Sat, 22 Sep 2018
ताजा समाचार
खोलामा डुबेर एक जनाको मृत्यु || बारापर्सामा पेट्रोलियम पदार्थको अभाव || नगरस्तरमा बालबालिकाकोलागी अनिवार्य बजेट विनियोजन गरिने : || मुख्यमन्त्री राउतद्वारा राहत प्रदान || अमेरिकामा एक नेपालीसहित तीनको हत्या || मोहर्रममा हिन्दू समुदायको पनि उत्साह || नेकपामा मातृकालाई लोप्पा, महासेठ पक्ष सशक्त || यथास्थितिमा संविधान स्वीकार्य छैन् : मुख्यमन्त्री राउत || मोटरसाइकल ठोक्किदा एकको मृत्यु, एक घाइते || मैथिली फिल्म "दहेजक पिरा"को पोस्टर सार्वजानिक || मातृका र रघुबीरको सम्पती छानविन गर : नेता झा || वीरगञ्ज महानगरपालिकाका २ कर्मचारी सहित ३ तीन पक्राउ || मोहर्रम पर्व मनाइँदै || सहमतिपछि यातायात सञ्चालन || संविधान कार्यान्वयन गर्न निकै चुनौती : नेता महतो || घुस लिएको अभियोगमा दुई जना पक्राउ || महोत्तरी जमुनियाँमा प्रहरी पोष्ट स्थापना || लामो दुरीमा गाडी नचल्दा यात्रुहरु अलपत्र , सामान ढुवानी पनि || मल बन्दरगाहमै थन्कियो || खेलकूदले देशलाई चिनाएको छ: मन्त्री विश्वकर्मा || पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग || डिजिटल प्रणालीको शुभारम्भ || विष्टको निधनप्रति काँग्रेसद्वारा दुःख व्यक्त || महान्यायाधिवक्तविरुद्ध खनिए ट्रम्प || माछापालन योजना || मदिरा नष्ट || एक बन्दीको मृत्यु || मुसहर बस्तीमा संविधान दिवस, संविधान सबैको साझा छहारी होस् || मौका परीक्षाको नतिजा सार्वजनिक || सीके राउतका १०० बढी कार्यकर्ता पक्राउ || डा.सीके राउतका समर्थकहरुले निकाले हजारौको संख्यामा रयाली || निर्वाचन कार्यक्रम सार्वजनिक || पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग || समृद्धिको राष्ट्रिय दायित्वमा सहयोगी हुन प्रधानमन्त्रीको आह्वान || विधार्थी फोरमको जिल्ला अधिवेशन संपन्न || लागुऔषधसहित एक पक्राउ || एसिड आक्रमणको आरोपमा एक युबक पक्राउ || मलेशियामा विषाक्त मदिरा सेवनबाट ६ को मृत्यु || मोटरसाइकल दुर्घटनामा एकको मृत्यु || फोरमले संविधान दिवस नमनाउने ||
प्रदेश सरकारको ध्यान तान्न नसकेको एउटा ऐतिहासिक धरोहर

जेठ ३०, २०७५

  •                                  सञ्जय मित्र

 यस  प्रदेशको  सरकारले  गर्ने  हरेक  काम  ऐतिहासिक  हुनेछ  ।  हरेक  काम ऐतिहासिक यस अर्थमा कि देशमा नै यो पहिलो प्रादेशिक सरकार हो । यस प्रकारको सात प्रादेशिक सरकार रहेको भए पनि धेरैले यो दाबी गरेका छन् कि यो प्रदेशको कारणले नै देशमा संघीयताको सुरुआत भएको छ र प्रादेशिक सरकारहरुको गठन भएका छन् । यसकारण यस प्रदेशको सरकारमाथि यो दायित्व पनि रहेको छ कि परोक्षरुपमा नै भए पनि अन्य प्रदेशलाई आफ्ना उदाहरणीय र ऐतिहासिक कामहरुले बाटो देखाउनु परेको छ ।

प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा समग्र  प्रदेशका  नागरिकको  सपनालाई  समेटेको  छ  ।  प्रदेश  सरकार  गठन  हुनासाथ  सार्वजनिक  गरिएको  प्रतिबद्धताप्रति सर्वसाधारण नागरिक निकै आशावादी भएका थिए । वास्तवमा यस प्रदेशलाई बुझेकाहरुले नै  यसको  विकास  र  निर्माणको  लागि  नीति  र  कार्यक्रम   बनाउने   भएकाले   हरेक   नागरिकले   राज्यको  नीति  तथा  कार्यक्रममा  आफ्नो  अनुहार  पहिलोचोटि  हेर्न  पाउनु  अन्तर्हृदयदेखि  नै  खुसीको  कुरा हो । प्रतिबद्धतादेखि नीति तथा कार्यक्रमसम्मको कुरालाई  प्रदेशका  नागरिकले  निकै  गर्वका  साथ  लिएका  छन्  ।  अब  धेरै  कुरामा  आफ्नो  छवि  देख्न  पाएका  छन्  ।  कृषि  र  शिक्षालाई  निकै  प्राथमिकता  तथा  महत्व  दिइएको  प्रदेश  सरकारको  नीति  तथा  कार्यक्रमले अवलम्बन गरेको मार्ग यदि सही दिशामा अगाडि बढ्न सक्यो भने यस प्रदेश सरकारप्रति यस प्रदेशका सर्वसाधारण नागरिक सदा शिर ठाडो पारेर छातीभरि  गर्व  भर्न  पाउँछन्  ।  यस  प्रदेशको  नागरिक  हुन पाएकोमा अन्य प्रदेशका नागरिकसित गर्वानुभूति प्रस्तुत गर्ने अवसर पाउँछन् । यस प्रदेशको सरकारले गर्ने हरेक काम ऐतिहासिक हुनेछ । हरेक काम ऐतिहासिक यस अर्थमा कि देशमा नै यो पहिलो प्रादेशिक सरकार हो । यस प्रकारको सात प्रादेशिक सरकार रहेको भए पनि धेरैले यो दाबी गरेका छन्  कि  यो  प्रदेशको  कारणले  नै  देशमा  संघीयताको  सुरुआत  भएको  छ  र  प्रादेशिक  सरकारहरुको  गठन  भएका छन् । यसकारण यस प्रदेशको सरकारमाथि यो दायित्व पनि रहेको छ कि परोक्षरुपमा नै भए पनि अन्य प्रदेशलाई आफ्ना उदाहरणीय र ऐतिहासिक कामहरुले बाटो देखाउनु परेको छ । नेपाली प्रादेशिक संरचनाको इतिहासमा  यो  सरकार  यस  प्रदेशको  पहिलो  सरकार  भएको  हुनाले  यस  सरकारले  गर्ने  सबै  काम  आगामी  सरकारहरुका लागि मार्गदर्शृन हुने छन् । यसकारण यस सरकारका सबै काम आफैँमा ऐतिहासिक हुने छन् ।इतिहासले नै गर्विलो जिम्मेवारी दिएको वर्तमान प्रदेश  सरकारलाई  करिब  सबैतिरबाट  सहयोग  हुने  अपेक्षा  नै  नरहेको  छ  ।  वर्तमान  सरकारको  गठन  नै  दुई मधेसवादी दलको संयोगबाट भएको हुनाले केही फरक  अपेक्षा  राख्नु  स्वाभाविक  नै  हो  ।  मधेसवादी  दलको  प्रतिनिधित्व  गर्ने  दुई  प्रमुख  दलको  सरकार  बनेको  छ  ।  वर्तमान  सरकारको  नेतृत्व  गरेको  दल  संघीय  समाजवादी  फोरम  नेपाल  संघीय  सरकारमा  पनि सहभागी रहेको छ । राजपा नेपाल पनि सरकारमा जाने तयारीमा रहेको सार्वजनिक भएको छ । यसबाट यो  पनि  अड्कल  गर्न  थालिएको  छ  यस  प्रदेशको  सरकारमा  संघीय  सरकारको  नेतृत्व  गरेको  दल  पनि  सहभागी  हुने  छ  ।  हिजो  सरकार  गठन  हुँदा  समर्थन  गरेकै थियो र केही हप्ता पहिले मात्र नेकपाले प्रदेश सरकारलाई  दिएको  समर्थन  फिर्ता  लिएको  थियो  ।  प्रदेश  दुईमा  प्रमुख  विपक्षी  दलको  भूमिकामा  रहेको  नेपाली काँग्रेस देशभरिको प्रादेशिक सरकारको प्रमुख प्रतिपक्षी रहेको छ । केन्द्र सरकार र प्रदेश सरकार दुवै यस प्रदेशमा मिल्न सक्ने अवस्थामा देखिएका छन् । दुवै सरकारले मिलेर काम गरेमा यस प्रदेशको लागि वरदान नै साबित हुनेछ । आगामी करिब साढे चार वर्षमा  प्रदेशले  नागरिकका  धेरै  अपेक्षा  पूरा  गर्नुपर्ने  देखिन्छ  ।  नीति  तथा  कार्यक्रममा  उल्लेख  गरिएका  विषयहरुलाई गहनतापूर्वक लागू गर्न खोजेमा प्रदेशका नागरिकको  अपेक्षा  पूरा  हुने  र  सरकारप्रति  सहृदयी  तथा सहयोगी हुने आशा गर्न सकिन्छ । प्रदेश दुईको नयाँ इतिहास सुरु भइरहेको छ । तर नेपालको इतिहासमा यसको निकै महत्वपूर्ण भूमिका रहेको  छ  ।  अझ  यस  देशको  सिमानाभन्दा  बाहिर  गएर  हेर्ने  हो  भने  विश्वको  इतिहासमा  पनि  यसको  धेरथोर भूमिका रहेको छ । विश्वलाई यस प्रदेशले धेरै त्रान दिएको छ । आदर्श दिएको छ । राजा जनकको आदर्श राज्य यहीँ थियो । यहाँ विश्वका तत्कालीन निकै  विद्वान  पुरुषहरुले  शास्त्रार्थ  गर्दथे  ।  धरतीलाई  नै  आदर्श  सिकाउने  हिन्दू  धर्मकी  परम  पूज्य  माता  जानकीको जन्मथलोको रुपमा यो ठाउँ परिचित छ । यस प्रकारका अनेकन परम शौभाग्य प्राप्त गर्ने इतिहास रहेको  यस  प्रदेशको  आधुनिक  नेपालको  निर्माणमा  पनि धेरै महत्वपूर्ण योगदान रहेको छ ।नेपालको  वर्तमान  नक्सा  निर्धारण  गर्ने  काम  सुगौली सन्धिबाट भएको हो । सुगौली सन्धि नेपाल र तत्कालीन अंग्रेजबीच भएको थियो । भारतमा अंग्रेज शासन रहेको अवस्थामा नेपाल र अंग्रेजबीच करिब दुई वर्षबीच युद्ध भएको थियो । यस अवधिमा नेपाल र  अंग्रेजबीच  सयभन्दा  बढी  स्थानमा  युद्ध  भएको  थियो । युद्ध भएको ठाउँहरुमध्ये अधिकांश ठाउँमा नेपाल पराजित भएको थियो र केही स्थानमा नेपालले विजय हासिल  गरेको  थियो  ।  नेपालले  विजय  हासिल  गरेको  निकै कम ठाउँहरुमध्ये रौतहटको समनपुर पनि एक हो ।नागरिक  दैनिकका  पत्रकार  प्रकाश  तिमल्सिनाका  अनुसार  नेपाल  र  अंग्रेज  युद्धको  समाप्तिमा  भएको  सुगौली  सन्धिमा  अंग्रेज  पक्षबाट  सन्धिमा  हस्ताक्षर  गर्ने  व्यक्तिको  नेतृत्वमा  नै  समनपुरमा  अंग्रेज  सेनाको  टोली आएको थियो । अंग्रेज सेना बागमतीको बाटो हुँदै काठमान्डु चढाइ गर्ने सोचाइमा थियो । तर समनपुरमा भएको  लडाइको  क्रममा  अंग्रेज  पक्ष  नराम्ररी  पराजित  भएको  थियो  ।  अंग्रेज  पक्ष  पराजित  भएर  फर्केको  समनपुरलाई पुराना स्थानीय मानिसहरुले लडैया समनपुर भन्ने  गरेका  छन्  ।  लडैया  समनपुरमा  ऐतिहासिक  किल्ला  भनिने  ठाउँ  अझै  पनि  छ  ।  ऐतिहासिक  पोखरी  पनि  छ  ।  ऐतिहासिक  स्थानको  संरक्षण  गर्न  समनपुरसमेत रहेको गढीमाई नगरपालिकाले केही काम गर्न  खोजेको  छ  ।  गढीमाई  नगरपालिकाले  संरक्षणको  प्रयास गरेको छ तर नगरपालिकाको प्रयास निकै सानो भएको  छ  ।    गढीमाई  नगरपालिकाको  सानो  प्रयासले  समनपुरको   ऐतिहासिकताको   संरक्षण   गर्न   सम्भव   छैन । यस नगरपालिकाले गरेको प्रयासले यस ठाउँको प्रचार  प्रसार  हुन  सक्दैन  ।  यसको  ऐतिहासिकता  र  पुरातात्विकताको  संरक्षण  गर्न  सकिँदैन  ।  ऐतिहासिक  स्थानको  र  ऐतिहासिक  धरोहरको  रक्षा  र  प्रवद्र्धनको  लागि प्रदेश सरकारले कदम चाल्नु अनिवार्य भएको छ । धार्मिक  तथा  सांस्कृतिक  दृष्टिले  पनि  निकै  महत्वपूर्ण  रहेको  समनपुरको  पौराणिक  महत्व  पनि  रहेको  छ  ।  महाभारतसित यस स्थानको सम्बन्ध छ भने कछाडिया थारुहरुको यसको यस स्थानको सांस्कृतिक महत्व पनि रहेको छ । यसकारण यस ठाउँको संरक्षण र विकासको लागि  प्रदेश  सरकारले  निश्चित  बजेटको  विनियोजन  गर्नु  पर्दछ  ।  सरकारको  नीति  तथा  कार्यक्रममा  यस  ऐतिहासिक  एवं  पुरातात्विक  ठाउँको  बारेमा  खासै  उल्लेख  हुन  नसके  पनि  प्रदेशको  प्रथम  ऐतिहासिक  बजेटमा यस ऐतिहासिक समनपुरको संरक्षणको लागि थोरै भए पनि बजेट विनियोजन गरेर प्रदेशमा ऐतिहासिक स्थानको पर्यटनको विकासको सुरुआत गर्नुपर्छ । यस ठाउँको प्रवद्र्धनले प्रदेश सरकारको गरिमालाई पनि वृद्धि गर्ने कुरामा विश्वास गर्न सकिन्छ । कतिपयले के पनि भनेका  छन्  भने  यहाँको  लडाइको  क्रममा  स्थानीयले  अंग्रेजसित  तोप  खोसेका  थिए  जुन  करिब  एक  शताब्दीसम्म गौर भन्सारमा राखिएको थियो र अहिले अञ्चल  प्रहरी  कार्यालय  वीरगंजमा  राखिएको  छ  ।  यसलाई पनि प्रदेश सरकारले समनपुरमा पुनः स्थापित गराउन सक्यो भने समनपुरको अन्य ऐतिहासिकतातर्फ सबैको ध्यान जान पाउँथ्यो कि ? इतिहास बनाउने र आफ्नो इतिहास बचाउने यो ऐतिहासिक अवसर पनि हो । अहिले हामीले आफ्नो विगतलाई सम्झन सकेनौँ, विगतलाई सम्बद्र्धन गर्न सकेनौँ र विगतको गर्वप्रति वर्तमान पुस्तालाई सचेत गराउन  सकेनौँ  भने  इतिहासको  ठूलो  जिम्मेवारीबाट  हामी  चुक्नेछौँ  ।  समनपुर  र  अन्य  ऐतिहासिक  तथा  पुरातात्विक  एवम्  पौराणिक  महत्वका  स्थानहरुको  खोजी  गरी  सम्बद्र्धन  गरेर  पर्यटकीय  दृष्टिले  पनि  महत्वपूर्ण बनाउनु आवश्यक देखिएको हुनाले प्रदेश सरकारको ध्यान जान जरुरी छ ।

भद्रपुर : खोलामा डुबेर मेचीनगर–८ सालघारीका ३६ वर्षीय शिवु...

जीतपुर : मुलुकी ऐनमा सवारी चालक सम्बन्धि गरिएको ब्यवस्थाको परिवर्तनको...

बर्दिबास : बालबालिकाले भयत्रासमुक्त वातावरणमा सुरक्षित र...

राजविराज : प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले...

वाशिङ्टन, डिसी : अमेरिकाको मेरिल्याण्ड राज्यमा भएको गोली काण्डमा...

नेपालगञ्ज, बाँके : मुस्लिम समुदायको पर्व मोहर्रममा नेपालगञ्जमा हिन्दू...

काठमाण्डु । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले टुंगो लगाएको प्रदेश ईञ्चार्ज ...

राजविराज । संविधान संशोधनको विषयमा वहस चलिरहेको बेला प्रदेश २...

सिरहा । जिरोमाइल देखि बरियारपट्टि जाने सडकखण्ड...

जनकपुरधाम । धिरेन्द्र मल्टिमेडिया प्रालिको प्रस्तुति रहेको चलचित्र...

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता रामचन्द्र झाले सरकारमा...

वीरगञ्ज । सेवाग्राहीसित घुस लिएको आरोपमा अख्तियारको टोलीले वीरगन्ज महानगरपालिकाका...

नेपालगञ्ज : इस्लाम धर्मावलम्बीको मोहर्रम पर्व बाँकेमा पनि धुमधामका...

बुटवल : मुलुकी संहितामा सवारी चालकका लागि ल्याइएको प्रावधानको...

कञ्चनपुर । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका नेता राजेन्द्र...

पर्सा : विद्यालयको अनुमतिपत्र दिन रु एक लाख घुस...

बर्दिवास । महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका–६ जमुनियाँ चोकमा आज...

जनकपुरधाम । चालकहरुको बन्दले जनकपुरधाम लगायत तराईका ...

वीरगञ्ज : नेपाल आयात गर्न लागिएको मल सिर्सियास्थित सुख्खा...

कास्की : सङ्घीय सरकारका युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले...

काठमाडौँ : प्रतिनिधिसभा बैठकमा सांसदले संविधान कार्यान्वयन गर्न मौलिक अधिकारसम्बन्धी...

विराटनगर : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले...

काठमाडौँ : नेपाली काङ्ग्रेसले अछामका पार्टी क्रियाशील सदस्य टेकबहादुर...

वासिंटन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले महान्यायाधिवक्ता जेफ सेसन्सप्रति तिखो...

सिरहा । माछा उत्पादन बढाई नगरक्षेत्रलाई समृद्ध बनाउने योजना सिरहाको...

लहान : सिरहा प्रहरीले जिल्लाको विभिन्न स्थानबाट डेढ हजारभन्दा...

गौशाला : महोत्तरी जिल्लाको जलेश्वर कारागारका एक बन्दीको गए राति...

बर्दिवास : महोत्तरी बर्दिवास–१४ स्थित एकीकृत नमूना मुसहर बस्तीका...

भक्तपुर : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि...

जनकपुरधाम । धनुषाबाट प्रहरीले सीके राउतका समर्थक १०० भन्दा बढीलाई...

जनकपुरधाम । संविधान जारी भएको दिनको विरोधमा ‘स्वतन्त्र मधेस गठबन्धन’ले...

काठमाडौँ : प्रतिनिधिसभाअन्तर्गतका १० वटा विषयगत समितिका सभापति चयनका...

काठमाडौँ : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पेट्रोलियम पदार्थको...

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि राष्ट्रिय सङ्कल्प...

रौतहट । समाजवादी विधार्थी फोरम नेपाल जिल्ला कार्य समिति रौतहटको...

वीरञ्ज : भारतबाट लुकाइछिपाइ नेपालतर्फ ल्याइरहेको अवस्थामा सशस्त्र प्रहरी...

चन्द्रपुर । दुई किसोरी लाई एसिड आक्रमणको आरोपमा प्रहरीले एक...

काठमाडौं : मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको...

बागलुङ : बागलुङ नगरपालिका–२ रुद्रेपिपल भन्ने स्थानमा गएराति ग...

राजविराज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका उप–प्रधान...