Fri, 21 Sep 2018
ताजा समाचार
मोटरसाइकल ठोक्किदा एकको मृत्यु, एक घाइते || मैथिली फिल्म "दहेजक पिरा"को पोस्टर सार्वजानिक || मातृका र रघुबीरको सम्पती छानविन गर : नेता झा || वीरगञ्ज महानगरपालिकाका २ कर्मचारी सहित ३ तीन पक्राउ || मोहर्रम पर्व मनाइँदै || सहमतिपछि यातायात सञ्चालन || संविधान कार्यान्वयन गर्न निकै चुनौती : नेता महतो || घुस लिएको अभियोगमा दुई जना पक्राउ || महोत्तरी जमुनियाँमा प्रहरी पोष्ट स्थापना || लामो दुरीमा गाडी नचल्दा यात्रुहरु अलपत्र , सामान ढुवानी पनि || मल बन्दरगाहमै थन्कियो || खेलकूदले देशलाई चिनाएको छ: मन्त्री विश्वकर्मा || पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग || डिजिटल प्रणालीको शुभारम्भ || विष्टको निधनप्रति काँग्रेसद्वारा दुःख व्यक्त || महान्यायाधिवक्तविरुद्ध खनिए ट्रम्प || माछापालन योजना || मदिरा नष्ट || एक बन्दीको मृत्यु || मुसहर बस्तीमा संविधान दिवस, संविधान सबैको साझा छहारी होस् || मौका परीक्षाको नतिजा सार्वजनिक || सीके राउतका १०० बढी कार्यकर्ता पक्राउ || डा.सीके राउतका समर्थकहरुले निकाले हजारौको संख्यामा रयाली || निर्वाचन कार्यक्रम सार्वजनिक || पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग || समृद्धिको राष्ट्रिय दायित्वमा सहयोगी हुन प्रधानमन्त्रीको आह्वान || विधार्थी फोरमको जिल्ला अधिवेशन संपन्न || लागुऔषधसहित एक पक्राउ || एसिड आक्रमणको आरोपमा एक युबक पक्राउ || मलेशियामा विषाक्त मदिरा सेवनबाट ६ को मृत्यु || मोटरसाइकल दुर्घटनामा एकको मृत्यु || फोरमले संविधान दिवस नमनाउने || आज संविधान दिवस मनाइँदै, काठमाडौंको टुंडिखेलमा विशेष समारोह || सम्बन्ध विच्छेदका लागि अदालतमा धाउने पुरुषहरुको संख्या बढ्यो || उपराष्ट्रपति पुन बुधबार चीन जाँदै || मुन–किमबीच दुई घन्टा लामो वार्ता || एएफसी यू १६ फुटबल आजदेखि काठमाडौंमा, नेपालले फिलिपिन्सको सामना गर्ने || १५ बर्ष देखि फरार प्रतिबादी पक्राउ || काठ बेचेको भन्दै स्थानीयले रेन्जपोष्ट कार्यालय घेराउ || प्रहरी चौकी बिश्रामपुर घेराउ ||
महामहिम मोदीको यात्रा

बैशाख २३, २०७५

  •                    देशकाल

  •                    किशोर नेपाल

 नरेन्द्र मोदी जनकपुरको बाटो नेपाल पस्नु हामी सोझा–साझा, लाटा–गाँडा नेपालीका लागि अनौठो कुरा भएपनि यसका दूरगामी प्रभाव पक्कै रहनेछ ।

यो    पटक    नेपालले    भारतसंगको    कूटनीतिक   सम्वन्धमा   पहिलो   र   नयाँ   अनुभव    गर्दैछ    ।    दुइदिने    भ्रमणका    लागि   वैैशाख   २८   गतेनेपाल   आउन   लागेका    भारतीय    प्रधानमन्त्री    नरेन्द्र    मोदी  भिठ्ठामोड  नाकाबाट  नेपाल  प्रवेश  गरेर जनकपुरधाममा राम–जानकीको पूजा–अर्चना      गर्नेछन      ।      नेपालीहरुको      आकांक्षा  र  अपेक्षा  थियो  इण्डियन  एयर  फोर्सको   विमान   चढेर   मोदी   महानगर   काठमाडौंकै     बाटो     नेपाल     प्रवेश     गरुन । संघीय राज्यको वीजारोपण भएपछि नेपालका थुप्रै ठूला शहरहरु महानगरभएका छन   ।   यो   स्तम्भकारलाई   आश्चर्यपनि   लाग्यो,  “ऋृषिमन”  का  नरेन्द्र  मोदीजीले  काठमाडौंको  मूल  ढोकाबाट  नेपाल  प्रवेश  नगरेर  किन  छानेका  होलान  जनकपुरधाम  प्रवेशगर्न जस्केलाको बाटो ?यसमा सामान्य नेपालीहरु  आश्चर्यचकित  हुनु  स्वभाविक  हो । किनभने, अहिलेसम्म भिठ्ठामोड जस्तो सानो  नाकाको  बाटो  मोदी  जस्ता  अत्यन्त  महत्वका अन्तर्राष्ट्रिय व्यक्तित्वको के कुरा ? भारतीय राज्य विहारको सामान्य डीएम पनि नेपाल भित्रिएका छैनन होला । स्थलमार्गबाट     नेपाल     भारतवीच     आवागमनको मुख्य र सुविधाजनक बाटो     जनकपुर–जयनगर     हो  ।  मानिसकै  कुदाइ  वरावर   महोत्तरीको   बिजलपुराबाट जनकपुरहुँदै   जयनगरसम्म   कुद्ने छोटीलाइनको रेलवेले        यो        भेग वा इलाकाका मानिसहरुको आवश्यकता पूरागर्न ठूलो   मद्दत   गरेको   थियो   ।   जयनगरको   सीमामा रहेको खजुरा भन्सारबाट महिनाथपुरहुँदै  जनकपुर  आइपुग्ने  यो  रेल  असमयमा नै थोत्रो भयो । मर्मत सम्भारका लागि  रेलवेले  कमाउने  दैनिक  आम्दानी  पर्याप्त थिएन । त्यसैले नेपाल सरकार, त्यो पनि राजाको सरकार, चूप वस्यो । भारतले रेलवे  वनाइ  दिन्छु  भनेर  सहयोगको  हात  लम्कायो । तर अहिलेसम्म वनेको छैन ।यसपटकको    भ्रमणमा    प्रधानमन्त्री    मोदीले  यो  रेलको  कुरालाई  मात्र  होइन,  हुलाकी  मार्ग  लगायतका  अन्य  विषयलाई  समेत  आफनो  “मनकी  वात”  वनाइदिए  भने जनकपुरवासीको मात्र होइन, मधेशको तिव्र  विकासगर्न  चाहने  सवै  नेपालीको  मन   प्रफुल्ल   हुनेथियो   ।   वास्तविक   नेपाली जनताका लागि मधेशको महत्व र मधेशसंगको अपनत्व अत्यन्त संवेदक छ । मधेश हामी नेपालीको जातीय उद्यान हो । यति भै दिए अतीतमा नाकावन्दीका रुपमा नेपाल–भारत  सीमामा  खेलिएको  खेलको  पनि राम्रै क्षतिपूर्ति हुने थियो ।नरेन्द्र  मोदी  जनकपुरको  बाटो  नेपाल  पस्नु   हामी   सोझा–साझा,   लाटा–गाँडा   नेपालीका  लागि  अनौठो  कुरा  भएपनि  यसका दूरगामी प्रभाव पक्कै रहनेछ । नेपाल र  भारतवीचको  सीमा  त्यति  सजिलो  छैन  जति  वताउँदै  आइएको  छ  ।  पहिले  पनि  नेपाल  र  भारत  सीमामा  पर्ने  ठाउँमा  डाँकुहरुको   आतंकको   कुरा   सुनिन्थ्यो । राजाको नेतृत्वको पन्चायतकालमा    राजाका    विरोधीहरुको     हत्यागर्न     तत्कालीन          नेपाली          सुरक्षाले        सीमानाका        डाँकुहरुको          प्रयोग          गर्दथे । यो कुरा काठमाडौं शहरमादन्त्यकथा जस्तो            लागेपनि            यहाँका   मानिसले   घटनाहरु   विर्सिएका   छैनन । अहिले पनि, सीमा पूरै सुरक्षित छैन होला  ।  तर,  सुरक्षाकर्मीहरुसंग  आधुनिक  प्रविधि र संयन्त्रहरुहुने हुनाले नेपाल भारत सीमा तुलनात्मक रुपले सुरक्षित छ । नरेन्द्र मोदी  भारतका  जन  नेताहुन  ।  जनताका  नेताहरु  जनतासंग  घुलमिलगर्न  चाहन्छन  ।  भिठ्ठामोडको  बाटो  जनकपुरछिर्दा  मोदीको  आँखाले महोत्तरीको महत्वपूर्ण शहरी गाउँ जलेश्वर  र  त्यसपछि  पिपरा  लगायतका  थुप्रै अविकसित गाउँको तस्वीर खिच्नेछ । सामान्य  मानिसका  लागि  मोदीको  भ्रमण  उत्सवकै रुपमा प्रस्तुत हुनेछ । यसपटक मोदी भ्रमणको पहिलो उद्देश्य राम–जानकीको पूजा अर्चना हो भन्ने त स्पष्ट नै  छ  ।  यसमा  नेपालका  प्रधानमन्त्री  केपी  ओली विशिष्ट पाहुनाको स्वागतका लागि मन्दिर  परिसरमा  उपस्थितहुने  अनुमानगर्न  सकिन्छ  ।  मोदीले  गंगसागरको  पनि  दर्शन  गर्नेछन । जानकी मन्दिरका परिसरमा रहेका कुनैपनि  धार्मिक  र  ऐतिहासिक  महत्वका  मूर्ति र मन्दिरहरु वाँकी रहने छैनन । मोदीले जनकपुर  र  अयोध्याका  वीच  सम्वन्धको  डोरी    कति    कसिलो    छ त्यसको      उदाहरण      आफनै आँखाले देख्नेछन  ।  अयोध्यामा राम  मन्दिर  निर्माणका लागि नेपालका हजारौं हिन्दूहरु     एकएक     ईंटा   वोकेर   कारसेवामा   गएका  थिए  ।  ती  दृश्यहरु  यो  स्तम्भकारको  आँखामा  अहिले  पनि  चम्किइ रहेका छन । जनकपुरधामको    रंगभूमि    मैदानमा    मोदीको नागरिक अभिनन्दनगर्ने एउटा मुख्य कार्यक्रम राखिएकोछ । खास नाम रंगभूमि भएपनि बाह«विघाका नाम सुप्रचलित भएको यो  भूमिको  महत्व  धार्मिक  र  राजनीतिक  दुवै  छ  ।  राम–जानकी  परिसरमा  रहेको  यो  भूमि  कतिपय  धार्मिक  कार्यक्रमहरुको  मूल  थलो  हो  ।  राजनीतिक  पार्टीहरुले  यहीबाट  आफना सपनाहरु सुनाउने गरेका छन । चार दशकअघि  यो  भूमिको  आयतन  ठ्याक्कै  बाह« विघा थियो । अहिले यो खुम्चिदै गएर वाह«विघाको आधा नै भैसकेको हुनु पर्दछ । सार्वजनिक  जग्गाहरुको  सुरक्षामा  सरकार  र  स्थानीय  सरकारले  पटक्कै  चासो  नलिने  रोगले   नेपालका   सार्वजनिक   सम्पत्तिमा   खिया लाग्दै गएका छन । रंगभूमि त्यसैको एउटा जीवित उदाहरण हो ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यो भ्रमण नेपालको प्रादेशिक विभाजनपछि हुन लागेको  छ  ।  जनकपुरधाम  अहिले  प्रदेश  नम्वर  दुइको  राजधानी  वनेकोछ  ।  प्रदेश  सभाले नतोकेसम्म प्रदेश नम्वर दुइको नाम र  राजधानी  पनि  निश्चित  हुँदैन  ।  यद्यपि,  मधेशमा   धेरै   महत्वपूर्ण   स्थानहरु   छन   तर   ती   सवैमा   जनकपुरधामको   महत्व   सर्वाधिक  अधिक  छ  भन्न  कुनै  अप्ठेरो  छैन    ।    जनकपुरधामको    समानान्तरमा    बीरगन्ज  शहर  छ  ।  तर,  त्यो  आर्थिक  र  औद्योगिक शहर हो । सांस्कृतिक हिसावले बीरगन्जवासी  हिन्दूहरु  र  संस्कृतिप्रेमीहरु  जनकपुरधामप्रति  नतमस्तक  छन  भन्ने  त  यहाँका  ज्ञानी  र  भलाद्मी  मुख्यमन्त्रीले  वुझनु भएकै छ । अन्ततः जनकपुरधाम नै दुइ नम्वर प्रदेशको केन्द्र हुने देखिन्छ । हाम्रा        कुनैपनि        शहरहरुमा        शहरको   स्वभाव   छैन   ।   विराटनगर,   नेपालगंज,  वीरगन्ज,  जनकपुरसंग  शहरका  तत्वहरु छन । तर, त्यसको संयोजन गरिएको छैन  ।  संयोजनको  मामिलामा  काठमाडौं  शहर  पनि  निकै  पछि  छ  ।  राजा  महेन्द्रका  पालामा   जग   हालिएका   महेन्द्रनगर   र   राजविराजजस्ता    शहरहरुले    अहिलेको    जनसंख्या  धान्न  सक्दैनन  ।  ती  सारै  साना  छन  ।  भारतीय  प्रधानमन्त्री  नरेन्द्र  मोदीले  जनकपुरधाम  र  त्यस  वरपरको  क्षेत्रको  यथास्थितिमा दर्शन गर्नेछन । यो पनि एउटा स्वागत योग्य विषय हुनेछ । नेपालसंग सीमा जोडिएका   भारतका   शहर   बजारहरुको   उन्नति  नेपाली  शहर  बजारको  उन्नतिसंग  गाँसिएको   छ   ।   यसमा   कुनै   अप्ठेरो   मान्नु   जरुरी   छैन   ।   यतिवेला   ढोलक   वजाएर   भारतीय   प्रधानमन्त्री   महामहिम   नरेन्द्र मोदीको स्वागतगर्नु हाम्रो कर्तव्य हो । अतिथि देवोः भव ।

सिरहा । जिरोमाइल देखि बरियारपट्टि जाने सडकखण्ड...

जनकपुरधाम । धिरेन्द्र मल्टिमेडिया प्रालिको प्रस्तुति रहेको चलचित्र...

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता रामचन्द्र झाले सरकारमा...

वीरगञ्ज । सेवाग्राहीसित घुस लिएको आरोपमा अख्तियारको टोलीले वीरगन्ज महानगरपालिकाका...

नेपालगञ्ज : इस्लाम धर्मावलम्बीको मोहर्रम पर्व बाँकेमा पनि धुमधामका...

बुटवल : मुलुकी संहितामा सवारी चालकका लागि ल्याइएको प्रावधानको...

कञ्चनपुर । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका नेता राजेन्द्र...

पर्सा : विद्यालयको अनुमतिपत्र दिन रु एक लाख घुस...

बर्दिवास । महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका–६ जमुनियाँ चोकमा आज...

जनकपुरधाम । चालकहरुको बन्दले जनकपुरधाम लगायत तराईका ...

वीरगञ्ज : नेपाल आयात गर्न लागिएको मल सिर्सियास्थित सुख्खा...

कास्की : सङ्घीय सरकारका युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले...

काठमाडौँ : प्रतिनिधिसभा बैठकमा सांसदले संविधान कार्यान्वयन गर्न मौलिक अधिकारसम्बन्धी...

विराटनगर : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले...

काठमाडौँ : नेपाली काङ्ग्रेसले अछामका पार्टी क्रियाशील सदस्य टेकबहादुर...

वासिंटन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले महान्यायाधिवक्ता जेफ सेसन्सप्रति तिखो...

सिरहा । माछा उत्पादन बढाई नगरक्षेत्रलाई समृद्ध बनाउने योजना सिरहाको...

लहान : सिरहा प्रहरीले जिल्लाको विभिन्न स्थानबाट डेढ हजारभन्दा...

गौशाला : महोत्तरी जिल्लाको जलेश्वर कारागारका एक बन्दीको गए राति...

बर्दिवास : महोत्तरी बर्दिवास–१४ स्थित एकीकृत नमूना मुसहर बस्तीका...

भक्तपुर : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि...

जनकपुरधाम । धनुषाबाट प्रहरीले सीके राउतका समर्थक १०० भन्दा बढीलाई...

जनकपुरधाम । संविधान जारी भएको दिनको विरोधमा ‘स्वतन्त्र मधेस गठबन्धन’ले...

काठमाडौँ : प्रतिनिधिसभाअन्तर्गतका १० वटा विषयगत समितिका सभापति चयनका...

काठमाडौँ : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पेट्रोलियम पदार्थको...

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि राष्ट्रिय सङ्कल्प...

रौतहट । समाजवादी विधार्थी फोरम नेपाल जिल्ला कार्य समिति रौतहटको...

वीरञ्ज : भारतबाट लुकाइछिपाइ नेपालतर्फ ल्याइरहेको अवस्थामा सशस्त्र प्रहरी...

चन्द्रपुर । दुई किसोरी लाई एसिड आक्रमणको आरोपमा प्रहरीले एक...

काठमाडौं : मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको...

बागलुङ : बागलुङ नगरपालिका–२ रुद्रेपिपल भन्ने स्थानमा गएराति ग...

राजविराज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका उप–प्रधान...

काठमाडौं । नेपालको संविधान जारी भएको तेस्रो वर्ष पूरा भई...

सिन्धुली । नयाँ मुलुकी संहिता जारी भएपछि सिन्धुलीमा सम्बन्ध विच्छेदको...

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन औपचारिक भ्रमणका लागि बुधबार चीन...

सोल । दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इन र उत्तर...

काठमाडौं । एएफसी युथ सिक्सटिन महिला फुटबल च्याम्पियनसिपका छनोट खेल...

जीतपुर : ईलाका प्रहरी कार्यालय निजगढले १५ बर्षदेखि चोरि मुदामा...

चन्द्रपुर । जिल्लाको बृन्दावन नगरपालिका १ मा रहेको वृन्दावन...

चन्द्रपुर । रौतहटको बृन्दावन नगरपालिकाका एक युवालाई हतियार थमाएर फसाउन...