Mon, 19 Nov 2018
ताजा समाचार
सात लाखको लुटपाट, पाँच जना घाइते || सडक डिभिजनको मनपरी || रंगशाला स्थलको निरीक्षण || हत्याका अभियुक्त बाबा रामपालको पक्षमा प्रदर्शन || मन्त्री यादबद्धारा ‘दिल के बात’ विमोचन || कर अधिकृत सेवाग्राही सँग || चुनावको वाचा पुरा गर्छुः नेता यादव || अयोध्याबाट बस सेवा सुरु || ४० दिनपछि प्रदेश सभा बैठक बस्दै || अढाई अर्व बढीको जग्गा किर्ते गर्ने पक्राउ || प्रदेशको नामाकरणमा काँग्रेस भित्र विवाद || शैक्षिक महाअभियानमा जुट्न शिक्षामन्त्रीको आग्रह || बलात्कारका आरोपित पक्राउ || डोनाल्ड ट्रम्पले पत्रकार खशोग्जीको हत्याको टेप सुन्नै नसक्ने ! || थ्रीस्टार सामू ब्रिगेड ब्वाइज निरीह, पुलिस र मच्छिन्द्रको बराबरी || कोबिनि हस्पिटालटी सुरु || सभापति माथिको अविश्वासको प्रस्ताव खारेज || निःशुल्क स्वास्थ्य शिविर || सामुदायिक कृषि सहकारीको साधारणसभा सम्पन्न || योगीलाई राउतले स्वागत गर्ने, सम्मानमा भण्डारा || बलात्कारीलाई पक्राउ गर्न प्रहरी उदासिन || मुख्यमन्त्री योगी भ्रमणको तयारी प्रारम्भ || स्वास्थ्य पर्यटक भित्र्याउने तयारी || आधुनिकीकरण व्यवसायीकरणमा जोड || धनुषा प्रहरीले पीडकलाई संरक्षण दिएको आरोप || एसईई उत्कृष्ट शिक्षा २०७५ पुरस्कारबाट सम्मानित || बलेरीे वनबाट काठ चोरी || दुई जनामाथि मुद्दा दर्ता || घरेलु मदिरा बिक्रिमा महिलाको संलग्नता बढ्दो || उद्योगको लागि जग्गा निरीक्षण || आखा अस्पताल जिल्लाको धरोहर ,राज्य मंत्री यादव || सडकको दोहरो मापदण्ड विरुद्ध मुद्दा || मधेशी जनता अझै अधिकारबाट बञ्चित : साँसद ठाकुर || निलम्बन द्विवेदीको नौटंकी : चौधरी || ठाकुरको हत्या || प्रिमियर लिगमा पनि 'भार' प्रयाेग हुने || सार्वजनिक भयो रणवीर र दीपिकाको विवाहको फोटो || लंकामा सांसदहरुबीच कुटाकुट, सभामुखमाथि आक्रमणको प्रयास || सीके राउतलाई सर्वोच्चमा उपस्थित गराइयो || प्रदेशको नामाकरणका लागि कार्यदलले कार्य थाले ||
साहित्य, प्रवृत्ति र विद्यापति

साउन १, २०७५

  •                              रोशन जनकपुरी

गत हप्ता जनकपुरमा विद्यापति पुरस्कार वितरण समारोहमा वक्ताहरुले बोलेका धारणाहरु त्यसो त सामान्य नै थिए । तर साहित्यिक प्रवृत्तिको दृष्टिले केही विचारणीय विषय पनि थिए । विशेषतः जब मैले विद्यापति प्रति आलोचनात्मक दृष्टिकोण राखँें , त्यसपछि केही वक्ताहरुले यसलाई स्प्र्श गरी आफ्नो धारणा राखेका थिए , जस्को सार थियो विद्यापति अनालोच्य छन्, उनको आलोचना गर्नु मानौ महापाप हो । विद्यापतिलाई उनको समकालिनतामा हेर्नु पर्दछ । अझ मैले आफूलाई अनिश्वरवादी, देवत्वमा विश्वास न राख्ने बरु मानव र मानवीय सौर्यमा विश्वास राख्ने तथा श्रमजीवी वर्गको पक्षधर भनेपछि मेरा धारणाहरु उनिहरुको निशानामा पर्नु त स्वाभाविक नै थियो । कार्यक्रमका प्रमुख अतिथि जो आफूलाई माक्र्सवादी भन्न रुचाउँंथे उनले त ध्वस र निर्माण बीच पुनर्निमाणको व्याख्या गर्दै देवत्वको द्वन्दवादी निशाना परोक्षरुपमा मतिर तेस्र्याउनुपनि रमाइलै थियो । सामान्यतः हेर्दा मैले राखेका वा कार्यक्रमा उपस्थित अन्य वक्ताहरुले राखेका विषयहरु प्रत्यक्षतः विद्यापतिप्रति केन्द्रित रहेपनि यथार्थमा यो साहित्य र साहित्यको सृजनशीलता, दुबै भित्रको प्रवृत्तिसंग जोडिएको विषय हो । साहित्य मानवीय जीवनमा उपस्थित कार्यव्यापार, यसलाई माक्र्सवादी भाषामा भनौभने मानवीय जीवनको सहजता र जटिलताको द्वन्दात्मक स्थितिको कलात्मक अभिव्यक्ति हो । वस्तुतः साहित्य जीवन र जगतबारे मानवीय मनमा बनेको भावचित्रको अभिव्यक्ति हो । प्रकृत्तिसंगको लाखौँं वर्षको सहयात्रा र द्वन्दमा मानवको अनुभूति, धारणा र विचारको विकासले जीवन र जगतबारे दुई सत्ताको दृष्टिकोण विकसित गरायो — इहलोक (भौतिक जगत) र परलोक –पारलौकिक अथवा अभौतिक जगत) । यहाँं यो बुझ्नु रुचिकर हुनेछ कि यो परलोकको धारणापनि भौतिक मानिसहरुले गरेका हुन् । यी दुबैलोकका वैचारिक व्याख्या, विश्लेषण र संश्लेषणहरु विकसित भए । यी सबैलाई हामी मानव मनको दुई दिशा भन्न सक्दछौँं । अनुभूति, धारणा र विचारको लामो यात्राले विचारलाईपनि विशिष्ट भौतिकतामा परिणत गरिदियो, जसलाई हामी दर्शन, धर्म, राजनीतिक विचार, सामाजिक विचार, नैतिकता, मानवीयता, वर्गीयता, वर्गसंघर्ष, वर्गसमन्वय, का्रन्ति, शान्ति, आशा, निराशा, उत्साह, कुंठा, विभत्सता, प्रेम, घृणा, धार्मिकता, नास्तिकता, अनिश्वरवाद आदि विविधरुपमा वैश्विकस्तरमा र मानवीय गुणको रुपमा अभिव्यक्त भएको पाउँंदछौँं । साहित्यले यिनै विषयहरुलाई कविता, कथा, नाटक आदि विविध विधाको माध्यमबाट अभिव्यक्त गर्दछ ।  साहित्यकारलेजीवन र जगतलाई अभिव्यक्त गर्दछ भन्ने कुरा पहिले नै भनियो । जब साहित्यकारले आफूभित्र रहेको मनोभाव अथवा मनोजगतलाई बाहिरी जगतसंग तादात्म्य स्थापित गराउँंदछ , उसको सृजनामा भौतिकता, मानवीयता, मानवीय पीड़ा र निदानको कारकतत्व भौतिक जगतमै अभिव्यक्त भइरहेको हुन्छ । र जब साहित्यकारले समग्र मानवीय अस्तित्वबोध, मानवीय पीड़ा र त्यसको निदानको कारकतत्व कुनै पारलौकिकतामा खोज्न थाल्दछ , उसको सृजनामा अभौतिक काल्पनिकता, वायवियता, निरीहता, मानवीय अस्तित्वहीनता आदि अमानवीयता देखिन थाल्दछ । यस प्रकारका रचनाहरुले मानवीय पीड़ाबाट मुक्तहुन मानवीय प्रयासहरु भन्दापनि पारलौकिक परनिर्भरता र अलौकिकको स्तुतिमा भरपर्न तर्फ प्रेरित गर्दछ । यहाँं मननीय के छ भने साहित्य जुनसुकै भएपनि, उसको अन्तिम लक्ष्य सुख नै हो । सुख अर्थात दु?खबाट मुक्ति अर्थात आवश्यकताको संसारबाट मुक्त भएर स्वतन्त्रताको संसारमा रमाउनु । तर आवश्यकताको संसारबाट मुक्त कसरी हुने प्रश्न मुख्यतः दार्शनिक प्रश्न हो , जसको कलात्म्क व्याख्या र उत्तर खोज्ने काम साहित्यले गर्दछ । ती रुपबादी र कलावादी साहित्यकारहरुसमेत जस्ले साहित्यमा तटस्थको कुरा गर्दछन्, उनिहरु समेत साहित्य मनोरञ्जनको निमित्त हो भन्न छुटाउँंदैनन्अर्थात् उद्देश्य भन्न छुटाउँंदैनन् । साहित्यको भौतिकवादी धारा प्रकृत्तिवाद, स्वच्छन्दतावाद र अराजकतावाद हुँंदै प्रगतिवादमा विकास ग¥यो । आफैद्वारा निर्मित देवत्वसंग गँंठजोड गरेको राजनैतिक सत्ता (जस्ले समाजका धार्मिक, सांस्कृतिक, सामाजिक र आर्थिक सबै आयामहरुलाई नियन्त्रित गर्दछ) मानवको पीड़ाको मूख्य कारकतत्वमा विकसित भएपछि पीड़क विरुद्धको सर्वतोमुखी संघर्षमा विजय प्राप्त गरेपछि मात्र सुखको अनुभूति गर्न सकिन्छ भन्ने अवधारणा र मानवीय श्रम र सौर्यमा विश्वास गर्ने आलोचनात्मक यथार्थवाद र अझ त्यसभन्दा माथीसमाजवादी यथार्थवादमा यसले आफूलाई विकसितगरायो । एउटा अध्यात्मवादी वा पारलौकिकतावादी र काल्पनिक भौतिकवादीभन्दा भिन्न प्रगतिवादीहरुले साहित्यको विषय र पात्रहरुको प्रस्तुति देवत्वको महिमागान भन्दापनि विचार होस वा सत्ता, पीड़ाका सबै श्रोत कारकहरुको विरुद्ध मानवीय संघर्षमा रत् समुदाय, पात्र र विचारलाई केन्द्रमा राख्दछ । अतः प्रगतिवादी साहित्यकारहरु र साहित्यहरु मानवीय र एउटा पीड़ामुक्त मानवीय समाजको निर्माणको पक्षमा सार्थक हुने गर्दछन् । साहित्यबारे यस समग्र विमर्शको सार के हो भने साहित्यका दूईवटा धाराहरु हुन्छन् । एउटाको केन्द्रमा अलौकिक देव र अभौतिकता हुन्छ भने अर्कोको केन्द्रमा मानव र भौतिकता हुन्छ । आध्यात्मिक साहित्यकारका सृजनाहरुमा खुशी, निरासा, कुन्ठा , त्रासदी, मुक्ति र शान्ति सबै अलौकिकतामा नै समर्पित हुन्छ, यसले निष्कामता र अगतितिर प्रेरित गर्दछ । त्यसतै भौतिकवादी विशेष गरेर प्रगतिवादी साहित्यकारको सृजनामा खुशी, आशा, उत्साह, क्षोभ, घृणा, आक्रोश, वर्गसंघर्ष, समाजवादी स्वप्न, पराजय, विजय, मानवीय सौर्य र संघर्ष सबै मानवीय हितप्रति समर्पित हुन्छ । यसले निराशा, कुन्ठा र अगतिशीलतालाई घुणा गर्दछ भने सम्पूर्ण अर्थमा मानवीय समाजको निर्माणको निम्ती संघर्ष गर्न प्रेरित गर्दछ । साहित्यका यी दुई दृष्टिकोणहरु एतिहासिक प्रक्रियामा, आध्यात्मिक दृष्टिकोण कयौँंपटक मानवीय धारा नजिक आएकोपनि देखिन्छ । यया, बुद्ध दर्शनबाट प्रभावित सहजानन्दका पक्षधर देहवादी सरहपा र भुसुकपालगायत देहवादी र सहजयानी सिद्ध साहित्यकारहरु, कबीर आदिलाई लिन सकिन्छ । श्रमजीविपक्षधर माक्र्सवादी विचारको विकास र सोभियतसंघमा मजदूरहरुले साम्यवादी समाजको लक्ष्य लिएर विद्रोह गरेर राज्य स्थापना गरेपछि कयौ कलावादी मानवीय साहित्यकारहरु समेत समाजवादी र साम्यवादी स्वप्न बोकेको प्रगतिवादी साहित्यिक विचार र प्रवत्तिको नजिक आएको देखिन्छ । यसमा अँंग्रजी साहित्यका प्रसिद्ध प्रकृतिवादी स्वच्छन्दतावादी वर्ड्सवर्थ देखि हिन्दीका रविन्द्रनाथ टैगोर र नेपालीभाषाका महाकवि लक्ष्मीपसाद देवकोटा समेतलाई लिन सकिन्छ । अब प्रश्न उठ्दछ, साहित्यको यस प्रवृत्तिगत यात्रामा मैथिली भाषाका महाकवि विद्यापति कहाँं पर्दछन् । महाकवि विद्यापति मैथिली साहित्यको ऐतिहासिक यात्रामा कलाको दृष्टिले सबैभन्दा माथिल्ला मानदण्ड हुन् भन्नेमा कसैको विमति छैन । कला र साहित्यिक सामथ्र्यको दृष्टिले उनि अद्वितीय हुन् भन्नेमापनि कुनै संशय छैन । तर कवि विद्यापतिको गीत र कवितामा निहित विचारहरु अनालोच्य हुन त ? कयौँं समालोचकहरुले उनलाई कला र विचार दुबैमा सम्पूर्ण कविभन्दछन् । कयौँंले उनको कवितामा अतिशय मात्रामा रहेको स्तुति, निरीहता र अति श्रृङ्गारिकतालाई तत्कालिनमा अर्थात विद्यापतिको कालखण्डमा राखेर विचार गर्नुपर्ने आग्रह राख्दछन् । गत हप्ताको विद्यापति पुरस्कार कार्यक्रममा समेत यस प्रकारका विचार पोखिएका थिए । यसैगरि एउटा पक्षले विद्यापतिलाई देवत्वकरण गरेर उनमाथीको सबैप्रकारको आलोचनालाई निषेध गर्न चाहन्छन् । गतिशील संसारमा कुनैपनि विचार आलोचनाभन्दा पृथक हुन सक्दैन । विद्यापतिपनि हुन् सक्दैनन् । तर यसोभनि रहँंदा उनको कला र साहित्यिक सामथ्र्य प्रति असम्मानको अर्थमा बुझिन्छ भने त्यो गलत र बुझाईको दरिद्रपना हुनेछ । विद्यापति एउटा धर्मभीडू चेतनाका श्रृङ्गारिक कवि हुन् । मैले यसो भनिरहँंदा मैथिलीभाषाका प्रसिद्ध र मेरापनि श्रद्धेय प्रगतिशील स्वफर्त कवि यात्री ( हिन्दीका नागार्जुन, बैद्यनाथ झा)को रोष सहनु पर्ने हुन्छ । उनले विद्यापतिलाई राज दरबारका रंग रागका श्रृङ्गारिक कवि भन्नेहरुलाई वायू विकारग्रस्त उग्रवाम भनेका छन् । तर यति भनेर पनि विद्यापतिको गीतहरुमा प्रयुक्त विविध नग्न बिम्बहरुको माध्यमबाट नायिकाको नख शिख बर्णन, राजा शिवसिंह, रुपनरायन, लखिमादेवी, कृष्ण, राधा, आदिको श्रृङ्गारिक वर्णन जस्ले कामातुर आनन्द (इरोटिक प्लेजर) बाहेक अन्य कुनै मानवीय आनन्द सृजना गर्दैन, भन्ने तथ्यलाई उपेक्षा गर्न सकिँंदैन । न त यसले कुनै आध्यात्मिक समर्पणको भाव नै उत्पन्न गर्दछ ।  शायद यसैले होला, जनकवि यात्रीले विद्यापतिलाई श्रृङ्गारिक कवि भन्नेलाई उग्रवामपन्थी भनेपनि आफूपनि सांकेतिक आलोचना गर्नभने बाध्य भएका छन् । उनको आलोचनापनि रोचक छ ः।।।दिक्कदारीमा कहिले काहीँं कवि कोकिल र उनको भनिता–टंकित मालिक मलिकाइनको सामन्ती सत्य सुहाउँंदैन, तर यसमा बिचरा विद्यापतिको के दोष ?” (यात्री समग्र ÷राजकमल प्रकाशन, २००३) वस्तुतः यसलाई महाकविप्रति जनकविको कविसुलभ आसक्ति मात्र भन्न सकिन्छ । होइन भने विद्यापतिका कोमल कान्त पदावलीको सरल अनुवाद सार्वजनिक स्थलमा सुनाउन गाहे छ । यहाँं केही उदारण प्रस्तुत छ, अनुवाद आफै गर्नुस— ।।।भुज कुच चाप, जीव जौँं साठ, कुच कंचन कोरी काठ”।।।दिने दिने उन्नत पयोधर पीन । बाढ़ल नितम्ब माझ भेल खीन ।।”क्नक लतापर श्रीफल बेढ़ल, बीजू गरल बहुभाती ।।“कुच युग चारु चकेबा , निञकुल मिलत आनि कोने देवा ।ते शंका भुज पाशे, बाँंधि धरिअ उडि़ लागत अकासे ।।““सजनी निहुरि फुकु आगि, तोहर कमल भमर देखल मदन उठल जागि ।”र अन्तिम,“विद्यापति कवि गाओल रे, रस बुझ रस मन्त, रुप नराएन नागर रे लखिमादेवी कन्त । ”विद्यापतिका प्रायः सबै श्रङ्गारिक गीतहरुमा यस प्रकारका बिम्बहरु भरिएको छ । अतः उनि एउटा सिद्धहस्त श्रृङ्गारिक कवि हुन् भन्ने तथ्यलाई अस्वीकार्नु सूर्यलाई हत्केलाले छेक्नु सरह हुनेछ ।विद्यापतिले शिव, भोला र महादेवलाई केन्द्रमा राखेर लेखेका केही गीतहरुमा त केहीमा भक्त विद्यापतिले इष्ट महादेव र पार्वतीको दाम्पत्य चित्रको माध्यमबाट गाहस्र्थजीवनका तत्कालीन चित्र उतारेको पाइन्छ, भने केहीमा आफूलाई अधम मानेर मुक्तिको निम्ती निरीह स्तुतिहरु छन् । मेरो दृष्टिमा विद्यापतिका श्रृङ्गारिक भन्दा नचारी र महेशवाणीहरुमा केही अंशमा मानवीय जीवनका जटिलता, गरीबी, उपेक्षा आदि उदास भावहरु उद्धृत भएका छन् । तर यसको निदानभने उनि मानवीय प्रयासमा नभई आधिभौतिकतामा खोज्दछन् — कखन हरब दुःख मोर हे भोला नाथ । यस अर्थमा उनलाई मानवीय स्वाभावको श्रृङ्गार र उदास भावको गायक भन्न सकिनछ । समग्रमा विद्यापति श्रृङ्गार र स्तुतिका कवि हुन् । निश्चितरुपमा उनका कविता र गीतहरु तत्कालीन परिवेशमा लेखिएका छन् । वर्तमानमा यसको वैचारिक निष्कर्ष पुरातन छ , तर उनको कोमल बिम्ब र कलाको मानदण्ड चरमोत्कृष्ट छ । यस अर्थमा उनि अद्वितीय छन् । त्यसैले त छ सय वर्ष बितिसक्दापनि उनि मैथिलहरुको घर घरमा गुँंजित छन् । साँंचै उनि मैथिलीका महाकवि हुन्, जस्को सामथ्र्यमा गर्व गर्न  सकिन्छ ।गत हप्ता जनकपुरमा विद्यापति पुरस्कार वितरण समारोहमा वक्ताहरुले बोलेका धारणाहरु त्यसो त सामान्य नै थिए । तर साहित्यिक प्रवृत्तिको दृष्टिले केही विचारणीय विषय पनि थिए । विशेषतः जब मैले विद्यापति प्रति आलोचनात्मक दृष्टिकोण राखँें , त्यसपछि केही वक्ताहरुले यसलाई स्प्र्श गरी आफ्नो धारणा राखेका थिए , जस्को सार थियो विद्यापति अनालोच्य छन्, उनको आलोचना गर्नु मानौ महापाप हो । विद्यापतिलाई उनको समकालिनतामा हेर्नु पर्दछ । अझ मैले आफूलाई अनिश्वरवादी, देवत्वमा विश्वास न राख्ने बरु मानव र मानवीय सौर्यमा विश्वास राख्ने तथा श्रमजीवी वर्गको पक्षधर भनेपछि मेरा धारणाहरु उनिहरुको निशानामा पर्नु त स्वाभाविक नै थियो । कार्यक्रमका प्रमुख अतिथि जो आफूलाई माक्र्सवादी भन्न रुचाउँंथे उनले त ध्वस र निर्माण बीच पुनर्निमाणको व्याख्या गर्दै देवत्वको द्वन्दवादी निशाना परोक्षरुपमा मतिर तेस्र्याउनुपनि रमाइलै थियो । सामान्यतः हेर्दा मैले राखेका वा कार्यक्रमा उपस्थित अन्य वक्ताहरुले राखेका विषयहरु प्रत्यक्षतः विद्यापतिप्रति केन्द्रित रहेपनि यथार्थमा यो साहित्य र साहित्यको सृजनशीलता, दुबै भित्रको प्रवृत्तिसंग जोडिएको विषय हो । साहित्य मानवीय जीवनमा उपस्थित कार्यव्यापार, यसलाई माक्र्सवादी भाषामा भनौभने मानवीय जीवनको सहजता र जटिलताको द्वन्दात्मक स्थितिको कलात्मक अभिव्यक्ति हो । वस्तुतः साहित्य जीवन र जगतबारे मानवीय मनमा बनेको भावचित्रको अभिव्यक्ति हो । प्रकृत्तिसंगको लाखौँं वर्षको सहयात्रा र द्वन्दमा मानवको अनुभूति, धारणा र विचारको विकासले जीवन र जगतबारे दुई सत्ताको दृष्टिकोण विकसित गरायो — इहलोक (भौतिक जगत) र परलोक –पारलौकिक अथवा अभौतिक जगत) । यहाँं यो बुझ्नु रुचिकर हुनेछ कि यो परलोकको धारणापनि भौतिक मानिसहरुले गरेका हुन् । यी दुबैलोकका वैचारिक व्याख्या, विश्लेषण र संश्लेषणहरु विकसित भए । यी सबैलाई हामी मानव मनको दुई दिशा भन्न सक्दछौँं । अनुभूति, धारणा र विचारको लामो यात्राले विचारलाईपनि विशिष्ट भौतिकतामा परिणत गरिदियो, जसलाई हामी दर्शन, धर्म, राजनीतिक विचार, सामाजिक विचार, नैतिकता, मानवीयता, वर्गीयता, वर्गसंघर्ष, वर्गसमन्वय, का्रन्ति, शान्ति, आशा, निराशा, उत्साह, कुंठा, विभत्सता, प्रेम, घृणा, धार्मिकता, नास्तिकता, अनिश्वरवाद आदि विविधरुपमा वैश्विकस्तरमा र मानवीय गुणको रुपमा अभिव्यक्त भएको पाउँंदछौँं । साहित्यले यिनै विषयहरुलाई कविता, कथा, नाटक आदि विविध विधाको माध्यमबाट अभिव्यक्त गर्दछ ।  साहित्यकारलेजीवन र जगतलाई अभिव्यक्त गर्दछ भन्ने कुरा पहिले नै भनियो । जब साहित्यकारले आफूभित्र रहेको मनोभाव अथवा मनोजगतलाई बाहिरी जगतसंग तादात्म्य स्थापित गराउँंदछ , उसको सृजनामा भौतिकता, मानवीयता, मानवीय पीड़ा र निदानको कारकतत्व भौतिक जगतमै अभिव्यक्त भइरहेको हुन्छ । र जब साहित्यकारले समग्र मानवीय अस्तित्वबोध, मानवीय पीड़ा र त्यसको निदानको कारकतत्व कुनै पारलौकिकतामा खोज्न थाल्दछ , उसको सृजनामा अभौतिक काल्पनिकता, वायवियता, निरीहता, मानवीय अस्तित्वहीनता आदि अमानवीयता देखिन थाल्दछ । यस प्रकारका रचनाहरुले मानवीय पीड़ाबाट मुक्तहुन मानवीय प्रयासहरु भन्दापनि पारलौकिक परनिर्भरता र अलौकिकको स्तुतिमा भरपर्न तर्फ प्रेरित गर्दछ । यहाँं मननीय के छ भने साहित्य जुनसुकै भएपनि, उसको अन्तिम लक्ष्य सुख नै हो । सुख अर्थात दु?खबाट मुक्ति अर्थात आवश्यकताको संसारबाट मुक्त भएर स्वतन्त्रताको संसारमा रमाउनु । तर आवश्यकताको संसारबाट मुक्त कसरी हुने प्रश्न मुख्यतः दार्शनिक प्रश्न हो , जसको कलात्म्क व्याख्या र उत्तर खोज्ने काम साहित्यले गर्दछ । ती रुपबादी र कलावादी साहित्यकारहरुसमेत जस्ले साहित्यमा तटस्थको कुरा गर्दछन्, उनिहरु समेत साहित्य मनोरञ्जनको निमित्त हो भन्न छुटाउँंदैनन्अर्थात् उद्देश्य भन्न छुटाउँंदैनन् । साहित्यको भौतिकवादी धारा प्रकृत्तिवाद, स्वच्छन्दतावाद र अराजकतावाद हुँंदै प्रगतिवादमा विकास ग¥यो । आफैद्वारा निर्मित देवत्वसंग गँंठजोड गरेको राजनैतिक सत्ता (जस्ले समाजका धार्मिक, सांस्कृतिक, सामाजिक र आर्थिक सबै आयामहरुलाई नियन्त्रित गर्दछ) मानवको पीड़ाको मूख्य कारकतत्वमा विकसित भएपछि पीड़क विरुद्धको सर्वतोमुखी संघर्षमा विजय प्राप्त गरेपछि मात्र सुखको अनुभूति गर्न सकिन्छ भन्ने अवधारणा र मानवीय श्रम र सौर्यमा विश्वास गर्ने आलोचनात्मक यथार्थवाद र अझ त्यसभन्दा माथीसमाजवादी यथार्थवादमा यसले आफूलाई विकसितगरायो । एउटा अध्यात्मवादी वा पारलौकिकतावादी र काल्पनिक भौतिकवादीभन्दा भिन्न प्रगतिवादीहरुले साहित्यको विषय र पात्रहरुको प्रस्तुति देवत्वको महिमागान भन्दापनि विचार होस वा सत्ता, पीड़ाका सबै श्रोत कारकहरुको विरुद्ध मानवीय संघर्षमा रत् समुदाय, पात्र र विचारलाई केन्द्रमा राख्दछ । अतः प्रगतिवादी साहित्यकारहरु र साहित्यहरु मानवीय र एउटा पीड़ामुक्त मानवीय समाजको निर्माणको पक्षमा सार्थक हुने गर्दछन् । साहित्यबारे यस समग्र विमर्शको सार के हो भने साहित्यका दूईवटा धाराहरु हुन्छन् । एउटाको केन्द्रमा अलौकिक देव र अभौतिकता हुन्छ भने अर्कोको केन्द्रमा मानव र भौतिकता हुन्छ । आध्यात्मिक साहित्यकारका सृजनाहरुमा खुशी, निरासा, कुन्ठा , त्रासदी, मुक्ति र शान्ति सबै अलौकिकतामा नै समर्पित हुन्छ, यसले निष्कामता र अगतितिर प्रेरित गर्दछ । त्यसतै भौतिकवादी विशेष गरेर प्रगतिवादी साहित्यकारको सृजनामा खुशी, आशा, उत्साह, क्षोभ, घृणा, आक्रोश, वर्गसंघर्ष, समाजवादी स्वप्न, पराजय, विजय, मानवीय सौर्य र संघर्ष सबै मानवीय हितप्रति समर्पित हुन्छ । यसले निराशा, कुन्ठा र अगतिशीलतालाई घुणा गर्दछ भने सम्पूर्ण अर्थमा मानवीय समाजको निर्माणको निम्ती संघर्ष गर्न प्रेरित गर्दछ । साहित्यका यी दुई दृष्टिकोणहरु एतिहासिक प्रक्रियामा, आध्यात्मिक दृष्टिकोण कयौँंपटक मानवीय धारा नजिक आएकोपनि देखिन्छ । यया, बुद्ध दर्शनबाट प्रभावित सहजानन्दका पक्षधर देहवादी सरहपा र भुसुकपालगायत देहवादी र सहजयानी सिद्ध साहित्यकारहरु, कबीर आदिलाई लिन सकिन्छ । श्रमजीविपक्षधर माक्र्सवादी विचारको विकास र सोभियतसंघमा मजदूरहरुले साम्यवादी समाजको लक्ष्य लिएर विद्रोह गरेर राज्य स्थापना गरेपछि कयौ कलावादी मानवीय साहित्यकारहरु समेत समाजवादी र साम्यवादी स्वप्न बोकेको प्रगतिवादी साहित्यिक विचार र प्रवत्तिको नजिक आएको देखिन्छ । यसमा अँंग्रजी साहित्यका प्रसिद्ध प्रकृतिवादी स्वच्छन्दतावादी वर्ड्सवर्थ देखि हिन्दीका रविन्द्रनाथ टैगोर र नेपालीभाषाका महाकवि लक्ष्मीपसाद देवकोटा समेतलाई लिन सकिन्छ । अब प्रश्न उठ्दछ, साहित्यको यस प्रवृत्तिगत यात्रामा मैथिली भाषाका महाकवि विद्यापति कहाँं पर्दछन् । महाकवि विद्यापति मैथिली साहित्यको ऐतिहासिक यात्रामा कलाको दृष्टिले सबैभन्दा माथिल्ला मानदण्ड हुन् भन्नेमा कसैको विमति छैन । कला र साहित्यिक सामथ्र्यको दृष्टिले उनि अद्वितीय हुन् भन्नेमापनि कुनै संशय छैन । तर कवि विद्यापतिको गीत र कवितामा निहित विचारहरु अनालोच्य हुन त ? कयौँं समालोचकहरुले उनलाई कला र विचार दुबैमा सम्पूर्ण कविभन्दछन् । कयौँंले उनको कवितामा अतिशय मात्रामा रहेको स्तुति, निरीहता र अति श्रृङ्गारिकतालाई तत्कालिनमा अर्थात विद्यापतिको कालखण्डमा राखेर विचार गर्नुपर्ने आग्रह राख्दछन् । गत हप्ताको विद्यापति पुरस्कार कार्यक्रममा समेत यस प्रकारका विचार पोखिएका थिए । यसैगरि एउटा पक्षले विद्यापतिलाई देवत्वकरण गरेर उनमाथीको सबैप्रकारको आलोचनालाई निषेध गर्न चाहन्छन् । गतिशील संसारमा कुनैपनि विचार आलोचनाभन्दा पृथक हुन सक्दैन । विद्यापतिपनि हुन् सक्दैनन् । तर यसोभनि रहँंदा उनको कला र साहित्यिक सामथ्र्य प्रति असम्मानको अर्थमा बुझिन्छ भने त्यो गलत र बुझाईको दरिद्रपना हुनेछ । विद्यापति एउटा धर्मभीडू चेतनाका श्रृङ्गारिक कवि हुन् । मैले यसो भनिरहँंदा मैथिलीभाषाका प्रसिद्ध र मेरापनि श्रद्धेय प्रगतिशील स्वफर्त कवि यात्री ( हिन्दीका नागार्जुन, बैद्यनाथ झा)को रोष सहनु पर्ने हुन्छ । उनले विद्यापतिलाई राज दरबारका रंग रागका श्रृङ्गारिक कवि भन्नेहरुलाई वायू विकारग्रस्त उग्रवाम भनेका छन् । तर यति भनेर पनि विद्यापतिको गीतहरुमा प्रयुक्त विविध नग्न बिम्बहरुको माध्यमबाट नायिकाको नख शिख बर्णन, राजा शिवसिंह, रुपनरायन, लखिमादेवी, कृष्ण, राधा, आदिको श्रृङ्गारिक वर्णन जस्ले कामातुर आनन्द (इरोटिक प्लेजर) बाहेक अन्य कुनै मानवीय आनन्द सृजना गर्दैन, भन्ने तथ्यलाई उपेक्षा गर्न सकिँंदैन । न त यसले कुनै आध्यात्मिक समर्पणको भाव नै उत्पन्न गर्दछ ।  शायद यसैले होला, जनकवि यात्रीले विद्यापतिलाई श्रृङ्गारिक कवि भन्नेलाई उग्रवामपन्थी भनेपनि आफूपनि सांकेतिक आलोचना गर्नभने बाध्य भएका छन् । उनको आलोचनापनि रोचक छ ः।।।दिक्कदारीमा कहिले काहीँं कवि कोकिल र उनको भनिता–टंकित मालिक मलिकाइनको सामन्ती सत्य सुहाउँंदैन, तर यसमा बिचरा विद्यापतिको के दोष ?” (यात्री समग्र ÷राजकमल प्रकाशन, २००३) वस्तुतः यसलाई महाकविप्रति जनकविको कविसुलभ आसक्ति मात्र भन्न सकिन्छ । होइन भने विद्यापतिका कोमल कान्त पदावलीको सरल अनुवाद सार्वजनिक स्थलमा सुनाउन गाहे छ । यहाँं केही उदारण प्रस्तुत छ, अनुवाद आफै गर्नुस— ।।।भुज कुच चाप, जीव जौँं साठ, कुच कंचन कोरी काठ”।।।दिने दिने उन्नत पयोधर पीन । बाढ़ल नितम्ब माझ भेल खीन ।।”क्नक लतापर श्रीफल बेढ़ल, बीजू गरल बहुभाती ।।“कुच युग चारु चकेबा , निञकुल मिलत आनि कोने देवा ।ते शंका भुज पाशे, बाँंधि धरिअ उडि़ लागत अकासे ।।““सजनी निहुरि फुकु आगि, तोहर कमल भमर देखल मदन उठल जागि ।”र अन्तिम,“विद्यापति कवि गाओल रे, रस बुझ रस मन्त, रुप नराएन नागर रे लखिमादेवी कन्त । ”विद्यापतिका प्रायः सबै श्रङ्गारिक गीतहरुमा यस प्रकारका बिम्बहरु भरिएको छ । अतः उनि एउटा सिद्धहस्त श्रृङ्गारिक कवि हुन् भन्ने तथ्यलाई अस्वीकार्नु सूर्यलाई हत्केलाले छेक्नु सरह हुनेछ ।विद्यापतिले शिव, भोला र महादेवलाई केन्द्रमा राखेर लेखेका केही गीतहरुमा त केहीमा भक्त विद्यापतिले इष्ट महादेव र पार्वतीको दाम्पत्य चित्रको माध्यमबाट गाहस्र्थजीवनका तत्कालीन चित्र उतारेको पाइन्छ, भने केहीमा आफूलाई अधम मानेर मुक्तिको निम्ती निरीह स्तुतिहरु छन् । मेरो दृष्टिमा विद्यापतिका श्रृङ्गारिक भन्दा नचारी र महेशवाणीहरुमा केही अंशमा मानवीय जीवनका जटिलता, गरीबी, उपेक्षा आदि उदास भावहरु उद्धृत भएका छन् । तर यसको निदानभने उनि मानवीय प्रयासमा नभई आधिभौतिकतामा खोज्दछन् — कखन हरब दुःख मोर हे भोला नाथ । यस अर्थमा उनलाई मानवीय स्वाभावको श्रृङ्गार र उदास भावको गायक भन्न सकिनछ । समग्रमा विद्यापति श्रृङ्गार र स्तुतिका कवि हुन् । निश्चितरुपमा उनका कविता र गीतहरु तत्कालीन परिवेशमा लेखिएका छन् । वर्तमानमा यसको वैचारिक निष्कर्ष पुरातन छ , तर उनको कोमल बिम्ब र कलाको मानदण्ड चरमोत्कृष्ट छ । यस अर्थमा उनि अद्वितीय छन् । त्यसैले त छ सय वर्ष बितिसक्दापनि उनि मैथिलहरुको घर घरमा गुँंजित छन् । साँंचै उनि मैथिलीका महाकवि हुन्, जस्को सामथ्र्यमा गर्व गर्न  सकिन्छ । 

गौशाला : महोत्तरी जिल्लाको सोनमा गाउँपालिका– ३ खखनाको ३...

चन्द्रपुर : रौतहटको चन्द्रनिगाहपुर पुर्व पश्चिम राजमार्गमा चल्ने सवारीसाधनले...

जनकपुरधाम । संघीय सरकारका यूवा तथा खेलकुद मन्त्री ...

जनकपुरधाम : हत्या अभियोगमा अदालतले जन्मकैद सजाय सुनाएपछि जेल...

जनकपुरधाम : अरुणकान्तद्धारा अभिनित भिडियो गीत ‘दिल के बात’ विश्वकै...

जीतपुर : कर तिर्ने सेवाग्राहीको जिज्ञासा र समस्या बुझन ...

सिरहा । सिरहाको कर्जन्हा नगरपालिका वासी संग चुनाको वेला वाचा...

जनकपुरधाम । अयोध्याबाट नियमित रुपमा बस सेवा सञ्चालन भएको छ...

जनकपुरधाम । प्रदेश सभाको चालु अधिवेशनको बैठक ४० दिनपछि मंसिर...

जनकपुरधाम । गुठी संस्थानको नाममा रहेको साढे दुई बिघा...

जनकपुरधाम । प्रदेश २ को नामाकरणको विषयमा नेपाली काँग्रेस भित्र...

बर्दिवास : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उत्पादनमूलक...

सप्तरी : सप्तरीकी १५ वर्षीया एक बालिकालाई बलात्कार गरेको...

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियाका पत्रकार जमाल...

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा थ्रीस्टार क्लबको...

जीतपुर । कोबिनि हस्पिटालटी म्यानेजमेन्ट प्रा.लि ...

गौर । नेपाल पत्रकार महासंघ रौतहटको सभापति रविन्द्र...

जनकपुरधाम । रामजानकी विवाहमहोत्सवमा सहभागि हुन जनकपुरधाम आउन लागेका भारत...

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले बलात्कारका अभियुक्तहरुलाई पक्राउ गर्न...

जनकपुरधाम । भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका चर्चित हिन्दूवादी...

जनकपुरधाम । संघिय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका उपप्रधान...

जनकपुरधाम । माछा सुपरजोन जनकपुर धाम ,धनुषा का कार्यालय प्रमुख...

जनकपुरधाम । धनुषाका प्रहरीले पीडितलाई न्याय दिलाउनुको साट्टो पिडकलाई संरक्षण...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा नंंंंं. ६ खुटौनाको...

चन्द्रपुर । रौतहटको बलेरी ईलाका वन कार्यालयको वन क्षेत्रमा एकै...

कुलदिप दास , जनकपुरधाम । धनुषामा बोक्सीको आरोप लगाएको भन्दै...

चन्द्रपुर । रौतहटमा प्रहरीले घरेलु मदिरा उत्पादन र बिक्रि बितरणमा...

चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिकामा बिशेष आर्थिक क्षेत्र (सेज) स्थापना...

रौतहट : कार्यक्रममा प्रदेश नम्बर २ का कृषि भूमि...

जनकपुरधाम । नगर क्षेत्र भित्र एउटै सडकको दोहरो मापदण्ड...

जलेश्वर । राष्ट्रिय जनता पार्टी (राजपा)नेपालका अध्यक्ष मण्डलका संयोजक समेत...

वीरगञ्ज । नेपाली काग्रेस पर्साका सभापति अजय द्धिवेदी सभापति...

जनकपुरधाम । धनुषा जिल्लाको विदेह नगरपालिकाको वडा नम्बर ५ मुडिवा...

इंग्लिस प्रिमियर लिग फुटबलको अर्को सिजनमा भिडियो असिसटेन्ट रेफ्री ‘भार’...

पछिल्लो २४ घण्टामा भारत तथा विश्वभरका बलिउडका प्रशंसक एउटा तस्बिरको...

काठमाडौं । श्रीलंकामा महिन्दा राजापाक्षेका समर्थक र विरोधी सांसदहरुबीच बिहीबार...

काठमाडौं । राज्यविद्रोहकोे मुद्दामा पक्राउ परेका सीके राउतलाई सर्वोच्च...

जनकपुरधाम । प्रदेश २ को नामाकरण र स्थायी राजधानी तोक्न...