चन्द्र प्रसाद लुइटेल
बरिष्ठ प्रशिक्षक
(शैक्षिक तालिम केन्द्र,धनुषा)
यी सबै सकारत्मकतालाई समेटेर शिक्षाको नयाँ दिशा निर्देश गर्नुपर्नेमा तेरोमेरो राजनीति, प्रचारबाजी मन्त्री, लहलहै शैक्षिक प्रशासन, आशे र निस्कृय अभिभावक र मान्छे आफ्नो पक्षमा सगंठित मात्र गर्ने राजनीतिले स्कुल द्वन्दमा फसिरहेका छन्। विद्यालयको पहिलो प्राथमिकता पढाइ नभै द्वन्द समाधान भेरहेको छ।एउटा द्वन्दले अर्को द्वन्द निम्त्याइरहेको छ ।
नेपलाको उर्बर भुमि तराई को शिक्षामा प्रशस्त संभावना र चुनौतिहरु एकैसाथ छन । शिक्षा परिवर्तनको वाहक हो भन्ने तराईका समुदायले बुझेजस्तो देखिन्छ यद्यपि तदनुरुप ब्यबहार हुन सकिरहेको छैन । यहाँका स्कुलहरु विद्यार्थिले भरिभराउ छन ।
स्कुलको आफ्नो जग्गाजमिन पनि छ । नीजि विद्यालयहरु पनि प्रशस्त छन ।
तर, यहाँको शैक्षणिक गतिबिधिमा अभिभावक र शैक्षिक प्रशासनले शैक्षिक गुणसतरको लागि ध्यान दिन सकिरहेका छैनन। घना विद्यार्थी छन, पढाई हुदैन।
रेकर्डमा भएका आधा विद्यार्थी पनि नियमित हुदैनन ।
विद्यार्थी छन्। शिक्षक छैनन्। अधिकांश शिक्षकहरु सदरमुकामका विद्यालयहरुमा छन। दुरदराजका विद्यालयहरुमा प्रायस् आवश्यक मात्रामा शिक्षक छेनन् ।
पढ्न चाहने बालबालिकालाई शिक्षक दिने, नियमित गरउने, विद्यालयमा शैक्षिक शुसासन कायम गर्ने हो भने यहाँका विद्यालयहरु उत्कृष्ठ सिकाइका केन्न्द्र बन्न सक्छन।
शिक्षाले आदर्श र ब्यबहरा दुबै बोक्नुपर्दछ। आदर्शैमात्रले पनि शैक्षिक सस्थाले आशातित उपलब्धी प्राप्त गर्न सक्देन। फेरी आदर्श उतकृष्ठ शिक्षाको लागी मार्ग्निर्देशक हो। शिक्षाको आदर्शले ब्यबहारलाई निर्दे्शित भने गर्दछ ।
अहिलेको शैक्षिक प्रशासन र ब्यबस्थापकको गतिबिधिलाई हेर्दा यहाँका शैक्षिक सस्थाहरु आदर्श हैन बढी आडम्बरबाट चलेका देखिन्छन्स् सेव सुबिधा पुर्याएको आडम्बर, नीरिक्षण अनुगमन भएको आडम्बर, उच्च तहका ब्यक्ति (मन्त्री, सचिव, सभासद)हरु स्कुलमा पुगेर अनुगमन गरेको आडम्बर आदी ।
यस्ले झन अहम प्रश्न खडा गरिदियो कि तिनै स्कुलहरुम प्रशस्त विकृतिहरु देखिए। झन अरुलाई निराशाको उद्गम बने ती नमूना भनिएका कार्यहरु।
के छ मधेशको शिक्षाको सम्भावना?
मधेशमा पढन चाहनेहरुको भिड छ। स्कुलको आफ्नै स्रोत पनि छ ।
समथर भूभाग भएकोले यातायातको सुविधा दिन पनि सहज छ ।
यहाँ प्राचिनतम सिकाइका केन्द्रहरु प्रशस्त छन्स राजा जनक शभ्यताको सिकाइको केन्द्र, मटियानी सिकाइको केन्द्र, विध्यापति सस्कारको सिकाइको केन्द्र, सन्त महन्त र मठमन्दिरले स्थापना गरेका सिकाइका केन्द्रहरू ।
पढ्न चाहने प्रशस्त बालबालिकाहरु समाजमा छन । तिनीहरुलाई एकिकृत गरेर आधुनिक ज्ञान र सिपलाई शिक्षामा जोड्ने हो भने यहाँको शिक्षा उत्कृष्ठ बन्न सक्छ ।
मधेशका अभिभावकहरुको आफ्ना बालबालिका पढाउने चाहना पनि प्रवल देखिन्छ । निजी विद्यालयहरुमा अभिभावकहरु घरमै बनाएको खान खुवाउन आफै जान्छन्। जबकि पहाडका अभिभावकहरु खाना खाजा खुवाउन प्राय : पैसा दिने गर्छन् ।
वासको टहरामा पनि टन्न विद्यार्थी छन । यी सबै सकारत्मकतालाई समेटेर शिक्षाको नयाँ दिशा निर्देश गर्नुपर्नेमा तेरोमेरो राजनीति, प्रचारबाजी मन्त्री, लहलहै शैक्षिक प्रशासन, आशे र निस्कृय अभिभावक र मान्छे आफ्नो पक्षमा सङ्गठित मात्र गर्ने राजनीतिले स्कुल द्वन्दमा फसिरहेका छन्। विद्यालयको पहिलो प्राथमिकता पढाइ नभै द्वन्द समाधान भेरहेको छ।
एउटा द्वन्दले अर्को द्वन्द निम्त्याइरहेको छ।
शिक्षाले विश्वास जगाउन सक्नुपर्छस म सिक्छु, म सक्छु, म यै जगमा उभिएर भविस्य निर्धारण गर्न सक्छु । हाम्रो शिक्षाले सिकारुमा यो किसिमको सोच कतैपनि ल्याउन सकेको देखिदैन। तराईमा यो झन झागिएको छ। शिक्षको संरचना बदलियो ।
उद्देश्य बदलियो । तर सोच्ने तरिका, पढ्ने तरिका, पढाउने तरिका, जाच दिने तरिका र जाच लिने तरिका पुरनै भयो । तेसैले स्कुल क्याम्पसको पढाइ सकेपछि हाम्रा युवाहरु म्यानुहल लेबर गर्न खाडि मुलुक जाने गर्छन। तराईका बिशाल फाँट बाझै छ। त्यही उद्यम गरे वा गर्ने वतावरण बनाए परिवारसगै बसेर सुरक्षित तवरले आयआर्जन गर्न सकिन्छ ।
अब के गर्ने?
माला लाउन स्कुल जाने प्रवृति छोड्नेस् स्कुल जाने मन्त्री कर्मचारीले स्कुलमा आफ्नो उपस्थितिको तामझामले खर्चिलो बनाउने हैन । खास अभीभावकसँग शिक्षाको सुधार गर्ने विषयमा छलफल गर्ने । सोझा सिधा जनतालाई सिक्षाको आवश्यकता बोध गराउने । आफ्नालाई उकास्ने अरूलाई बसाल्ने हैन सबैलाई उत्प्रेरित गर्ने ।
साझेदारीको भावना विकास गर्ने स्कुलको आम्दामी र सरकारको सरोतको साझेदारीमा शिक्षण सिकाइमा मात्र सुधार ल्याउने कार्यमा प्रेरित गर्ने ।
शिक्षाको परिवर्तित उद्देश्यमा बोध गराउने :
शिक्षाको उद्देश्य पास हैन सफल गराउनु हो भन्नेकुरा अधिकांश तराईका वासिन्दालाई बुझाउनु जरुरि छ। शिक्षाको उद्देश्य पास अनि रोजगारी गर्न वा जीवन चलाउन खाडि मुलुकमा जाने सोचले शिक्षण सिकाइलाई प्रभाव पार्यो ।
सिक्न अल्छि गर्ने, सिकाउने अल्छि गर्ने, र स्कुल समाजको अभिन्न अङ्गको नहेरिने कारण पनि यही हो। ब्यबसायिक शिक्षामा जोड दिनेस् आफ्नो बिघौ जमिन भएका स्कुलहरले ब्यबसायिक शिक्षा दिने ।
पाठ्यक्रमले तोकेको अन्य विषय सञ्चालन गर्नेस्कुलहरुले पनि आफ्नो विद्यालयको जमिनमा शिक्षक विद्यार्थीलाई श्रम गराएर राम्रो तरकारी उत्पादन गर्न सकिन्छ। आय पनि भो श्रम गर्ने बानीको बिकास पनि भो। आईसिटीलाई कक्षामा प्रवेश गराउनेस् सरकारले सबैजसो माबिहरुमा आइसिटिको सुबिधा उपलब्ध गराएको छ ।
तराईका अधिकांश विद्यार्थीहरुले यसको मुख देखेका छैनन्। मल्टिमिडियाको प्रयोगले छिटोसिकाउन सकिन्छ। विद्यार्थी संख्या अधिक भएका कक्षाहरुमा यो झन उपयोगी हुन्छ ।
शिक्षकले पावरप्वान्टबाट डिस्प्ले गर्ने, भिदडियो देखाउने, र विद्यार्थीलाई वर्क्सिटबाट समस्या समाधान वा प्रस्तुत गर्न लगाउने जस्ता कार्यले शिक्षालाई उपयोगी र जिवन्त बनाउन सकिन्छ ।
शिक्षामा परिवर्तन हुन सोचको परिवर्तन जरुरी हुन्छ। पुरानै सोचले अहिलेको विश्वब्यापिकरणको शिक्षाको प्रतिस्प्रधामा पुग्न सकिदैन ।
हाम्रो शिक्षाले स्थानीय भाषा, सीप,ज्ञान र अभिवृतको जगेर्ना गर्नुको साथै विश्वब्यापिकरणको प्रतिस्प्रधामा समेत सामेल हुन सक्ने नागरिक उत्पादन गर्न सक्नुपर्छ। यसो गर्ने सके मात्र शिक्षाले सफल ब्यक्ति निर्माण गर्न सक्छ ।
यो चुनौति सबैतिर छ। तथापि तराईको शिक्षण तौर तरिकाले यी विषयहरुको त्यान्द्रा त्यान्द्रामा ख्याल राख्नुपर्छ ।