Mon, 21 Jan 2019
ताजा समाचार
उप–महानगरपालिका र खानेपानी ढल व्यवस्थापन विभाग विच वैठक सम्पन्न || डा केसीको माग पूरा || केन्द्रीय कारागारमा १३ कैदीबन्दीको मृत्यु || फ्रान्समा सरकार विरोधी आन्दोलन झन चर्कियो, राष्ट्रपतिको राजीनामा माग || एएफसी यूथ-२३ च्याम्पियनसिपः पहिलो खेलमा नेपालले ओमानसँग खेल्ने || स्वस्थानी व्रत सुरु, शालिनदीमा माधवनारायणको मेला || चितुवाको छालासहित युवक पक्राउ || तीन वर्षदेखि फरार मुर्ति चोर प्रहरीको नियन्त्रणमा || दुर्गम बस्तीको विद्यालय नमूना बन्दै || प्रधानमन्त्री ओली दोहामा || दाइजोकै कारण दुई वर्षिया छोरी र आमाको हत्या , सासु || नेपाल राष्ट्र बैंकद्वारा भारतीय नोटमा प्रतिबन्ध || मधेशी आयोगमा दत्त || लहानमा भव्य साँस्कृति कार्यक्रम हुने || श्रीमतीको हत्या गरी आत्महत्या || १२ दिनदेखि अनशनरत डा. केसीको स्वास्थ्य ‘उच्च जोखिम’मा || आगलगीबाट अठार लाख क्षति || तराईका प्रसिद्ध धनुषाधाम मकर मेला शुरु || सीके राउतका चार कार्यकर्ता पक्राउ || चौतर्फी विरोधका विच वरियारपट्टी गाउँपालिकामा दोस्रो गाउँसभा सम्पन || करेन्ट लाग्दा घटनास्थलमै दुईको मृत्यु || बलिदानी दिवसकै दिन राजपा निकट राष्ट्रिय विद्यार्थी संघ जनकपुरका नगर || सवारी दुर्घटनामा चारको मृत्यु, तीन घाइते || मिथिलामा लाईको प्रयोग || मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु || माेबाइलकाे पासवर्ड नदिँदा श्रीमतीले श्रीमानलाई जिउँदै जलाइन् || घटनाबाट वनमन्त्री दुखी || चैत्र मसान्त भित्रमा पर्सा जिल्लालाई खुलादिशा मुक्त जिल्ला घोषणा गर्ने || सवारी साधनहरुको मेकानिकल चेक जाँचतथाचालकहरुको स्वास्थ्य परिक्षण || सरकारी अस्पतालमा औषधिको अभाव || वन सखाप पार्न लागेको प्रदेश मन्त्रीको आरोप || रेल खरिद गर्न सरकारको सैद्धान्ति सहमति || बेलायतकी महारानीका पति फिलिप सवारी दुर्घटनामा घाइते || बार्सिलोना कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा || स्वास्थ्य अवस्था गम्भीर भएपछि डा. केसीलाई राति काठमाडौं ल्याइयो || २ करोड लागतमा अश्वमेध यज्ञ || वरियापट्टी गाउँपालिकामा संघर्ष समितिद्धरा धर्ना : कामकाज प्रभावित || सहारा विकास बैंकको सूचीकरण खारेज भएपछि कारोबारमा गिरावट || १८ वर्ष देखी फरार प्रतिवादी पक्राउ || डा.झाको लापर्वाहीले बिरामीको मृत्यु,अस्पतालमा तनाव ||
जनसंख्या वृद्धि समस्या किन भइरहेको छ ?

असाड २७, २०७५

  •                                    सञ्जय मित्र

 तीव्ररुपले  जनसंख्या  वृद्धि  भइरहेका  देशहरु  प्रायः  शिक्षाको  क्षेत्रमा  पछाडि परेका देशहरु नै हुन् । विकासले भर्खर गति लिइरहेका देशहरु हुन्  ।  जनसंख्याको  धेरै  ठूलो  भाग  गरिबीको  रेखामुनि  नै  रहेका  छन्  ।  गरिबी,  अशिक्षा,  अविकास,  बेरोजगारी  जस्ता  ठूला  समस्याहरु  रहेका  छन्  ।  गरिबीले  अशिक्षा  र  अशिक्षाले  गरिबीलाई  एकापसमा  सहयोग  गरेको देखिएको छ । शिक्षा साधारण रहेको छ । व्यावसायिक शिक्षाले गति लिन सकेको छैन । व्यावसायिक शिक्षाको आवश्यकता रहेको छ ।

दक्षिण एसियामा जनसंख्यामा वृद्धि ठूलो समस्या भइरहेको  छ  ।  धेरैले  बीस  वर्षपहिले  देखेको  गाउँ  अहिले  आएर  आकारमा  करिब  दोब्बर  भइसकेको  कुरा  सबैले  स्वीकार  गर्न  सक्छन्  ।  गाउँमात्र  बढेको  होइन,  सहरको  पनि  वृद्धि  भएको  छ  ।  सहरीकरणमा  वृद्धि  भएको  छ  ।  गाउँमा  पनि  सहरको  सुविधामा  वृद्धि भएको छ । जनसंख्या वृद्धिको अनेक प्रभावहरु देखिन थालिएको छ ।जनसंख्या  वृद्धि  देशको  एउटा  समस्या  भएको  छ  ।  देशको  मात्र  होइन,  लगभग  दक्षिण  एसियाको  नै  समस्याको  रुपमा  जनसंख्या  वृद्धि  रहेको  छ  ।  भारत  र  चीन  दुई  ठूला  देशहरु  विश्वका  सबैभन्दा  ठूला जनसंख्या भएका देशहरु हुन् । बीचमा नेपाल छ । भारत र चीनसँग सिमाना जोडिएका प्रायः सबै देशहरुमा तीव्र गतिमा जनसंख्या वृद्धि भइरहेको छ ।तीव्ररुपले  जनसंख्या  वृद्धि  भइरहेका  देशहरु  प्रायः  शिक्षाको  क्षेत्रमा  पछाडि  परेका  देशहरु  नै  हुन् । विकासले भर्खर गति लिइरहेका देशहरु हुन् । जनसंख्याको  धेरै  ठूलो  भाग  गरिबीको  रेखामुनि  नै  रहेका छन् । गरिबी, अशिक्षा, अविकास, बेरोजगारी जस्ता ठूला समस्याहरु रहेका छन् । गरिबीले अशिक्षा र  अशिक्षाले  गरिबीलाई  एकापसमा  सहयोग  गरेको  देखिएको छ । शिक्षा साधारण रहेको छ । व्यावसायिक शिक्षाले  गति  लिन  सकेको  छैन  ।  व्यावसायिक  शिक्षाको आवश्यकता रहेको छ ।कतिपय  देशमा  जनसंख्या  कम  भइरहेको  छ  ।  विकासको गतिमा निकै अगाडि बढेका र अल्पविकसित देशका  नागरिकहरुका  लागि  सधैँ  सपना  बन्ने  गरेका  देशहरुमा जनसंख्या वृद्धि गराउनु परेको छ । कतिपय देशहरुले  पनि  विभिन्न  अल्पविकसित  देशहरुबाट  वर्षेनी केही मानिसलाई आफ्नो देशमा लगेर त्यहाँको नागरिक बनाइरहेका छन् । त्यहाँको जनसंख्ष्या हरेक वर्ष  कम  भइरहेको  छ  ।  विकसित  देशमा  के  सम्म  पाइएको  छ  भने  त्यहाँको  बासिन्दाको  आयु  लामो  रहेको छ । विकसित देशहरुमा ज्येष्ठ नागरिकहरुको संख्या चाहिँ बढेको छ । स्वास्थ्य चेतना, खानपानमा सचेतना, पर्याप्त आर्थिक आय, सबैजना सधैँ व्यस्त रहन्छन् । बालबालिकाको संख्या हाम्रोजस्तो पछाडि परेका देशहरुको तुलनामा निकै कम हुन्छ । जन्मदर निकै  कम  रहेको  छ  ।  बालबालिकाको  संख्या  पनि  निकै कम रहेको छ ।विदेश  पुगेका  कतिपय  नेपाली  साथीहरुले  के  भन्ने गरेका छन् भने शिक्षित युवाहरुलाई बालबच्चा जन्माउन निकै कम रुचि हुन्छ । एक युवा र एक युवती मिलेर विवाह गर्दछन् तर सन्तान जन्माउन चाहँदैनन् । अथवा एक युवा र एक युवती मिलेर बन्ने एक जोडीले मुस्किलले  एक  सन्तान  जन्माउँछन्  ।  वास्तवमा  यो  दुई  परिवार  मिलेर  एक  सन्तान  जन्माएको  हुन्छ  ।  यसरी प्रायः दुई परिवार मिलेर एक सन्तान जन्माउने चलनले  गर्दा  जनसंख्या  वृद्धि  नकारात्मक  बढेको  छ । नकारात्मक वृद्धिले जनसंख्यालाई बचाइ राख्नु कतिपय  देशको  समस्या  भएको  छ  ।  यसरी  विभिन्न  विकसित देशमा जनसंख्या कम हुँदै जानु समस्याको रुपमा रहेको छ ।जनसंख्याको अत्यधिक वृद्धि हुनु नकारात्मक हो भने जनसंख्याको वृद्धि आवश्यक अनुपातमा नहुनु पनि समस्याको रुपमा रहेको छ । जनसंख्याको सकारात्मक र  नकारात्मक  दुवै  किसिमको  वृद्धि  विश्वको  लागि  समस्या भइरहेको छ । विकसित देशमा जनसंख्या कम हुँदै  जानु  र  विकासशील  देशहरुमा  जनसंख्या  वृद्धि  ज्यादै  हुनु  गरी  जनसंख्याको  दुई  किसिमको  समस्या  रहेका  छन्  ।  केही  देशहरुमा  जनसंख्या  सन्तुलनमा  रहेको छ । जनसंख्याको वृद्धिलाई सन्तुलनमा राख्न सक्ने देशहरुले अहिले निकै विकास गरिरहेका छन् । जनसंख्यालाई  सन्तुलनमा  राख्नु  अहिले  धेरै  देशको  समस्या भएको छ ।अल्पविकसित   वा   विकासशील   देशहरुमा   जनसंख्याको  वृद्धिलाई  नियन्त्रित  गर्नु  परेको  छ  ।  जनसंख्याको वृद्धिको निरन्तर वृद्धिलाई नियन्त्रण गर्नु विभिन्न देशहरुले अनेक उपायहरु गरिरहेका छन् । जनसंख्या वृद्धिलाई रोक्न कतिपय देशले जनसंख्या शिक्षा विषय नै लागू गरेका छन् । जनसंख्या वृद्धिका असरबारे बालबालिकादेखि विश्वविद्यालयसम्मका विद्यार्थीलाई  जनसंख्या  वृद्धिले  भइरहेको  हानिको  विषयमा   शिक्षा   दिएर   प्रत्यक्ष   वा   परोक्षरुपमा   बढी  बालबच्चा  जन्माउने  अभिभावकलाई  देश  विकासको गति कमजोर बनाएको आरोपी बताउने गरिएको छ । यसले प्रत्यक्षतः जनसंख्या बढाउनुलाई अपराध मान्ने गरेको हुन सक्छ । शिक्षित बेरोजगारी बढेर गएको देखिएको छ । विभिन्न देशहरुले आफ्नो  देशको  जनसंख्यालाई  नियन्त्रण  गर्ने  अन्य  प्रभावकारी कदमहरु पनि चालेका छन् । केही दशक पहिले  यतिसम्म  पनि  सुनिन्थ्यो  कि  केही  देशहरुले  कानुन बनाएर नै तोकिएको भन्दा बढी बालबच्चा जन्माउनेलाई  केही  सुविधाबाट  वञ्चित  गरेर  बढी  बालबच्चा  नजन्माउने  उपाय  गरेको  थियो  ।  यसै  गरी  कम  बच्चा  वा  एउटा  बच्चा  जन्माउनेलाई  केही  सुविधा  बढी  दिएर  र  बुढ्यौलीलाई  सुरक्षित  पार्ने  ग्यारेन्टी  गरिएको  पनि  सुनिएको  थियो  ।  जनसंख्यालाई  यसरी  बलजफ्ती  राज्यले  नियन्त्रण  गर्न खोज्ने देशहरुमा पनि केही दशकपछि जनसंख्या नियन्त्रण भएको देखिएको छ । यसै गरी जनसंख्या वृद्धिलाई   रोक्न   एकैचोटि   निरोधात्मक   कदम   चाल्नुभन्दा  जनसंख्या  शिक्षामा  बढी  बल  गर्ने  देशहरुले पनि सफलता पाएको देखिएको छ ।हाम्रो  देशको  सन्दर्भमा  जनसंख्या  वृद्धि  गम्भीर  समस्याको  रुपमा  रहेको  छ  ।  देशमा  माओवादी  द्वन्द्व  उत्कर्षमा  रहेको  समयमा  गरिएको  जनगणनाले  जनसंख्या  केही  कम  भएको  देखाएको  थियो  ।  त्यसभन्दा अघि र त्यसभन्दा पछि पनि जनसंख्याको वृद्धि  उल्लेख्य  रुपमा  भएको  देखिएको  छ  ।  कुनै  परिवारमा धेरै बालबच्चा हुँदा सबैको शिक्षादीक्षामा प्रभाव  पर्ने  गरेको  छ  ।  शिक्षा  प्रभावित  हुँदा  गरिबी  बढ्छ, फेरि गरिबीले अशिक्षा बढाउँछ । यसरी गरिबी र अशिक्षाबीच अन्योन्याश्रित सम्बन्ध रहेको छ । प्रदेश  दुई  भूगोलको  दृष्टिले  यस  देशको  झन्डै  सबैभन्दा  सानो  प्रदेश  हो  तर  जनसंख्याको  दृष्टिले  दोस्रो  ठूलो  प्रदेश  हो  ।  सबैले  बुझेका  छन्,  जनसंख्या  प्रदेश  दुईको  ठूलो  समस्या  हो  ।  यहाँको जनसंख्याको अनुपातमा यहाँ रोजगारीको अवस्था  ज्यादै  दयनीय  रहेको  छ  ।  रोजगारीको  अवस्था दयनीय रहँदा अधिकांश युवाको चाहना परदेशमा कामको खोजी हुने गरेको छ । परदेशमा गएर निकै निकृष्ट श्रम पनि गर्नु पर्दछ । परदेशको कामले  श्रमिकको  केही  परिवारमा  सन्तुष्टि  त  छ  तर  अधिकांश  परिवार  भने  सधैँ  चिन्तामा  हुन्छ  ।  बढ्दो  जनसंख्याले  के  समस्या  देखिएको  छ  भने  हरेक पुस्ताको काम आफ्नो लागि घर बनाउनु र सन्तानको लागि घरेडी सुरक्षित पार्नु । सामान्यतया दुई वा तीनजना छोरा हुँदा बाबुले आफ्नो लागि घर  बनाउन  नपाउँदै  सबै  छोराको  लागि  सोच्नु  परिरहेको  छ  ।  तीन  दाजुभाइका  पनि  त्यसै  गरी  तीन  तीन  सन्तान  हुन्छन्  ।  सबैले  फेरि  त्यहीँ  तीन  सन्तानका  लागि  घर  घरेडीको  समस्यामा  अल्झनु परेको छ । यसरी हामी जनसंख्या वृद्धिले बढीमात्रामा   दाल,   भात   र   डुकुमै   आफूलाई   अल्झाउनु परेको छ । प्रदेश  सरकारले  अत्यधिक  जनसंख्या  वृद्धि  भइरहेको   जिल्ला,   अत्यधिक   जनसंख्या   वृद्धि   भइरहेको जाति र अन्य क्षेत्र किटान गरेर जनसंख्या वृद्धिलाई कम गर्ने उपायको खोजी गर्नु परेको छ । जनसंख्या  वृद्धिले  जनसंख्या  विस्फोटको  रुप  लिन  नपाओस् । जनसंख्या प्रदेशको समस्या नबनोस् बरु विकासको सहायक र हरेक नागरिक प्रदेशको लागि उत्तिकै महत्वपूर्ण बन्न सकोस् भन्ने किसिमको नीति बनाउनु आवश्यक भइसकेको छ । कम्तीमा प्रत्येक युवालाई देशमै स्वरोजगार बन्न सक्ने गरी विभिन्न किसिमका तालिमहरुको व्यवस्था गर्न सकियो भने जनसंख्या अभिशाप होइन वरदानको रुपमा साबित हुन सक्छ ।

 

जनकपुरधाम । जनकपुरधाम उप–महानगरपालिका र खानेपानी ढल व्यवस्थापन विभाग...

काठमाडौँ : स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवले अनशनरत प्राध्यापक डा...

काठमाडौँ : नेपालकै सबैभन्दा ठूलो कारागारका रुपमा रहेको केन्द्रीय कारागारमा...

फ्रान्समा सरकार विरोधी आन्दोलन झन् चर्कंदै गएको छ ।...

काठमाडौं । एएफसी यूथ–२३ च्याम्पियनसिप फुटबलका लागि छनोट चरणको खेल...

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म गरिने स्वस्थानी व्रत आजदेखि...

सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आइतबार ध्वाँसे चितुवाको...

डोल्पा : डोल्पामा एक थान बुद्धमूर्ति चोरी गरी फरार रहेका...

डडेल्धुरा : डडेल्धुराका दुर्गम बस्तीका सामुदायिक विद्यालय नमूना बन्दै...

भ्रमण टोली आजै स्वीट्जरल्याण्डको जुरिचतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ...

जनकपुर उपमहानगरपालिका ४ की दुई वर्षिया गौरी शर्मा र...

अब नेपाल राष्ट्र बैंकले सर्वसधारणलाई १ सय दरको भन्दा माथिको...

जनकपुरधाम । मधेशी आयोगको अध्यक्षमा धनुषाका डा विजय दत्तको...

सिरहाको लहानमा आउदो माघ २६ गते भव्य साँस्कृति...

कैलाली । कैलालीको जानकी गाउँपालिका–७ गोलौरीमा प्रेमलाल चौधरीले श्रीमतीको हत्या...

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राखेर १२ दिनदेखि आमरण...

सर्लाही : घरमा बालेको घुरबाट आगलगी हुँदा बलरा नगरपालिका–८...

धनुषाधाम : जिल्लाको पूर्वी उत्तरी क्षेत्रस्थित धनुषाधाममा माघ...

राजविराज । सप्तरीबाट सीके राउत समर्थक चार जना कार्यकर्ता पक्राउ...

लहान । सिरहा जिल्लाको वरियारपट्टी गाउँपालिकाले दोस्रो ऐतिहासिक गाउँसभा...

जनकपुरधाम : जनकपुरधाममा करेन्ट लागेर घटनास्थलमै दुई जनाको...

जनकपुरधाम : राजपा निकट राष्ट्रिय विद्यार्थी संघ जनकपुरका नगर उप-सभापति...

सर्लाही : सर्लाही जिल्लामा आज बिहान भएको छुट्टछुट्टै सवारी...

गोपाल बराल ,बर्दिवास : ‘खाजा खाउँ...लाई, सनेस (कोसेली)...

अछाम : अछामको कमलबजार नगरपालिकामा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु...

काठमाडौं : आफ्नाे माेबाइलकाे पासवर्ड निदिँदा श्रीमतीले श्रीमानलाई जिउँदै...

जनकपुरधाम । प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण...

वीरगन्ज : पर्सा जिल्लालाई चैत्र मसान्तसम्ममा खुलादिशा मुक्त जिल्ला घोषणा...

जीतपुर : सवारी दुर्घटना न्युनिकरणकोलागि सवारी साधनहरुको मेकानिकल...

सिरहा : सिरहाको बरियारपट्टी गाउँपालिकामा रहेका सरकारी अस्पतालमा औषधिको...

जनकपुरधाम । प्रदेश २ का उधोग पर्यटन, वन तथा वातावरण...

भारतको जयनगरदेखि जनकपुरधाम सम्म पहिलो चरणमा सञ्चालन गर्न नेपाल सरकारले...

लण्डन । बेलायतकी महारानी एलिजाबेथ द्वितीयका पति फिलिप एक...

काठमाडौं । लेभान्तेलाई पाखा लगाँउदै बार्सिलोना स्पेनिस कप अर्थात कोपा...

काठमाडौं : चिकित्सा शिक्षा सुधारको माग गरेर १६ औं...

वीरगन्ज । अश्वमेध गायत्री महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ...

सिरहाको वरियापट्टी गाउँकार्यपालिकाको प्राङगनमा संघर्ष समितिले आज देखि कामकाज प्रभावित...

सर्लाही : देव विकास बैंकसँग मर्जरको प्रकृयामा रहेको सहारा...

बारा । १८ वर्ष देखि फरार रहेका चुरी मुद्दाका प्रतिवादी...

गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा उपचारका क्रममा बुधवार एक जना बिरामीको...