Sun, 23 Sep 2018
ताजा समाचार
सुचनाको माँग गर्दै राष्ट्रिय विद्यार्थी संघ रिले अनशनमा || मदिरा पिउन आउने भारतीयका कारण होहल्ला र असुरक्षा || अपांग दाजु भाईलाइ राज्य मन्त्रीले गरे सहयोग || प्रहरीका टाउँको दुखाई , लागुऔषध प्रयोगकर्ता बालकहरु || प्रहरी जवानद्वारा आत्महत्या || घाँटी रेटिएको अवस्थामा एक युवक फेला || नायब सुब्बाको दुर्घटनामा निधन || भिठ्ठामोड–जलेश्वर–जनकपुर सडक निर्माणमा ढिलाइ || प्लास्टिक घरभित्र तरकारी खेती || पत्रकार राहत कोष स्थापना || लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा || नेपाल प्रहरीको छवि धुमिल बन्दै || वडा अध्यक्षव्दारा ज्ञापन || खोलामा डुबेर एक जनाको मृत्यु || बारापर्सामा पेट्रोलियम पदार्थको अभाव || नगरस्तरमा बालबालिकाकोलागी अनिवार्य बजेट विनियोजन गरिने : || मुख्यमन्त्री राउतद्वारा राहत प्रदान || अमेरिकामा एक नेपालीसहित तीनको हत्या || मोहर्रममा हिन्दू समुदायको पनि उत्साह || नेकपामा मातृकालाई लोप्पा, महासेठ पक्ष सशक्त || यथास्थितिमा संविधान स्वीकार्य छैन् : मुख्यमन्त्री राउत || मोटरसाइकल ठोक्किदा एकको मृत्यु, एक घाइते || मैथिली फिल्म "दहेजक पिरा"को पोस्टर सार्वजानिक || मातृका र रघुबीरको सम्पती छानविन गर : नेता झा || वीरगञ्ज महानगरपालिकाका २ कर्मचारी सहित ३ तीन पक्राउ || मोहर्रम पर्व मनाइँदै || सहमतिपछि यातायात सञ्चालन || संविधान कार्यान्वयन गर्न निकै चुनौती : नेता महतो || घुस लिएको अभियोगमा दुई जना पक्राउ || महोत्तरी जमुनियाँमा प्रहरी पोष्ट स्थापना || लामो दुरीमा गाडी नचल्दा यात्रुहरु अलपत्र , सामान ढुवानी पनि || मल बन्दरगाहमै थन्कियो || खेलकूदले देशलाई चिनाएको छ: मन्त्री विश्वकर्मा || पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग || डिजिटल प्रणालीको शुभारम्भ || विष्टको निधनप्रति काँग्रेसद्वारा दुःख व्यक्त || महान्यायाधिवक्तविरुद्ध खनिए ट्रम्प || माछापालन योजना || मदिरा नष्ट || एक बन्दीको मृत्यु ||
नेपाललाई असफल राष्ट्र बनाउने खेल

०, ०

 अवध किशोर प्रसाद
अधिवक्ता



राणा फेल, राजा फेल, पञ्चायत फेल, डिमोक्रेसी फेल, कम्युनिष्ट फेल, माओवादी फेल, ब्यूरोक्रेट्स अति भ्रष्ट, सन्तरी देखि मन्त्री लुटेरा, पार्टी कार्यकर्ता र पार्टी नेतासम्म जनताको विकास बजेट, विकास गर्नुको सट्टा आपसमा बाँटफाँट गरी लुटने । ईमानदारी र नैतिकताको चरम अभाव । यस्तो देशलाई असफल राष्ट्रको सूचीमा नराख्ने भने कस्तो देशलाई असफल राष्ट्र मानिने ? के सिरिया जस्तै पाच लाख जनता मारिने इन्तजार गर्ने ? वा रुस जस्तो टुक्राको इन्तजार गर्ने ? वा अफगानिस्तान बन्न दिने ?
अन्तर्राष्ट्रिय मान्यता अनुसार असफल राष्ट्रको के–के लक्षण इङ्गित गरिएको छ ? भ्रष्टाचारमा दक्षिण एसियाको तेस्रो सब भन्दा भ्रष्ट राष्ट्रको सूचीमा नेपाल आई सकेको छ । विकासमा भुटान भन्दा पनि पर । कैपिटा इनकम कम छ । २०१३ को सर्वेक्षण अनुसार भुटानको पर कैपिटा इनकम २३६३ डालर छ भने नेपालको पर कैपिटा इनककम मात्र ११००  डालर । (यो ग्लोबल फाइनन्स पत्रिकाको सर्वेक्षण हो) UNO ले पनि नेपालको विकास अत्यन्त निम्न कोटि हो भनी उल्लेख गरिएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलको अनुसार नेपालमा प्रहरी, कर्मचारी, प्रशासन र न्यायपालिका आदि समेत भ्रष्ट हुँदै गएको छ । (समाचार विश्लेषणमा जनाईको छ)
अन्तर्राष्ट्रिय मान्यता अनुसार असफल राष्ट्रको “गुण” ? र लक्षण यो छ (क) मानव अधिकारको उल्लंघन (जो नेपालमा उच्च छ) (ख) कानूनी र सामाजिक भेदभाव (ग) राजनैतिक अस्थिरता (६६ वर्षमा ३९ प्रधानमन्त्री २००७ सालदेखि हालसम्म) (घ) सफल र सबल नेतृत्वको अभाव (१ घण्टामा बोली फेरिने मन्त्री) (ङ) आर्थिक मन्दी (च) जातिय र क्षेत्रीय भेदभाव (छ) बेरोजगारी (यहा त रोजगारी विदेशमा छ, नेपाललाई त रोजगारी दिने क्षमता छैन) । (८) राष्ट्रिय हितको सम्बन्धमा नेताहरूको बाझिने खालको वकत्वय र कार्य प्रणाली इत्यादि धेरै  कुरा छ जो नेपाललाई असफल राष्ट्रको श्रेणीमा ल्याउछ ।
विकल्प के त ?
जनसाधारणमा चर्चा छ । सैनिक शासन (सेनाको हातमा सत्ता दिने) (२) राजालाई फर्काउने र (३) तेस्रो शक्ति सम्पन्न राष्ट्रलाई निम्ताई देश नै ठेक्कामा लगाई दिने । यस तीन मध्ये १ र २ त असम्भव जस्तो छ । किनकि मानसिकता त फेरिएको छैन । मानसिकता त त्यहि छ देशलाई लुट्ने ? पुलिसको एस.एसपी. रैंकको अधिकारी जब सुन तस्करीमा समातिएको छ भने अरूको के विश्वास ? सेनाले के गर्ला अन्योल छ ।
यो तिनै विकल्प स्थायी समाधान होइन  । समाधान त मानसिकता फेर्नुमा  छ । जबसम्म मन्त्री र न्यूरोक्रैट्स आफै स्वयं र आप्नो मातहतको कर्मचारी सचिव इत्यादिलाई समानताको व्यवहार आचरणमा ल्याउने आदेश दिदैन, पहाडी–मधेशीको कुनै कुरा विचार नै नगरी राज्यको प्रत्येक नेपाली नागरिक नेपालको स्वभाविक इज्जत प्राप्त समानताको हक राख्दछ तबसम्म अस्थायी समाधान पनि त्यति कारगर हुन सक्दैन । यसको लागि प्रत्येक कर्मचारी वर्गमा नैतिकता ल्याउन अपरिहार्य छ, नभई नहुने  र यसको लागि राज्यको प्रयास पनि उत्तिकै अनिवार्य छ । यस सन्दर्भमा मेरो एउटा किताब हालै प्रकाशित भएको छ । ‘फौर कर्पसन एण्ड क्राईम फ्री कन्ट्री दि नीड औफ मोरल मिनिष्ट्रि (For Corruption and crime free country the need of moral ministry)  यसको लागि एउटा छुट्टै मन्त्रालय हुनु पर्छ मैले जोड दिएको छु । यस किताबको फौलो गरेपछि कति हदसम्म नैतिकता ल्याउनमा सफल हुन्छ यो त  अनुसन्धानको  विषय हुनेछ । अस्तु । कानूनद्धारा गलत मानसिकता फेरिने होईन । करपसन पनि बन्द हुने वाला छैन । आत्मबोध र आत्म नैतिकता नै सर्वोच्च उपाय छ । अत्याधिक पैसा जेनकेन प्रकारेन जम्मा गर्नु सही सोच होइन  । गलत ढंगले कमाएको पैसा दुःख नै दिन्छ । ध्रुव सत्य हो । देश सञ्चालनको ढृदता र क्षमता कुनै पार्टी र नेतामा छैन । राष्ट्रिय नेता नै छैनन । सबै क्षेत्रीय र जाति पोशक नेताहरू हुन् । कुनै पनि कामको जवाफदेही कुनैले लिने छैन । कर्मचारीतन्त्र स्वतन्त्र छ । कुन ठेकेदारले कस्तो काम ग¥यो कुनै रेखदेख छैन । २ महिना मैं बनेको नयाँ सडक गढामा तबदिल हुन्छ । गढा हुन्छ होस् जवाफदेही कसैको छैन । सबै कमिशनको मात्र भागि । माथिसमम कमिशन पठाई दियो निश्चित भएर “तान चदरिया सुती रहे दुनियाँ जले तो जले ।” कर्मचारीतन्त्रको मानसिकता सिँगापुर जस्तो सुर्धानु पर्छ । आर्थिक हिनामिना गर्ने कर्मचारीलाई फास्ट डिसिजन र जेल ।
यो सबै समस्याको समाधान ग्लोबल टेन्डरद्धारा मात्र ७ देश मध्ये कुनै एक देशलाई जिम्मा दिने नेता सुर्धाने ? देश सुुधार्ने  र आर्थिक समृद्धिको लागि ठेक्कामा दिने । ठेक्का दिने देश (१) अमेरिका (२) फ्रान्स (३) ब्रिटेन (४) जापान (५) भारत (६ं) रुस (७) जर्मनी मात्र ।
ठेक्काको काम र शर्त सम्झौता अनुसार पहिले नै तोकि दिनुपर्छ । नाफाको रूपमा ठेकेदार देशले के पाउने ? १५ वर्ष भित्र निम्न काम ठेकेदार देशलाई पूरा गर्नु पर्छ ।


१.    नेताहरूलाई इमानदार बनाउने, नैतिकता ल्याउने ।
२.    भ्रष्ट कर्मचारीलाई सुधार्नको लागि  कसुरको हिसाबले अस्थायी कानून बनाउन     अधिकार दिने ।
३.    विदेश जस्तै सफा र सक्कली सामान बेचविखनको प्रावधान मिलाउने ।
४.    सबै जात र समुदायलाई राज्यतन्त्रमा समानुपातिक समावेशी प्रतिनिधित्व दिने ।
५.    पिछडिएको समुदाय मधेशी र जनजातिलाई विशेष सिट आरक्षणको सुविधा प्रदान     गर्ने ।
६.    नेपालमा दुई वर्ग मात्र छ मेधशी र पहाडी (मुसलमान, मधेशी महिला र थारु     मधेशी अन्तर्गत नै पर्छ) त्यसै अनुसार बाँटफाँट गर्ने ।
७.    सबै कुरामा ५० ५ मधेशी र ५० ५ पहाडीलाई सुविधा दिने ।
८.    देशमा विजुली, पानी र कृषिको अन्तर्राष्ट्रिय स्तरमा पुराउने ।
९.    अनावश्यक नगरपालिकाको संख्या घटाउने ।
१०.    गाउ र नगरपालिकाको स्तरमा धेरैको फरक न हुने ।
११.    १६ ओटा मधेशी र १५ ओटा पहाडी सहरलाई स्मार्ट सिटी बनाई दिने ।
१२.    प्रत्येक सहरमा मेट्रो ट्रेनको सुविधा ।
१३.    पूर्व पश्चिम राजमार्ग सम्पूर्णमा विद्युतीय रेलसेवा काठमाडौंसम्म बनाउने ।
१४.    प्रत्येक गाउँमा स्कुल र अस्पताल आवश्यक ।
१५.    प्रत्येक ५० हजारको जनसंख्यामा एक अदालत र प्रत्येक अदालतमा कम्तीमा २ ओटा बेन्च  र अदालत जिल्लामा केन्द्रीत नभईकन ठाउँ ठाउँमा स्थापित हुने ।
१६.    प्रत्येक घरघरमा पाइपलाईनबाट ग्यासको सुविधा
१७.    शिक्षा र मेडिकल सुविधा पूर्ण रूपले निःशूल्क
१८.    छिमेकी मुलुक सँग मैत्रिपूर्ण सम्बन्ध ।
१९.    विना भंसार शूल्क फ्रि रूपमा सामानको लाने लैजाने सुविधा । भन्सार तिर्नु परेमा बढीमा २५५ मात्र लाग्ने ।
२०.    केटा(केटीलाई मैट्रिक (एस.एल.सी.)  सम्म पढाइ अनिवार्य र निःशूल्क ।
२१.    प्रत्येक बेरोजगारी व्यक्तिलाई बेरोजागरी भत्ता दिने । भोजन, बस्त्र र घर मौलिक अधिकार अन्तर्गत मानिने ।
२२.    २५ लाखको संख्यामा बहुमंजिला सिंगल रुम प्लैटको निर्माण । सस्तोमा बेघर     व्यक्तिलाई दिने ।
२३    जनकपुर, विराटनगर, भैरवा र नेपालगंजमा अन्तर्राष्ट्रिय हवाई अड्डाको निर्माण ।
२४.    प्रत्येक तीन तीन महिनामा जनताको विचार लिने र त्यसै अनुसार प्रगति गर्ने ।
२५.    जेष्ठ नागरिकलाई यथोचित भत्ता दिने ।
२६.    उच्च तहको नेता कार्यकर्तालाई गुजारा भत्ता दिने ।
२७.    राष्ट्रको कामकाजको भाषा नेपाली, हिन्दी र अंग्रेजी तीनै हुने ।
२८.    ठेक्का अवधिसम्मको लागि आवश्यक कानून बनाउन अधिकार दिने ।
२९.    ठेक्का समाप्त भएपछि अन्तर्राष्ट्रिय पर्यवेक्षकको रेखदेखमा चुनाव सम्पन्न गरी चु
    निएको संसदलाई अधिकार प्रत्योजन गरी दिने ।
ठेकेदार देशको पात्रता (ब्ष्निष्ष्ष्तििथ०
१.    आफै विकसित वा विकासशील देश हुनु पर्ने ।
२.    नेपालसँग राजनैयीक सम्बन्ध स्थापित भएको देश हुनु पर्ने ।
३.    सम्झौता अनुसार काम पूरा नभए धरौटी रकम जफत गर्ने ।
४.    ठेक्का लिने देश ग्ल्इ को भिटो प्राप्त देश नहुने ।
    (विवाद भएमा भिटोको अनुचित लाभ लिन सक्छ)
५.    ठेक्का अवधि १५ वर्ष को हुने र जरुरत भएमा आपसि सल्लाह अनुसार पुनःनवीकरण गर्न सकिने ।
६.    अन्य बुँदा समझदारी अनुसार थपिने ।

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवामा राष्ट्रिय विद्यार्थी संघले तीन...

सर्लाही । भारतको विहारमा मदिरापान बिक्रीवितरण र ओसारपसारमा प्रतिबन्ध लगाइएपछि...

गौर । प्रदेश २ का कृषि ,भूमि व्यवस्था तथा सहकारी...

जीतपुर । जीतपुरमा एउटै पसलमालगातार दुई चोटीचोरी भएपछि , प्रहरीको...

स्याङ्जा : जिल्ला कारागार स्याङ्जामा कार्यरत एक प्रहरी जवानले...

जनकपुरधाम । धनुषामा एक युवक घाँटी रेटिएको अवस्थामा फेला परेका...

पशुपतिनगर, इलाम : इलामको चुलाचुली गाउँपालिकामा कार्यरत नायब सुब्बा जगत...

बर्दिवास : महोत्तरीको सदरमुकाम जलेश्वरलाई भारतीय सीमा र धनुषाको जनकपुरसँग...

बलेवा : कुलतमा लागेका युवाका लागि सुधार गृहका रुपमा स्थापना...

इलाम : नेपाल पत्रकार महासङ्घ इलाम शाखाले पत्रकारका लागि आपत्कालीन...

काठमाडु । साउथ ह्याम्पटनलाई हराउँदै लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको...

काठमाडु । अपराध अनुसन्धानमा अब्बल मानिँदै आएको नेपाल प्रहरी पछिल्लो...

जनकपुरधाम । कमला नगरपालिकाका वडाअध्यक्षहरुले नगरप्रमुख रामउदगार गोइतलाई शनिवार ९...

भद्रपुर : खोलामा डुबेर मेचीनगर–८ सालघारीका ३६ वर्षीय शिवु...

जीतपुर : मुलुकी ऐनमा सवारी चालक सम्बन्धि गरिएको ब्यवस्थाको परिवर्तनको...

बर्दिबास : बालबालिकाले भयत्रासमुक्त वातावरणमा सुरक्षित र...

राजविराज : प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले...

वाशिङ्टन, डिसी : अमेरिकाको मेरिल्याण्ड राज्यमा भएको गोली काण्डमा...

नेपालगञ्ज, बाँके : मुस्लिम समुदायको पर्व मोहर्रममा नेपालगञ्जमा हिन्दू...

काठमाण्डु । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले टुंगो लगाएको प्रदेश ईञ्चार्ज ...

राजविराज । संविधान संशोधनको विषयमा वहस चलिरहेको बेला प्रदेश २...

सिरहा । जिरोमाइल देखि बरियारपट्टि जाने सडकखण्ड...

जनकपुरधाम । धिरेन्द्र मल्टिमेडिया प्रालिको प्रस्तुति रहेको चलचित्र...

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता रामचन्द्र झाले सरकारमा...

वीरगञ्ज । सेवाग्राहीसित घुस लिएको आरोपमा अख्तियारको टोलीले वीरगन्ज महानगरपालिकाका...

नेपालगञ्ज : इस्लाम धर्मावलम्बीको मोहर्रम पर्व बाँकेमा पनि धुमधामका...

बुटवल : मुलुकी संहितामा सवारी चालकका लागि ल्याइएको प्रावधानको...

कञ्चनपुर । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका नेता राजेन्द्र...

पर्सा : विद्यालयको अनुमतिपत्र दिन रु एक लाख घुस...

बर्दिवास । महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका–६ जमुनियाँ चोकमा आज...

जनकपुरधाम । चालकहरुको बन्दले जनकपुरधाम लगायत तराईका ...

वीरगञ्ज : नेपाल आयात गर्न लागिएको मल सिर्सियास्थित सुख्खा...

कास्की : सङ्घीय सरकारका युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले...

काठमाडौँ : प्रतिनिधिसभा बैठकमा सांसदले संविधान कार्यान्वयन गर्न मौलिक अधिकारसम्बन्धी...

विराटनगर : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले...

काठमाडौँ : नेपाली काङ्ग्रेसले अछामका पार्टी क्रियाशील सदस्य टेकबहादुर...

वासिंटन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले महान्यायाधिवक्ता जेफ सेसन्सप्रति तिखो...

सिरहा । माछा उत्पादन बढाई नगरक्षेत्रलाई समृद्ध बनाउने योजना सिरहाको...

लहान : सिरहा प्रहरीले जिल्लाको विभिन्न स्थानबाट डेढ हजारभन्दा...

गौशाला : महोत्तरी जिल्लाको जलेश्वर कारागारका एक बन्दीको गए राति...