Wed, 19 Sep 2018
ताजा समाचार
मुसहर बस्तीमा संविधान दिवस, संविधान सबैको साझा छहारी होस् || मौका परीक्षाको नतिजा सार्वजनिक || सीके राउतका १०० बढी कार्यकर्ता पक्राउ || डा.सीके राउतका समर्थकहरुले निकाले हजारौको संख्यामा रयाली || निर्वाचन कार्यक्रम सार्वजनिक || पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग || समृद्धिको राष्ट्रिय दायित्वमा सहयोगी हुन प्रधानमन्त्रीको आह्वान || विधार्थी फोरमको जिल्ला अधिवेशन संपन्न || लागुऔषधसहित एक पक्राउ || एसिड आक्रमणको आरोपमा एक युबक पक्राउ || मलेशियामा विषाक्त मदिरा सेवनबाट ६ को मृत्यु || मोटरसाइकल दुर्घटनामा एकको मृत्यु || फोरमले संविधान दिवस नमनाउने || आज संविधान दिवस मनाइँदै, काठमाडौंको टुंडिखेलमा विशेष समारोह || सम्बन्ध विच्छेदका लागि अदालतमा धाउने पुरुषहरुको संख्या बढ्यो || उपराष्ट्रपति पुन बुधबार चीन जाँदै || मुन–किमबीच दुई घन्टा लामो वार्ता || एएफसी यू १६ फुटबल आजदेखि काठमाडौंमा, नेपालले फिलिपिन्सको सामना गर्ने || १५ बर्ष देखि फरार प्रतिबादी पक्राउ || काठ बेचेको भन्दै स्थानीयले रेन्जपोष्ट कार्यालय घेराउ || प्रहरी चौकी बिश्रामपुर घेराउ || ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरलाई ज्ञापन पत्र || कञ्चनपुरमा भारतीय हात्तीको आतंक, अन्नबाली नष्ट || चालकहरु नै बन्दमा उत्रिए, जनकपुरधाम प्रभावित || श्रीलंका एसिया कप क्रिकेटको समूह चरणबाटै बाहिरियो || सिरियाका लागि उडेको रुसी सैन्य बिमान सम्पर्कविहीन || रामबहादुर बम्जनमाथि बलात्कारको आरोप || सायबर सेक्युरिटी सम्बन्धि प्रशिक्षण सम्पन्न || गुणस्तरीय काम गर्नुस : मन्त्री सोनल || बालवालिकालाई शैक्षिक सामाग्री वितरण || शंकराचार्यद्धार क्षेत्रमा बृक्षारोपण || बलभद्र पूजनोत्सव धुमधामका साथ मनाइया || एक दिने अन्तरक्रिया सप्पन्न || बती निभाउन साँसदको निर्देशन || काठमाडौं आइपुगे बलिउड सुपरस्टार गोविन्दा, यस्तो छ कार्यक्रम तालिका || निर्मला पन्त हत्याबारे प्रारम्भिक प्रतिवेदन गृहमन्त्रीसमक्ष पेस || फिलिपिन्समा आएको शक्तिशाली आँधीमा परी १४ जनाको मृत्यु, ५० लाख || भारतलाई हराउँदै माल्दिभ्स च्याम्पियन || आजबाट जनकपुर–पटना नियमित बस सेवा || निर्मलाका लागि न्याय माग्दै वीरगंज ||
राजपासित सिमित विकल्प

जेठ ९, २०७४


बृज कुमार यादव


देसमा पहिलो चरणको चुनाव निर्वाध रुपमा सम्पन्न भइसकेकोछ ।दोस्रो चरणको चुनावका लागि राजनीतिक दलहरुको गतिबिधि व्यापक नभएपनि निर्वाचन आयोगले आफना गतिबिधिहरु बढाएकोछ ।

आयोगको कार्यालयहरु जिल्लामा सञ्चालन भएका छन ।निर्वाचन अधिकृतहरु काममा लाग्न थालेकाछन ।
पहिलो चरणको चुनावको नतिजा ४ महानगरपालिका बाहेक प्रायःसार्वजनिक भइसकेकोछ ।एकआध स्थानमा बिबाद देखिएकोछ ।तर त्यसको गणनापनि जारी रहेकाले चाँडै नै परिणाम घोषणा हुने निश्चितछ ।

अब चुनावको पालो तराईमा छ ।तर तराईका नेताहरु चुनावमा सहभागि हुने नहुने भए साझा उम्मेदवार लिएर जाने अथवा छुटटाछुटटै उम्मेदवार उठाउने विषयमा विभाजित देखिएकाछन ।तर वहसमा साझा उम्मेदवार उठाउने विषयले स्थान पाएकोछ ।

जनकपुर टुडेको १८ औं वार्षिकोत्सव को अवसरमा आयोजित कार्यक्रममा संघिय समाजबादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एकअर्कामाथि हिलो छ्याप्न छाडेर दोस्रो चरणको चुनावमा तराईमा साझा उम्मेदवार दिएर मधेश बिरोधी दलहरुको पत्ता साफ गर्नुपर्ने अभिव्यक्ति दिएका थिए ।

तराई केन्द्रित ६ दल एकिकृत भएपछि बनेको राजपा नेपाल र फोरम नेपालबीच अहिले व्यापक फाटो छ ।फोरमका अध्यक्ष यादवलाई गठबन्धनबाट हटाइएको दावी राजपाका नेताहरुको छ ।संयुक्त लोकतान्त्रिक मधेशी मोर्चापनि भंग भएको अवस्था छ ।

फोरम नेपालले पहिलो चरणको चुनावमा भाग लिएपछि राजपाका नेताहरु उनीसित टाढिएकाछन ।चुनावमा भागलिनुको तर्क यादवले आफ्नै किसिमले दिइरहेकाछन ।

तर त्यो तर्कलाई राजपाका नेताहरुले मान्न तयार छैनन ।स्पष्ट रुपमा अलग अलग भइसकेका मोर्चाका दुबै दलको बीचमा तिक्तता रहेको अवस्थामा फोरमका अध्यक्ष यादवले गरेको आव्हानलाई बुझने र बुझाउने विषयमा मतभिन्नता देखिएकोछ । राजपाका केहि नेताहरुले फोरमका अध्यक्ष अनावश्यक हस्तक्षेप गरेको आरोप लगाएकाछन ।

तर केहिले यसमा विचार गर्नुपर्ने धारणापनि राखेकाछन ।राजनीतिमा कोही स्थायी शत्रु र मित्र नहुने भएकाले चुनावका लागि मात्र एकता गर्न नसकिने भन्न सकिदैन ।

राजपाका नेताहरु अहिले दोधारमा देखिन्छन ।आन्दोलनमा जाने अथवा चुनावमा भाग लिने निर्णयमा पुग्न नसकेको स्थितिमा राजपाका नेताहरुले यादवको प्रस्तावबारे प्रष्ट धारणा बनाउने विषय भएन ।

यादवले मधेशी जनतालाई धोका दिएको आरोप लगाउने राजपाका नेताहरुले चुनावमा सहभागि हुने भए निर्णयमाथि पूनर्विचार गर्नु आवश्यक छ ।

संबिधान संशोधन नभए सम्म चुनावमा नजाने राजपाका नेताहरुको अडान चुनाव सम्म रहिरहने संभावना कम हुन थालेकोछ ।निर्वाचन आयोगले चुनावको कार्यक्रम सुरु गरिसकेको अवस्थामा राजपाले चुनाव बिथोल्ने कार्यक्रमहरु सार्वजनिक गरेको छैन ।

पहिलो चरणको चुनावमा सहयोग गरेको सार्वजनिक अभिव्यक्ति नै दिएका राजपाका नेताहरुले अहिले दोस्रो चरणको चुनाव सम्बन्धमा ठोस निर्णयमा पुग्न सकेको छैन । उनीहरु चाँडै निर्णय लिनुपर्ने दबाब तिब्र रुपमा बढदोछ ।

आन्दोलनको निर्णय लिए पनि चुनावमा जाने निर्णय गरेपनि त्यो आवश्यक भइसकेको छ ।राजपाका लागि दुईवटा तत्कालिन विकल्प मध्ये चुनाव र आन्दोलन मध्ये एउटा रोज्न हतार हुन थालेकोछ ।यद्यपी उनीहरुलाई निर्णय लिन सहज छैन ।

देस विदेशको परिस्थिति र चुनावलाई प्राप्त वाह्य सहयोगको संकेत विपरित कसैलाई जान तनाव हुनेछ ।राजपाका नेताहरुले चुनावको मनस्थिति बनाउन थालेका छन ।

उनीहरुले अब यादवको प्रस्तावलाई गंभीरतापूर्बक लिएर सहकार्य गर्न सहमत हुनु आवश्यक छ ।मधेशको अहिले कुनै माँग पुरा हुने स्थिति छैन ।

यादवले राजपालाई साझा उम्मेदवार बनाएर चुनावमा जान उदघोष गरेकै मञ्चबाट प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माँग पुरा गराएर चुनावमा मात्र भाग लिने अडान त्याग्ने संकेत गरे ।उनले दोस्रो चरणको चुनाव अगावै स्थानीय निकायको संख्या थप्ने प्रतिबद्धता जनाए ।

तर नेकपा एमालेको बिरोधलाई उनले प्राथमिकतादिदै स्थानीय निकायको संख्या थप्ने कार्यलाई थाँती राखे । एमालेका नेताहरुको दबाबलाई खप्न सक्ने स्थितिमा प्रधानमन्त्री छैनन ।

स्थानीय निकायको संख्या आजैको कैबिनेट बैठकबाट थप्ने प्रतिबद्धता जनाएर काठमाण्डु फर्केपछि गर्न सकेनन ।उनको वचन कार्यान्वयन भए न ।मन्त्रीपरिषदको बैठक नै बस्न सकेन ।एमाले लगायतका केहि दलहरु स्थानीय निकाका संख्या तराईमा थप्ने पक्षमा नै छैनन ।

स्थानीय निकायको संख्या चुनाव अगावै थप हुन नसके फेरी अर्को चुनाव अथवा भीषण आन्दोलन नभए सम्म सिमांकन हेरफेर हुन सक्दैन । फोरम नेपाले सबै अडान छाडेर चुनावमा सहभागि भइसकेकै छ ।राजपाले चुनाव रुपी गाडीमा सवार सकेको छैन ।

पहाडमा फोरम नेपालको स्थिति सन्तोषजनक छैन ।प्रतिकात्मक रुपमा नै उमेदवारी दिएको जस्तो छ ।नयाँशक्ति सित मिलेर चुनावमा गएपनि परिणाम सकारात्मक छैन ।फोरम नेपालले चुनाव नलडने पक्ष्नमा रहेका राजपासित मिलर उत्कृष्ट परिणाम ल्याउन सक्छ ।

तराईमा साझा उम्मेदवार लडाउने हो भने एमाले, माओवादी र काँग्रेसका उम्मेदवारहरु चुनावमा औपचारिकताका लागि उम्मेदवारी दर्ता गर्नेछन ।

फोरम नेपालका अध्यक्षले राखेको प्रस्तावमा सहमति हुन कठिनाई छैन ।दल भन्दा मन शुद्ध गरेर सहमतिका लागि बसे धेरै कठिनाई हुने छैन ।नेताहरुमा त्यागको भावना जागृत मात्र भएको होइन, त्याग समेत गर्न थालेकाछन । अहिलेपनि उम्मेदवार हुन इच्छुकहरुले पार्टीले जसलाई पत्याए सहजै स्विकार्ने मनस्थितिमा छन ।

टिकटकै लागि दलहरुमा प्रवेश गरेका बाहेक अधिकांश नेताहरु त्याग गर्ने मनस्थितिमा छन ।राजपा र फोरम दुबै दलका नेताहरुको स्थिति उस्तै छ ।उनीहरु ठूला दलका उम्मेदवारहरुलाई कुनै हालतमा जित्न नदिने अठोट गरेको देखिन्छ ।

अहिलेको परिवेशमा दुबै दलका नेताहरु मिलेर चुनावमा गए परिणाम एकतर्फी हुन सक्छ ।तर विभाजित भएर नै चुनावमा गए ठूला दलहरुको स्थितिमा सुधार आउन सक्छ । तराईमा काँग्रेस, एमाले र माओवादीसित नारा छैन ।

उनीहरुले दिने झुठा प्रलोभन त्यै पार्टीका नेताहरुले समेत पत्याउने स्थिति छैन ।त्यसकारण राजपा र फोरम नेपालले साझा उम्मेदवार दिन सके चुनावको परिणामको भविष्यवाणी समेत गर्न सकिन्छ । तर त्यसका लागि प्रथमतःराजपाले चुनावमा भाग लिने नलिने दोधारबाट उन्मुक्त हुनुपर्छ ।

अझैपनि अनिर्णयको बन्दी भइरहे समय बित्नेछ ।राजपा र गठबन्धनका नेताहरुलाई चाँडै निर्णयमा पुग्नु बाध्यतापनि बनेकोछ ।

हुनत राजपा चुनावमा जाने निर्णय गरे फोरम नेपाललाई मोर्चाबाट हटाउने निर्णय गर्नु हतार र अपरिपक्व सावित हुनेछ ।राजपाका नेताहरुका लागि त्यो निर्णयपनि अहिलेको निर्णयको बाधक बनेकोछ ।

राजपाका नेताहरुले अब चुनावमा जाने निर्णय गरे पहिलो चरणको चुनावमा फोरम नेपालले गरेको निर्णयलाई वैद्यता दिएर विघटन गरेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई जिवनदान दिने जस्तो हुनेछ ।राजपाका नेताहरुका लागि केहि आफनै निर्णयहरुपनि घाँटीको पासो बनेकाछन ।

वर्तमान परिस्थितिमा राजपाले आन्दोलनको आँघीबेहरी सृजना गरेर चुनाव विथोल्ने अवस्था देखिदैन ।बिरोधका लागि बिरोध गरेर चुनावमा सहभागि नहुनुको पनि औचित्य छैन ।

हरेक हिसावले घेराबन्दीमा परेको राजपाका लागि तत्काल ठोस निर्णयमा पुग्नुको बिकल्प छैन ।राजपाको निर्णय चुनावमा जाने भए साझा उम्मेदवारको अवधारणालाई सकारात्मक रुपमा लिएर साझा उम्मेदवार उठाउनुपर्छ । तराई मधेशमा फेरी मोर्चाको पक्षमा जनलहर आउन सक्छ ।

बर्दिवास : महोत्तरी बर्दिवास–१४ स्थित एकीकृत नमूना मुसहर बस्तीका...

भक्तपुर : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि...

जनकपुरधाम । धनुषाबाट प्रहरीले सीके राउतका समर्थक १०० भन्दा बढीलाई...

जनकपुरधाम । संविधान जारी भएको दिनको विरोधमा ‘स्वतन्त्र मधेस गठबन्धन’ले...

काठमाडौँ : प्रतिनिधिसभाअन्तर्गतका १० वटा विषयगत समितिका सभापति चयनका...

काठमाडौँ : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पेट्रोलियम पदार्थको...

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि राष्ट्रिय सङ्कल्प...

रौतहट । समाजवादी विधार्थी फोरम नेपाल जिल्ला कार्य समिति रौतहटको...

वीरञ्ज : भारतबाट लुकाइछिपाइ नेपालतर्फ ल्याइरहेको अवस्थामा सशस्त्र प्रहरी...

चन्द्रपुर । दुई किसोरी लाई एसिड आक्रमणको आरोपमा प्रहरीले एक...

काठमाडौं : मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको...

बागलुङ : बागलुङ नगरपालिका–२ रुद्रेपिपल भन्ने स्थानमा गएराति ग...

राजविराज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका उप–प्रधान...

काठमाडौं । नेपालको संविधान जारी भएको तेस्रो वर्ष पूरा भई...

सिन्धुली । नयाँ मुलुकी संहिता जारी भएपछि सिन्धुलीमा सम्बन्ध विच्छेदको...

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन औपचारिक भ्रमणका लागि बुधबार चीन...

सोल । दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इन र उत्तर...

काठमाडौं । एएफसी युथ सिक्सटिन महिला फुटबल च्याम्पियनसिपका छनोट खेल...

जीतपुर : ईलाका प्रहरी कार्यालय निजगढले १५ बर्षदेखि चोरि मुदामा...

चन्द्रपुर । जिल्लाको बृन्दावन नगरपालिका १ मा रहेको वृन्दावन...

चन्द्रपुर । रौतहटको बृन्दावन नगरपालिकाका एक युवालाई हतियार थमाएर फसाउन...

चन्द्रपुर । नेपाल तरुणदल नगर समिति चन्द्रपुरले ईलाका प्रशासन...

कञ्चनपुर । कञ्चनपुरको बेदकोट र शुक्लाफाँटा नगरपालिकामा हात्तीले आतंक मच्चाउन...

जनकपुरधाम । चालकहरुको बन्दले जनकपुरधाम लगायत तराई...

काठमाडौं । अफ्गानिस्तानसँग पराजित हुँदै श्रीलंका एसिया कप क्रिकेट प्रतियोगिताको...

काठमाडौं । १४ जना सैनिक बोकेको रुसी सैन्य बिमान सम्पर्कविहीन...

बर्दिबास । राष्ट्रिय बालदिवस २९७५ भदौ २९ ...

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले शंकराचार्यद्धारमा ...

जनकपुरधाम । धनुषाधाम क्षेत्रको...

जनकपुरधाम । संविधान दिवसको दिन १५ मिनेट वती निभाएर बिरोध...

काठमाडौं । काठमाडौंमा आइतबार हुन लागिरहेको ‘एलजी फिल्म अवार्ड’मा सहभागी...

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको हत्याको...

काठमाडौं । फिलिपिन्समा आएको म्याङ्खुट नामक शक्तिशाली आँधीका कारण कम्तिमा...

काठमाडौं । बंगलादेशमा सम्पन्न साफ सुजुकी कप फुटबल प्रतियोगिताको...

जनकपुरधाम । नेपाल भारत यात्रु मैत्री बस सेवा जनकपुरधाम–पटनाको...

वीरगंज । गत साउन ११ गाते बलात्कारपछि हत्या...