Wed, 26 Sep 2018
ताजा समाचार
अभियुक्तलाई सजायको उपाय खोजी || तीन किलो सुनसहित पक्राउ || ट्रम्पलाई महासभा बैठकमै फ्रान्सेली राष्ट्रपतिले दिए कडा जवाफ || क्रिकेटमा अफगानिस्तानले देखायो क्षमता, भारतलाई रोक्यो बराबरीमा || दास परिवारलाई तीन लाख राहत सहयोग || आजदेखि सोह्रश्राद्ध सुरु || सडक निर्माणका लागि धर्ना || राजस्व असुलीमा भारी बृद्धि || 'विद्यार्थीको वृत्ती विकास’ सम्बन्धी पाँचौ कन्भेन्सन || राजपा नेपालको बैठक ११ गते || जनकपुरका अभियानीहरु झाडापखाला प्रभावित क्षेत्रमा || स्थानीय तहको अधिकार खोसिदै || डा भूसालद्धारा मितेरीपुल र बालगृहको स्थलगत निरिक्षण || श्रीमती बनाउँछु भनेर किशोरीलाई बलात्कार गर्ने युवक पक्राउ || एसिड पीडित दासको मृत्यु || बाल विवाह विरुद्द जनचेतना कार्यक्रम सम्पन्न || बालिका बलात्कृत || नदीमा डुबेर बालकको मृत्यु || सरकारको अधिनायकवादी शैलीलाई असफल पार्नुपर्छ : देउवा || महोत्तरीमा भन्सार छलेर ल्याएको १७ लाखको सामान बरामद || शिक्षकको परीक्षाका कारण विद्यालय बन्द || डेरी उद्योगबाट तीस हजार युवालाई रोजगारी || चप्पल उद्योगमा श्रम शोषण || प्रदेशको नामांकन र राजधानीमा विवाद || एसिड प्रहारबाट घाइते युवतीको मृत्यु || माल्दिभ्सको राष्ट्रपतिमा विपक्षी दलका उम्मेदवार सोलिहलाई अग्रता || बार्सिलोना बराबरीमा रोकियो || सुचनाको माँग गर्दै राष्ट्रिय विद्यार्थी संघ रिले अनशनमा || मदिरा पिउन आउने भारतीयका कारण होहल्ला र असुरक्षा || अपांग दाजु भाईलाइ राज्य मन्त्रीले गरे सहयोग || प्रहरीका टाउँको दुखाई , लागुऔषध प्रयोगकर्ता बालकहरु || प्रहरी जवानद्वारा आत्महत्या || घाँटी रेटिएको अवस्थामा एक युवक फेला || नायब सुब्बाको दुर्घटनामा निधन || भिठ्ठामोड–जलेश्वर–जनकपुर सडक निर्माणमा ढिलाइ || प्लास्टिक घरभित्र तरकारी खेती || पत्रकार राहत कोष स्थापना || लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा || नेपाल प्रहरीको छवि धुमिल बन्दै || वडा अध्यक्षव्दारा ज्ञापन ||
नयाँ दल, नयाँ आवश्यकता

बैशाख १०, २०७४

 

 

किशोर नेपाल, वरिष्ठ पत्रकार

आधा दर्जन मधेश केन्द्रीत राजनीतिक दलहरुको ‘राष्ट्रिय जनता पाटी’मा रुपान्तरण राजनीतिमा सकारात्मक प्रयोग हो । नयाँ संगठनको निर्माण वर्तमानको आवश्यकता थियो । तर, जति सूक्ष्म हिसावमा यसको निर्माण भयो त्यो आश्चर्यजनक घटना थियो ।

प्रायः समान राजनीतिक आस्था र विश्वासराख्ने मानिसहरु एकैठाउँमा वस्दा उनीहरुको शक्ति खुम्चिन पाउँदैन । मानिसका ती समूहहरु स–साना दलमा परिणत हुँदा स्वाभाविक रुपमा शक्ति वाँडिन्छ । विभाजित शक्तिले राजनीतिका उच्च लक्ष्यहरु प्राप्तगर्न सक्दैन ।

पछिल्लो समयमा मधेश केन्द्रीत दलहरुको विफलताको मुख्य कारणमध्ये यो पनि एउटा थियो । राजनीतिलाई आखेटका रुपमा लिने, मौका आएका वेला एक दुइवटा मन्त्रालयहरुको शिकारगर्ने र सरकार चलाउने प्रवृत्तिका कारण मधेशका केही दलहरुको वैचारिक पहिचान स्थापित हुन सकेको थिएन । अहिले ठूला विषय उठानगर्ने दलहरु साना स्वार्थहरुमा अल्झिदा वृहत्तर स्वार्थ प्रभावितहुने कुरा मधेशका राजनीतिज्ञहरुले वुझेको देखिएको छ ।

राष्ट्रिय जनता पाटीको गठन यसैको संकेत हो ।
दलको गठनले मधेशको शक्तिलाई पक्कै पनि हिजोभन्दा वढी एकीकृत गरेको छ । पार्टीको गठन भर्खरै भएकोेले यसको संगठनको स्वरुप र संचालन प्रक्रियाको अन्तिम प्रारुप तयार हुनै वाँकी छ । अहिले अध्यक्ष मण्डलमा रहेका नेताहरुको ‘अहं’ मा आँच नआउने किसिमले संगठनको प्रारुप तयारगर्न केही समय लाग्नेछ । दलको राष्ट्रिय सम्मेलन नभएसम्म राष्ट्रिय रुपमा संगठनको विस्तार पनि सम्भव छैन ।

मधेश र पहाडका वीच खडा गरिएका विचारका जडवत अवरोधहरु तोडनु नयाँ दलको जिम्मेवारी हो । राष्ट्रिय जनता दलका सवै नेताहरु राष्ट्रिय रुपमा चिनिएका छन । अव ती नेताहरु समावेश भएको राष्ट्रिय दलको आवश्यकता र उद्देश्यको निरुपण अत्यावश्यक भएकोछ ।

हालका आन्दोलनहरुमा एउटै देखिएको तराइ–मधेशको राजनीति राष्ट्रिय जनता पाटीको निर्माणपछि स्पष्टतः दुइ धारमादेखिएको छ । उपेन्द्र यादव नेतृत्वको संघिय समाजवादी दलले जाति, जनजातिहरुलाई समेटेर अघि वढने उद्देश्य लिएको छ ।

निकट भविष्यमा पूर्व प्रधानमन्त्री तथा हाल नयाँ शक्ति पार्टीका संयोजक वावुराम भट्टराईको पार्टीसंग संघिय समाजवादी दलको एकताहुने पनि चर्चाछ । तर, संघीय समाजवादी पार्टीले जतिसुकै प्रयत्न गरेपनि मधेश राजनीतिको मुख्य धारबाट वाहिरिएर अलग राष्ट्रिय पहिचान वनाउने सम्भावना देखिदैन ।मधेशका दलहरुको संस्थागत विकासको चरण शुरु भएको छैन ।

दलको नेताको व्यक्तित्व दलीय अस्तित्वको आधार वनेको छ । पार्टीको विभाजन व्यक्तिगत स्वार्थ र भावनात्मक आधारमा हुने गरेकोले पार्टीलाई यो अवस्थाबाट मुक्तगर्न यसको विश्वसनीयता स्थापित गर्नु पर्दछ । पार्टीलाई विधि र मर्यादाभित्र वाँध्न समय लाग्दछ ।

राष्ट्रिय जनता पाटीको गठन यस्तो समयमा भएको छ जव पूरै नेपालमा मधेशी र पहाडिया जनताका वीच विभाजन ल्याउने चेष्टा भै रहेको छ । एकथरि राजनीतिक दलले मधेशलाई नेपाली राष्ट्रवादको घेरा वाहिर राखेर हेर्ने दृष्टिकोण लिएका छन ।

संविधान निर्माणका वेला प्रादेशिक सीमांकनको विवाद उत्पन्न भएपछि उठेको आन्दोलनको तूष अहिलेसम्म जोगाइएको छ । त्यो आन्दोलनका क्रममा भएको कैलाली काण्ड, त्यसपछि सल्किएको मधेश आन्दोलन, आन्दोलनकारीहरुको चर्को दमन, नाका केन्द्रित आन्दोलन, (भारतीय) नाकावन्दी लगायतका घटनाक्रमले मधेश र पहाडका वीचमा  विभाजनको जुन धर्को तान्यो त्यो नेपाली राष्ट्र र नेपाली जनताकै दुर्भाग्यका रुपमा देखियो ।

अन्ततः नेपाली जनताकोे सर्वोत्तम हितका नाममा झण्डै एक दशक लगाएर लेखिएको संविधान जारी भएको दुइ वर्षसम्म पनि कार्यान्वयन पर्खेर वसेकोछ ।
संविधान कार्यान्वयनका लागि तीन ठूला राजनीतिक दलहरुको आपसी सहमतिमा सरकारले स्थानीय तहको निर्वाचनको घोषणा गरेको छ । वैशाख ३१ गते सम्पन्नहुने भनिएको निर्वाचनको टुंगो शनिवार अपरान्ह यी पंक्तिहरु लेखिंदासम्म लागेको थिएन ।

मधेशी मोर्चा चुनावमा सहभागी हुने भए स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने प्रस्ताव सरकार चलाउने दलका नेताहरुले गरेका छन । त्यसका लागि मधेशी मोर्चाको चित्त वुझने गरी संविधानको संशोधनगर्ने तयारीमा सरकार लागेको छ ।

तर, प्रमुख प्रतिपक्षी दल एमाले संविधान संशोधनको पक्षमा कुनै कोणबाट प्रस्तुत नभएको यो अवस्थामासंशोधन हुन्छ नै भन्ने प्रत्याभूति कसैले दिन सक्दैन । यद्यपि, माओवादी केन्द्र र नेपाली कांग्रेस गठवन्धन सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा सरकार चलाउने संख्या पुर्याउन राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई उप–प्रधान र संघीय मामिला मन्त्रीका रुपमा सरकारमा समावेश गरेका छन ।

तर, थापाले सरकारका लागि कोरामिनको कामगर्न सक्छन भन्नेमा थोरै मानिस पनि विश्वासगर्न चाहँदैनन । 
मधेशका नेताहरुले सरकारको यो अप्ठेरोलाई नवुझेका छैनन । यतिवेला उनीहरु स्थानीय तहको चुनावमा सहभागी हुने हो भने सरकार मात्रै होइन, स्वयं उनीहरु पनि एकप्रकारको पीडादायक संकटबाट मुक्त हुनेछन । भर्खरै गठन भएको राष्ट्रिय जनता दल र मधेशी मोर्चाका लागि समावेशी र सहभागितापूर्ण अधिकार सहित संविधान संशोधनको एजेण्डा स्थानीय तहवाटस्वीकृत गराउनेअवसरका रुपमा चुनावलाई लिन सकिन्छ ।

मधेश भन्ने वित्तिकै भारतीय राजनीति र परिवेशसंग जोडने जसप्रकारको राष्ट्रवाद अहिले स्थापितगर्न खोजिएको छ त्यसका विरुध्द यो एउटा राम्रो जवाफ हुनेछ ।
मधेशका नेताहरुले निकै लामो समय आन्दोलनमा विताए । धेरै आरोपहरु सहे । केही नेताका अवगुणहरुका कारण आन्दोलनको प्रभाव स्थापित हुन सकेन ।

लाहानमा भएको मूल मधेश आन्दोलन संघीय गणतन्त्र स्थापनामा सफल भयो । यसपछि मधेशका नेताहरु वीच सदभाव र समन्वयको अभावमा आन्दोलनका पछिल्ला चरणहरु लगभग निष्फल भएका छन । मधेश आन्दोलन अहिले जटिल अवस्थामा पुगेको छ ।

परिवर्तित समयमा मधेशका राजनीतिज्ञहरुले ‘सहभागिता’ र आन्दोलनको दुवैधारको प्रयोग एकै साथ गर्नु उचित हुनेछ । स्थानीय चुनावमा सहभागितालाई मधेशका राजनीतिज्ञहरुले प्रतिष्ठाको विषय नवनाएर अवसरका रुपमा लिएभने यसले अहिलेको दग्धकारी राजनीतिलाई धेरै हदसम्म थेग्नेछ । यसलाई ‘नाकको सवाल’ वनाउनु उचित हुनेछैन ।

मधेश शक्तिको स्रोत हो । मधेशको सघन राजनीतिक उर्जालाई कसैले इन्कार गर्न सक्दैन । सात सालको क्रान्तिदेखि अहिलेसम्म भएका परिवर्तनका प्रत्येक कदमहरुमा मधेशको सर्वाधिक योगदान छ । नेपालका कुनैपनि राजनीतिक दलको व्यक्तित्वको निर्माणमा मधेशको सहयोग अपरिहार्य रहँदै आएको छ ।

भारतसंग मधेशको भौगोलिक र सामाजिक सामीप्यताको जतिसुकै कटु अर्थ लगाएपनि त्यसको प्रयोग सँधै देशको हितमा भएको छ । पहाड र मधेशका वीच कटुता वढाउनुमा होइन सदभाव वढाउनुमा नै नेपालको सार्वभौमगौरवान्वित हुन्छ ।
हिजो र आजको यो वास्तविकता नै  राजनीतिको यथार्थ पनि हो ।

काठमाडौँ : महानगरीय प्रहरी परिसर काठमाडौँले तीन किलोग्राम सुनसहित...

न्यूयोर्क । फ्रान्सका राष्ट्रपति इमानुयल माक्रोंले संयुक्त राष्ट्रसंघको महासभामा...

दुबई । एसिया कप क्रिकेटमा भारत र अफगानिस्तानले रोमाञ्चक बराबरी...

चन्द्रनिगाहपुर । तेजाब आक्रमणमा परी मृत्यु भएकी रौतहट...

जनकपुरधाम । प्रत्येक वर्ष आश्विन कृष्ण पक्षदेखि सुरु हुने सोह्रश्राद्ध...

जनकपुरधाम ।सडकमा रहेका खाल्डाखुल्डी र पानी जम्ने समस्याबाट छुटकाराका लागि...

राजेन्द्र यादव , जनकपुरधाम ।आन्तरिक राजस्व कार्यालय जनकपुरले गत आर्थिक...

जनकपुरधाम । जनकपुरको निजि विद्यालय मोनाष्टिक ईगलिंश बोर्डिङ्ग स्कुलद्वारा सोमवारदेखि...

जनकपुरधाम । राष्ट्रिय जनता पार्टी नेपाल धनुुषा अध्यक्ष मण्डल र...

जनकपुरधाम । झाडापखाला प्रभावित क्षेत्र महोत्तरीको जलेश्वर नगरपालिका वडा नं....

काठमाण्डु । संघिय सरकारले स्थानीय तहको अधिकार खोस्न थालेको छ...

वीरगंज । वीरगन्ज महानरपालिकाद्धारा भइरहेको निमार्णकार्य तथा बालगृहको प्रमुख प्रशासकिय...

मलंगवा । सर्लाही हरिवनका स्थानियबासीहरुले १७ वर्षिया...

चन्द्रपुर । चन्द्रपुरमा (रौतहट) एसिड आक्रमणबाट गम्भीर बनेकी रौतहट...

चन्द्रपुर । बाल विवाह विरुद्द सचेतना कार्यक्रम अर्तगत परियोजना शुरुवात,अन्तत्र्रिmया...

भद्रपुर : झापाको हल्दिबारी गाउँपालिकामा चार वर्षीया बालिका बलात्कृत...

घोडाघोडी : नुहाउने क्रममा शिवगङ्गा नदीमा डुबेर आज एक बालकको...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले...

महोत्तरी । जिल्ला भन्सार कार्यालयले भन्सार छलेर ल्याएको साढे १७...

डडेल्धुरा : शिक्षक सेवा आयोगको परीक्षाका कारण जिल्लाका धेरै...

पाल्पा : डेरी उद्योगले नेपालमा ३० हजारभन्दा बढी बेरोजगार युवालाई...

विराटनगर : मोरङको बूढीगङ्गा गाउँपालिका बाँसबारीमा रहेको ‘हाइलाइफ’ चप्पल...

विराटनगर । प्रदेश नम्बर १ को स्थायी राजधानी र नामाकरणको...

काठमाडौं । एसिड प्रहारबाट गम्भीर घाइते भएकी रौतहटको चन्द्रपुर...

माल्दिभ्स । माल्दिभ्सका विपक्षी दलका नेता इब्राहिम मोहम्मद सोलिहले राष्ट्रपति...

स्पेन । स्पेसिन लिग फुटबलको जारी सिजनमा बार्सिलोनाले पहिलो पटक...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवामा राष्ट्रिय विद्यार्थी संघले तीन...

सर्लाही । भारतको विहारमा मदिरापान बिक्रीवितरण र ओसारपसारमा प्रतिबन्ध लगाइएपछि...

गौर । प्रदेश २ का कृषि ,भूमि व्यवस्था तथा सहकारी...

जीतपुर । जीतपुरमा एउटै पसलमालगातार दुई चोटीचोरी भएपछि , प्रहरीको...

स्याङ्जा : जिल्ला कारागार स्याङ्जामा कार्यरत एक प्रहरी जवानले...

जनकपुरधाम । धनुषामा एक युवक घाँटी रेटिएको अवस्थामा फेला परेका...

पशुपतिनगर, इलाम : इलामको चुलाचुली गाउँपालिकामा कार्यरत नायब सुब्बा जगत...

बर्दिवास : महोत्तरीको सदरमुकाम जलेश्वरलाई भारतीय सीमा र धनुषाको जनकपुरसँग...

बलेवा : कुलतमा लागेका युवाका लागि सुधार गृहका रुपमा स्थापना...

इलाम : नेपाल पत्रकार महासङ्घ इलाम शाखाले पत्रकारका लागि आपत्कालीन...

काठमाडु । साउथ ह्याम्पटनलाई हराउँदै लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको...

काठमाडु । अपराध अनुसन्धानमा अब्बल मानिँदै आएको नेपाल प्रहरी पछिल्लो...

जनकपुरधाम । कमला नगरपालिकाका वडाअध्यक्षहरुले नगरप्रमुख रामउदगार गोइतलाई शनिवार ९...