विम्मी शर्मा
किन्नेको अनुहारमा भोट किनेपछि अब जित्छु भन्ने सन्तुष्टिको भाव आउँछ भने बेच्नेले त्यो बेचेको भोटको बदलामा आफ्ना कतिपय गर्जो टार्न पाएकोमा गँगानुहाएर पूण्य कमाए सरह खुशी हुन्छ । कतै भोटको बदलामा नोट दिइन्छ भने कतै जमिन, घर किनिदिने वा अन्य कुनै जरुरी सामान दिएर पनि कसैको मन र मतदुबै किनिदिन्छन् । मन नकिनेसम्म मत खरिद गर्न सकिन्दैन । त्यसैले पहिले सम्मोहन गरेर मनलाई आफ्नो वशमा पार्दछन् । त्यसपछि मत त खुरुक्क नेता र दलले भने जस्तो चुनाव चिन्हमा गएर सरक्क बस्दछ । अचेलका मतदाता नोट भन्दापनि एउटा राम्रो मोबाइलमा आफ्नो अमूल्य मतलाई शहीद बनाइदिन्छन् । कोही कोही त ल्यापटपमा पनि आफ्नो भोटको अदला, बदली गर्नमा हिचकिचाउँदैनन् । भनिएकै छ जिसने किया शर्म, उसके फूटे कर्म । अब निर्वाचननमको नदीमा नुहाएर एकलोटा पानी भर्न कसलाई मन नलाग्ला र ? त्यसैले सबै मन पगालेर मत दिन्छन् ।
हामी सबै किनमेल गर्नका लागि बजार जान्छौं नै । त्यहाँ सामान किनेको बदलामा हामीले नगद दिन्छौं । नोट दिन्छौं र सामान लिन्छौं । संसारभरि सबै ठाउँमा यसैगरि किनमेल हुने गर्दछ । हुन त अन्य देशमा नगद वीहिन या कैसलेस किनमेलको चलन आइसक्यो । क्रेडिट कार्ड या भिजा कार्डबाट सामान किन्ने हरुको संख्या बढ्दो छ ।
तर हाम्रो देशमा नोट या नगद खर्च गरेर सामान मात्र खरिद, बिक्री हुंदैन । यहाँ यी सबका अलावा आफ्नो अमूल्य मत वा भोट पनि किनबेच गरिन्छ । कुनै लाज, शर्म नभएका नेताहरुलाई साम, दाम, दण्ड, भेद प्रयोग गरेर जसरी पनि चुनाव जित्नु छ अनि यसका लागि यी नेताहरु जति पनि दाम खर्चिन तयार छन् ।
उता विवेकहीन जनता पनि हातमा आफ्नो अमूल्य मत फर्फराउँदै निलाम बढाबढ गरेर बेच्न तयार छन् । यस्तो लाग्छ यो देशमा चुनाव हुंदै छैन कि शेयर बजारमा सूचिकृत भएका विभिन्न राजनीतिक कम्पनीका शेयरहरुको भाउ घटबढ भइरहेछ ।
मतदानगर्ने दिन त्यो भोटको रुपमा मतपत्रमा हालिने स्वस्तिक छाप शुभ, लाभको प्रतीक हो । यो स्वस्तिक छापले साँच्चै नै चुनावमा उठेका नेताहरुलाई शुभै शुभ गर्दछ र मतदातालाई यसको बदलामा लाभै लाभ हुन्छ । त्यसैले त चुनावमा उठेका विभिन्न राजनीतिक दलका नेताहरुले सुटुक्क मन हैन मत चोर्छन् र त्यसको बदलामा नगदनारायणले मतदाताको मत किनिदिन्छन् ।
भनिएकै छ धन देखेपछि भगवानको शिवको पनि तेस्रो आँखा खुल्दछ भने यी त जाबो मतदाता हुन् जसका आँखा नगद देखेपछि खुलेका खुल्यै हुन्छन् । आखिरमा लक्ष्मी कसलाई मन पर्दैन र ? घरकी लक्ष्मी मन नपरे पनि धनकी लक्ष्मी जस्ती भएपनि राम्री हुन्छिन् ।
फेरि यो महँगाइमा आफ्ना इच्छाहरु पूरा गर्न कम्ति गार्हो छ र ? त्यसैले आफ्नो अधिकारमा भएको एउटा त्यो जाबो भने पनि अमूल्य भने पनि त्यही एउटा मत त हो । बाँकी सबै अधिकारहरु त यो देशमा कि सरकारले पाएको छ कि नेताले प्रयोग गर्न पाएका छन् ।
जे होस् यो देशमा निर्वाचनको महाकुम्भ चलेको छ । जसरी महाकुम्भको मेलामा संत, महात्मा र नागाबाबाहरु आफ्ना चेलाहरुका साथमा तामझामका साथ आउँछन् र कुनै विशेष नदीमा नुहाएर नदीलाई प्रदुषित पार्दछन् । ठीक त्यसैगरि हाम्रा नागाँ नेताहरुले पनि निर्वाचनको दिन मतदान केन्द्रमा गएर आफ्नो नागोँपन प्रदर्शन गर्दछन् र देश तथा जनतालाई लज्जित बनाउँछन् ।
चुनावको अघिल्लो रातलाई कत्लकि रात भन्छन् । यही अन्तिम रात नै सारा उठापठक हुन्छ र यही रातले तय गरिदिन्छ कि भोलि पल्ट हुने चुनावमा कुन राजनीतिक दलले जित्छ र कुन नेताले कति भोट पाउँछन् भन्ने । नामै त कत्लकि रात ।
त्यसैले यो रातले हरेकको विवेक र इमानको कत्ल गरिदिन्छ र भोटलाई एउटा सामान सरह नोटको बदलामा किनबेच गरिन्छ । यो कत्लकि रातमा कतै गाउँ किनिन्छ भने कतै इलाका त कतै मतदान केन्द्र नै किनबेच गरिन्छ । कागजको नोटको बदलामा कागजकै मतपत्र बिक्री हुन्छ ।
किन्नेको अनुहारमा भोट किनेपछि अब जित्छु भन्ने सन्तुष्टिको भाव आउँछ भने बेच्नेले त्यो बेचेको भोटको बदलामा आफ्ना कतिपय गर्जो टार्न पाएकोमा गँगानुहाएर पूण्य कमाए सरह खुशी हुन्छ ।
कतै भोटको बदलामा नोट दिइन्छ भने कतै जमिन, घर किनिदिने वा अन्य कुनै जरुरी सामान दिएर पनि कसैको मन र मतदुबै किनिदिन्छन् । मन नकिनेसम्म मत खरिद गर्न सकिन्दैन । त्यसैले पहिले सम्मोहन गरेर मनलाई आफ्नो वशमा पार्दछन् ।
त्यसपछि मत त खुरुक्क नेता र दलले भने जस्तो चुनाव चिन्हमा गएर सरक्क बस्दछ । अचेलका मतदाता नोट भन्दापनि एउटा राम्रो मोबाइलमा आफ्नो अमूल्य मतलाई शहीद बनाइदिन्छन् । कोही कोही त ल्यापटपमा पनि आफ्नो भोटको अदला, बदली गर्नमा हिचकिचाउँदैनन् । भनिएकै छ जिसने किया शर्म, उसके फूटे कर्म ।
अब निर्वाचननमको नदीमा नुहाएर एकलोटा पानी भर्न कसलाई मन नलाग्ला र ? त्यसैले सबै मन पगालेर मत दिन्छन् ।
यो भोट र नोटको बिचमा अन्योन्याश्रित सम्बन्ध छ । जसले गर्दा योग्य र देश विकास गर्ने भावना बोकेका इमानदार उम्मेदवारहरु हार्छन् भने बेइमान र भ्रष्टहरु आफ्नो नोटको चोटले भोट किन्छन् र आफ्ना विपक्षीहरुलाई पराजित गरेर हारको खोट लगाइदिन्छन् ।
बिन पेंधीका लोटा जस्ता जनता भएको देशमा योग्य र सक्षम हार्नु र अयोग्य र बेइमानले हार्नु कुनै नौला कुरा होइन । नेपालमामात्रै हैन पूरै दक्षिण एशियामै नोटसँग भोट साटिने एउटा गज्जबको परम्परा छ जसलाई नेपालका नेताहरुले पनिमलजल गरेर मान्दै आएका छन् ।
अब यस्तो गौरवान्वित परम्परालाई यसै खेर जानदिनु पनि त भएन नि । त्यसैले बुथ क्याप्चर गर्ने र नोटको बदलामा भोट किन्ने लोकतन्त्रको सुखद संस्कारलाई हाम्रा गौरवशाली पार्टीका स्वनामधन्य नेताहरुले नोटको बदलामाभोट किनेर त्यो परम्परा र संस्कारलाई जीवितै राखेका छन् ।
कत्लकि रातमा कुखुरा र खसीको मात्र कत्ल हुंदैन कि मान्छेको विवेक, इमान र सत्यको पनि कत्ल गरिन्छ । के भो त एकदिन आखिर सबै मरेरै जाने हुन् क्यार ? तरकारी किन्न हुन्छ, अन्नपनि खरिद गर्न हुन्छ, घर, जमिन, सुनचाँदी, औषधी आदि सबै खरिद गर्नु हुन्छ भने भोट किनकिन बेच गर्नु हुंदैन ?वोट या मत बेच्न पाउनु पनि मतदाताको मौलिक अधिकार हो ।
बिचरा मतलाताहरुले २० वर्षदेखि देशमा स्थानीय तहको निर्वाचन होला र आफ्नो मतको किनबेच गरौंला भनेर कत्रो महत्वाकाँक्षा पालेर बसेका ि थए । अहिले कुम्भको मेला जस्तो त्यो अवसर आएको छ त आफ्नो मताधिकारको प्रयोग मत बेचेर गर्दैछन् ।
के यो देशका जनता खालि आफ्नो रगत, पसिना र आँसु मात्र बेच्न जन्मिएका हुन् ?कुनै लगानी र परिश्रम बिनाको आफ्नो मुठ्ठीमा बन्द मतलाई लुकाएर बेचिदिए त के अपराध गरे ? यो देशका नागरिकले अहिलेसम्म करको रुपमा राज्यलाई नोट दिदैं आएका छन् । त्यस्तै निर्वाचनमा देशका नागरिकले भोट दिन्छन् तर यो राज्य र खोटले भरिएको सरकारले आफ्ना नागरिकलाई चोट बाहेक केही दिदैंन । त्यसैले यो चोट मात्रदिने राज्यलाई नागरिकले पनि आफ्नो नोटको बदलामा बेचेर लोप्पा खुवाइ दिन्छन् ।
बार्टर सिस्टम भनेको यही हो । जब मुद्राको आविष्कार भैसकेको थिएन । त्योबेला मान्छेले आफ्ना आवश्यक्ताहरु पूरा गर्न आफुसँग भएको वस्तु अरुलाई दिने र आफुलाई चाहिएको र आवश्यक परेको वस्तु अरुसँग लिने वा सापट दिने । चामलको बदलामा पीठो र नुन, तेलको लेनदेन अहिले पनि गाउँ र टोलमा भैरहेकै छ ।
त्यस्तै हो नोटको बदलामाभोट । चुनावमा उठेका नेता र तिनका दललाई भोट चाहिएको छ अनि निमुखा र गरीब जनतालाई चाहिएको नोट । अब नेताले राम्रो काम गरेर त जनता रिझाउन सक्दैनन् ।
उनीहरुले जनतालाई आफुतिर आकर्षित गर्ने भनेको भाषण र आश्वासनले हो । अब सोझा जनतापनि बाठा भै सके । रासनन दिए सम्म भाषण र आश्वासनले मात्र खुशी हुंदैनन् ।
भोको पेटले भजन कतिबेर सम्म गाउने ? त्यसैले भोका जनताले आफ्नो विवेकलाई ताल्चा लगाएर, इमानलाई बन्धक बनाएर आफ्नो नोटलाई भोटसँग बेचिदिन्छन् ।
जमाना व्यापार र लेनदेनको छ ।
ईस हात ले, उस हात दे भने जस्तै रातभरिमा जनताको मन र मत दुबै नगदनारायणले किनेर नेता निश्चिन्त हुन्छन् । अनि निर्वाचनको परिणाम आफ्नो पक्षमा आएपछि तिनै भोटको बदलामा नोटमा बिक्ने जनतालाई ठेगाँ देखाउँदै जितेका नेताहरुले चोट दिन्छन् ।
विजयश्रीको माला लगाएपनि खोटै खोटले भरिएका यी नेताहरुले आफ्ना क्षेत्रका जनतालाई धोखाको बिस्तरामा लोटपोट गराइदिन्छन् ।