Sun, 23 Sep 2018
ताजा समाचार
सुचनाको माँग गर्दै राष्ट्रिय विद्यार्थी संघ रिले अनशनमा || मदिरा पिउन आउने भारतीयका कारण होहल्ला र असुरक्षा || अपांग दाजु भाईलाइ राज्य मन्त्रीले गरे सहयोग || प्रहरीका टाउँको दुखाई , लागुऔषध प्रयोगकर्ता बालकहरु || प्रहरी जवानद्वारा आत्महत्या || घाँटी रेटिएको अवस्थामा एक युवक फेला || नायब सुब्बाको दुर्घटनामा निधन || भिठ्ठामोड–जलेश्वर–जनकपुर सडक निर्माणमा ढिलाइ || प्लास्टिक घरभित्र तरकारी खेती || पत्रकार राहत कोष स्थापना || लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा || नेपाल प्रहरीको छवि धुमिल बन्दै || वडा अध्यक्षव्दारा ज्ञापन || खोलामा डुबेर एक जनाको मृत्यु || बारापर्सामा पेट्रोलियम पदार्थको अभाव || नगरस्तरमा बालबालिकाकोलागी अनिवार्य बजेट विनियोजन गरिने : || मुख्यमन्त्री राउतद्वारा राहत प्रदान || अमेरिकामा एक नेपालीसहित तीनको हत्या || मोहर्रममा हिन्दू समुदायको पनि उत्साह || नेकपामा मातृकालाई लोप्पा, महासेठ पक्ष सशक्त || यथास्थितिमा संविधान स्वीकार्य छैन् : मुख्यमन्त्री राउत || मोटरसाइकल ठोक्किदा एकको मृत्यु, एक घाइते || मैथिली फिल्म "दहेजक पिरा"को पोस्टर सार्वजानिक || मातृका र रघुबीरको सम्पती छानविन गर : नेता झा || वीरगञ्ज महानगरपालिकाका २ कर्मचारी सहित ३ तीन पक्राउ || मोहर्रम पर्व मनाइँदै || सहमतिपछि यातायात सञ्चालन || संविधान कार्यान्वयन गर्न निकै चुनौती : नेता महतो || घुस लिएको अभियोगमा दुई जना पक्राउ || महोत्तरी जमुनियाँमा प्रहरी पोष्ट स्थापना || लामो दुरीमा गाडी नचल्दा यात्रुहरु अलपत्र , सामान ढुवानी पनि || मल बन्दरगाहमै थन्कियो || खेलकूदले देशलाई चिनाएको छ: मन्त्री विश्वकर्मा || पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग || डिजिटल प्रणालीको शुभारम्भ || विष्टको निधनप्रति काँग्रेसद्वारा दुःख व्यक्त || महान्यायाधिवक्तविरुद्ध खनिए ट्रम्प || माछापालन योजना || मदिरा नष्ट || एक बन्दीको मृत्यु ||
चन्चल राजनीतिको तमाशा

जेठ १४, २०७४

 

किशोर नेपाल

नेपालमा लोकतान्त्रिक सभ्यताको ‘माउ’ भनेर परिचितसंसदको सवैभन्दा ठूलो दल नेपाली कांग्रेसले यतिवेला 
मधेशवादी दलहरुलाई राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउने, 
मधेशमा भत्किएको र मक्किएको कांग्रेसी संरचनालाई पुनर्जीवनदिने, सामान्य कार्यकर्ताको मनमा शासन व्यवस्थाप्रति विश्वास जगाउने जस्ता कामगर्नुवाँकी नै छ ।
मधेशमा चुनाव भयो र शान्ति फर्कियो भने त्यसको फाइदा कांग्रेसकै पोल्टामा जान्छ ।
मधेशमा अव्वल नतीजा ल्याउनेतर्फ कांग्रेस क्रियाशील रहनुपर्ने हो ।

नेपाली राजनीतिको चरित्र अस्वाभाविक हिसावले चन्चल छ । राजनीतिको परिचालन सिध्दान्त, तर्क, विश्लेषण र व्यवहारिकताका आधारमा होइन, नेताहरुको कुटिल मनसाय र स्वार्थका आधारमा हुने गरेकोछ । यसको नांगो रुप देखियो गत साता मंगलवार मन्चन भयोराजनीतिको रंगमन्चमा र संसदमा ।

नेपाली कांग्रेससंग भएको ‘भद्र सहमति’ का आधारमा सरकारको साँचो नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवालाई हस्तान्तरणगर्न तयार भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्यो साँचो वुझाउन पाएनन । संसद मार्फत जनतालाई आफनो नेतृत्वमा सरकारले गरेका उपलव्धिको सम्झना दिलाउँदै राजिनामाको घोषणागर्ने उनको मनसुवा अधूरो रह्यो ।

प्रधानमन्त्रीले संसदमा राजिनामाको घोषणागर्ने जानकारी पाउने वित्तिकै प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्षले पत्रकार सम्मेलन गरे । उनले आफनो ‘अति–विहंगम शैली’ मा कांग्रेस सभापति देउवामाथि ‘सत्तालोलुप’ भएको आरोपमात्रै लगाएनन, नेपाली प्रजातान्त्रिक आन्दोलनमा उनको भूमिकामाथि नै प्रश्नचिन्ह लगाउने कामपनि गरे ।

ओलीको वक्तव्यले राजनीतिक स्तरमा अहिलेसम्म सुनिएको शव्द र अपशव्दको सवै सीमा पार गर्यो । त्यसपछि एमालेले संसद अवरुध्द गर्यो । संसदलाई संवोधनगर्न पाउने प्रधानमन्त्रीको हक खोसियो ।
दुइवटा संविधान सभाको अवधिमा देखिएकाराजनीतिक दलहरु वीचको आरोह अवरोहको सम्भवतः यो नै चरमोत्कर्ष थियो – जहाँ सत्तापक्ष र प्रतिपक्षका वीच अति धेरै कटुता देखियो ।


एमाले अध्यक्ष जसरी कांग्रेस सभापतिका विरुध्द एकोहोरिएरलागे त्यो आफैंमा आश्चर्यजनक थियो । देउवा विरुध्द ओलीको यो कटु बक्तव्य वुझनु असहज थिएन । ओली सरकारबाटमाओवादीलाई तानेर वाहिर निकाल्ने र माओवादी–कांग्रेस संयुक्त सरकारको डिजाइनगर्ने देउवा नै थिए । यो काममा अरु कसैलाई न जश दिन सकिन्छ, न अपजश । 

संसदीय व्यवस्थामा सवैभन्दा प्रधान मानिने अंकगणितको खेलमा संसदमा जुन पार्टी वा पार्टीहरुले जित्छन सरकार उनैले वनाउँछन । यो सनातन सत्य हो ।

कांग्रेस–माओवादीले यो संसदीय सूत्र प्रयोग गरेर एमाले नेतृत्वको सरकार हटाउन पाउने अधिकारको प्रयोग गरे । एमाले सरकार हट्यो । एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीको मनमा त्यसैको तूष वाँकी थियो । त्यसको विष्फोट भयो । यो हदमा रीस र आवेगको प्रदर्शन शीर्षस्थ भनिएका नेताहरुको व्यक्तित्व सुहाउँदो कुरा थिएन ।

माओवादी र कांग्रेसवीच सरकार निर्माणको सहमति गरिंदा स्थानीय चुनावसम्म माओवादीको नेतृत्वमा र त्यसपछि कांग्रेसको नेतृत्वमा सरकार चलाउने सहमति भएको थियो । स्थानीय चुनाव दुवै पार्टीले इच्छा गरेको समयमा हुन सकेन ।

संविधान निर्माणको प्रक्रियाबाट अलग रहेका संयुक्त मधेशी मोर्चामा आवध्द दलहरुलाई चुनावमा सहभागी नगराएसम्म चुनाव निरर्थक हुन्थ्यो । सरकार यसको समाधानमा अलमलियो । तर,सम्विधान संशोधनको प्रस्ताव पारितहुन सकेन ।

यी सवै कुरा मिलाउन सरकारले चुनाव दुइ चरणमा गराउने भयो । यतिवेला पहिलो चरणको चुनाव सकिएको छ । दोस्रो चरणको चुनाव जेठ ३१ मा गर्ने कार्यक्रम छ ।

यसका लागि मधेशी मोर्चाको विश्वास आर्जनगर्न दुइ नम्वर प्रदेशमा स्थानीय तहको पुनर्संरचना आवश्यक छ । मन्त्री परिषदले कित्ताकाट गरी सकेको छ । तर, एमाले यसमा पनि सहमत छैन । उसको नियत मधेशलाई राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउने छैन । 
दोस्रो चरणको चुनाव नसकिंदै प्रधानमन्त्री दाहाल किन पद छोडन हतारिए ? यसको जवाफ उनीसंग मात्रै होला । ‘भद्र सहमतिको पालनागर्दै नेपाली राजनीतिको स्तरोन्नतिगर्ने’ प्रधानमन्त्रीको अभिलाषा अहिले नै सत्ताबाट वाहिरिनुपर्ने कारण पक्कै होइन ।

राजनीतिमा आफनो अभिलाषा पूरा गर्नुभन्दा महत्वपूर्ण तात्कालीक राजनीतिक आवश्यकतालाई सम्वोधनगर्नु हुन्छ । कांग्रेस सभापति देउवाले प्रधानमन्त्रीलाई पद हस्तान्तरणगर्न मानसिक दवाव दिएका समाचारहरुनआएका होइनन ।

स्थानीय तह चुनावको दोस्रो चरण नसकिएको अहिलेको अवस्थामा सरकार चलाउनु निकै झन्झटिलो विषय हो । सभापति देउवा यो झन्झट वेसाउन लालयित हुनु नपर्ने हो । 
यथार्थ के हो ?यसको उत्तर सभापति देउवाका आधिकारिक प्रतिनिधिले दिन सक्दैनन ।स्वयं देउवाको भनाइ नआएसम्म अरु कसैको भनाइ पत्याउन गाह छ ।


देउवा त्यत्तिकै एउटा लोकतान्त्रिक संस्कार बोकेको पार्टीका सभापति चुनिएका होइनन । लोकतन्त्रप्रति उनको निष्ठामा कसैले प्रश्न उठाउन सक्दैन । देशको अवस्था अप्ठेरो रहेका बेला दुइ चरणको चुनावको वीचमा, पहिलो चरणको चुनाव सकिने वित्तिकै, सरकार प्रमुखलाई सत्ता छोडन लगाउनु विपरित परिस्थिति निम्त्याउनु हो ।

सभापति देउवाले जेठ ३१ पछि सत्ताको साँचो आफनो हातमा लिंदा पनि खासै फरक परिहाल्ने थिएन । प्रधानमन्त्री प्रचण्डले ‘भद्र सहमति’ को पालनाका लागि सत्ता हस्तान्तरणगर्न खोजेका थिए भनेपनि सरकारको सहयोगी दलको निर्णायक व्यक्तिका हिसावले देउवाले चुनावसम्म सरकारको नेतृत्वलाई निरन्तरता दिन प्रधानमन्त्रीसंग अनुरोध गरेको भए राम्रो हुने थियो ।

चुनाव निरन्तर रहेको अवस्थामा सरकारको नेतृत्व परिवर्तन लोकतन्त्र अनुरुप देखिएन ।
कांग्रेसले पहिलो चरणको चुनावमा सफलता पाउन सकेको छैन । कारण जे सुकै भएपनि, कांग्रेस सभापतिका हिसावले यसको जश–अपजश देउवाले नै वोक्नु पर्दछ ।

कार्यकर्ताप्रति उनको उत्तरदायित्व छ । दलभित्रका गुटहरुको चर्को चलखेलले गर्दा अधिकांश उम्मेदवार हारेका छन । काठमाडौं जस्तो कांग्रेसको गहिरो प्रभाव भएको शहरमा कांग्रेस उम्मेदवार भासिएका छन । माओवादीसंग तालमेलमा चुनाव लडनुअघि कार्यकर्ताहरुसंग छलफलगरेको भए नतीजा अहिलेको भन्दा फरक आउन सक्ने थियो ।

देशका चार सुरमा जनसभा गरेकै भरमा निचोड निकाल्नु नै गलत थियो । लाज मर्दो कुरा, महामन्त्री शशांक कोइरालाको चुनाव क्षेत्र नवल–परासीको प्रवेशव्दार मानिएको गैंडाकोटमा चुनावी पराजयको जिम्मेवारी लिनु पर्दछ कि पर्दैन ?अहिले यी यावत प्रश्नहरुले जवाफ खोजी रहेका छन ।

नेपालमा लोकतान्त्रिक सभ्यताको ‘माउ’ भनेर परिचितसंसदको सवैभन्दा ठूलो दल नेपाली कांग्रेसले यतिवेला मधेशवादी दलहरुलाई राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउने, मधेशमा भत्किएको र मक्किएको कांग्रेसी संरचनालाई पुनर्जीवनदिने, सामान्य कार्यकर्ताको मनमा शासन व्यवस्थाप्रति विश्वास जगाउने जस्ता कामगर्नुवाँकी नै छ ।

मधेशमा चुनाव भयो र शान्ति फर्कियो भने त्यसको फाइदा कांग्रेसकै पोल्टामा जान्छ । मधेशमा अव्वल नतीजा ल्याउनेतर्फ कांग्रेस क्रियाशील रहनुपर्ने हो । प्रतिपक्षले तय गरेको आक्रामक नीतिलाई निस्तेजगर्न कांग्रेसले कुनै कल्पनाशील उपाय अवलम्वन गरेको छैन । सामाजिक संजालमा कांग्रेसको जति वेइज्जती र वदनामी गरिएको छ त्यसको हिसाव कसैले राखेको छैन ।

यो अवस्थामा कांग्रेसका नेताहरु चुनावमा संगठित नभएर सानातिना नियमित प्रकृतिका कुरामा अल्मलिन्छन भने चुनाव परिणाम पनि अल्मलिनु स्वाभाविक हुन्छ । यसमा जानकी माताले पनि केहीगर्न सक्दिनन ।

कांग्रेसले आफनो प्रचार जुन आक्रामक हिसावले सन्चालन गर्नु पर्ने थियो मधेशमा त्यो देखिएन । लोकतान्त्रिक पार्टीको प्रचार कम्युनिष्टको जस्तो कहाँहुन्छ भनेर ओठे जवाफ दिएर चल्ने अवस्था अहिले छैन । वर्तमान समयमा मिडियाको महत्व, प्रभाव र उपयोगितालाई स्वीकार गर्नै पर्दछ ।
राजनीतिक दल भएपछि गुट र उपगुट हुनु सामान्य कुरा हो ।

गुटहरुको उपस्थिति सबै दलहरुमा बाक्लो छ । तर, कांग्रेस बाहेकका दलहरुमा गुटहरु निस्तेज छन । कांग्रेसमा मुख्य दल निस्तेज छ भने गुट, उपगुट मौलाएका छन । कांग्रेसलाई यो अवस्थाबाट वाहिर नल्याएसम्म यसको अपेक्षित विकास हुन सक्दैन ।

राजनीतिमा वामपन्थीहरुको वढदो प्रभावले कांग्रेसको अवस्था खुम्चिन थालेको छ । वामपन्थीहरु एकहुँदा पनि त्यसको सामनागर्ने कांग्रेसको क्षमता चुक्दै गएको छ । चुनावको पहिलो चरणले देखाएको तथ्य यही हो । पराजयको यो अवस्थालाई वदल्ने हो भने कांग्रेस स्थानीय तहमा लोकतान्त्रिक कार्यसूचीको निर्माण र विकासमा जमेर लाग्नु पर्दछ । 

चुनावमा कांग्रेसको अवनतिको दोष पक्कै पनि सभापति देउवाको काँधमा थुप्रिन्छ । यो स्वाभाविक हो । तर, पार्टीभित्र उनका सहयोगी र प्रतिपक्षी पनि यो अवनतीमा वरावरका सहभागी छन ।

वरिष्ठ नेता रामचन्द्र पौडेल र सभापति देउवाका वीच संचार सम्वन्धको संकट सवैलाई थाह भएकै कुरा हो । आपूलाई पार्टीका प्रभावशाली भनाउन चाहने अन्य नेताहरु पनि नेतृत्व अप्ठेरोमा फस्दा तमाशाहेर्ने वढी देखिएका छन । 

सभापति देउवाले सरकार निर्माणका लागि माओवादीसंग मित्रताको हात वढाएर देशको लोकतान्त्रिक शक्ति र दशक लामो हिंसापछि आएको नयाँ शक्तिका वीच नयाँ समीकरणको ढोका खोलेका हुन ।
सरकारसंग वृहत्त शान्ति सम्झौतामा हस्ताक्षरगर्ने माओवादी विद्रोही नयाँ पार्टीका रुपमा खुला राजनीतिमा आएको एक दशकपछि दुवै पार्टीले मिलेर सरकार चलाउँदा राजनीतिक र अन्य महत्वपूर्ण उपलव्धि भएका छन ।

यो उपलव्धिलाई सानो मान्न सकिन्न । किनभने, व्दन्व्दको घाउ वल्झाएर यथास्थितिको राजनीतिगर्न चाहनेका लागि यो वलियो थप्पड हो ।

यी परिप्रेक्षलाई समेटेर कांग्रेस नेतृत्वले दोस्रो चरणको चुनावमा सक्रिय हुनु पर्दछ । प्रतिपक्षीले ताना मारेरै कांग्रेसलाई हतोत्साही वनाएको अवस्थामा कार्यकर्ताको मनोवल वढाउन नेताहरु सक्रिय हुनै पर्दछ । यसको विकल्प छैन ।

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवामा राष्ट्रिय विद्यार्थी संघले तीन...

सर्लाही । भारतको विहारमा मदिरापान बिक्रीवितरण र ओसारपसारमा प्रतिबन्ध लगाइएपछि...

गौर । प्रदेश २ का कृषि ,भूमि व्यवस्था तथा सहकारी...

जीतपुर । जीतपुरमा एउटै पसलमालगातार दुई चोटीचोरी भएपछि , प्रहरीको...

स्याङ्जा : जिल्ला कारागार स्याङ्जामा कार्यरत एक प्रहरी जवानले...

जनकपुरधाम । धनुषामा एक युवक घाँटी रेटिएको अवस्थामा फेला परेका...

पशुपतिनगर, इलाम : इलामको चुलाचुली गाउँपालिकामा कार्यरत नायब सुब्बा जगत...

बर्दिवास : महोत्तरीको सदरमुकाम जलेश्वरलाई भारतीय सीमा र धनुषाको जनकपुरसँग...

बलेवा : कुलतमा लागेका युवाका लागि सुधार गृहका रुपमा स्थापना...

इलाम : नेपाल पत्रकार महासङ्घ इलाम शाखाले पत्रकारका लागि आपत्कालीन...

काठमाडु । साउथ ह्याम्पटनलाई हराउँदै लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको...

काठमाडु । अपराध अनुसन्धानमा अब्बल मानिँदै आएको नेपाल प्रहरी पछिल्लो...

जनकपुरधाम । कमला नगरपालिकाका वडाअध्यक्षहरुले नगरप्रमुख रामउदगार गोइतलाई शनिवार ९...

भद्रपुर : खोलामा डुबेर मेचीनगर–८ सालघारीका ३६ वर्षीय शिवु...

जीतपुर : मुलुकी ऐनमा सवारी चालक सम्बन्धि गरिएको ब्यवस्थाको परिवर्तनको...

बर्दिबास : बालबालिकाले भयत्रासमुक्त वातावरणमा सुरक्षित र...

राजविराज : प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले...

वाशिङ्टन, डिसी : अमेरिकाको मेरिल्याण्ड राज्यमा भएको गोली काण्डमा...

नेपालगञ्ज, बाँके : मुस्लिम समुदायको पर्व मोहर्रममा नेपालगञ्जमा हिन्दू...

काठमाण्डु । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले टुंगो लगाएको प्रदेश ईञ्चार्ज ...

राजविराज । संविधान संशोधनको विषयमा वहस चलिरहेको बेला प्रदेश २...

सिरहा । जिरोमाइल देखि बरियारपट्टि जाने सडकखण्ड...

जनकपुरधाम । धिरेन्द्र मल्टिमेडिया प्रालिको प्रस्तुति रहेको चलचित्र...

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता रामचन्द्र झाले सरकारमा...

वीरगञ्ज । सेवाग्राहीसित घुस लिएको आरोपमा अख्तियारको टोलीले वीरगन्ज महानगरपालिकाका...

नेपालगञ्ज : इस्लाम धर्मावलम्बीको मोहर्रम पर्व बाँकेमा पनि धुमधामका...

बुटवल : मुलुकी संहितामा सवारी चालकका लागि ल्याइएको प्रावधानको...

कञ्चनपुर । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका नेता राजेन्द्र...

पर्सा : विद्यालयको अनुमतिपत्र दिन रु एक लाख घुस...

बर्दिवास । महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका–६ जमुनियाँ चोकमा आज...

जनकपुरधाम । चालकहरुको बन्दले जनकपुरधाम लगायत तराईका ...

वीरगञ्ज : नेपाल आयात गर्न लागिएको मल सिर्सियास्थित सुख्खा...

कास्की : सङ्घीय सरकारका युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले...

काठमाडौँ : प्रतिनिधिसभा बैठकमा सांसदले संविधान कार्यान्वयन गर्न मौलिक अधिकारसम्बन्धी...

विराटनगर : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले...

काठमाडौँ : नेपाली काङ्ग्रेसले अछामका पार्टी क्रियाशील सदस्य टेकबहादुर...

वासिंटन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले महान्यायाधिवक्ता जेफ सेसन्सप्रति तिखो...

सिरहा । माछा उत्पादन बढाई नगरक्षेत्रलाई समृद्ध बनाउने योजना सिरहाको...

लहान : सिरहा प्रहरीले जिल्लाको विभिन्न स्थानबाट डेढ हजारभन्दा...

गौशाला : महोत्तरी जिल्लाको जलेश्वर कारागारका एक बन्दीको गए राति...