Wed, 14 Nov 2018
ताजा समाचार
सूर्यदेवको आराधना गरी छठपर्व मनाइँदै, यस्तो छ व्रतविधि || बरियारपट्टीको सरकारी अस्पतालमा औषधिको अभाव || छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा || छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै || छठको तयारी अन्तिम चरणमा || विपन्न परिवारलाई वडाअध्यक्षको सहयोग || सरकार संघीय शिक्षा ल्याउने तयारीमा || शिक्षामा फड्को मार्दै प्रदेश || गरीब तथा विपन्नलाई छठ पूजाका लागि सामाग्री वितरण || छठ प्रारम्भ, आज खरना || भोजको निहुँमा युवतीमाथि सामूहिक बलात्कार || केन्द्र, प्रदेश र स्थानीय तहबीच विदा प्रतिष्पर्धा || साँसद रौनियार योजना तर्जुमामा || प्रदेश २ ले खेलमैत्री नीति बनाईने || लागूऔषधसहित एक पक्राउ || नालामा मासु बेच्दा छठ व्रतालुलाई सकस || सुरू भयाे काठमाडौं–जनकपुर पर्यटकीय बस सेवा || गलत सूचना दिने पक्राउ || छठका लागि बाँसको सामग्री बनाउन व्यस्त मरिक समुदाय || विष्फोटक पदार्थ नष्ट || राजपुत क्षेत्रिय समाज नेपालको नवनिर्मित भवनको समुदघाटन सम्पन्न || तिहारमा रु ५० लाखको फूलमालाको कारोबार || रेडियो नेपालका पूर्व सम्पादक मास्केको निधन || सामुदायिक विद्यालयलाई सहयोग || पाँच घर जलेर नष्ट || राति १० बजेपछि देउसी भैलो खेल्न रोक || मनाइयो कुकुर तिहार || महिन्द्रा ब्रान्डका गाडिहरुको मेगा डेलिभरी कार्यक्रम || सेतो ब्राउन सहित महिला पक्राउ || विद्यापति स्मृति त्रिद्विवसीय || नगरपालिकाको मोबाइल एप्स || आगलागीबाट एकको मृत्यु || चोरीका सामान सहित ३ पक्राउ || सामुदायिक प्रहरी साझेदारीको संरचना गठन || जानकी मन्दिरको लागि पौने ८ करोड दिने || काँग्रेसको आन्दोलन स्थगन || लागुऔषध सहित २ पक्राउ || गाडी खरिदमा व्यापक कमिसन || जनकपुरमा दुई भारतीय नागरिक मृत फेला || चीनमा ट्रकको ठक्करबाट १५ जनाको मृत्यु, ४४ घाइते ||
के असार १४ गते चुनाव होला ?

जेठ १९, २०७४


यदुवंशी राय



बीस वर्ष पछि मुलुकमा स्थानीय निकायको चुनाव राजधानी सहित ३४ जिल्लामा सम्पन्न भएकोछ ।अझै ४१ जिल्लामा चुनाव हुन बाँकी छ । चुनावका लागि असार १४ गते तिथि फेरी निर्धारण गरिएकोछ । दोस्रो चरणमा हुने चुनाव २ पटक सारिएकोछ ।

चुनावको तिथि सारिएसँगै दोस्रो चरणको चुनाव हुनेमा आशंका सर्वत्र बढेकोछ ।असार १४ गते चुनाव नहुनेमा दुई वटा प्रमुख कारणहरु देखिएकाछन ।

पहिलो कारण त तराईका जिल्लाहरुमा थप गरिएको स्थानीय निकायको संख्या रहेकोछ । सर्वोच्च अदालतले थपिएको संख्यालाई कार्यान्वयन नगर्न आदेश जारी गरेकोछ ।त्यो आदेश निष्धकृय नगरिए सम्म थपिएको अधारमा चुनाव हुन सक्दैन ।

संख्या थपिएको अधारमा चुनाव हुन नसके तराईका राष्ट्रिय जनता पार्टी नेपाल(राजपा)ले सहभागिता जनाउँदैन ।राजपाको सहभागिता बिना चुनाव हुन सक्दैन । सरकारले सर्वोच्च अदालतको आदेशलाई निष्कृय बनाउने काम गरेपनि थपिएको संख्याको अधारमा असार १४ गते चुनाव गराउन निर्वाचन आयोग नै समर्थ हुने छैन ।

निर्वाचन आयोगले संख्या थपिएका जिल्लाहरुमा चुनावका लागि मतदाता परिचय पत्र र मतदाता नामावली फेरी छाप्नुपर्ने हुन्छ । 
मतदाता नामावली फेरी छाप्न चुनाव आयोगलाई समस्या पर्ने देखिन्छ । तराईका जिल्लाहरुमा नभएपनि पहाडका बाँकी २३ जिल्लाहरुमा चुनाव भने गराउन सकिन्छ । वर्षा नभए ती जिल्लाहरुमा बिबाद नरहेकोले चुनाव हुन सक्छ ।

तर वर्षाको समयमै चुनाव तोकिएकोले भारि वर्षा हुँदा चुनाव हुन ती जिल्लाहरुमा चुनाव गर्न सहज छैन । असारको मध्यमा वर्षा हुने संभावना बलियो छ ।

अर्को तर्पm देसको प्रधानमन्त्री शेरबहादुर देउवा हुने छन ।देउवा यस अघि तीन पटक प्रधानमन्त्री भइसकेकाछन ।तर उनी हरेक पटक असफल रहे ।

देउवा प्रधानमन्त्री भएको बेला पहिलेपनि चुनाव हुन सकेन । उनले चुनाव गराउन नसकेपछि  तत्कालिन राजाले उनलाई अक्षम घोषणा गरेका थिए ।

उनी फेरी प्रधानमन्त्री हुन लागेकाछन ।राजनीतिक र प्राकृतिक कारणले स्थिति चुनावका लागि अनुकुल छैन ।चुनाव फेरी हुनेमा धेरैको आशंका छ ।देउवा चुनाव  गराउन सक्नेमा विश्वास गर्ने आधारहरु धेरै छैन । सरकारको परिवर्तनसँगै चुनावमा ग्रहण लाग्न थालेकोछ ।

चुनावका लागि वातावरण बनाउन स्थानीय निकायहरुको संख्या थपिनै पर्नेछ ।थपिएको संख्यालाई कार्यान्वयन गराउनु त अनिवार्य नै छ ।देउवाका लागि त्योपनि ठूलो चुनौती छ ।
चुनावमा सहभागिताका लागि निर्वाचन आयोगले राजपालाई दलको मान्यता दिएर चुनाव चिन्ह प्रदान गर्नुपर्छ ।तर त्योपनि कम चुनौतीपुर्ण छैन ।

चुनाव आयोगले त्यसो गरे उसले मतपत्र फेरी छपाउनुपर्ने हुन्छ ।अहिले भएको मतपत्र काम लाग्दैन । निर्वाचन आयोगलाई अनुकुल बनाएर दलहरुको दर्ता र  चुनाव चिन्ह प्रदान गर्ने प्रकृयामा जाँदा हालकै समय भित्र मतपत्र र  मतदाता नामावली, परिचय पत्र  छपाउने लगायतका कामहरु गर्न कतिको अनुकुलता हुन्छ ?त्यो हेर्नुपर्नेछ ।

 चुनावको बिरोधी राजपापनि होइन ।उसले पनि चुनावमा सहभागि हुन चाहेकै छन ।
तर सहभागि हुने वातावरण बनाउन राजपाले माँग गरेको छ ।त्यो वातावरण बनाउनु भनेकै तराईका जिल्लाहरुमा स्थानीय निकायहरुको संख्या थप गर्नु, दल दर्ता र चुनाव चिन्ह प्रदान गर्नु हो । यति भएपछि राजपालाई चुनावमा जाने बाटो खुल्नेछ ।

राजपाको माँग अस्वभाविक  होइन । सत्तारुढ दलहरुले पटक पटक यसका लागि आश्वासनपनि दिएकाछन । तर कार्यान्वयन हुन सकेको छैन ।

राजपाको माँग सम्बोधन गर्नुपर्नेमा अन्य दलहरुले समेत जोडदिदै आएकाछन । सरकारले पनि औपचारिकता निर्वाह गर्न प्रयासपनि गरेको छ । तर त्यो सार्थक हुन सकेको छैन ।

राजनीतिक दलहरुबीच सहमति नभए सम्म राजपाको माँग सम्बोधन हुन सक्दैन । विपक्षी दल नेकपा एमालेलाई विश्वासमा  लिन देउवाका लागि प्रचण्डको भन्दा कठिन छ ।

तराईका जिल्लाहरुमा चुनाव हुन नसके भएका चुनावहरुको बैद्यतामाथि समेत प्रश्न खडा हुन सक्छ । अहिलेको स्थिति हेर्दा चुनाव गराउने निकायपनि चुनाव हुनेमा सशंकित देखिन्छ ।

हुनत चुनाव असार १४ मा नै जबरजस्ती गर्नु भन्दा सहमतिमा असोज, कात्तिकमा गर्नु बढी उपयुक्त हुन सक्छ ।चुनावमा अत्यधिक मतदाताको सहभागिता हुनुपर्छ ।सबै दलहरु र मतदाताहरुको सहभागिता भएको चुनाव लोकतन्त्रलाई संस्थागत गर्न प्रभावकारी हुन्छ ।

प्रचण्डले पहिलो चरणको चुनाव गराएर असफलताको कलंकबाट जोगिएकाछन ।सत्तासिन हुने बखत चुनाव गराउन उनले गरेको प्रतिबद्धता पुरा गरेकाछन । तर उनले सत्ता हस्तांतरण गर्न लागेका नेता दोस्रो चरणको चुनाव गराउन सफलता पाउनेमा थोरैको विश्वास छ ।

काँग्रेस सभापति देउवा प्रधानमन्त्री बन्नकै लागि पहिलो चरणमा अपवित्र सम्झौतागरि पार्टीलाई डुबाएको आरोपबाट मुक्त हुन सकेका छैनन । चुनावमा उनले भरतपुर महानगरपालिकामा गरेको सम्झौताकै कारण काठमाण्डु र पोखरामा उम्मेदवारहरु नराम्ररी पराजित भएकाछन । देउवाले आफनो स्वार्थका लागि पार्टीलाई बलि चढाएको आरोपको जवाफ दिन सकेको छैन ।

प्रधानन्यायधिश सुशिला कार्कीमाथिको महाअभियोग, प्रहरी महानिरीक्षक नियुक्तीमा गरिएको नाँगो नाच, सरकारको वरियतामा पार्टीलाई गरिएको अपमानहरु  देउवा स्वार्थको केहि उदाहरणहरु मात्र हुन । देसमा लोकतन्त्रलाई ध्वस्त बनाएर प्रतिगमनलाई निम्त्याउने देउवा बाहेक अन्य कोही थिएन ।तीन पटक प्रधानमन्त्री बनेका देउवाले गरेका कामहरु मध्ये देशहितमा एउटै छैन ।

पहिलो पटक प्रधानमन्त्री हुँदा पजेरो संस्कृति ल्याएका देउवाले दोस्रो पटक लोकतन्त्रलाई नै दरबारमा बुझाएर अक्षम साबित भए ।तेस्रो पटकपनि उनी सरकारलाई निरन्तरता दिन सकेन ।बहुमत सिद्ध गर्न नसकेर उनी असफल भएका हुन ।

काँग्रेसको सभापति बनेका देउवासित प्रधानमन्त्रीको कुनै भिजन छैन ।उनी प्रधानमन्त्री बनेपछि के गर्ने ?उनको विशेष कुनै योजना सार्वजनिक भएको छैन । काम चलाउ सरकारले ल्याएको बजेटमा उनको सहमति छ ।नीति तथा कार्यक्रमपनि काम चलाउ सरकारकै निरन्तरता पाउनेछ ।

स्थानीय निकायको सम्पन्न चुनावमा तीन महानगर पालिका काँग्रेसको बिरोधमा छ । अधिकांश जिल्ला समन्वय समितिमा एमालेको कब्जा हुने देखिन्छ ।

देउवाले दोस्रो चरणको चुनावमा पनि चम्तकार गर्ने संभावना टाढा सम्म देखिदैन । उनी प्रम बनेपछि पार्टीमा झन बिबाद चर्किने संभावना छ । दोस्रा ेचरणको चुनावमा देउवाकै कारणपनि समस्या बढनेछ ।
प्रचण्डले नै दोस्रो चरणको चुनाव गराएको भए हुने विश्वास मतदाताहरुमा थियो ।तर हरेक पटक असफल सावित भएका देउवालाई प्रम बनाएर चुनावको जिम्मेबारी दिनु भनेको चुनाव गराउनलाई होइन ।

तराईको समस्या समाधानमा  देउवा सकारात्मक कुरा गरेपनि उदार छैन ।संबिधान जारी गर्ने बेला उनी थोरै उदारदता देखाएको भए तराईको समस्या त्यती बेलै समाधान हुन सक्थ्यो ।

तर उनले कैलालीका लागि एमाले नेतासित गरेको साँठगाँठको कारण मधेशीको माँग सम्बोधन हुन सकेन ।हुनत देसमा अहिले सम्म भएका प्रधानमन्त्रीहरुले बालुवाटार र सिहदरबारको भित्तामा फोटो झुण्डयाउने बाहेक केहि गर्न सकेका छैनन ।

जिउँदा पूर्ब प्रधानमन्त्रीहरु मध्येपनि सबै भन्दा असफलहरुको सूचीमा देउवा, झलनाथ खनाल, बाबुराम भटटराई, माधवकुमार नेपाल, केपी ओली र प्रचण्डको सूची बन्न सक्छ ।लोकेन्द्र बहादुर चन्दको चर्चा गरिरहनु आवश्यक नै छैन ।

देउवाका लागि यो कार्यकाल अत्यन्त चुनौतीपूर्ण छ ।उनका लागि सक्षम सावित गर्ने अवसरपनि हो ।दोस्रो चरणको चुनाव गराउन सके उनी सफलको सूचीमा समावेश हुन सक्छ ।तर दोस्रो चरणको स्थानीय निकायको चुनाव गराउन नसके उनले प्रादेशिक र संसदीय चुनाव गराउन झन सक्दैन ।

नेतृत्व क्षमतामाथि नै पटक पटक प्रश्न उठेकाले यस पटक उनले आफना विषयमा आम नेपालीमा बनेको धारणालाई हटाउन सक्नुपनि सफलता हुनेछ । उनी पदका लागि जस्तोसुकै अपवित्र गठबन्धन र सम्झौता गर्न सक्छ भने मान्यता स्थापित भइसकेकोछ ।स्थानीय निकायको चुनावमा पनि त्यो देखिएकै छ ।

उनीसित भएको टीमपनि उनलाई उदारतापूर्बक कार्य गर्ने वातावरण बनाउने देखिदैन ।दुरदृष्टि नभएका मधेशप्रति अनुदार देउवाको नेतृत्वमा हुने चुनावमा काँग्रेस अद्योगतितिर जानेछ ।
काँग्रेसका नेता,कार्यकर्ताहरु उनको कार्यशैलीबाट सन्तुष्ट देखिदैन ।सभापति बनाउन उनलाई सघाउनेहरुपनि अहिले असन्तुष्ट देखिएका छन ।

सहमति अनुसार प्रचण्डले देउवालाई सत्ता हस्तांतरण गर्ने प्रकृयालाई अगाडी बढाईसकेकाछन ।केहि दिन भित्रै देउवा सत्तारोहण गर्नेछन ।

उनले अन्य कामहरुको भन्दा पनि दोस्रो चरणको स्थानीय निकायको चुनाव,  संसदीय र प्रादेशिक चुनाव माघ मसान्त भित्र गराउनुपर्ने छ ।समयमै सबै चुनाव गराउन सके उनी सफल हुनेछन ।तर चुनाव गराउन नसके उनले फेरी देसलाई नै संक्रमणकालमा धकेल्नेछन ।

प्रतिगमनका लागि तयारी अवस्थामा रहेका तत्वहरुलाई मलजल गर्ने काम देउवाको कार्यकालमा हुन सक्ने संभावना बढी छ ।चुनावका लागि चाहिने अन्य दलहरुको सहयोग जुटाउन देउवालाई कठिन छ ।हुनत उनले राप्रपा, फोरम लोकतान्त्रिकको समर्थन सरकार बनाउँदै प्राप्त गर्नेछन ।तर प्रमुख प्रतिपक्षी एमाले देउवा बिरुद्ध अक्रामक भूमिका निर्वाह गर्ने देखिन्छ ।

देउवाले केहि धैर्य गरेर दोस्रो चरणको चुनाव सम्पन्न गर्न प्रचण्डलाई नै समय दिनुपथ्र्यो ।संबिधान संशोधनका लागि उनले बाहिरबाट भूमिका निर्वाह गर्नुपथ्र्यो ।
तर उनले कुर्सीका लागि देखाएको व्यग्रता उनका लागि प्रत्युतपादक हुन सक्ने संभावनालाई अस्विकार गर्न सकिदैन ।

जनकपुरधाम : छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो...

सिरहा । बरियारपट्टी गाउँपालिकामा रहेका सरकारी अस्पतालमा औषधिको अभाव भएपछि...

छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा ...

छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै...

अनिल कुशवाहा , महेन्द्रनगर (धनुषा) । ...

जीतपुर । दलित, गरिब तथा बिपन्न बर्गहरुलाई छठ मनाउनकोे लागि...

कुलदिप दास ( प्रेम ) , जनकपुरधाम : जनकपुरधाम...

जनकपुरधाम । छठ पर्व आईतवारबाट विधिवत प्रारम्भ भएको छ ।छठको...

लहान । सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँ पालिका–२ की एक...

वीरगञ्ज । देशभरी नै लोकप्रिय बन्न थालेको छठ पर्वको अवसरमा...

वीरगञ्ज । पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि...

जीतपुर (सिमरा) ।बाराको जीतपुरसिमरा उपमहानगरपालिका बासीहरु ...

जनकपुरधाम : दीपज्योती टुर्स एण्ड ट्राभल प्रालिले पहिलोपटक काठमाडौंबाट पर्यटकीय...

बाजुरा : १०० नं मा फोन गरेर गलत सूचना...

इनरुवा : छठ पर्व शुरु भएसँगै सुनसरीका मरिक समुदायलाई अहिले...

सिरहा । सिरहाको औरही गाउँपालिकाका सशस्त्र वेश क्याम्पमा वाडा नम्बर...

राजपुत क्षेत्रिय समाज नेपालको नवनिर्मित भवनको समुदघाटन सम्पन्न ...

जनकपुर : यस वर्ष तिहारमा जनकपुरमा रु ५० लाख...

काठमाडौँ : रेडियो नेपालका पूर्व समाचार सम्पादक तथा प्रसारक...

लेखनाथ : कास्कीको पोखरा महानगरपालिका–३१ बेगनासस्थित आनन्दज्योति माविमा विद्यार्थीसँगै...

कृष्णनगर : कपिलवस्तुको शिवराज नगरपालिका–१० इस्लामनगरस्थित तिहारका लागि बालेको...

काठमाडौँ, : जिल्ला प्रशासन कार्यालय काठमाडौँले राति १० बजेभन्दा...

काठमाडौँ : यमपञ्चकको दोस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा...

जनकपुरधाम । नेपालको लागी महिन्द्रा गाडिको आधिकारीक बिक्रेता ...

गोलबजार , सिरहा : लागूऔषध सेतो ब्राउन ...

जनकपुरधाम : जनकपुरमा विद्यापति ट्रस्टले त्रिद्विवसीय विद्यापति स्मृति पर्व...

लमजुङ : बेंसीशहर नगरपालिकाले ‘बेंसीशहर नगरपालिका’ नामक मोबाइल एप्स...

मेलम्ची : सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालगाउँपालिका–५ गुन्सामा गए राति १...

चन्द्रपुर । रौतहटको चन्द्रनिगाहपुरमा रहेको चा“द अफसेट प्रेसबाट समान चार्ने...

सिरहा । सिरहाको बरियारपट्टी ईलाका प्रहरी कार्यालय परिसरमा गाउँपालिका स्तरिए...

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले...

मलंगवा । सर्लाहीको रामनगर गोली काण्ड पछि आन्दोलित बनेका नेपाली...

बर्दिवास । जनकपुरधामबाट काठमाण्डु तर्फ जाने नेपाल माईक्रोको चेकजाँच गर्ने...

गाडी खरिदमा मेयर साह नजिकका केहि कर्मचारी र उनको प्रत्यक्ष...

जनकपुरधाम : जनकपुरमा आईतवार दुई भारतीय नागरिक मृत अवस्थामा...

बेइजिङ । ट्रक चालकले नियन्त्रण गुमाएपछि ट्रकले ठक्कर दिएर चीनको...