Tue, 18 Sep 2018
ताजा समाचार
१५ बर्ष देखि फरार प्रतिबादी पक्राउ || काठ बेचेको भन्दै स्थानीयले रेन्जपोष्ट कार्यालय घेराउ || प्रहरी चौकी बिश्रामपुर घेराउ || ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरलाई ज्ञापन पत्र || कञ्चनपुरमा भारतीय हात्तीको आतंक, अन्नबाली नष्ट || चालकहरु नै बन्दमा उत्रिए, जनकपुरधाम प्रभावित || श्रीलंका एसिया कप क्रिकेटको समूह चरणबाटै बाहिरियो || सिरियाका लागि उडेको रुसी सैन्य बिमान सम्पर्कविहीन || रामबहादुर बम्जनमाथि बलात्कारको आरोप || सायबर सेक्युरिटी सम्बन्धि प्रशिक्षण सम्पन्न || गुणस्तरीय काम गर्नुस : मन्त्री सोनल || बालवालिकालाई शैक्षिक सामाग्री वितरण || शंकराचार्यद्धार क्षेत्रमा बृक्षारोपण || बलभद्र पूजनोत्सव धुमधामका साथ मनाइया || एक दिने अन्तरक्रिया सप्पन्न || बती निभाउन साँसदको निर्देशन || काठमाडौं आइपुगे बलिउड सुपरस्टार गोविन्दा, यस्तो छ कार्यक्रम तालिका || निर्मला पन्त हत्याबारे प्रारम्भिक प्रतिवेदन गृहमन्त्रीसमक्ष पेस || फिलिपिन्समा आएको शक्तिशाली आँधीमा परी १४ जनाको मृत्यु, ५० लाख || भारतलाई हराउँदै माल्दिभ्स च्याम्पियन || आजबाट जनकपुर–पटना नियमित बस सेवा || निर्मलाका लागि न्याय माग्दै वीरगंज || नेपाल वैद्युत प्राधिकरण कर्मचारी संघ आधिकारिक ट्रेड युनियन जनकपुर -सगरमाथा || सर्पदंशबाट वृद्धको मृत्यु || फ्लोरेन्स समुद्री आँधीमा परेर ४ जनाको मृत्यु, ६ लाख घरमा || काम नगर्ने गैरसरकारी संस्था बाहिरिने || रासायनिक मलको अभाव || एसिड पीडित दिदीबहिनीलाई बचाउन अभियान || सप्तर्षिको पूजा गरी हिन्दू नारीहरुले आज ऋषिपञ्चमी पर्व मनाउँदै || खुला दिसामुक्त हुन सकेन मलङ्गवा || राजपा धनुुषाले ब्ल्याक आउट गर्ने || मेयर सरावगीद्वारा राजिनामामेयर सरावगीद्वारा राजिनामा || प्रहरी इञ्चार्ज घुससहित पक्राउ || प्रधानमन्त्री ओलीको शुभकामना || मलेसियामा अब नेपालीसहित विदेशी कामदारले १३ वर्ष बस्न पाउने || भलिबलमा भुलेको जिन्दगी || २ सय २१ किलोको लड्डु सहित गणेश चतुर्थी पुजा || पटना - जनकपुर बस सेवा || डोटीको रुवसकाँडामा बस दुर्घटना || संसद् अवरुद्ध ||
रोजामा मुस्लिम समुदाय

जेठ १५, २०७४

 


मुस्लिम समुदायको लागि पवित्र मानिएको इस्लामिक महिना रमजानको आईतवारलदेखि सुरु भएको छ । खाडी मुलुक कत्तार, सउदी अरब, मलेशिया, दुबई लगायतका देशमा शनिवारदेखि रमाजान सुरु भएपनि नेपाल, भारत लगायतमा आईतवारदेखि सुरु भएको छ ।

रमजान सुरु हुनु एक सप्ताह अघिदेखि बजारमा मुस्लिम महिलाका चहलपहल बढेको छ । महिनाभरि पुग्ने सबई,चना,दाल,खाने तेल लगायत समाग्री जोहो गर्न मुस्लिम महिलाहरु जनकपुर लगायत सिमावर्ती भारतीय बजारमा पुग्ने गरेकी छन् ।

शानिवार पनि जनकपुर तथा किरना पसलहरुमा मुस्लिम महिलाको भिड लगोको थियो । रामजानमा महिनाभरि रोजा (व्रत) बस्नुपर्ने, तथा रोजाको समयमा हाटबजार गर्न समयको अभाव हुने भएकोले अधिकांश मुस्लिम समुदाय एक महिनाको घरायसी रासन समाग्री खरिद गर्ने छन् ।   

इस्लामिक महिना सवाण समाप्त भई रमजान सुरु हुन्छ । इस्लाम धर्मका  ५ वटा अधार स्तमभ इमान, नवाज, रोजा, जकात,हज मध्ये रोजा तेस्रा नम्वरको  हो । रमजान महिनामा प्रत्येक वालिग मुस्लिम महिला तथा पुरुष दुवैलाई अनिर्वाय रुपमा रोजा वस्नु पर्छ ।

रोजा धनि गरिव सवैमाथि अनिर्वाय छ, यसमा कुनै भेदभाव हुदैन । दिनभरि मजदुरि गर्ने होस वा काममा व्यस्त रहेने किन नहोस सवैमाथि रोजा उतिकै लाजिम(अनिर्वाय) गरिएको छ । रोजा (ब्रत) बस्नेले दिन भरि केहि नखाई, भोकै बस्छन् र साँझ तिर अर्थात सुर्य अस्त भए पछि मात्र विभिन्न प्रकारका फलफुलले  रोजा (ब्रत) खोल्ने गर्छन ।

रोजा बस्नेलाई शारिरिक संभोग, झुठोबोलिने लगायतबाट टढै रहि  पाकसाफ, सफासुगर भई कम्तिमा दैनिक पाँचचोटि नवाज र विशेष प्रर्थना स्वरुप राति तरावि पढिने गरिन्छ  । सुर्य उदाउनु अघि ‘सेहरी’खाएर दिन भरि उपवास अर्थात रोजा बस्ने मुस्लिमहरु सुर्य अस्ताएपछि मात्र खानपनि गर्छ । इस्लामिक धर्मग्रन्थका अनुसार रोजा दुई हिजरी सवाण (महिना)को १० तारिक देखि मुस्लिम समुदाय माथि र्फज अथार्त अनिर्वाय गरिएको छ ।

इस्लामिक कैलेण्डर अनुसार अहिले १४०० सय हिजरी चलिरहेको छ । इस्लामिक कैलेण्डरको १२ औ महिना मध्ये रमजान नवौ महिनाको रुपमा रहेको छ ।

प्रत्येक दिन विहान ५ वजे पजिल, दिउँसो १ वजे जोहर, साँझ ५ वजे असिर, त्यसको केहि समय पछि मग्रिव र यसको करिब डेढ घण्टा पछि इशाको नमाज पढिन्छ ।

९२ किलो मिटर दुरि बराबरको यात्रा गर्दा, महिला महिनाबारिको अवस्था हुदाँ वा अन्य अवस्थामा रोजा छोड्न सकिने प्रवधान रहेपनि पछि त्रृणको रुपमा रोजा राख्नुपर्ने किम्दन्ति रहेको मोफ्ति शेरे नेपालले बताए ।

पवित्र कुरआन सरिफको दोस्रो परामा भनिएको छ ,‘ऐ इमानबला तिमि माथि रोजा अनिर्वाय गरिएको छ, जस्तोकि तिम्रो अग्रजहरु माथि अनिवार्य गरिएको थियो, जस्लाई तिमिले पनि अपनाउनु पर्ने हुन्नछ ।’ त्यसैले जनकपुर १ स्थित मदरसा दारुल उलुम नुरी बरकातीका मोफ्ती मो. असरफ रजा बरकातीले नयाँ पत्रिकाको कुराकानीमा भने,‘संसारकोे चारवटा अकाश्यि पुस्तकहरु तोरेत, जबुर, इजिल्ल ( बाइवल) र कुरआन सरिफ रमजानमै अवतरित भएको छ ।’

रमजानकै २७ तारिकका दिन इस्लाम धर्मका सब भन्दा ठुलो धर्मग्रन्थ पवित्र  कुरआन सरिफ नाजिल (अवितरित) भएको छ । त्यसैले यो महिना  मुस्लिम समुदायको लागि विशेष महत्व राखेको उनको भनाई छ । उनले अगाडी भने,‘ संसारको आवश्यता अनुसार अल्लाहले एक–एक पराको रुपमा ज्ञान पठाई रहदाँ २३ वर्ष पछि मात्र पवित्र कुरयानले पुर्णता पाएको थियो ।’

‘यो  महिना भरि नै जनत (स्वर्ग) का सात वटै ढोका खुल्ला रहन्छ भने जहनम (नक्र) का सबै ढोका बन्द रहन्छ,’उनले भने । रोजा आत्मशुद्धि, प्रतिक, त्याग, धैयताको प्रतिक रहेको रहेको जनकपुर –६ बस्ने असलम खानले बताए । ३० दिनका लागि गरिने रोजाका तिन पाटाहरु छन् ।

शुरुको १० रातलाई ‘रकमत’भनिन्छ,जसमा अल्लाहले विशेष कृपा गर्छन् भने विश्वास रहि आएको छ । त्यस्तै बिचका १० रातलाई मग्फिरत अर्थात माफिका रात भन्निछ ।

यि रातहरुमा गरेका ठुलठुला पापहरुलाई अल्लाहले माफ गरिदिन्छ भने विश्वास मुस्लिम समुदायको छ । अन्तिम १० रातमा धेरै मानव जातिलाई अल्लाहले जहनम (नर्क)बाट मुतिmदिई जनत (स्वर्ग) प्रवेश गरान्छ भने इस्लामका विभिन्न धार्मिक ग्रन्थमा उल्लेख छ ।

त्यसकारण मुस्लिमहरु रमजान तथा रोजाका नियमहरुलाई विशेष पालन गर्ने गर्छन् । रमजानमा कसैलाई एक रुपैया दान गर्दा ७० रुपैयाँ बराबरको सवाव (पुन्य) प्राप्त हुने जनविश्वास रहेको मोफ्ति रजाले बताए ।

१ नफिल नमाज पढ्दा एक फर्ज, र एक फर्ज नवाज पढ्दा ७० फर्ज नवाज पढे बराबरको पुण्य प्राप्त हुने किम्दन्ति रहेको उनको भनाई थियो । यसै महिनामा साढे सात तोला सुन वा साढे ५२ तोला चाँन्दि तथा त्यति बरावरको  सम्पिति भएको खण्डमा अनिर्वाय रुपमा जकात अथार्त दानका गर्नका लागि साढे दुई प्रतिशतका दरले  रकम निकाल्नु पर्ने हुन्छ । यसले गरिव र अशक्तहरुका लागि केहि गरौ भन्ने सन्देश दिने गरेको छ ।

यसरी गरिव तथा असहायलाई अनिर्वाय रुपमा सहयोग गर्नुपने नियम मानव जातिको लागि उत्तम रहेको खानले दावि गरे । ‘कसैलाई सितैमा एक रुपैया हिच्किचाउने समान्यत मानव प्रवृति रहेको भएपनि इस्लाममा यस्तो प्रवृतिको कहि स्थान छैन, उनले भने ।

जकात (दान)का लागि प्रत्येक साल निकालिने रकम गरिब, असाहयहरुमा खर्च गर्ने गरेको खानले उल्लेख गरे । ‘रोजाको मार्फत अरुको भोकको अभनुभव हुन्छ,खानले भने,‘भोकै बस्ुनपर्ने बाध्यता भएका गरिवहरुका मुस्लिमले आफ्नो कमाईको केहि अंश सहयोग गरेर मानविय सहयोग,समाजकल्याण तथा न्यायको कार्यमा लाग्न रमजानले प्रोत्साहन गर्छ ।’

रमजान महिना भरि विशेष रुपमा प्रति अल्लाह सम्र्पीत मुस्लिमले अल्लाहको डर तथा नैतिकताको घेराभित्र मनलाई राख्दै धार्मिक तथा समाजलाई भलोहुने कामलाई तल्लीन हुन्छन् । पराघि,अश्लिील तथा समाजलाई अहित हुने कार्यहरु यो महिनामा मुस्लिमबाट हुदैन । तर अपराघिको कुनै जात हुदैन, अपराधिहरु जात, धमर्, कानुन भन्दा वाहिर हुन्छन् ।

रमजानको यो विशेषताले समाजिक विकृति न्युनिकरण, कानुनि राज्यको सम्मान,समाजिक विकासमा अग्रता, अपराध नियन्त्रणमा व्यापक सहयोग पुग्ने विश्वास गर्न सकिन्छ । एक महिनासम्म रोजा बसेपछि मात्र इदुल फित्र अथार्त इर्द पर्व  मनाइन्छ ।

इर्द को नमाज पढनु भन्दा पुर्व रोजामा भएको टुटि वा रोजालाई शुध्किरणका लागि पर व्यतिm २किलो ४५ ग्रामको दरले गँहु परिवारका सवै सदस्यहरुले फित्रराको रुपमा वा त्यति बरावरको रकम अनिर्वाय रुपमा मदरसा तथा गरिवमा दान गनुपर्छ ।

यस्ता परम्पराले निश्चित रुपमा समाजमा राम्रो सन्देश दिएको हुनुपर्छ । सबै धर्ममा यस्ता राम्रा पक्ष रहेको हुन्छ । त्यसकारण धर्महरुको राम्रा पक्षपक्षलाई जर्गेना र त्यसका विकासको लागि पहल गर्नु आजको आवश्यकता रहेको मुस्लिम अगुवाहरुको भनाई छ । 

जीतपुर : ईलाका प्रहरी कार्यालय निजगढले १५ बर्षदेखि चोरि मुदामा...

चन्द्रपुर । जिल्लाको बृन्दावन नगरपालिका १ मा रहेको वृन्दावन...

चन्द्रपुर । रौतहटको बृन्दावन नगरपालिकाका एक युवालाई हतियार थमाएर फसाउन...

चन्द्रपुर । नेपाल तरुणदल नगर समिति चन्द्रपुरले ईलाका प्रशासन...

कञ्चनपुर । कञ्चनपुरको बेदकोट र शुक्लाफाँटा नगरपालिकामा हात्तीले आतंक मच्चाउन...

जनकपुरधाम । चालकहरुको बन्दले जनकपुरधाम लगायत तराई...

काठमाडौं । अफ्गानिस्तानसँग पराजित हुँदै श्रीलंका एसिया कप क्रिकेट प्रतियोगिताको...

काठमाडौं । १४ जना सैनिक बोकेको रुसी सैन्य बिमान सम्पर्कविहीन...

बर्दिबास । राष्ट्रिय बालदिवस २९७५ भदौ २९ ...

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले शंकराचार्यद्धारमा ...

जनकपुरधाम । धनुषाधाम क्षेत्रको...

जनकपुरधाम । संविधान दिवसको दिन १५ मिनेट वती निभाएर बिरोध...

काठमाडौं । काठमाडौंमा आइतबार हुन लागिरहेको ‘एलजी फिल्म अवार्ड’मा सहभागी...

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको हत्याको...

काठमाडौं । फिलिपिन्समा आएको म्याङ्खुट नामक शक्तिशाली आँधीका कारण कम्तिमा...

काठमाडौं । बंगलादेशमा सम्पन्न साफ सुजुकी कप फुटबल प्रतियोगिताको...

जनकपुरधाम । नेपाल भारत यात्रु मैत्री बस सेवा जनकपुरधाम–पटनाको...

वीरगंज । गत साउन ११ गाते बलात्कारपछि हत्या...

जनकपुरधाम । नेपाल वैद्युत प्राधिकरण कर्मचारी संघ आधिकारिक ट्रेड...

सुर्खेत । सुर्खेतको लेकबेसी नगरपालिकामा सर्पदंशबाट आज एक वृद्धको मृत्यु...

काठमाडु । अमेरिकाका पूर्वी तटीय क्षेत्रमा आएका फ्लोरेन्स नामक शक्तिशाली...

बर्दिबास । धानको बाली लाग्ने बेलामा...

चन्द्रपुर । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका ६ घर भएकी...

काठमाडु । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी पर्व आज...

सर्लाही : जिल्लाकै सबभन्दा जेठो नगरपालिका तथा सदरमुकाम रहेको मलङ्गवा...

जनकपुरधाम । संविधान जारी भएको दिन असोज ३ गते राष्ट्रिय...

वीरगञ्ज । प्रदेश २ को एकमात्र महानगरपालिकाका मेयर विजय कुमार...

गौशाला : महोत्तरीको इलाका प्रहरी कार्यालय रामगोपालपुरका प्रहरी इञ्चार्ज रामबाबु...

काठमाडु । प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको प्रधानमन्त्रीमा पुनःनिर्वाचित...

मलेसिया । मलेसियामा विदेशी कामदार अब १३ वर्षसम्म बस्न...

बाल्यकालमा सबैले केही न केही सपना पालेकै हुन्छन् । मेरो...

जीतपुर : २ सय २१ किलोको लड्डु बिशेष आकर्षण...

जनकपुरधाम । बिहारका मुख्यमन्त्री नितिश कुमारले मंगलवार पटनाबाट पठाएको बस...

धनगढी : दार्चुलाबाट महेन्द्रनगरतर्फ आउँदै गरेको ना५ख ९११४ नं...

काठमाडु : प्रतिनिधिसभाको आजको बैठक शुरु हुने वित्तिकै...