Mon, 24 Sep 2018
ताजा समाचार
डा भूसालद्धारा मितेरीपुल र बालगृहको स्थलगत निरिक्षण || श्रीमती बनाउँछु भनेर किशोरीलाई बलात्कार गर्ने युवक पक्राउ || एसिड पीडित दासको मृत्यु || बाल विवाह विरुद्द जनचेतना कार्यक्रम सम्पन्न || बालिका बलात्कृत || नदीमा डुबेर बालकको मृत्यु || सरकारको अधिनायकवादी शैलीलाई असफल पार्नुपर्छ : देउवा || महोत्तरीमा भन्सार छलेर ल्याएको १७ लाखको सामान बरामद || शिक्षकको परीक्षाका कारण विद्यालय बन्द || डेरी उद्योगबाट तीस हजार युवालाई रोजगारी || चप्पल उद्योगमा श्रम शोषण || प्रदेशको नामांकन र राजधानीमा विवाद || एसिड प्रहारबाट घाइते युवतीको मृत्यु || माल्दिभ्सको राष्ट्रपतिमा विपक्षी दलका उम्मेदवार सोलिहलाई अग्रता || बार्सिलोना बराबरीमा रोकियो || सुचनाको माँग गर्दै राष्ट्रिय विद्यार्थी संघ रिले अनशनमा || मदिरा पिउन आउने भारतीयका कारण होहल्ला र असुरक्षा || अपांग दाजु भाईलाइ राज्य मन्त्रीले गरे सहयोग || प्रहरीका टाउँको दुखाई , लागुऔषध प्रयोगकर्ता बालकहरु || प्रहरी जवानद्वारा आत्महत्या || घाँटी रेटिएको अवस्थामा एक युवक फेला || नायब सुब्बाको दुर्घटनामा निधन || भिठ्ठामोड–जलेश्वर–जनकपुर सडक निर्माणमा ढिलाइ || प्लास्टिक घरभित्र तरकारी खेती || पत्रकार राहत कोष स्थापना || लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा || नेपाल प्रहरीको छवि धुमिल बन्दै || वडा अध्यक्षव्दारा ज्ञापन || खोलामा डुबेर एक जनाको मृत्यु || बारापर्सामा पेट्रोलियम पदार्थको अभाव || नगरस्तरमा बालबालिकाकोलागी अनिवार्य बजेट विनियोजन गरिने : || मुख्यमन्त्री राउतद्वारा राहत प्रदान || अमेरिकामा एक नेपालीसहित तीनको हत्या || मोहर्रममा हिन्दू समुदायको पनि उत्साह || नेकपामा मातृकालाई लोप्पा, महासेठ पक्ष सशक्त || यथास्थितिमा संविधान स्वीकार्य छैन् : मुख्यमन्त्री राउत || मोटरसाइकल ठोक्किदा एकको मृत्यु, एक घाइते || मैथिली फिल्म "दहेजक पिरा"को पोस्टर सार्वजानिक || मातृका र रघुबीरको सम्पती छानविन गर : नेता झा || वीरगञ्ज महानगरपालिकाका २ कर्मचारी सहित ३ तीन पक्राउ ||
भारतीय प्रधानमन्त्रीको स्वागतमा प्रतीक्षारत प्रदेश

बैशाख २६, २०७५

  •                                  सञ्जय मित्र

 देश   संघीयतामा   प्रवेश   गरेपछि   देशमा  पहिलो  सरकारको  गठन  भएको  छ  निर्वाचनले  ।  लोकतन्त्रमा  निर्वाचन  आत्मा मानिन्छ । नागरिकले नै सरकारको निर्माण  गर्ने  भएकोले  यो  लोकतन्त्रको  आत्मा  कहलिएको  हो  ।  लोकतन्त्रलाई  यसै  कारण  सबैभन्दा  सुन्दर  व्यवस्था  पनि  मानिन्छ  ।  र  लोकतन्त्रवादीहरुले  लोकतन्त्रको  विकल्प  लोकतन्त्र  नै  हुने  गरेको  बताउँछन्  ।  देशले  लोकतान्त्रिक  अभ्यास   गरेको   धेरै   लामो   समय   भइसकेको   छ   तर   संघीयतासहितको   लोकतन्त्रको वास्तविक अभ्यासको चरण बल्ल प्रवेश गरेको छ देश । यस दृष्टिले देशले आफैँमा एउटा इतिहासको निर्माण गरिरहेको   छ   ।   आफैँमा   ऐतिहासिक   बाटामा देश हिँडिरहेको छ । हिजोको  दिनमा  पाँच  वटा  विकास  क्षेत्रमा विभाजन गरेर देशलाई विकासको पथमा डो¥याउने प्रयास भएको थियो तर त्यसले राजनैतिक रुप भने पाउन सकेको थिएन  ।  राज्यले  क्षेत्रीय  प्रशासक  भनेर  नियुक्त  गथ्र्यो  तर  प्रशासनिक  क्षेत्रमा  मात्र  ।  प्रशासनिक  क्षेत्रमा  केही  हदसम्म  यो  अभ्यास  सफल  भएको  पनि  थियो    तर  राजनैतिक  अस्तित्वमा  खासै  कुनै  प्रगति   हुन   नसक्दा   यो   आलंकारिक   प्रदेश विभाजन मानिएको थियो । आलंकारिक  विभाजनलाई  नै कतिपयले राजनैतिक प्रदेश      विभाजन      गर्नुपर्ने         माग         संघीयताको  लागि  भएको आन्दोलनको समयमा      गरेका      थिए । कतिपयले आन्दोलनको समयमा यो पनि विश्लेषण गरेका थिए कि पाँच प्रदेशलाई नै संघीय प्रदेशमा विभाजन भएको मान्दा हिमाल, पहाड   र   तराई   सबै   समेटिने   गरी   देशमा प्रदेशको स्वरुप हुनेछ । नेपालको प्राकृतिक  भूगोल  नै  हिमाल,  पहाड  र  तराई मिलेर बनेको हुनाले हरेक प्रदेशमा तराई, पहाड र हिमाल हुने हो भने हरेक प्रदेश  देशको  एउटा  प्रतिबिम्ब  झल्किने  सबै   भूगोल,   सबै   जातजाति,   सबै   संस्कृति  तथा  अन्य  सबै  किसिमले  देश  समेटिएको जस्तो अनुभूति हुन्थ्यो ।देश    सात    प्रदेशमा    विभाजन    भयो   ।   प्रदेशको   विभाजन   यसरी   भयो  जसरी  प्रदेश  विभाजनको  माग  राखेर    आन्दोलन    गर्नेहरुले    गरेका    थिएनन्  ।  देशलाई  संघीयतामा  लैजानको  लागि  आन्दोलनको  आँधी  हुरी  ल्याउने  आन्दोलनकारीहरु  संघीयता  देश  गएपछि  पनि  संघीयताको  संरचनालाई  बदलेर  नयाँ  स्वरुपमा  ल्याउन  फेरि  आन्दोलन  गरे  ।  आन्दोलनको  स्वरुप  भने  फरक  देखिएको  थियो । सडक आन्दोलनदेखि लिएर बौद्धिक आन्दोलनसम्म  भयो  ।  संघीय  निर्वाचनमा  भाग  नलिनेसम्मको  धम्की  र  संविधानप्रति  नै   असन्तुष्टि   जनाउने   कामसम्म   भयो   तर   लोकतन्त्रका   पक्षधरहरु   कहिलेसम्म   लोकतन्त्रको   सर्वोच्च   रुप   निर्वाचनदेखि   पन्छिएर  हिँड्छन्  ।  हो,  लोकतन्त्रमा  जनताको  अभिमत  बुझ्ने  सबैभन्दा  ठूलो  साधन  नै  निर्वाचन  हो  र  संघीयताको माग गर्ने दलहरु आफूले खोजेकै   जस्तो   संघीयता   हुने   हो  भने  मात्र  मान्ने  र  आफूले  खोजेको   भन्दा   फरक   हुनासाथ   अस्वीकार  गर्ने  हो  भने  संघीयता  नचाहनेलाई पनि बल पुग्न जान्थ्यो । यसै  कारण  संघीयताका  पक्षधरहरुले  संघीयतालाई जोगाउन केही त्याग पनि गर्नुपर्छ । सातवटा प्रदेशमा विभाजन गरिएको   देशलाई   संघीयताको   अभ्यासमा  लैजाने  क्रममा  कुनै  पनि   प्रदेशको   नामकरण   गरिएन । प्रदेश दुईलाई अन्य प्रदेशभन्दा केही फरक भूगोलमा   विभाजन   गरियो  ।  प्रदेश  दुईमा  पहाड छैन, हिमाल छैन र तराई मधेसको मात्र  भूगोल  रहेको  छ  ।  यस  प्रदेशका  आन्दोलनकारीले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको   तल्लो   भूगोललाई   एउटा प्रदेशको रुपमा माग गरेका थिए तर आठवटा  जिल्लाको  भूगोललाई  एउटा  प्रदेशमा  सीमित  गरियो  ।  देशको  सबै  प्रदेशमा एकसाथ आम निर्वाचन भयो । अन्य प्रदेशको भन्दा प्रदेश दुईमा फरक किसिमको  निर्वाचन  परिणाम  देखियो  ।  केन्द्रमा वाम गठबन्धन, बाँकी छ प्रदेशमा पनि उही वाम गठबन्धन र प्रदेश दुईमा मधेसवादी  गठबन्धनले  सरकार  बनाउने  मौका  नागरिकले  दियो  ।  नागरिकले  दिएको   स्पष्ट   बहुमतले   नागरिकको   निर्देशन अनुसारकै सरकारको गठन पनि भइसकेको छ । सरकारको गठन भएपछि सरकारले  काम  सुरु  गरेको  छ  ।  देशमा  प्रदेश  सरकारको  गठन  हुनु  आफैँमा  ऐतिहासिक काम भएको छ । इतिहासमा कहिल्यै  नभएको  प्रदेश  सरकारको  गठन  भएको  एक  वर्ष  पनि  पूरा  भएको  छैन  ।  सरकारले काम सुरु भर्खर गरेको छ । प्रदेश सरकारले औपचारिकता पाएको मात्र हो, सरकार संचालनको लागि आवश्यक पर्ने धेरै ऐनकानुनहरु निर्माण गर्नै बाँकी रहेको छ । सरकार गठन भएपछि सरकारप्रतिको नागरिकको आशा र अपेक्षा पनि बढेको छ । र, यसै समयमा छिमेकी देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आगमन देशमा भइरहेको छ ।राजकीय   भ्रमणको   शिलशिलामा   नेपालका    प्रधानमन्त्री    केपी    शर्मा    ओलीको निमन्त्रणमा आइरहेका भारतीय प्रधानमन्त्री   नरेन्द्र   मोदीको   भ्रमणको   स्वागतको    तयारी    देशले    आफ्नै    किसिमले   गरिरहेको   छ   ।   विश्वका   शक्तिशाली    सरकार    प्रमुखहरुमध्ये    एक    रहेका    भारतीय    प्रधानमन्त्री    नरेन्द्र   मोदीको   नेपाल   आगमनलाई   देश   संघीयतामा   गइरसकेपछि   कुनै   शक्तिशाली    प्रधानमन्त्रीको    पहिलो    आगमनको रुपमा लिइएको छ । भारतीय प्रधानमन्त्री  नरेन्द्र  मोदीको  स्वागतको  तयारी देशले नै गरिरहेको भए पनि प्रथम स्वागत प्रदेश दुईले नै गर्न पाउने भएको छ  ।  भारतीय  प्रधानमन्त्री  नरेन्द्र  मोदी  नेपालको  राजधानी  पुग्नुभन्दा  पहिले  प्रदेश  दुईको  राजधानी  जनकपुर आउने कार्यक्रम रहेको छ  ।  प्रदेश  दुईको  राजधानी  जनकपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र     मोदीको     नागरिक     अभिनन्दन    गरिने    कार्यक्रम    रहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र   मोदी   भारतबाट   सिधै   प्रदेश दुईको राजधानी जनकपुर आइपुग्ने कार्यक्रमलाई  यस  प्रदेशका  नागरिकले  निकै ठूलो सम्मानको रुपमा लिएका छन् । यस प्रदेशको गर्वको रुपमा स्वीकार गरेका छन् । प्रदेश  दुईबाट  भारतीय  प्रधानमन्त्री  नरेन्द्र  मोदीले  नेपालको  यात्रा  आरम्भ  गर्नुलाई  यस  प्रदेशले  आफ्नो  सम्मानको  रुपमा  लिएको  छ  ।  प्रदेशका  मुख्यमन्त्री  लालबाबु   राउत   गदीले   आफैले   यस   भ्रमणलाई अति विशेष बनाउने प्रयासमा लागेका   छन्   ।   विभिन्न   जिल्लाको   दौडाहामा   गएर   मुख्यमन्त्री   राउतले   प्रदेशले   गर्ने   नागरिक   अभिनन्दनलाई   ऐतिहासिक बनाउने सन्देश दिएका छन् । प्रदेशका  अन्य  मन्त्रीहरुले  पनि  विभिन्न  जिल्लामा    पुगेर    जनप्रतिनिधिहरुसित    नागरिक     अभिनन्दनलाई     अभूतपूर्व     बनाउन   सकेको   सकारात्मक   भूमिका   निर्वाह गर्न छलफल चलाएका छन् । स्वयं जनकपुरले  पनि  आफूलाई  यसरी  सिँगार  गरिरहेको छ कि मानौँ अयोध्याबाट राम जन्ती  लिएर  आइरहेका  छन्  ।  हुन  पनि  हो,  भारतीय  प्रधानमन्त्री  नरेन्द्र  मोदीको  यस  ऐतिहासिक  भ्रमणले  जनकपुरको  कायापलट  हुने  विश्वास  यस  कारण  पनि  गरिएको  छ  कि  रामायण  सर्किटमा  जनकपुर जोडिने विश्वास गरिएको छ । रामायण     सर्किटमा     जनकपुर     जोडिएपछि एकातिर जनकपुरको महत्व धार्मिक  पर्यटनको  दृष्टिले  निकै  बढ्ने  छ  भने  अर्कोतिर  जनकपुरले  आफ्नो  पौराणिक  महत्वलाई  विश्वसामु  पुनः  देखाउन पाउने छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शुभागमनले जनकपुरतिर स्वाभाविक   रुपमा   विश्वका   विभिन्न   देशका हिन्दूहरुको ध्यान तानिने निश्चित छ । हिन्दूहरुको ध्यान मात्र होइन, अन्य धर्मावलम्बीहरुको   ध्यान   जनकपुरतिर   जाने निश्चित छ । जनकपुरको सन्दर्भमा २८ वैशाख त्यो ऐतिहासिक दिन हुँदैछ, जो विगतमा कहिल्यै भएको थिएन ।भारतीय  प्रधानमन्त्री  नरेन्द्र  मोदीको  जनकपुर   आगमनको   प्रतीक्षा   सिंगो   प्रदेशले   गरिरहेको   छ   ।   जनकपुर   आगमनको प्रतीक्षा एक किसिमले देशले नै गरिरहेको छ । जनकपुर विमानस्थलमा भारतीय प्रधानमन्त्रीको स्वागत नेपालका प्रधानमन्त्री   केपी   शर्मा   ओलीले   नै   गर्ने  सम्भावना  रहेको  छ  ।  प्रदेशका  मुख्यमन्त्री राउत पनि साथमा रहनेछन् । अन्य मन्त्री तथा विशिष्ट महानुभावहरुले मोदीको स्वागत गर्ने अवसर जनकपुरको लागि  आधुनिक  राजनैतिक  इतिहासको  सबैभन्दा  महत्वपूर्ण  क्षण  हुने  निश्चित  छ  ।  जनकपुरमा  भारतीय  प्रधानमन्त्री  नरेन्द्र  मोदीले  गर्ने  जानकी  दर्शन  एवं  पूजाले आफैँमा विशेष महत्व राख्दछ । साथै     नागरिक     अभिनन्दनको     विशेष  क्षणलाई  हेर्न  र  यदि  भएछ  भने  सम्बोधनलाई  प्रत्यक्ष  सुन्न  जनकपुरमा  लाखौँ मानिस पुग्ने सम्भावना छ । जसको वर्चस्व  अहिलेको  विश्वमा  रहेको  छ,  उही  विशिष्ट  पुरुषको  आगमन  आफ्नै  प्रदेशमा  हुने  भएपछि  प्रत्यक्ष  दर्शनको  शौभाग्य प्राप्त हुने भएपछि किन नपुगून् जनकपुर  ?  यस  प्रकारको  ऐतिहासिक  अवसर   कैयौँ   युगपछि   मात्र   आउने   भएकोले   यसको   उपयोग   प्रदेशका   नागरिकले  गर्न  व्यग्र  प्रतीक्षा  गरिरहेका  छन् । यस प्रदेशका नागरिकलाई यो दिन आफैँमा विशिष्ट दिन हुन गइरहेको छ । यसले  दिनले  यस  प्रदेशको  र  प्रदेशका  सम्पूर्ण  नागरिकको  सम्मान  बढाएको  अनुभूति  हुने  कुरामा  सबैले  विश्वास  लिएका छन् ।

वीरगंज । वीरगन्ज महानरपालिकाद्धारा भइरहेको निमार्णकार्य तथा बालगृहको प्रमुख प्रशासकिय...

मलंगवा । सर्लाही हरिवनका स्थानियबासीहरुले १७ वर्षिया...

चन्द्रपुर । चन्द्रपुरमा (रौतहट) एसिड आक्रमणबाट गम्भीर बनेकी रौतहट...

चन्द्रपुर । बाल विवाह विरुद्द सचेतना कार्यक्रम अर्तगत परियोजना शुरुवात,अन्तत्र्रिmया...

भद्रपुर : झापाको हल्दिबारी गाउँपालिकामा चार वर्षीया बालिका बलात्कृत...

घोडाघोडी : नुहाउने क्रममा शिवगङ्गा नदीमा डुबेर आज एक बालकको...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले...

महोत्तरी । जिल्ला भन्सार कार्यालयले भन्सार छलेर ल्याएको साढे १७...

डडेल्धुरा : शिक्षक सेवा आयोगको परीक्षाका कारण जिल्लाका धेरै...

पाल्पा : डेरी उद्योगले नेपालमा ३० हजारभन्दा बढी बेरोजगार युवालाई...

विराटनगर : मोरङको बूढीगङ्गा गाउँपालिका बाँसबारीमा रहेको ‘हाइलाइफ’ चप्पल...

विराटनगर । प्रदेश नम्बर १ को स्थायी राजधानी र नामाकरणको...

काठमाडौं । एसिड प्रहारबाट गम्भीर घाइते भएकी रौतहटको चन्द्रपुर...

माल्दिभ्स । माल्दिभ्सका विपक्षी दलका नेता इब्राहिम मोहम्मद सोलिहले राष्ट्रपति...

स्पेन । स्पेसिन लिग फुटबलको जारी सिजनमा बार्सिलोनाले पहिलो पटक...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवामा राष्ट्रिय विद्यार्थी संघले तीन...

सर्लाही । भारतको विहारमा मदिरापान बिक्रीवितरण र ओसारपसारमा प्रतिबन्ध लगाइएपछि...

गौर । प्रदेश २ का कृषि ,भूमि व्यवस्था तथा सहकारी...

जीतपुर । जीतपुरमा एउटै पसलमालगातार दुई चोटीचोरी भएपछि , प्रहरीको...

स्याङ्जा : जिल्ला कारागार स्याङ्जामा कार्यरत एक प्रहरी जवानले...

जनकपुरधाम । धनुषामा एक युवक घाँटी रेटिएको अवस्थामा फेला परेका...

पशुपतिनगर, इलाम : इलामको चुलाचुली गाउँपालिकामा कार्यरत नायब सुब्बा जगत...

बर्दिवास : महोत्तरीको सदरमुकाम जलेश्वरलाई भारतीय सीमा र धनुषाको जनकपुरसँग...

बलेवा : कुलतमा लागेका युवाका लागि सुधार गृहका रुपमा स्थापना...

इलाम : नेपाल पत्रकार महासङ्घ इलाम शाखाले पत्रकारका लागि आपत्कालीन...

काठमाडु । साउथ ह्याम्पटनलाई हराउँदै लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको...

काठमाडु । अपराध अनुसन्धानमा अब्बल मानिँदै आएको नेपाल प्रहरी पछिल्लो...

जनकपुरधाम । कमला नगरपालिकाका वडाअध्यक्षहरुले नगरप्रमुख रामउदगार गोइतलाई शनिवार ९...

भद्रपुर : खोलामा डुबेर मेचीनगर–८ सालघारीका ३६ वर्षीय शिवु...

जीतपुर : मुलुकी ऐनमा सवारी चालक सम्बन्धि गरिएको ब्यवस्थाको परिवर्तनको...

बर्दिबास : बालबालिकाले भयत्रासमुक्त वातावरणमा सुरक्षित र...

राजविराज : प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले...

वाशिङ्टन, डिसी : अमेरिकाको मेरिल्याण्ड राज्यमा भएको गोली काण्डमा...

नेपालगञ्ज, बाँके : मुस्लिम समुदायको पर्व मोहर्रममा नेपालगञ्जमा हिन्दू...

काठमाण्डु । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले टुंगो लगाएको प्रदेश ईञ्चार्ज ...

राजविराज । संविधान संशोधनको विषयमा वहस चलिरहेको बेला प्रदेश २...

सिरहा । जिरोमाइल देखि बरियारपट्टि जाने सडकखण्ड...

जनकपुरधाम । धिरेन्द्र मल्टिमेडिया प्रालिको प्रस्तुति रहेको चलचित्र...

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता रामचन्द्र झाले सरकारमा...

वीरगञ्ज । सेवाग्राहीसित घुस लिएको आरोपमा अख्तियारको टोलीले वीरगन्ज महानगरपालिकाका...