Wed, 14 Nov 2018
ताजा समाचार
सूर्यदेवको आराधना गरी छठपर्व मनाइँदै, यस्तो छ व्रतविधि || बरियारपट्टीको सरकारी अस्पतालमा औषधिको अभाव || छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा || छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै || छठको तयारी अन्तिम चरणमा || विपन्न परिवारलाई वडाअध्यक्षको सहयोग || सरकार संघीय शिक्षा ल्याउने तयारीमा || शिक्षामा फड्को मार्दै प्रदेश || गरीब तथा विपन्नलाई छठ पूजाका लागि सामाग्री वितरण || छठ प्रारम्भ, आज खरना || भोजको निहुँमा युवतीमाथि सामूहिक बलात्कार || केन्द्र, प्रदेश र स्थानीय तहबीच विदा प्रतिष्पर्धा || साँसद रौनियार योजना तर्जुमामा || प्रदेश २ ले खेलमैत्री नीति बनाईने || लागूऔषधसहित एक पक्राउ || नालामा मासु बेच्दा छठ व्रतालुलाई सकस || सुरू भयाे काठमाडौं–जनकपुर पर्यटकीय बस सेवा || गलत सूचना दिने पक्राउ || छठका लागि बाँसको सामग्री बनाउन व्यस्त मरिक समुदाय || विष्फोटक पदार्थ नष्ट || राजपुत क्षेत्रिय समाज नेपालको नवनिर्मित भवनको समुदघाटन सम्पन्न || तिहारमा रु ५० लाखको फूलमालाको कारोबार || रेडियो नेपालका पूर्व सम्पादक मास्केको निधन || सामुदायिक विद्यालयलाई सहयोग || पाँच घर जलेर नष्ट || राति १० बजेपछि देउसी भैलो खेल्न रोक || मनाइयो कुकुर तिहार || महिन्द्रा ब्रान्डका गाडिहरुको मेगा डेलिभरी कार्यक्रम || सेतो ब्राउन सहित महिला पक्राउ || विद्यापति स्मृति त्रिद्विवसीय || नगरपालिकाको मोबाइल एप्स || आगलागीबाट एकको मृत्यु || चोरीका सामान सहित ३ पक्राउ || सामुदायिक प्रहरी साझेदारीको संरचना गठन || जानकी मन्दिरको लागि पौने ८ करोड दिने || काँग्रेसको आन्दोलन स्थगन || लागुऔषध सहित २ पक्राउ || गाडी खरिदमा व्यापक कमिसन || जनकपुरमा दुई भारतीय नागरिक मृत फेला || चीनमा ट्रकको ठक्करबाट १५ जनाको मृत्यु, ४४ घाइते ||
निधि प्रकरणःमधेशी नेताका लागि शिक्षा

चैत्र २९, २०७३

 


–बृजकुमार यादव


मन्त्री रहने तर मन्त्रीपरिषद बैठकमा नजाने नेपालको इतिहासमा पहिलो मन्त्री निधि नै हुनुपर्छ । अहिले सम्मको चलन अनुसार प्रधानमन्त्री अथवा पार्टी सभापतिसित सम्बन्ध बिग्रेपछि मन्त्रीबाट राजिनामा दिएका प्रशस्तै उदाहरणहरु छन । तर वरियतामा झारिएपछि पनि मन्त्री रहने र केबिनेटमा नजाने यो अनौठो उदाहरण भएकोछ ।  

नेपाली काग्रेसमा बिमलेन्द्र निधि अत्यन्त प्रभावशाली नेताहरु मध्ये गनिन्छन ।उनी पार्टी सभापति शेरबहादुर देउवाका अत्यन्त विश्वासपात्र मानिन्थे । देउवालाई सभापतिमा निर्वाचन गराउनेदेखि प्रचण्डको नेतृत्वमा सरकार बनाउने सम्मको अभियानमा सशक्त भूमिका निर्वाह गरेका निधिको उचाई बढदै गएको थियो ।

आन्दोलनरत्त मधेशी मोर्चा र सरकारबीचको दूरी घटाउनपनि उनले योगदान गरेको चर्चा राजनीति वृत्तमा छ ।प्रधानमन्त्री प्रचण्डको विशेष दूतको रुपमा दिल्ली पुगेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी , राष्ट्रपति प्रणव मुखर्जी लगायतका उच्च पदस्थत हस्तीहरुसित भेंटेपछि दुबै तर्फ उनको बौद्धिकताको चर्चा चलेको थियो ।

सरकारमा निधिलाई उपप्रधान एवं गृहमन्त्री बनाउन देउवाले धेरै ढिलाई गरेनन ।सम्बन्ध राम्रै थियो ।सभापति देउवा र मन्त्री निधिबीचको समझदारीमा चिसोपना केहि पहिले देखि नै बढन थालेको थियो ।सभापति भएपछि देउवाले आश्वासन दिए बमोजिम निधिलाई उपसभापतिमा चयन गर्न ढिलाई गर्न थाले ।एक वर्ष बितिसक्दापनि अहिले सम्म केन्द्रिय समितिमा पदाधिकारी मनोनयन हुन सकेको छैन । ढिलाईका कयौं कारण मध्ये निधि उपसभापतिको रोजाईमा नपर्नु पनि एउटा कारण हो ।

पछिल्लो पटक नेपाल प्रहरीको महानिर्देशक (आईजीपी) नियुक्तीमा देउवाले गृहमन्त्री निधिसित अनपेक्षित तनाव खप्नु पर्यो ।पार्टी सभापति देउवाले गृहमन्त्री बनाएका निधिबाट किन्तु परन्तुको अपेक्षा नै गरेका थिएनन ।आफूले भनेकै व्यक्तिलाई आईजीपी बनाउनेमा निधि आ“खा चिम्लेर लाग्ने विश्वास गरेका थिए ।तर बिबाद भयो ।

कथित ‘भद्र सहमति’ अनुसार सरकारको वरियतामा दोस्रो स्थान राप्रपाका अध्यक्ष कमल थापालाई दिइएकोछ ।अब निधि उपप्रधान र गृहमन्त्री रहने तर मन्त्रीपरिषद बैठकमा सहभागि नहुने सहमति भएकोछ । नेका“ सभापति देउवा, प्रधानमन्त्री प्रचण्ड र निधिबीच भएको सहमति अनुसार मन्त्रीपरिषद बैठक बाहेक निधिको भुमिका पूर्बवत रहनेछ ।

मर्यादामा निधि अब तेस्रो स्थानमा झरेकाछन ।उनी मन्त्रीपरिषद बैठकमा नगएपनि अन्य थुप्रै स्थानमा मर्यादाक्रम अनुसार तेस्रो स्थानमा नै रहनुपर्नेछ ।यसलाई उनी जसरी व्याख्या गरेपनि सर्वसधारणले सोझो रुपमा उनी वरियता क्रममा अपमानपूर्ण ढंगल झारिएको बुझेकाछन ।

वरियतामा झारिए मन्त्रीबाट राजिनामा दिने उनले दिएको अभिव्यक्तिलाई धेरैले सकारात्मक रुपमा लिएका थिए ।तर उनी मर्यादाक्रममा झरेरपनि पदासिन भइरहनु उनको मर्यादाका लागि उचित होइन ।मर्यादा अवमुल्यनले बैठकमा मात्र होइन, सम्रगमा उनको हैसियतमा गिरावट आएकोछ ।

पार्टी सभापति देउवाको अत्यधिक विश्वासपात्रका रुपमा चिनिएका निधिलाई अब देउबाले नचाहेको सन्देश सरकारी र पार्र्र्टी निकायमा समेत सम्प्रेषण भएकोछ ।मन्त्रीपरिषदमा नगएपनि मन्त्री भइरहनु उनका लागि समान्य विषय नहुन सक्छ ।तर राजनीतिमा चासो राख्नेहरुले उनलाई कुनै बेला गिरिजाप्रसाद कोइरालाको विश्वास पात्र रहेका कयौं पटक मन्त्री बनेका जेपी गुप्ताको अवस्थासित तुलना गर्न थालेकाछन । नेका“मा निधिको उचाई घटन थालेको छ ।पार्टी भित्रका मधेशी नेता,सांसदहरुसित उनको सम्बन्ध पहिले देखि नै प्रगाढ छैन ।

संबिधान जारी हुने बेला उनको अडानले मधेशीहरुको अधिकार सुनिश्चित हुने निश्चित थियो । उनले पार्टीमा अडान लिएको भए मधेशको माग सम्बोधन भएर मात्र संबिधान जारी हुन्थ्यो । मधेश आन्दोलनले निरन्तरता पाउने थिएन । तर उनले मधेशी जनताको भावनालाई उपेक्षा गरे । तत्कालिन सरकारमा पनि उनी मन्त्री थिए ।उनकै दलका तत्कालिन सभापति सुशिल कोइरालाले संबिधान जारी गराए ।

देउवालाई सभापति निर्वाचित       गराउने सम्म  अहंम भूमिका निर्वाह गरेका निधिको भूमिकाप्रति सभापति सशंकित देखिएकाछन । उनी निधिलाई पार्टी र सरकार दुबैमा अवमुल्यनगर्दै छन । देसको सबै भन्दा ठूला दल सरकारमा सहभागिहु“दा तेस्रो स्थानमा झरेकोछ ।

तेस्रो ठूलो दल सरकारको नेतृत्व गर्दैछ । चौथो ठूलो दल दोस्रो स्थानमा र सबै भन्दा ठूलो दल तेस्रो स्थानमा झारिएकोछ । यो मन्त्री निधिका लागि मात्र नभै नेका“ पार्टीका लागि पनि अपमान हो । तर दलका सभापतिले नै आफनै दलका नेतालाई तल पार्न यस्तो कदम चाल्छन भने त्यसलाई सहज रुपमा लिन सकिदैन ।

मन्त्री रहने तर मन्त्रीपरिषद बैठकमा नजाने नेपालको इतिहासमा पहिलो मन्त्री निधि नै हुनुपर्छ ।अहिले सम्मको चलन अनुसार प्रधानमन्त्री अथवा पार्टी सभापतिसित सम्बन्ध बिग्रेपछि मन्त्रीबाट राजिनामा दिएका प्रशस्तै उदाहरणहरु छन ।तर वरियतामा झारिएपछि पनि मन्त्री रहने र केबिनेटमा नजाने यो अनौठो उदाहरण भएकोछ ।यसले निधिलाई मन्त्रीको सबै सेवा सुबिधाहरु उपलब्ध त हुनेछ, तर उनको मान बढने छैन ।उनी आफ्नै मन्त्रालयमा पहिले जस्तो सम्मान खोज्नु उपयुक्त नहुन सक्छ ।

हुनत नेका“मा निधिको मानमर्दन गरिएको घटना पहिलो होइन ।का“ग्रेसको बिगत केलाउने हो ?भने परशुनारायण चौधरीपनि महामन्त्रीबाट पञ्चायतमा प्रवेश गर्न विवश बनाइए ।गा“धीबादी नेता महेन्द्रनारायण निधिपनि पछिल्लो समयमा तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाबाट सम्मान पाउन सकेनन ।उनीपनि महामन्त्री भएका थिए । केन्द्रिय सदस्य नरहेको कयौं पटक उनले अभिव्यक्ति दिएका थिए ।

बिमलेन्द्र निधि आधुनिक परिवेशमा विगतलाई बिर्सदै अगाडी बढदै थिए ।तर उनले नेकपा एमालेका नेता रामचन्द्र झा, महेन्द्र राय, आफनै पार्टीका नेता महन्त ठाकुरहरुको पीडालाई बुझने प्रयास गरेनन ।नेका“बाट राष्ट्रपति बनेका डा.रामवरण यादवको मानमर्दनको स्थितिलाई उनले वेवास्ता गरे ।नेकपा माओवादीमा मातृका यादवले भोग्नु परेको पीडाको महसुस गर्ने समयम उनलाई थिएन ।

तर अब निधिको अवस्थाबाट नेका“, नेकपा एमाले , माओवादी, राप्रपामा रहेका मधेशी नेताहरुले सबक सिक्नु आवश्यक छ । ठूलो उचाईमा पुगेका निधिलाई उनका केहि प्रतिद्वन्दीहरुका भनाई अनुसार‘साईज’ ल्याइएकोछ ।देउवाले निधिबाट असुरक्षित महसुस गरेर अपमानित गरेको पक्कै होइन ।उनको पद निधिले खोसिहाल्ने स्थिति आएको छैन । केहि वर्ष आउने संभावनापनि छैन ।उनले भनेको र चाहेको अनुसार निधिले गर्न आनाकानी गरेको बाहेक धेरै कारणहरु नहोला ।

निधिले अन्य मधेशी नेताहरुसित शिर्ष नेताहरुले गरेको व्यवहारलाई नजरअन्दाजगर्दै देउवाको सफलतामा आफनो सफलता देखे ।का“ग्रेसका समर्पित नेताहरुसित विगतमा भएको अपमानपूर्ण व्यवहार, पार्टी छाडन बाध्य बनाइएको अवस्थाबाट उनले शिक्षा लिनै पर्ने थियो । समयमै प्रभावकारी निर्णय नलिई केहि पाइन्छ की भने आशमा रहेका कारण नै निधि अहिले एक्लिएको महसुस गरिरहेको हुन सक्छ ।
कोइरालाको विपक्षमा उनको दुई पुस्ताको यात्रा छ ।

उनका पिता स्वर्गीय महेन्द्रनारायण निधिपनि कोइरालाको विपक्षमा थिए ।पार्टीको आन्तरिक गुटमा निधि परिवार कोइराला परिवारको विपक्षमा नै रह“दै आए ।बिमलेन्द्र निधिले पार्टी भित्र कोइराला परिवारलाई विस्थापित गर्न देउवालाई शिखरमा पु¥याए ।

तर उनले यसोगर्दा आफू मधेशी भएको बिर्से ।उनले आफूलाई मधेशी ठानेर अगाडी बढेको भए शायद अहिलेको जति पीडा हुने थिएन होला ?किनभने हरेक मधेशी विभेदको शिकार बनेकाछन । केहिलाई तत्काल लाभको पदमा पु¥याएर पार्र्टी पं·तीमा अगाडी देखाउने प्रयास गरिदै आएकोछ ।

कुनै समयमा एमालेका नेता रामचन्द्र झाले मधेशीलाई सराप्थे ।डा.रामवरण यादवका लागि मधेशी अछुत नै थियो ।बिमलेन्द्र निधिलेपनि मधेशीलाई स्वार्थी बाहेक केहि देखेनन ।यिनीहरु केहि प्रतिनिधि पात्र मात्र हुन ।सबैको अवस्था उस्तै छ ।जयकृष्ण गोइत एमालेमा थिए ।पछि उनी माओवादी भए ।यी सबै घटनाक्रमहरुमा पात्र मधेशी थिए ।

अहिलेपनि समय छ ।नेका“, एमाले, माओवादी, राप्रपामा रहेका मधेशी नेताहरुले निधि प्रकरणबाट समयमै शिक्षा लिनु आवश्यक छ ।मधेशी नेताहरु सचेत नभए मधेशी जनतासितको विभेद जारी रहने मात्र नभै उनीहरुपनि स्वाभिमानी बन्ने प्रयासगर्दा अपमानित भएर निस्कनु पर्नेमा द्विविधामा रहनु आवश्यक छैन । 

जनकपुरधाम : छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो...

सिरहा । बरियारपट्टी गाउँपालिकामा रहेका सरकारी अस्पतालमा औषधिको अभाव भएपछि...

छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा ...

छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै...

अनिल कुशवाहा , महेन्द्रनगर (धनुषा) । ...

जीतपुर । दलित, गरिब तथा बिपन्न बर्गहरुलाई छठ मनाउनकोे लागि...

कुलदिप दास ( प्रेम ) , जनकपुरधाम : जनकपुरधाम...

जनकपुरधाम । छठ पर्व आईतवारबाट विधिवत प्रारम्भ भएको छ ।छठको...

लहान । सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँ पालिका–२ की एक...

वीरगञ्ज । देशभरी नै लोकप्रिय बन्न थालेको छठ पर्वको अवसरमा...

वीरगञ्ज । पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि...

जीतपुर (सिमरा) ।बाराको जीतपुरसिमरा उपमहानगरपालिका बासीहरु ...

जनकपुरधाम : दीपज्योती टुर्स एण्ड ट्राभल प्रालिले पहिलोपटक काठमाडौंबाट पर्यटकीय...

बाजुरा : १०० नं मा फोन गरेर गलत सूचना...

इनरुवा : छठ पर्व शुरु भएसँगै सुनसरीका मरिक समुदायलाई अहिले...

सिरहा । सिरहाको औरही गाउँपालिकाका सशस्त्र वेश क्याम्पमा वाडा नम्बर...

राजपुत क्षेत्रिय समाज नेपालको नवनिर्मित भवनको समुदघाटन सम्पन्न ...

जनकपुर : यस वर्ष तिहारमा जनकपुरमा रु ५० लाख...

काठमाडौँ : रेडियो नेपालका पूर्व समाचार सम्पादक तथा प्रसारक...

लेखनाथ : कास्कीको पोखरा महानगरपालिका–३१ बेगनासस्थित आनन्दज्योति माविमा विद्यार्थीसँगै...

कृष्णनगर : कपिलवस्तुको शिवराज नगरपालिका–१० इस्लामनगरस्थित तिहारका लागि बालेको...

काठमाडौँ, : जिल्ला प्रशासन कार्यालय काठमाडौँले राति १० बजेभन्दा...

काठमाडौँ : यमपञ्चकको दोस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा...

जनकपुरधाम । नेपालको लागी महिन्द्रा गाडिको आधिकारीक बिक्रेता ...

गोलबजार , सिरहा : लागूऔषध सेतो ब्राउन ...

जनकपुरधाम : जनकपुरमा विद्यापति ट्रस्टले त्रिद्विवसीय विद्यापति स्मृति पर्व...

लमजुङ : बेंसीशहर नगरपालिकाले ‘बेंसीशहर नगरपालिका’ नामक मोबाइल एप्स...

मेलम्ची : सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालगाउँपालिका–५ गुन्सामा गए राति १...

चन्द्रपुर । रौतहटको चन्द्रनिगाहपुरमा रहेको चा“द अफसेट प्रेसबाट समान चार्ने...

सिरहा । सिरहाको बरियारपट्टी ईलाका प्रहरी कार्यालय परिसरमा गाउँपालिका स्तरिए...

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले...

मलंगवा । सर्लाहीको रामनगर गोली काण्ड पछि आन्दोलित बनेका नेपाली...

बर्दिवास । जनकपुरधामबाट काठमाण्डु तर्फ जाने नेपाल माईक्रोको चेकजाँच गर्ने...

गाडी खरिदमा मेयर साह नजिकका केहि कर्मचारी र उनको प्रत्यक्ष...

जनकपुरधाम : जनकपुरमा आईतवार दुई भारतीय नागरिक मृत अवस्थामा...

बेइजिङ । ट्रक चालकले नियन्त्रण गुमाएपछि ट्रकले ठक्कर दिएर चीनको...