Mon, 18 Feb 2019
ताजा समाचार
ट्रक दुर्घटना हुँदा दुईको मृत्यु || तीन कोइराला एउटै मालामा || काँग्रेसद्वारा प्रदेशसभा बैठक अवरुद्ध , मधेशी सहिद पार्क बनाउने निर्णय || मेस्सीको निर्णायक गोलले बार्सिलोना विजयी || भेनेजुएलाका लागि मानवीय सहायता बोकेको अमेरिकी विमान कोलम्बियामा || सर्लाहीमा ट्राफिक कम्युनिकेशन एप्लिकेसन मार्फत सवारीसाधनको चेकजाँच || माघ महिनाको सवारी दुर्घटनाको विवरण सार्वजनिक : ९ को || भारतीय सुरक्षाकर्मीहरुलाई श्रद्धाञ्जली दिन मलंगवामा मैनबत्ती जुलुस निकालियो || लायन्स फाउण्डेशनको राष्ट्रिय सम्मेलन वीरगंजमा सम्पन्न || चेम्बर अफ कमर्स द्वारा विपन्न तथा दलित समुदायका सयौं || राहत शिक्षकको चौथो अधिवेशन फागुन २५ गते हुने || रोकिएन करेन्ट लगाएर माछा मार्ने प्रक्रिया || रोकिएन गिट्टी वालुवा तस्करी,एसपी श्रेष्ठलाई चुनौती || राजधानीमा भूकम्पको धक्का || सिरहामा पोखरीको विवादमा झडप हुँदा ११ घाइते, प्रहरीले चलाए गोली || असनपुरमा वेवारिसे अवस्थामा पेस्तोल फेला || प्रदेश ५ सरकारको स्थापना दिवस || खेतबारी हराभरा भएपछि चिन्ता छैन केही, विदेश पनि यही || कश्मीरमा आक्रमण गर्ने र तिनका मालिकले ठूलो मूल्य चुकाउनुपर्छ : || हजुरबुवाबाटै ५ वर्षीया नातिनी बलात्कृत || श्रीमानविरुद्ध बलात्कारको मुद्दा || बृहत स्वास्थ्य शिविर || आचारसंहिता उल्लङ्घनका ३९३ घटना || महिला च्याम्पियन्स लिग क्रिकेट चैतमा || नरैनापुरमा धार्मिक मेला शुरु || सातै प्रदेशमा रासस वार्षिकोत्सव मनाइने : समाचारदाताहरू पुरस्कृत || नेपाल पत्रकार महासंघ बाराको १५ औँ बार्षिक सभा सम्पन्न || पाकिस्तान विरुद्ध नाराबाजी || लेखा समिति सभापतिको उम्मेदवार साह प्रारम्भमै नैतिक संकटमा || प्रदेश सरकारको एक वर्ष, संघीय सरकारको असहयोगले अपेक्षाकृत काम || ७८ लाख घुस आरोपमा पाठकको राजिनामा || दुखरन पासमानको दुख अब दुर हुने || आफ्नै अपरहण गराएर रकम ठग्न खोज्ने तीन पक्राउ || वड़ा नम्बर ८ सेमि फाइनलमा प्रवेश || फरार अभियुक्त पक्राउ || गौशाला उद्योग वाणिज्य संघको निर्वाचनमा उम्मेदवारी दिएकामध्ये १ ले लिए || मौषम बदली : जनकपुरसहितका क्षेत्रमा वर्षा हुँदै || जपानी प्रविधियुक्त शितभण्डारको शिलान्यास || भारतमा आत्मघाती हमला, कम्तिमा ३४को मृत्यु || उखुवारीमा जलाएको अवस्थामा ११ वर्षीय बालिकाको लाश भेंट्यो ||
सञ्चारकर्मीहरुको भूमिका राजनीतिक दलहरु भन्दा महत्वपूर्ण

बैशाख ६, २०७४


  निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्तले मंगलबार राजधानीमा रहेका छापा र अनलाइन खबर पोर्टलका सम्पादकहरुसित छलफल गरेकाछन  ।उक्त छलफल कार्यक्रममा प्रमुख आयुक्त डा.यादवले व्यक्त गरेका धारणाहरुलाइ यहां प्रस्तुत गरिएकोछ ।उनले चुनाव सम्बन्धी तयारी र सञ्चारकर्मीहरुसितको अपेक्षाबारे जानकारी दिएका थिए ।प्रस्तुत छ उक्त कार्यक्रममा उनले व्यक्त गरेका धारणाको सम्पादित अंश ।

संविधानसभाबाट जारी भएको ‘नेपालको संविधान’ अनुरुप ७४४ स्थानीय तहको निर्वाचनको कार्यक्रम र जिम्मेवारी लिएर आयोग तीव्ररूपमा अघि बढिरहेको यहाँहरुलाई विदितै छ । आयोगले केन्द्रीयस्तरको तयारीलाई अन्तिम चरणमा पु¥याइसकेको र निर्वाचनमा खटिने जनशक्तिलाई दिनुपर्ने केन्द्रीय र क्षेत्रीयस्तरका तालिम सम्पन्न गरी जिल्ला हुँदै अब स्थानीय तहमा सञ्चालन भइरहेका  छन्  ।

स्थानीय तहको निर्वाचन २०७४ बैशाख ३१ गते आइतबार बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान हुने जानकारी यहाँहरूले पाइसक्नु नै भएको छ । निर्वाचन राजनीतिक दलहरुको लोकतन्त्रप्रतिको निष्ठा र प्रतिबद्धतालाई जनमतद्वारा मापन हुने वैधानिक परीक्षण प्रक्रिया हो ।

निर्वाचन मिडियाको पनि निष्पक्षता परीक्षण हुने र आफ्ना पाठकप्रति इमान्दार भई उनीहरुको विश्वास आर्जन गर्ने एउटा अवसर हो । पत्रकारिता लगाम विनाको घोडाजस्तो अघि बढ्न सक्दैन, यसका पनि निश्चित सीमा र समाजप्रतिको उत्तरदायित्व रहेको हुन्छ ।

स्थानीय तह निर्वाचनको महाअभियानमा  राजनीतिक दलका नेता र कार्यकर्ताभन्दा  नेपालका आमसञ्चार माध्यम  निकै अघि रहेको अनुभूति आयोगले गरेको छ । निर्वाचनको वातावरण बनाउन, मतदातालाई जागरुक तुल्याउन तपाई विद्वान् पत्रकारहरुले खेल्नु भएको भूमिका र यहाँहरुको बौद्धिकतालाई म आयोगको तर्फबाट कदर गर्न चाहन्छु ।

 स्थानीय तह निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय बनाउनका लागि निर्वाचन आयोगले स्थानीय तह निर्वाचन आचारसंहिता २०७३ लाई फागुन १८ गतेदेखि लागू गरिसकेको स्मरण गराउन चाहन्छु ।

मिडियाले पस्किएका सामग्रीहरूबाट आचारसंहिताको उल्लङ्घन भई आयोगले हैरानी व्यहोर्नु परेको अवस्था आजको दिनसम्म छैन, एकाध घटनामा भने आयोगले आफ्नो धारणा स्पष्ट गरिसकेको छ ।

निर्वाचनको अभियानमा मिडिया अघि अघि र त्यसको पछि पछि मतदाता रहेको हामीले अनुभूति गरेका छौं । २०७० सालको संविधानसभा निर्वाचनमा मिडियाले देखाएको परिपक्वकताले यस निर्वाचनलाई पनि सफल बनाउन सञ्चारमाध्यमको योगदान महत्वपूर्ण हुने आयोगले अपेक्षा गरेको छ । यस निर्वाचनमा उम्मेदवारी मनोनयन दर्ता यही वैशाख १६ गतेदेखि हुँदैछ ।

स्वाभाविकरूपमै उम्मेदवारी दर्तापछि आचारसंहिता उल्लङ्घन र दलीय प्रतिस्पर्धा तीव्र हुन्छ, त्यस्तो अवस्थामा आमसञ्चारका माध्यमबाट सम्प्रेषण हुने समाचार तथा विचार सत्य, तथ्य र विश्वसनीय हुने नै छन् ।  निर्वाचन आयोग प्रेस स्वतन्त्रताको पक्षमा छ, यहाँहरुले प्रेस स्वतन्त्रताको पूर्ण उपयोग गर्दा निर्वाचनको संवेदनशीलतालाई पनि बुझिदिनु हुने छ ।

निर्वाचनको अवधिमा सम्पादकीय स्वतन्त्रतामाथि लगानीकर्ता वा मालिकको स्वार्थ प्रतिबिम्बित हुने सम्भावना त्यतिकै रहन्छ यो पक्षलाई पनि सम्पादकज्यूहरुले मनन् गर्नु नै हुने छ ।


 आयोगले स्थानीय तह निर्वाचनमा ७४४ वटा स्थानीय तहका लागि ३६ हजार ६३९ पदमा निर्वाचन गराउने तयारी अगाडि बढाएको छ । यस निर्वाचनबाट ४ महानगरपालिका, १३ उपमहानगरपालिका र २४६ नगरपालिकाका लागि २६३ जना प्रमुख र उपप्रमुख गरी ७२६ जना निर्वा्चित हुने छन् । यसैगरी, ४८१ गाउँपालिकाबाट अध्यक्ष र उपाध्यक्ष गरी ९६२ जना निर्वा्चित हुने छन् ।

६ हजार ६८० वडाबाट त्यतिकै संख्यामा वडाअध्यक्ष र देशभरबाट २६ हजार ७२० वडा सदस्य निर्वा्चित हुने छन् । संविधानले व्यवस्था गरेअनुसार यो निर्वाचनबाट १३ हजार ३६० जना महिला निर्वा्चित हुने छन् । त्यसमा ६ हजार ६८० दलित महिलाको प्रतिनिधित्व हुने छ भने अन्य दलित तथा अल्पसङ्ख्यक गरी एक हजार ७५१ प्रतिनिधिसमेत निर्वा्चित हुने छन् ।

स्थानीय तहमा यस्तो समावेशी हिसाबले निर्वाचन हुन लागेको पहिलो पटक हो । यस निर्वाचनबाट ४० प्रतिशतभन्दा बढी महिला निर्वा्चित हुने र दलित तथा अल्संख्यकसहितको समावेशी स्वरूपको स्थानीय सरकार बन्ने छ ।
आयोगले निर्वाचनमा ६७ प्रकारका निर्वाचन सामग्रीको व्यवस्थापन गर्नुपर्ने हुन्छ । त्यसलाई आयोगले दुई प्रकारले सामग्री व्यवस्थापन गर्ने प्रक्रिया अगाडि बढाएको छ ।

नेपालमा उपलब्ध हुने सामग्री हामी आफैं व्यवस्थापन गर्र्छौैं भने नेपालमा उपलब्ध नहुने सामग्रीहरू छिमेकी मित्रराष्टसँग अनुरोध गरेका छौं । केही भौतिक सामग्री र निर्वाचन शिक्षाका सामग्री विकास साझेदार संघ संस्थासँग अनुरोध गरेका थियौं ।

चीन सरकारबाट १४ करोड ४० लाख रुपियाँ मूल्य बराबर सामान आयोगले प्राप्त गरिसकेको छ । भारत सरकार र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमबाट प्राप्त हुने सामग्री आउने क्रममा छन् । जिल्ला जिल्लामा निर्वाचन सामग्री पु¥याउने कार्य सुरु भइसकेको छ ।

मतपत्रको छपाइ कार्य जनकशिक्षा सामग्री केन्द्रमा भइरहेको छ । विभिन्न ६ आकारका ७५ प्रकारका मतपत्रको छपाई कार्य अन्तिम चरणमा पुगेको छ । वैशाख ५ गतेसम्म ७३ जिल्लाको मतपत्र छपाइ भइरहेको छ । स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको फोटोसहितको मतदाता नामावलीलाई वैशाख ३ आयोगको वेभसाइटमा राखिएको छ । 

स्थानीय तह निर्वाचनमा २०७३ फागुन ९ गते १८ वर्ष पूरा भई मतदाता नामावलीमा फोटोसहितको नाम दर्ता गराएका मतदाताले मात्रै मताधिकार प्रयोग गर्न पाउने कानुनी व्यवस्था छ ।

आयोगले सातवटै प्रदेशका ७५ वटै जिल्ला र ७४४ वटै स्थानीय तहको १ करोड ४० लाख ५४ हजार ४८२ मतदाताको विवरणलाई अन्तिमरूप दिई मतदाताको जानकारीका लागि वेभसाइटमा राखेको हो । मतदाताले आयोगको वेभसाइट धधध।भभिअतष्यल।नयख।लउ मा गई मतदाता नामावलीमा रहेको आफ्नो नम्बर र जन्म मिति राखेर आफ्नो विवरण हेर्न सक्नु हुने छ ।

स्थानीय तहको पुनःसंरचनाबाट मतदाताको ठेगाना परिवर्तन भएको छ । नयाँ संरचना अनुसारको स्थानीय तहको नाम र वडा खुल्ने गरी मतदाताको नामावलीलाई अद्यावधिक गरिएको छ । मतदाता नामावलीको छपाइ कार्य आयोगकै छापाखानाबाट भइरहेको छ र सोमबार दिउँसोसम्म ६७ जिल्लाको मतदाता नामावली छाप्ने कार्य सकिएको छ ।
मतदाताको फोटोसहितको मतदाता परिचयपत्रको छपाइ कार्य पनि आयोग परिसरमा भइरहेको छ । वैशाख ५ गतेसम्म ६२ जिल्लाको मतदाता परिचयपत्रको छपाइ कार्य पूरा भएको छ । मतदाता नामावली ऐन २०७३ अनुसार मतदानका लागि मतदाता परिचयपत्र अनिवार्य छ । आयोगले मतदाता परिचयपत्र मतदाताले मतदान गर्ने केन्द्रबाटै पाउने गरी यही बैशाख २८ गतेबाट वितरण गर्ने योजना बनाएको छ । मतदाता परिचयपत्र लिन मतदाता आफैं उपस्थित हुनुपर्ने छ, आफू उपस्थित हुन नसक्ने अवस्थामा आफ्नो परिवारको सदस्य एकिन गरी निजले बुझिलिन सक्ने व्यवस्था छ ।
संवैधानिक  व्यवस्था बमोजिम दलित, महिला, अल्पसङ्ख्यकको प्रतिनिधित्व सुनिश्चित गर्न मतदाता शिक्षालाई व्यापकरुपमा लैजानु पर्ने भएकाले आयोगले सोही बमोजिम कार्यक्रम बनाएको छ । साथै उम्मेदवारका रुपमा महिला सहभागिता अत्यन्त बढी हुनुपर्ने आवश्यकता भएकाले महिला मतदाता मात्र हैन, महिला उम्मेदवारलाई परिलक्षित गरेर विशेष मतदाता शिक्षा कार्यक्रम लगिएको छ । मतदाता शिक्षालाई प्रभावकारी बनाउने आयोगको नीति अनुसार, तालिमप्राप्त मतदाता शिक्षा कार्यकर्तालाई घरघरमा पुग्ने व्यवस्था गरिएको छ ।  प्रति मतदान केन्द्र एक जनाका दरले करिब २१ हजार कर्मचारीलाई मतदाता शिक्षाका सामग्रीसहित परिचालन गरिएको छ । यसका साथै आमसञ्चार माध्यम रेडियो, टेलिभिजन, एफ. एम. रेडियोमा स्थानीय भाषाहरुमा समेत मतदातासँग सम्बन्धित सूचना तथा सन्देशहरू प्रकाशन तथा प्रसारण भइरहेको छ । नेपालमा बोलिने राष्ट्रभाषाहरुमध्ये १७ राष्ट्रभाषामा समेत मतदाता शिक्षा सामग्री तयार गरिएको छ । मतदाता शिक्षालाई बढी प्रभावकारी बनाउन आम सञ्चारमाध्यम, राजनीतिक दल, उम्मेदवारहरूको पनि पर्याप्त सहयोग हुने विश्वास आयोगले लिएको छ ।
स्थानीय तह निर्वाचनलाई आवश्यक पर्ने चारवटा ऐनहरू क्रमशः निर्वाचन आयोग ऐन २०७३, मतदाता नामावली ऐन २०७३, निर्वाचन (कसुर र सजायँ) ऐन २०७३ र स्थानीय तह निर्वाचन ऐन २०७३ व्यवस्थापिका–संसद्बाट पारित भई आयोगले प्राप्त गरिसकेको छ । निर्वाचन आयोग नियमावली २०७३, स्थानीय तह निर्वाचन नियमावली २०७३ तथा स्थानीय तह निर्वाचन निर्दे्शिकाहरू पनि आयोगले पारित गरिसकेको छ र अन्य नियमावली तथा निर्दे्शिकाहरू बन्ने क्रममा छन् ।
निर्वाचनमा आवश्यक पर्ने सबै सुरक्षा व्यवस्था नेपाल सरकारले मिलाउने प्रतिबद्धता व्यक्त गरेको छ । निर्वाचन आयोगका पदाधिकारी, कर्मचारी, निर्वाचनमा खटिने कर्मचारी, मतदानमा प्रयोग हुने सामग्रीहरूको सुरक्षा, ढुवानी व्यवस्थापन, मतदान स्थलको सुरक्षा तथा मतदाता, राजनीतिक दलको कार्यालय, उम्मेदवार यी सबैको भरपर्दो सुरक्षा व्यवस्था हुने छ भन्नेमा आयोग विश्वस्त छ । सुरक्षासहित अन्य व्यवस्थापनलाई सहज बनाउन वैशाख ३ गतेबाट संयुक्त निर्वाचन संचालन केन्द्र (जेईओसी) स्थापना भइसकेको छ । जिल्लास्तरमा पनि यस्तो केन्द्र स्थापना भएको छ ।
निवाृचनमाका लागि आवश्यक पर्ने करिव ८४ हजार मतपेटिका मध्ये नपुग ३० हजार मतपेटिका आयोगले खरिद गरी प्राप्त गरिसकेको छ ।  
स्थानीय तहको निर्वाचन पर्यवेक्षणका लागि आयोगले राष्ट्रिय  पर्यवेक्षकहरूलाई अनुरोध गर्ने नीति अगाडि सारेको छ । पर्यवेक्षणका लागि आयोगले ४१ वटा संस्थालाई निर्वाचनका लागि पर्यवेक्षणको अनुमति प्रदान गरिएको छ । आयोगले नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिको विवरण संकलन गर्न परराष्ट्र मन्त्रालयसँग पत्राचार गरिसकेको छ ।
निर्वाचन आयोगमा ११३ वटा राजनीतिक दलहरू दर्ता भएका छन् । स्थानीय तह निर्वाचन ऐन  २०७३ अनुसार स्थानीय तह निर्वाचनमा व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गरेका राजनीतिक दलहरूलाई २०७० मा भएको संविधानसभा निर्वाचनमा जुन निर्वाचन चिह्न पाएको हो त्यही प्रदान गरिने छ भने अन्य दलहरूले स्वतन्त्र उम्मेदवारको रूपमा निर्वाचनमा भाग लिनुपर्ने व्यवस्था छ । 
जिल्लागत रूपमा दलहरू दर्ता गरिएकोमा केन्द्रमा ८० राजनीतिक दल दर्ता भएका छन् भने जिल्लास्तरमा  सबैभन्दा बढी काठमाडौं ४७  र सबैभन्दा कम मनाङ जिल्लामा ६ वटा दल दर्ता भएका छन् । दलको तर्फबाट उम्मेदवारी मनोनयन गर्दा आवश्यक पर्ने दलको आधिकारीक पदाधिकारीको हस्ताक्षर माग गरिएकोमा ६३ वटा राजनीतिक दलले हस्ताक्षरको नमूना  आयोगमा बुझाएका छन । स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले माननीय निर्वाचन आयुक्त सुधीरकुमार शाहको संयोजकत्वमा केन्द्रीयस्तरमा निर्वाचन आचारसंहिता अनुगमन समिति गठन गरेको छ । जिल्लामा क्षेत्रीय प्रशासक, प्रमुख जिल्ला अधिकारी, जिल्ला निर्वाचन कार्यालयलगायतले पनि आचारसंहिता उल्लङ्घनको अनुगमन गर्ने छन् । 
 जिल्लामा उजुरी परेर त्यहाँ टुङ्गो नलागेका विषयलाई केन्द्रमा पठाइने छ र उक्त समितिले आवश्यक निर्णय गर्ने छ । प्रचार प्रसारको कार्य सुरू भएपछि विभिन्न किसिमको अनुगमन टोलीले अनुगमन गर्ने व्यवस्था गरिएको छ । यस्तो टोलीले आचारसंहिता उल्लङ्घनलाई रोक्ने छ र आवश्यक परेमा जरिवानासमेत गर्न सक्ने व्यवस्था छ । आयोगले स्थानीय तह निर्वाचनका लागि फागुन १८ देखि निर्वाचन आचारसंहिता लागू गरिसकेको छ ।  वैशाख ४ गतेसम्ममा आयोगमा एक हजार २०५ निवेदन परेकोमा एक हजार ९३ सहमति माग गरिएको र ५९ वटा आचारसंहिता पालनासग सम्वन्धीत उजुरी परेका छन् ।
 मतदाताको संख्याको आधारलाई विश्लेषण गरेर देशभर १० हजार ६४० मतदान स्थल र करिब १९ हजार केन्द्र हुने अनुमान गरिएको छ ।
कुल ७४४ स्थानीय तहको निर्वाचनका लागि ७५ मुख्य निर्वाचन अधिकृतको कार्यालय यही  वैशाख ३ गते नै मुलुकका ७५ जिल्लामै शान्तिपूर्णरुपमा स्थापना भई सञ्चालनमा आइसकेका छन् । बाकी ६६९ वटा स्थानीय निकायका लागि  निर्वाचन अधिकृतको कार्यालय वैशाख १२ गतेसम्म खोल्ने आयोगको तयारी छ । त्यहाँ ६ हजार ८४६ जना कर्मचारी खटिने छन् । प्रत्येक मतदान केन्द्रमा पाँचजना कर्मचारी र तीनजना स्वयंसेवक खटिने छन् । एक लाख २६ हजार कर्मचारी र ६३ हजार स्वयंसेवक मतदान केन्द्रमा खटिने अनुमान छ । बढी संख्यामा वडा भएका महानगर, उपमहानगर, नगरपालिका तथा गाउँपालिकामा मनोनयनपत्र दर्तालगायतको कार्यमा थप कर्मचारी खटाइने छ । मतदाता शिक्षा कार्यकर्तालाई तालिम दिइसकिएको छ । त्यसैगरी, जिन्सी व्यवस्थापनका लागि केन्द्रीय, क्षेत्रीयस्तरमा सम्पन्न भएका छन् ।
निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतलाई निर्वाचनसम्बन्धी मतदान तालिम प्रदान गर्न ४५ जनालाई मुख्य प्रशिक्षक प्रशिक्षण, ८१९ जनालाई  क्षेत्रिय प्रशिक्षक प्रशिक्षण दिइसकिएको छ भने करिव १९ हजार मतदान केन्द्रका लागि खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृत गरी करिब ३८ हजार जनालाई प्रशिक्षणको व्यवस्था गरिएको छ ।
निर्वाचन अनुगमनका लागि उच्चस्तरीय अनुगमन गर्न केन्द्रबाट उच्चस्तरीय कर्मचारी खटाइने छ भने जिल्लास्तरबाट पनि अनुगमन टोलीहरू खटिने छन् । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी केही जिल्लामा सूक्ष्म अनुगमनकर्ताहरु खटाइने छ । निर्वाचनलाई व्यवस्थित बनाई सञ्चालन गर्न आयोगमा संयुक्त निर्वाचन सञ्चालन केन्द्र (व्भ्इऋ)  वैशाख ३ गते नै स्थापना भइसकेको छ भने  जिल्लास्तरमा पनि यस्तो निर्वाचन सञ्चालन केन्द्र (व्भ्इऋ) केन्द्र केही दिनभित्रै स्थापना गरिने छ  । साविकको जस्तै निर्वाचनसँग सम्बन्धित सूचना तथा जानकारीहरू सरल र सहज तरिकाले प्रदान गर्न निर्वाचन आयोगमा कल सेन्टर सञ्चालनको तयारी भइरहेको छ । केही संवेदनशील मतदान स्थललाई प्रविधिको प्रयोग गरी आयोगबाट सोझै अनुगमनको व्यवस्था मिलाइने छ । स्थानीय तह निर्वाचनको प्रयोजनका सूचना प्रवाहमा सहजता ल्याउन मिडिया सेन्टर सञ्चालनमा आइसकेको छ ।
निर्वाचनको मिति घोषणापछि हालसम्म निर्वाचन आयोगले केन्द्रमा लिनुपर्ने नीतिगत निर्णय तथा निर्वाचन सञ्चालनका लागि व्यवस्थापन गर्नुपर्ने ९० प्रतिशत भन्दा बढी कार्य सम्पादन गरिसकेको छ । अब निर्वाचन सञ्चालनको जिम्मेवारी जिल्ला तहमा पुग्दैछ ।  तपाईहरु, आत्माविश्वासी, दूरगामी सोच राख्ने, अध्ययनशील र व्यापक जनसम्पर्क भएको व्यक्तिहरू हुनुहुन्छ । तपाईहरु उच्च गरिमायुक्त, जोखिमपूर्ण र सङ्घर्षशील पेशाका नायक हुनुहुन्छ । यो निर्वाचनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई गाउँस्तरबाटै संस्थागत गर्ने र जनताको सबैभन्दा नजिकको सरकार निर्माण गर्ने छ । 
लामो समयदेखि अबरुद्ध रहेको स्थानीय तहको निर्वाचनले गाउँदेखि नै नेतृत्वको विकास भई आर्थिक, सामाजिक विकासमा पनि महत्वपूर्ण योगदान पुग्ने विश्वास हामीले लिएका छौँ । लोकतान्त्रिक वातावरणमै मिडियाहरु फस्टाउँछन्, जनजनसम्म पुग्दछन् र उच्च व्यावसायिकरुपमा स्थापित पनि हुन्छन् । आयोगको निमन्त्रणालाई स्वीकार गरी पाल्नु भएकोमा हामी यहाँहरुलाई हृदयदेखि नै हार्दिक धन्यवाद दिन चाहन्छौँ । विगतमा जस्तै यहाँहरूले निष्पक्ष, स्वतन्त्र र विश्वसनीय सूचना तथा सन्देश सम्प्रेषण तथा प्रवाह गरेर स्थानीय तह निर्वाचनमार्फत लोकतन्त्रको जगलाई संस्थागत गर्ने कार्यमा पूर्ण सहयोग र समर्थन हुने नै छ भन्नेमा म पूर्ण विश्वस्त छु ।

राजविराज : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिमा आज...

काँग्रेसमा अब कोईरालाहरु एक भईसकेको उल्लेखगर्दै उनले भनिन् ‘हामी...

प्रदेश सरकारको १ वर्ष पुरा गरेको अवसरमा उपलब्धि सार्वजनिक गर्न...

काठमाडौं । स्पेनिस लिग फुटबलमा बार्सिलोनाले रियाल भालाडोलिडलाई हराएको छ...

काठमाडौं । भेनेजुएलाका लागि मानवीय सहायता बोकेको अमेरिकी सेनाको विमान...

सर्लाही । सवारी दुर्घटना न्युनिकरण तथा सुरक्षित यात्राका लागि...

मलंगवा ।जिल्ला ट्राफिक प्रहरी कार्यलय सर्लाहीले माघ महिनामा भएका ...

मलंगवा । भारतको जम्मु कश्मिरको पुल्बामा भएको आतंककारी हमलामा...

वीरगंज । नेपाल लायन्स फाउण्डेशनको राष्ट्रिय सम्मेलन वीरगंजमा सम्पन्न भएको...

जनकपुरधाम । नेपाल चेम्बर अफ कमर्सले शाखा विस्तार गर्ने क्रममा...

गौशाला । राहत शिक्षक संघर्ष समिती महोत्तरीले फागु्न २५ गते...

चन्द्रपुर : बागमती नदीमा अवैध रूपमा करेन्ट लगाएर माछा मार्ने...

लहान । लहानबाट निकासी भएका गिट्टी वालुवा सिमावर्ती नरगीमा...

काठमाडौं : राजधानीमा शक्तिशाली भूकम्पको धक्का महसुुस भएको छ...

सिरहा : सिरहाको सुखीपुर नगरपालिका २ विद्यानगरस्थित सिकिया पोखरीको विवादमा...

लहान । सशस्त्र प्रहरी वलले वेवारिसे अवस्थामा कटुवा पेस्तोल...

बुटवल । प्रदेश ५ सरकारले बुटवलमा विशेष कार्यक्रम गरी प्रथम...

सागरनाथले तीन छोराछोरी खेतीपाती गरेरै हुर्काउनुभयो । जेठी छोरीको बिहे...

नयाँ दिल्ली : भारत प्रशासित कश्मीरमा बिहीबार भएको आक्रमणमा...

अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा वडा नम्बर ११ अमिलेमा ...

डोटी : शिखर नगरपालिका वडा नम्बर ६ की एक...

तुलसीपुर : तुलसीपुर–२ की ८२ वर्षीय सरस्वती वलीले लामो...

काठमाडौँ : प्रेस काउन्सिल नेपालले एक वर्षमा पत्रकार आचारसंंहिता...

काठमाडौँ : एनसिएल स्पोर्टस् प्रालिले महिला टि–२० क्रिकेट लिग...

नेपालगञ्ज : बाँकेको नरैनापुर गाउँपालिका–२ मियापुर्वामा आजदेखि खलिफा सैयद...

काठमाडौँ : राष्ट्रिय समाचार समिति (रासस) ले यही फागुन...

जीतपुर : नेपाल पत्रकार महासंघ संघ बाराको १५ औँ बार्षिक...

अखिल भारतीय विद्यार्थी परिषद, रकसौल नगर इकाईले जम्मू कश्मीर...

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डल...

जनकपुरधाम । प्रदेश २ मा सरकार गठन भएको एक वर्ष...

पाठक हटेपछि सत्तारुढ दलले आफ्ना एकजना कार्यकर्तालाई आयुक्तमा बहाल गर्ने...

जनकपुरधाम : हेल्प मधेशीको आर्थिक सहयोगले घरविहिन दुखारन पासमानको...

जनकपुरधाम : आफ्नै अपरहण गराएर झूठो नाटक गरी रकम...

रौतहट : रौतहट जिल्लाको गौरमा जारी रहेको गौर नगरस्तरीय...

रौतहट: हत्या गर्ने उदेश्यले गोली हानि फरार भएका एक...

गौशाला । महोत्तरीको गौशाला उद्योग वाणिज्य संघका लागि मनोनयन...

जनकपुरधाम : पश्चिमी वायुको प्रभावले तीन दिनसम्म बदली र वर्षाको...

राजविराज । सप्तरी जिल्लाको राजविराज नगरपालिका वडा नम्वर–१५ स्थित देउरी–भरुवामा...

नयाँदिल्ली । भारतको कश्मीरमा विहिवार भएको आतंककारी आत्मघाती हमलामा कम्तिमा...

धनुषामा ११ वर्षीय बालिकाको विहिवार लास फेला परेको छ...