Tue, 20 Nov 2018
ताजा समाचार
विपन्न परिवारलाई जस्तापाता वितरण || नेकपाद्वारा मलंगवामा विरोध प्रदर्शन || महोत्तरीमा भीषण डकैती || सुडी समाजमा विवाद || देवरले भाउजु कुटे, घरमा आगजनी || अध्यक्ष सिंहको दादागिरी, निर्दोष चालकलाई थुनाए || बुधबार सार्वजनिक बिदा || कृषियोग्य जमीनको करमा ८० प्रतिशत छुट || विद्यार्थीले बनाए रोबोट || सात लाखको लुटपाट, पाँच जना घाइते || सडक डिभिजनको मनपरी || रंगशाला स्थलको निरीक्षण || हत्याका अभियुक्त बाबा रामपालको पक्षमा प्रदर्शन || मन्त्री यादबद्धारा ‘दिल के बात’ विमोचन || कर अधिकृत सेवाग्राही सँग || चुनावको वाचा पुरा गर्छुः नेता यादव || अयोध्याबाट बस सेवा सुरु || ४० दिनपछि प्रदेश सभा बैठक बस्दै || अढाई अर्व बढीको जग्गा किर्ते गर्ने पक्राउ || प्रदेशको नामाकरणमा काँग्रेस भित्र विवाद || शैक्षिक महाअभियानमा जुट्न शिक्षामन्त्रीको आग्रह || बलात्कारका आरोपित पक्राउ || डोनाल्ड ट्रम्पले पत्रकार खशोग्जीको हत्याको टेप सुन्नै नसक्ने ! || थ्रीस्टार सामू ब्रिगेड ब्वाइज निरीह, पुलिस र मच्छिन्द्रको बराबरी || कोबिनि हस्पिटालटी सुरु || सभापति माथिको अविश्वासको प्रस्ताव खारेज || निःशुल्क स्वास्थ्य शिविर || सामुदायिक कृषि सहकारीको साधारणसभा सम्पन्न || योगीलाई राउतले स्वागत गर्ने, सम्मानमा भण्डारा || बलात्कारीलाई पक्राउ गर्न प्रहरी उदासिन || मुख्यमन्त्री योगी भ्रमणको तयारी प्रारम्भ || स्वास्थ्य पर्यटक भित्र्याउने तयारी || आधुनिकीकरण व्यवसायीकरणमा जोड || धनुषा प्रहरीले पीडकलाई संरक्षण दिएको आरोप || एसईई उत्कृष्ट शिक्षा २०७५ पुरस्कारबाट सम्मानित || बलेरीे वनबाट काठ चोरी || दुई जनामाथि मुद्दा दर्ता || घरेलु मदिरा बिक्रिमा महिलाको संलग्नता बढ्दो || उद्योगको लागि जग्गा निरीक्षण || आखा अस्पताल जिल्लाको धरोहर ,राज्य मंत्री यादव ||
न्यायिक किचलोमा सार्वभौम संसद

बैशाख २४, २०७४


 किशोर नेपाल



सरकारलाई निरीह सावितगर्ने अवसरको खोजीमा रहेको प्रमुख प्रतिपक्षी दल एमाले र प्रधान न्यायाधीश कार्कीको रुचीका व्यक्ति एकै थिए । सामाजिक सन्जालका प्रयोगकर्ताहरु तथा विचारभन्दा विग्रहको खोजीमा लागेका व्यक्तिहरु सरकार र नेपाली कांग्रेसको विरोधमा लागे । विरोधको प्रमुख विन्दूमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा रहनु स्वाभाविक थियो ।


स्थानीय तह चुनावको मुखैमा आएर सरकार र न्यायपालिकाका वीच चर्को र सैध्दान्तिक विवाद उत्पन्न भएको छ । सर्वोच्च अदालतका प्रधान न्यायाधीश सुशीला कार्कीमाथि कार्यपालिकाको अधिकार क्षेत्रमा हस्तक्षेप गरेको आरोप लागेको छ र उनका विरुध्द संसदमा महाभियोग प्रस्ताव दर्ता भएको छ । महाभियोग प्रस्तावमाथि जनताको प्रतिनिधि संस्था संसदमा छलफल हुनुभन्दा पहिले नै, शुक्रवार, सर्वोच्च अदालत आफैंले प्रधान न्यायाधीशलाई महाभियोग लगाउने संसदको निलम्वनबाट फुकुवा गरेको छ । फुकुवाको आदेशमा संविधानको दफा र धाराको कुनै सन्दर्भ लिइएको छैन । आदेशलाई प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले ‘न्याय जीवित रहेको’ प्रमाणका रुपमा लिएका छन । अध्यक्ष ओलीको भनाई निकै अर्थपूर्ण छ । 

नेपालको नयाँ प्रहरी प्रमुख वनाउने विषयमाप्रधान न्यायाधीश सुशीला कार्कीको रुची निजी चयनका व्यक्तिमा देखियो । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाको रुचीका व्यक्तिको प्रतिकूल थियो यो रुची । चर्चा अनुसार प्रधान न्यायाधीश कार्कीले आफनो रुची अनुसारका व्यक्ति डीआइजीपी नवराज सिलवाललाई प्रहरी प्रमुख वनाउन चाहेकी थिइन ।

सिलवाललाई आइजीपी वनाउनु साँच्चै उनको रुची थियो कि उनले अरु कसैको रुचीको भारी वोकेकी थिइन? बजारमा यो प्रश्न पनि उठेको छ । यो पटक पुलिस प्रमुखको नियुक्तिमा प्रमुख प्रतिपक्षी दल, सर्वोच्च अदालतकै केही न्यायाधीशहरु र सामाजिक जीवनमा प्रतिष्ठित मानिने केही व्यक्तिहरुको समेत चासो र संलग्नता रहेको कुरा सामान्य चर्चा मात्रै होइन । सवै मिलेर प्रहरी प्रमुखको पदलाई जसरी ‘तातो’ वनाइयो त्यो स्वाभाविक थिएन ।

सरकार तथा सरकारमा साझेदार नेपाली कांग्रेस दल सिलवाललाई प्रहरी प्रमुख वनाउने पक्षमा थिएन । सरकारले सुरक्षा जस्तो विभागमा आपूलाई सहयोगगर्ने व्यक्तिलाई छान्नु व्यवहारिक विषय हो । प्रधान न्यायाधीशकार्कीले सरकारको आवश्यकतालाई दृष्टिगतगर्न चाहिनन । उनको पृष्ठभूमि कांग्रेसी भएपनि उनी माओवादी कोटाबाट सर्वोच्च अदालतमा प्रवेश गरेकी हुन ।

पछिल्लो पल्ट कांग्रेस र माओवादीको सरकार वनेपछिमात्रै उनको गतिविधि ‘हाइ प्रोफाइल’ मा गएको हो ।तर, उनले प्रहरी प्रमुखको नियुक्तिमा पध्दतिलाई नै पत्तुर वनाउने गरी आफनो रुचिको व्यक्तिको पक्ष यसरी लिइन कि यो उनको आफनै व्यक्तित्वका लागि घातक वन्यो।

सरकारलाई निरीह सावितगर्ने अवसरको खोजीमा रहेको प्रमुख प्रतिपक्षी दल एमाले र प्रधान न्यायाधीश कार्कीको रुचीका व्यक्ति एकै थिए । सामाजिक सन्जालका प्रयोगकर्ताहरु तथा विचारभन्दा विग्रहको खोजीमा लागेका व्यक्तिहरु सरकार र नेपाली कांग्रेसको विरोधमा लागे । विरोधको प्रमुख विन्दूमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा रहनु स्वाभाविक थियो ।

यी घटनाहरु परस्परमा जोडिएका छन र पनि पारस्परिक संगतिमा छैनन । घटना मार्फत नेपालको न्यायपालिकाले कार्यपालिकामा हस्तक्षेपमात्र गरेको छैन व्यवस्थापिका संसदको सार्वभौम अस्तित्वमाथि कठोर प्रहार पनि गरेको छ ।

प्रधान न्यायाधीशको निलम्वन फुक्कागर्ने न्यायाधीश चोलेन्द्र शमशेरको आदेश गम्भीर विवादमा परी सकेको छ । सर्वोच्च अदालत जस्तो संस्थाका न्यायाधीशले फैसलाको नाममा भावुक कविता लेखेको टिप्पणी हुन थालेका छन । निश्चयपनि, यो राम्रो कुरा होइन ।

अहिलेका घटनामा सरकार र न्यायपालिका दुवै दोषी देखिएका छन । यी दुवै संस्थाले आपसी सहमतिमा टुंगिन सक्ने विषयलाई अहंको प्रश्न वनाएर अनावश्यक विवादको सिर्जना गरेका छन । अहिले नै यो समस्याको समाधान खोजिएन भने यसले पछिसम्म अप्ठेरो पारी रहनेछ । 

न्यायपालिकाले त्यस्तो समयमा कार्यपालिकाको काममा हस्तक्षेप गरेको छ जव कार्यपालिका स्थानीय तहमा चुनाव सहज ढंगले हुने वातावरणको निर्माणमा लागेको छ । जुन संविधानको नाउँमा अहिले राजनीतिक गतिविधि वढेका छन त्यो संविधानले पूर्णता पाएको छैन ।

यसमा गर्नुपर्ने आवश्यक संशोधन विधेयक संसदमा अडकिइ रहेको छ । यो विधेयक पारित नभएसम्म दोस्रो चरणको चुनाव हुनसक्ने वातावरण वन्ने छैन । तीनवटा प्रदेशमा भएको स्थानीय तहको चुनाव खण्डित रहनेछ । 

चुनावपछि संविधान कार्यान्वयनको बाटो खुल्ने आशा सवैले गरेका छन । तर, चुनावका वारे निश्चयात्मक कुरागर्न सकिने वातावरण वनेको छैन । गणतन्त्र नेपालको दुइ नम्वर प्रदेश र मधेशी वहुल जिल्लाहरुमा चुनाव हुनसक्ने वातावरणको निर्माण सरकारको पहिलो दायित्व हो ।

यतातिर, केही सकारात्मक संकेत देखिएका छन । तराइ–मधेश केन्द्रीत पार्टीहरु मिलेर राष्ट्रिय जनता पार्टी नेपालका रुपमा संगठित भएपछि उनीहरुको राजनीतिक हैसियत हलक्क वढेको छ । राष्ट्रिय पार्टीका रुपमा उनीहरुले देशको कुनैपनि भागमा आफनो राजनीतिको विस्तारगर्न सक्नेछन । देश एउटा ठूलो समस्याबाट मुक्त हुने तरखरमा छ ।

देशका नेता गणका अघिल्ला दुइ साता सर्वोच्च अदालततिर रुमलिदैमा विते । यसवीच, कुनैपनि राजनीतिक कार्यसूचीमा काम हुन सकेन । प्रहरी प्रमुख नियुक्तिको विवादमा वितेको यो समय सरकार र प्रतिपक्ष दुवैका लागि प्रत्युत्पादक सावित भए ।

संविधान संशोधनमा प्रमुख प्रतिपक्षी पार्टीको वेतुकको अडानले स्थितिलाइ झन प्रतिकूल वनायो । संसदमा एकदिन स्थिति राम्रो हुने र अर्को दिन नराम्रो हुने नौटंकी हेर्दाहेर्दै जनता विलखवन्दमा परे । प्रमुख प्रतिपक्षी दलले आफना लागि अहिलेको समय निकै गतिशील ठहर्याएको छ । प्रतिपक्ष सरकारका विरुध्द सकेसम्म गहिरो खाल्डो खन्न खोजी रहेको छ ।

तर, त्यस्तो खाल्डो खन्न सकिने अवस्था आउन सकेको छैन । किनभने, सरकार प्रतिपक्षको त्यो क्रियालाई पन्छाउँदै गएको छ । 
वास्तवमा, यतिखेर दलहरुको अवस्थाको आंकलनगर्नु निकै अप्ठेरो छ । सामाजिक संजाल र संचार माध्यमहरुको समर्थनलाई आधार वनाएर मात्रै कसैले पनि आफनो लोकप्रियता नाप्न सक्दैन ।

न्यायपालिकाले नेपाली जनताको सार्वभौम प्रतिनिधि संस्था व्यवस्थापिका संसदको मान–मर्दन गरेकोमा प्रतिपक्षले जस्तो प्रतिक्रिया दिएको छ त्यो आफैंमा गलत छ । प्रतिपक्षले सर्वोच्चको पछिल्लो फैसलालाई कांग्रेस र माओवादी विरुध्द प्रयोगगर्न खोजेको छ । तर, जनताले संसदमाथि न्यायपालिकाको हस्तक्षेपलाई सहज रुपमा लिएका छैनन ।

स्थानीय तहको चुनावको पूर्व संध्यामा देशका तीनवटै ठूला भनिने दलहरु अन्यमन्यस्क अवस्थामा छन । तीनवटै दलका लागि स्थानीय तहको चुनाव वाध्यकारी भएको छ । दिन वित्दै जाँदा चुनाव परिणाम अनुमान गरेजस्तो नहुने तर्कनाले सवै नेतालाइ सताएको छ ।

अहिलेको चुनाव सकिने वित्तिकै तत्काल प्रादेशिक र केन्द्रीय तहको चुनावको तयारीमा लाग्नुपर्ने भएकोले पनि दलका नेताहरुमा खासै उत्साह नदेखिएको हो । आपसमा विवाद र टकराव गरेर अघि वढेको राजनीति ठूलो फ्रेममा गएपछि अप्ठेरो त हुन्छ नै ।

राजनीति जव संस्थागत विकासको बाटोमा लाग्दछ, त्यसलाई रोक्न परम्परावादी शक्तिहरुले अनेकौं अवरोध खडा गर्दछन । अहिले त्यही भएको छ ।

आफनो हातबाट सत्ता खोसिएको र त्यो पनि वामपन्थी माओवादीबाट खोसिएकोमा एमाले रुष्ट भएको छ । यो अस्वाभाविक होइन । वामपन्थी माओवादीको हातबाट कांग्रेसको हातमा सत्ता पुग्नु साँच्चै अस्वाभाविकता हो । देशमा कसैले नसोचेका कुरा भइ रहेका छन ।

सिरहा : कर्जन्हा नगरपालिका–६ वडा भित्रका आर्थिकरुपले विपन्न परिवारलाई...

मलंगवा । नेपाली काँग्रेसले आफ्नो कार्यकर्तालाई फसाएको भन्दै नेपाल कम्युनिष्ट...

जलेश्वर । महोत्तरी जिल्लाको सोनमा गाउँपालिकाको वडा नम्बर ३ खखनामा...

जनकपुरधाम ।सुडी समाज कल्याण समिति जनकपुरधाममा विवाद भएको छ ।समितिको...

जनकपुरधाम । धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिकाको वडा नम्बर २...

जनकपुरधाम । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शालीग्राम सिंहले...

जनकपुरधाम : मुस्लिम धर्मावलम्बीहरुको विशेष पर्वको रुपमा मनाइने मोहम्मद...

परासी : पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले कृषियोग्य जमीनमा लगाउँदै...

भद्रपुर : झापाको बिर्तामोडस्थित बाल्मिकी एजुकेसन फाउण्डेशनका विद्यार्थीले रोबोट,...

गौशाला : महोत्तरी जिल्लाको सोनमा गाउँपालिका– ३ खखनाको ३...

चन्द्रपुर : रौतहटको चन्द्रनिगाहपुर पुर्व पश्चिम राजमार्गमा चल्ने सवारीसाधनले...

जनकपुरधाम । संघीय सरकारका यूवा तथा खेलकुद मन्त्री ...

जनकपुरधाम : हत्या अभियोगमा अदालतले जन्मकैद सजाय सुनाएपछि जेल...

जनकपुरधाम : अरुणकान्तद्धारा अभिनित भिडियो गीत ‘दिल के बात’ विश्वकै...

जीतपुर : कर तिर्ने सेवाग्राहीको जिज्ञासा र समस्या बुझन ...

सिरहा । सिरहाको कर्जन्हा नगरपालिका वासी संग चुनाको वेला वाचा...

जनकपुरधाम । अयोध्याबाट नियमित रुपमा बस सेवा सञ्चालन भएको छ...

जनकपुरधाम । प्रदेश सभाको चालु अधिवेशनको बैठक ४० दिनपछि मंसिर...

जनकपुरधाम । गुठी संस्थानको नाममा रहेको साढे दुई बिघा...

जनकपुरधाम । प्रदेश २ को नामाकरणको विषयमा नेपाली काँग्रेस भित्र...

बर्दिवास : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उत्पादनमूलक...

सप्तरी : सप्तरीकी १५ वर्षीया एक बालिकालाई बलात्कार गरेको...

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियाका पत्रकार जमाल...

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा थ्रीस्टार क्लबको...

जीतपुर । कोबिनि हस्पिटालटी म्यानेजमेन्ट प्रा.लि ...

गौर । नेपाल पत्रकार महासंघ रौतहटको सभापति रविन्द्र...

जनकपुरधाम । रामजानकी विवाहमहोत्सवमा सहभागि हुन जनकपुरधाम आउन लागेका भारत...

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले बलात्कारका अभियुक्तहरुलाई पक्राउ गर्न...

जनकपुरधाम । भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका चर्चित हिन्दूवादी...

जनकपुरधाम । संघिय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका उपप्रधान...

जनकपुरधाम । माछा सुपरजोन जनकपुर धाम ,धनुषा का कार्यालय प्रमुख...

जनकपुरधाम । धनुषाका प्रहरीले पीडितलाई न्याय दिलाउनुको साट्टो पिडकलाई संरक्षण...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा नंंंंं. ६ खुटौनाको...

चन्द्रपुर । रौतहटको बलेरी ईलाका वन कार्यालयको वन क्षेत्रमा एकै...

कुलदिप दास , जनकपुरधाम । धनुषामा बोक्सीको आरोप लगाएको भन्दै...

चन्द्रपुर । रौतहटमा प्रहरीले घरेलु मदिरा उत्पादन र बिक्रि बितरणमा...

चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिकामा बिशेष आर्थिक क्षेत्र (सेज) स्थापना...

रौतहट : कार्यक्रममा प्रदेश नम्बर २ का कृषि भूमि...