Tue, 20 Nov 2018
ताजा समाचार
विपन्न परिवारलाई जस्तापाता वितरण || नेकपाद्वारा मलंगवामा विरोध प्रदर्शन || महोत्तरीमा भीषण डकैती || सुडी समाजमा विवाद || देवरले भाउजु कुटे, घरमा आगजनी || अध्यक्ष सिंहको दादागिरी, निर्दोष चालकलाई थुनाए || बुधबार सार्वजनिक बिदा || कृषियोग्य जमीनको करमा ८० प्रतिशत छुट || विद्यार्थीले बनाए रोबोट || सात लाखको लुटपाट, पाँच जना घाइते || सडक डिभिजनको मनपरी || रंगशाला स्थलको निरीक्षण || हत्याका अभियुक्त बाबा रामपालको पक्षमा प्रदर्शन || मन्त्री यादबद्धारा ‘दिल के बात’ विमोचन || कर अधिकृत सेवाग्राही सँग || चुनावको वाचा पुरा गर्छुः नेता यादव || अयोध्याबाट बस सेवा सुरु || ४० दिनपछि प्रदेश सभा बैठक बस्दै || अढाई अर्व बढीको जग्गा किर्ते गर्ने पक्राउ || प्रदेशको नामाकरणमा काँग्रेस भित्र विवाद || शैक्षिक महाअभियानमा जुट्न शिक्षामन्त्रीको आग्रह || बलात्कारका आरोपित पक्राउ || डोनाल्ड ट्रम्पले पत्रकार खशोग्जीको हत्याको टेप सुन्नै नसक्ने ! || थ्रीस्टार सामू ब्रिगेड ब्वाइज निरीह, पुलिस र मच्छिन्द्रको बराबरी || कोबिनि हस्पिटालटी सुरु || सभापति माथिको अविश्वासको प्रस्ताव खारेज || निःशुल्क स्वास्थ्य शिविर || सामुदायिक कृषि सहकारीको साधारणसभा सम्पन्न || योगीलाई राउतले स्वागत गर्ने, सम्मानमा भण्डारा || बलात्कारीलाई पक्राउ गर्न प्रहरी उदासिन || मुख्यमन्त्री योगी भ्रमणको तयारी प्रारम्भ || स्वास्थ्य पर्यटक भित्र्याउने तयारी || आधुनिकीकरण व्यवसायीकरणमा जोड || धनुषा प्रहरीले पीडकलाई संरक्षण दिएको आरोप || एसईई उत्कृष्ट शिक्षा २०७५ पुरस्कारबाट सम्मानित || बलेरीे वनबाट काठ चोरी || दुई जनामाथि मुद्दा दर्ता || घरेलु मदिरा बिक्रिमा महिलाको संलग्नता बढ्दो || उद्योगको लागि जग्गा निरीक्षण || आखा अस्पताल जिल्लाको धरोहर ,राज्य मंत्री यादव ||
राक्षसको गीत

जेठ ६, २०७५

                                             देशकाल

  •                                     किशोर नेपाल

 अचानक एउटा कार हुइँकिएर आयो । अचम्म कि त्यस्तो अवस्थामा मेरो दिमागमा वैरागी काइँलाको कविता ।।।युवती’को सम्झना आयो, जसलाई चौरस्तामा हुइँकिदै आएको कारले झन्डै ठक्कर दिएको थियो । मलाई गाढा पहेँलो रङ मन पर्दैन । मुर्दालाई ओढाएर लैजाने पीताम्बरजस्तो पहेँलो । त्यो कारको रङ त्यस्तै थियो । झन्डै हिर्काएको त्यो हुइँकिदै आएकोे कारले मलाई । यो उनीहरूकै सडक थियो । यस्तो राम्रो र चिल्लो सडकमा गुड्ने, हुइँकिने, आतिशबाजी गर्दै फन्किने अधिकार उनीहरूलाई नै हुन्छ ।छेउमा उभिएको ट्राफिकको आ“खा मलाई सुनाउ“दै थियो, ।।।यो त उनीहरूको सडक हो । यो सडकमा त्यसरी जथाभावी हिँड्न हुन्छ त ? जेब्रा क्रसिङ भो त के भो ? यो सडकमा जेब्रा क्रसिङबाट पनि बाटो काट्न पाइँदैन । कतैबाट पनि पाइँदैन । तिमीलाई त्यो कारले हिर्काएको भए पनि म के गर्नसक्थेँ र ? तिम्रो मृत अथवा घाइते लाशलाई पन्छाउनसम्म पनि सक्दिनथँे । कारहरू आइरहन्थे । तिमीलाई कुल्चिइरहन्थे । राजमार्गमा एउटा ट्रकले कुल्चिएर मरेको कुकुरलाई अरू ट्रकले पनि कुल्चिएर आन्द्राभु“डी छताछुल्ल पारेको जस्तो । यो सडकमा तिम्रो सार्वभौमिक सम्प्रभुताको कुनै अर्थ छैन । कुन ट्राफिक नियमले जेब्रा क्रसिङमा सार्वभौमिक सम्प्रभुताको सम्मान गर्नु भनेको छ ? तिमीले बुझ्नुपर्छ– तिम्रो सार्वभौमिक सम्प्रभुता तिम्रो आँगनसम्म, अझ सानो अ“ध्यारो कोठासम्म, सीमित छ । जस्तो कि मेरो सार्वभौमिक सम्प्रभुता र स्नातकोत्तर तहको प्रमाणपत्र मिसम्याच भएपछि म यहा“, यो ट्राफिक पोस्टमा उभिएको छु । यो जागिर मेरो सानो दुःखले अर्जेको होइन ।’ट्राफिकको आ“खामा भोक र थकाइ स्पष्ट देखिन्थ्यो । यो समृद्ध सडकमा अन्यत्र सडकको जस्तो छ्यालब्याल गरिबी र फोहोर देख्नै पाइँदैन । सवारीको कार्यक्रम नटुङ्गिउन्जेल ट्राफिकको आ“खामा भोक र थकाइ टल्किनैपर्छ । त्यो भोक सडकछेउको चिया र दुनोट पसलमा बिसाउन पाइँदैन । किनभने त्यो पसल अहिलेका लागि ठूला भवन पछाडिका बलेसीहरूको आडमा लुकाइएको छ । भीडभन्दा बाहिर, बार्बिक्यू मटनको बास्नाको परिधिभित्र हराएको छ । त्यो पसललाई सडकछेउको भवनमा झुन्ड्याइएको रक्सीको ठूलो होर्डिङ बोर्डले छोपेको छ । जोनी वाकर– किप वाकिङ ।के हो यो सार्वभौमिकता ? उहिल्यै तुलसीमेहर नाम गरेका एकजना सन्तलाई लाख रुपिया“को नेहरू पुरस्कार प्रदान गरिँदा उनले सत्वचन दोहो¥याएका थिए– न त्वहं कामये राज्यं न चः स्वर्ग सुखादपि, जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी । त्यही हो सार्वभौमिकता सायद । कहा“ छिन् ती स्वर्गभन्दा पनि ठूली पृथ्वी ? अघि मलाई ताकेर हुइँकिदै आएको कारले हिर्काएर ती सन्त मरेका भए के हुन्थ्यो होला ? अहिलेसम्म बा“चेका भए टुक्रा–टुक्रामा मर्ने र मर्दै जाने सार्वभौमिकता देखेर ती आफैँ छक्क पर्थे होलान् । आफ्ना गुरु सावरमतीका सन्तलाई सम्झेर अलिकति आ“शु पनि झार्थे होलान् । पक्कै !हान्स कोहनले लेखेका छन्, ।।।रुसले पश्चिमी मुलुकका प्रवृत्ति र रोमान्टिक राष्ट्रवादलाई अपनायो । रुसबाट तिनै कुरा एशियाका देशमा दोहोरिए ।’ जाग जाग जाग हे नौजवान हो...। जेब्रा क्रसिङमाथि व्यक्तिको सार्वभौमिकता स्थापित गर्न अनेक आन्दोलन भए । रुवावासी, पिप, रगत, जेल–नेल र कालकोठरीपछि अ“ध्यारो हटे पनि मानिसको अनुहारमा मुक्तिको सूर्य किरण कहिल्यै टल्किन पाएन । यो मेरो देशको कथा थिएन, मेरो देशको पनि कथा थियो । चाचा नेहरुको सेतो शेरवानीमा दिनहु“ ताजा गुलाफको रातो पूmल झल्किन्थ्यो । महेन्द्र राजाको कवितामा आमा रोई–कराई पुकार गर्थिन् र राजालाई लाग्थ्यो– आमा यो पुकारमा यी थरी–थरीका सन्तान मेरो होइन भन्दै छिन् । हो त, अहिले धेरै मानिस गोलीबारुद र तरबार लिएर आ–आफ्ना देशका नक्सा ठम्याउन लागेका छन् । ती भन्दै छन्,  ।।।हामी थरी–थरीका सन्तानकी आमाको टुङ्गो लागेको छैन ।’ भनेको सुनिन्थ्यो, कतिपय मानिसका बाबुको टुङ्गो लागेको हु“दैन । आमाबाबु दुवैको टुङ्गो नलागेको सन्तान बतासे हुन्छ ।अहिले त यो देशै बतासिएको छ ।घरको सानो बच्चो आफ्नो पाठ्यपुस्तकमा अरनिकोको कथा पढ्दै छ । त्यसभन्दा अघि उसले भृकुटीको कथा पढेको थियो । केही बेरअघिसम्म स्रनचङगम्पोको कथा पढ्दै थियो । अरनिकोको कथा पढ्दा उसले पगोडालाई पकोडा भनेको सुनेर मलाई हा“सो उठेको थियो । एकछिनमै ऊ विवेकानन्द र महात्मा गान्धीको लहरमा पुग्यो । बच्चोलाई भावुक राष्ट्रवादको चङ्गुलमा फसाइँदै छ । ।।।रातो र चन्द्र सूर्य जङ्गी निसान हाम्रो... हम गुलगुले हैं इसके...।’बच्चोले पनि बाटो काट्ने जेब्रा सङ्केत कोरिएको ठाउ“माथि आफ्नो सार्वभौमिकता जनाउन पाउनेछैन । सारा एलिटहरू दास बनेका छन् र चर्को घाममा डडाल्नु सेकाएर कसैको नाममा पनि थपडी बजाउन तम्तयार बसेका छन् । अहिले एकैछिनपछि, एक घण्टापछि, दुई घण्टापछि सवारी हु“दै छ । सवारी सुरक्षित हिसाबले चलाउन तीन घण्टादेखि सडक बन्द छ ।म हान्स कोह्नको पुस्तक सम्झिन थालेको छु । ठिक पच्चीस वर्षअगाडि पालोआल्टा, क्यालिफोर्नियाको ग्रीन एप्पल बुक्समा किनेको त्यो पुस्तकको मूल्य अहिले चौबिस सय रुपैया“भन्दा बढी पर्छ । बुकस्टोरमा बसेर त्यो पुस्तक पल्टाउ“दापल्टाउ“दै त्यसमा लेखिएको एउटै वाक्यको प्रभावमा परेर मैले त्यो पुस्तक किनेको थिए“–।।।दासहरूको अन्तरआत्मा र मानसिकता स्वतन्त्र मानिसको जस्तो हु“दैन ।’ दासहरूको देशले एउटा पतञ्जली, एउटा बुद्ध र एउटा वाल्मिकी कहिल्यै पनि जन्माउन सक्दैन । बुद्ध, वाल्मिकी र पतञ्जलीले राजनीतिक हीनताबोधका दाग धुनका लागि स्वतन्त्रताको नारा लगाएका थिए । विशाल धर्तीका मानिसहरूका बीचमा आफ्नो शिर उ“चो पारेर हिँड्नका लागि स्वशासनको माग गरेका थिए । अबको अठार वर्षपछि त्यो पुस्तक ।।।ए हिस्ट्री अफ नेसनालिज्म इन दी इस्ट’ ले आफ्नो जन्मशताब्दी मनाउनेछ ।सा“च्चै, चन्द्रशमशेरले दासहरूको अमलेख गरे । यता कसैले पनि त्यो अमलेख शब्दको उच्चारणसम्म पनि गरेका छैन । नया“ आवरणमा देखिएका छन् दासहरू । अन्तरआत्माको स्वतन्त्रता पूरै गुमेको छ । मानसिकतामा कुनै परिवर्तन आएको छैन । राज्यले चिनेका तेह« हजार बढी र नचिनेका अथवा चिन्न इन्कार गरेका छब्बिस हजार बढी मानिसको रगत पनि बालुवामा हालेको पानी साबित भएको छ । धर्ती सुख्खा छ । कुन दिनदेखि कोशी–कर्नालीमा पानी स्वात्तै बहन छाड्ने हो ः मौसमको कुनै भरोसा छैन ।राक्षसको गीत र माइकल ज्याक्सनको गीतमा धेरै ठूलो अन्तर छ । राक्षसको गीतमा रिदम हु“दैन । माइकल ज्याक्सनले पच्चीस वर्षअघि अमेरिका थर्काएका थिए– वी आर दी वल्र्ड, वी आर दी चिल्ड्रेन । पच्चीस वर्षभन्दा पहिलेदेखि हामीलाई सवारीले थर्काउ“दै छ, बेग्लै भाषामा । राक्षसको गीत सुनाएर । कसैले भनेको थियो– राजा गए रे । देश पनि नया“ भयो रे । तर, नया“ देशमा पनि राजाले गर्दै आएका नरमेध यज्ञ जारी छन् । नया“ देशसँग गरिएको व्यवहार एकपटक युद्धमा पराजित भएर, दोेस्रोपटक उपहारका रूपमा पाएको नया“ मुलुकसँग गरिएको व्यवहारजस्तो छ । ।।।देश हाम्रो हो’, ।।।देश तिम्रो होइन’ तरबार हातमा लिएर मानिसहरू टुप्पा–टुप्पा र फेदी–फेदीमा सिमाना काट्दै छन् । सबै सत्य सपनामा परिणत भएका छन् । सपना, जसको कुनै तान्त्रिक र सामुद्रिक हैसियतसम्म पनि देखिएको छैन । आकाशमा बादलहरू कतै बाक्ला छन् र कतै पातला । नया“ देशको आफ्नै कुनै मौलिकता छैन । राजाले जे जे अभिनय गर्थे, त्यही त्यही अभिनय दोहोरिइरहेका छन् । मन्दिरका सिँढीमा एक हुल मानिस उभिएका छन् । उनीहरू सारा जनतालाई खिज्याउ“दै छन् र एकै स्वरमा बोल्दै छन्, ।।।तिमीहरू राम्रा हैनौ । राम्रो त म हु“ । राम्रो म ।’ त्यो हुलमा को राम्रो हो ? कसैले पनि ठम्याउनसकेको छैन । राम्रो एउटा व्यङ्ग्य बनेको छ । ठूलो सडकमा हुइँकिदै आएको त्यो पीत कारले मलाई धक्का नै दिएको भए पनि के हुन्थ्यो र ? पीडाका अनन्त लाभाहरूले पोलेकै छन् ज्यानलाई । अलिकति भौतिक पीडा बढ्थ्यो । मुचुल्का उठाइन्थ्यो । पोस्टमर्टमको टेबुलमा पु¥याएर मेरो त्यो ज्यानलाई पहिले टुक्रा–टुक्रा पारिन्थ्यो । ती टुक्रा खरानीमा परिणत हुन्थे । एउटा कथित सार्वभौमसत्ताको इकाई ढल्थ्यो । किन मर्नु त्यस्तो मृत्यु ? सडकको जेब्रा क्रसिङ पनि कुनै मर्ने ठाउ“ हो र ? उनीहरूको इच्छाको ट्र्यापमा परेर किन मर्नु म ? जीवनमाथि कुनै अधिकार स्थापित हुन नपाए पनि मेरो मृत्युमाथि मेरै अधिकार हुनुपर्छ । देशको सार्वभौमसत्ताका रूपमा चिनिने इकाईलाई स्वाभाविक मृत्युको पनि अधिकार छैन जस्तो छ । कसलाई सोध्नु ? सडकमा उभिएको ट्राफिक चियामा दुनोट चोपेर खान व्यस्त छ । उसलाई सा“च्चै भोक लागेको छ ।

सिरहा : कर्जन्हा नगरपालिका–६ वडा भित्रका आर्थिकरुपले विपन्न परिवारलाई...

मलंगवा । नेपाली काँग्रेसले आफ्नो कार्यकर्तालाई फसाएको भन्दै नेपाल कम्युनिष्ट...

जलेश्वर । महोत्तरी जिल्लाको सोनमा गाउँपालिकाको वडा नम्बर ३ खखनामा...

जनकपुरधाम ।सुडी समाज कल्याण समिति जनकपुरधाममा विवाद भएको छ ।समितिको...

जनकपुरधाम । धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिकाको वडा नम्बर २...

जनकपुरधाम । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शालीग्राम सिंहले...

जनकपुरधाम : मुस्लिम धर्मावलम्बीहरुको विशेष पर्वको रुपमा मनाइने मोहम्मद...

परासी : पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले कृषियोग्य जमीनमा लगाउँदै...

भद्रपुर : झापाको बिर्तामोडस्थित बाल्मिकी एजुकेसन फाउण्डेशनका विद्यार्थीले रोबोट,...

गौशाला : महोत्तरी जिल्लाको सोनमा गाउँपालिका– ३ खखनाको ३...

चन्द्रपुर : रौतहटको चन्द्रनिगाहपुर पुर्व पश्चिम राजमार्गमा चल्ने सवारीसाधनले...

जनकपुरधाम । संघीय सरकारका यूवा तथा खेलकुद मन्त्री ...

जनकपुरधाम : हत्या अभियोगमा अदालतले जन्मकैद सजाय सुनाएपछि जेल...

जनकपुरधाम : अरुणकान्तद्धारा अभिनित भिडियो गीत ‘दिल के बात’ विश्वकै...

जीतपुर : कर तिर्ने सेवाग्राहीको जिज्ञासा र समस्या बुझन ...

सिरहा । सिरहाको कर्जन्हा नगरपालिका वासी संग चुनाको वेला वाचा...

जनकपुरधाम । अयोध्याबाट नियमित रुपमा बस सेवा सञ्चालन भएको छ...

जनकपुरधाम । प्रदेश सभाको चालु अधिवेशनको बैठक ४० दिनपछि मंसिर...

जनकपुरधाम । गुठी संस्थानको नाममा रहेको साढे दुई बिघा...

जनकपुरधाम । प्रदेश २ को नामाकरणको विषयमा नेपाली काँग्रेस भित्र...

बर्दिवास : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उत्पादनमूलक...

सप्तरी : सप्तरीकी १५ वर्षीया एक बालिकालाई बलात्कार गरेको...

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियाका पत्रकार जमाल...

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा थ्रीस्टार क्लबको...

जीतपुर । कोबिनि हस्पिटालटी म्यानेजमेन्ट प्रा.लि ...

गौर । नेपाल पत्रकार महासंघ रौतहटको सभापति रविन्द्र...

जनकपुरधाम । रामजानकी विवाहमहोत्सवमा सहभागि हुन जनकपुरधाम आउन लागेका भारत...

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले बलात्कारका अभियुक्तहरुलाई पक्राउ गर्न...

जनकपुरधाम । भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका चर्चित हिन्दूवादी...

जनकपुरधाम । संघिय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका उपप्रधान...

जनकपुरधाम । माछा सुपरजोन जनकपुर धाम ,धनुषा का कार्यालय प्रमुख...

जनकपुरधाम । धनुषाका प्रहरीले पीडितलाई न्याय दिलाउनुको साट्टो पिडकलाई संरक्षण...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा नंंंंं. ६ खुटौनाको...

चन्द्रपुर । रौतहटको बलेरी ईलाका वन कार्यालयको वन क्षेत्रमा एकै...

कुलदिप दास , जनकपुरधाम । धनुषामा बोक्सीको आरोप लगाएको भन्दै...

चन्द्रपुर । रौतहटमा प्रहरीले घरेलु मदिरा उत्पादन र बिक्रि बितरणमा...

चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिकामा बिशेष आर्थिक क्षेत्र (सेज) स्थापना...

रौतहट : कार्यक्रममा प्रदेश नम्बर २ का कृषि भूमि...