Thu, 26 Apr 2018
ताजा समाचार
लक्ष्मीनियाँको अभिभावक बने मुख्यमन्त्री राउत || शिक्षाको विकास प्रति कटिबद्ध वडाध्यक्ष साह || गाईको मासु सहित एकजना पक्राउ || प्रदेश र स्थानीय तहको तलब सुबिधाको विधेयक दर्ता || प्रदेश २ को बजेट सार्वजनिक || अमेरिकाबाट ९ हजार नेपालीलाई फिर्ता पठाउने तयारी, एक वर्षको समयावधि || सनराईजर्स हैदरावादले मुम्बई इन्डियन्सलाई हरायो || हात्तीको आक्रमणबाट मृत्यु || टाटा सुमोको ठक्करबाट मृत्यु || किमले अस्पताल पुगेर घाइते चिनियाँ भेटे || निर्माण नहुँदै भत्कियो नाला || रामायण मेला प्रारम्भ, पर्यटन प्रबद्र्धनमा जोड || दिल्लीको खराब लय जारी, पञ्जावसँग ४ रनले पराजित || प्रसुती गृह हस्तान्तरण || जन्मदर्ताविहीन बालबालिका पनि विद्यालयमा भर्ना || युरोपमा तहल्का पिट्दै काफ्ले र शिवाकोटि || टिकोला झारेपछि किसान चिन्तित || भारतीय प्रधानमन्त्री मोदी वैशाख २८ गते आउने || गर्भमा छोरी देखिएपछि हत्या || आईपिएल क्रिकेट : राजस्थान र चेन्नई विजयी || फेसबुकमा ‘लाइभ’ गरिरहेको समयमा गोली हानेर पत्रकारको हत्या || प्रमुख निर्वाचन आयुक्तको घरमा विष्फोट || नग्न बन्दूकधारीको आक्रमणबाट अमेरिकामा चारजनाको मृत्यु || रोयल च्यालेन्जर्स बैंङ्लोर र किङ्स ईलेभेन पञ्जाव विजयी, आज दुई || काबुलमा आत्मघाती आक्रमण, ३१ जनाको मृत्यु, ५४ जना घाइते || चीनमा डुङ्गा दुर्घटनामा १७ जनाको मृत्यु || डोटी जीप दुर्घटनाः मृतक पाँच || छिमेकीबीचको सम्बन्ध सुमधुर हुनुपर्छ– प्रम ओली || बन्दूकधारी समूहको आक्रमणमबाट नाइजेरियामा कम्तिमा ३० गाउँलेको मृत्यु || विभिन्न सिन्डिकेट खारेज गर्न महासंघको माग || युवाको श्रमलाई स्वदेशमा नै टिकाउनुपर्ने ः मन्त्री तामाङ || जिप दुर्घटनामा तीनको मृत्यु, १६ घाइते || सरकारको देश विकास अभियानलाई कसैले रोक्न सक्दैन ः डा भट्टराई || रु एक करोड भन्दा बढी राजश्व संकलन || उत्तर कोरियाले थप परमाणु मिसाइल परीक्षण नगर्ने || चेन्नई सुपर किङ्स शीर्ष स्थानमा उक्लियो, राजस्थान रोयल्स ६४ रनले || राजपाले वार्षिकोत्सव मनाउँदै || हवाहुरी प्रभावित परिवारलाई राहत || बाम गठबन्धन संघीयता विरोधी || देशभर अझै तीन लाख बालबालिका विद्यालय बाहिर : शिक्षा मन्त्री ||
चुनाव, शान्ति र मेलमिलाप

असाड ११, २०७४



  • किशोर नेपाल


बाबुराम जस्ता महत्वाकांक्षी नेतालाई झेल्नु प्रचण्डका लागि कुनैपनि हिसावले सजिलो थिएन । संविधान सभाको दोस्रो चुनावसम्म पार्टी विग्रहको अन्तिम विन्दूमा आइ सकेको थियो ।
प्रचण्डलाई चुनाव अभियानको ‘रोड शो’ मा उतारेर तत्कालीन नेताहरुले ठूलो जाल बुनेका थिए । फलस्वरुप, माओवादीले जनतामा आफनो वर्चस्व कायम राख्न सकेन । यसले गर्दा, बडो मुश्किलले आर्जन गरिएको शान्ति संस्थागत हुन सकेन ।


दशक लामो माओवादी युध्दका कारण विभिन्न सामाजिक असंगतिले थिलथिलो पारेको नेपाली समाज विस्तारै युध्दको धङधङीबाट वाहिर निस्किदैछ ।

कुनैबेला युध्दभूमिका रुपमा चर्चित कैलाली जिल्लाको धनगढी नगरमा माओवादी र कांग्रेसले चुनावी सभाका लागि एउटै मन्चले काम चलाएको रमाइलो समाचार शनिवारका समाचारपत्रहरुले प्रकाशित गरे ।

धनगढी नगरमा विहान माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चुनावी सभालाई सम्वोधनगर्न जुन मन्चको प्रयोग गरेका थिए, दिउँसो नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले त्यही मन्चबाट जनतालाई सम्वोधन गरे ।

मन्चमा सजाइएको झण्डा, तोरण र साजसज्जा वदलिएको थियो । मन्चमा विहान टाँसिएका हँसिया–हथौडा छापिएको पोष्टरको ठाउँ रुख चिन्ह छापिएको पोष्टरले लिएको थियो । माओवादी कार्यकर्ताले आफनो कार्यक्रम सकिएपछि कांग्रेसका कार्यकर्तालाई मन्च हस्तान्तरण गरेका थिए । 

यसप्रकारको आपसी राजनीतिक सदभावको अवस्था सामान्य होइन । सरकारमा कांग्रेस–माओवादी समीकरणले पारेको प्रभाव पनि होइन यो । माओवादी र कांग्रेसका वीच घनिष्टता र मित्रता वढदैजानु संक्रमणकालीन राजनीतिको महत्वपूर्ण पक्ष हो ।

नेपाली कांग्रेसकासभापति तथा प्रधानमन्त्री स्वर्गवासी गिरिजाप्रसाद कोइराला र माओवादी विद्रोहीका सर्वोच्च कमाण्डर प्रचण्डका वीच भएको वृहत्त शान्ति सम्झौतापछि, तत्कालै शुरु गरिनुपर्ने सहकार्य अहिले स्थानीय तह चुनावको मौसममा गरिएको छ ।

देशलाई संक्रमणकालबाट मुक्ति दिन कांग्रेस र माओवादी वीचको सहकार्य आवश्यक थियो । अहिले कांग्रेस नेतृत्वले यस्तो सहकार्यको महत्व स्वीकार गरेको छ । 

कांग्रेस–माओवादी सहकार्यको प्रतिक्रियामा प्रमुख प्रतिपक्षी दल एमाले कांग्रेस विरुध्द आक्रामक रुपमा प्रस्तुत भएको छ । यो अस्वाभाविक होइन ।

कांग्रेसका धेरैजसो नेता कार्यकर्ताका लागि पनि पार्टीले अपनाएको नीति वुझी नसक्नुको भएकोछ । युध्दकालमा जुन माओवादीले आपूलाई वम र गोलीको निसाना बनाए, जसले कांग्रेसका होनहार व्यक्तित्वहरुको हत्या गरे, जसले कांग्रेसीहरुलाई आफनो थात थलोबाट विस्थापित गराए, तिनै माओवादीसंग सरकारमा सहकार्य र चुनावमा तालमेल सामान्य हिसावले बुझिने कुरा पनि होइन ।

तर, गिरिजाप्रसाद कोइरालाले हस्ताक्षर गर्नु भएको वृहत्त शान्ति सम्झौताको अर्थ र आवृत्ति यही नै हो ।
विगत एक दशकको घटनाक्रमलाई केलाएर हेर्ने हो भने नेपालमा चलेको संक्रमणकालीन राजनीतिका मुख्य जिम्मेवार हाम्रा राजनीतिक नेता नै हुन ।

सहमतिगर्ने र त्यसको पालना नगर्ने रोगले गाँजेको छ सवै दलका नेताहरुलाई । पहिलो निर्वाचित संविधान सभाको गठनपछि माओवादीले कांग्रेसलाई दिएको वचन पूरा गरेनन ।

उनीहरुले एमालेलाई आफनो सहयात्री दलका रुपमा रोजेर कम्युनिष्ट नेपाल निर्माणको कल्पना गरे । यो कल्पनामा दम थिएन । त्यतिवेला सत्ता संचालनका लागि एउटा आवश्यकता मात्रै थियो । सेनापति वदल्ने निर्णयमा माओवादीको नेतृत्वको सरकारमा सामेल एमालेले साथ दिएन । त्यसपछि माओवादीले आफनो रणनीति वदले पनि ढिला भै सकेको थियो ।

माधव नेपाल, झलनाथ र बाबुरामको कार्यकालमा माओवादी पार्टीगत सन्तुलनमा रहन सकेन । बाबुराम जस्ता महत्वाकांक्षी नेतालाई झेल्नु प्रचण्डका लागि कुनैपनि हिसावले सजिलो थिएन । संविधान सभाको दोस्रो चुनावसम्म पार्टी विग्रहको अन्तिम विन्दूमा आइ सकेको थियो । प्रचण्डलाई चुनाव अभियानको ‘रोड शो’ मा उतारेर तत्कालीन नेताहरुले ठूलो जाल बुनेका थिए ।

फलस्वरुप, माओवादीले जनतामा आफनो वर्चस्व कायम राख्न सकेन । यसले गर्दा, बडो मुश्किलले आर्जन गरिएको शान्ति संस्थागत हुन सकेन । 

यतिवेला आएर प्रचण्डले बल्ल ‘रिएलाइज’ गरे – परिवर्तनलाई संस्थागतगर्ने प्रक्रिया त अल्मलिएछ । यो रिएलाइजेसनका कारण उनी संविधान निर्माणमा सजग भएर लागे । यतिवेला मात्रै उनलाई स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाको सम्झना भयो जसले उनीमाथि ठूलो भरोसा राखेका थिए । 

वैशाख १२ गतेको विनासकारी भुईंचालोलाई पृष्ठभूमिमा राखेर तीन दलका प्रमुख नेताले फाष्ट ट्रयाकमा दौडिएरै, ‘एकथान’ संविधान वनाएरै छाडे ।

संविधान त वन्यो । तीन दलकानेताले जनताको इच्छा पनि वुझेनन । जनमतको जाँचपनि गरेनन । संविधान त जारी भयो । यसको सर्वस्वीकार्यता आजसम्म पनि प्रमाणित हुन सकेको छैन । मधेशका समस्याले समाधान पाएका छैनन । जाति जनजातिका समस्या यथावत छन ।

संविधान सहज भै दिएको भए स्थानीय तहको चुनाव यति कोलाहलमय पक्कै हुने थिएन ।
यो सत्य हो कि कांग्रेस र माओवादी मात्र देशका प्रमुख राजनीतिक शक्ति होइनन । तर, यो पनि उत्तिकै सत्य हो कि माओवादीलाई शान्तिको बाटोमा अवतरण गराउने सात दलीय अभियानको नेतृत्व कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले गरेका थिए ।

नेपाली जनताको तर्फबाट शान्ति सम्झौतालाई टुंगोमा पुर्याउने आधिकारिक प्रतिनिधि उनै थिए । अहिलेको राजनीतिक सन्दर्भमा यो नक्सा वदलिइ सकेको छ ।

पहिलो संविधान सभामा पहिलो दलको हैसियत राख्ने माओवादी दोस्रो संविधान सभापछि तेस्रो स्थानमा पुगेको छ । यो अवनतिले माओवादीहरु जागेका पनि हुनु पर्दछ । 

माओवादीहरुले शासन–सत्ताको सुधारमा रचनात्मक योगदान गर्न सक्दछन भन्ने सावित भै सकेको छ । नेपाली कांग्रेससंगको गठवन्धन सरकारमा माओवादीको भूमिका सवैले सह«ाएका छन ।

साँच्चै भन्ने हो भने, कांग्रेस वाहेक, झण्डै समान बिचारकोवामपार्टी एमाले र अन्य वामपार्टी संगको गठवन्धन माओवादीकै लागि हानीकारक सावित भएको देखिएकोछ ।

माओवादी पार्टी वामपार्टीहरुसंगको प्रतिस्पध्र्दामा खुला हुन सक्दैन । तर, सरकारमा संगै वसेपनि कांग्रेससंग हाकाहाकी प्रतिस्पध्र्दा गर्न सजिलो छ । स्थानीय तहको चुनावले राज्यको पुनर्संरचनाको मुख्य प्रश्न एकपटक फेरी संशयमा पर्न थालेको छ । 


स्थानीय तहको चुनाव प्रादेशिक चुनावपछि गर्नुपर्ने थियो कि थिएन ? संविधानको आपूmखुशी व्याख्याले संवैधानिक प्रक्रियालाई अपांग बनाउँछ । जुन चुनाव भएपनि चुनाव भए पुग्छ भन्ने मानसिकता घातक हुन्छ । राज्यको पुनर्संरचनालाई साँच्चै निश्चित आकार दिने हो भनेयसको निरन्तरताका लागि कांग्रेस–माओवादी सहकार्य आवश्यक छ । 


देशको कायाकल्प भएको एक दशक वितिसक्दा पनि जनताले परिवर्तनको प्रतिफलको त कुरै छाडौं, बदलावको आभाश समेत पाउन सकेका छैनन । देश विकास र राष्ट्रवादको चर्को नारा लगाउने कांग्रेस, एमाले र माओवादी लगायतका पार्टीहरु खोक्रो सावित भै सकेका छन ।

शासन–सत्ता आफनो हातमा लिएर पनि परिवर्तन गर्न नसक्ने पार्टीका नेताहरुको साखमा प्रश्न चिन्ह लागि सकेको छ । भारतीय हस्तक्षेप र चीनियाँ सहयोगको अलाप–विलाप गरेर राष्ट्रियता वलियो हुँदैन । देशमा लोकतान्त्रिक मूल्य, मान्यता र मर्यादाको पालना भएको छ कि छैन ? देशको संविधानमा सवै देशवासी समेटिएका छन कि छैनन ? यी कुराहरुमा नागरिकहरु चनाखो रहनु पर्दछ ।

राष्ट्रिय स्वतन्त्रताको रक्षाका लागि राष्ट्रिय एकता आवश्यक हुन्छ । कांग्रेस, एमाले र माओवादी तीनवटै दलले यो कुरा वुझनुको बिकल्प छैन ।
चुनावले शान्ति र मेलमिलापको स्थायी वातावरण तयारगर्न सकेन भने त्यस्तो चुनावको महत्व हुँदैन ।स्थानीय तहको चुनाव सकिएको छैन । दुइ नम्वर प्रदेशमा चुनाव हुन वाँकी नै छ ।

सरकार ढुक्कहुने अवस्थामा छैन । दुइ नम्वर प्रदेशका गुनासा र समस्याहरु संवोधनगर्न समय पनि प्रसस्तै छ ।

ती गुनासा र समस्याको संवोधन हुन सक्यो भने यो संविधान स्थापित हुनेछ । सकेन भने, जतिसुकै प्रदेशमा चुनाव गराएपनि दुइ नम्वर प्रदेशमा चुनाव हुन सकेन भने यो एकथान संविधान आफनो असफलताको मलामी आफै जानेछ । 

 

रौतहट । रौतहट जिल्लाको ईशनाथ ...

वासिंटन । अमेरिका पुगेका ९ हजार नेपालीलाई त्यहाँको प्रशासनले...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा गएराति सनराईजर्स...

राजविराज : सप्तरीको कञ्चनरुप नगरपालिका–११ स्थित ठेलियामा हात्तीको आक्रमणबाट...

सिमरा, बारा : जीतपुर सिमरा उपमहानगरपालिका–१५ डुमरवानामा टाटा सुमोको...

बेइजिङ । उत्तर कोरियाली नेता किम जोङ उनले चिनियाँ...

लहान : सिरहा नगरपालिका–११ स्थित भलुवाहीमा निर्माणाधीन नाला निर्माण...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा दिल्ली डेयरडेभिल्सको खराब...

गौशाला । जन्मदर्ताको अभावमा विद्यालयसम्म पुग्न नसकेका गौशाला नगरपालिकाका दर्जनौ...

नेपालि गीत संगीतको क्षेत्रका तथा नेपाली चलचित्र गायनमा एकदमै...

बर्दिवास । आफ्नो बगैँचाका आँपका रुखमा पात नै नदेखिने गरी...

जनकपुरधाम । भारतीय प्रधानमन्त्री ...

जनकपुरधाम । प्रदेश नम्बर २ ...

हैदरावाद । इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा गएराति राजस्थान रोयल्स...

निकारागुवा । निकारागुवामा सरकारविरुद्ध हुँदै आएको प्रदर्शनका क्रममा एक...

काठमाडौँ : ललितपुरको हात्तीवनस्थित प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद...

वासिङ्टन । अमेरिकाको दक्षिणी राज्य टेनिसीको वाफल हाउसमा आइतबार एकजना...

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपिएल क्रिकेटमा गएराती रोयल च्यालेन्जर्स...

काबुल । अफगानिस्तानको राजधानी काबुलमा आइतबार बिहान गरिएको आत्मघाती हमलामा...

चीन । चीनको दक्षिणी गुआङसी जुआङ स्वायत्त क्षेत्रमा दुई डुङ्गा...

डोटी : डोटीमा शनिबार अपराह्न भएको जीप दुर्घटनामा मृत्यु...

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली क्षेत्रीय...

लागोस, नाइजेरिया : नाइजेरियाको उत्तरपश्चिमी जाम्फारा राज्यमा एक सशस्त्र लुटेराहरूको...

काठमाडौँ : नेपाल राष्ट्रिय व्यवसायी महासंघले सरकारले यातायात क्षेत्रमा...

काठमाडौँ : कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर...

डोटी : डोटीको शिखर नगरपालिका–३ आली गाउँमा आज दिउँसो...

भक्तपुर : नेकपा ९एमाले०का केन्द्रीय सदस्य डा राजन भट्टराईले...

नवलपरासी : पश्चिम नवलपरासीको महेशपुर छोटी भन्सार कार्यालयले चालु आर्थिक...

काठमाडौं । उत्तर कोरियाले अब थप परमाणु मिसाइल परीक्षण नगर्ने...

काठमाडौं । इन्डियन्स प्रिमियर लिग आइपिएल क्रिकेटमा गएराति भएको खेलमा...

जनकपुरधाम । राष्ट्रिय जनता पार्टी(राजपा) नेपालले शुक्रबार ...

जनकपुरधाम । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्वगृहमन्त्री विमलेन्द्र निधिले...

कलैया । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षामा...