर्फ ल्याइरहेको अवस्थामा सशस्त्र प्रहरी...

चन्द्रपुर । दुई किसोरी लाई एसिड आक्रमणको आरोपमा प्रहरीले एक...

काठमाडौं : मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको...

बागलुङ : बागलुङ नगरपालिका–२ रुद्रेपिपल भन्ने स्थानमा गएराति ग...

राजविराज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका उप–प्रधान...

काठमाडौं । नेपालको संविधान जारी भएको तेस्रो वर्ष पूरा भई...

सिन्धुली । नयाँ मुलुकी संहिता जारी भएपछि सिन्धुलीमा सम्बन्ध विच्छेदको...

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन औपचारिक भ्रमणका लागि बुधबार चीन...

सोल । दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इन र उत्तर...

काठमाडौं । एएफसी युथ सिक्सटिन महिला फुटबल च्याम्पियनसिपका छनोट खेल...

जीतपुर : ईलाका प्रहरी कार्यालय निजगढले १५ बर्षदेखि चोरि मुदामा...

चन्द्रपुर । जिल्लाको बृन्दावन नगरपालिका १ मा रहेको वृन्दावन...

चन्द्रपुर । रौतहटको बृन्दावन नगरपालिकाका एक युवालाई हतियार थमाएर फसाउन...

चन्द्रपुर । नेपाल तरुणदल नगर समिति चन्द्रपुरले ईलाका प्रशासन...