Sat, 21 Jul 2018
ताजा समाचार
काँग्रेस–नेकपा झडप, ५ घाईते || धरान उपमहानर प्रमुख सुब्बाको दाहसंस्कार शनिबार || मोबाइल ‘एप्स’को प्रयोग गरी अपाङ्गता भएकाको तथ्याङ्क संकलन || गाईलाई सुत्केरी भत्ता.... || महोत्तरीमा लागूऔषध दुव्र्यसनी बढ्दै || भारतका पूर्वअर्थमन्त्रीलाई भ्रष्टाचारको अभियोग || टर्कीमा दुई वर्षे संकटकालको अन्त्य हुने संकेत || भारतमा भवन भत्किदा र सडक दुर्घटना परी १९ को मृत्यु || वरियारपट्टी सशस्त्र प्रहरीका इन्स्पेक्टर खड्काको निगरानीमा तस्करी || महोत्तरीमा महिलाको हत्या, दुईजना पक्राउ || भारतको राज्यसभामा २२ भाषाका दोषासेको व्यवस्था || किम र मुनलाई इन्डोनेसियाली राष्ट्रपतिको निमन्त्रणा || डुङ्गा दुर्घटना हुँदा १६ को मृत्यु, ३० बेपत्ता || औषधिको गुणस्तरवारे अनुसन्धान हुनुपर्छ : स्वास्थ्यमन्त्री यादव || डा केसीका माग सम्बोधन गरिनुपर्छ : नेता थापा || चिनिया टोलीद्वारा झापाका नदीहरूको सर्वेक्षण शुरु || मानव अधिकार हननका ३३ पीडित परिवारले क्षतिपूर्ति पाउने || बीस करोड डलरको परियोजना स्वीकृत || कृषक जडीबुटी खेतितर्फ आकर्षित || पाँच अर्ब २१ करोड राजश्व संकलन || अपहरित बालिका २ महिना बन्धक सामुहिक बलात्कार गर्ने तीन युवक || इंग्ल्यान्ड जाने नेपाली क्रिकेट टोलीको बिदाइ || विद्यार्थीलाई शैक्षिक सामग्री || ‘धाम’ राख्ने मन्त्रिपरिषदको निर्णय || नेकपाः महाधिवेशनमा भाग लिन अध्यक्ष पनि चुनिनुपर्ने || दुर्घटनाको कारण सडकमा लाग्ने हटिया || मकैको बीउ बिक्री भएन || सडक दुर्घटनामा ज्यान गुमाउने बढ्दै || बजेटको प्रभावकारी कार्यान्वयन गराउन प्रधानमन्त्रीको सक्रियता || दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु || प्रदेश २ मा ‘बेटी पढाऔँ बेटी बचाऔँ’ योजना लोकप्रिय हुँदै || प्रदेशको नामाकरण अन्यौलमा || विष्णुपुर गाउँपालिकाको बजेट रु १९ करोड || निषेधाज्ञासम्बन्धी पहिलाकै आदेशलाई निरन्तरता || नेटो कहिल्यै बलियो हँुदैन– ट्रम्प || विश्वकप विजेता फ्रान्सलाई भव्य स्वागतको तयारी || पाकिस्तानमा भएका हिंसामा परी मृत्यु हुने थपिए || ट्रम्प र पुटिनको शिखर वार्ताको सकारात्मक शुरुवात || नेपाल दक्षिण एशियाली आमन्त्रण तेक्वान्दो : नेपाल च्याम्पियन || एचआइभी वृद्धिदरमा उल्लेखनीय परिवर्तन आएन ||
डा. केसीको अनसन

साउन २२, २०७४

 

  • किशोर नेपाल

..........................................................................................................................................

विगत पाँच वर्षदेखि त्रिवि शिक्षण अस्पतालका हाडजोर्नीका डा.गोविन्द केसी लगातार अनसन वसेका छन । उनको मांग सामान्य छ ता पनि राज्यले त्यसको संवोधनगर्न सकेको छैन ।

स्वास्थ्य क्षेत्रमा लगानी गरेका छन ठूला माफियाहरुले, जसको पकड सवै राजनीतिक दलभित्र छ । गत साता शुक्रवार प्रधानमन्त्री शेरबहादुर देउवाले डा.केसीको मांग सम्वोधनगर्ने हिसावले तीन ठूला दलका प्रमुखहरुको मिटिंग वोलाए ।

मिटिंगमा एमालेका अध्यक्ष केपी ओली डा.केसीको मांगका विरुध्द उभिए । उनको भनाइ थियो, कसैले कुनै मांग राखेर अनसन गर्यो भन्दैमा उसका सवै मांग पूरागर्न सकिन्छ ? त्यसो भए लौ मलाइ प्रधानमन्त्री वनाइ दिनु पर्यो भनेर म अनसन वस्छु ।

प्रधानमन्त्रीले मेरो मांग पूरा गर्नु हुन्छ ? यसैबाट स्पष्ट हुन्छ अहिले प्रमुख प्रतिपक्षका रुपमा रहेको एमालेको प्रवृत्ति । राजनीतिक दलहरुले व्यापारगर्न मिल्छ कि मिल्दैन ? अन्तको त थाह छैन । तर, नेपालका राजनीतिक दलको व्यापारमा संलग्नता छैन भन्न सकिदैन ।

आफनो दलका दिवंगत नेताहरुको नाममा प्रतिष्ठान र अस्पताल खोलेर सवैले केही न केही व्यापार गरेकै छन । यो प्रसंगमा केही एमाले नेताहरुको सहकारी अन्तर्गत खोलिएको मनमोहन शिक्षण अस्पताल विवादमा परेको छ ।

अन्य राजनीतिक दलहरु यस्तो विवादमा मुछिएका छैनन । कांग्रेसका स्व. सुशील कोइराला र माओवादीका प्रचण्डको कुममा मेडिकल कलेजको थुप्रै छिटा परेका छन । वर्तमान प्रधानमन्त्री देउवा अहिलेसम्म मेडिकल कलेज विवादमा फसेका छैनन ।

डा.केसीले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको क्षेत्रमा सुधारका लागिदवावदिन पहिलोपल्ट २०१२ जुलाई ५ का दिनअनसनशुरु गरेका थिए । २०१७ जुलाई २६ बाट शुरु भएकोेअहिलेको अनसन एघारौं हो । डा.केसीले अनसन वसेर १०५ दिन बिताएका छन ।

पाँचवर्षमा एघारपटक अनसन वस्नु सामान्य कुरा होइन । उनको यो सत्याग्रहसंग नेपालका असहाय र गरीब नागरिकको स्वास्थ्य सुविधा र शिक्षाको कुरो गाँसिएकोछ ।

यसमा सरकारले पूरागर्न नसक्ने मांग छैनन । त्यसैले हो, डा.केसीको अनसनको महत्व अलिकति पनि घटेको छैन । यो पटक जनता विरक्तिएका छन ।

डा.केसीका मांग पूरा गराउनसक्ने जनताको ताकतको विभिन्न सरकारहरुले उपहास गरेका छन । त्यसैले पनि हो सार्वजनिक उपभोगका दृष्टिले अनसनसंग सम्वन्धित समाचार सन्तुलित हिसावले आएका छैनन ।

डा.केसीको अनसनको समर्थनमा माइतीघर मण्डलामा उनका केही समर्थकहरु पाल टांगेर वसेका छन । चिकित्साशास्त्र अध्ययन संस्थानका शिक्षक तथा छात्रहरु उद्वेलितछन ।

त्यसवाहेक अन्यत्र कतै केही देखिदैन ।एउटा चिकित्सक पूरै समाजको परिवर्तनका लागि आफनोज्यानको वाजी थापेर अनसन वसेको छ । यति ठूलो कुरामा देशको सर्वोच्च भनिने संसद, सरकार, प्रतिपक्ष, कसैको पनि गम्भीर चासो रहेको देखिदैन ।

लोकतान्त्रिक गणतन्त्रमा जनताका हक अधिकार, सुख सुविधा,स्वास्थ्य र शिक्षा अर्थहीन कोलाहलको वन्दी वनेका छन । नेताहरु दिग्भ्रमित छन ।

शहरमा दाल– चामल र आलु–प्याजको वाहेक अरु कुनै वस्तु र विषयको भाउ छैन । यति निश्चित रुपले भन्न सकिन्छ, डा.केसीका यसअघिका अनसनहरुले पूरै देशको ध्यान तान्ने गरेका थिए । डा.केसीको त्याग र उत्सर्गको चर्चा गल्ली गल्लीमा हुन्थ्यो ।

अहिले चर्चा शिथिल छ । नेपालको वर्तमान अवस्थामा अहिंसाको सवैभन्दा प्रभावकारी अस्त्र अनसन निष्प्रभावी हुन लागेको निष्कर्ष आउन लागेको छ ।

डा.केसीले उठाएका मांगप्रति जनताको चासो घटेको छैन । तर, जनतामा उदासीनता वढन थालेको छ, ‘जे गरेपनि यहाँ यस्तै हो । कहिल्यै सुध्रिने भएन देश ।’

यो सारै खतरनाक कुरा हो । डा.केसी जति शिथिल हुन्छन त्यति नै उनका पक्षमा आवेगपूर्ण प्रदर्शनहुने गरेका थिए । यसपटक त्यो राप देखिएको छैन । सामान्य मानिसले वुझेका छन, ‘डाक्टर साहेब सत्याग्रहमा हुनुहुन्छ । यसको दवाव सरकारले अनुभूत गर्नुपर्यो ।

त्यो नगरेसम्म उहाँ जतिदिन भोकै वसेपनि केही हँदुैन ।’ देशमा २०१२ जलुाइ ५ देखि २०१७ अगष्ट ३ सम्म देशले आधा दर्जन पध्रानमन्त्री देखिसक्यो ।

तर, डा.केसीको मांग पूरा भएका छनैन । यो बिडम्बना न ैहा े। डा.कसेीका ेमागं परूा नगर्दा सरकार र जनतालाई क ेफाइदा छ ? या ेकसलौई थाह छनै ।

नपोलमा स्वतन्त्र अर्थ व्यवस्था लाग ुर त्यसको पय्रागेगर्न ेपर्वू अथर्मन्त्री रामशरण महत डा.कसेीका ेमागं अनसुार मेिडकल कलजेहरुका ेनियमन गनर्पुर्न ेवताउछँन । तर, या ेकिन हनु सकी रहको ेछनै ? त्यसले उनलार्इ पनि आश्चयर्मा पारकेो छ ।

लाके कल्याणकारी राज्य निमाणर््ामा लागको राजनीतिक दलहरुका ेशासनमा पनि स्वास्थ्य शिक्षा जस्ता ेसवंदेनशील क्षत्रेको सधुारका लागि एउटा प्िरतष्ठित चिकित्सक ११ पटकसम्म अनसन वस्न ुभनको ेरामा्र ेकरुा होइन ।

यसले हामी आफना मूल्य र मान्यताहरुमा कति तलसम्म गिरेका छौ भन्ने स्पष्ट देखाउँछ । यतिमात्र नभएर यस्ता घटनाले हामा्रे मनस्थितिको क्षदुत्रापनि पद्रर्शित गर्दछ । अहिले संचालनमा रहेका मेडिकल कलेजका लगानीकर्ताहरु राजनीतिक रुपले अत्यन्त पभ्रावशाली देखिएकाछन ।

यी मध्ये धेरै जन–प्िरतनिधि छन । युिनभर्सल मेडिकल कलेज भैरहवा, गण्डकी मेडिकल कलेज पोखरा र नेपालगञ्ज मेडिकल कलेजमा समेत भागीदारी भएका खमुा अर्याल नेपाली कांगेस्रका नजीक मानिन्छन । पस््रतावित मनमोहन मेडिकल कलेज संचालनका लागि गठन गरिएको सहकारी संस्थामा वरिष्ठ नेता माधव नेपाल लगायत एमालेका २५ नेताहरुको लगानी रहेको वताइन्छ ।

सहकारीका अध्यक्षमा राजेन्द्र पाण्डे र उपाध्यक्षमा वंशीधर मिश्र रहेका छन । पहिलो संविधान सभामा माओवादीका तर्पmबाट पर्सा जिल्लामा उम्मेदवार भएका बसुरुद्दिन अन्सारी तथा उनका भाइ जयउद्दिन अन्सारीले बीरगन्जमा नेशनल मेडिकल कलेज खोलेका छन ।

अव उनीहरु काठमाडौमा नेशनल मेडिकल कलेज खोल्ने तयारीमा छन । लोकमानका भाई डा.ज्ञानेन्द्रमान सिंह कार्कीको स्वामित्वमा विराट मेडिकल कलेजको संचालन भइ रहेको छ भने अर्का भाईबालमानसिंह कार्कीकिस्ट मेडिकल कलेजमा प्रिन्सिपल छन ।

देवदह मेडिकल कलेजमा हेमराज ज्ञवाली र बाबुराम भट्टराईको स्वामित्व रहेकोछ । भट्टराई माओवादी नेता दिनानाथ शर्मा निकट मानिन्छन । नोवल मेडिकल कलेजका सुनील शर्मालाई सुरुदेखि नै कोइराला परिवारको आशिर्वाद प्राप्त रहेको बताइन्छ । सुनील शर्मा विवादमा तानिदै आएका छन । मेडिकल कलेजका यी संचालकहरुका लागि डा.केसी आँखाको कसिंगर वनेका छन ।

 सवैका लागि सुनको पूmलपार्ने कुखुरीको रुपमा रहेको मेडिकल कलेज एउटै मात्र क्षेत्र नहोला । यो क्षेत्रको सम्वन्ध सोझै जनतासंग नरहेको भए यति ठूलो आन्दोलन पनि हुने थिएन । देशका हरेक क्षेत्रमा अनियमितता हुर्की रहेको छ । चिकित्सा क्षेत्रमा मात्रै होइन, अन्य क्षेत्रको सुधारका लागि पनि आन्दोलन हुनु आवश्यक छ ।

डा.केसीको जीवन वचाउने अभियानमा लागेका प्रा. केदारभक्त माथेमा भन्छन, ‘सरकारले हामीलाइ आयोगका रुपमा खटाएपछि हामीले दिएको रिपोर्ट राज्यले ‘ एडप्ट’ गर्नुपर्छ । त्यो रिपोर्टको कार्यान्वयन भएन । डा.केसीले उठाएका धेरैजसो मांग जायज छन ।

कति चाहीं गाह्रापनि होलान । त्यही प्रतिवेदनका आधारमा तयार पारिएको  विधेयक अहिले सामाजिक समितिमा छलफलमा छ ।

सरकारलाई प्रतिवेदन वुझाएर वाहिर निस्किदा हामी आयोगका सदस्यलाई धम्की आएको थियो । अहिलेको विधेयकलाई त्यो धम्कीबाट जोगाउनु पर्दछ सरकारले ।’ स्वास्थ्य शिक्षा क्षेत्रको सुधारलाई रोक्ने दवाव यो क्षेत्रमा लगानी गर्नेहरुबाट नै आएको छ ।

लगानी भन्नासाथ राजनीतिक साँठगाँठको कुरा आइ नै हाल्दछ । डा.केसी जतिसुकै पटक अनसन वसेपनि यो साँठगाँठले चिकित्सा क्षेत्रमा अपेक्षित सुधार हुन दिदैन । डा.केसीको मांगलाई सरकारले संवोधनगर्न नसक्नुको अर्थ नीतिको दायरामा त्यसलाई ल्याउन नसक्नु हो ।

राज्यले यसलाई सन्दर्भमा राखेको छ । यतिमात्रैले समस्याको समाधान हुने होइन । राम्रो के हुनेछ भने प्रधानमन्त्री शेरवहादुर देउवालाई डा.केसीको अनसनको यथार्थ वताउन कांग्रेसका युवानेता अघि सरे भने प्रम देउवा यो समस्या सँधैका लागि समाधानगर्न अग्रसर हुनेछन ।

उनमा त्यसोगर्ने क्षमता र हिम्मत दुवै छ । डा.केसीका नाममा कागजी घोडा दौडाउने काम धेरै भयो । नारा पनि धेरै लागे ।

सामाजिक संजालमा मानिसहरुले नथाकुन्जेल उनको नाम लेखे । अव यो गोविन्द केसी नामको अथक योध्दाको जीवन रक्षा संसद, सरकार, प्रतिपक्ष, वुध्दिजीवी र जनता सवैको चासोको विषय हुनु पर्दछ । यो डा.केसीले आफनो व्यक्तिगत स्वार्थ पूरा गराउन वसेको अनसन होइन ।

उनी प्रतीक पात्र हुननेपाली समाजको । त्यसैले उनको जीवन महत्वपूर्ण छ । देशलाई डा.केसी जस्तो इमान्दार जीवटहरुको खाँचो छ । 

गरुडा( रौतहट) । सडक विस्तार गर्ने...

इटहरी : सुनसरी जिल्लाको धरान उपमहानगरपालिकाका प्रमुख स्व तारा सुब्बाको...

कञ्चनपुर : मोबाइल ‘एप्स’को प्रयोग गरी कञ्चनपुर र कैलालीका...

रत्ननगर, चितवन : रत्ननगर नगरपालिकाले चालु आर्थिक वर्षबाट गाईलाई...

बर्दिवास : महोत्तरी जिल्लामा लागूऔषध दुव्र्यसनीको संख्या वर्षेनी बढ्दै...

नयाँदिल्ली : भारतका पूर्वअर्थमन्त्री पि चिदम्बरमलाई भ्रष्टाचारको अभियोग लागेको...

अङ्करा : टर्कीमा सन् २०१६ मा भएको असफल ‘कू’...

नयाँ दिल्ली : भारतको राजधानी नयाँ दिल्लीको बाहिरी इलाकामा...

सिरहा । सिरहाको वरियारपट्टी सशस्त्र प्रहरीका इन्स्पेक्टर हरि खड्काको निर्देशनमा...

गौशाला ; महोत्तरी जिल्लाको पिपरा गाउँपालिका–१, ढेकहा गाउँमा हिजो...

नयाँदिल्ली : भारतको माथिल्लो सदनका रूपमा रहेको राज्यसभामा २२...

जाकार्ता : इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले उत्तर कोरियाका नेता किम...

इस्तानबुल : शरणार्थीहरू चढेको डुङ्गा दुर्घटना हुँदा बुधबार साइप्रसमा...

काठमाडौँ : उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले...

काठमाडौँ : नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले चिकित्सा क्षेत्रको...

दमक : चिनिया अधिकारीहरूले झापाका नौवटा नदीमा तटबन्ध निर्माणको...

काठमाडौँ : सरकारले मानव अधिकार आयोगकोे सिफारिशमा मानव अधिकार...

काठमाडौँ : सरकारले मुलुकमा सौर्य ऊर्जा उत्पादन तथा व्यवस्थापन...

सल्यान : जिल्लामा कृषक जडीबुटी खेतीतर्फ आकर्षित हुन थालेका...

विराटनगर : आन्तरिक राजश्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०७४÷७५...

गरुडा (रौतहट)। बालिकालाई अपहरण गरी शरीर बन्धक ...

काठमाडौं, साउन २ । इंग्ल्यान्डको लर्ड्समा हुने त्रिकोणात्मक क्रिकेट शृंखला...

लहान । सप्तरीको सुरुगां नगरपालिका ...

जनकपुरधाम । जनकपुर उप–महानगरपालिकाको...

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टीले सबै कमिटीका पदाधिकारी र सदस्यले...

विराटनगर : विराटनगरबाट सुनसरीको इटहरीसम्मको राजमार्गलाई केन्द्र बनाएर लाग्ने...

मलेखु, धादिङ : नीलकण्ठ नगरपालिका र ज्वालामुखी गाउँपालिकामा सञ्चालित मकै...

बर्दिवास : महोत्तरी जिल्लामा सडक दुर्घटनामा परी मर्नेको संख्या...

काठमाण्डु । “यो प्रधानमन्त्रीले आज रातभरि मै देश विकास...

राजविराज : पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कुशाहामा ट्रकको ठक्करबाट एकजना...

वीरगञ्ज : प्रदेश नं २ को सरकारले बालिका तथा...

लहान : सप्तरीको विष्णुपुर गाउँपालिकाको सोमबार सम्पन्न दोस्रो गाउँसभाले...

काठमाडाँै : सर्वोच्च अदालतले माइतीघर मण्डललगायत काठमाडौँ उपत्यकाका केही क्षेत्रमा...

हेल्सिन्की : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर एट्लान्टिक सन्धी...

मस्को : रुसको मस्कोमा भएको फिफा विश्वकप फुटबल प्रतियोगिताको विजेता...

इस्लामावाद : पाकिस्तानमा चुनावी अभियानका क्रममा भएका हिंसामा परी...

हेल्सिन्की : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँका रुसी...

काठमाडौँ : नेपाल दक्षिण एशियाली तथा आमन्त्रण तेक्वान्दो प्रतियोगितामा...

काठमाडौँ : भारतमा काम गरी फर्केका पुरुष आप्रवासीका श्रीमतीहरुमा...