Sun, 18 Nov 2018
ताजा समाचार
कोबिनि हस्पिटालटी सुरु || सभापति माथिको अविश्वासको प्रस्ताव खारेज || निःशुल्क स्वास्थ्य शिविर || सामुदायिक कृषि सहकारीको साधारणसभा सम्पन्न || योगीलाई राउतले स्वागत गर्ने, सम्मानमा भण्डारा || बलात्कारीलाई पक्राउ गर्न प्रहरी उदासिन || मुख्यमन्त्री योगी भ्रमणको तयारी प्रारम्भ || स्वास्थ्य पर्यटक भित्र्याउने तयारी || आधुनिकीकरण व्यवसायीकरणमा जोड || धनुषा प्रहरीले पीडकलाई संरक्षण दिएको आरोप || एसईई उत्कृष्ट शिक्षा २०७५ पुरस्कारबाट सम्मानित || बलेरीे वनबाट काठ चोरी || दुई जनामाथि मुद्दा दर्ता || घरेलु मदिरा बिक्रिमा महिलाको संलग्नता बढ्दो || उद्योगको लागि जग्गा निरीक्षण || आखा अस्पताल जिल्लाको धरोहर ,राज्य मंत्री यादव || सडकको दोहरो मापदण्ड विरुद्ध मुद्दा || मधेशी जनता अझै अधिकारबाट बञ्चित : साँसद ठाकुर || निलम्बन द्विवेदीको नौटंकी : चौधरी || ठाकुरको हत्या || प्रिमियर लिगमा पनि 'भार' प्रयाेग हुने || सार्वजनिक भयो रणवीर र दीपिकाको विवाहको फोटो || लंकामा सांसदहरुबीच कुटाकुट, सभामुखमाथि आक्रमणको प्रयास || सीके राउतलाई सर्वोच्चमा उपस्थित गराइयो || प्रदेशको नामाकरणका लागि कार्यदलले कार्य थाले || बन्ने भो रामजानकी स्टेडियम || मुख्यमन्त्रीद्वारा खानेपानी ओभरहेड टैंकको उद्वघाटन || बिभेदकारी नीतिले कुस्ती ओझेलमा || नवनिर्वाचित पदाधिकारीहरुको सथप ग्रहण || दुर्घटना बीमा गर्न पत्रकारलाई आग्रह || शहीद परिवार भेट्न प्रचण्ड र बादल गाउँमा || रत्नजित र दिपेश क्वार्टरफाइनलमा || दीपिका-रणवीरको बिहे इटालीको सात शताब्दी पुरानो दरबारमा || १३ वर्षीय बालकको बक्सिङ रिङमै मृत्यु, थाइल्यान्डमा खैलाबैला || विश्व बैङ्कसँग १८ अर्बको सम्झौता || कांग्रेसभित्र गुटैगुट || भैरहवा मालपोत अनलाइनमा || कृषि विश्वविद्यालयमा आगजनी || नेपाल प्रहरीलाई ‘डिजिटल गर्भनेन्स अवार्ड’ || सूर्यदेवको आराधना गरी छठपर्व मनाइँदै, यस्तो छ व्रतविधि ||
स्थानीय तहमा विकासको लहर र तनावको वातावरण

जेठ २३, २०७५

  •                                    सञ्जय मित्र

 अहिले  गर्मीको  मौसम  छ  ।  नेपालको  चालू  आर्थिक  वर्ष  अब  समाप्त  हुन  केही  दर्जन  दिनमात्र  बाँकी छन् । यो यही समय हो जति बेला नेपालको धेरैभन्दा  धेरै  बजेट  विकासको  लागि  र्ख  हुन्छ  ।  देशमा अहिले विकास र निर्माणका कामहरु यति धेरै भइरहेका छन् कि अधिकांश सामग्रीको भाउमा निकै वृद्धि  हुँदा  पनि  कतिपय  सामान  पु¥याउन  सकिएको  छैन ।एकजना  ठेकेदारलाई  गिटी  पाउन  निकै  गाह्रो  भएको  छ  ।  उनको  भनाइ  के  छ  भने  अधिकांश  टेक्टरको  उपयोग  गाउँ  गाउँमा  र  टोल  टोलमा  गठन  भएका  उपभोक्ता  समितिहरुले  माटो  पुर्ने,  बालुवा  तथा  गिटी  ओसार्ने  लगायतका  काममा  दिनरात  खटिइरहेका  छन्  ।  जेठ  महिना  लागेदेखि  विकास  निर्माणको  काममा  धेरै  नै  तीव्रता  आएको  छ  जसले  गर्दा काम गर्ने कामदार, ढलान गर्ने मिस्त्री र जोडाइ गर्ने मिस्त्रको निकै अभाव भएको छ र अहिले सबैले आफ्नो भाउ पनि बढाएका छन् । अहिले दैनिक एक हजारमा एउटा लेबर पाउन गाह्रो भएको छ । दिनभर राम्ररी  काम  गर्ने  मान्छेको  अभावले  गर्दा  पनि  काम  प्रभावित भएको ठेकेदारहरुकै भनाइ छ ।हो,  विकासको  लहर  अहिले  हरेक  टोलमा  आएको छ । हरेक टोलका नागरिकले केही न केही लाख  बजेट  पाएकै  छन्  ।  बजेटले  हरेक  गाउँलाई  छोएको छ भन्दा लोकतन्त्रको प्रतिफल हरेक टोलमा पुग्न थालेको छ । विकासको चाहना एकैचोटिमा पूरा हुने होइन तर विकासको पथमा भने सबैले आफ्नो टोललाई डोरिएको देख्न पाएका छन् ।अहिले  जताततै  सडकको  निर्माण  भइरहेको  सबैले  देखिरहेका  छन्  ।  नयाँ  सडक  निकालेको,  पुरानै  सडकको  विस्तार  गरेको,  सडकलाई  ढलान  गरेको,  ग्रावेल  ओछ्याएको,  सडकको  दुवैतिर  नाला  निकालेको  जस्ता  कार्यहरु  दुई  वर्ष  अगाडि  सपना  जस्तै  लाग्थे  तर  अहिले  भने  यो  कामले  यथार्थमा  साकार हुने मौका पाएका छन् । यसको मुख्य कारण हो निर्वाचित जनप्रतिनिधिले काम गर्न पाउनु । यसैको  प्रतिफल  जुन  गाउँमा  कसैले  हिजो  सडक  च्यापेर  घर  निर्माण  गरेका  थिए  भने  अहिल  हटाउन बाध्य भएका छन् । यसै गरी यदि कतै बाटो फराकिलो पार्नु छ र त्यहाँ बाटो नक्सा अनुसार साँघुरो छ भने पनि दुवैतिरको बराबरी निजी जमिन च्यापेर वा घरलाई हटाएर नै भए पनि सडकको निर्माण वा विस्तार गराइरहेका छन् जनप्रतिनिधिहरु । यही काम यदि कसैले दुई वर्ष पहिले गर्न खोज्थे भने यति बाधा तथा  विरोधको  सामना  गर्नु  पथ्र्यो  कि  विकासको  काम अगाडि बढाउने पक्ष आफैँ पछाडि सर्नु पथ्र्यो । यदि  कसैले  बल  प्रयोग  गर्ने  प्रयास  गथ्र्यो  भने  ठूलो  झगडा  हुने  निश्चित  हुन्थ्यो  तर  अहिले  निर्वाचित  जनप्रतिनिधिले   गर्दा   सडकका   साथै   विकास   निर्माणको अन्य काममा मात्र नभएर समग्र विकासको क्षेत्रमा पनि सकारात्मक मानसिक परिवर्तन हुन सफल भएको छ । यो लोकतन्त्रकै देन हो । कतिपयले    आरोप    लगाउने    गरेका    छन्    कि  लोकतन्त्रले  नेपालीलाई  केही  पनि  दिएको  छैन । नेपाल अब संघीय गणतान्त्रिक लोकतान्त्रिक मुलुकको  रुपमा  आफ्नो  पहिचान  बनाउँदै  गर्दा  सबै  तहको निर्वाचन सम्पन्न भएर सबै तहको सरकारको गठन भइसकेपछि अहिले गाउँमा विकास पुग्न लागेको देखिएको  छ  ।  विगतमा  एउटा  गाविसमा  दुई  चार  लाख रुपैया जाने गरेको थियो विकासको नाममा तर यस  वर्ष  त  हरेक  वडाले  नै  बिस  लाख  रुपैयाभन्दा  बढी  पाएका  छन्  ।  पहिले  एउटा  उपभोक्ता  समिति  बनाइन्थ्यो  तर  हलिे  एउटै  वार्डमा  दर्जनौँ  उपभोक्ता  समितिको निर्माण भएर काम भइरहेका छन् धमाधम । उपभोक्ता समितिमा वडाका विभिन्न दलका नेताका कार्यकर्ताहरु  अटाएका  छन्  ।  जो  गाउँमा  सधैँ  छँटुवाको  रुपमा  रहने  गरेका  थिए,  तिनीहरु  पलायन  नै  भएका  छन्  तर  मिलेर  अस्तित्व  बचाउन  चाहने  स्थानीय तहका नेताहरुको भने विकासको मामिलामा गज्जबको मेल देखिएको छ । मधेसमा विकास हुनु चानचुने कुरो होइन । धेरैले के भन्ने गरेका छन् कि सबै नकारात्मक कुरोमा मधेसीहरु मिल्छन्  तर  सकारात्मक  कुरामा  भने  मधेसीहरुबीच  आपसमा  मेल  हुन  सक्दैन  ।  यो  निकै  हदसम्म  सही  हो पनि । यद्यपि जहाँ जुन दलको बहुमत छ स्थानीय तहमा त्यहाँ काम गर्न खासै गाह्रो भएको छैन तर जहाँ मेयर  एउटा  दलको  छ  जसको  आफ्नो  बहुमत  छैन  त्यहाँ काम गर्न निकै गाह्रो भएको छ । मेयरबिना कुनै पनि काम हुन नसक्ने र मेयरको बहुमत नहुँदा मेयरले चाहेको काम गर्न नसक्ने । यस किसिमको अवस्था धेरै  स्थानीय  तहमा  भएको  छ  ।  बहुमत  हुनु  र  काम  गर्नुको  मज्जा  नै  बेग्लै  छ  स्थानीय  तहमा  तर  जहाँ  बहुमत छैन त्यहाँ धेरैको चित्त बुझाउनु परेको छ । धेरैको चित्त बुझाएर काम गर्दा सानोतिनो कुराले पनि चित्त दुखाइ सुरु हुन्छ । यसले विवाद निम्त्याउँछ । र मधेसमा विवाद हुनु त सामान्य कुरा हो  । विवादले काम रोकिनु पनि सामान्य कुरो हो । मोछको लडाइ भएर  धेरै  काम  ठप्प  भएका  पनि  छन्  ।  विगतलाई  अलि  विचार  गर्ने  हो  भने  यस्तो  धेरै  उदाहरणहरु  भेटिन्छन् जहाँ सहमति जुट्न नसकेर बजेट नै फिर्ता भएको  छ  वा  फ्रिज  भएको  छ  ।  बजेट  फिर्ता  हुँदा  आफ्नै  समाजको  विकास  नभएको  हो  भन्ने  कुरामा  ध्यान जान सकेको छैन बरु मेरो कुरा नचल्दा विकासै हुन दिइन्ँ भन्ने घमण्डपूर्ण अभिव्यक्तिको बोलबाला रहेको छ । यो विकासको लागि साधक होइन बाधक हो भन्ने कुरो मधेसी समुदायले बल्ल अहिले आएर अलिकति बुझ्न थालेका छन् ।विकासको  महत्व  जति  धेरै  नागरिकले  बुझ्छन्  उति धेरै लोकतन्त्र बलियो हुन्छ । लोकतन्त्र बलियो हुँदै जाँदा विकास पनि हुँदै जान्छ । यसरी विकास र लोकतन्त्रमा एकापसमा अन्तर्सम्बन्ध रहेको छ ।विकासको लागि रकम गाउँ गाउँ र टोल टोलमा पुग्न  लाग्दा  केही  तनावको  वातावरण  पनि  सिर्जना  भएको देखिन्छ कतै कतै । तनावले टोलमा उपभोक्ता समिति निर्माण हुन सकेको छैन । उपभोक्ता समिति निर्माण  हुन  जति  धेरै  ढिलाइ  हुन्छ,  उति  धेरै  टाढा  विकास पनि धकेलिँदै जान्छ । विकास  पछाडि  पर्नुृ  भनेको  जीवन  नै  पछाडि  पर्नु हो । यसकारण सकेसम्म तनाव हुन नदिनु राम्रो हो  ।  कतिपय  गाउँमा  त  कस्तो  परिपाटीको  विकास  भएको छ भने जसले बजेट ल्यायो, काम उसैलाई गर्न दिने तर काम चाहिँ तोकिएको जस्तो हुनुपर्ने । यसले सबैमाथि  जिम्मेवारी  बोध  हुन्छ  ।  समितिमा  बस्नेले  काम गर्छन् र बाहिर रहनेले निगरानी अर्थात् खबरदारी गर्छन् ।नागरिकको  विकासको  चाहना  एकै  चोटि  पूरा  भइहाल्दैन । विकासको चाहना पूरा हुँदै जान्छ भन्ने व्यावहारिक  प्रमाणको  रुपमा  वर्तमान  अवस्थालाई  मान्न सकिन्छ । 

जीतपुर । कोबिनि हस्पिटालटी म्यानेजमेन्ट प्रा.लि ...

गौर । नेपाल पत्रकार महासंघ रौतहटको सभापति रविन्द्र...

जनकपुरधाम । रामजानकी विवाहमहोत्सवमा सहभागि हुन जनकपुरधाम आउन लागेका भारत...

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले बलात्कारका अभियुक्तहरुलाई पक्राउ गर्न...

जनकपुरधाम । भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका चर्चित हिन्दूवादी...

जनकपुरधाम । संघिय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका उपप्रधान...

जनकपुरधाम । माछा सुपरजोन जनकपुर धाम ,धनुषा का कार्यालय प्रमुख...

जनकपुरधाम । धनुषाका प्रहरीले पीडितलाई न्याय दिलाउनुको साट्टो पिडकलाई संरक्षण...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा नंंंंं. ६ खुटौनाको...

चन्द्रपुर । रौतहटको बलेरी ईलाका वन कार्यालयको वन क्षेत्रमा एकै...

कुलदिप दास , जनकपुरधाम । धनुषामा बोक्सीको आरोप लगाएको भन्दै...

चन्द्रपुर । रौतहटमा प्रहरीले घरेलु मदिरा उत्पादन र बिक्रि बितरणमा...

चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिकामा बिशेष आर्थिक क्षेत्र (सेज) स्थापना...

रौतहट : कार्यक्रममा प्रदेश नम्बर २ का कृषि भूमि...

जनकपुरधाम । नगर क्षेत्र भित्र एउटै सडकको दोहरो मापदण्ड...

जलेश्वर । राष्ट्रिय जनता पार्टी (राजपा)नेपालका अध्यक्ष मण्डलका संयोजक समेत...

वीरगञ्ज । नेपाली काग्रेस पर्साका सभापति अजय द्धिवेदी सभापति...

जनकपुरधाम । धनुषा जिल्लाको विदेह नगरपालिकाको वडा नम्बर ५ मुडिवा...

इंग्लिस प्रिमियर लिग फुटबलको अर्को सिजनमा भिडियो असिसटेन्ट रेफ्री ‘भार’...

पछिल्लो २४ घण्टामा भारत तथा विश्वभरका बलिउडका प्रशंसक एउटा तस्बिरको...

काठमाडौं । श्रीलंकामा महिन्दा राजापाक्षेका समर्थक र विरोधी सांसदहरुबीच बिहीबार...

काठमाडौं । राज्यविद्रोहकोे मुद्दामा पक्राउ परेका सीके राउतलाई सर्वोच्च...

जनकपुरधाम । प्रदेश २ को नामाकरण र स्थायी राजधानी तोक्न...

जनकपुरधाम । प्रदेश २ को रामजानकी स्टेडियम अन्ततःजनकपुरधाममा ...

वीरगंज। मुख्यमन्त्री लालबाबु राउतले वीरगंज–२ छपकैयास्थित नवर्निमित ...

जनकपुरधाम । धनुुषाका क्षीरेश्वरनाथ...

काठमाडौँ : नेपाल पत्रकार महासङ्घले श्रमजीवी तथा स्वतन्त्र पत्रकारका...

बेनी : पारिवारिक भ्रमणको सिलसिलामा म्याग्दीमा रहनु भएका नेकपाका अध्यक्ष...

काठमाडौं । पूर्वविजेता राष्ट्रिय च्याम्पियन नेपाली सेनाका रत्नजित तामाङ...

बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण यहि बुधबार...

बैंकक । थाइल्यान्डमा भएको बक्सिङ खेलमा १३ वर्षीय बालकको...

काठमाडौं । पुल सुधार तथा मर्मतसम्भार एवं खाद्य तथा...

काठमाडौं । नेपाली कांग्रेसका कार्यकर्ताले गुट–उपगुट अन्त्यको आवाज उठाइरहँदा...

भैरहवा : मालपोत कार्यालय भैरहवाले आजदेखि अनलाइनबाट सेवाग्राहीलाई सेवा प्रदान...

चितवन : कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा विद्यार्थीहरुले आगजनी...

काठमाडौँ : सूचना प्रविधिको उत्कृष्ट प्रयोग गरी कार्य गरेबापत...

जनकपुरधाम : छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो...