Mon, 23 Jul 2018
ताजा समाचार
कर्जन्हाबासीले गरे चकका जाम , कर्मचारी कुट्ने मेयरमाथि कारवाहीको माग || सुरुङ निर्माण ९५ प्रतिशत पूरा || सरकारले जनताको भावनाअनुसार काम गर्नुपर्छ : नेता महत || जेठ २ गतेसम्म भिसा लागेका नेपालीलाई मलेसिया जान अनुमति || विद्युत् र इन्टरनेट सेवा ठप्प हुँदा सेवाग्राहीलाई समस्या || सिरहामा ७९ नयाँ कुष्ठरोगी फेला || भारतबाट चार बालकको उद्धार || दुर्घटनामा एकको मृत्यु || कर्मचारी कुटपिट गर्ने नगर प्रमुखमाथि कारवाहीको माग गर्दै चक्काजाम || लोकतान्त्रिक व्यवस्थाको रक्षाका लागि फेरि आन्दोलन गर्ने दिन आयो: कांग्रेस || अमेरिकाले एकतर्फी कर लादेर जंगल राजको नीति लियो: फ्रान्स || १३ औं दक्षिण एशियाली खेलकुद सागमा कुल २७ खेल समावेश || मन्दिरको सरसफाई || प्रहरी विधेयक रोक्न प्रदेश सरकारलाई सुझाव || आर्थिक मामिला सबै भन्दा कम, सर्वाधिक खर्चमा मुख्यमन्त्री कार्यालय || च्याउ किसानको अनुदान रकम अन्यत्र लगाइएको आरोप || दुई नागरिकता रद्द || धनगडि नगरपालिकामा गोली चल्दा एक जना घाईते || काँग्रेस–नेकपा झडप, ५ घाईते || धरान उपमहानर प्रमुख सुब्बाको दाहसंस्कार शनिबार || मोबाइल ‘एप्स’को प्रयोग गरी अपाङ्गता भएकाको तथ्याङ्क संकलन || गाईलाई सुत्केरी भत्ता.... || महोत्तरीमा लागूऔषध दुव्र्यसनी बढ्दै || भारतका पूर्वअर्थमन्त्रीलाई भ्रष्टाचारको अभियोग || टर्कीमा दुई वर्षे संकटकालको अन्त्य हुने संकेत || भारतमा भवन भत्किदा र सडक दुर्घटना परी १९ को मृत्यु || वरियारपट्टी सशस्त्र प्रहरीका इन्स्पेक्टर खड्काको निगरानीमा तस्करी || महोत्तरीमा महिलाको हत्या, दुईजना पक्राउ || भारतको राज्यसभामा २२ भाषाका दोषासेको व्यवस्था || किम र मुनलाई इन्डोनेसियाली राष्ट्रपतिको निमन्त्रणा || डुङ्गा दुर्घटना हुँदा १६ को मृत्यु, ३० बेपत्ता || औषधिको गुणस्तरवारे अनुसन्धान हुनुपर्छ : स्वास्थ्यमन्त्री यादव || डा केसीका माग सम्बोधन गरिनुपर्छ : नेता थापा || चिनिया टोलीद्वारा झापाका नदीहरूको सर्वेक्षण शुरु || मानव अधिकार हननका ३३ पीडित परिवारले क्षतिपूर्ति पाउने || बीस करोड डलरको परियोजना स्वीकृत || कृषक जडीबुटी खेतितर्फ आकर्षित || पाँच अर्ब २१ करोड राजश्व संकलन || अपहरित बालिका २ महिना बन्धक सामुहिक बलात्कार गर्ने तीन युवक || इंग्ल्यान्ड जाने नेपाली क्रिकेट टोलीको बिदाइ ||
बाढी र डुवानपीडित जनताको पत्र

भाद्र २, २०७४

 


  • धर्मेन्द्र झा 


श्री सरकारमापदासीनमहोदयहरु

जय नेपाल जय सलाम
यहाँहरुलाई त सबै ठीकै होला भन्ने आशा छ र ईश्वरसँग यसैको कामना गर्दछु । रह्यो हाम्रो कुरा, त हाम्रो हालत अत्यन्त खराव छ ।

बाढी र डुवानले हाम्रो घर—परिवार र गाउँ टोल समाजका सामु निकै ठूलो समस्या उत्पन्न गरेको छ । अघिल्लो साताको प्रारम्भका केही दिन(शुक्रवारदेखि सोमवारसम्म)मधेशका, खास गरी पूर्वी र मध्य मधेशका, जिल्लाहरुमा मुसलाधार पानी पर्यो ।

पहाडमा पनि निकै वर्षा भएको थियो । कति पानी पर्यो त्यसको कुनै आँकलन गर्न सकिँदैन । पहाडमा परेको पानी पनि सबै मधेशमै एकत्रित हुनपुग्यो तर त्यो पानीले निकास पाउन सकेन । पानी जति सबै मधेशकै भूमीमा चक्कर काटिर्हयो ।

प्रकृतिको सिद्धान्तका हिसावले हेर्ने हो भने यसलाई अस्वाभाविक भन्न मिल्दैन । तर व्यवहारमा हेर्ने हो भने यसको निकै प्रतिकूल असर पर्यो मधेशको भूमीमा । 


श्री प्रधानमन्त्रीज्यू,


सबैलाई स्पष्ट नै छ यहाँको भूमी समथर छ । सबैतिर सरपट फैलिएको छ । खोलाहरुको पुरानो सतहमाथि उकासिएको छ । वालुवाले भरिएको छ । अर्थात् खोलाहरुको गहिराईमा निकै कमी आएको छ । तर यसतर्फ सरकारको ध्यान पुगेको छैन ।

सरकारले यस्ता सतह उकासिएका खोलाको गहिराई कायम गर्नेतर्फ कुनै ध्यान दिएको पाइएन । यसै गरी पानीको उचित निकासतर्फ पनि ध्यान दिइएको पाइएन । फलतः खोलाका पानी चारैतर्फ फैलिने अनुकूल वातावरणको सिर्जना हुन पुग्यो ।

खोलाको गहिराई कम हुँदा खोलाको पानी अन्यत्र मोडिनु स्वाभाविक थियो । यसपटक मधेशमा यस्तै भयो र यसै कारण पहाडबाट बाढीका रुपमा आएको पानीको कहरले मधेशमा डुवानको आकार ग्रहण गर्यो र प्रलयकारी विपद्को रुप धारण गर्यो तर सरकारले समय छँदै सावधानीको कुनै उपाय अपनाउन सकेन । महधेशको हाल वेहाल छ ।

जनजीवन अस्तव्यस्त छ । घरहरु उजाडिएका छन् । कैयौंको विचल्ली परेको छ । तर राहत र उद्धारमा जुनप्रकारको तदारुकता अपनाइनु पथर््यो त्यो देख्ज सकिएन ।

हामीलाई दुख लागेको छ । हाम्रो आशा र सहाराको आधार सरकार नै हो तर हामी उदासमात्र होइन निकै उदास भयौं । सरकारको लापर्वाहीको शिकार हामी सोझासिधा नागरिक भयौ ।

हामीले सरकारले मागेको कर तिरेकै थियौ तर हामीले तिरेको करवापत सुरक्षा पाउन सकेनौ । 


सरकारमा सहभागी सहयोगी दलका नेताज्यूहरु,
के हाम्रो नियति यही नै हो ? हामीलाई गर्व छ, हामी मधेशी हौं । तर यदाकदा, जब बाढी र डुवानजस्तो त्रासदीको पीडा भोग्न बाध्य हुनुपर्छ, लाग्छ किन मधेशी भयौं ? के मधेशमा राजनीति गर्ने, विशेष गरी सरकारमा सहभागी नेताले यस प्रश्नको उत्तर दिन सक्छन् ?

आमजनताको आरोप छ, सरकारमा सहभागी दल र तिनका नेता  राजधानी काठमाडौमा मोज मारिरहेका छन् । ठूलो घरमा आलिशान जीवन व्यतीत गरिरहेका छन् । तर हामीजस्ता निमुखा जसको मधेशको कुनै गाउँहरुमा फुसको एक सानो घर छ र बाढीको कहरमा परी त्यो घर कि त वगेको छ कि त डुवानमा परी जलको गर्भमा विलीन भएको छ,

सोच्नुस हामीमाथि के वितिरहेको होला ? त्यस कहरमा परी हाम्रा वालवच्चाको विचल्ली हुँदा कस्तो  हुँदो हो ? कसैलाई अनुभूति छ ? यसको उत्तर सहज छैन ।

वस, केही नेता र मन्त्रीले हामी सामान्य जनताले तिरेको कर व्यय गरी हेलिकप्टर चढेर बाढी र डुवानग्रस्त क्षेत्रको आकाश—भ्रमण गरेको हामीले सुनेका र देखेका छौं । बरु हेलिकप्टर चढेवापतको रकम हाम्रालागि राहतमा खर्च गरेको भए केही उपलब्धी पाउन सकिन्थ्यो । 


हे महान नेतागण,
तपाईहरुलाई मधेशबारे केही थाहा छैन भनेर कसरी भन्ने ? हो यसपटक सरकार केही बढी उदार भएको देखिएको छ, शायद आसन्न निर्वाचन भएर पनि होला । हामीलाई आशंका छ, त्यो अस्वाभाविक हो ।

यसपटक सरकारले प्रत्येक मृतक परिवारलाई दुई लाख रुपैया दिने घोषणा गरेको छ । यसै गरी नेपाली कांग्रेससम्बद्ध सांसदहरुले आफ्नो एक महिनाको भत्तादिने घोषणा गरेका छन् ।

सिद्धान्ततः यो राम्रो कुरा हो । तर प्रश्न उठ्छ, व्यवहारमा यसको कार्यान्वयन् कसरी हुन्छ ? यसको कार्यान्वयन् कति तदारुकतापूर्वक हुन्छ ? विचारणीय छ ।

सरकारका गृहमन्त्रीका अनुसार मधेशका जिल्लाहरुमा आएको बाढी र उत्पन्न डुवानका कारण हालसम्म एक सय २३ जनाको मृत्यु भइसकेको छ । यस्तै एक अनौपचारिक तथ्यांकअनुसार मधेशमा करिव दुई अर्व रुपैयाँ बरावरको कृषि बाली सखाप भएको छ । 


यसै गरी मधेशको ८० प्रतिशत खेतियोग्य जमिन बाढी र डुवानको चपेटामा परेको छ । स्पष्ट छ, यी सबै तथ्यको उपस्थितिमा हुने हानीको सहज आँकलन सम्भव छैन । यस परिदृश्यमा यहाँको सामाजिक आर्थिक जीवनमा कस्तो नकारात्मक प्रभाव परेको छ, त्यसको सहज अनुमान गर्न सकिन्छ ।  तर हाम्रा नेतागणले अहिलेसम्म के हेरेर बसे ? अहिलेको अवस्थामा महत्वपूर्ण प्रश्न हो यो ।

सरकारमा सहभागी नेतामात्र होइन सरकारमा सहभागी नभएका नेताहरुलाई पनि हो यो प्रश्न । विशेष गरी मधेशको भूमीमा राजनीति गर्ने मधेशी नेतालाई खास प्रश्न हो यो । मधेशका कुनै पनि गाउँमा मधेशी नेताको अर्थपूर्ण उपस्थ्तिि अनुभव गरिएको छैन । के हामी मधेशका नेताको हैसियत दलको कार्यकर्ता र मतदाताको मात्र हो ?

तिनका तुलनामा बरु निजी क्षेत्रको सक्रियता महत्वपूर्ण छ । तिनले सक्दो प्रयास गरिहेका छन् । यस अवस्थामा मधेश भूमीलाई संकटग्रस्त घोषित गरी राहत, उद्धार, उपचार, पुनर्निर्माण, पुनसर््थापन र विकासको एकीकृत कार्यक्रम युद्धस्तरमा सञ्चालन गरिनु जरुरी छ । आशा छ सरोकारवालाको ध्यान यसतर्फ आकृष्ट हुनेछ । 


आदरणीय सरकार र नेताज्यूहरु,
प्रश्न उठ्छ, हामीले के गर्ने ? हामीसँग केही उपाय छैन । पानीको गति निर्वाध हुन्छ । यसको गतिलाई कसैले रोक्न सक्दैन । यसको गतिलाई रोक्ने प्रयास गरियो भने यसले प्रायः अनिष्ट निम्त्याउँछ ।

तर यसको हेक्का राखिँदैन । नेपालको वर्तमान यथार्थलाई दृष्टिगत गरियो भने देश तीनतिरबाट बाँधले बाँधिएको पाउन सकिन्छ । यसको प्रभाव नेपालको भूगोलमा पर्ने निश्चित छ । सत्य के हो भने, पानीको वहावलाई थुनछेक गरेर रोक्न सकिँदैन ।

मानवनिर्मित संरचनाले पानी संकलन, यसको प्रवाहित हुने मार्ग व्यवस्थापन, निश्चित ठाउँमा वेग नियन्त्रण आदी गर्न सकिन्छ । पानी नियन्त्रण गर्न ठूला नदीमा ठूला बाँध र व्यारेजको निर्माण गर्ने कुरा नौलो होइन । नेपालमा पनि गण्डक, कोशी, महाकाली आदी नदीमा यस्ता बाँध र व्यारेज निर्माण गरिएका छन् ।  

पानीको वहावले प्रायःजसो व्यारेज वा बाँधलाई कुनै क्षति पुग्दैन । बाढी अनियन्त्रित भएका वेला व्यारेजका ढोका खोलेर पानीलाई निकास दिने प्रचलित विधिहो ।

तर यो विधिले मात्र पानीको वहाव नियन्त्रण हुन सक्दैन । मूल कुरा हो पानीको स्वाभाविक वहावलाई रोक्ने प्रयास गर्दा उत्पन्न हुने समस्या । नेपालका नदीहरुको वहाव—विश्लेषण गर्ने हो भने पानीको निकासको उचित प्रवन्ध नगरिएको पाइन्छ र यसबाट नेपालको तल्लो तटीय अर्थात् मधेशको भूमीले वर्षेनि समस्या भोग्न बाध्य हुनुपरिरहेको छ ।

यस समस्याबारेमा समय र्छदै सोचिएन भने भष्यिमा थप विकराल समस्या वेहोर्न नेपालले बाध्य हुनुपर्नेछ । 


श्री नीतिर्मिाताहरु,
आदरणीय नीतिनिर्माताहरु यससम्बन्धमा दीर्घकालीन नीति तय गरिनु जरुरी छ । पहाडबाट बगेर आउने, मूलतः चुरेबाट निःसृत हुने खहरे खोलाहरुले पानीसँगै बालुवा, माटो र ढुंगा बगाएर लिएर आउँछन् र मधेशको समथर भूमीमा छोड्दछन् ।

यसबाट मधेश भूमीमा यस्ता खोलाको सतहमा वृद्धि हुनुका साथै पानीको उचित निकास उपलब्ध नभएका कारण पानीले मधेशमा दुख दिने गरेको छ ।

अहिले नेपालमा एकथरि तर्क प्रस्तुत् गर्ने गरिन्छ, छिमेकीभारतले सीमावर्ती क्षेत्रमा बाँध र सडक बनाएका कारण उचित निकास वाधित भएकाले नेपाली भूमी डुवानमा पर्ने गरेको छ । तर यसलाई मात्र कारण मानेर ढुक्क पर्न सकिँदैन । 


नेपाल—भारत भएर बग्ने नदीको जल वहावको व्यवस्थापन, नेपालको मधेश क्षेत्रका नदीमा थुप्रेको गेग्रान र पानीको उचित निकासको व्यवस्थाजस्ता विषय नेपाल सरकार र नीतिनिर्माताका लागि अत्यन्तै सरोकारका विषय हुन् । यस विषयमा आफ्नोतर्फबाट कुनै प्रयास नै नगरी अर्कालाई जिम्मेबारी पन्छाएर आफूले उन्मुक्ति पाउन सकिँदैन । यसतर्फ सम्बन्धित निकायले समयमै उचित ध्यान पुर्याउनु आवश्यक छ ।

यसतर्फ आवश्यक ध्यान नपुर्याए आगामी दिनमा झन विकराल समस्या उत्पन्नहुने निश्चित छ । अहिलेलाई बाढी र डुवानग्रस्त क्षेत्रका वासिन्दाका लागिउचित राहत र उद्धारको व्यवस्थापनमा सरोकारवाला निकाय जुट्नु जरुरी छ । 


यहाँहरुकै
वाढी र डुवानपीडित मधेशी जनत

सिरहा । सिरहाको कर्जन्हा नगरपालिकाका नागरिक समाजले मेयरको विरुद्धमा सडक...

रसुवा : उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी हाइड्रोपावरको सुरुङ निर्माण अन्तिम...

नवलपरासी : नेपाली काँग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले वर्तमान...

काठमाण्डु । सरकारले जेठ २ गतेसम्म काठमाडौंस्थित मलेसियन दूतावासबाट...

ताप्लेजुङ : जिल्लामा विद्युत् र इन्टरनेट दुवै सेवा ठप्प...

लहान : नयाँ कुष्ठरोगी खोजी गर्न खटाइएको विशेषज्ञ टोलीले...

बुटवल : भारतको एक बाल सुधारगृहमा रहेका चार जना नेपाली...

पाल्पा : पाल्पाको तानसेन नगरपालिका–८, डुम्रेचोकमा पिकअप जीप र...

लहान । कर्जन्हा नगरपालिकाका प्रमुख गंगा पासवानले आफ्नै कार्यालयका कर्मचारीलाई...

काठमाण्डु । नेपाली कांग्रेसका शीर्ष नेताहरुले लोकतान्त्रिक व्यवस्थाको रक्षाका लागि...

काठमाडौं । अमेरिकाले एकतर्फी कर लादेर जंगल राजको नीति लिएको...

काठमाडौं । आउँदो फागुन २५ गते देखि चैत ४ गतेसम्म...

जनकपुरधाम । जनकपुरधाम स्थित राजदेवी, राम...

इटहरी : मोरङ जिल्लाको बूढीगंगगा गाउँपालिका क्षेत्रका व्यावसायिक च्याउखेतीमा...

विराटनगर ; जिल्ला प्रशासन कार्यालय मोरङले आर्थिक वर्ष २०७४÷७५...

सिरहा । सिरहाको धनगढीमाई नगरपालिका–१३ भोर्नेनीस्थित एक जनामाथि शुक्रबार राति...

गरुडा( रौतहट) । सडक विस्तार गर्ने...

इटहरी : सुनसरी जिल्लाको धरान उपमहानगरपालिकाका प्रमुख स्व तारा सुब्बाको...

कञ्चनपुर : मोबाइल ‘एप्स’को प्रयोग गरी कञ्चनपुर र कैलालीका...

रत्ननगर, चितवन : रत्ननगर नगरपालिकाले चालु आर्थिक वर्षबाट गाईलाई...

बर्दिवास : महोत्तरी जिल्लामा लागूऔषध दुव्र्यसनीको संख्या वर्षेनी बढ्दै...

नयाँदिल्ली : भारतका पूर्वअर्थमन्त्री पि चिदम्बरमलाई भ्रष्टाचारको अभियोग लागेको...

अङ्करा : टर्कीमा सन् २०१६ मा भएको असफल ‘कू’...

नयाँ दिल्ली : भारतको राजधानी नयाँ दिल्लीको बाहिरी इलाकामा...

सिरहा । सिरहाको वरियारपट्टी सशस्त्र प्रहरीका इन्स्पेक्टर हरि खड्काको निर्देशनमा...

गौशाला ; महोत्तरी जिल्लाको पिपरा गाउँपालिका–१, ढेकहा गाउँमा हिजो...

नयाँदिल्ली : भारतको माथिल्लो सदनका रूपमा रहेको राज्यसभामा २२...

जाकार्ता : इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले उत्तर कोरियाका नेता किम...

इस्तानबुल : शरणार्थीहरू चढेको डुङ्गा दुर्घटना हुँदा बुधबार साइप्रसमा...

काठमाडौँ : उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले...

काठमाडौँ : नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले चिकित्सा क्षेत्रको...

दमक : चिनिया अधिकारीहरूले झापाका नौवटा नदीमा तटबन्ध निर्माणको...

काठमाडौँ : सरकारले मानव अधिकार आयोगकोे सिफारिशमा मानव अधिकार...

काठमाडौँ : सरकारले मुलुकमा सौर्य ऊर्जा उत्पादन तथा व्यवस्थापन...

सल्यान : जिल्लामा कृषक जडीबुटी खेतीतर्फ आकर्षित हुन थालेका...

विराटनगर : आन्तरिक राजश्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०७४÷७५...

गरुडा (रौतहट)। बालिकालाई अपहरण गरी शरीर बन्धक ...

काठमाडौं, साउन २ । इंग्ल्यान्डको लर्ड्समा हुने त्रिकोणात्मक क्रिकेट शृंखला...