Wed, 14 Nov 2018
ताजा समाचार
सूर्यदेवको आराधना गरी छठपर्व मनाइँदै, यस्तो छ व्रतविधि || बरियारपट्टीको सरकारी अस्पतालमा औषधिको अभाव || छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा || छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै || छठको तयारी अन्तिम चरणमा || विपन्न परिवारलाई वडाअध्यक्षको सहयोग || सरकार संघीय शिक्षा ल्याउने तयारीमा || शिक्षामा फड्को मार्दै प्रदेश || गरीब तथा विपन्नलाई छठ पूजाका लागि सामाग्री वितरण || छठ प्रारम्भ, आज खरना || भोजको निहुँमा युवतीमाथि सामूहिक बलात्कार || केन्द्र, प्रदेश र स्थानीय तहबीच विदा प्रतिष्पर्धा || साँसद रौनियार योजना तर्जुमामा || प्रदेश २ ले खेलमैत्री नीति बनाईने || लागूऔषधसहित एक पक्राउ || नालामा मासु बेच्दा छठ व्रतालुलाई सकस || सुरू भयाे काठमाडौं–जनकपुर पर्यटकीय बस सेवा || गलत सूचना दिने पक्राउ || छठका लागि बाँसको सामग्री बनाउन व्यस्त मरिक समुदाय || विष्फोटक पदार्थ नष्ट || राजपुत क्षेत्रिय समाज नेपालको नवनिर्मित भवनको समुदघाटन सम्पन्न || तिहारमा रु ५० लाखको फूलमालाको कारोबार || रेडियो नेपालका पूर्व सम्पादक मास्केको निधन || सामुदायिक विद्यालयलाई सहयोग || पाँच घर जलेर नष्ट || राति १० बजेपछि देउसी भैलो खेल्न रोक || मनाइयो कुकुर तिहार || महिन्द्रा ब्रान्डका गाडिहरुको मेगा डेलिभरी कार्यक्रम || सेतो ब्राउन सहित महिला पक्राउ || विद्यापति स्मृति त्रिद्विवसीय || नगरपालिकाको मोबाइल एप्स || आगलागीबाट एकको मृत्यु || चोरीका सामान सहित ३ पक्राउ || सामुदायिक प्रहरी साझेदारीको संरचना गठन || जानकी मन्दिरको लागि पौने ८ करोड दिने || काँग्रेसको आन्दोलन स्थगन || लागुऔषध सहित २ पक्राउ || गाडी खरिदमा व्यापक कमिसन || जनकपुरमा दुई भारतीय नागरिक मृत फेला || चीनमा ट्रकको ठक्करबाट १५ जनाको मृत्यु, ४४ घाइते ||
यसपालीको मोदीको नेपाल आगमन

बैशाख २५, २०७५

  •                             रोशन जनकपुरी

मोदीको विदेशभ्रमण अमेरिकी राष्ट्रपतिको शैलीमा भव्य, वर्चस्वपूर्ण र प्रचारात्मक हुँंदो रहेछ । कुनै ब्लकबस्टर फिल्म जस्तो भव्य र आकर्षक ।उनि जहाँं गएपनि एउटा सो म्यान जस्तै प्रस्तुत हुन्छन् र वरिपरिको परिवेशलाई आफूतिर आकर्षित गर्नेगरि आफ्ना तामझामको व्यवस्थापन गर्ने गर्दछन् । 

वैशाख २८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र  मोदी  नेपाल  आउँंदैछन्  ।  कसैलाई  फुर्सद्  छैन  ।  कसैलाई  केही  भन्यो  भने  भन्छ  —  अठ्ठाइस  गतेपछि  हेरौँंला  ।  यतिमात्र कहाँं हो र ! एमाले र माओवादी केन्द्रको  एकता  नै  अठ्ठाइस  गतेपछि  सरेको छ । मिडियामा प्रकाशित समाचार सत्य  छन्  भने  यो  एकता  जेठको  पहिलो  हप्तातिर  सरेको  छ  ।  भत्ता  र  सुविधा  बाहेकको  विधेयक  र  विकास  निर्माणको  काममा सुस्त र शुन्य देखिएको र विकास निर्माणको अवरोधक र पक्षपातपूर्ण भनेर केन्द्रीय  सरकारलाई  सत्तोसराप  गरिरहने  प्रदेश  नम्बर  दुईको  सरकारलाई  प्वाँंख  लागे  जस्तो  छ  ।  प्रदेशको  पनि  के  कुरा  गर्नु  मोदीको  भारत  भ्रमणलाई  सफल  बनाउन केन्द्रिय सरकार समेत फुर्तीमा छ । मिडियामा आएको समाचारलाई भरपर्ने हो भने भारतीय प्रमको भ्रमणलाई सुरक्षित र सफल बनाउन एघार हजार सुरक्षाकर्मीहरु परिचालित छन् । विगतमा एक–आर्काका विरुद्ध  काटाकाटको  स्थितिमा  देखिएका  मधेशकेन्द्रित  दलका  नेताहरु  प्रधानमन्त्री  ओली  र  उनको  पार्टी  एमालेलाई  एउटा  मञ्चमा  हेर्नु  आँंखाको  निम्ती  सुखद्  नै  हुनेछन्  ।  भारतीय  प्रधानमन्त्री  मोदीले  आफ्नो  दुईदिने  नेपाल  भ्रमणको  शुरुवात  जनकपुरमा  जानकीमन्दिरमा  पुजा  गरेर  शुरु  गर्नेछन्  ।  यस  अवसरमा  नेपाली  प्रधानमन्त्री   ओलीपनि   उपस्थित   रहने   छन्  ।  जनकपुरको  बाह्रविघामा  उनको  नागरिक  अभिनन्दन  गरिनेछ,  जस्मा  प्रम  ओलीले  भारतीय  प्रधानमन्त्रीको  निम्ती  स्वागत मन्तव्य दिनेछन् । छिनमै मासा, छिनमै तोला जस्तो छ नेपालको  राजनीतिपनि  ।  एउटा  सामान्य  परिघटनाले   राजनीतिक   मञ्चको   सबै   दृश्य र पात्रहरुको चरित्रलाई बदलिदिन्छ । नेपालमा गणतन्त्रको आगमन र एकतर्फी सम्विधान  धोषणाभएकै  दिनदेखि  शुरु  भएको  मधेश  आन्दोलन,  त्यसमा  निर्मम  दमन  र  कयौँंंको  ज्यान  गएपछि  मधेशी  दलहरु र प्रम ओलीबीचको चरम कटुता र पानी बाराबारको स्थिति थियो । त्यतिबेला नरेन्द्रमोदी  नेतृत्वको  भारतीय  सरकार  र  नेपालको  सरकार  बीचको  सम्बन्धपनि  कटु  नै  थियो  ।  नेपालको  सरकारले  भारतीय   सत्तामाथी   मधेशमा   आन्दोलन   चर्काउन  भारतले  मद्दत  गरेको  र  भारतले  नेपालमा  सरकारले  मधेशीहरुमाथी  दमन  गरेको  आरोप  समेत  लगाई  रहेको  थियो । मधेश आन्दोलनमा प्रहरी दमनमा मधेशमा   मानिसहरुको   ज्यान   गएपछि   भारतीय     विदेशमन्त्रीले     आफूहरुको     सल्लाहको उपेक्षा गर्दै सम्विधान घोषणा गरेको  र  आन्दोलनमा  चरम  दमन  गरेको  प्रति भारतीय संसदमा आक्रोशपूर्ण मुद्रामा कुरा  उठाएकी  थिइन्  ।  नाकाबन्दीको  बेला  नेपाल  सरकारले  चीनसित  सम्पर्क  गरेर   आफ्नो   आवश्यकता   पुर्ति   गर्ने   प्रयास  समेत  ग¥यो  ।  यो  नै  बिन्दु  थियो,  जहाँंबाट  भारतीय  सत्ताधारीहरुले  निधार  खुम्च्याउने  आवश्यकता  महसूस  ग¥यो  ।  नेपालको  राजनीति  मात्र  होइन  आर्थिक  र  कूटनैतिक  क्षेत्रमा  समेत  एकाधिकार  जस्तै   रहेको   भारतीय   सत्ताधारीहरुको   कार्यनीतिबारे  भारतीय  मिडिया  समेतमा  आलोचना भयो । भारतीय सत्ता नजिकका केही  मिडियाहरुले  नेपाली  सत्ताधारीहरुको  चिनियाँं नजिकपनालाई नेपाली राजनीतिमा भारतीय  एकाधिकारमा  कटौतीको  रुपमा  व्याख्यापनि  गरे  ।  भारतीय  सत्ताधारीहरुले  यहीँंबाट   नेपाल   सम्बन्धी   नीतिमा   पुनरावलोकनको खाँंचो महसूस गरे । तर उनिहरु हरहमेशाका निकट मधेशकेन्द्रित दलहरुलाई दुःखी  र  क्रुद्ध  बनाएर  आफ्नो  नीतिमा  परिवर्तन गर्न चाहेका थिएनन् शायद ।सम्भवतः यसपटक  मोदीको  नेपाल  भ्रमणको  शुरुवात  जनकपुरबाट हुनु यसै कारणले हो । स्थानीय  ,  प्रदेश  र  प्रतिनिधिसभाको  निर्वाचनको परिप्रेक्ष्यमा हेर्ने हो भने प्रदेश नम्बर दुई बाहेक छवटै प्रदेशहरु र केन्द्रिय संसदमा ओली नेतृत्वको वामगठबन्धनको सरकार छ भने स्थानीय निकायमा समेत बामगठबन्धनकै  बहुमत  छ  ।  प्रदेश  नम्बर दुईमा मधेशकेन्द्रित दलहरुको गठबन्धन ठ्याक्कै न्यूतम बहुमतले सरकार बनाउन सफल छ । नेपाली सत्ताका  यही  संरचनाको  कारण  भारतीय  कूटनीतिज्ञहरु  कुनैपनि  पक्षलाई  छोडन  चाहेका  थिएन । विचारधारात्मकरुपमा    दक्षिणपन्थी    मोदी    सरकारको   निम्ती   वामगठबन्धन   हुनु   र   वामगठबन्धनको सरकार गठनहुनु अप्रीय स्थिति  थियो  ।  तर  उनको  बाध्यता  के  थियो  भने  वाम  गठबन्धनको  सरकारको  उपेक्षाको  अर्थ  नेपालको  सत्ताधारीलाई  चिनियाँं  पोल्टामा  धकेल्नु  हुन्थयो,  जो  उनिहरु  चाहँंदैनथे  ।  नाकाबन्दीका  बेला  प्रम  ओलीले  यसको  नमूनापनि  प्रस्तुत   गरिसकेका   थिए   ।   अर्कोतर्फ   गलाकाट र खुट्टातानातानको राजनैतिक वातावरणमा गठबन्धनको सरकार बनाउन विवश   प्रधानमन्त्री   ओलीलेपनि   सत्ता   टिकाउन  वैकल्पिक  भरथेगको  खोजीगर्नुु  स्वाभाविक  नै  हो  ।  सम्भवतः  यसैकारण  प्रम  निर्वाचित  भएपछि  उनले  आफ्नो  पहिलो  विदेश  भ्रमण  भारत  बाटै  शुरु  गरे  ।  भारतीय  कूटनैतिक  दृष्टिले  यो  ट्रयाक   बाहिर   गइसकेको   नेपाली   राजनीति  एकपटक  फेरी  ट्रयाकमा  फर्कनु  थियो  ।  भारतलेपनि  नेपाली  प्रधानमन्त्री  ओलीलाई भव्य स्वागत ग¥यो । त्यसैको साटो  तिर्न  भारतीय  प्रधानमन्त्री  नेपाल  आउँंदैछन् । मोदीको  विदेशभ्रमण  अमेरिकी  राष्ट्रपतिको  शैलीमा  भव्य,  वर्चस्वपूर्ण  र  प्रचारात्मक हुँंदो रहेछ । कुनै ब्लकबस्टर फिल्म  जस्तो  भव्य  र  आकर्षक     ।उनि     जहाँं    गएपनि    एउटा     सो     म्यान  जस्तै  प्रस्तुत हुन्छन्     र     वरिपरिको परिवेशलाई आफूतिर आकर्षित गर्नेगरि  आफ्ना  तामझामको व्यवस्थापन  गर्ने  गर्दछन्  ।  उनको  नेपाल  भ्रमणकोपनि   कार्यक्रम   जसरी   घोषित   भएको छ, त्यसले यस्तै आभास दिन्छ । उनी  भारतीय  वायू  सेनाका  तीन  लडाकू  विमान  सहित  नेपाल  आउने  छन्  ।  उनले  जनकपुरमा  जानकीमन्दिरमा  पूजा  गर्नेछन्  ,  जहाँं  प्रधानमन्त्री  ओलीपनि  उपस्थित  रहने सम्भावना छ । त्यसतै उनि कास्कीमा मुक्तिनाथको  पूजा  गर्नेछन्  र  त्यसपछि  राष्ट्रपति,  प्रधानमन्त्री,  एमाले  ,  माओवादी  केन्द्र  र  एकमुष्ट  मधेशकेन्द्रित  पार्टीहरु  लगायत  राजनीतिक  पार्टीका  नेताहरुसंग  भेँंटघाट गर्नेछन् । जनकपुर आउँंदा उनको नागरिक  अभिनन्दनको  कार्यक्रम  छ,  जहाँं  उनी विदेशभ्रमण जाँंदा प्रायः गुन्जिने गरेको ।।।मोदी–मोदी’को  नारा  जस्तो  लोकप्रीयता  प्रचारको  कूटनैतिक  ।।।सो’  पनि  सम्भवतः  देखिने  छ  ।  यस्तै  प्रदर्शनमुखी  नागरिक  अभिनन्दन काठमाँंडौमा पनि गरिनेछ । एक कार्यकालमा सबैभन्दा बढी नेपाल भ्रमण  गर्ने  प्रधानमन्त्रीमा  मोदी  सम्भवतः  प्रथम हुन् । आफ्नो चार वर्षको कार्यकालमा उनि तीनपटक नेपाल आइसकेका छन् भने सम्भवतः यसै वर्ष नेपालमा आयोजना हुने बिम्स्टेकको  सम्मेलनमा  भागलिन  आउने  सम्भावना  पनि  छ  ।  यस  पटकको  उनको  नेपाल  भ्रमणलाई  धार्मिक  भनिएपनि  यो  मोदीको   चिरपरिचित   धार्मिक   कूटनीति   हो  ,  जस्को  निम्ती  उनि  र  उनको  पार्टी  प्रसिद्ध  छ  ।  उनको  यस  पटकको  भ्रमण  जस्मा  धार्मिक  दक्षिणपन्थीलाई  प्रोत्साहित  गर्ने  धार्मिकता  छ,    सामरिक  प्रदर्शन  छ  ,  र नेपालको सत्ताधारीसंग तीतो हुँंदै गएको सम्बन्ध मीठो बनाउने वर्चस्वपूर्ण कूटनैतिक प्रयत्न छ ।नेपाली   राजनीतिमा   हुने   घटना–परिघटनाहरुले   देशभित्रका   राजनीतिक   पार्टीहरुको   निम्ती   सत्ताको   उपयोगको   दृष्टिले  अर्थ  राख्दछ  भने  बाहिरी  शक्तिहरु  यसलाई   नेपाली   राजनीतिमा   आफ्नो   उपस्थिति  र  वर्चस्वको  दृष्टिले  अथ्र्याउने  गर्दछन्  ।  अझ  हाम्रो  दुई  छिमेकी  भारत  र  चीनको  सन्दर्भमा  त  झन्  महत्वपूर्ण  हुन्छ  ।  नेपाली  राजनीतिमा  भारत  पारम्परिकरुपमै  स्थापित  छ  ।  उप्रति  सद्भाव  र  विरोध  दुबै  यस  पारम्परिक  सम्बन्धमा  निर्भर छ । बडेभाई–छोटेभाई, बेटी–रोटीको रुपमा  व्याख्यायित  शब्दावलीहरु  जनस्तरमा  सौहाद्र्रपूर्ण  रहेपनि  कूटनैतिक  स्तरमा  यी  शब्दावलीहरुले  भारतीय  राजनैतिक,  सांस्कृतिक, सामरिक र कूटनैतिक वर्चस्वको पक्षपोषण गर्दछ । नेपालमा रहेका भारतीय सत्ताधारी  निकटका  र  विरोधका  पार्टीहरु  यसं  दौत्यसम्बन्धको  आधारमा  आफ्नो  भूमिका  निर्धारण  गर्ने  गर्दछन्  ।  वर्तमानमा  भारतीय   सत्ताधारीको   नेपालमा   स्वार्थ   नेपाललाई  जसरीपनि  आफ्नो  सुरक्षा  घेरामा  राख्नु,  नेपाली  प्राकृतिक  सम्पदा  र  अर्थतन्त्रमा आफ्नो वर्चस्व कायम राख्नु र आफ्नो क्षेत्रीय प्रतिद्वन्दीहरु भन्दा आफ्नो पक्षमा स्पष्ट पार्न खोज्नु हो । विशेष गरी जतिबेला  उत्तरी  छिमेकी  चीनसंग  दुईवर्ष  पहिला डोक्लाममा घम्साघम्सीको स्थिति र   युद्धको   तनाव   उत्पन्न   भइसकेको   अवस्थामा   भारत   कुनैपनि   अवस्थामा   नेपाललाई आफ्नो पकडबाट बाहिर जान दिन  चाहँंदैन  ।  ओलीको  दिल्ली  भ्रमण  र  प्रत्युत्तरमा  मोदीको  नेपाल  भ्रमणका  पछाडी  यिनै  कूटनैतिक  कारणहरु  निहित  छन् । मोदीको  यस  भ्रमणलाई  सौहार्द्रता,  हार्दिकता  र  स्थितिमा  परिवर्तनको  रुपमा  विविध  कोणबाट  व्याख्या  गरिँंदैछ  ।  तर  अहिले  देखिने  दृश्यहरु  उपरी  मात्र  हुन,  त्यसैले  यसले  लोकप्रीयता  र  विरोधको  मापकमा  खासै  परिवर्तन  आउने  छैन  ।  समर्थन  र  विरोधमा  नाराको  अनुपात  पुरानै रहनेछ । किनभने राजनैतिक धरातलमा खासै  परिवर्तन  आएको  छैन  ।  मधेशी  आन्दोलनमा प्रमुखताका साथ उठाइएका सम्विधान   संशोधनको   एजेन्डामा   सरकार अहिलेपनि अन्यौलमै छ, यसबारेमा प्रम  ओलीको  बोली  अझै  स्पष्ट  छैन  ।  नेपालप्रति भारतको दृष्टिकोणमापनि परिवर्तन  आएको  छैन  ।  सीमामा  विवाद  अझै  कायमै  छ  ।  बिराटनगरमा  राज्यको  अनिच्छाका  बावजूद  भारतीय  उपस्थिति  कायमै  छ,  पश्चिम  कन्चनपुरमा  नेपाली  सीमामा  एसएसबीको  दबदबाले  त्यहाँंको  जनताले  दुःख  भोगैकै  छन्  ।  सामान्यतः  मधेशलाई    जनस्तरमा    समेत    भारत    नजिकको     सांस्कृतिकरुपमा     व्याख्या     दुबैतिर  बाट  हुने  गर्दछ  ।  तर  गहिरिएर  हेर्ने हो भने यसको मूल्य मधेश तराईले नै भोग्नु  परेको  छ  ।  विशेष  गरेर  विकासको  क्षेत्रमा  भारतीय  निकटता  मधेशको  निम्ती  तीतो  र  अमिलो  दुबै  भएको  छ  ।  सीमा  विवादहरुपनि नेपालको मधेश तराईमै छन् भने  एसएसबीबाट  पनि  मधेशकै  जनताले  दुःख  भोग्नु  परेको  छ  ।  त्यसतै  विकास  निर्माण खास गरेर सडक र सिचाईतर्फ भारतीय  सहयोगका  कयौँं  योजनाहरु  पचास  वर्ष पुराना छन् , जो आजपनि सम्पन्न हुने प्रतिक्षामा छ ।

जनकपुरधाम : छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो...

सिरहा । बरियारपट्टी गाउँपालिकामा रहेका सरकारी अस्पतालमा औषधिको अभाव भएपछि...

छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा ...

छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै...

अनिल कुशवाहा , महेन्द्रनगर (धनुषा) । ...

जीतपुर । दलित, गरिब तथा बिपन्न बर्गहरुलाई छठ मनाउनकोे लागि...

कुलदिप दास ( प्रेम ) , जनकपुरधाम : जनकपुरधाम...

जनकपुरधाम । छठ पर्व आईतवारबाट विधिवत प्रारम्भ भएको छ ।छठको...

लहान । सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँ पालिका–२ की एक...

वीरगञ्ज । देशभरी नै लोकप्रिय बन्न थालेको छठ पर्वको अवसरमा...

वीरगञ्ज । पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि...

जीतपुर (सिमरा) ।बाराको जीतपुरसिमरा उपमहानगरपालिका बासीहरु ...

जनकपुरधाम : दीपज्योती टुर्स एण्ड ट्राभल प्रालिले पहिलोपटक काठमाडौंबाट पर्यटकीय...

बाजुरा : १०० नं मा फोन गरेर गलत सूचना...

इनरुवा : छठ पर्व शुरु भएसँगै सुनसरीका मरिक समुदायलाई अहिले...

सिरहा । सिरहाको औरही गाउँपालिकाका सशस्त्र वेश क्याम्पमा वाडा नम्बर...

राजपुत क्षेत्रिय समाज नेपालको नवनिर्मित भवनको समुदघाटन सम्पन्न ...

जनकपुर : यस वर्ष तिहारमा जनकपुरमा रु ५० लाख...

काठमाडौँ : रेडियो नेपालका पूर्व समाचार सम्पादक तथा प्रसारक...

लेखनाथ : कास्कीको पोखरा महानगरपालिका–३१ बेगनासस्थित आनन्दज्योति माविमा विद्यार्थीसँगै...

कृष्णनगर : कपिलवस्तुको शिवराज नगरपालिका–१० इस्लामनगरस्थित तिहारका लागि बालेको...

काठमाडौँ, : जिल्ला प्रशासन कार्यालय काठमाडौँले राति १० बजेभन्दा...

काठमाडौँ : यमपञ्चकको दोस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा...

जनकपुरधाम । नेपालको लागी महिन्द्रा गाडिको आधिकारीक बिक्रेता ...

गोलबजार , सिरहा : लागूऔषध सेतो ब्राउन ...

जनकपुरधाम : जनकपुरमा विद्यापति ट्रस्टले त्रिद्विवसीय विद्यापति स्मृति पर्व...

लमजुङ : बेंसीशहर नगरपालिकाले ‘बेंसीशहर नगरपालिका’ नामक मोबाइल एप्स...

मेलम्ची : सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालगाउँपालिका–५ गुन्सामा गए राति १...

चन्द्रपुर । रौतहटको चन्द्रनिगाहपुरमा रहेको चा“द अफसेट प्रेसबाट समान चार्ने...

सिरहा । सिरहाको बरियारपट्टी ईलाका प्रहरी कार्यालय परिसरमा गाउँपालिका स्तरिए...

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले...

मलंगवा । सर्लाहीको रामनगर गोली काण्ड पछि आन्दोलित बनेका नेपाली...

बर्दिवास । जनकपुरधामबाट काठमाण्डु तर्फ जाने नेपाल माईक्रोको चेकजाँच गर्ने...

गाडी खरिदमा मेयर साह नजिकका केहि कर्मचारी र उनको प्रत्यक्ष...

जनकपुरधाम : जनकपुरमा आईतवार दुई भारतीय नागरिक मृत अवस्थामा...

बेइजिङ । ट्रक चालकले नियन्त्रण गुमाएपछि ट्रकले ठक्कर दिएर चीनको...