Fri, 16 Nov 2018
ताजा समाचार
आधुनिकीकरण व्यवसायीकरणमा जोड || धनुषा प्रहरीले पीडकलाई संरक्षण दिएको आरोप || एसईई उत्कृष्ट शिक्षा २०७५ पुरस्कारबाट सम्मानित || बलेरीे वनबाट काठ चोरी || दुई जनामाथि मुद्दा दर्ता || घरेलु मदिरा बिक्रिमा महिलाको संलग्नता बढ्दो || उद्योगको लागि जग्गा निरीक्षण || आखा अस्पताल जिल्लाको धरोहर ,राज्य मंत्री यादव || सडकको दोहरो मापदण्ड विरुद्ध मुद्दा || मधेशी जनता अझै अधिकारबाट बञ्चित : साँसद ठाकुर || निलम्बन द्विवेदीको नौटंकी : चौधरी || ठाकुरको हत्या || प्रिमियर लिगमा पनि 'भार' प्रयाेग हुने || सार्वजनिक भयो रणवीर र दीपिकाको विवाहको फोटो || लंकामा सांसदहरुबीच कुटाकुट, सभामुखमाथि आक्रमणको प्रयास || सीके राउतलाई सर्वोच्चमा उपस्थित गराइयो || प्रदेशको नामाकरणका लागि कार्यदलले कार्य थाले || बन्ने भो रामजानकी स्टेडियम || मुख्यमन्त्रीद्वारा खानेपानी ओभरहेड टैंकको उद्वघाटन || बिभेदकारी नीतिले कुस्ती ओझेलमा || नवनिर्वाचित पदाधिकारीहरुको सथप ग्रहण || दुर्घटना बीमा गर्न पत्रकारलाई आग्रह || शहीद परिवार भेट्न प्रचण्ड र बादल गाउँमा || रत्नजित र दिपेश क्वार्टरफाइनलमा || दीपिका-रणवीरको बिहे इटालीको सात शताब्दी पुरानो दरबारमा || १३ वर्षीय बालकको बक्सिङ रिङमै मृत्यु, थाइल्यान्डमा खैलाबैला || विश्व बैङ्कसँग १८ अर्बको सम्झौता || कांग्रेसभित्र गुटैगुट || भैरहवा मालपोत अनलाइनमा || कृषि विश्वविद्यालयमा आगजनी || नेपाल प्रहरीलाई ‘डिजिटल गर्भनेन्स अवार्ड’ || सूर्यदेवको आराधना गरी छठपर्व मनाइँदै, यस्तो छ व्रतविधि || बरियारपट्टीको सरकारी अस्पतालमा औषधिको अभाव || छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा || छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै || छठको तयारी अन्तिम चरणमा || विपन्न परिवारलाई वडाअध्यक्षको सहयोग || सरकार संघीय शिक्षा ल्याउने तयारीमा || शिक्षामा फड्को मार्दै प्रदेश || गरीब तथा विपन्नलाई छठ पूजाका लागि सामाग्री वितरण ||
मोदी भ्रमणः नेपालका लागि ऐतिहासिक मौका

बैशाख २८, २०७५

  •                                    ऋषि धमला

 चार  वर्षको  दौरान  तीनपटक  भारतीय  प्रधानमन्त्रीले  नेपाल  भ्रमण  गर्नुले अन्तर्राष्ट्रिय चासो र चर्चा पाएको छ । तीनपटकको भ्रमणबाट नै नेपालप्रतिको आत्मीयता र भावनात्मक सम्बन्ध प्रकट हुन्छ । मोदीले नेपाललाई यति धेरै माया दिएका छन् जसको जतिसुकै तारिफ गरेपनि कम हुन्छ । 

भारतीय  प्रधानमन्त्री  नरेन्द्र  मोदी  यस्तो  समयमा  नेपाल भ्रमण गर्दैछन् जतिबेला नेपालले ऐतिहासिक तीनवटा चुनाव सम्पन्न गरी राजनीतिक स्थायित्व प्राप्त गरी  समृद्धिको  दिशातर्फ  गति  लिदैछ  ।  ऐतिहासिक  संविधानसभाले   संविधान   निर्माण   गरी   त्यसको   कार्यान्वयन  चुनाव  सम्पन्न  भएपछि  भयो  ।  केपी  ओली  नेतृत्वको  नयाँ  सरकार  बन्यो  र  दुवै  देशबीच  विद्यमान  समस्याहरू  समाधान  भई  देशले  समृद्धिको  दिशा  लियो  ।  भारतले  लामो  संघर्षपछि  राजनीतिक  स्थायित्व प्राप्त गरेपछि समृद्धितर्फ सकारात्मक गति लिन सकेको थियो । अटलविहारी वाजपेयीले बीसौं शताब्दीको अन्ततिर स्थायी सरकार चलाएर भारतको राजनीतिमा नयाँ कोर्स स्थापित गरेका थिए । भारतीय जनता पार्टीले पहिलो पटक बहुमत ल्याएपछि नरेन्द्र मोदी प्रधानमन्त्री भएर विकासको गतिलाई सही दिशा र गति दिन सके । तिनै मोदी नेपालप्रति सकारात्मक बनेर निकै चासो दिइरहेका छन् । मोदी  नेपाल  भ्रमणमा  आइरहँदा  नकारात्मक  टिप्पणीहरू नभएका होइनन् । आलोचनालाई सामान्य रुपमा लिने उनले त्यसको कुनै वास्ता नगरी आफ्नो पाइलालाई  रोकेनन्  ।  मोदी  नेपालबारे  निकै  चिन्ता  व्यक्त गर्छन् । पंक्तिकारसँग गत महिना दिल्लीमा भेट हुँदा मोदीले नेपालको राजनीतिक अवस्थाबारे चासो राखेका थिए । उनी नेपाललाई पवित्र भूमि मान्दारहेछन् र नेपालले राजनीतिक स्थायित्व हासिल गरी समृद्ध बनेको देख्ने चाहना राख्दारहेछन् । नेपाल मामलामा उनको नियत सफा रहेछ । आलोचकहरूले जे जस्तो टिप्पणी गरेपनि मोदीको समृद्ध नेपाल हेर्ने भित्री इच्छा रहेछ  ।  त्यसैले  पनि  कुनैपनि  भारतीय  प्रधानमन्त्रीले  नगरेको  तेस्रोपटकको  भ्रमण  मोदीले  गर्दैछन्  ।  चार  वर्षको दौरान तीनपटक भारतीय प्रधानमन्त्रीले नेपाल भ्रमण गर्नुले अन्तर्राष्ट्रिय चासो र चर्चा पाएको छ । तीनपटकको भ्रमणबाट नै नेपालप्रतिको आत्मीयता र भावनात्मक सम्बन्ध प्रकट हुन्छ । मोदीले नेपाललाई यति धेरै माया दिएका छन् जसको जतिसुकै तारिफ गरेपनि कम हुन्छ । सकारात्मक सन्देशमोदीको   नेपाल   भ्रमणले   भारतभित्र   नभई   अन्तर्राष्ट्रिय जगत्मा पनि चर्चा पाएको छ । भारतीय प्रधानमन्त्रीले  तीर्थयात्रा  गरेर  राजधानी  बाहिरका  स्थानमा  समेत  पुग्नुले  नेपाल  अब  सुरक्षित  गन्तव्य  हो  भन्ने  सन्देश  गएको  छ  ।  जनकपुर  दुलही  जस्तै  सिंगारिएकी  छिन्,  मुक्तिनाथ  उतिकै  सुन्दर  बनाइएको  छ । जनकपुर र मुक्तिनाथमा मोदीको यात्राले सँसारभर नेपाल  पर्यटकीय  गन्तव्य  यथेष्ठ  रहेको  देश  हो  भनी  सकारात्मक  प्रचार  भएको  छ  ।  रामायण  सर्किटको  उद्घाटनले   नेपालको   पर्यटन   क्षेत्रमा   नयाँ   ढोका   उघारिदैछ । मुक्तिनाथको भ्रमणले त्यस क्षेत्रमा पर्यटनको विकास  झन्  बढ्नेभएको  छ  ।  मोदीले  नेपाललाई  सुरक्षित  र  सुन्दर  मुलुकका  रूपमा  अझ  विश्वसामु  परिचित गराइदिदैछन् । मोदी  समृद्ध  नेपालको  यात्राले  गति  लिने  गरी  सहयोगको  हातसहित  नेपाल  आउँदैछन्  ।  अरुण  तेस्रो  परियोजनाको  उद्घाटन  प्रधानमन्त्री  केपी  शर्मा  ओली  र  भारतीय  प्रधानमन्त्री  नरेन्द्र  मोदीबाट  संयुक्त  रुपमा  हुँदैछ । यो आयोजना निर्माणका लागि भारत सरकारले निर्माण कम्पनिलाई लगानीको सुनिश्चित गरेको थियो । यसका  लागि  मोदीले  प्रत्यक्ष  भूमिका  खेलेका  थिए  ।  यसबाट पनि मोदी नेपालसँग मिलेर समृद्धिको यात्रामा बढ्न  गम्भीरताका  साथ  लागेको  प्रष्ट  हुन्छ  ।  मोदीको  पहलमा  भारतले  हात  हालेको  धेरै  आयोजनाहरू  अगाडि  बढेका  छन्  ।  रेलमार्ग,  हुलाकीमार्गलगायत  महत्वपूर्ण आयोजना निर्माणले गति लिएको छ । विद्युत ट्रान्समिसनका आयोजनाहरूको निर्माण पूरा भयो भने कतिपय  निर्माणले  गति  लिएको  छ  ।  एक्सनमा  जाने  नेताको  परिचय  बनाएका  मोदीले  नेपालको  विकास  निर्माणको हरेक प्रगतिबारे सोध्ने गरेका छन् । राजदूत मञ्जिभ सिंह पुरीसँग बेला बेलामा नेपालमा भारतीय सहयोगमा  बढाइएका  विकास  आयोजनाहरूले  के  कस्तो  गति  लिएको  छ  जानकारी  लिने  गरेका  छन्  ।  राजदूत पुरीले पनि थोरै बोल्ने धेरै काम गर्ने व्यवहारिक कुटनीतिज्ञका   रुपमा   परिपक्वताका   साथ   भूमिका   निभाइरहेका  छन्  ।  उनी  नेपाल  आएलगत्तै  भारतको  नेपालसँग  रहेका  असमझदारीहरू  अन्त  भए  ।  उनकै  पहलमा प्रधानमन्त्री ओलीले भारत भ्रमण गरे । अहिले तेस्रोपटक मोदी नेपाल आउँदैछन् । पुरीले सफल भारतीय राजदूतका रूपमा आफूलाई स्थापित गरिसके । सुवर्ण मौकामोदीको  नेपालप्रतिको  सद्भाव  र  मायाबाट  नेपाललाई  फाइदै  फाइदा  छ  ।  नेपालमा  भारतीय  लगानी र विकास आयोजनाहरू एकपछि अर्को गरी थपिएका  छन्  ।  उनले  पहिलोपटक  नेपाल  भ्रमण  गर्दा भनेका थिए— भनिन्छ पानी र जवानी पहाडमा रहँदैन,  अब  पानी  पनि  रहन्छ  र  जवानी  पनि  रहन्छ । मोदीले जे बोलेका थिए त्यही गरेर देखाउँदैछन् । अरुण तेश्रोको निर्माण शुरू हुनु  दुवै  देशका  लागि  ऐतिहासिक  सफलता   र   फाइदाको   विषय   हो  ।  त्यसमाथि  पनि  नेपालले  यसबाट   धेरै   लाभ   लिन   सक्छ  ।  अरुण  तेस्रो  निर्माण  हुँदा देखि नै नेपालीहरूलाई रोजगारीको  अवसर  प्राप्त  हुनेछ   ।   नेपाली   युवाहरू   रोजगारीका  लागि  विदेशतिर  भौतारिनुपर्ने  परिस्थितिको  अन्त  हुनसक्छ   ।   नेपालमा   पूर्वाधार   विकासले गति लिएमा धेरै रोजगारी सृजना  हुन  सक्छ  ।  नेपालले  जलविद्युत  उत्पादन  हुनथालेपछि  लिन  सक्ने  फाइदा  उत्तिकै  छ । नेपालले विद्युतको सेयर प्राप्त गर्ने छँदैछ, पर्याप्त ऊर्जा  उत्पादनले  उत्पादन  केन्द्रित  उद्योगहरू  खुल्न  सक्छन् । नेपालमा कलकारखाना खुल्न गई रोजगारी, निर्यात  र  करबाट  राज्यलाई  लाभ  नै  लाभ  हुन्छ  ।  मोदीको कदमले नेपाललाई यति धेरै फाइदा हुँदा हुँदै नकारात्मक विषय उचालेर गाली गलौजमा उत्रनुको कुनै  अर्थ  छैन  ।  गलत  प्रोपोगान्डा  अन्तमा  गलत  सावित हुनेछन् । नेपाली जनताले को सही को गलत परिणाम आएपछि थाहा पाउनेछन् ।नेपालको  भारतसँग  तीनतर्फ  सीमा  जोडिएको  छ । भारतसँग सहज आवतजावत् गर्न सकिने भूगोल मात्र  छैन  मित्रवत्  व्यवहार  पनि  छ  ।  विना  भीसा  र  पासपोर्ट  आवत्जावत्  गर्न  सकिने  प्रावधान  कुनै  सन्धि सम्झौतामा लेखिएको छैन । तैपनि दुवै देशका जनताले यसको निरन्तर अभ्यास गर्दै आएका छन् । जन जनको सम्बन्धबाट दुवै देशले लाभ लिन सक्ने प्रशस्त ठाउँ छन् । नेपालको दक्ष जनशक्ति भारतका लागि उपयोगी हुनसक्छन् भने भारतको दक्ष जनशक्ति पनि  नेपालको  लागि  कामलाग्ने  हुनसक्छ  ।  सहज  आवत्जावत्ले  यसको  अभ्यास  सजिलो  बनाएको  छ  ।  दुवै  देशको  विकासमा  दुवै  देशको  जनताले  भूमिका खेल्ने गरेको श्रमशशक्तिको आवत्जावत्बाट पनि थाहा हुन्छ । यसमा कहीं कतै बाधा अड्चन हुनु हुँदैन । यसैमा दुवै देशको हित छ । मोदीले जनजनको सम्बन्धलाई  मध्यनजर  राखेर  पनि  जनकपुरबाट  भ्रमण  शुरू  गर्न  लागेका  हुन्  ।  यसमा  कसैले  नकारात्मक   सोच   राख्नुको   औचित्य छैन  ।  भारत  भ्रमण  गर्दा  चिनियाँ  राष्ट्रपति  सि  जिङपिङले  पनि  गुजरातको  राजधानी  अहमदाबाट  शुरू  गरेका  थिए  ।  पाकिस्तान  अकस्मात्  पुग्दा  पनि  मोदी इस्लामाबाद नपुगी लाहोर पुगेका थिए । हालै चीनको  भ्रमण  गर्दा  मोदी  सिधै  बेइजिङमा  उत्रिएका  थिएनन्  ।  राजधानी  बाहिर  पनि  विकास  हुनुपर्छ  र  त्यस्तो  क्षेत्रले  प्राथमिकता  पाउनुपर्ने  सन्देश  मोदीले  अन्तर्राष्ट्रिय  रुपमै  दिएका  छन्  ।  उनले  अन्तर्राष्ट्रिय  राजनीतिमा    समेत    नयाँ    अभ्यासको    थालनी    गरिदिएका छन् । नेपाल भनेको काठमाडौं मात्र हो र काठमाडौंमा बस्नेको इच्छा र चाहना मात्र सबथोक हो भन्ने चिन्तन अबका दिनमा रहनुहुँदैन । कुनै देशको नेता काठमाडौं बाहिर कुटनीतिक मर्यादामा रहेर पुग्दा झन् त्यो क्षेत्रको सम्मान र लाभ हुनसक्छ । यो समग्र देशको समेत सम्मान हो । यसमा कसैले आत्तिनुपर्ने र नकारात्मक धारणा राख्नु नै गलत ठहर्छ । हरेक विषयलाई विगतको तीतो घटनासँग जोडेर हेर्नुहुन्न  ।  विगतको  तिक्ततालाई  मेटेर  सुझबुझका  साथ बढ्नुमै सबैको हित हुन्छ । उत्तर कोरिया र दक्षिण कोरिया  जस्ता  युद्ध  लडेका  देशले  समेत  अन्तमा  हातेमालो  गर्नुप¥यो  ।  अमेरिकाले  दुश्मन  मानेको  उत्तर  कोरियासँग सम्बन्ध सुधार्दैछ भने भारत हाम्रो तीनतर्फ सीमा जोडिएको र ऐतिहासिक अन्यौन्याश्रित सम्बन्ध भएको  मुलुक  हो  ।  भारतीय  प्रधानमन्त्री  विशाल  हृदयका  साथ  नेपालको  हितमा  सहयोगी  बनिरहेका  छन् भने त्यसप्रति सकारात्मक बन्नुपर्छ । हामीले सधैं नकारात्मकतर्फ मात्र ध्यान दियौं भने सकारात्मक कदम कहिले चाल्ने । अहिले मोदी पवित्र मन र व्यवहारका साथ  नेपाल  आउन  लागेका  छन्  ।  यसको  सम्मान  गर्नु  हाम्रो  कर्तव्य  हो  ।  हामी  नेपालीले  अतिथिलाई  भगवान्  मान्छौं  ।  देशमा  अतिथिका  रुपमा  विश्वको  शक्तिशालीमध्येका   नेता   आउँदैछन्   ।   नेपाललाई   पशुपतिनाथको  पवित्र  भूमि  मान्ने  धार्मिक  स्वभावका  मोदी आउँदैछन् । मोदी नेपलालाई सीता जस्ती महान् नारी जन्मिएको पवित्र भूमि मान्छन् । उनी नेपाललाई पवित्र  भूमि  मानेर  पाइला  सार्दैछन्  ।  पवित्र  भूमिमा  पवित्र कार्य गर्ने चाहना राखेर काम गर्दैछन् । हामीले मोदीको   सकारात्मक   कदमलाई   ऐतिहासिक   मौकाका   रुपमा   लिनुपर्छ   ।   यो   मौकालाई   चुकाउनु  हुँदैन  ।  छिमेकसँग  सुमधुर  सम्बन्ध  बनाउन राजनीतिक नेतृत्वलाई समेत दबाब दिनसक्नुपर्छ  ।  हाम्रो  मूल्य  र  मान्यताले  छिमेकसँग   मित्रवत्   सम्बन्ध   बनाएर   साथ  साथ  बढ्न  प्रेरित  गर्दछ  ।  मोदीले  नेपालसँग  आर्थिक  विकासमा  साथ  साथ  बढ्ने  चाहना  देखाएका  छन्  ।  उनले  बढाएको  हातलाई  बुझ्नुपर्छ  ।  मोदीको  नेपालप्रतिको माया र प्रेमलाई चिनेर विकास र  समृद्धिको  यात्रालाई  गति  दिन  सक्नुमै  नेपाल र नेपालीको हित हुन्छ । यो ऐतिहासिक मौका हो खेर फाल्न दिनुहुँदैन ।

जनकपुरधाम । माछा सुपरजोन जनकपुर धाम ,धनुषा का कार्यालय प्रमुख...

जनकपुरधाम । धनुषाका प्रहरीले पीडितलाई न्याय दिलाउनुको साट्टो पिडकलाई संरक्षण...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा नंंंंं. ६ खुटौनाको...

चन्द्रपुर । रौतहटको बलेरी ईलाका वन कार्यालयको वन क्षेत्रमा एकै...

कुलदिप दास , जनकपुरधाम । धनुषामा बोक्सीको आरोप लगाएको भन्दै...

चन्द्रपुर । रौतहटमा प्रहरीले घरेलु मदिरा उत्पादन र बिक्रि बितरणमा...

चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिकामा बिशेष आर्थिक क्षेत्र (सेज) स्थापना...

रौतहट : कार्यक्रममा प्रदेश नम्बर २ का कृषि भूमि...

जनकपुरधाम । नगर क्षेत्र भित्र एउटै सडकको दोहरो मापदण्ड...

जलेश्वर । राष्ट्रिय जनता पार्टी (राजपा)नेपालका अध्यक्ष मण्डलका संयोजक समेत...

वीरगञ्ज । नेपाली काग्रेस पर्साका सभापति अजय द्धिवेदी सभापति...

जनकपुरधाम । धनुषा जिल्लाको विदेह नगरपालिकाको वडा नम्बर ५ मुडिवा...

इंग्लिस प्रिमियर लिग फुटबलको अर्को सिजनमा भिडियो असिसटेन्ट रेफ्री ‘भार’...

पछिल्लो २४ घण्टामा भारत तथा विश्वभरका बलिउडका प्रशंसक एउटा तस्बिरको...

काठमाडौं । श्रीलंकामा महिन्दा राजापाक्षेका समर्थक र विरोधी सांसदहरुबीच बिहीबार...

काठमाडौं । राज्यविद्रोहकोे मुद्दामा पक्राउ परेका सीके राउतलाई सर्वोच्च...

जनकपुरधाम । प्रदेश २ को नामाकरण र स्थायी राजधानी तोक्न...

जनकपुरधाम । प्रदेश २ को रामजानकी स्टेडियम अन्ततःजनकपुरधाममा ...

वीरगंज। मुख्यमन्त्री लालबाबु राउतले वीरगंज–२ छपकैयास्थित नवर्निमित ...

जनकपुरधाम । धनुुषाका क्षीरेश्वरनाथ...

काठमाडौँ : नेपाल पत्रकार महासङ्घले श्रमजीवी तथा स्वतन्त्र पत्रकारका...

बेनी : पारिवारिक भ्रमणको सिलसिलामा म्याग्दीमा रहनु भएका नेकपाका अध्यक्ष...

काठमाडौं । पूर्वविजेता राष्ट्रिय च्याम्पियन नेपाली सेनाका रत्नजित तामाङ...

बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण यहि बुधबार...

बैंकक । थाइल्यान्डमा भएको बक्सिङ खेलमा १३ वर्षीय बालकको...

काठमाडौं । पुल सुधार तथा मर्मतसम्भार एवं खाद्य तथा...

काठमाडौं । नेपाली कांग्रेसका कार्यकर्ताले गुट–उपगुट अन्त्यको आवाज उठाइरहँदा...

भैरहवा : मालपोत कार्यालय भैरहवाले आजदेखि अनलाइनबाट सेवाग्राहीलाई सेवा प्रदान...

चितवन : कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा विद्यार्थीहरुले आगजनी...

काठमाडौँ : सूचना प्रविधिको उत्कृष्ट प्रयोग गरी कार्य गरेबापत...

जनकपुरधाम : छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो...

सिरहा । बरियारपट्टी गाउँपालिकामा रहेका सरकारी अस्पतालमा औषधिको अभाव भएपछि...

छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा ...

छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै...

अनिल कुशवाहा , महेन्द्रनगर (धनुषा) । ...

जीतपुर । दलित, गरिब तथा बिपन्न बर्गहरुलाई छठ मनाउनकोे लागि...

कुलदिप दास ( प्रेम ) , जनकपुरधाम : जनकपुरधाम...