Sun, 18 Nov 2018
ताजा समाचार
कोबिनि हस्पिटालटी सुरु || सभापति माथिको अविश्वासको प्रस्ताव खारेज || निःशुल्क स्वास्थ्य शिविर || सामुदायिक कृषि सहकारीको साधारणसभा सम्पन्न || योगीलाई राउतले स्वागत गर्ने, सम्मानमा भण्डारा || बलात्कारीलाई पक्राउ गर्न प्रहरी उदासिन || मुख्यमन्त्री योगी भ्रमणको तयारी प्रारम्भ || स्वास्थ्य पर्यटक भित्र्याउने तयारी || आधुनिकीकरण व्यवसायीकरणमा जोड || धनुषा प्रहरीले पीडकलाई संरक्षण दिएको आरोप || एसईई उत्कृष्ट शिक्षा २०७५ पुरस्कारबाट सम्मानित || बलेरीे वनबाट काठ चोरी || दुई जनामाथि मुद्दा दर्ता || घरेलु मदिरा बिक्रिमा महिलाको संलग्नता बढ्दो || उद्योगको लागि जग्गा निरीक्षण || आखा अस्पताल जिल्लाको धरोहर ,राज्य मंत्री यादव || सडकको दोहरो मापदण्ड विरुद्ध मुद्दा || मधेशी जनता अझै अधिकारबाट बञ्चित : साँसद ठाकुर || निलम्बन द्विवेदीको नौटंकी : चौधरी || ठाकुरको हत्या || प्रिमियर लिगमा पनि 'भार' प्रयाेग हुने || सार्वजनिक भयो रणवीर र दीपिकाको विवाहको फोटो || लंकामा सांसदहरुबीच कुटाकुट, सभामुखमाथि आक्रमणको प्रयास || सीके राउतलाई सर्वोच्चमा उपस्थित गराइयो || प्रदेशको नामाकरणका लागि कार्यदलले कार्य थाले || बन्ने भो रामजानकी स्टेडियम || मुख्यमन्त्रीद्वारा खानेपानी ओभरहेड टैंकको उद्वघाटन || बिभेदकारी नीतिले कुस्ती ओझेलमा || नवनिर्वाचित पदाधिकारीहरुको सथप ग्रहण || दुर्घटना बीमा गर्न पत्रकारलाई आग्रह || शहीद परिवार भेट्न प्रचण्ड र बादल गाउँमा || रत्नजित र दिपेश क्वार्टरफाइनलमा || दीपिका-रणवीरको बिहे इटालीको सात शताब्दी पुरानो दरबारमा || १३ वर्षीय बालकको बक्सिङ रिङमै मृत्यु, थाइल्यान्डमा खैलाबैला || विश्व बैङ्कसँग १८ अर्बको सम्झौता || कांग्रेसभित्र गुटैगुट || भैरहवा मालपोत अनलाइनमा || कृषि विश्वविद्यालयमा आगजनी || नेपाल प्रहरीलाई ‘डिजिटल गर्भनेन्स अवार्ड’ || सूर्यदेवको आराधना गरी छठपर्व मनाइँदै, यस्तो छ व्रतविधि ||
देश दुख्दा सर्जक रमाउन सक्छ ?

माघ २३, २०७३

प्रा.डा. बद्री विशाल पोखरेल 




यतिबेला केही कुपुत्रहरु नेपाल आमाका छातीमा दुर्वाच्य र दुष्कर्मका फलामे सुइराले घोची रहेका छन्,बिदेशीको इसारा र उक्साहटमा  मातृभूमि नेपाललाई क्षतविक्षत पार्न उद्यत देखिन्छन् । लोकतन्त्र र गणतन्त्र आए पनि नेपाल आमाको अनुहारमा खासै खुसी छाएको देखिन्न । आमा  रोग,भोक र शोकले ग्रस्त सन्तानहरु देखेर चिन्तित छिन् ।

ही कुपुत्रहरु आमाका यी दुःखमाथि नुनचुक छर्किरहेका छन् । तराई,पहाड र हिमालका आप्mना सिदासादा भोलाभाला  लालाबालालाई जात,भात,नाक र नश्लका आधारमा  उल्क्याएर आप्mनै छाती चिर्न हौसिएका केही कपूत देखेर नेपाल आमा धर्धरी रोई रहेकी छिन् । 

राजेन्द्र महतो, महन्त ठाकुर, सिके राउत, सीके लाल, लगायतहरु तराई मधेस विखण्डनको तयारीमा छन् । उपेन्द्र यादव,अशोक राई,राजेन्द्र श्रेष्ठ नेपाल आमाको  छाती चिर्न तन,मन र धनले लागि परिरहेका छन् ।

अखण्ड, स्वतन्त्र र स्वाधीन राष्टू श्रीलङ्कालाई विखण्डन गर्न त्यहाँका   असन्तुष्ट तामिलहरुलाई भित्रभित्रै उल्क्याएर उग्रवादी बाटोतिर धकेल्ने भारतीय शाषकको छिमेकी नीति जगजाहेर भएको छ । 
श्रीलङ्कालाई तामिल र सिंहाली नामका दुई राष्टू बनाउन उद्यत तत्कालीन  भारतीय सरकारले त्यसका लागि तामिल उग्रवादीहरुलाई वसौँसम्म दैनिक तीन करोड सहित सारा बन्दोबस्तीका सामान उपलब्ध गराएको मिसन टु र अ नामको किताबमा आर.के.यादव नामका पूर्व रअका प्रमुखले उल्लेख गरिसकेका छन् ।

जुनसुकै तन्त्र आए पनि आप्ना सन्ततिका अनुहारमा सुख,शान्ति र खुसी नआइरहेको देखेर दुखी भइरहेका अवस्थामा उल्टो केही कुपुत्रहरु नेपाल आमाको घाउ बल्झाइ रहेका छन् । एक समय  भारतीय शाषकको हैकम विरुद्ध सुरुङ युद्ध गर्ने चरम उग्रवादी माओवादी केन्द्र नामको पार्टी चरम अवसरवादी तथा देशघाती  चरित्रमा परिणत भएको छ ।

यस पार्टीका नेता प्रचण्ड तिनै भारतीय शाषकका पाउमा लम्पसार परिरहेका छन् । अनि कथित नयाँ शक्ति नामको पार्टीका प्रमुख डा. बाबुराम भट्राई राष्टूविरोधी छलकारी नग्न नौटङ्की प्रदर्शन गरिरहेका छन् । 
अहिले ओलीको ओलिजमबाट डा. बाबुराम भट्टराईको हिप्नोटिजम भयाक्रान्त देखिन्छ । त्यसैले बाबुराम ओलीविरुद्ध बर्बराउन थालेका देखिन्छन् ।

प्रजातान्त्रिक आन्दोलनको अगुवा भनिने पार्टीका एकाध नेता नेपाल र नेपाली विरोधी भड्काउमा संलग्न देखिन्छन् । केही जातीय,धार्मिक,भौगोलिक नामका भुरेटाकुरे पार्टीका नेता भनाउँदा पनि कुनै न कुनै खालको विखण्डनकारी मानसिकताबाट ग्रसित देखिन्छन् ।

ठीक यस्तो बेलामा राजसा महाङ्घ सुनसरीले  माघ १५ गते हुने आफ्नो सातौँ जिल्ला सम्मेलनका अवसरमा  विगत माघ ७ र ८ गते क्रमशः केन्द्रीय प्रविधि क्याम्पस,हात्तिसार,धरान र इटहरी उप महानगर पालिका सभा कक्षमा यस बखतको पहिलो खुल्ला प्रतियोगितात्मक राष्टूवादी कविगोष्ठी सम्पन्न गरेको थियो ।

देश र जनताको अहिलेसम्मकै साह्रै सकसपूर्ण,आतेसपूर्ण तथा संगीनमय घडीमा सुनसरेली युवाकविहरु नेपाल आमाका घाउहरुमा मल्हमपट्टि लागाउँदै थिए । दुवै स्थानमा गरिएको गोष्ठीबाट जम्मा १२ कवि उत्कृष्ट ठहरिएका थिए । 
उत्कृष्ट कविहरुलाई महासङ्घका केन्द्रीय अध्यक्ष,वरिष्ठ कलाकार तथा एमाले केन्द्रीय सदस्य खगेन्द्र राई, वरिष्ठ कलाकार द्वय भूमिका सुब्बा (महासंघकै केन्द्रीय कोषाध्यक्ष) र  दीप किशोर लिङदम ( महासङ्घ,१ न.प्रदेश प्रमुख ) ले महत्वपूर्ण पुस्तकहरु सहित गहकिलो नगद पुरस्कार प्रदान गरेका थिए ।

महासंघ,सुनसरीको सातौँ जिल्ला सम्मेलन यही माघ १५ गते गरिएको   उद्घाटनका अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । सम्मेलनको उद्घाटन गर्दै प्रमुख अतिथि राईले कवि तथा बहुआयामिक वरिष्ठ कालकार हर्क चम्मे र प्रा.डा.बद्रीविशाल पोखरेललाई आआप्ना विषय,विधा र क्षेत्रमा गरेको गहकिलो योगदान स्वरुप जिल्लाले प्रदान गरेको अभिनन्दन पत्र सहित सम्मान  गरेका थिए ।

कार्यक्रममा पुरस्कृत सबै कविहरुले जात, भात, भूगोल, नाक, नश्ल र वर्ण जस्ता लिलिपुट पहिचान भन्दा नेपाल  र नेपाली शिखर पहिचानमा जोड दिँदै शक्तिशाली मुक्त र बद्ध लय आधारित कविता वाचन गरेका थिए । 
     एक थुकी सुकी सय थुकी नदी भन्ने  उखान अनुसार महासङ्घ,सुनसरी प्रगतिशील तथा लोकतान्त्रिक देशभक्त सर्जकहरुलाई संगठित गर्दैछ ।

यसका लागि सम्मेलनको बन्दसत्रले महासंघको अध्यक्ष,मनिकुमार राई,पुरुष उपाध्यक्ष दुर्गा पराजुली,महिला उपाध्यक्ष सुषमा तिम्सिना,सचिव गिरिराज खतिवडा, सहसचिव विद्या घिमिरे कार्की, कोषाध्यक्ष नरेन्द्र कटुवाल रहेको २१ सदस्यीय समिति निर्वाचित गरेको थियो ।

एकता नै बल हो र  अठोट नै शक्ति हो भनेझैँ राजनीतिक सबै वाद विचार र मान्यताका राष्टूभक्त कला,साहित्य र सिर्जना शक्तिलाई देशभक्तिको मूलकेन्द्र वरिपरि गोलबन्द गर्न खोजिरहेको छ  ।

बेलाको बोली र मौकाको काम मात्र कामयाब हुन्छ । हरेक देशभक्त नागरिकका लागि आप्mनी जन्मभूमि हृदयको स्पन्दन र ढुकढकी हुन्छ ।

यत्ति बेला कलमधारी प्रगतिशील, प्रजातान्त्रिक र देशभक्त सर्जकहरु आप्mनै मुटुको धडकन किन छामिरहेका छैनन् ? आमाको करुण क्रन्दनलाई विभिन्न बान्कीमा सुललित सिर्जनामार्फत् क्षेप्यास्त्र प्रयोग  किन गरिरहेका छैनन् ? यत्ति बेला आम जनतालाई जगाउने बेलामा कुन बेसुरा रचनामा सर्जक रमाइरहेका होलान् ?  

ऐनमौकाको आक्रोश,क्रन्दन  पनि सौन्दर्यशाली  हुन्छ । आमा माथि दुर्वचन र दुव्र्यवहार भइरहेका चुपचाप हुनु वा रहनु निर्लज्जता हो,कायरता हो र लाछीपन हो । नेपालमाथि हैकम लाद्न खोज्नेहरु र तिनको लहैलहैमा लेन्डुपको भूमिकाका कुपुत्रहरु तमाम स्वाभिमानी नेपालीको नाडी छामिरहेका छन् । यस्तो बेलामा मौन रहनु भनेको समर्थन हो,मौनम् सम्मति लक्षणम् हो ।

केही सीमित राष्टिूय अखबार र आम सञ्चार बाहेकमा लेन्डुपहरु लेखकको लस्कर देखिन्छ । के देशको स्वाधीनता,अखण्डता तथा एकताका लागि लेख्ने कलम नभएकै हो ? हाम्रो बौद्धिक,प्राज्ञिक,लेखक तथा सञ्चार जगत् यस विषयमा कमजोर भएकै हो ? जब समाजको अगुवा भनिने शक्ति निम्छरो हुन्छ देश ओरालो र भिरालो तिर लाग्ने संभावना बढ्छ,यो कुरा एक विज्ञले भनेका थिए ।

अब अलिकति भए पनि देश र जनताका लागि लेख्ने बोल्ने बेला भएन ? भरैभरको यो संसारमा आमाको भर सन्तान नहुने हो भने जननी कसरी सुरक्षित होलिन् ? यो कुरा कुनै अगुवा सर्जक र संगठनले राम्ररी  सोचेको छ ? 
अनेक नामधारी अनेक संस्था छन्,तिनको अनेक पदाधिकारी सर्जक नेतृत्वमा छन्,के तिनले अहिलेको संगीन आवाज सुनेका छैनन् ? नेता हुन र बन्न हत्ते हाल्ने अनि मौकाको काम गर्न गराउन नसक्ने कसरी कला,साहित्य र संस्कृतिको नेता वा अगुवा हुनसक्छ ? थपना संस्था र  नेता मात्र भएर समाज कसरी उँभो लाग्छ ?   हुति,गति, मति र सुकृति बिनाको नेता र संस्था बेकामको हुन्छ ।

आधा आकाश भनेर फुटानी गर्ने आमा लेखकहरु संगठित रुपमा नलागेको देख्दा छाती चसक्क दुख्न थालेको छ  । जसरी आमाले आप्mना सन्तानको खुसी र सुखी जीवनका लागि सम्पूर्ण जीवन समसर्पित गरेकी हुन्छिन् भने एउटा आदर्श सन्तान आमाका दर्दमा हात बाधेर बस्न सक्तैन ।

यस्ता बेलामा आवाज हुनेहरु  आवाज लिएर,कलम हुनेहरु कलम लिएर कुची र मादल हुनेहरु सांस्कृतिक हुङ्कार र झङ्कार लिएर मातृभूमिको पहरेदारीका निम्ति मैदानमा आउनु पर्ने बेला हो तर मैदान खाली गरिदिएर हामीले कतै  लेन्डुपहरुलाई लङमार्च गर्न अनूकूल अवस्था त सिर्जना गरिरहेका छैनौँ ? नेपाल आमा रोई रहेको यो बेला कुनै पनि देशभक्त सर्जक हास्य कवितामा रमाउन सक्तैन ।

जान्दा बोली गोलीभन्दा प्रभावकारी हुन्छ । नबिराउनु न डराउनु भनेझै आप्mनै निरपराध आमाका विरुद्ध धावा बोल्दा मौन बस्ने नेपाली सपूत हुनसक्तैन ।

आँटिलाहरु अग्रभागमा उभ्भिने हो,अरुहरुले साथ,समर्थन र सहयोग गर्ने हो । कान दिएर,मन र ध्यान दिएर एक वचन बोलेर  पनि सहयोग गर्न सकिन्छ  ।  

विविध बाना,बान्की र बोलीका व्यक्तिगत वा सामूहिक बल एक सयवर्ष घन्काउदा  राणाशाही  ढलेको थियो,तीस वर्ष घन्काउँदा राजशाही पञ्चायत झरेको थियो । आम जनताको सचेतता,सजगता, सतर्कता तथा सबलताले ठूलाभन्दा ठूला देशी वा विदेशी अतिक्रमणकारी शक्तिले धुलो चाट्नु परेको  नेपालीले नै प्रत्यक्ष रुपमा देखे भोगेका छन् ।

चाहे सिन्धुली गढीमा होस् वा नालापानीको दुर्दान्त घडीमा नै किन नहोस् नेपाली एकता,अखण्डता र स्वाधीनतामा धावा बोल्ने भारतस्थित सशास्त्रले सुसज्जित तथा सशक्त बृटिश औपनिवेशी शक्ति पराजित भएको थियो । हामी त्यही पुर्खाका सन्तान हौ, हामीमा त्यही वीरता र स्वाभिमानी  रक्त प्रवाहित छ । पुर्खाको विरासद् स्वरुपको यो गौरवशाली देशको अखण्डता,स्वाधीनता तथा सार्वभौमसत्ताको पहरेदारी गर्नु आजको अहं सबाल हो ।

यो काम हामी र हाम्रो एकताबाट नै सम्भव छ । सबैभन्दा ठूलो अस्त्र राष्टूवादी उच्च चेतना र भावना हो । यस भावनामा हामी सबै एकढिक्का हुने हो भने हामीलाई कसैले हल्लाउन सक्तैन । यस विषयमा हामी सचेत,सतर्क र संवेदनशील हुन जरुरी छ  ।  

आत्मबलका अगाडि  सैन्यवल कमजोर हुन्छ,  हाम्रो एकताले नै हामी सुरक्षित हुनसक्छौँ । सैन्य बलले सत्यको जित हुँदैन सत्यतामा अटल,अविचल हुने हो भने जहिल्यै सत्यको जीत हुन्छ र भएको पनि छ । नेपालमा लागेका निरङ्कुशताका घना बादलहरुलाई परास्त गर्न  प्रगतिशील तथा प्रजातान्त्रिक स्रष्टाहरु

संयुक्त संगठन र सिर्जना मार्फत् परिचालित भएका हुन् । अहिले  बाह्य शक्तिका बलमा विखण्डनकारी दुस्साहस सुरु भएको छ  । यस्तो संगीन अवस्थामा वैदेशिक अतिक्रमण र आक्रमणका विरुद्ध सिर्जना मार्फत् एक ढिक्का हुनु अपरिहार्य हुन्छ  । अहिले देश र मधेस विखण्डनको डिलमा रहेको देखिन्छ । राजनीतिक,सामाजिक तथा बौद्धिक रुपमा पनि लेन्डुपहरु सलबलाइरहेको अवस्था छ । 
केही कथित नेपाली सन्तति आप्mनै जननी, जन्मभूमि र आमालाई तुच्छ र निकृष्ट गाली बर्साइरहेका छन् । देशलाई जातीय,क्षेत्रीय,धार्मिक तथा सांस्कृतिक रुपबाट विखण्डित गर्ने प्रयत्न खुल्ला रुपमा भइरहेको देखिन्छ । तर समाजका अगुवा भनाउँदा प्रगतिशील,प्रगतिवादी तथा लोकतान्त्रिक कला साहित्यिक तथा सांस्कृतिक संस्था र यसको प्रमुख नेतृत्व संगठित रुपमा अगाडि बढ्न बढाउन किन ध्यान दिइरहेको छैन ? यो अजस्र शक्ति किन चुपचाप छ ? आप्नै जननी र जन्मभूमिका दर्दनाक तथा दुःखदायी पीडालाई नदेखेजस्तो  कसरी गर्न सकिन्छ ? आमाकी पनि आमा नेपाल आमालाई लुछ्न, निमोठ्न र तिनलाई क्षतविक्षत पार्न लागेका बेलामा श्रृङ्गार कवितामा कसरी रमाउन सकिन्छ ? यसरी कसरी नेपाली देशभक्त लेखक कलाकार  हुन सकिन्छ ? यस्तो विकट परिस्थितिमा कविगोष्ठीका नाममा जता धुधु उतै कुदु कसरी गर्न सकिन्छ ? नेपाली कला साहित्यको इतिहास हेर्दा पनि पुर्खा सर्जकहरुले उहिल्यैदेखि देशभक्तिका अनमोल भावनालाई उजागर गर्दै आएको हुन् ।

समाजको अत्यन्त सचेत समुदाय भएकाले पनि एउटा लेखकले कुन बेला आप्mना सिर्जनामा कस्तो लोली र बोली कलात्मक रुपमा प्रवाह गर्ने भन्ने आफै बुझ्नु पर्ने कुरा हो । त्यसमा पनि राज्य र राष्टूले विशिष्ट लेखक कवि भनेर र मानेर गहकिला पद, पैसा र प्रतिष्ठा सहित   पुरस्कृत अभिनन्दित गरेकाअगुवा सर्जकहरुको यस बेला कुनै भूमिका हुँदैन ? यस खालका  सम्मानित तथा उच्च स्तरका व्यक्तिले ऐनमौकामा देशका लागि केही सिर्जनात्मक लोली र बोली बोल्ला भन्ने देशको अपेक्षा  हुँदैन ? लेखक त जहाँ रवि पुग्दैनन् त्यहँ पुग्ने क्षमताको हुन्छ  ।

त्यसो हो भने देश दुखेको यसले देख्नुपर्दैन ? यस बेला देशव्यापी रुपमा तमाम देशभक्त सर्जकहरु एकताबद्ध भएर राष्टिूय एकता,अखण्डता,स्वधीनता र सद्भावमूलक रचनात्मक अभियान सञ्चालन गर्नु पर्ने बेला हो । यही हो बेलाको बाली यही हो मौकाको काम ।

जीतपुर । कोबिनि हस्पिटालटी म्यानेजमेन्ट प्रा.लि ...

गौर । नेपाल पत्रकार महासंघ रौतहटको सभापति रविन्द्र...

जनकपुरधाम । रामजानकी विवाहमहोत्सवमा सहभागि हुन जनकपुरधाम आउन लागेका भारत...

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले बलात्कारका अभियुक्तहरुलाई पक्राउ गर्न...

जनकपुरधाम । भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका चर्चित हिन्दूवादी...

जनकपुरधाम । संघिय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका उपप्रधान...

जनकपुरधाम । माछा सुपरजोन जनकपुर धाम ,धनुषा का कार्यालय प्रमुख...

जनकपुरधाम । धनुषाका प्रहरीले पीडितलाई न्याय दिलाउनुको साट्टो पिडकलाई संरक्षण...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा नंंंंं. ६ खुटौनाको...

चन्द्रपुर । रौतहटको बलेरी ईलाका वन कार्यालयको वन क्षेत्रमा एकै...

कुलदिप दास , जनकपुरधाम । धनुषामा बोक्सीको आरोप लगाएको भन्दै...

चन्द्रपुर । रौतहटमा प्रहरीले घरेलु मदिरा उत्पादन र बिक्रि बितरणमा...

चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिकामा बिशेष आर्थिक क्षेत्र (सेज) स्थापना...

रौतहट : कार्यक्रममा प्रदेश नम्बर २ का कृषि भूमि...

जनकपुरधाम । नगर क्षेत्र भित्र एउटै सडकको दोहरो मापदण्ड...

जलेश्वर । राष्ट्रिय जनता पार्टी (राजपा)नेपालका अध्यक्ष मण्डलका संयोजक समेत...

वीरगञ्ज । नेपाली काग्रेस पर्साका सभापति अजय द्धिवेदी सभापति...

जनकपुरधाम । धनुषा जिल्लाको विदेह नगरपालिकाको वडा नम्बर ५ मुडिवा...

इंग्लिस प्रिमियर लिग फुटबलको अर्को सिजनमा भिडियो असिसटेन्ट रेफ्री ‘भार’...

पछिल्लो २४ घण्टामा भारत तथा विश्वभरका बलिउडका प्रशंसक एउटा तस्बिरको...

काठमाडौं । श्रीलंकामा महिन्दा राजापाक्षेका समर्थक र विरोधी सांसदहरुबीच बिहीबार...

काठमाडौं । राज्यविद्रोहकोे मुद्दामा पक्राउ परेका सीके राउतलाई सर्वोच्च...

जनकपुरधाम । प्रदेश २ को नामाकरण र स्थायी राजधानी तोक्न...

जनकपुरधाम । प्रदेश २ को रामजानकी स्टेडियम अन्ततःजनकपुरधाममा ...

वीरगंज। मुख्यमन्त्री लालबाबु राउतले वीरगंज–२ छपकैयास्थित नवर्निमित ...

जनकपुरधाम । धनुुषाका क्षीरेश्वरनाथ...

काठमाडौँ : नेपाल पत्रकार महासङ्घले श्रमजीवी तथा स्वतन्त्र पत्रकारका...

बेनी : पारिवारिक भ्रमणको सिलसिलामा म्याग्दीमा रहनु भएका नेकपाका अध्यक्ष...

काठमाडौं । पूर्वविजेता राष्ट्रिय च्याम्पियन नेपाली सेनाका रत्नजित तामाङ...

बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण यहि बुधबार...

बैंकक । थाइल्यान्डमा भएको बक्सिङ खेलमा १३ वर्षीय बालकको...

काठमाडौं । पुल सुधार तथा मर्मतसम्भार एवं खाद्य तथा...

काठमाडौं । नेपाली कांग्रेसका कार्यकर्ताले गुट–उपगुट अन्त्यको आवाज उठाइरहँदा...

भैरहवा : मालपोत कार्यालय भैरहवाले आजदेखि अनलाइनबाट सेवाग्राहीलाई सेवा प्रदान...

चितवन : कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा विद्यार्थीहरुले आगजनी...

काठमाडौँ : सूचना प्रविधिको उत्कृष्ट प्रयोग गरी कार्य गरेबापत...

जनकपुरधाम : छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो...