Fri, 21 Sep 2018
ताजा समाचार
मोटरसाइकल ठोक्किदा एकको मृत्यु, एक घाइते || मैथिली फिल्म "दहेजक पिरा"को पोस्टर सार्वजानिक || मातृका र रघुबीरको सम्पती छानविन गर : नेता झा || वीरगञ्ज महानगरपालिकाका २ कर्मचारी सहित ३ तीन पक्राउ || मोहर्रम पर्व मनाइँदै || सहमतिपछि यातायात सञ्चालन || संविधान कार्यान्वयन गर्न निकै चुनौती : नेता महतो || घुस लिएको अभियोगमा दुई जना पक्राउ || महोत्तरी जमुनियाँमा प्रहरी पोष्ट स्थापना || लामो दुरीमा गाडी नचल्दा यात्रुहरु अलपत्र , सामान ढुवानी पनि || मल बन्दरगाहमै थन्कियो || खेलकूदले देशलाई चिनाएको छ: मन्त्री विश्वकर्मा || पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग || डिजिटल प्रणालीको शुभारम्भ || विष्टको निधनप्रति काँग्रेसद्वारा दुःख व्यक्त || महान्यायाधिवक्तविरुद्ध खनिए ट्रम्प || माछापालन योजना || मदिरा नष्ट || एक बन्दीको मृत्यु || मुसहर बस्तीमा संविधान दिवस, संविधान सबैको साझा छहारी होस् || मौका परीक्षाको नतिजा सार्वजनिक || सीके राउतका १०० बढी कार्यकर्ता पक्राउ || डा.सीके राउतका समर्थकहरुले निकाले हजारौको संख्यामा रयाली || निर्वाचन कार्यक्रम सार्वजनिक || पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग || समृद्धिको राष्ट्रिय दायित्वमा सहयोगी हुन प्रधानमन्त्रीको आह्वान || विधार्थी फोरमको जिल्ला अधिवेशन संपन्न || लागुऔषधसहित एक पक्राउ || एसिड आक्रमणको आरोपमा एक युबक पक्राउ || मलेशियामा विषाक्त मदिरा सेवनबाट ६ को मृत्यु || मोटरसाइकल दुर्घटनामा एकको मृत्यु || फोरमले संविधान दिवस नमनाउने || आज संविधान दिवस मनाइँदै, काठमाडौंको टुंडिखेलमा विशेष समारोह || सम्बन्ध विच्छेदका लागि अदालतमा धाउने पुरुषहरुको संख्या बढ्यो || उपराष्ट्रपति पुन बुधबार चीन जाँदै || मुन–किमबीच दुई घन्टा लामो वार्ता || एएफसी यू १६ फुटबल आजदेखि काठमाडौंमा, नेपालले फिलिपिन्सको सामना गर्ने || १५ बर्ष देखि फरार प्रतिबादी पक्राउ || काठ बेचेको भन्दै स्थानीयले रेन्जपोष्ट कार्यालय घेराउ || प्रहरी चौकी बिश्रामपुर घेराउ ||
चुनावको बाटो

जेठ २८, २०७४

 


किशोर नेपाल


प्रधानमन्त्री देउवाले संसदलाई संवोधनगर्दै पहिले दोश्रो चरणको स्थानीय चुनाव गराउने र त्यसपछि संविधान संशोधनमा प्रवेशगर्ने वताएका छन । व्यवहारिक हिसावले प्रधानमन्त्री देउवाको भनाइ जायज छ । किनभने, सरकार पूर्ण वहुमतका साथ निर्वाचित भएपनि संविधान संशोधन गराउने मत संख्या उ संग छैन । प्रमुख प्रतिपक्षी दल एमाले संविधान संशोधनको विपक्षमा रहेको जानकारी सवैलाई छ । अहिलेका लागि मधेशलाई चुनावमा सरीक गराउन निर्वाचन सम्वन्धी नियमावलीमा संशोधन गरिएको छ ।


नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा,निर्धारित समयभन्दा दुइ दिनपछि, प्रधानमन्त्री पदमा निर्वाचित भएका छन । नौ नौ महिनाको आलोपालोमा नेपाली कांग्रेस र माओवादी केन्द्रले सरकारको नेतृत्वगर्ने सहमतिका साथ वनेको गठवन्धन सरकारको दोस्रो चरणको नेतृत्व देउवाले लिएका हुन । 

प्रधानमन्त्री पदमा देउवाको निर्वाचनले वृहत्तर नेपाली समाजमा सन्तुष्टि र असन्तुष्टिका मिश्रित प्रतिक्रिया उत्पन्न गरेको छ । एकथरिले प्रजातन्त्र र लोकतन्त्रका आन्दोलनहरुमा उनको निरन्तरता, निर्णय क्षमता र लोकप्रियताको प्रशंसा गरेका छन । 

अर्काथरीले उनलाई निरंकुश राजाले दुइ पटक असक्षम ठहर्याएका व्यक्ति भनेर आलोचना गरेका छन । निरंकुश राजाले प्रजातान्त्रिक प्रधानमन्त्रीलाई असक्षम भनेकाले उनी ‘असक्षम’ नै हुन भन्ने मानसिकता बोकेका व्यक्तिहरुलाई जवाफ दिइ रहनु आवश्यक छैन । 
विरोधी पक्षले देउवाप्रति लक्षितगर्दै मिडियामा विरोधको अभियान चलाएको छ । पार्टीभित्र रामचन्द्र पौडेलको समूह पनि देउवाकै विरोधमा केन्द्रित छ । देशका स्वनामधन्य र गण्यमाण्य व्यक्तित्वहरुको समूह पनि देउवाबाट सन्तुष्ट देखिएका छैनन । 

निश्चयपनि, देउवाका लागि चौथो पटकको प्रधानमन्त्री पद त्यति सुविधाजनक छैन । शासकीय कौशलका हिसावले प्रजातन्त्र पुनस्र्थापना यताका समयमा देउवा सहितका कुनैपनि प्रधानमन्त्री सफल भएका छैनन ।

उनीहरु एउटा न एउटा वितण्डामा फँसेकै छन । शासकीय नेतृत्व कुशल भएको भए अहिले समाजका हरेक समूहमा सरकारका प्रति यति धेरै वितृष्णा फैलिने थिएन । 

यो वितृष्णाको कारण देउवामात्र नभएर पूरै राजनीतिक समुदाय हो । प्रजातन्त्रको पुनस्र्थापनादेखि संघीय लोकतान्त्रिक गणतन्त्रको एकदशकसम्म जनताले परिवर्तनको थोरैपनि प्रतिफल पाएका छैनन ।

वितृष्णाको विकल्पमा जनताले अलिकति खुशी पाएका भए अहिलेको स्थिति अर्कै हुनेथियो ।
कांग्रेस सभापति देउवाले दोस्रो चरणको स्थानीय तहको निर्वाचन प्रचण्ड नेतृत्वको सरकारको उत्तराधिकारमा पाएका छन ।

कांग्रेस–माओवादी सत्ता वाँडफाँड सम्झौतामा माओवादी नेतृत्वको सरकारले स्थानीय तहको चुनाव गराउने र कांग्रेस नेतृत्वको सरकारले प्रादेशिक र संघीय चुनाव गराउने सहमति भएपनि स्थानीय तहको चुनावमा असन्तुष्ट मधेशलाई समेटन दुइ चरणमा चुनावगर्ने सूत्र निकालियो ।

 तर, मधेशका राजनीतिक दल र समूहहरु स्थानीय तहको निर्वाचनमा सहभागी हुनेमा अझैपनि अन्यमन्यस्क अवस्थामा देखिएका छन ।

 मधेशी राजनीतिको विकासक्रममा राष्ट्रिय जनता पार्टी, नेपालको गठन महत्वपूर्ण राजनीतिक निर्णय थियो । समान उद्देश्य राख्ने स–साना राजनीतिक दलहरुको शक्तिको सदुपयोगका लागि एउटा वृहत्त पार्टीको आवश्यकता थियो । 

राष्ट्रिय जनता पार्टी नेपालले त्यो आवश्यकता पूरा गरेको छ । राजपा, नेपालको गठनपछि स्थानीय तहको चुनावमा मधेशको सहभागिताको आशा जागेको पनि हो ।

शक्तिका हिसावले मधेशका राजनीतिक दल अहिले ओरालो लागेको अवस्थामा छन । दशक अघि भएको मधेश आन्दोलनको राप सेलाइ सकेको छ । 

वर्तमान संविधान जारी भएपछि र त्यसको पूर्व सन्ध्यामा भएको आन्दोलन परिणामहीन भयो ।
 त्यो आन्दोलनका जे जति उपलव्धि भए, ती त्यत्तिकै कचल्टिएर रहेको अवस्था हो यो ।

मधेश आन्दोलन र भारतीय नाकावन्दी बीच देखिएको निकटताले आन्दोलनको हित गरेन ।

काठमाडौंको सरकारले मधेशका नेताहरुको कुरा सुन्न चाहेन । मधेशका नेताहरुले सरकारलाई मधेशको कुरा सुन्न वाध्य गराउन सकेनन । विना मधेशको नेपाल पनि हुन सक्दछ भन्ने घमण्ड लियो सरकारले । प्रदेश नम्वर दुइका निवासीहरुको राष्ट्रियतामाथि नै प्रश्न उठाइयो । 

तै पनि, मधेशका नेताहरुले विवेक गुमाएनन । उनीहरु अहिलेसम्म पनि गन्तव्यमा पुग्ने बाटोको खोजीमा छन । समयको यो खण्डमा उनीहरुले त्यो बाटो भेटन पनि सक्नेछन । अहिले नै यसै हुन्छ भन्न सकिदैन ।

जतिबेला सम्म मधेश आन्दोलनको रुपमा थियो यो सुदृढ र सुगठित थियो । अहिले आन्दोलन छैन ।
 आन्दोलन जनताले धान्ने हो । तर, जनता सँधै आन्दोलनमा रहन सक्दैन । 

अहिले मधेशको राजनीति सुस्ताएको छ । दलहरु वीचको आपसी मनोमालिन्य वाहिर देखिन थालेकोछ । महन्थ ठाकुरको नेतृत्वमा राष्ट्रिय जनता पार्टी, नेपालको उदय हुनु मधेश राजनीतिका लागि सहज अवस्था हो । 

महन्थ ठाकुर त्यस्ता लोकतन्त्रवादी नेता हुन जसले राजनीतिका सैध्दान्तिक आदर्शको खडेरी परेको अहिलेको जमानामा पनि ती अवधारणाहरुलाई अँगालेका छन ।

 अनुभवले खारिएका महन्थमा लोभ र स्वार्थन्धता छैन । त्यसो हुँदो हो त उनले आपूmले जीवन विताएको कांग्रेस र गिरिजाप्रसाद कोइरालाको नेतृत्वको छहारी छाडने थिएनन ।  

तर, राजनीतिमा आदर्शका कुरा उदाहरणका रुपमा मात्र लिइन्छन । महन्थको नेतृत्वमा राजपाको उदयलेधेरैलाई उद्वेलित वनाएको छ ।

राजनीतिक तरंगहरु कति लामो समयसम्म तानिने हुन त्यसको टुंगो नभएपनि मधेशको राजनीति पक्कै पनि ध्रुवीकृत भएको छ । 
ध्रुवीकृत पक्षहरुको राजनीतिक उद्देश्य एउटै भएपनि दुइवटा अवस्था उत्पन्न भएकोले संशय उठनु स्वाभाविक भएकोछ ।

प्रधानमन्त्री देउवाले संसदलाई संवोधनगर्दै पहिले दोश्रो चरणको स्थानीय चुनाव गराउने र त्यसपछि संविधान संशोधनमा प्रवेशगर्ने वताएका छन ।

 व्यवहारिक हिसावले प्रधानमन्त्री देउवाको भनाइ जायज छ । किनभने, सरकार पूर्ण वहुमतका साथ निर्वाचित भएपनि संविधान संशोधन गराउने मत संख्या उ संग छैन । 

प्रमुख प्रतिपक्षी दल एमाले संविधान संशोधनको विपक्षमा रहेको जानकारी सवैलाई छ । 
अहिलेका लागि मधेशलाई चुनावमा सरीक गराउन निर्वाचन सम्वन्धी नियमावलीमा संशोधन गरिएको छ ।

 प्रधानमन्त्रीको वचनलाई विश्वासको आधार मानेर राजपा नेपाल र अन्य असन्तुष्ट समूहले स्थानीय तहको चुनावमा भागलिनु अस्वाभाविक हुने छैन । 

केही मधेशी नेताहरुले चेतावनी दिए झैं मधेशमा अहिले नै आन्दोलनको आँधीवेहरी आउने परिस्थिति छैन ।

 संयुक्त मधेशी मोर्चाको एउटा पक्ष चुनावमा सहभागी भै सकेको अवस्थामा राजनीतिक परिणाम भनेजस्तो नआउन सक्दछ ।

राजपा, नेपाल चुनावमा सहभागी भएन भने, खण्डित भएपनि चुनावमा त्यसको असर त पर्छ नै । यसबाट कसैको हित हुँदैन । विभिन्न संचार माध्यम मार्फत दुइ नम्वर प्रदेशका जनताको चुनावमा भागलिने उत्कट अभिलाषा प्रकट भइ सकेको छ । जनताको यो अभिलाषालाई सम्मानगर्नु राजपा नेपालको दायित्व हो । 

भोलिका दिनमा प्रधानमन्त्री देउवाको वचनवध्दताका विपरित संविधान संशोधन भएन भने स्थानीय तहमा प्रतिनिधित्वगर्ने निर्वाचित प्रतिनिधिहरुको राजनीतिक प्रभावकारिताको उपयोग आन्दोलनमा गर्न सकिन्छ । आन्दोलनको उकालो उक्लिन यो एउटा भरपर्दो सिंढी हुनेछ । 

अहिलेको राजनीतिक मौसम मधेशको परिस्थितिमा सुधार ल्याउन अनुकूल देखिएको छ । मधेशका राजनीतिक दलहरुले यो अनुकूलताको उचित उपभोग गर्न सके भने मधेशको साँचो इतिहास लेखिनेछ । 
मधेशसंग मधेशी दलहरुमात्र जोडिएका छैनन, यसको पृष्ठभूमिमा नेपाली कांग्रेसको पनि अहम भूमिका रहेको छ । 

इतिहासको अध्ययन नगरी मधेशको विश्लेषणगर्न सकिदैन ।
नेपालमा जतिपनि आन्दोलन भएका छन त्यसको जरो मधेशमा गाडिएको छ । 
यो तथ्यलाई कसैले विर्सिनु हुँदैन । मधेशले राष्ट्रिय तहका सवै आन्दोलनलाई सफल निष्कर्षमा पुर्याएको छ । तर, मधेशले आफनो अधिकारका लागि शुरु गरेको अभियान विगत एक दशकदेखि नै कचल्टिएको छ ।

 मधेशसंग सम्वन्धित प्रश्नको जवाफ स्थानीय तहको निर्वाचनले दिनेछ । यो निर्वाचनले नै मधेश समस्या समाधानको बाटो पनि खोल्नेछ ।

सिरहा । जिरोमाइल देखि बरियारपट्टि जाने सडकखण्ड...

जनकपुरधाम । धिरेन्द्र मल्टिमेडिया प्रालिको प्रस्तुति रहेको चलचित्र...

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता रामचन्द्र झाले सरकारमा...

वीरगञ्ज । सेवाग्राहीसित घुस लिएको आरोपमा अख्तियारको टोलीले वीरगन्ज महानगरपालिकाका...

नेपालगञ्ज : इस्लाम धर्मावलम्बीको मोहर्रम पर्व बाँकेमा पनि धुमधामका...

बुटवल : मुलुकी संहितामा सवारी चालकका लागि ल्याइएको प्रावधानको...

कञ्चनपुर । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका नेता राजेन्द्र...

पर्सा : विद्यालयको अनुमतिपत्र दिन रु एक लाख घुस...

बर्दिवास । महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका–६ जमुनियाँ चोकमा आज...

जनकपुरधाम । चालकहरुको बन्दले जनकपुरधाम लगायत तराईका ...

वीरगञ्ज : नेपाल आयात गर्न लागिएको मल सिर्सियास्थित सुख्खा...

कास्की : सङ्घीय सरकारका युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले...

काठमाडौँ : प्रतिनिधिसभा बैठकमा सांसदले संविधान कार्यान्वयन गर्न मौलिक अधिकारसम्बन्धी...

विराटनगर : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले...

काठमाडौँ : नेपाली काङ्ग्रेसले अछामका पार्टी क्रियाशील सदस्य टेकबहादुर...

वासिंटन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले महान्यायाधिवक्ता जेफ सेसन्सप्रति तिखो...

सिरहा । माछा उत्पादन बढाई नगरक्षेत्रलाई समृद्ध बनाउने योजना सिरहाको...

लहान : सिरहा प्रहरीले जिल्लाको विभिन्न स्थानबाट डेढ हजारभन्दा...

गौशाला : महोत्तरी जिल्लाको जलेश्वर कारागारका एक बन्दीको गए राति...

बर्दिवास : महोत्तरी बर्दिवास–१४ स्थित एकीकृत नमूना मुसहर बस्तीका...

भक्तपुर : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि...

जनकपुरधाम । धनुषाबाट प्रहरीले सीके राउतका समर्थक १०० भन्दा बढीलाई...

जनकपुरधाम । संविधान जारी भएको दिनको विरोधमा ‘स्वतन्त्र मधेस गठबन्धन’ले...

काठमाडौँ : प्रतिनिधिसभाअन्तर्गतका १० वटा विषयगत समितिका सभापति चयनका...

काठमाडौँ : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पेट्रोलियम पदार्थको...

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि राष्ट्रिय सङ्कल्प...

रौतहट । समाजवादी विधार्थी फोरम नेपाल जिल्ला कार्य समिति रौतहटको...

वीरञ्ज : भारतबाट लुकाइछिपाइ नेपालतर्फ ल्याइरहेको अवस्थामा सशस्त्र प्रहरी...

चन्द्रपुर । दुई किसोरी लाई एसिड आक्रमणको आरोपमा प्रहरीले एक...

काठमाडौं : मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको...

बागलुङ : बागलुङ नगरपालिका–२ रुद्रेपिपल भन्ने स्थानमा गएराति ग...

राजविराज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका उप–प्रधान...

काठमाडौं । नेपालको संविधान जारी भएको तेस्रो वर्ष पूरा भई...

सिन्धुली । नयाँ मुलुकी संहिता जारी भएपछि सिन्धुलीमा सम्बन्ध विच्छेदको...

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन औपचारिक भ्रमणका लागि बुधबार चीन...

सोल । दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इन र उत्तर...

काठमाडौं । एएफसी युथ सिक्सटिन महिला फुटबल च्याम्पियनसिपका छनोट खेल...

जीतपुर : ईलाका प्रहरी कार्यालय निजगढले १५ बर्षदेखि चोरि मुदामा...

चन्द्रपुर । जिल्लाको बृन्दावन नगरपालिका १ मा रहेको वृन्दावन...

चन्द्रपुर । रौतहटको बृन्दावन नगरपालिकाका एक युवालाई हतियार थमाएर फसाउन...