Sun, 23 Sep 2018
ताजा समाचार
लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा || नेपाल प्रहरीको छवि धुमिल बन्दै || वडा अध्यक्षव्दारा ज्ञापन || खोलामा डुबेर एक जनाको मृत्यु || बारापर्सामा पेट्रोलियम पदार्थको अभाव || नगरस्तरमा बालबालिकाकोलागी अनिवार्य बजेट विनियोजन गरिने : || मुख्यमन्त्री राउतद्वारा राहत प्रदान || अमेरिकामा एक नेपालीसहित तीनको हत्या || मोहर्रममा हिन्दू समुदायको पनि उत्साह || नेकपामा मातृकालाई लोप्पा, महासेठ पक्ष सशक्त || यथास्थितिमा संविधान स्वीकार्य छैन् : मुख्यमन्त्री राउत || मोटरसाइकल ठोक्किदा एकको मृत्यु, एक घाइते || मैथिली फिल्म "दहेजक पिरा"को पोस्टर सार्वजानिक || मातृका र रघुबीरको सम्पती छानविन गर : नेता झा || वीरगञ्ज महानगरपालिकाका २ कर्मचारी सहित ३ तीन पक्राउ || मोहर्रम पर्व मनाइँदै || सहमतिपछि यातायात सञ्चालन || संविधान कार्यान्वयन गर्न निकै चुनौती : नेता महतो || घुस लिएको अभियोगमा दुई जना पक्राउ || महोत्तरी जमुनियाँमा प्रहरी पोष्ट स्थापना || लामो दुरीमा गाडी नचल्दा यात्रुहरु अलपत्र , सामान ढुवानी पनि || मल बन्दरगाहमै थन्कियो || खेलकूदले देशलाई चिनाएको छ: मन्त्री विश्वकर्मा || पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग || डिजिटल प्रणालीको शुभारम्भ || विष्टको निधनप्रति काँग्रेसद्वारा दुःख व्यक्त || महान्यायाधिवक्तविरुद्ध खनिए ट्रम्प || माछापालन योजना || मदिरा नष्ट || एक बन्दीको मृत्यु || मुसहर बस्तीमा संविधान दिवस, संविधान सबैको साझा छहारी होस् || मौका परीक्षाको नतिजा सार्वजनिक || सीके राउतका १०० बढी कार्यकर्ता पक्राउ || डा.सीके राउतका समर्थकहरुले निकाले हजारौको संख्यामा रयाली || निर्वाचन कार्यक्रम सार्वजनिक || पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग || समृद्धिको राष्ट्रिय दायित्वमा सहयोगी हुन प्रधानमन्त्रीको आह्वान || विधार्थी फोरमको जिल्ला अधिवेशन संपन्न || लागुऔषधसहित एक पक्राउ || एसिड आक्रमणको आरोपमा एक युबक पक्राउ ||
राजहठ

असाड १, २०७४

 


बिम्मी शर्मा



यदि देश र जनता कै लागि राजनीति गरेको हो भने बन्द र हडताल किन र कसकालागि? के बन्द र हडतालबाट जनताखुशी हुन्छन् ? के जनताले चाहेको यहीहो ? हैन भने कुनकुल देउतालाई खुशीपार्न सडकमा तान्त्रिकले गरेको जस्तो गालीको मन्त्रोच्चारण गरेर सार्वजनिक सम्पतिको वलिदिइदैंछ । जनताले तिरेको करको पैसाबाट बनेको भौतिक संरचनाहरुलाई जनताकै अधिकारकानीम्ति लडेको र राजनीति गरेको भन्दै पछिल्ला केहीवर्ष देखि देशमाजुनप्रकारको अराजक हठ मौलाएको छ त्यसले देशको भविष्यमाथि नै प्रश्नचिन्हलगाएको छ । यसले भलाइ कसैको गर्दैन तर यो कसैले बुझ्न सकेका छैनन् या बुझेर पनिअन्धो र बहिरो भएर बसेका छन् ।


जब देखि हाम्रो देशलाई निर्वाचनको रोगले संक्रमण गरेको छ तबदेखि यो रोगबाट संक्रमितविभिन्न राजनीतिकदल र नेताहरुमा अनेक प्रकारको लक्षण देखिनथालेको छ । 

कोहीनिर्वाचनमाभागलिने खुशीमाचाहिने भन्दा बढी नै उत्साहितभएका छन् भने कोहीचाँहि कैकेयी जस्तो कोप भवनमा रिसाएर बसेका छन् । अबकसले कसलाई मनाउने ?

 बालहठ भएपो चकलेट, आइसक्रिमदिएर चन्द्रमाको लोभ देखाएर फकाउनु ?यहाँ त व्यस्कहरु नै हठ गरिरहेका छन् त्यो पनि राजहठ । अब राजनीतिगर्नेहरुले गर्ने पनि राजहठ नै हो र यसैको माध्यमबाट आफ्नामागहरु पूरा गर्ने हो ।

तर यो राजहठ सिंहदरवार र संसद वरिपरि नगरेर र नदेखाएर सडकमा टायर बालेर, विद्यालय र कलेज बन्द गरेर, बजार बन्द गरेर, तोडफोड गरेर, चक्काजाम गरेर अनिआन्दोलन र विरोध गरेर गरिन्दै छ ।
 यो राजहठले अबबिस्तारै अराजक हठको रुप लिदैं छ ।

राज्यले बेलैमा संविधान संसोधननगर्दा, मधेशीहरुको मागलाई संवोधनगर्न नसक्दानिर्वाचनको मुखका देश युद्ध भूमि जस्तो बनेको छ । र यस युद्ध भूमिमा सेनापतिहरु आाफ्ना तिकडम र साम, दाम, दण्ड, भेद नामकाहतियारहरुलाई तिखार्नमाव्यस्त छन् । 

के थाहाकुन बेलाकुन अस्त्र, शस्त्रको प्रयोग गर्नु परोस् ?आखिरमा सबैलाई जसरी पनिचुनावजित्नु छ । र यसकालागि राजहठ जस्तो राम्रो अस्त्र अरु के नै हुन सक्छ र ?

विभिन्न राजनीतिकदल र तिनका नेताहरु देश र जनताकालागि राजनीति गरेको र निर्वाचनमाभागलिएको भन्छन् तर तिनै जनतालाई आफ्नो राजहठमा घान बनाउँछन् ।

 यदि देश र जनता कै लागि राजनीति गरेको हो भने बन्द र हडताल किन र कसकालागि? के बन्द र हडतालबाट जनताखुशी हुन्छन् ? के जनताले चाहेको यहीहो ? हैन भने कुनकुल देउतालाई खुशीपार्न सडकमा तान्त्रिकले गरेको जस्तो गालीको मन्त्रोच्चारण गरेर सार्वजनिक सम्पतिको वलिदिइदैंछ । 

जनताले तिरेको करको पैसाबाट बनेको भौतिक संरचनाहरुलाई जनताकै अधिकारकानीम्ति लडेको र राजनीति गरेको भन्दै पछिल्ला केहीवर्ष देखि देशमाजुनप्रकारको अराजक हठ मौलाएको छ त्यसले देशको भविष्यमाथि नै प्रश्नचिन्हलगाएको छ । 

यसले भलाइ कसैको गर्दैन तर यो कसैले बुझ्न सकेका छैनन् या बुझेर पनिअन्धो र बहिरो भएर बसेका छन् । यो अराजकताको आगोमापनिउनीहरुको घरमाचिल्लो रोटी पाकेकै छ । आफु सुरक्षित बसेर अरुलाई आघात पार्ने र जनतालाई मार्ने खेल कहिलेसम्म?

चुनावमा उठ्न र जित्नकालागिजुनसुकै हतकण्डा पनिअपनाउने र दलपनिबदलिन सक्नेहरु राजनीतिकदलमाहावीहुदैंगएका छन् ।

 पैसाको नजरानादिएर पार्टीमाआफुले भने जस्तो पद र चुनावमा टिकट पाउनकालागि अनेक तिकडम गर्नेहरुले गिरगिटलाई पराजितगरिरहेका छन् । जंगलीगिरगिटको त रगँबद्लिने आफ्नो प्राकृतिककला र आफ्नो अस्तित्व नै संकटमा पर्न थालेको छ । 

जबदेखि मान्छेहरु अझत्यसमापनि राजनीतिगर्ने दलका नेताहरुको दल र सिद्धान्त बदलु रवैया देख्दात्यो बिचरो गिरगिट पनिआश्चर्य चकित छ ।

अघिल्लो संविधान सभाचुनावमा एउटा दलबाट सभासदमा उठेर हारेको मान्छे अहिले स्थानीयतहको चुनावमाअर्को दलबाट मेयरको टिकट पाएर प्रकट भएको छ । टिकट दिने पार्टीले आफ्नाथु्रपै मेयर पदकाआकाँक्षी नेता र कार्यकर्ताहरुलाई लत्याएर पैसाको प्रभावमा कसैलाई काखा त कसैलाई पाखागर्दैछ ।

अनि संसद र सडकमा यही राजनीतिकदल र यसका नेताहरु आफुलाई राष्ट्रियताको हिमायती ठान्छन् । आफु र आफ्नो दल देशप्रेमी र राष्ट्रवादी बाँकी अरु दलतिनका नेता र जनता सबै देशद्रोही र अराष्ट्रवादी ।
 चिनियाँचश्मालगाएर आफ्नो विरोध गर्ने जति सबैलाई भारतीय देख्ने यो कुनै दलविशेषको व्यवहारले नै आज यो अराजकतानिम्त्याएको हो । 

जबसिधातरिकाले आफ्नामागहरु पूरा भएनन् तब बागोँतरिकाअर्थात राजहठ गरे । 
यद राजहठ गरेर चारदिन सम्मबन्द र हडताल गर्नेहरु देश विरोधीहुन् भने तिनलाई त्यसो गर्न उक्साउनेहरु चाँहि के देशप्रेमीहुन् त ? संविधानजारी गरेको पनिदुई वर्ष हुनथालिसक्यो । 

त्यो बेलादेखि संविधानलाई आफ्नो मान्ननसकेर संसोधनको मागगरिरहेकामधेशीहरुलाई देशको शासन सत्ताले कहिले चिची त कहिले पापादिएर पकाउनखोज्यो ।

 तर राज्यले यो बुझेनकिचिची र पापाखाएर यिनीहरु ऋघाइ सके । अबमधेश र  मधेशीहरुलाई निकास र हलचाहिएको छ । 

संधै भोलि, भोलिभनेर टार्दै आएकाशासकहरुले यो बुझेनन् कित्यो भोलीकहिल्यै आउँदैन जबसम्मआआफ्नो स्वार्थ र हठको त्याग गरिन्दैन ।

नेपालकाशासकहरुको शुरु देखिको चिन्ताहो शासन सत्तामामधेशीहरुको पकड बलियो नहोस् ।
 मधेशीबलियो हुनुको मतलबबन्द मुठ्ठीबाट बालुवाबिस्तारै खस्दै गए जस्तैखसहरुपनिकमजोर हुंदै जानेछन् । र कसलाई कमजोर हुन मन लाग्छ । सबै पद, पैसा र पावरले बलियो भएर अरुमाथिशासनगर्न चाहन्छन् । अहिले सम्मभएकै यहीहो ।

 हिजोसम्ममधेशीहरु शिक्षितथिएनन् त्यसैले कमजोर थिए तर आजउनीहरु शिक्षित र जागरुक भएपछि आफु हेपिएको र दबिएको महसुस गर्न थाले ।

 जब जागो तब सबेरा भने जस्तै अबजागिसकेकामधेशीहरुले आफ्नो हकमाग्दैछन् । तर रगँ, वर्ण, खानपान र व्यवहारमाआफुसँग अमिल्दो देखिएपछि तिनलाई कति सजिलैसितपारी पट्टिका मान्छे र छिमेकीभनेर आरोप लगाएर पन्छाउन खोजिदैंछ ।  

यही देशमाजन्मेका तर रीतिथीति र संस्कारमा फरक भएकाहरुलाई उनीहरुको जन्म स्थानमाथिको प्राकृतिकहकलाई खोस्न खोजे पछि राजहठ गर्ने नै भए ।  मधेश आन्दोलन गरेर आन्दोलितभएको पूरै तराईलाई वाता गरेर उनीहरुको मागंको संवोधन र संविधानगर्ने भनियो तर भएन ।

पटक। पटक त्यस्तै आश्वासनदिइयो तर कार्यान्वयनगरिएन । 
स्थानीयतहको पहिलो चरणको चुनावमापनित्यस्तै भनियो तर मधेशीहरुको मागकाबिषयमा राज्यसत्ताकानमा तेल हालेर बसिरह्यो ।  

जब, जब मधेशीहरुलाई यो देशको नागरिक सरह हक, अधिकार दिने कुरा उठ्छ तब, तब उनीहरुलाई अगिँकृत भनेर उनीहरुको मुखमा टेप टाँसिदिन्छन् ।

 बिजयकुार गच्छेदार र शरतसिंह भण्डारी पटक, पटक मन्त्रीबनिसकेको उदाहरण दिएर मधेशीहरु पहाडे बराबरकै नागरिक भएको बताइन्छ । तर कुनै सीमान्तकृत जातिवा सीमावर्ति शहरमा बस्ने यो देशो दीनहीननागरिकलाई सोध्नु उसले कतिअधिकार पाएको छ यो देशबाट । 

यही देशमाजन्मे हुर्केकाबाउ, आमाको सन्तानभएर पनि जब उसको नागरिकताबनाउने पालो आउँछ तब उसलाई उसको बाउ, आमाको नागरिकताको आधारमानागरिकताको प्रमाणपत्र दिईंदैन ।

उसले आफ्ना छरछिमेकबाट सरजमिन गरेर यो प्रमाणित गर्नु पर्दछ कि उ यो देशको नागरिक हो भन्ने । के यही सब प्रकिया एउटा पहाडेको सन्तानले नागरिकताबनाउँदा पूरा गर्नु पर्दछ ?यदि पहाडेले पर्दैन भने रगँ र वर्णको आधारमामधेशीसँगयत्रो भेदभावकिन?किती मान्छे हैनन् ?

भारतीयमूलकादार्जिलिगेँ नेपालीप्रशान्ततामागँलाई लाखौं नेपालीकानागरिकले ईण्डियन आईडलमा एसएमएस गरेर भोट दिएर जिताउँछन् ।

 तर आफ्नै देशमाजन्मेकीमारवाडी समूदायकीनीकिता चन्डकलेमिस नेपालप्रतियोगिताजित्दाउनलाई भारतीयभनेर गिज्याइन्छ र हेपिन्छ ।

दाजिैलिगँमा नेपालीभाषाकालागित्यहाँकानागरिकले गरिरहेको आन्दोलनमा सहीथाप्दैं त्यसमा नेपाल सरकारले हस्तक्षेप गर्नु पर्ने र सबै नेपालीहरुले उनीहरुलाई समर्थन गर्नु आवश्यक छ ।

 तर आफ्नै देशकामधेशीजनता दोयम दर्जाकानागरिक भएर आफ्नो अधिकारकालागिआवाज उठाउँदा र आन्दोलनगर्दा त्योचाँहिगलत र भारतले उचालेको भनेर विरोध गर्नुका साथै मधेशीहरुको आवाजदबाउने प्रयास गरिन्छ । 

आफु र आ सत्ताले गरेको जे पनि ठीक र अरुले गरेको सबै गलतमान्ने प्रवृतिशासकहरुमाहावी रहेसम्म देशमा यस्ता राजहठ वा अराजक हठ बेला, बेलामा भैरहन्छ । तर दुखको कुरा न यसबाट शासक पग्लिन्छन् ।

न मधेशका नेताहरुलाई यो आन्दोलनबाट कुनै हानी हुन्छ । 
ओखलतथा मुसलीे बीचको यो राजनीतिक खेलमाजनताचाँहिअन्न र घुन जस्तै पिसिदैं आएका छन् र अझै कहिलेसम्मपिसिने हुन कसैलाई थाहा छैन ? शायदमधेशीहरुको जन्मपिसिनैकालागिभएको हो ।

काठमाडु । साउथ ह्याम्पटनलाई हराउँदै लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको...

काठमाडु । अपराध अनुसन्धानमा अब्बल मानिँदै आएको नेपाल प्रहरी पछिल्लो...

जनकपुरधाम । कमला नगरपालिकाका वडाअध्यक्षहरुले नगरप्रमुख रामउदगार गोइतलाई शनिवार ९...

भद्रपुर : खोलामा डुबेर मेचीनगर–८ सालघारीका ३६ वर्षीय शिवु...

जीतपुर : मुलुकी ऐनमा सवारी चालक सम्बन्धि गरिएको ब्यवस्थाको परिवर्तनको...

बर्दिबास : बालबालिकाले भयत्रासमुक्त वातावरणमा सुरक्षित र...

राजविराज : प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले...

वाशिङ्टन, डिसी : अमेरिकाको मेरिल्याण्ड राज्यमा भएको गोली काण्डमा...

नेपालगञ्ज, बाँके : मुस्लिम समुदायको पर्व मोहर्रममा नेपालगञ्जमा हिन्दू...

काठमाण्डु । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले टुंगो लगाएको प्रदेश ईञ्चार्ज ...

राजविराज । संविधान संशोधनको विषयमा वहस चलिरहेको बेला प्रदेश २...

सिरहा । जिरोमाइल देखि बरियारपट्टि जाने सडकखण्ड...

जनकपुरधाम । धिरेन्द्र मल्टिमेडिया प्रालिको प्रस्तुति रहेको चलचित्र...

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता रामचन्द्र झाले सरकारमा...

वीरगञ्ज । सेवाग्राहीसित घुस लिएको आरोपमा अख्तियारको टोलीले वीरगन्ज महानगरपालिकाका...

नेपालगञ्ज : इस्लाम धर्मावलम्बीको मोहर्रम पर्व बाँकेमा पनि धुमधामका...

बुटवल : मुलुकी संहितामा सवारी चालकका लागि ल्याइएको प्रावधानको...

कञ्चनपुर । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका नेता राजेन्द्र...

पर्सा : विद्यालयको अनुमतिपत्र दिन रु एक लाख घुस...

बर्दिवास । महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका–६ जमुनियाँ चोकमा आज...

जनकपुरधाम । चालकहरुको बन्दले जनकपुरधाम लगायत तराईका ...

वीरगञ्ज : नेपाल आयात गर्न लागिएको मल सिर्सियास्थित सुख्खा...

कास्की : सङ्घीय सरकारका युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले...

काठमाडौँ : प्रतिनिधिसभा बैठकमा सांसदले संविधान कार्यान्वयन गर्न मौलिक अधिकारसम्बन्धी...

विराटनगर : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले...

काठमाडौँ : नेपाली काङ्ग्रेसले अछामका पार्टी क्रियाशील सदस्य टेकबहादुर...

वासिंटन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले महान्यायाधिवक्ता जेफ सेसन्सप्रति तिखो...

सिरहा । माछा उत्पादन बढाई नगरक्षेत्रलाई समृद्ध बनाउने योजना सिरहाको...

लहान : सिरहा प्रहरीले जिल्लाको विभिन्न स्थानबाट डेढ हजारभन्दा...

गौशाला : महोत्तरी जिल्लाको जलेश्वर कारागारका एक बन्दीको गए राति...

बर्दिवास : महोत्तरी बर्दिवास–१४ स्थित एकीकृत नमूना मुसहर बस्तीका...

भक्तपुर : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि...

जनकपुरधाम । धनुषाबाट प्रहरीले सीके राउतका समर्थक १०० भन्दा बढीलाई...

जनकपुरधाम । संविधान जारी भएको दिनको विरोधमा ‘स्वतन्त्र मधेस गठबन्धन’ले...

काठमाडौँ : प्रतिनिधिसभाअन्तर्गतका १० वटा विषयगत समितिका सभापति चयनका...

काठमाडौँ : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पेट्रोलियम पदार्थको...

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि राष्ट्रिय सङ्कल्प...

रौतहट । समाजवादी विधार्थी फोरम नेपाल जिल्ला कार्य समिति रौतहटको...

वीरञ्ज : भारतबाट लुकाइछिपाइ नेपालतर्फ ल्याइरहेको अवस्थामा सशस्त्र प्रहरी...

चन्द्रपुर । दुई किसोरी लाई एसिड आक्रमणको आरोपमा प्रहरीले एक...