Fri, 18 Jan 2019
ताजा समाचार
चैत्र मसान्त भित्रमा पर्सा जिल्लालाई खुलादिशा मुक्त जिल्ला घोषणा गर्ने || सवारी साधनहरुको मेकानिकल चेक जाँचतथाचालकहरुको स्वास्थ्य परिक्षण || सरकारी अस्पतालमा औषधिको अभाव || वन सखाप पार्न लागेको प्रदेश मन्त्रीको आरोप || रेल खरिद गर्न सरकारको सैद्धान्ति सहमति || बेलायतकी महारानीका पति फिलिप सवारी दुर्घटनामा घाइते || बार्सिलोना कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा || स्वास्थ्य अवस्था गम्भीर भएपछि डा. केसीलाई राति काठमाडौं ल्याइयो || २ करोड लागतमा अश्वमेध यज्ञ || वरियापट्टी गाउँपालिकामा संघर्ष समितिद्धरा धर्ना : कामकाज प्रभावित || सहारा विकास बैंकको सूचीकरण खारेज भएपछि कारोबारमा गिरावट || १८ वर्ष देखी फरार प्रतिवादी पक्राउ || डा.झाको लापर्वाहीले बिरामीको मृत्यु,अस्पतालमा तनाव || काँग्रेसलाई मजबुत बनाउनुको विकल्प छैन : नेता जोशी || एडिबीको काम गुणस्तरहिन भइरहेको गुनासो || जनता आवासले दलितको उठिबास || मेर्चाारा कार्बाही स्वरुप सप्तरीमा प्रहरी हवलदारमाथि गोली प्रहार , || अलपत्र परेका नेपाली कामदार नरेन्द्र स्वदेश फिर्ता || मिनि म्याराथनको उपाधि सुजनले जिते || २१ औं भूकम्पीय सुरक्षा दिवस मनाइँदै || सुन ६२ हजार नजिक || हात्तीबाट पिडित घर परिवारलाई नगरपालीकाले क्षतिपूर्ति दिने || बेटीलाई १ लाखको बीमा सुरु || संघिय सरकार विरुद्ध प्रदेश २ अदालत जाने || थारु समूदायको उत्थानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री राउत || लागुऔषध गाँजा सहित एक पक्राउ || ६ वर्ष पछि फरार प्रतिवादी पक्राउ || तराई–मधेशमा तिला सङ्क्रान्ति मनाइँदै || बालिका हत्यारालाई जन्मकैद || छ महीनाको अवधिमा रु १९ अर्बभन्दा बढी राजश्व सङ्कलन || सप्तरीमा मोटरसाइकल दुर्घटनामा सशस्त्र प्रहरीका यादवको मृत्यु || माघ १ गते प्रदेश २ मा सार्वजनिक विदा || २२ किलो गाँजा बरामद || भुकम्प जाेखिम व्यवस्थापनका लागि स्थानिय संञ्चारकर्मीहरूकाे लागि तालिम कर्यशाला सम्पन्न || सचिव झा पक्राउपछि रिहा, छानविन समिति गठन || तराई मधेशमा अब समस्या छैन : मन्त्री पोखरेल || सेनाले बलात्कारको प्रयास गरेको भन्दै ५ घण्टा राजमार्ग अवरुद्ध || सेनाबाट बलात्कार प्रयास, ५ घण्टा राजमार्ग अवरुद्ध || मधेशमा बैकल्पिक शक्ति निर्माण गरेर मूल मुद्दालाई जिवन्त राख्नुपर्छः संयोजक || जनकपुर जेसीजको ३६औ शाखा अधिवेशन सम्पन्न ||
प्रदेश २ : बालौं शिक्षाको दीयो

बैशाख २८, २०७५

  •                                  धर्मेन्द्र झा

 शिक्षा मानवको नेसर्गिक अधिकार हो, विश्वका कुनै पनि व्यक्तिलाई स्तरीय शिक्षा प्राप्त गर्ने अधिकार छ । विश्वका प्रत्येक देशका सरकारले यस मुद्दालाई कुनै  न  कुनै  दृष्टिले  प्राथमिकतामा  राखेका  हुन्छन्  र  राख्नु  पनि  पर्छ  ।  कुनै  सरकारले  शिक्षाको  मुद्दालाई  महत्व दिइएको पाइएकन भने त्यो सरकार जनताप्रति जिम्मेबार छैन भनेर बुझ्नुपर्छ । शिक्षा यस्तो पक्ष हो जसका आधारमा समाज र देश बन्ने या विग्रने कुरा निर्धारित हुन्छ । जनताको यो अधिकार सुनिश्चित गर्न राज्य सक्रिय हुनुको विकल्प छैन । नेपालमा विगतका सरकारले  जहिल्यै  पनि  शिक्षालाई  प्राथमिकतामा  राखेर नीति तय गर्ने गरेको सार्वजनिक गर्ने गरिए पनि अपेक्षित उपलब्धी प्राप्त हुन सकेको पाइएको छैन । यो दुखद विषय हो ।   राज्यको  असन्तुलित  नीतिका  कारण  देशमा  शिक्षाका सन्दर्भमा समाजमा भेदभावपूर्ण अवस्थाको सिर्जना   हुन   पुगेको   यथार्थलाई   अस्वीकार   गर्न   सकिँदैन  ।  पछिल्लो  दिनमा  नेपालमा  शिक्षा  यस्तो  माध्यम बन्यो जसले आमजनतालाई दुई वर्गमा कित्ता काट गर्यो । नेपाली शिक्षा पद्धतिले दुइ थरि वर्गका नागरिक  विकसित  गर्यो  भन्दा  असत्य  ठहर्दैन  ।  पहिलो हुने खाने वर्ग जसले महँगा निजी विद्यालयमा अध्ययन गर्ने अवसर पाए र तुलनात्मकरुपमा स्तरीय शिक्षा  प्राप्त  गर्न  सके  ।  दोस्रो,  आर्थिक  अवस्था  कमजोर  भएका  वर्ग  जसले  महँगा  विद्यालयमा  अध्ययन  गर्ने  अवसर  पाएनन्  र  वाध्यकारीरुपमा  सामुदायिक सरकारी विद्यालयमा अध्ययन गर्नु परेको छ  ।  यस्तोमा  पछिल्लो  वर्गकाले  क्रमशः  प्रतिस्पर्धा  गर्न  सक्ने  क्षमता  गुमाउँदै  जाने  अवस्थाको  सिर्जना  भयो वा भइरहेको छ । देशमा उपलब्ध सम्पूर्ण अवसर माथि  चर्चा  गरिएको  पहिलो  वर्गकै  वरिपरि  केन्द्रित  भएको छ वा भइरहेको छ । यस्तोमा देशमा स्पष्टतः दुई वर्गको विकास भइरहेको छ भन्दा अन्यथा ठहर्दैन, जो समग्र देशका लागि अत्यन्त घातक छ । यसको अन्त्य गरिनु आवश्यक छ । दुखका साथ भन्नुपर्छ यो अवस्थाबाट सबैभन्दा बढी प्रभावित हुन पुग्यो हालको प्रदेश २ मा अवस्थित जिल्लाहरु  ।  विगतमा  सम्भवतः  राज्यले  विभेदकारी  नीति  अबलम्बन  गर्यो  जसका  कारण  यो  प्रदेश  शैक्षिक उपलब्धिका दृष्टिले निकै उपेक्षित रहनु परेको यथार्थ  कसैबाट  लुकेको  छैन  ।  विगतमा  कुनै  बेला  देशमा शिक्षाको दीयो प्रज्वलित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको यस प्रदेशमा कुन वेला यो दीयो निभ्ने स्थितिमा पुग्यो त्यसको पत्तै भएन । पछिल्ला दिनको मूल्यांकन गर्ने हो भने मधेशमा न त प्रभावकारी ढंगले शैक्षिक नीति नै कार्यान्वयन्को प्रयत्न भयो न त कुनै मूल्यांकनको संयन्त्र नै क्रियाशील भयो । अब निश्चय पनि प्रदेश सरकार यसतर्फ संवेदनशील हुनु आवश्यक छ र यथोचित शैक्षिक नीतिको तर्जुमा गर्नु जरुरी छ । अबको  शिक्षा  नीतिले  यस  विषयमा  सम्बोधन  गर्नु  अपेक्षित छ । यसअघिका  दिनमा  केन्द्र  सरकारले  शिक्षाका  क्षेत्रमा  कुनै  कार्य  नै  नगरेको  होइन  तर  ती  कार्य  पर्याप्त  हुन  सकेनन्  ।  मधेशका  सन्दर्भमा  हेर्ने  हो  भने  यहाँ  विद्यालयीय  शिक्षासँग  सम्बन्धित  चारवटा  समस्या  मुख्य  छन्  ।  पहिलो,  विद्यार्थी  भर्ना  नै  नहुने  र  विद्यालय  नजाने  ।  दोस्रो,  भर्ना  भएका  विद्यार्थीले  बीचमै  अध्ययन  छोड्ने  र  विद्यालयबाट  बाहिरिने  ।  तेस्रो, विद्यालयमा स्तरीय अध्ययन् अध्यापन नहुने । र  चौंथो,  विद्यालय  नै  नहुने  तिनीहरु  झोलामा  मात्र  सीमित हुने । जहाँसम्म विद्यार्थीलाई विद्यालयमा भर्ना गराउने  कुरा  छ,  सरकारले  अभियान  नै  सञ्चालन  गरेको छ । यस वर्ष पनि सरकारले २०७४ को चैत १५ देखि २०७५ को वैशाखसम्म विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरणसम्त्रन्धी कार्यतालिका बनाएको छ । नेपाल सरकारले यो कार्यक्रम २०६१ सालदेखि नै कार्यान्वयन् गर्दै आएको छ । यस कार्यक्रमको लक्षित समूह  चार  वर्षदेखि  १२  वर्ष  उमेरका  बालबालिका  हुन् । यस कार्यतालिका र कार्यक्रमको मूल्यांकनको प्रयास  गरिएका  खण्डमा  मधेशमा  यस  उमेरका  थुप्रै  बालबालिका विद्यालयबाहिर रहन बाध्य छन् । प्रश्न उठ्छ किन ? यसको समुचित उत्तर कसैसँग पनि छैन । भावी दिनमा प्रदेश सरकारले यस्ता प्रश्नको उत्तर दिने अवस्थामा आफूलाई उपस्थित गराउन सक्नुपर्छ । माथि     उल्लेख     गरिएको     पक्षहरुबाहेक     अर्को पक्ष पनि छ । त्यो हो विद्यालय जानबाट वञ्चित रहेकाहरु  ।  अहिले  पनि  देशमा  विद्यालय  जानबाट  वञ्चित रहेकाहरुको संख्या निकै ठूलो छ । शैक्षिक तथ्यांक २०७४ अनुसार नेपालभरि प्राथमिक तहमा ८८  हजार  दुई  सय  सातजना  बालबालिका  अझै  पनि विद्यालयबाहिर छन् भने आधारभूत तहका तीन लाख  १३  हजार  दुई  सय  ८९  विद्यार्थी  विद्यालय  बाहिर छन् । शिक्षाको युग भनिने आजको समयमा यति  धेरै  संख्यामा  बालबालिकाहरु  विद्यालयबाहिर  रहनुले  देशको  शैक्षिक  अवस्थाको  भयावह  चित्र  प्रस्तुत् गर्दछ । यसमा पनि प्रदेश २ को अवस्था अझ कहालिलाग्दो छ । यस प्रदेशमा मात्र दुई लाख बढी विद्यार्थी  विद्यालयबाहिर  रहेको  तथ्य  सार्वजनिक  भएको  छ  ।  प्राथमिक  तह  (कक्षा  १  देखि  ५)  मा  खोटागं,  मोरंग,  सप्तरी,  दोलखा,  सिन्धुली,  धादिगं,  महोत्तरी, धनुषा, वारा, पर्सा, सर्लाही, रौतहट, मनागं, पर्वत, जुम्ला, हुम्ला, प्युठान, बझागं, रोल्पा, सुर्खेत, दैलेख,  वर्दिया  र  दार्चुला  जिल्लाहरुमा  औसत  खुद  भर्ना दर ९७ दशमलव २ प्रतिशतभन्दा कम छ । यस्तै सर्लाही,  रौतहट,  धनुषा,  पर्सा,  वारा,  कपिलवस्तु,  मोरगं,  सुनसरी,  रुपन्देही,  सप्तरी,  सिरहा,  महोत्तरी  र  बाँके यस्ता जिल्ला हुन् जहाँ आधारभूत तह (कक्षा १ देखि ८) मा सबैभन्दा बढी विद्यार्थी विद्यालयबाहिर रहेका छन् । शैक्षिक तथ्यांक २०७४ अनुसारको उक्त, विवरणको विश्लेषण गरेका खण्डमा यसमा प्रदेश २ का सबै जिल्ला परेको पाउन सकिन्छ । यस तथ्यांकमा सुधार अपेक्षित छ र यो सुधार प्रदेश सरकार एक्लैबाट सम्भव छैन । यो अवस्थाको सिर्जना हुनुमा निश्चय पनि  देशको  शिक्षा  नीति  दोषी  रहेको  कुरामा  शंका  छैन  ।  यसैले  यो  समस्याको  समाधानमा  स्थानीय  तह,  प्रदेश  सरकार  र  केन्द्रीय  सरकार  तथा  नागरिक  समाज  संयुक्तरुपमा  सक्रिय  हुनु  अपरिहार्य  छ  ।  विगतमा  देशको  शिक्षा  नीतिले  आवश्यकताअनुसार  सम्बद्ध  क्षेत्र  र  जिल्लालाई  सम्बोधन  गर्न  सकेन,  यो सत्य हो । अबका दिनमा यसमा सुधारको नीति अख्तियार  गर्नुपर्छ  ।  विद्यमान  अवस्थामा  सुधार  नगरिए असन्तुलित शिक्षा पद्धतिले असमान नागरिक निर्माण  गर्ने  सम्भावनालाई  नकार्न  सकिँदैन  ।  यो  अवस्था  सिर्जना  हुनुको  मूल  कारण  शिक्षा  नीति  र  कार्यक्रमको  कमजोर  कार्यान्वयन्  हो  ।  तत्कालका  प्रचारमूखी  अभियानहरुले  अपेक्षित  उपलब्धि  प्राप्त  नहुने कुरातर्फ सचेत रही सरकार आवश्यक नीति र कार्यक्रम कार्यान्वयन्मा गम्भीर हुनु जरुरी छ ।यस  अवस्थामा  सुधार  ल्याउनु  निश्चय  पनि  प्रदेश  सरकारको  मुख्य  चुनौती  हो  ।  यसलाई  प्रदेश  संस्थापनले  अवसर  मानेर  स्वीकार  गर्न  सक्नुपर्छ  र  आवश्यक  कार्य  गर्न  तत्पर  हुनुपर्छ  ।  प्रदेश  २  मानव  विकास सूचकांंकमा प्छि परेको छ । यो सूचकांकमा सुधार  ल्याउने  अन्य  धेरै  कुरा  आवश्यक  पर्लान  तर  शिक्षा सबैभन्दा मुख्य हो भन्ने हेक्का सरकारलाई हुनु जरुरी छ ।

वीरगन्ज : पर्सा जिल्लालाई चैत्र मसान्तसम्ममा खुलादिशा मुक्त जिल्ला घोषणा...

जीतपुर : सवारी दुर्घटना न्युनिकरणकोलागि सवारी साधनहरुको मेकानिकल...

सिरहा : सिरहाको बरियारपट्टी गाउँपालिकामा रहेका सरकारी अस्पतालमा औषधिको...

जनकपुरधाम । प्रदेश २ का उधोग पर्यटन, वन तथा वातावरण...

भारतको जयनगरदेखि जनकपुरधाम सम्म पहिलो चरणमा सञ्चालन गर्न नेपाल सरकारले...

लण्डन । बेलायतकी महारानी एलिजाबेथ द्वितीयका पति फिलिप एक...

काठमाडौं । लेभान्तेलाई पाखा लगाँउदै बार्सिलोना स्पेनिस कप अर्थात कोपा...

काठमाडौं : चिकित्सा शिक्षा सुधारको माग गरेर १६ औं...

वीरगन्ज । अश्वमेध गायत्री महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ...

सिरहाको वरियापट्टी गाउँकार्यपालिकाको प्राङगनमा संघर्ष समितिले आज देखि कामकाज प्रभावित...

सर्लाही : देव विकास बैंकसँग मर्जरको प्रकृयामा रहेको सहारा...

बारा । १८ वर्ष देखि फरार रहेका चुरी मुद्दाका प्रतिवादी...

गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा उपचारका क्रममा बुधवार एक जना बिरामीको...

जनकपुरधाम । नेपाली काँग्रेसका केन्द्रिय सदस्य नवीन्द्रराज जोशीले काँग्रेसलाई मजबुत...

एसियाली विकास बैंक (एडिबी)द्धारा संचालित विकास निर्माणका कामहरु गुणस्तरहीन भइरहेको...

सिरहा । जनता अावास कार्यक्रमका कारण नवराजपुर गाउँपालिकाका ५० घर...

सप्तरीमा गएराति एक जना प्रहरी हवल्दार महेन्द्र चतरी यादवमाथि अज्ञात...

सुरेन्द्र महतो , जोहोर, मलेशिया : मलेशियामा...

तनहुँ । तनहुँको बन्दीपुरमा आयोजना गरिएको मिनि म्याराथनको उपाधि बन्दीपुरका...

काठमाडौं । २१ औं भूकम्पीय सुरक्षा दिवस विभिन्न कार्यक्रम गरी...

जनकपुरधाम । सुनको मुल्य बढने क्रम हप्तादिन देखि जारी छ...

सर्लाहीको लालबन्दी नगरपालीकाले जंगली हात्तीले क्षति पुर्याएका घरका पिडित परिवारलाई...

प्रदेश २ को आठ जिल्लामा आजबाट जन्मिने सबै बेटीको १...

जनकपुरधाम । संघिय (केन्द्र)सरकारले संसदमा दर्ता गरेको ‘नेपाल प्रहरी र...

सप्तरी । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले थारु समुदायको...

जनकपुरधाम । लागुऔषध गाँजा सहित प्रहरीले एकलाई पक्राउ...

जनकपुरधाम । लागु औषध चरेश मुद्दाका फरार अभियुक्त ...

जनकपुरधाम : जनकपुरसहित सम्पूर्ण तराई–मधेशमा आज तिला सङ्क्रान्ति...

धरान : धरान उपमहानगरपालिका–१६ की १३ वर्षीया बालिका अनुषा...

विराटनगर : विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम...

सप्तरी । सप्तरीमा भएको दुघर्टनामा परी गम्भिर घाइते भएका एक...

जनकपुरधाम : मकर संक्रान्ति तथा माघी पर्व २०७५ को शुभ...

सिरहा । ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटिएको प्रहरी गस्ती...

जनकपुरधाम । दराे घर दिगााे वस्ति नाराका...

जनकपुरधाम । प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण...

जनकपुरधाम । रक्षा मन्त्री ईश्वर पोखरेलले तराई मधेशमा विकासको गति...

सिरहा । सिरहाको मिर्चैया नगरपालिका ७ स्थित अन्दाजी १६...

सप्तरी । तराई मधेस राष्ट्रिय अभियानका संयोजक जयप्रकाशप्रसाद गुप्ताले मधेशमा...

जनकपुरधाम । जनकपुर जेसीजको ३६औ शाखा अधिवेशन तथा वार्षिक साधारण...