Fri, 16 Nov 2018
ताजा समाचार
आधुनिकीकरण व्यवसायीकरणमा जोड || धनुषा प्रहरीले पीडकलाई संरक्षण दिएको आरोप || एसईई उत्कृष्ट शिक्षा २०७५ पुरस्कारबाट सम्मानित || बलेरीे वनबाट काठ चोरी || दुई जनामाथि मुद्दा दर्ता || घरेलु मदिरा बिक्रिमा महिलाको संलग्नता बढ्दो || उद्योगको लागि जग्गा निरीक्षण || आखा अस्पताल जिल्लाको धरोहर ,राज्य मंत्री यादव || सडकको दोहरो मापदण्ड विरुद्ध मुद्दा || मधेशी जनता अझै अधिकारबाट बञ्चित : साँसद ठाकुर || निलम्बन द्विवेदीको नौटंकी : चौधरी || ठाकुरको हत्या || प्रिमियर लिगमा पनि 'भार' प्रयाेग हुने || सार्वजनिक भयो रणवीर र दीपिकाको विवाहको फोटो || लंकामा सांसदहरुबीच कुटाकुट, सभामुखमाथि आक्रमणको प्रयास || सीके राउतलाई सर्वोच्चमा उपस्थित गराइयो || प्रदेशको नामाकरणका लागि कार्यदलले कार्य थाले || बन्ने भो रामजानकी स्टेडियम || मुख्यमन्त्रीद्वारा खानेपानी ओभरहेड टैंकको उद्वघाटन || बिभेदकारी नीतिले कुस्ती ओझेलमा || नवनिर्वाचित पदाधिकारीहरुको सथप ग्रहण || दुर्घटना बीमा गर्न पत्रकारलाई आग्रह || शहीद परिवार भेट्न प्रचण्ड र बादल गाउँमा || रत्नजित र दिपेश क्वार्टरफाइनलमा || दीपिका-रणवीरको बिहे इटालीको सात शताब्दी पुरानो दरबारमा || १३ वर्षीय बालकको बक्सिङ रिङमै मृत्यु, थाइल्यान्डमा खैलाबैला || विश्व बैङ्कसँग १८ अर्बको सम्झौता || कांग्रेसभित्र गुटैगुट || भैरहवा मालपोत अनलाइनमा || कृषि विश्वविद्यालयमा आगजनी || नेपाल प्रहरीलाई ‘डिजिटल गर्भनेन्स अवार्ड’ || सूर्यदेवको आराधना गरी छठपर्व मनाइँदै, यस्तो छ व्रतविधि || बरियारपट्टीको सरकारी अस्पतालमा औषधिको अभाव || छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा || छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै || छठको तयारी अन्तिम चरणमा || विपन्न परिवारलाई वडाअध्यक्षको सहयोग || सरकार संघीय शिक्षा ल्याउने तयारीमा || शिक्षामा फड्को मार्दै प्रदेश || गरीब तथा विपन्नलाई छठ पूजाका लागि सामाग्री वितरण ||
राम–जानकी मार्ग र जनकपुरको भविष्य

जेठ २४, २०७४

 



 संस्कृतिको साथै जनकपुर मिथिला कलाको पनि केन्द्र हो तर आजभोलि बाहिर जति चर्चा छ, जनकपुरमा कलाको क्षेत्र धुमिल बनेको जस्तो देखिन्छ । 

वास्तवमा राम–जानकी राजमार्गको निर्माण सम्पन्न भएपछि भारतीय पर्यटकहरुको आगमन नयाँ रुपमा जब हुन थाल्छ, त्यसवेला जनकपुरको परिचय परम्परागत किसिमको होओस् नै तर धेरै नयाँपनहरुको साथमा यदि जनकपुरले अयोध्यालाई चिनाउन सक्छ भने केही वर्षमै नेपालको सबैभन्दा कम श्रमिक विश्व बजारमा पठाउने जिल्लाको रुपमा धनुषा नहोला भन्न सकिन्न । 
—    सञ्जय मित्र


नेपालमा राम–जानकी मार्गको उति धेरै चर्चा सुनिँदैन । तर राम–जानकी पथ वा मार्ग वा राजमार्गको चर्चा भारतमे भने धेरै छ । 

उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीले मुख्यमन्त्रीको हैसियतमा गरेको पहिलो अयोध्या यात्राको क्रममा भारत सरकारको लगानीमा राम जन्मभूमि र जानकी जन्मभूमिलाई जोड्न चार लेनको राजमार्गको निर्माणको प्रसंग उठाएका छन् ।

 अयोध्या र जनकपुरलाई जोड्न भारत सरकारको लगानीमा चार लेनको एउटा विशाल राजमार्गको निर्माण भइरहेको प्रसंगले नेपालीहरुमा पनि खुसी थपेको छ । यस राजमार्गको निर्माण सम्पन्न भएपछि दुई देशका हिन्दु समुदायबीच सम्बन्धको एउटा साँच्चै नयाँ मार्ग खुल्ने छ ।

यसले जनकपुर र अयोध्याको सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाउनेमात्र होइन, दुई देशबीच जनस्तरमा यसको महत्वलाई थप बलियो बनाउने कुरामा अलिकति पनि शंका छैन ।
नेपाल र भारतबीच सांस्कृतिक सम्बन्ध  धरतीको इतिहासजतिकै पुरानो छ । 

सम्भवतः धरतीको जन्म भएदेखि नै वा संस्कृतिको कुरा आएदेखि नै दुवै देशबीच सम्बन्ध स्थापित भएको हो ।
 दुवै देशबीच सम्बन्धको अर्थ नबुझीकनै स्थापित भएको सम्बन्धले राजनैतिक सीमा नाघेकै छ । 
दुई देशबीचको राजनैतिक सम्बन्ध जस्तोसुकै भए पनि सांस्कृतिक सम्बन्ध भने इतिहासले जन्म लिनुअघिदेखि नै एकैनाशको रहिआएको छ ।

दुवै देशका जनतामा सांस्कृतिक दृष्टिकोणले कुनै भिन्नता छैन, कुनै फरक रहेको देखिँदैन । यी दुई सार्वभौम सत्तासम्पन्न अलग अलग देश हुन् तर दुई देशको सांस्कृतिक एकता अद्वितीय रहेको छ । 

आज पनि बेटीरोटीको सम्बन्ध रहेको यी दुई देशमा राम र सीताको वैवाहिक सम्बन्धलाई लिएर दुवैतिर गर्व गर्ने प्रवृत्ति छ ।
सीता नेपालकी चेली हुन् । जनकपुरकी छोरी हुन् । तत्कालीन राजा जनककी पुत्री हुन् । यसै गरी अयोध्याका तत्कालीन राजा दशरथका छोरा राम हुन् । 

हिन्दुहरुले मर्यादा पुरुषोत्तम मानी पूजा गर्ने राम र आदर्श नारी भनेर पूजा गर्ने सीताबीच तत्कालीन चलनअनुसार विवाह सम्पन्न भएको थियो । 

दुवैको विवाह सम्पन्न भएको दिन अहिले पनि जनकपुरले उत्सव मनाउँछ । रामको जन्म भएको दिन पनि जनकपुरले उत्सव मनाउँछ भने सीता जयन्ती पनि भव्यतापूर्वक मनाउँछ । 

अयोध्यामा पनि राम जन्म दिवस र सीता जयन्ती भव्यतापूर्व मनाइन्छन् । तर एउटा साह्रै सुन्दर सांस्कृतिक सम्बन्ध दुवैको विवाह भएको दिनको हो । 

आजसम्म यस दिन अयोध्याबाट जन्ती जनकपुर आउँछ । यसले राम जानकी विवाहको पौराणिकतलाई सम्झना गराउँछ । दुवैतिरका साधुहरुबीच जुन किसिमको सम्बन्ध छ, कुनै यान्त्रिक शब्दले वर्णनको सामथ्र्य राख्न सक्दैन ।

यथार्थमा राजनीतिक सीमाबाहेक दुई देशबीच कुनै सांस्कृतिक भिन्नता नरहेको वर्तमानमा अयोध्या र जनकपुरको तीर्थाटन अर्थात धार्मिक पर्यटनका लागि एउटा नयाँ आकाशको खोजी भएको छ । 

यस राम–जानकी मार्गले दुवै सहरमा पर्यटनको एउटा नयाँ रुटको व्यवस्थापन गर्ने कुरामा दुई मत छैन । यसको सम्बन्ध धार्मिक पर्यटनसित मात्रै होइन, सांस्कृतिक सम्बन्धमा थप नयाँपन आउने निश्चित छ । 
राम–जानकी राजमार्गको निर्माणले जनकपुरको भाग्य र भविष्य नयाँ किसिमले परिवर्तन हुने सम्भावना छ ।
 अहिले जुनरुपमा र जसरी जनकपुरको समृद्धि र सम्बन्ध नेपाल तथा भारतका विभिन्न सहरसित रहेको छ, राम–जानकी राजमार्गले पूर्णता प्राप्त गरेपछि बदलिने छ । 

यता नेपालमा काठमाडौँलाई तराईसित जोड्ने एक घन्टाको द्रुतमार्गले जनकपुरको यात्रालाई छोटो बनाउने छ भने अर्कोतिर भारतका विभिन्न सहरसित जनकपुरलाई जोड्ने छ । 

विश्वका हिन्दुहरुको मानसिकताको एकाकार मात्र जनकपुरसित जोडिने होइन कि जनकपुर चाहिँ सडकमार्गले धेरै मानिसको नजिक हुने छ । 

अहिले हजारौँको संख्यामा जनकपुर पुग्ने पर्यटकहरु राम–जानकी मार्ग र द्रुतमार्गको निर्माणपछि लाखौँको संख्यामा पुग्न थाल्ने छन् । यो कुनै निराधार कल्पना होइन, सार्थक हुने किसिमको सपना रहेको छ ।
विशाल भारतसित सडकमार्गको सिधा सम्बन्ध र सञ्जालमा जनकपुर गाँसिएपछि जनकपुरको मात्र नभएर सिँगो धनुषा जिल्लाको भाग्यमा परिवर्तन ल्याउने छ । 

यो यसकारण पनि महत्वपूर्ण छ कि नेपालको तथ्यांक हेर्दा सबैभन्दा बढी धनुषा जिल्लाबाटै बाहिरिने छन् । देशको पचहत्तर जिल्लामध्ये कामदारको रुपमा विदेशमा रोजगारीमा जाने सबैभन्दा बढी धनुषाको रहेको छ । 
राष्ट्रिय मानव अधिकार आयोगको क्षेत्रीय कार्यालय जनकपुरका अधिकृत इन्द्रजीत सहनीले उपलब्ध गराएको तथ्यांक अनुसार देशबाट सबैभन्दा बढी नेपाली नागरिक विदेसिएको वर्ष २०७०।७१ हो । यस वर्ष पाँच लाख सत्ताइस हजार आठ सय चौधजना नेपाली विदेसिएका छन् । 

धनुषा जिल्लाको तथ्यांक हेर्दा २०७१।७२ सम्म एक लाख आठ हजार नौ सय अडसठी जना विदेशमा कामको खोजीमा गएका छन् ।

कुनै एक जिल्लाबाट विदेशमा कामको खोजीमा गएको सबैभन्दा धेरै यही अर्थात धनुषाकै भएको तथ्यांकमा देखिएको मानव अधिकार आयोग जनकपुरका अधिकृत सहनीको भनाइ छ । 
यहाँ यो प्रसंग किन कोट्याउन खोजिएको हो भने मधेसको जिल्ला भएर पनि धनुषा सबैभन्दा बढी वैदेशिक रोजगारमा जानुको पछाडिको मुख्य कारण यहाँको बेरोजगारी नै हुनुपर्छ ।

 वैदेशिक रोजगारीमा सबैभन्दा बढी पठाइरहेको धनुषा जिल्लाको नामकरण जुन ठाउँको आधारमा भएको मानिन्छ, त्यो पनि विशाल सम्भावना भएको पर्यटकीय ठाउँ हो । 

जिल्लामा धनुषा किन भयो भनेर जनकपुर आउने जो कोहीले पनि धनुषाको भ्रमण नगरी छोड्दैन । यसले पर्यटकको कम्तीमा एक दिनको बसाइँ अवधिलाई लम्ब्याउँछ ।

वैदेशिक रोजगारीमा नेपालको सबैभन्दा बढी श्रमिक निर्यात गर्ने धनुषा जिल्लालाई एकसाथ तीनवटा सम्भावना प्राप्त भइरहेको छ । 

प्रदेश नम्बर दुईको राजधानी पनि जनकपुरको सपना हो । अहिलेसम्मको अवस्थालाई हेर्दा करिब निश्चितजस्तै छ ।

जनकपुरलाई राजधानी बनाइनु, राम–जानकी राजमार्गले जनकपुरलाई अयोध्यासित जोड्नु र द्रुतमार्गको निर्माणले प्रदेश नम्बर दुईको सबैभन्दा ठूलो धार्मिक तथा पर्यटकीय केन्द्र जनकपुर नजिकिनुले जनकपुरको भविष्यलाई नयाँ रेखाले कोर्ने सम्भावनालाई बढाएको छ । 

अबको एक दशकमा जनकपुर अहिलेकोजस्तो नरहने निश्चित नै छ । यस सम्भावनाको अनुकूल जनकपुरले आफूलाई बनाउँदै वर्तमान कल्पनाभन्दा अझ एक कदम अगाडि बढ्नु आवश्यक छ किनभने जनकपुरको मुख्य समस्या भनेको फोहोर र लामखुटे हो ।

 मधेस आन्दोलनपछि जनकपुरमा फोहोर बढेको मानिँदैछ । दुनियाँ विकासतिर लम्किँदै गर्दा जनकपुरमा भने मधेस आन्दोलनपछि खासै आकर्षण थपिएको छैन ।

अहिले आएर भारतसितको सडक छ लेनले जोडिँदैछ । जनकपुरको सफाइ तथा लामखुटे नियन्त्रणमा तत्काल ध्यान पुग्नु जरुरी छ । 
जनकपुर धार्मिक केन्द्रमात्र नभएर सांस्कृतिक वर्तमान पनि हो । भारतमा अहिले स्वच्छ भारत अभियान चलिरहेको छ । जनकपुरमा स्वच्छता आवश्यक छ ।

 धार्मिक दृष्टिले यहाँका पोखरीहरु निकै महत्वपूर्ण छन्, पोखरीहरु स्नान गर्न सक्ने बन्न सकून् स्वच्छ भएर । यहाँका बाटा र नालाहरु सफा बनून् ।

 सडक किनार भएर हिँड्ने बटुवालाई नाला नगन्हाओस् । सडक किनारमा हरिया रुखहरु रोपियून् जसले सुन्दरता दिनुका साथै यहाँको वातावरणलाई राम्रो बनाओस् ।

यसले पर्यटनलाई सहयोग पुग्छ । पर्यटनलाई सहयोग पुग्नुको अर्थ हो जनकपुरको समृद्धि हुनु ।
 जनकपुरको समृद्धि नचाहने कोही हुन सक्दैन । मिथिला कलाले विश्वको ध्यानाकृष्ट गरेको छ तर कला संग्रहालय बन्न सकेको छैन ।

 संस्कृतिको साथै जनकपुर मिथिला कलाको पनि केन्द्र हो तर आजभोलि बाहिर जति चर्चा छ, जनकपुरमा कलाको क्षेत्र धुमिल बनेको जस्तो देखिन्छ । 

वास्तवमा राम–जानकी राजमार्गको निर्माण सम्पन्न भएपछि भारतीय पर्यटकहरुको आगमन नयाँ रुपमा जब हुन थाल्छ, त्यसवेला जनकपुरको परिचय परम्परागत किसिमको होओस् नै तर धेरै नयाँपनहरुको साथमा यदि जनकपुरले अयोध्यालाई चिनाउन सक्छ भने केही वर्षमै नेपालको सबैभन्दा कम श्रमिक विश्व बजारमा पठाउने जिल्लाको रुपमा धनुषा नहोला भन्न सकिन्न । 

जनकपुरधाम । माछा सुपरजोन जनकपुर धाम ,धनुषा का कार्यालय प्रमुख...

जनकपुरधाम । धनुषाका प्रहरीले पीडितलाई न्याय दिलाउनुको साट्टो पिडकलाई संरक्षण...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा नंंंंं. ६ खुटौनाको...

चन्द्रपुर । रौतहटको बलेरी ईलाका वन कार्यालयको वन क्षेत्रमा एकै...

कुलदिप दास , जनकपुरधाम । धनुषामा बोक्सीको आरोप लगाएको भन्दै...

चन्द्रपुर । रौतहटमा प्रहरीले घरेलु मदिरा उत्पादन र बिक्रि बितरणमा...

चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिकामा बिशेष आर्थिक क्षेत्र (सेज) स्थापना...

रौतहट : कार्यक्रममा प्रदेश नम्बर २ का कृषि भूमि...

जनकपुरधाम । नगर क्षेत्र भित्र एउटै सडकको दोहरो मापदण्ड...

जलेश्वर । राष्ट्रिय जनता पार्टी (राजपा)नेपालका अध्यक्ष मण्डलका संयोजक समेत...

वीरगञ्ज । नेपाली काग्रेस पर्साका सभापति अजय द्धिवेदी सभापति...

जनकपुरधाम । धनुषा जिल्लाको विदेह नगरपालिकाको वडा नम्बर ५ मुडिवा...

इंग्लिस प्रिमियर लिग फुटबलको अर्को सिजनमा भिडियो असिसटेन्ट रेफ्री ‘भार’...

पछिल्लो २४ घण्टामा भारत तथा विश्वभरका बलिउडका प्रशंसक एउटा तस्बिरको...

काठमाडौं । श्रीलंकामा महिन्दा राजापाक्षेका समर्थक र विरोधी सांसदहरुबीच बिहीबार...

काठमाडौं । राज्यविद्रोहकोे मुद्दामा पक्राउ परेका सीके राउतलाई सर्वोच्च...

जनकपुरधाम । प्रदेश २ को नामाकरण र स्थायी राजधानी तोक्न...

जनकपुरधाम । प्रदेश २ को रामजानकी स्टेडियम अन्ततःजनकपुरधाममा ...

वीरगंज। मुख्यमन्त्री लालबाबु राउतले वीरगंज–२ छपकैयास्थित नवर्निमित ...

जनकपुरधाम । धनुुषाका क्षीरेश्वरनाथ...

काठमाडौँ : नेपाल पत्रकार महासङ्घले श्रमजीवी तथा स्वतन्त्र पत्रकारका...

बेनी : पारिवारिक भ्रमणको सिलसिलामा म्याग्दीमा रहनु भएका नेकपाका अध्यक्ष...

काठमाडौं । पूर्वविजेता राष्ट्रिय च्याम्पियन नेपाली सेनाका रत्नजित तामाङ...

बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण यहि बुधबार...

बैंकक । थाइल्यान्डमा भएको बक्सिङ खेलमा १३ वर्षीय बालकको...

काठमाडौं । पुल सुधार तथा मर्मतसम्भार एवं खाद्य तथा...

काठमाडौं । नेपाली कांग्रेसका कार्यकर्ताले गुट–उपगुट अन्त्यको आवाज उठाइरहँदा...

भैरहवा : मालपोत कार्यालय भैरहवाले आजदेखि अनलाइनबाट सेवाग्राहीलाई सेवा प्रदान...

चितवन : कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा विद्यार्थीहरुले आगजनी...

काठमाडौँ : सूचना प्रविधिको उत्कृष्ट प्रयोग गरी कार्य गरेबापत...

जनकपुरधाम : छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो...

सिरहा । बरियारपट्टी गाउँपालिकामा रहेका सरकारी अस्पतालमा औषधिको अभाव भएपछि...

छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा ...

छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै...

अनिल कुशवाहा , महेन्द्रनगर (धनुषा) । ...

जीतपुर । दलित, गरिब तथा बिपन्न बर्गहरुलाई छठ मनाउनकोे लागि...

कुलदिप दास ( प्रेम ) , जनकपुरधाम : जनकपुरधाम...