Fri, 16 Nov 2018
ताजा समाचार
आधुनिकीकरण व्यवसायीकरणमा जोड || धनुषा प्रहरीले पीडकलाई संरक्षण दिएको आरोप || एसईई उत्कृष्ट शिक्षा २०७५ पुरस्कारबाट सम्मानित || बलेरीे वनबाट काठ चोरी || दुई जनामाथि मुद्दा दर्ता || घरेलु मदिरा बिक्रिमा महिलाको संलग्नता बढ्दो || उद्योगको लागि जग्गा निरीक्षण || आखा अस्पताल जिल्लाको धरोहर ,राज्य मंत्री यादव || सडकको दोहरो मापदण्ड विरुद्ध मुद्दा || मधेशी जनता अझै अधिकारबाट बञ्चित : साँसद ठाकुर || निलम्बन द्विवेदीको नौटंकी : चौधरी || ठाकुरको हत्या || प्रिमियर लिगमा पनि 'भार' प्रयाेग हुने || सार्वजनिक भयो रणवीर र दीपिकाको विवाहको फोटो || लंकामा सांसदहरुबीच कुटाकुट, सभामुखमाथि आक्रमणको प्रयास || सीके राउतलाई सर्वोच्चमा उपस्थित गराइयो || प्रदेशको नामाकरणका लागि कार्यदलले कार्य थाले || बन्ने भो रामजानकी स्टेडियम || मुख्यमन्त्रीद्वारा खानेपानी ओभरहेड टैंकको उद्वघाटन || बिभेदकारी नीतिले कुस्ती ओझेलमा || नवनिर्वाचित पदाधिकारीहरुको सथप ग्रहण || दुर्घटना बीमा गर्न पत्रकारलाई आग्रह || शहीद परिवार भेट्न प्रचण्ड र बादल गाउँमा || रत्नजित र दिपेश क्वार्टरफाइनलमा || दीपिका-रणवीरको बिहे इटालीको सात शताब्दी पुरानो दरबारमा || १३ वर्षीय बालकको बक्सिङ रिङमै मृत्यु, थाइल्यान्डमा खैलाबैला || विश्व बैङ्कसँग १८ अर्बको सम्झौता || कांग्रेसभित्र गुटैगुट || भैरहवा मालपोत अनलाइनमा || कृषि विश्वविद्यालयमा आगजनी || नेपाल प्रहरीलाई ‘डिजिटल गर्भनेन्स अवार्ड’ || सूर्यदेवको आराधना गरी छठपर्व मनाइँदै, यस्तो छ व्रतविधि || बरियारपट्टीको सरकारी अस्पतालमा औषधिको अभाव || छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा || छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै || छठको तयारी अन्तिम चरणमा || विपन्न परिवारलाई वडाअध्यक्षको सहयोग || सरकार संघीय शिक्षा ल्याउने तयारीमा || शिक्षामा फड्को मार्दै प्रदेश || गरीब तथा विपन्नलाई छठ पूजाका लागि सामाग्री वितरण ||
मेरो घरको पजरामा बड्का गाछी छ !

पौष २७, २०७३

- हिमांशु चौधरी


मेरो घरको पजरामा बड्का गाछी छ
हमरा मालपोत जायके छै

 
यी वाक्यहरु हुन– मिथिलाञ्चलमा नेपाली र मैथिली भाषीको समृद्ध जीवन शैलीको । यस्ता केंयौं वाक्यहरु प्रचलनमा रहेका छन जसले दुवै भाषाभाषीको समाजिक, सांस्कृतिक र भाषिक सहअस्तित्वको चिनारीलाई स्थायित्व प्रदान गर्दै एक सुत्रमा आवद्ध गर्ने वातावरण निर्माण गरिरहेको छ ।

मिथिालाञ्चलमा नेपाली र मैथिली भाषाभाषीले एक अर्काको संस्कृति र परम्परलाई स्वीकार गर्दै सामञ्जस्य र आपसी सदभावपूर्ण समाजिक जीवन व्यतीत गरी संस्कृतिको अविभाज्य अंङग बनेको परिलक्षित भइरहेको छ ।

संस्कृति जिन्दगीको एउटा तरिका हो जो शताब्दियौं देखि जम्मा भएर समाजमा व्याप्त रहन्छ  भन्ने मान्यता अनूरुप यस भेगमा बसोबास गर्ने दुवै भाषाभाषी एक अर्कासंग यति घनिष्ट छन कि सांस्कृतिक र धार्मिक परम्पराहरुमा मात्र नभएर भाषामा पनि दुवै समुदाय एक अर्कासंग प्रभावित छन ।

यहांका मैथिली भाषीले आपसमा कुरा गर्दा नेपाली शब्दको पनि प्रयोग गर्ने गरेको पाइन्छ । मैथिली भाषमा बोल्दा हमरा मालपोत जायके छै” र नेपाली भाषामा बोल्दा “मेरो घरको पजरामा बडका गाछी छ” लाई एउटा उदाहरणका रुपमा लिन सकिन्छ ।

मिथिला र नेपाल उपत्यकाको सांस्कृतिक सम्बन्ध अत्यन्त प्राचीन रहेको छ । मुसलमानी आक्रमणको बेला मिथिलाका अनेक विद्धान परिवार आफनो एवम् आफनो प्राचीन हस्त लिखित ग्रन्थको रक्षाका लागि तथा जीविका निर्वाह हेतु नेपालतर्फ प्रवेश गरेका थिए ।

मल्लराजा जयस्थिीति मल्लले सामाजिक वर्गीकरण र वर्णाश्रम धर्मलाई कायम गर्न मिथिलाका विभिन्न विद्धानहरुसंग सहयोग लिएको पनि पाइन्छ ।

मल्लकालमा राजाहरु स्वयंले मैथिली साहित्य र परम्पराको विकासका लागि ठुलो योग्दान पुरयाएको कुरा मल्ल राजाहरुले लेखेका अनेक मैथिली नाटक र भक्ति गीत संग्रहहरुले प्रमाणित गरेका छन ।
एकीकरण पश्चात् उपत्यका र यस क्षेत्रका बीच सांस्कृतिक र धार्मिक निकटता कायम भयो । उपत्यका र अन्य पहाडी भेगबाट अनेक नेपाली भाषाभाषी मिथिलाका समतल फांटमा कृषिकर्म वा जागिरेका रुपमा बसाई सराईका क्रममा आएर बसोबास गर्न थाले । हाल मिथिला क्षेत्रमा मैथिली भाषाभाषीहरु मात्र नभएर नेपाली भाषाभाषीको पनि आधिक्य रहेको छ ।

प्राचीनकालदेखि नै मिथिलामा वर्णाश्रम धर्म अस्तित्वमा रहेको देखिन्छ । देवी देवताहरुमा शिवशक्ति तथा विष्णुलाई कालान्तरमा राम र सीता आदीलाई पनि देव देवीका रुपमा स्वीकार गरेर पूजा गर्ने परम्परा पाइन्छ । धार्मिक परम्पराको प्रभावले नेपाली भाषाभाषीहरुमा शिवप्रति विशेष श्रद्धा रहेको र प्रत्येक बर्ष बैद्यनाथधाममा जल चढाउने आस्था देखिन्छ ।

संस्कृति विद् डा. राजेन्द्र विमल भेषभूषा र खानपानको सम्बन्धमा पनि मैथिली भाषाभाषीबाट यस क्षेत्रका नेपाली भाषाभाषीहरु प्रभावित रहेको बताउनुहुन्छ ।  

यस भेगका स्थानीय पोशाक धोती र कमिज नेपाली भाषाभाषी समुदायमा लोकप्रिय रहेको र यसका साथै  नेपाली भाषाभाषी महिलाले आफनो पाराम्परिक पोशाक गुन्यू , साडी , चोलो  र पटुका त्यागेर विशेष प्रकारले मिलाएर साडी र चोलो लगाउने चलन रहेको छ । जुन यस भेगका मैथिली भाषाभाषी महिलाले लगाउने गरेको प्रभाव हो ।  

घरमा आएका पाहुनाहरुलाई विभिन्न प्रकारका अचार, तरकारी, र स्वादिष्ट भोजनद्धारा स्वागत गर्नु यस क्षेत्रको मैथिल समाजको विशेषता रहेको छ । मैथिल गृहिणी पाककलामा ज्यादै दक्ष हुने र विभिन्न प्रकारका स्वादिष्ट अचार, चटनी र तरकारीलाई तारेर अतिथिलाई स्वादिष्ट र रुचिकर भोजनद्धारा सतकार गर्न सिपालु हुन्छन ।

यसको प्रभावको फलस्वरुप यहांका नेपाली भाषाभाषी परिवारमा पनि विभिन्न प्रकारका अचार, चटनी र तरकारीलाई तारेर विभिन्न परिकारद्धारा अतिथीलाई स्वागत गर्ने परम्परा रहेको देखिन्छ ।

मैथिल समाजमा विभिन्न प्रकारका ठठ्यौली परम्प्रा पनि छ । भिनाजु र साला, देवर र भाउजु , साली र भिनाजुका बिच ठट्टा र ख्याल गर्ने चलन छ  र यो चलन यहांका नेपाली भाषाभाषीमा पनि रहेको पाइन्छ ।
विवाह तथा चाडपर्वका अवसरमा मैथिली भाषाभाषी महिलामा मेहदीले हात खुट्टा सिंगार्ने चलन लोकप्रिय रहेको छ भने यो चलन नेपाली भाषाभाषीहरुमा पनि उतिकै लोकप्रिय रहेको उपप्राध्यापक लक्ष्मण अर्याल बताउनुहुन्छ ।

उहांका अनुसार, भेषभुषा र खानपानको सम्बन्धमा पनि मैथिली भाषाभाषीबाट यस क्षेत्रका नेपाली भाषाभाषीहरु प्रभावित रहेका छन ।

विभिन्न संस्कार अन्तर्गत चुडाकर्म, यज्ञोपवित, विवाह आदी संस्कारहरुमा दुवै भाषाभाषीहरुमा मातृका पूजा गर्ने चलन समेत रहेको छ । नवरात्रीका अवसरमा आश्विन शुक्ल प्रतिपदादेखि नवमी सम्म दुवै समुहमा नवदुर्गाको व्रत घटस्थापना गरेर नियमित पूजा गर्ने र दुर्गा सप्तसतीको पाठ गर्ने चलन पनि देखिन्छ । विजयादशमीका दिन मातापिता तथा मान्यजनबाट जमरा सहितको टिका ग्रहण गर्ने दुवै समुदायमा चलन रहेको पाइन्छ ।

यसका साथै दीपावलीको चाड दुवै भाषाभाषीबीच समान रुपले दिप प्रज्जवलन गरेर मनाउने परम्प्रा रहेको छ । भाइटिकामा दिन दिदीबहिनीहरुले ब्रत लिएर दाजुभाइहरुका निधारमा टिका लगाइदिने परम्परा पनि दुवै समुदायमा पाइन्छ ।

यस अवसरमा एक अर्काको परम्परालाई स्वीकार गर्दै मैथिली भाषाभाषी परिवारमा पनि सेल र नेपाली भाषाभाषी परिवारमा समेत अनरसा जस्ता पकवान बनाउने चलन पनि रहेको छ ।

छठ मनाउने परम्परा विशुद्ध रुपले मैथिल समाजमा प्रचलित परम्परा भएपनि नेपाली भाषाभाषीहरुले यस क्षेत्रमा बसोबास गर्न थालेपछि यस परम्पराबाट प्रभावित भएर छठ मनाउन थालेको पनि देखिन्छ ।
 नेपाली भाषाभाषी विवाहित महिलाहरुमा पोते लगाउने परम्परा ज्यादै लोकप्रिय रहेको छ । यो परम्प्रा हाल मैथिली भाषाभाषी महिलाले पनि स्वीकार गरेको देखिन्छ । जुन यस भेगमा नेपाली भाषी परम्पराको प्रभाव हो , संस्कृत विद् डा. विमल भन्नुहुन्छ ।

यसका अतिरिक्त अन्य अनेकौं यस्ता परम्परा र पर्व छन जुन मैथिली र नेपाली भाषाभाषीहरुमा समान रुपले लोकप्रिय रहेको र दुवै समुदायले संयुक्त रुपमा मनाउने गरेको पनि पाइन्छ ।

उपत्यकाका नेवार कन्याहरुको पुरुष संगको विवाहभन्दा पहिले बेलसंग विवाह गर्ने चलन छ भने यहांका मैथिल ब्राम्हण र कायस्थ कन्याहरुको पनि पुरुष संगको विवाहभन्दा पहिले आंप र महुवाको रुख संग विवाह गर्ने चलन रहेको छ ।

माघी पर्व, तीज, कृष्णाजन्माष्टमी, शिवरात्री, चौरचन, जुडशीतल यस्ता पर्व छन जुन दुवै भाषाभाषीले मनाउने गरेको घनिष्टतालाई पुष्टि गरिरहेको छ ।

 

जनकपुरधाम । माछा सुपरजोन जनकपुर धाम ,धनुषा का कार्यालय प्रमुख...

जनकपुरधाम । धनुषाका प्रहरीले पीडितलाई न्याय दिलाउनुको साट्टो पिडकलाई संरक्षण...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा नंंंंं. ६ खुटौनाको...

चन्द्रपुर । रौतहटको बलेरी ईलाका वन कार्यालयको वन क्षेत्रमा एकै...

कुलदिप दास , जनकपुरधाम । धनुषामा बोक्सीको आरोप लगाएको भन्दै...

चन्द्रपुर । रौतहटमा प्रहरीले घरेलु मदिरा उत्पादन र बिक्रि बितरणमा...

चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिकामा बिशेष आर्थिक क्षेत्र (सेज) स्थापना...

रौतहट : कार्यक्रममा प्रदेश नम्बर २ का कृषि भूमि...

जनकपुरधाम । नगर क्षेत्र भित्र एउटै सडकको दोहरो मापदण्ड...

जलेश्वर । राष्ट्रिय जनता पार्टी (राजपा)नेपालका अध्यक्ष मण्डलका संयोजक समेत...

वीरगञ्ज । नेपाली काग्रेस पर्साका सभापति अजय द्धिवेदी सभापति...

जनकपुरधाम । धनुषा जिल्लाको विदेह नगरपालिकाको वडा नम्बर ५ मुडिवा...

इंग्लिस प्रिमियर लिग फुटबलको अर्को सिजनमा भिडियो असिसटेन्ट रेफ्री ‘भार’...

पछिल्लो २४ घण्टामा भारत तथा विश्वभरका बलिउडका प्रशंसक एउटा तस्बिरको...

काठमाडौं । श्रीलंकामा महिन्दा राजापाक्षेका समर्थक र विरोधी सांसदहरुबीच बिहीबार...

काठमाडौं । राज्यविद्रोहकोे मुद्दामा पक्राउ परेका सीके राउतलाई सर्वोच्च...

जनकपुरधाम । प्रदेश २ को नामाकरण र स्थायी राजधानी तोक्न...

जनकपुरधाम । प्रदेश २ को रामजानकी स्टेडियम अन्ततःजनकपुरधाममा ...

वीरगंज। मुख्यमन्त्री लालबाबु राउतले वीरगंज–२ छपकैयास्थित नवर्निमित ...

जनकपुरधाम । धनुुषाका क्षीरेश्वरनाथ...

काठमाडौँ : नेपाल पत्रकार महासङ्घले श्रमजीवी तथा स्वतन्त्र पत्रकारका...

बेनी : पारिवारिक भ्रमणको सिलसिलामा म्याग्दीमा रहनु भएका नेकपाका अध्यक्ष...

काठमाडौं । पूर्वविजेता राष्ट्रिय च्याम्पियन नेपाली सेनाका रत्नजित तामाङ...

बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण यहि बुधबार...

बैंकक । थाइल्यान्डमा भएको बक्सिङ खेलमा १३ वर्षीय बालकको...

काठमाडौं । पुल सुधार तथा मर्मतसम्भार एवं खाद्य तथा...

काठमाडौं । नेपाली कांग्रेसका कार्यकर्ताले गुट–उपगुट अन्त्यको आवाज उठाइरहँदा...

भैरहवा : मालपोत कार्यालय भैरहवाले आजदेखि अनलाइनबाट सेवाग्राहीलाई सेवा प्रदान...

चितवन : कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा विद्यार्थीहरुले आगजनी...

काठमाडौँ : सूचना प्रविधिको उत्कृष्ट प्रयोग गरी कार्य गरेबापत...

जनकपुरधाम : छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो...

सिरहा । बरियारपट्टी गाउँपालिकामा रहेका सरकारी अस्पतालमा औषधिको अभाव भएपछि...

छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा ...

छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै...

अनिल कुशवाहा , महेन्द्रनगर (धनुषा) । ...

जीतपुर । दलित, गरिब तथा बिपन्न बर्गहरुलाई छठ मनाउनकोे लागि...

कुलदिप दास ( प्रेम ) , जनकपुरधाम : जनकपुरधाम...