Tue, 18 Sep 2018
ताजा समाचार
१५ बर्ष देखि फरार प्रतिबादी पक्राउ || काठ बेचेको भन्दै स्थानीयले रेन्जपोष्ट कार्यालय घेराउ || प्रहरी चौकी बिश्रामपुर घेराउ || ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरलाई ज्ञापन पत्र || कञ्चनपुरमा भारतीय हात्तीको आतंक, अन्नबाली नष्ट || चालकहरु नै बन्दमा उत्रिए, जनकपुरधाम प्रभावित || श्रीलंका एसिया कप क्रिकेटको समूह चरणबाटै बाहिरियो || सिरियाका लागि उडेको रुसी सैन्य बिमान सम्पर्कविहीन || रामबहादुर बम्जनमाथि बलात्कारको आरोप || सायबर सेक्युरिटी सम्बन्धि प्रशिक्षण सम्पन्न || गुणस्तरीय काम गर्नुस : मन्त्री सोनल || बालवालिकालाई शैक्षिक सामाग्री वितरण || शंकराचार्यद्धार क्षेत्रमा बृक्षारोपण || बलभद्र पूजनोत्सव धुमधामका साथ मनाइया || एक दिने अन्तरक्रिया सप्पन्न || बती निभाउन साँसदको निर्देशन || काठमाडौं आइपुगे बलिउड सुपरस्टार गोविन्दा, यस्तो छ कार्यक्रम तालिका || निर्मला पन्त हत्याबारे प्रारम्भिक प्रतिवेदन गृहमन्त्रीसमक्ष पेस || फिलिपिन्समा आएको शक्तिशाली आँधीमा परी १४ जनाको मृत्यु, ५० लाख || भारतलाई हराउँदै माल्दिभ्स च्याम्पियन || आजबाट जनकपुर–पटना नियमित बस सेवा || निर्मलाका लागि न्याय माग्दै वीरगंज || नेपाल वैद्युत प्राधिकरण कर्मचारी संघ आधिकारिक ट्रेड युनियन जनकपुर -सगरमाथा || सर्पदंशबाट वृद्धको मृत्यु || फ्लोरेन्स समुद्री आँधीमा परेर ४ जनाको मृत्यु, ६ लाख घरमा || काम नगर्ने गैरसरकारी संस्था बाहिरिने || रासायनिक मलको अभाव || एसिड पीडित दिदीबहिनीलाई बचाउन अभियान || सप्तर्षिको पूजा गरी हिन्दू नारीहरुले आज ऋषिपञ्चमी पर्व मनाउँदै || खुला दिसामुक्त हुन सकेन मलङ्गवा || राजपा धनुुषाले ब्ल्याक आउट गर्ने || मेयर सरावगीद्वारा राजिनामामेयर सरावगीद्वारा राजिनामा || प्रहरी इञ्चार्ज घुससहित पक्राउ || प्रधानमन्त्री ओलीको शुभकामना || मलेसियामा अब नेपालीसहित विदेशी कामदारले १३ वर्ष बस्न पाउने || भलिबलमा भुलेको जिन्दगी || २ सय २१ किलोको लड्डु सहित गणेश चतुर्थी पुजा || पटना - जनकपुर बस सेवा || डोटीको रुवसकाँडामा बस दुर्घटना || संसद् अवरुद्ध ||
माथीको आदेश र सुप्रीमोतन्त्र

बैशाख १२, २०७४


रोशन जनकपुरी, राजनीतिकर्मी

सैद्धान्तिक रुपमा संसदले सरकार र समग्र व्यवस्थालाई नियन्त्रण गर्नु पर्ने हो । तर यथार्थमा सरकारले संसदलाई नियन्त्रण गरेको व्यवहार प्रायः सबैतिर देखिन्छ । अझ हामीकहाँ नेपालमा मीडियाले प्रमुख राजनीतिक दल भनेका  केही पार्टीहरुका दुई चार जना व्यतिले संसद र समग्र व्यवस्थालाई नियन्त्रण गरेको देखिन्छ । सम्विधान, कानून, नियम, विनियम, प्रणाली आदि सबै हुन्छन् , तर सबै हात्तीका देखाउने दाँंत जस्तै हुन्छन् । चल्छ , तिनै सुप्रीमोहरुको ।

संसदीय व्यवस्थाका सबै पुर्जाहरु यिनै सुप्रीमोको इशारामा काम गर्दछन् । यसलाई ‘माथीको आदेश’ भनिन्छ । सहजरुपमा त काम चलेकै हुन्छ, तर जब यी सुप्रीमो र यिनको नेटवर्कलाई असहज हुने स्थिति सृजना हुन्छ , अनि यो ‘माथीको आदेश’ सक्रिय हुन्छ । 

नेपालमा भएको माओवादी जनयुद्ध र गणतन्त्रलगायत जनताका सबै संघर्षहरु यस ‘माथीको आदेश विरुद्ध’ र जनताको आदेशको पक्षमा भएको हो । अफसोस ! यो माथीको आदेश     कायमै छ । 
वस्तुतः यो फासिज्म हो र हाम्रो गणतन्त्र यसैको दिशामा अग्रसर छ । फासिज्म वा नेपाली चलनमा फासीवाद माथिल्लोको चाकरी र तल्लोलाई निषेधको सिद्धान्तमा आधारित हुन्छ ।

यो मालिकको चाकरी र चापलुसीमा फकाई, फुल्याईबाट शुरुभएर दमन र निषेधसम्म पुग्दछ । यसलाई हामी व्यवस्था र ब्युरोक््रयासी हरेक ठाउँमा अभिव्यक्त भएको पाउँछौ । यो फासिज्मको राजनीतिक चरित्र हो ।

केही दिन पहिले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले स्थानीय निर्वाचनको खारेजीको माग गर्दै विभिन्न ठाउँंमा जुलुस र आमसभा गर्दा प्रहरीले बलपूर्वक ती कार्यक्रमहरु बिथोलेको थियो । बिराटनगरमा त संघीय गठबन्धन र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको निर्वाचन विरोधी कार्यक्रमपनि प्रहरीले बिथोल्यो ।

जनकपुरमा चाहीँ मधेशीमोर्चाको मसाल जुलूस निर्बिघ्न भयो , विप्लब कम्युनिस्टको कार्यक्रम मात्र विथोलियो । पत्रकारको प्रश्नमा, जनकपुरमा धनुषा जिल्लाका प्रहरी उपरिक्षकले चुनावको विरोधमा सुरक्षास्थितिलाई प्रभाव पर्ने गतिविधि सह्य न हुने भनेर दबङग जवाफ दिए ।

मानौँ मधेशी मोर्चाको मसाल जुलूसले सुरक्षाको स्थिति प्रभावित हुँंदैन, तर विप्लब कम्युनिस्टले एउटा धर्मशालामा आयोजना गरेको कार्यक्रमले सुरक्षास्थिति प्रभावित हुन्छ । गज्जब !तर बिराटनगर र बुटवलमा प्रहरीले कार्यक्रम विथोलिनुलाई ‘माथीको आदेश ’ भने ।

स्पष्ट छ माथीको आदेशले चुनाव विरोधी कार्यक्रमहरुलाई सुरक्षाविरोधी कार्य र विप्लव कम्युनिस्ट केही बढी खतरनाक छन् भन्ने बुझाई  राखेको छ । 

मैथिलीमा एउटा उखान छ —‘अबल दुबलपर सितुआ चोख ’, अर्थात निर्धो माथी धक्कु लगाउनु । यस सन्दर्भमा यही भएकोछ । धनुषामा नगरमा मोर्चा अपेक्षाकृत बलियो र विप्लब कम्युनिस्ट कमजोर छ । त्यसैले त्यहाँं विप्लव कम्युनिस्टले दमन खेप्नु प¥यो र बिराटनगरमा मोर्चा अपेक्षाकृत कमजोर त्यसैले त्यहाँं उसले दमन व्यहोर्नु प¥यो । जे भएपनि समग्रमा अहिलेको सरकार जसरीपनि निर्वाचन गराई छाडने मुद्रामा देखिन्छ । 

तर निर्वाचनविरोधी गतिविधिले सुरक्षाव्यवस्था प्रभावित गर्दछ भने स्वयं गृहमन्त्री आफैले वर्तमान अवस्थामा चुनाव हुन नसक्ने कुरा गर्दैछन् । राप्रपाका अध्यक्ष र संघीय गणतन्त्रात्मक सरकारमा संघीयता विरोधी र गणतन्त्रविरोधी भएरपनि उपप्रधान मन्त्री कमल थापा चुनाव विरोधी मोर्चामा सामेल हुने धम्की दिँदैछन् ।

माथीको आदेशको ध्यान त्यहाँं किन पुग्दैन ?प्रहरीले यी चुनाव विरोधीलाई किन निषेध गर्दैन ? स्पष्ट छ यिनीहरु, माथीको आदेश जारी गर्ने सुप्रीमोहरु भित्रैका मानिसहरु हुन । यिनकै मनसाय बमोजिमको आदेशलाई माथीको आदेश भनिन्छ र यिनकै आदेशलाई प्रहरी र कर्मचारीतन्त्रले शिरोधार्य गर्ने गर्दछ ।

यो नै यस व्यवस्थाको फासिज्म हो जो लोकतान्त्रिक गणतन्त्रको नाममा नेपाली जनतामा थोपरिँैदैछ । मधेशीमोर्चा लगायत मधेशी , आदिवासी जनजाति आदिको सरोकारको विषय अधिकार सम्पन्न संघीय प्रदेशहरु हे ।

उनिहरु संघीयताको स्वरुपको निर्माण पछिमात्र निर्वाचन चाहन्छन् । तर यी सुप्रीमोहरुको नियन्त्रणमा रहेको सरकारले पहिले स्थानीय चुनाव गराएर धरातल आफ्नो कब्जामा पार्न र  आफ्नो हात माथी पारेर प्रदेशको निर्माण गर्न चाहन्छ ।

त्यस्तै वर्गीय विषयहरु अर्थात राज्य सत्तामा मजदूर, किसान लगायत श्रमजीवि वर्गको अधिकार र सुरक्षाको प्रश्नलाई माओवादी शक्तिहरुले (माओवादी केन्द्रबाहेक) आफ्नो सरोकारको विषय मान्दछ । त्यसैले उनिहरुले राज्य सत्ताको शासकीय स्वरुपमा आफ्नो चासो राख्दछन् र यस सम्विधानबाट देशका उत्पीडित वर्ग र उत्पीडित समुदायको हित नहुने देख्छन् ।

त्यसैले उनिहरु यस सम्विधानको खारेजी र क्रान्तिद्वारा जनवादी व्यवस्था र जनसम्विधानको निर्माण गर्नुपर्ने कुरा गर्दछन् । यसैकारण उनिहरु यस चुनावको बहिष्कारको कुरा गर्दछन् । राज्यलाई विप्लव कम्युनिस्ट त्यसैले बढी खतरनाक लागेको हुन सक्दछ । 

जहाँसम्म मधेशी मोर्चा लगायतका जातीय–क्षेत्रीय संसदीय शक्तिहरुको प्रश्न छ , यिनीहरु यसै सुप्रीमोहरुको सरकारभित्रै आफ्नो भविष्य खोज्दैछन् ।

तर उनिहरुले उठाएको एजेन्डा अनुसारको परिणाम आयो भने प्रदेशहरुमा सुप्रीमो पार्टीहरुको वर्चस्व प्रभावित हुन सक्दछ र क्षेत्रीय पार्टीहरुको वर्चस्व बढने सम्भावना बन्छ ।त्यसैले सुप्रीमो पार्टीहरु मोर्चाले उठाएका अंगीकृत नागरिकता, लगायत झीनामसिना विषयहरु तत्काल हल गर्ने र संघीय आयोगको निहुँंमा संघीय प्रदेशको प्रश्न तत्काल टार्न चाहन्छ ।

होइन भने जनताले गरेका संघर्षहरुको उद्देश्य अनुरुप यहाँ सबभन्दा पहिले संघीय प्रदेशको स्वरुप निर्माण गरेर र प्रदेशहरुको निर्वाचन गराएरमात्र संघीय सम्विधान बमोजिम स्थानीय निर्वाचन गराउनु पर्ने थियो । यहाँ स्थानीय तहको निर्वाचन कस्ले गराउने भन्ने महत्वपूर्ण प्रश्न स्वाभाविकरुपमा उठ्छ । त्यस्तै अहिलेको सम्विधानमा नै प्रदेश भित्र विशेष क्षेत्र र स्वायत्त क्षेत्रको परिकल्पना गरिएको छ ।

यी विशेष र स्वायत्त क्षेत्रहरु अल्पसंख्यक, लोपोन्मुख र ऐतिहासिकरुपमा पिछडिएका जाति र समुदायको घनीभूत क्षेत्रको हित अनुरुप सम्विधानमा राखिएको हो । सम्विधानमा गरिएको यस महत्वपूर्ण संरचनाको निर्माण नै नगरी गरिएको निर्वाचनलाई लोकतान्त्रिक र सम्विधानसम्मत कसरी भन्न सकिन्छ ? संघीय लोकतन्त्रको मर्म अनुसार स्थानीय निर्वाचन प्रदेशले गराउनुपर्ने हो ।

यहाँ एउटा ऐतिहासिक तथ्यकोपनि स्मरण गराउनु आवश्यक छ भने नेपालमा संघीयताको विषय केन्द्रीय सत्ताप्रति अविश्वासको कारण उठेको हो । यस्तो अवस्थामा नेपाली जनताले गरेका अनेकन संघर्षको मर्महरुलाई उपेक्षा गरेर केन्द्रीय सत्ताले नै स्थानीय निर्वाचन गराउनुले नेपालमा वास्तविक अर्थमा भन्दापनि कागजी अर्थमा मात्र गणतन्त्र आएको हो भन्ने स्पष्ट छ ।

राज्य सत्ताले भने जनअपेक्षाहरुलाई उपेक्षा गरेर र सयौँको ज्यान लिएर आफूखुशी बनाएको प्रशासनिक क्षेत्रलाई संघीय प्रदेशको नाम दिएर खाए खा, नखाए घीच को रुपमा जनतासामू पस्किँदैछ । उसले जनताको इच्छा विपरित सम्विधानपनि घोषणा गरेको छ र यसैको आधारमा आफ्ना जनविरोधी कामहरुलाई वैध बनाउन  खोजीरहेको छ ।

उसको परिभाषामा, जनविरोधी भएपनि राज्यको आदेश मान्नु लोकतन्त्र र न मान्नु  लोकतन्त्रको विरोध हो । यसै कारण उसले निर्वाचनको विरोध गर्नुलाई लोकतन्त्रको विरोध भनेको हो । 

वस्तुतः यो सुप्रीमोहरुको गणतन्त्र र लोकतन्त्र हो । यसको परिभाषा उनिहरुले गढदछन् । त्यसैले राजतन्त्रको समर्थक र संघीयताविरोधी भएपनि यस संघीय गणतान्त्रिक लोकतन्त्रमा अँंटाउन सक्छन् । जे गरेपनि हुुुन्छ, खाली सुप्रीमोहरुको हित विपरीत जानु हँदैन ।

संघीय र गणतन्त्रको दृढ समर्थक भएपनि , गणतन्त्रको निम्ती ज्यानै गुमाएको भएपनि सुप्रीमोहरुको हित विपरीत हो भने यस गणतन्त्रमा अँंटाउन सक्दैनन् ।

यो सुप्रीमोतन्त्र हो । यद्यपि पर्दा पछाडी यी सुप्रीमोहरुको पनि सुप्रीमो बस्दा रहेछन् , जस्को हित र सहमतिमा यिनीहरुले आदेश जारी गर्दाेरहेछन् । यो हो नेपाली राज्य सत्तामा फासिज्मको तथ्य र दिशा, जतातिर हाम्रो संघीय लोकतान्त्रिक गणतन्त्र अग्रसर हुँंदैछ । 

राज्यको यिनै फासिवादी चरित्रको कारण जनतामा राज्य सत्ताप्रति असन्तुष्टि र विरोध बढदै गैरहेको छ । यसैकारण राज्यले स्थानीय निर्वाचनको पक्षमा जुन स्केलमा कार्यक्रम बनाउँंदैछ , त्यही स्केलमा विरोधमापनि आवाज सुनिन थालेको छ ।

सरकार जसरी भएपनि निर्वाचन गराएर आफूले गरेका कामहरुलाई वैध बनाउने र अर्को अर्थमा आफ्नो समस्या समाधान गर्न चाहन्छ र अझै केही वर्षसम्म मिलिजुली सत्ताको आयु लम्ब्याउन चाहन्छ । यसखेलमा नेपाली काङग्रेस, एमाले, माओवादी केन्द्र सबैका सुप्रीमोहरु लागेका छन् । तर सत्तामा बस्ने अधिकारीहरुले के पनि बुझ्नु आवश्यक छ भने कदाचित सेना र प्रहरीको बलमा निर्वाचन गराएपनि जनअस्वीकृतिको कारण यसले राज्यसत्ताको समस्या बढाउने काम मात्रै गर्नेछ । 

अर्कोकुरा कार्यक्रम बिथोलेर विरोध दबाउन सकिँदैन भन्ने कुरा सुप्रीमो, सरकार र सुरक्षानिकायले पनि बुझ्नु पर्दछ । यो जनताविरोधी काम हो । जसरी यहाँँ निर्वाचनको पक्षमा बोल्ने अधिकार छ, त्यसरी नै चित्त नबुझ्नेले यसको विरोध गर्ने अधिकार हो ।

जनता सार्वभौम हो, उसले आफ्नो धारणा सार्वजनिक गर्न पाउनु पर्दछ । यदि निर्वाचनको विरोध गर्नुले सुरक्षास्थिति प्रभावित हुन्छ भने, ‘लौ सुप्रीमो साहेबहरु , मन्त्रीज्युहरु, आईजीपी साहेबहरु, एपपी साहेबहरु, म संघीय संरचनाको पुर्णस्वरुप बिनाको निर्वाचनको विपक्षमा छु ।

मलाई कारवाही गरे हुन्छ ।’ वर्तमान स्थितिको सम्विधानले उत्पीडित जनताको हित गर्न सक्दैन र यो जनइच्छा बमोजिम     फेरिनु पर्दछ ।

जीतपुर : ईलाका प्रहरी कार्यालय निजगढले १५ बर्षदेखि चोरि मुदामा...

चन्द्रपुर । जिल्लाको बृन्दावन नगरपालिका १ मा रहेको वृन्दावन...

चन्द्रपुर । रौतहटको बृन्दावन नगरपालिकाका एक युवालाई हतियार थमाएर फसाउन...

चन्द्रपुर । नेपाल तरुणदल नगर समिति चन्द्रपुरले ईलाका प्रशासन...

कञ्चनपुर । कञ्चनपुरको बेदकोट र शुक्लाफाँटा नगरपालिकामा हात्तीले आतंक मच्चाउन...

जनकपुरधाम । चालकहरुको बन्दले जनकपुरधाम लगायत तराई...

काठमाडौं । अफ्गानिस्तानसँग पराजित हुँदै श्रीलंका एसिया कप क्रिकेट प्रतियोगिताको...

काठमाडौं । १४ जना सैनिक बोकेको रुसी सैन्य बिमान सम्पर्कविहीन...

बर्दिबास । राष्ट्रिय बालदिवस २९७५ भदौ २९ ...

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले शंकराचार्यद्धारमा ...

जनकपुरधाम । धनुषाधाम क्षेत्रको...

जनकपुरधाम । संविधान दिवसको दिन १५ मिनेट वती निभाएर बिरोध...

काठमाडौं । काठमाडौंमा आइतबार हुन लागिरहेको ‘एलजी फिल्म अवार्ड’मा सहभागी...

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको हत्याको...

काठमाडौं । फिलिपिन्समा आएको म्याङ्खुट नामक शक्तिशाली आँधीका कारण कम्तिमा...

काठमाडौं । बंगलादेशमा सम्पन्न साफ सुजुकी कप फुटबल प्रतियोगिताको...

जनकपुरधाम । नेपाल भारत यात्रु मैत्री बस सेवा जनकपुरधाम–पटनाको...

वीरगंज । गत साउन ११ गाते बलात्कारपछि हत्या...

जनकपुरधाम । नेपाल वैद्युत प्राधिकरण कर्मचारी संघ आधिकारिक ट्रेड...

सुर्खेत । सुर्खेतको लेकबेसी नगरपालिकामा सर्पदंशबाट आज एक वृद्धको मृत्यु...

काठमाडु । अमेरिकाका पूर्वी तटीय क्षेत्रमा आएका फ्लोरेन्स नामक शक्तिशाली...

बर्दिबास । धानको बाली लाग्ने बेलामा...

चन्द्रपुर । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका ६ घर भएकी...

काठमाडु । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी पर्व आज...

सर्लाही : जिल्लाकै सबभन्दा जेठो नगरपालिका तथा सदरमुकाम रहेको मलङ्गवा...

जनकपुरधाम । संविधान जारी भएको दिन असोज ३ गते राष्ट्रिय...

वीरगञ्ज । प्रदेश २ को एकमात्र महानगरपालिकाका मेयर विजय कुमार...

गौशाला : महोत्तरीको इलाका प्रहरी कार्यालय रामगोपालपुरका प्रहरी इञ्चार्ज रामबाबु...

काठमाडु । प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको प्रधानमन्त्रीमा पुनःनिर्वाचित...

मलेसिया । मलेसियामा विदेशी कामदार अब १३ वर्षसम्म बस्न...

बाल्यकालमा सबैले केही न केही सपना पालेकै हुन्छन् । मेरो...

जीतपुर : २ सय २१ किलोको लड्डु बिशेष आकर्षण...

जनकपुरधाम । बिहारका मुख्यमन्त्री नितिश कुमारले मंगलवार पटनाबाट पठाएको बस...

धनगढी : दार्चुलाबाट महेन्द्रनगरतर्फ आउँदै गरेको ना५ख ९११४ नं...

काठमाडु : प्रतिनिधिसभाको आजको बैठक शुरु हुने वित्तिकै...