Fri, 22 Feb 2019
ताजा समाचार
मोटर साईकलले जंगली जनावरलाई ठक्कर दिदा जनावर सहित २ जना || महोत्तरीमा टिपरको ठक्करले एकको मृत्यु || निर्मला पन्तको हत्या भएको ७ महिना पूरा – उपलब्धि शून्य, || श्रीमतीको बञ्चरोले हत्या गरे पश्चात, काटिएको टाउको लिएर पुलिस थाना || चन्द्रपुर वडा न. ५ द्धारा खेल सामाग्री वितरण || बन्द भएको पुलको काम सुरु || भाषा सास्कृतिको सवालमा सरकार गम्भीर देखिएन आलम || राईस मिलको जग्गा अधिग्रहण गर्ने मुख्यमन्त्रीको वाचा भएन पुरा || काँग्रेसमा विवाद गहिरिदै, केन्द्रिय समिति बैठक स्थगित || डीजे रथ चालकको मृत्यु || ‘बेटी बचाउ,बेटी पढाउ’ कार्यक्रम राष्ट्रिय बनोस् || .बर्थिङ सेन्टर स्थापना || कृषिलाई अझ प्रभावकारी बनाउन बिउ व्यवसायीलाइ नगर प्रमुख || महायज्ञ सुरु , पहिलो दिन विशाल कलश यात्रा || नेपाली काग्रेसका सभापती देउवालाई जीतपुरबासीले स्वागत || गौशाला उद्योग वाणिज्य संघको नेतृत्वमा रामराजाप्रसाद साहका प्यानल विजयी || चोरी गरिएको मोटरसाईकल सहित ३ जनालाई महोत्तरी प्रहरीले गरे सार्वजानिक || २३ दिन देखि युवक वेपत्ता || कोईरालामाथि कड्किए देउवा || ‘सनी लियोनी’ बिहारको जुनियर इञ्जिनियर पदको परीक्षामा टप ! || दुई बालिका एकै दिन बलात्कृत || लागुऔषधसहित तीन महिला पक्राउ || लाइसेन्सको नाममा ५ लाख ठग्ने पक्राउ || महिला हिंशा न्युनिकरण तालिम सुरु || प्रदेश २ मा ६ सय १ मानवअधिकार हननका घटना || बलिकाको बलात्कारपछि हत्या गर्ने ‘हाम्ली डन’ पक्राउ || १६ औं बार्षिक साधारण सभा सम्पन्न || निल गाई मारेको आरोपमा महोत्तरीमा १ जना पक्राउ || बलात्कार अभियोगमा १ पक्राउ || सीमावर्ती क्षेत्रमा उच्च सतर्कता || बलात्कारपछि बालिकाको हत्या, ४ पक्राउ || करेन्ट लागेर विद्युत् कर्मचारीको मृत्यु || आज प्रजातन्त्र दिवस : मुख्यमन्त्री राउतद्धारा शुभकामना सन्देश जारी || कारको ठक्करबाट पैदलयात्रीको मृत्यु || कृषिमा कर्णालीलाई आत्मनिर्भर बनाइने || सिरहामा खाद्यान्न उद्योगहरु अनुगमन नहुदा सर्वसाधारण स्वास्थ्यमा सास्ती || सिरहामा जनताको पसिनाले तिरेको राजस्व चौपट || ‘संघीय र प्रदेश सरकार असफल भयो’ || महतो र यादव हटाइए || ३ हजार घुस सहित पक्राउ ||
पूर्ण वहुमतको सरकार

साउन ६, २०७५

  •                                       किशोर नेपाल

 संविधानले देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रमा रुपान्तरण गरेपनि प्रादेशिक सरकारहरुको अधिकार र कर्तव्यहरुको नाक–नक्सा तयार भएको छैन ।

पूर्ण वहुमत सहितको स्थायी सरकार ः यो देशले विगत सात दशकमा देखेको पहिलो र एकमात्र सपना हो । सपना पूरा भएको छ । देशमा अहिले स्थायी सरकार छ । पाँच वर्षसम्म यो सरकारलाई कसैले हल्लाउन सक्दैन । राष्ट्रपति विद्या भण्डारीले यो सरकारलाई हपार्न सक्थिन होला । तर, प्रोटोकल मिलेन । नेपाल कम्युनिष्ट पार्टीले देशको सक्रिय नेतृत्व कार्यकारी राष्ट्रपतिले गर्ने निर्णय संसदबाट पारित गरायो भने त्यो अवस्थामा पनि वर्तमान राष्ट्रपतिको शासन चल्दैन ।अहिलेको राजनीतिक अवस्थालाई हेर्दा देशको कार्यकारी राष्ट्रपतिका आकांक्षीहरु संसदभित्रै छन । त्यतिवेला, केपी ओली र पुष्पकमल दाहालका वीच सौजन्य यथावत रहेपनि टक्कर दह«ै रहला । अहिलेलाई यो बिषयको कल्पना नै नगरौं । त्यस्तो कल्पनाले अरु परा–काल्पनिक जस्तो लाग्ने कल्पनालाई छेउ लगाइ दिन्छ । वर्तमान सरकारले नेपालको समृध्दि अभियान चलाएको छ । देश द्रूततर गतिले अघि वढदैछ । यस्तो अवस्थामा सरकार विचलनका सम्भावनाहरुलाई समेत ढिम्किन दिनु हुँदैन । संविधानले देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रमा रुपान्तरण गरेपनि प्रादेशिक सरकारहरुको अधिकार र कर्तव्यहरुको नाक–नक्सा तयार भएको छैन । चुनावमा प्रतिपक्षीहरुको पराजय भएपनि उनीहरु सखाप भएका होइनन । कुनैपनि संस्था आफैंमा अविच्छिन्न हुन्छन । वहुदलीय राजनीतिक प्रणालीमा संसदमा दलहरुको उपस्थितिले मात्र राजनीतिक अवस्थालाई निर्देश गर्दैन । लोकतन्त्रमा जनताको आवाज सुन्नैपर्ने हुन्छ । अहिले संसद र सरकारभन्दा माथि उठेर एमाले र माओवादीले पार्टी एकीकरण गरेका छन । अहिले भएको दुइ पार्टी वीचको एकताले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकै बनेको छ । पार्टीका नीति–निर्माता र नेतृत्व तहमा रहेका नेताहरुले जानी वुझीकनै पार्टीको नामपछि ब्राकेटमा (एमाले) शव्द राखेका हुन । यो एकतामा सामेल भएका दल, गूट र समूहहरु वीचको सम्वन्ध असुविधाजनक रहेको खण्डमा ब्राकेट भित्रको नेकपा लिएर कुनैपनि पार्टी छुट्टिन सक्दछ । अहिले नै पनि उपेन्द्र यादवको पार्टी सरकारमा छ । उनी वाहेकका राष्ट्रिय जनता पार्टी नेपालका नेताहरु सरकारको काम गराइ र मिचाहा प्रवृत्तिको विरोधमा छन । नेकपासंग अहिले दुइ तिहाईभन्दा वढीको समर्थन छ संसदमा । तर, यसको व्यवस्थापन कति गाह«ो छ भन्ने देखिइ सकेको छ । प्रोपगण्डाले दुनियाँलाई भ्रमित वनाएर सरकार जव एक्लै दौडिन थाल्दछ, तव त्यसको कमजोरी थाह हुन्छ । अहिले त्यही भइ रहेकोछ । सरकार गठन भएको पाँच महिना भै सक्यो र पनि सरकार आफना उपलव्धिहरुको खोजीमा छ । वर्तमान सरकारका विरुध्द चुनावमा रहेको प्रतिपक्षी नेपाली कांग्रेसको आकार अलिकति घटेकोछ । तर, प्रभाव खुम्चिएका छैन । कांग्रेसका नेताहरुलाई प्रतिपक्षको हैसियत प्रतिनिधिहरुको संख्याले होइन, जनताको पक्षमा उनीहरुले उठाउने विषयमा भर पर्दछ ।स्वास्थ्य शिक्षामा आमूल सुधारका लागि पटकपटक अनसनवस्दै आएका डा. गोविन्द केसीले एकपटक फेरी अनसन वसेर देशमा हलचल ल्याएका छन । मांगहरुको फिहरिस्तमा नगै व्यापक अर्थमा वुझदा डा. केसी अहिले स्वास्थ्य–शिक्षाको सुधारमा सरकारले देखाएको धिंग्न्याईको विरुध्दमा छन । स्वास्थ्य विज्ञान पढन चाहने विद्यार्थी र सजिलो हिसावले स्वास्थ्य सेवा पाउनुपर्ने जनताको मांग नमानेसम्म गोविन्द केसीसंग सरकार सहमतिमा पुग्दैन । विगतका अनुभवहरुले पनि वताएका छन, सरकार स्वास्थ्य शिक्षामा निजी क्षेत्रको सक्रिय संलग्नताको पक्षमा छ । अहिले निष्पक्ष हिसावले सरकार र डा. केसीका गतिविधिको अवलोकन गरी रहेकाप्रवुध्द नागरिकहरु यो विषयमा केदारभक्त माथेमा आयोगको प्रतिवेदन यथावत स्वीकार गर्नुपर्ने पक्षमा देखिएका छन । देशको बिल्लीवाठ होला भनेर नेपाली जनता डराएका छन । जनताको यो भय नाजायज छैन । यो सवैलाई थाह छ ः वर्तमान सरकार जनतासंग सोझो सरोकारराख्ने यस्ता सानातिना खुद्रे समस्यामा अल्झिन चाहँदैन । सरकार रेल, पानी जहाज र ठूला–ठूला विकासका काममा लागेको छ । प्रम ओली सरकारको प्रोपगण्डा विभागले वितेका पाँच महिनामा ।।।गरेको’ एक दर्जनभन्दा वढी कामको फेहरिस्त तयार पारेको छ । यो हास्यरस प्रधान फेहरिस्तमा उल्लेख भए अनुसार वर्तमान सरकारले भारत सरकारको स्वामित्वमा रहेको कम्पनी सतलजले निर्माणगर्न लागेको विद्युत आयोजनाको शिलान्यास, विराटनगरमा भएको भारतीय क्याम्पको विस्थापन तथा भारत र चीन दुइ छिमेकीसंगको नीतिमा सन्तुलन ल्याएको छ । यही पाँच महिनामा सरकारले सुन तस्करीको जालो तोडने काम गरेको छ भने वैदेशिक रोजगारीको ठगी नियन्त्रणमा आक्रामक प्रयास गरेको छ । तर, दुइ तिहाइ वहुमतको शक्तिशाली कम्युनिष्ट सरकारले विवादमुक्त बजेट ल्याउन सकेन । महंगी नियन्त्रण हुन सकेन । सरकारले संघीय राजधानी काठमाडौंको मुहार चम्काउन काठमाडौं महानगरपालिकालाई अलिकति पनि जाँगरिलो वनाउन सकेन । दैनिक रुपमा जनताले महंगीको ऐंठन बेहोर्नुपरी रहेकोछ । हिजो राजधानी शहर काठमाडौंमा मात्र महंगीको ऐठन थियो । आज महानगर र नगरपालिकाको संख्या वढेको छ । नयाँ वनेका पालिकाहरुले मसानको उपयोगमा समेत कर लगाउन थालेका छन । दुनियाँ कठिनाईमा छ । यसलाई हटाउन सरकार अलिकति पनि अघि सरेको छैन । मन्त्रीहरु भन्दछन – अहिलेको यो सरकार स्थीर सरकार हो । स्थीरको अर्थ अचल पनि हुन्छ । यो सरकार अहिले जसरी नै अचल रहने हो भने आगामी पाँच वर्षमा सरकारलाई खियाले खुइल्याइ सकेको हुनेछ । वर्तमान सरकारका केही मजवूत पक्षहरु पनि छन । यो जति अचल छ त्यत्ति नै चन्चल छ । साविक समय हुन्थ्यो भने अहिलेसम्म धेरै मन्त्रीहरुको मान मर्दन भै सकेको हुन्थ्यो । कति त वाहिरिइ सकेका पनि हुन्थे । तर, दुइ पार्टी र तमाम समूह मिलेर ओली र दाहालको आकांक्षालाई नियन्त्रणमा राख्ने प्रयत्न गरेका छन । समृध्द नेपालको अभियानमा लागेका नेताहरुलाई शासन संचालनगर्ने फुर्सद छैन । समृध्दिको पथ पहिल्याउन लागेका नेताहरुलाई स–साना समस्यामा अल्झाउनु उचित छैन । विस्तारै जनताले आफैं सिक्दै जान्छ । माओत्से तुंगले भनेका छन, जनताबाट सिक । जनताबाट सिक्ने कुरा त आफनो ठाउँमा छँदैछ । तर, त्यो जनता कहाँ छ जसबाट हामी केही कुरा जान्न र सिक्न सकौं ।

जिल्ला महोत्तरी औरही नगरपालिका-४ रेडक्रस टोल नजिकै जंगली जनावर...

महोत्तरी । जिल्ला महोत्तरी औरही नगरपालिका-९ स्थित ईनर्वा टोल नजिक...

कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरपाकिला –२ कि १३ वर्षीया किसोरी निर्मला...

बीबीसी । बुधबार भारतको मध्यप्रदेशको मुरैना जिल्लामा एक व्यक्तिले श्रीमतीको...

गौर: रौतहटको चन्द्रनिगाहपुरमा हुने अनर्तराष्ट्रिय कराँते प्रतियोगितामा सहभागिहुने आयोजक टिमका...

गौर : निर्माणाधीन पुलको कामनै बन्द गरेर हिंडेको पप्पु कन्स्ट्रक्सनले...

रौतहटमा विभिन्न कार्यक्रम गरी विश्व मात्रृ भाषा दिवस मनाइएका छन...

गौरको ऐतिहासिक मैदानको रुपमा रहेको गौर राईस मिलको जग्गा...

काठमाण्डु । नेपाली काँग्रेस भित्रको गुटबन्दी सतहमा आएको छ ।...

मलंगवा । विवाहमा चर्को आवाज गर्ने डी जे रथ सर्लाहीको...

राष्ट्रपति विद्यादेवी भण्डारीले छोरी शिक्षाको लागी प्रदेश २ सरकारले...

गुलरिया नगरपालिका–१२ मा बर्थिङ सेन्टर स्थापना भएको छ । सो...

वीरगन्ज महानगरपालिका नगर प्रमुख विजय कुमार सरावगीले कृषि...

मलंगवा । सर्लाहीको कौडेना गाउँपालिका-३ फुलपरासीमा हुन लागेको श्री...

रन्जन यादव : प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसका सभापती...

महोत्तरीको गौशाला उद्योग वाणिज्य संघको नेतृत्वमा रामराजाप्रसाद साहका प्यानल विजयी...

गौशाला । मोटरसाईकल चोरी गरेको आरोपमा पक्राउ परेका ३...

जनकपुरधाम । धनुषा जिल्लाको विदेह नगरपालिका वडा नम्बर ३ कर्माही...

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वीपी र जीपी बाहेकका कोईरालाहरुको...

नाममा के छ र ? धेरैले भन्ने गरेको र सुनिएको...

सिरहा जिल्लाको धनगढीमाई नगरपालिका र गोलबजार नगरपालिकामा छुट्टाछुट्टै दुई बालिका...

जनकपुरधाम । जनकपुर–जलेश्वर सडख मण्डबाट प्रहरीले चेकजाँचको क्रममा लागुऔषधसहित तीन...

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाइदिने नाममा ५ लाख ठगी...

जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिकामा महिला हिंसा न्युनिकरणमा सरोकारवालाहरुको...

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ ले नेपाल...

धनुषाको मिथिला नगरपालिका ३ हरिहरपुर टोलकी एक ११ वर्षिया...

साना किसान कृषि सहकारी संस्था लिमिटेड दिगम्बरपुरको १६ औं...

महोत्तरी । निल गाई मारेको आरोपमा महोत्तरीमा १ जना पक्राउ...

जनकपुरधाम । प्रहरीले बलात्कार अभियोगमा एकजना भारतीय नागरिकलाइ पक्राउ गरेको...

सुरक्षाफौजले गत हप्ता पुलवामामा भएको आत्मघाती आक्रमणको प्रमुख योजनाकार मानिएका...

धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नम्बर ३ हरिहरपुरमा गत...

बैतडी : करेन्ट लागेर बैतडीमा आज बिहान एक विद्युत् कर्मचारीको...

जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ६९ औं...

चितवन : भरतपुर महानगरपालिका–२३ मा सोमबार राति कारको ठक्करबाट एकको...

सुर्खेत : कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी...

लहान । सिरहाको लहानमा होटल तथा खाद्यन उद्योगहरुको खाद्यन प्रविधि...

सिरहाको भाग्यवानि गाउँपलिकामा प्रतिनिधि सभ, प्रदेश सभाको संसद र मन्त्री...

जनकपुरधाम । संघीय र प्रदेश २ सरकार असफल भएको नेपाली...

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्रको विवाद उग्ररुप लिन थालेको छ ।...

राजविराज ।मालपोत कार्यालय सप्तरीमा दुई जना कर्मचारीलाई घुस सहित अख्तियार...